मनोरञ्जन




ज्याकलिन र टाइगर ‘चुम्बन’ मा मस्त


टाइगर श्रोफ पनि सिरियल किसरको बाटोमा छन् । हिरोपंती, बागी र म्युजिक भिडियोसम्म उनले नायिकालाई चुम्बन गरेका छन् ।


Tiger-Shroff-and-Jacqueline-Fernandez





















रेमो डिसुजाको फिल्म ‘अ फ्लाइंग जट्ट’ मा चुम्बनको कुनै दृश्य नभएको स्थानमा टाइगर र ज्याकलिनको किसिङ सिन समावेश भएको छ ।

स्रोतका अनुसार रेमो रोमान्टिक दृश्य छायांकन गरिरहेका थिए । उनले टाइगर र ज्याकलिनलाई नजिक हुन आग्रह गरे । तर उनीहरुले कुन्नी के सोचे, उनीहरु एकअर्कालाई चुम्बन गर्न थाले । उक्त दृश्य रेकर्ड पनि भयो । पछि रेमोलाई उनीहरुको अनपेक्षित किसिङ सिन निकै मनपर्यो र फिल्ममा जस्ताको तस्तै राख्ने निधो गरे ।


३४ बर्ष अगाडि नै यस्तो घटना भोगेकी छु: नायिका दीया मिर्जा - 2020-02-15

एजेन्सी :नायिका दीया मिर्जाले आफ्ना श्रीमान् साहिला संघासँग अलग हुने निर्णय गरिन् । गतबर्षको अगष्ट महिनामा उनले आफ्नो बैबाहिक जीवनलाई विश्राम लगाएकी थिइन् । उनले दीयाले डिभोर्सपछि मिडियासँग कुराकानी गर्दै भनेकी छिन्–‘मैले मेरो बुबा–आमाको डिभोर्स भएको समय पनि बिताएकी छु । ३४ बर्ष अगाडि मेरो बुबा–आमा अलग हुनुभएको थियो । जतिबेला मेरो उमेर ४ बर्षको मात्र थियो ।’

'गुनगुन' मा नीताको आइटम नृत्य - 2020-02-15

काठमाडौ,(प्रस): चलचित्र ‘गुनगुन’मा नायिका नीता ढुंगानाले आइटम नृत्य गरेकी छिन् । ‘कोही भन्छन् रसिली छु रे’ बोलको गीतमा नीताको हट आइटम रहेको छ । अमृत महरठ्ठाको शब्द तथा कल्याण सिंहको संगीतमा तयार भएको गीतमा बानिका प्रधानको आवाज छ । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोलाई राजेश श्रेष्ठले खिचेका हुन् । चलचित्रको गीतमा ढुंगानाको साथमा चलचित्रका मुख्य कलाकारहरु सरोज खनाल, प्रितमराज सेन्चुरी र कविर खड्कालाई देख्न सकिन्छ । चलचित्रमा नायिका सारा सिर्पालीको पनि मुख्य भूमिका छ ।

'सोसल मिडिया'मा 'एक्टिभ' शर्लिन - 2020-01-09

एजेन्सी : बलिउडकी हट अभिनेत्री तथा मोडल शर्लिन चोपडा अक्सर फ्यानका लागि आफ्ना सेक्सी फोटो र भिडियो सेयर गर्छिन् । उनी सोसल मिडियामा निकै एक्टिभ रहन्छिन् । उनका लाखौं फलोअर्स छन् । हालै उनले सेक्सी फोटो र भिडियो इन्स्टाग्राममा सेयर गरेकी छन् । यी फोटो र भिडियोमा शर्लिन सेक्सी अन्दाजमा देखिएकी छन् ।

पूर्व मिस नेपाल शृखला यौन हिंसाको सिकार ! - 2019-12-25

काठमाडौ,(प्रस): पूर्व मिस नेपाल शृखला खतिवडाले यौन हिंसाको सिकार हुनुपरेको बताएकी छन् । महिला सशक्तिकरण सम्बन्धी विभिन्न गतिविधिमा सक्रिय उनले भोग्नु परेको यौन हिंसाबारे बोलेकी हुन् ।

दीपिकालाई फिल्म चोरीको आरोप - 2019-12-25

एजेन्सी : बलिउड अभिनेत्री दीपिका पादुकोणको ‘छपाक’ फिल्मलाई चोरीको आरोप लागेको छ। फिल्म रिलिज हुनु दुई साताअघि ‘छपाक’ लाई स्क्रिप्ट चोरीको आरोप लागेको हो। भारतीय लेखक राकेश भारतीले आफ्नो स्क्रिप्ट चोरी गरेको फिल्म तयार भएको आरोप लगाउँदै मुम्बई उच्च अदालतमा मुद्दा दर्ता गरेका थिए। उनले फिल्ममा ‘लेखकको रुपमा क्रेडिट दिइयोस्’ भनेर अपिल गरेका छन्। ‘मैले एसिड आक्रमणमा परेकी एक युवतीको वास्तविक कथामा आधारित स्क्रिप्ट लेखेको थिएँ। मैले लेखेको स्क्रिप्टमाथि फिल्म निर्माण भएकाले लेखकको रुपमा मलाई क्रेडिट दिनुपर्छ,’ उनले भने

फोर्ब्सले कंगनाको कमाइ थोरै देखाएर 'भ्यालु' कम गराएको आरोप - 2019-12-25

एजेन्सी : केही दिनअघि फोर्ब्स भारतले यस वर्ष भारतीय कलाकारहरूको कमाइ सूची सार्वजनिक गरेको थियो। सूचीमा अभिनेत्री कंगना रनावत ७० ‍औं स्थानमा छिन्। उनको वार्षिक कमाइ १७ करोड ५० लाख भारू भएको बताइएको छ। तर यो कमाइ र स्थानमा कंगनाकी बहिनी रंगोली चंदेलले आपत्ति जनाएकी छिन्।

गायक रामकृष्ण ढकालको डिभोर्स - 2019-12-25

काठमाडौ,(प्रस): लोकप्रीय गायक रामकृष्ण ढकालले पत्नी निलम शाह ढकालसँग सम्बन्ध बिच्छेद गरेका छन् । उनीहरुबीच बुधबार जिल्ला अदालत काठमाडौंमा सम्बन्ध बिच्छेद भएको हो ।

काइली जेनरका फलोअर २७ करोड ! - 2019-12-07

एजेन्सी : सामाजिक सञ्जालमा सुपर मोडल काइली जेनरका २७ करोड फलोअर पुगेका छन् । काइली आफ्नो व्यापार व्यवसायमा जति चर्चित छिन् त्योभन्दा बढी ग्ल्यामरको क्षेत्रमा पनि निकै अगाडी छिन् । उनकी बहिनी केन्डल पनि यही क्षेत्रमा छिन् ।सेलिब्रेटी बिजनेस उमनको उपमा पाएकी उनी आफ्नो कस्मेटिक कम्पनीको ६१ प्रतिशत सेयर बेचेपछि अहिले चर्चामा छिन् ।

प्रेमीको ओठ दैनिक चुम्बन गर्न मन पराउने प्रियंका - 2019-12-07

काठमाडौ,(प्रस)नेपाली अभिनेत्री प्रियंका कार्की बिभिन्न कारणले चर्चामा आउने गर्छिन् । दर्जनौं म्युजिक भिडियो तथा चलचित्रमा काम गरिसके प्रियंका सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय हुने गर्छिन् । समाजिक सञ्जालमा विविन्न फोटो, भिडियोहरु प्रियंकाले शेयर गरिरहेकी हुन्छिन् । प्रियंकाले अभिनेता आयुष्मानसँग विवाहको लागि इनगेजमेन्ट गरिसकेकी छिन् । उनीहरु सँगै बस्दै आएका छन् । आयुष्मानसँग जिन्दगी जिउन पाउँदा आफूलाई निकै खुशी लागेको उनी बताउँछिन् ।

राधिका भाइरल ! - 2019-12-07

एजेन्सी : राधिका आप्टे पछिल्लो समय बलिउड फिल्म अन्धाधुनमा देखिएकी थिइन्। फिल्ममा उनी आयुष्मान खुरानाकी गर्लफ्रेन्डको भूमिकामा थिइन्। फिल्म बक्स अफिसमा सुपरहिट भएको थियो। फिल्ममा तब्बु नकारात्मक भूमिकामा थिइन्। यसको कथा दर्शकले निकै मन पराएका थिए। अहिले भने उनी फिल्मभन्दा वेब सिरिजमा बढी ध्यान दिइरहेकी छिन्।

थपियो अर्को हास्यश्रृङ्खला ‘जे होला होला’ - 2019-11-22

काठमाडौ,(प्रस): हाँस्यश्रृंखलाको भिडका अर्काे एक श्रृंखला पनि थपिएको छ ‘जे होला होला’ । बिहिबारबाट प्रसारण सुरु भएको श्रृंखलाको बिहिबारै एक कार्यक्रमका घोषणा समेत गरिएको थियो । घोषणा कार्यक्रममा शुभारम्भको केक काटिएको थियो ।

‘हरे राम’ लेखेको बिकिनी लगाएपछि बाणी विरुद्ध मुद्दा दर्ता - 2019-11-22

एजेन्सी : बलिउड अभिनेत्री बाणी कपूरले सामाजिक सञ्जाल इन्स्टाग्राममा हरे राम लेखेको बिकिनी लगाएको तस्बिर सेयर गरेकी थिइन् । उनले बिकीनीमा भगवानको नाम लेखेर धर्मप्रति अपमान गरेको भन्दै सामाजिक सञ्जालमा विरोध गरिएको थियो । यसैबीच, बाणीविरुद्ध मुद्दा दर्ता भएको छ । भारतीय सञ्चार माध्यम आजतकमा प्रकाशित समाचारका अनुसार मुम्बईको एन एम जोशी मार्गमा रहेको पुलिस स्टेशनमा रमा सावन्त नामकी महिलाले बाणीविरुद्ध मुद्दा दर्ता गराएकी हुन् ।

अभिनेता अर्जुन रम्पालको २१ वर्ष लामो सम्बन्ध टुंगियो - 2019-11-22

एजेन्सी : बलिउड अभिनेता अर्जुन रामपाल र मोडल मेहर जेसियाले सम्बन्ध विच्छेद गरेका छन्। अर्जुन र मेहरको २१ वर्षे लामो वैवाहिक सम्बन्ध विच्छेदका लागि मुम्बई फ्यामिली कोर्टले अनुमति दिएको हो।

सुहानाको पहिलो फिल्म रिलिज - 2019-11-22

एजेन्सी : बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खानको पहिलो फिल्म 'द ग्रे पार्ट अफ ब्लू' रिलिज भएको छ। सुहाना खानको यो छोटो फिल्मले निकै प्रशंसा बटुलेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। फिल्ममा सुहानाको अभिनयको पनि खुब तारिफ भइरहेको छ।

पक्राउको डरले अभिनेत्री शिल्पा पोखरेल लुकेर बस्दै - 2019-11-14

काठमाडौ,(प्रस): बहुविवाह गरेको आरोपमा नेपाली चलचित्र अभिनेत्री शिल्पा पोखरेल छिटै प्रहरी पक्राउमा पर्ने भएकी छन् । सर्वोच्च अदालतको आदेशपछि बहुविवाहको विवादमा मुछिएकी अभिनेत्री पोखरेल पक्राउको डरले राजधानीमा लुकेर बसेको बताइएको छ ।

रानु मन्डलको फिल्म बन्ने, राष्ट्रिय अवार्ड विजेता अभिनेत्रीलाई प्रस्ताव - 2019-09-26

एजेन्सी,नयाँ दिल्ली : रानु मन्डल अब बलिउडमा नयाँ नाम होइन। केही साथाअघि मात्र बलिउड गायिकाका रूपमा 'डेब्यू' गरे पनि उनको चर्चा कुनै 'सेलेब्रेटी' भन्दा कम छैन। सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म उनको स्वरको चर्चा चलिरहेको छ। गायक तथा संगीतका हिमेश रेशमियाले आफ्नो आगामी फिल्ममा रानुलाई गीत गाउने माैका दिँदै 'तेरी मेरी कहानी' गीत सार्वजनिक गरिसके। रानुको पहिलो व्यवसायिक गीतले धेरै प्रशंसा पनि पाएको छ।

सलमानले ल्याउने भए 'राधे', अक्षयसँग हुने भो भिडन्त - 2019-09-26

एजेन्सी : अन्तिम समयमा 'इंन्शाल्लाह'को सुटिङ स्थगित भएपनि आगामी वर्षको ईदमा सलमानले नयाँ सिनेमा ल्याइछाड्ने घोषणा गरेका थिए। सलमानले सिनेमा रिलिजको घोषणा गरेपनि कुन सिनेमा उनले ल्याउनेछन् भन्नेमा रहस्य कायमै रहेको थियो। अब भने सो रहस्यबाट पर्दा उठेको छ। आगामी वर्षको ईदमा सलमानको 'राधे' नामक सिनेमा रिलिज हुने भएको छ।

हिन्दी फिल्ममा नेपाललाई आतंकवादी र तस्करहरूको मुख्य थलोका रूपमा प्रस्तुत - 2019-07-03

काठमाडौ,(प्रस)भारतीय राष्ट्रवादको गुणगान गाउन अरू देश, खासगरी छिमेकीलाई होच्याउने काम गर्छ। नकारात्मक रूपमा चित्रण गर्छ। बलिउडको यो धारबाट सबभन्दा बढी पाकिस्तान र सँगसँगै नेपाल प्रभावित हुन थालेको छ। पाकिस्तान र भारतको मतभेद हामीलाई थाहै छ। हामी यहाँ 'रअ' एजेन्टलाई नायक बनाइएका बलिउडका तीन फिल्मबारे चर्चा गर्दैछौं, जसमा नेपाललाई आतंकवादी र तस्करहरूको मुख्य थलोका रूपमा प्रस्तुत गरिएको छ।

पूर्व प्रेमीप्रेमिकाको सिनेमा जुँध्ने - 2019-05-08

एजेन्सी : कंगना रनौत र ऋतिक रोशनको मिडिया झगडाले राम्रै चर्चा बटुल्ने गर्छ। मिडियामा ऋतिकको कुरामा कंगनाले राम्रोसँग आलोचना गर्नेगर्छिन्। उनले यस्तैमा अब यी दुबै अभिनित सिनेमा जुँध्ने भएको छ। एकै मितिमा दुई सिनेमा रिलिजको अर्थ दुबै सिनेमालाई घाटा भएपनि कंगना स्टारर ‘मेन्टल है क्या’ र ऋतिक स्टारर ‘सुपर ३०’ एकै मितिमा लाग्ने पक्का भएको छ।

ट्विङ्कलले शेयर गरेको फोटोप्रति केजरीवाल समर्थकहरुको आक्रोश - 2019-04-23

एजेन्सी : अभिनेत्री तथा अभिनेता अक्षय कुमारकी पत्नी ट्विङ्कल बेलाबेला आफ्नो सेन्स अफ ह्युमरका कारण चर्चा सँगै विवादमा आउने गर्छिन् । कुनै जमानामा फिल्ममा ब्यस्त ट्विङ्कल अक्षय कुमारसँग बिहे गरेसँगै घर गृहस्थीमा ब्यस्त छिन् । पछिल्लो समय लेखनमा सक्रिय रहेकी ट्विङ्कल बेला बेला ब्यङ्ग्यात्मक फोटो सामाजिक संजालमा शेयर गरेर विवादमा आउने गर्दछिन् ।

'ठग्स अफ हिन्दोस्तान' फ्लप हुँदा मानिसहरूले रिस फेर्ने मौका पाए: आमिर - 2019-01-31

एजेन्सी : बलिउड अभिनेता आमिर खानले दर्शकलाई कुनै पनि सिनेमाप्रति कठोर हुने पूरा अधिकार भएको जनाएका छन्। उनले 'ठग्स अफ हिन्दोस्तान'को असफलतामा मानिसहरूले रिस फेर्ने मौका पाएको बताए।








Powered by: Exclusively Solution