खेलकुद




तेक्वान्दो च्याम्पियनमा नेपाललाई कास्य


काठमाडौं/
दक्षिण कोरियामा आइतबार भएको प्रथम वानकी मुन कप अन्तर्राष्ट्रिय खुला तेक्वादो च्याम्पियनसिपमा नेपालले कास्य पदक हात पारेको छ । भैरहवाका पराग दासले पुम्सेको सिनियरतर्फको पहिलो खेलमा नेपाललाई कास्य पदक दिलाएका हुन् । सेमिफाइनल खेलमा कारियन खेलाडीसँग दास पराजित भएपछि कास्य पदकमा चित्त बुझाउन बाध्य बनेका हुन् ।

तीन दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालका तीन महिला र १३ पुरुष गरी १६ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।


प्रतियोगितामा नेपालसहित अमेरिका, भियतनाम, थाइल्यान्ड, ताइवान, श्रीलङ्का, दक्षिण अफ्रिका, रसिया, उज्वेकिस्तान, नाइजेरिया, फ्रान्स, चीन, बङ्गलादेश, केन्यालगायत विभिन्न २४ राष्ट्रका करिब पाँच यस खेलाडीको सहभागिता रहेको छ ।


क्रिकेट विवादः विधान संशोधन गरेर चुनाव गर्न आईसीसीले नेपाललाई दियो ५० दिन - 2018-02-10

मार्च अन्तिमसम्ममा जिल्ला, प्रान्त र केन्द्रको चुनाव भइसक्ने अपेक्षा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले विधान संशोधन गरेर चुनाव गर्न नेपाल क्रिकेट संघलाई ५० दिनको समय दिएको छ । हालै नेपाल आएको आईसीसीको टोलीले विधानमा देखिएको विवादबारे जानकारी लिएको थियो ।

सन्दिप लामिछानेलाई भारू २० लाखमा दिल्ली डेयर डेभिल्सले किन्यो - 2018-01-28

५ सय ७८ जनाको अक्सन सूचीमा रहेका सन्दीप २ सय ७८ नम्बरमा थिएइन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगिताका लागि भएको खेलाडी अक्सन (बोलकबोल) मा पहिलो पटक नेपाली खेलाडी सन्दिप लामिछानेलाई दिल्ली डेयर डेभिल्सले भारू २० लाखमा खरिद गरेको छ।

आहा-रारा गोल्डकप: संकटालाई एपिएफले हरायो - 2018-01-25

पोखरा:पोखरामा जारी १६ औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको आजको खेलमा संकटा फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै सशस्त्र प्रहरीको एपिएफ क्लब विजयी भएको छ ।

डिभिजन-टूमा राम्रो नखेले नेपाली क्रिकेट सकिन्छ ! - 2018-01-09

काठमाडौं:अर्को महिना नामिबियामा हुने विश्व क्रिकेट लिग डिभिजन टूका लागि नेपाली टोलीले तयार सुरु गरेको छ ।यो नेपालका लागि एकदिवसीय विश्वकप खेल्ने नेपालको सपना पूरा गर्ने अन्तिम बाटो मात्र होइन, नेपाली क्रिकेटको भविश्यसँग पनि जोडिएको छ । डिभिजन टूमा नेपालसँगै केन्या, यूएई, नामिबिया, क्यानडा र ओमान छन् ।

नेपालद्वारा चीन ५० रनले पराजित - 2017-11-26

आईसीसी महिला टि-ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटको अन्तिम खेलमा नेपालले जित हात पारेको छ । नेपालले चीनलाई ५० रनले पराजित गरेको हो ।

मलेसियामाथि नेपालको सानदार जीत : साहले छक्का हान्दै जीत दिलाए - 2017-11-14

एसीसी यू १९ एसिया कपको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियामाथि आठ विकेटको शानदार जित हासि गरेको छ । मलेसियाले प्रस्तुत गरेको ४६ रनको झिनो लक्ष्य नेपालले मात्र २ विकेट गुमाएर हासिल गरेको हो । ओपनर अनिल कुमार शाहले अन्तिम बलमा छक्का हान्दै नेपाललाई जीत दिलाए ।

यू-१९ राष्ट्रिय टोलीको कप्तानी दिपेन्द्रलाई - 2017-08-27

मलेसियामा हुने एसीसी यू-१९ एसिया कप (पूर्वी क्षेत्र) छनौटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । टोलीमा कप्तानीको जिम्मेबारी दिपेन्द्रसिंह एेरीले पाएका छ्न् । सिनियर क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा र यू-१९ प्रशिक्षक बिनोद दासले १४ नियमित र ४ अतिरिक्त खेलाडी सम्मिलित नेपाली टोलीको छनौट गरेका छन् ।

भारतले क्रिकेट हारेपछि तोडफोड, नाराबाजी र पुत्ला दहन - 2017-06-19

आक्रोश क्रिकेटर बिराट कोहलीप्रति थियो आइसीसी च्याम्पियन ट्रफीमा आफ्नो मुलुकले चीर प्रतिद्वन्द्वी पाकिस्तानसँग १८० रनको फराकिलो अन्तरसहित नराम्रो हार ब्यहोरेपछि भारतीय जनताले क्रिकेट टीमप्रति आक्रोश पोखेका छन् । भारतीय सञ्चारमाध्यम टाइम्स अफ इण्डियाका अनुसार कानपुरका जनताले सडकमै उत्रिएर भारतीय क्रिकेट टीमको बिरोधमा नाराबाजी गरेका हुन् ।

आइपीएल क्रिकेटः कोलकाता शीर्षस्थानमा, पुणे पराजित - 2017-04-27

काठमाडौं:इन्डियन प्रिमियर लिग (आइपीएल)मा पुणेलाई हराउँदै कोलकाता शीर्ष स्थानमा उक्लिएको छ । गएराति पुणेमा भएको खेलमा कोलकाता नाईट राईडर्सले राइजिङ पुणे सुपरजाइन्ट्सलाई ७ विकेटले हराएको हो ।

विशाल मेमोरियल कपमा आज आर्मी र जनजागृतीबीच प्रतिस्पर्धा हुदै - 2017-04-27

वीरगन्ज:वीरगन्ज जारी प्रथम विशाल मेमोरियल कप फुटबलमा आज त्रिभुवन आर्मी र जनजागृती युवा क्लब सिमराबीच प्रतिस्पर्धा हुदैछ । फाइनल प्रवेशका लागि आर्मी र जनजागृती बीचको खेल स्थानीय नारायणी रंगशालामा दिउँसो ३ बजेपछि सुरु हुनेछ ।

आईपीएलः मुम्बईको रोमान्चक जित, दिल्ली पराजित - 2017-04-23

एजेन्सी: इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत शनिबार राति भएको खेलमा मुम्बई इण्डियन्सले रोमान्चक जित हात पारेको छ। मुम्बईले १ सय ४२ रनको कम योगफलमा पनि दिल्ली डेयरडेभिल्सलाई १४ रनले हराएको हो।

रोनाल्डोमाथि बलात्कार आरोप - 2017-04-17

एजेन्सी:पोर्चुगल तथा रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले एक महिलालाई बलात्कार गरेको आरोप जर्मन पत्रिका डेर स्पिएगलले लगाएको छ ।

आइपिएलबाट १० स्टार खेलाडी बाहिरिए - 2017-04-04

एजेन्सी:इन्डियन प्रिमियर लिग(आइपिएल) को १०औं संस्करण भोलीदेखि सुरु हुँदैछ। यस्तो अवस्थामा क्रिकेट समर्थकका लागि दुःखको कुरा, भारतका केही स्टार खेलाडी चोटका कारण यसपालिको आइपिएलको सुरुवातको खेलमा अनुपस्थित रहनेछन्। अनुपस्थिति रहने स्टार खेलाडीमा सबैभन्दा अगाडि कप्तान विराट कोहलीको नाम छ। अस्ट्रेलियाविरुद्ध तेस्रो टेस्टमा काँधमा चोट बोकेका विराट अहिलेसम्म फिट देखिएका छैनन्। उनले चोटकै कारण चौथो टेस्ट पनि गुमाएका थिए।

नेपालले इमर्जिङ कप खेल्ने, यूएईको सट्टा मलेसियाले मौका पायो - 2017-02-24

काठमाडौं:नेपालले एसीसी इमर्जिङ कप खेल्न पाउने भएको छ । चैत १२ देखि बंगलादेशमा हुने यो प्रतियोगितामा भारत र पाकिस्तानसहित ४ टेष्ट देशको यू-२३ वा ए टिमसहित ८ देशले भाग लिनेछन् ।

आइपिएलका मंहगा खेलाडी, १४ करोड ५० लाख भारूको बोली - 2017-02-20

एजेन्सी:इण्डियन प्रिमियर लिग(आइपिएल) को खेलाडी किनबेच सोमबार बेङ्लुरुमा सुरु भएको छ। यस वर्षको आइपिएलका लागि १० खेलाडीको अघिल्लो लिलामीमा इङ्ल्यान्डका बेन स्टोक्सले सबैलाई पछि पारेका छन्। स्टोक्सका लागि भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीको राइजिङ पूणे सुपरजाइन्ट्सले १४ करोड ५० लाख भारतीय रुपैयाँमा किनेको छ। उनी आइपिएल सिजन–१० को सबैभन्दा महंगो क्रिकेटर भएका छन्।

मेसीलाई अनुबन्धित गर्न १३ अर्ब ३० करोड खर्चिने सिटीको तयारी - 2017-02-19

म्यानचेस्टर सिटीले बार्सिलोनाका स्टार स्ट्राइकर लिओनल मेसीलाई अनुबन्धित गर्न करिब १३ अर्ब ३० करोड रुपैयाँ खर्चिने तयारी गरिरहेको बेलायतबाट प्रकासित एक पत्रिकाले दावी गरेको छ। ‘मिरर’ पत्रिकाका अनुसार सिटी प्रशिक्षक पेप ग्वार्डिओलाको रोजाइँमा मेसी पहिलो नम्बरमा पर्छन्।

कप्तान पारसको शल्यक्रिया - 2017-02-19

नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काको ‘एपेन्डिसाइटिस’ को सफल शल्यक्रिया भएको छ। चिकित्सकको राय बमोजिम केही समय स्वास्थ्य लाभ गर्नु पर्ने भएका कारण कप्तान खड्का भारतको आसन्न अभ्यास सत्रमा अनुपस्थित हुने छन्। नेपाली राष्ट्रिय टोली केन्यविरूद्ध विश्व क्रिकेट लिग च्याम्पियन्सिपको तयारीका लागि फागुन १३ गते नयाँ दिल्लीको नोयडा जाने कार्यक्रम रहेको छ।

पाथीभरा भलिबलको उपाधि पुलिसलाई - 2017-02-18

ताप्लेजुङ:दोस्रो राष्ट्रिय पाथीभरा भलिबल प्रतियोगिताको उपाधि नेपाल पूलिस क्लबले जितेको छ । राउण्ड रोविनको आधारमा खेलाइएको प्रतियोगितामा नेपाल पूलिसले ११ अंकका साथ उपाधि चुमेको हो । त्यस्तै १० अंक सहित त्रिभुवन आर्मी क्लबले उपविजेतामा चित्त बुझाएको छ ।

झापा गोल्डकपः उपाधि यात्रामा मनाङको ह्याट्रिक - 2017-02-06

झापा:पछिल्लो सिजनमा जारी फूटवल प्रतियोगितामा मनाङ मस्र्याङ्दीले उपाधि यात्रामा ह्याट्रिक गरेको छ । सोमवार झापामा जारी रमपम झापा गोल्डकप जितेसँगै मनाङले उपाधि यात्रामा ह्याट्रिक पूरा गरेको हो । २ माघमा सुदूरपश्चिमको धनगढीमा सम्पन्न खप्तड गोल्डकपको उपाधि जितेको मनाङले पोखरामा भएको आहा–रारा गोल्डकपको पनि उपाधि जितेको थियो ।

इङ्ल्यान्डका कप्तान र खेलाडीलाई जरिवाना - 2017-01-21

भारतविरूद्ध दोस्रो एकदिवसीयमा ढिलो बलिङ गरेको आरोपमा इङ्लिस क्रिकेट खेलाडीको पारिश्रमिकबाट १० प्रतिशत रकम काटिने भएको छ। जसमा कप्तान इयान मोर्गनको भने २० प्रतिशत पारिश्रमिक काटिने अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी) ले शुक्रबार जनाएको छ। मोर्गनको कप्तानीमा रहेको इङ्ल्यान्डको एकदिवसीय टिमले निर्धारित समयभन्दा एक ओभर ढिलो बलिङ गरेको फेला परेको थियो।

'२२ ग्रान्ड स्लाम' जितेपछि सेरेनाले भेटिन् बेहुला - 2017-01-07

अमेरिकी टेनिस स्टार सेरेना विलियम्सले अन्ततः आफ्नो जीवनसाथी भेटेकी छिन्। केटाहरुको विषयलाई लिएर चर्चामा आइरहने ३५ वर्षीय सेरेनाले आफूभन्दा २ वर्ष कान्छो एलेक्सिस ओहानजनसँग ‘इङ्गेजमेन्ट’ गरेकी छिन्। बिहीबार आफू बैवाहिक बन्धनमा बाधिन लागेको समाचार सार्वजनिक गर्ने क्रममा सेरेनाले ३३ वर्षीय एलेक्सिससँगको तस्बिर सार्वजनिक गरेकी थिइन्।










Powered by: Exclusively Solution