क्राइम स्टोरी




पूर्वमन्त्री गुप्तालाई सघाएको आरोपमा भैसैँपाटीका इन्सपेक्टर पक्राउ


पूर्वमन्त्री श्यामसुन्दर गुप्ता पक्राउ प्रकरणमा प्रहरी निरीक्षक इन्सपेक्टर पनि मुछिएका छन्। भैसेपाटी प्रहरी प्रभागका प्रमुख प्रहरी निरीक्षक अनिल पण्डित, गुप्तालाई सघाएको आरोपमा पक्राउ परेका हुन । गुप्ता पक्राउसँगै प्रहरी निरीक्षक पण्डितलाई पनि नियन्त्रणमा लिएको ललितपुर प्रहरी प्रमुख एसएसपी पीताम्बर अधिकारीले जानकारी दिए। पण्डितले ७५ हजार रुपैयाँ लिएको पनि खुल्न आएको छ

 उनले यस विषयमा थप अनुसन्धान भइरहेको बताए। प्रहरी निरीक्षक पण्डितको सहयोगमा म्यानपावर व्यवसायी तारा रेग्मीसँग गुप्ताले ५० लाख माग गरेको खुल्न आएको छ।   अदालतबाट ११ महिना १० दिनको सजाँय पाएकी रेग्मीलाई मुद्दा मिलाइदिने भन्दै गुप्ताले ५० लाख माग गरेका थिए। रेग्मी पूर्व डिआईजी रन्जन कोइरालाकी कान्छी श्रीमती हुन्। 

 

कोइरालाकी जेठी श्रीमतीको हत्यामा रन्जनलाई सघाएको भन्दै रेग्मीलाई अदालतले जेल सजाँय तोकेको थियो। तारा रेग्मीबाट प्रहरी निरीक्षक पण्डितले ७५ हजार रुपैयाँ लिएको पनि खुल्न आएको छ। प्रहरी निरीक्षक पण्डित र गुप्ताबीच डिल्लीबजार  कारागारमा चिनजान भएको थियो । 

 

कारागारमा रहेका बेला उनी सई थिए। पछि बढुवा भएर पण्डित ३ महिनाअघि मात्र भैसेँपाटी गएका थिए। अहिले पण्डितलाई प्रहरीले म्याद थपका लागि जिल्ला अदालत लगेको छ।


नेपाल आयाल निगमको ट्यांकर अपहरण - 2019-11-19

सिरहा,(प्रस): नेपाल आयाल निगमको ट्यांकर अपहरणमा परेको छ । अमलेखगंजबाट विराटनगरका लागि पेट्रोलिमय पदार्थ बोकेर गएको ट्यांकर लहानमा अपहरणमा परेको हो । अमलेखगंजबाट २० हजार लिटर डिजेल बोकेर गएको ट्यांकर सोमवार राती १२ बजेतिर लहानमा अपहरणमा परेको जानकारी प्राप्त भएको नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए । कसले र किन गर्‍यो भन्ने सम्बन्धमा छानविन भइरहेको छ ।

खसी माग्ने डिएसपी शाहीमाथि विभागीय कारबाही - 2019-11-19

काठमाडौ,(प्रस): इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) हेमबहादुर शाहीलाई विभागीय कारबाही गर्न छानबिन समितिले सिफारिस गरेको छ। तरूण दल बाँकेका जिल्ला कोषाध्यक्ष केशर खड्कासँग प्रहरी आचरणविपरीत खसी मागेको आरोप पुष्टि भएपछि शाहीलाई विभागीय कारबाहीको सिफारिस भएको हो।

क्राइम स्टोरी: भारतको आसामस्थित एक बेश्यालयबाट सातजना नेपाली महिलाको उद्धार - 2019-11-19

क्राइम व्यूरो, काठमाडौभारतको आसामस्थित एक बेश्यालयबाट सातजना नेपाली महिलाको उद्धार गरिएको छ । उद्धार गरिएकाहरुमा चार जना बालिकासमेत छन् । मानव बेचबिखनविरुद्ध कार्यरत संस्था शक्ति समूहको समन्वयमा त्यहाँको प्रहरीले लेन १४ को नामबाट चर्चित सिल्चारको एक कुख्यात बेश्यालयबाट उनीहरुको उद्धार गरेको शक्ति समूहका कानुनी सल्लाहकार दिलिप कोइरालाले जानकारी दिए ।

क्राइम स्टोरी: ठगी गर्ने मेडिकल कलेजले शुल्क फिर्ता गर्नुपर्छ: प्रधानमन्त्री - 2019-11-17

काठमाडौ,(प्रस): प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजहरूले विद्यार्थीबाट लिएको अवैध शुल्क फिर्ता गर्नुपर्ने बताएका छन्। सरकारलाई छक्काएर गोप्य ढंगले मेडिकल कलेजले विद्यार्थीबाट शुल्क लिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ठगी गरेका शूल्क फिर्ता गर्नुको विकल्प नहुने बताए।

कपिलवस्तुमा बरामद एसएमजी सेनाबाट लुटिएको आशंका - 2019-11-17

काठमाडौ,(प्रस): जिल्ला प्रहरी कार्यालय दाङले कपिलवस्तुबाट बरामद पाँच थान एसएमजी हतियार नेपाली सेनाबाट द्वन्द्वकालमा माओवादीले लुटेको हुनसक्ने आशंका गरेको छ। ती हतियार परीक्षणका लागि सैनिक संयन्त्रमा पठाइएको प्रहरीले जनाएको छ।

क्राइम स्टोरी: विप्लव कार्यकर्ताले गोठमा लुकाएर राखेको एसएमजी बरामद, एकजना कार्यकर्ता पक्राउ - 2019-11-16

क्राइम व्यूरो, दाङदाङ प्रहरीले अत्याधुनिक हतियार बरामद गरेको छ। कपिलबस्तु जिल्लाको शिवनगर नगरपालिका वडा नं। १ स्थित खाली गोठमा लुकाएर रखेको ५ थान एसएमजी राईफल, १३ थान म्यागजिन र ३९० राउन्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङले संवाददाता सम्मेलन मार्फत जानकारी दिएको छ ।

क्राइम स्टोरी: बलात्कार आरोपमा नेकपा र कांग्रेसका दुई नेता जेल चलान - 2019-11-15

जबरजस्ती करणीको आरोपमा पक्राउ परेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संघ र कांग्रेसको विद्यार्थी संगठनका एक/एकजना नेतालाई थुनामा पठाउन अदालतले आदेश दिएको छ । महानगरीय प्रहरी परिसर, जावलाखेलको टोलीबाट ३ कात्तिकमा पक्राउ परेका दाङका सन्देश शर्मा पोखरेल र नुवाकोटका ज्ञानेन्द्र गजुरेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको हो

क्राइम स्टोरी: अफ्ताव आलम पूर्पक्षका लागि थुनामा - 2019-11-15

काठमाडौ,(प्रस): जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री मो. अफ्ताव आलमलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । न्यायाधीश दीपक ढकालको इजलासले आलमले इन्कारी बयान दिए पनि प्राप्त प्रमाणहरुले निर्दोष रहेछन् भन्न नसक्ने ठहर गरेको हो ।

क्राइम स्टोरी: मेडिकल कलेजले १५ दिनभित्र अवैध शुल्क फिर्ता नगरे ठगी मुद्दा चलाउँछौं : शिक्षामन्त्री - 2019-11-11

क्राइम व्यूरो, काठमाडौविद्यार्थीबाट लिएको अवैध शुल्क फिर्ता दिन मेडिकल कलेजलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आग्रह गरेको छ। सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीका माग सम्बोधन गर्न १५ दिने अल्टिमेटम दिइएको जानकारी दिए।

आतङ्कवादसम्बन्धी अमेरिकी प्रतिवेदन 'नेपाललाई अस्वीकार्य' - 2019-11-07

काठमाडौ,(प्रस): सन् १९९९ को अन्त्यतिर काठमाण्डूबाट भएको भारतीय विमान अपहरणको घटना तथा भारतीय भूभागभित्र भएका अन्य केही घटनापछि भारतीय सुरक्षा निकायको आतङ्कवादीहरूले नेपाली भूमि प्रयोग गरेको आरोप लगाएका छन्। यो साता फेरि नेपालको अन्तर्राष्ट्रिय विमानस्थल र भारतसँगको खुला सीमामा सुरक्षा व्यवस्था नाजुक भएको निष्कर्ष निकालिएको अमेरिकी प्रतिवेदन सार्वजनिक भएको छ।

अफताव आलमको बयान सकियो, आजदेखि थुनछेक बहस - 2019-11-07

राैतहट,(प्रस): नेपाली कां‌ग्रेसका नेता तथा सांसद मोहम्मद अफताव आलमको जिल्ला अदाललत रौतहटमा बयान सकिएको छ । तीन दिनदेखि जारी बयान बिहीबार सकिएपछि थुनछेक बहस हुनेछ । २०६४ साल चैत २७ गते दर्जन भन्दा बढी व्यक्तिलाई इटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको अभियोगमा आलममाथि जिल्ला सरकारी वकिल कार्यालयले तीनवटा मुद्दा दर्ता गराएको छ । त्यसमा जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा उनको बयान सकिएपछि अब आलमको पक्ष र विपक्षमा कानुन व्यवसायीहरुले बहस गर्नेछन् ।

कास्की मुख्य निर्वाचन कार्यालय नजिक बम विस्फोट - 2019-11-07

पोखरा,(प्रस): कास्कीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिक बम विस्फोट भएको छ। बिहीबार बिहान राष्ट्र बैंक चोक नजिकै टुरिष्ट बसपार्कमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

अदालतमा रोशनी शाहीको झूटो बयान: अदालतले जेलसम्म पठाउन सक्ने - 2019-11-03

काठमाडौ,(प्रस): संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयास र शारीरिक हिंसा गरेको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा अदालतमा सुनुवाइ जारी छ। महराको पक्षमा सबभन्दा बलियो प्रमाण भनेको पीडितले अदालतमै आएर दिएको इन्कारी निवेदन हो। शाहीले अदालतमा दिएको लिखित निवेदनमा भनेकी छन्, 'असोज १५ गते प्रहरीमा दिएको दोस्रो निवेदन नै साँचो हो। त्यसैलाई अदालतले स्विकारोस्।'

कोहलपुरका डिएसपीमाथि छानबिन हुने - 2019-11-03

काठमाडौ,(प्रस): इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा कार्यरत प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीमाथि प्रहरी आचरण उल्लंघन गरेकोमा छानबिन हुने भएको छ। शाही र उनको टोलीले बरामद गरेको हतियार दुबैबारे छानबिन गर्न पाँच नम्बर प्रदेश प्रहरीले समिति गठन गरेको छ।

क्राइम स्टोरी: कौडा र तास सहित १ सय जुवाडे पक्राउ - 2019-10-28

क्राइम व्यूरो काठमाडौप्रहरीले विभिन्न जिल्लामा जुवातास खेल्ने १ सय २ जनालाई पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक र चाँगुनारायण नगरपालिका, गुल्मीको गुल्मी, बर्दिया, चितवन, दाङलगायतका जिल्लाबाट जुवाडेहरु पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

क्राइम स्टोरी: राजपुर विष्फोटः तत्कालीन अनुसन्धान अधिकृतसँग सोधपुछ थालियो - 2019-10-27

काठमाडौ,(प्रस): रौतहटको राजपुर–४ मा १२ वर्षअघि भएको विष्फोटका वेला राजपुर क्षेत्रमा खटिएका प्रहरी निरीक्षक इन्द्र सुवेदीसँग प्रहरीले सोधपुछ गरेको छ । हाल प्रहरी प्रधान कार्यालय, नक्सालमा खटिएका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवेदीले जिल्ला प्रहरी कार्यालय, रौतहतका अनुसन्धान अधिकृतलाई घटना भएको दिनबारे जानकारी गराएका हुन् ।

रुपन्देहीको सैनामैनाबाट १० लाख यूरो सहित पाँच जना पक्राउ - 2019-10-21

बुटवल,(प्रस): प्रहरीले रुपन्देहीबाट १० लाख युरो नोटसहित पाँच जनालाई पक्राउ गरेको छ। रुपन्देहीको सैनामैनाबाट उक्त युरो रकमसहित सैनामैना– २ की मीना सुनार, रमेश सुनार, गुल्मी धुर्कोटका राजु सुनार, नवलपरासी बर्दघाटका कमल सुनार र स्याङ्जा गल्याङ– २ का गणेश सुनारलाई पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ।

क्राइम स्टोरी: मिर्गौला तस्करीको आरोपमा निदान अस्पतालका सीईओ र चिकित्सक पक्राउ - 2019-10-16

नक्कली नाता लगाई कागजपत्र तयारनेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले ललितपुरको पुल्चोकस्थित निदान अस्पतालमा एक व्यक्तिको नाममा अर्कै व्यक्तिको मिर्गौला झिकी किनबेच तथा प्रत्यारोपण गरेको आरोपमा अस्पतालका सीईओ र एकजना चिकित्सकसहित ५ जनालाई पक्राउ गरेको विवरण थाहा लागेको छ ।

गोली हानेर रौतहटमा युवकको हत्या - 2019-10-13

रौतहट,(प्रस): रौतहटको इशनाथ नगरपालिकामा एक युवकको गोली हानेर हत्या भएको छ । भारतीय नम्बरको मोटरसाइकलमा बीचमा राखेर ल्याएको एक युवकलाई गोली प्रहार गरी सो मोटरसाइकल पुन भारत तर्फ फर्किएको स्थानीयले बताएका छन ।

क्राइम स्टोरी: महराविरुद्ध प्रहरीमा उजुरी, बलात्कार प्रयासको अभियोग, पक्राउ गर्ने बाटो खुल्यो - 2019-10-05

क्राइम व्यूरो, काठमाडौयौन दुर्व्यवहारको आरोप लागेपछि पदबाट राजीनामा दिएका सभामुख कृष्णबहादुर महराविरुद्ध जबरजस्तीकरणीको प्रयास गरेको अभियोगमा पीडित महिलाले महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरमा जोहरी दिएकी छन् । १३ असोजमा निवेदक महिलाले आफूमाथि हिंसा भएको दाबी गर्दै विभिन्न सञ्चारमाध्यममा आफ्नो बयान सार्वजनिक गरेकी थिइन् । राति पानै ९ बजे भएको भनिएको घटनापछि प्रहरी समेत उनको घरमा पुगेको थियो ।

क्राइम स्टोरी: चितवनमा ज्ञानेन्द्र शाहीमाथि नेकपा का कार्यकर्ताद्धारा निर्घात कुटपिट - 2019-09-28

प्रदेस संवाददाता, भरतपुर ‘नेपालका लागि नेपाली’ अभियानका अभियान्ता ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट भएको छ । अभियानले भरतपुरस्थित चौविसकोठीमा ‘भष्ट्राचार, वेथिती र लुटतन्त्रको विरोधमा नागरिक खबरदारी’ सभा गर्न लागेको थियो । सभालाई शाही, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी लगायतका अभियान्ताहरुले सम्बोधन गर्ने कार्यक्रम थियो ।










Powered by: Exclusively Solution