अर्थ / व्यापार




३० घण्टापछि टेलिकमको रिचार्ज नहुने समस्या हट्यो


काठमाडौं/
नेपाल टेलिकमको रिचार्जमा देखिएको समस्या झण्डै ३० घण्टापछि समाधान भएको छ । हिजो विहानैदेखि टेलिकमको एनटी रिचार्ज सिस्टममा समस्या आएको थियो ।


सिस्टम अपग्रेड गर्ने क्रममा आएको समस्या भर्खरै हटेको टेलिकमका सह-प्रवक्ता डिल्लीराम अधिकारीले जानकारी दिए । ‘हिजो विहानैदेखि एनटी रिचार्ज कार्डबाट रिचार्ज हुन सकेको थिएन’ अधिकारीले भने,’सिस्टमलाई पुरानै अवस्थमा ल्याएर भर्खरै रिचार्ज सुचारु गरेका छौं ।’


सिस्टमका समस्या आएपछि टेलिकमले रिचार्ज सिस्टम अपग्रेडिङलाई पनि रोकेको छ सफ्टवेयरमा समस्या आएपछि झण्डै ३० घण्टा जति रिचार्ज गर्न समस्या भएको थियो । टेलिकमको अनलाइन , एमपीअोएस  र नमस्ते रिचार्ज सिस्टममा भने समस्या थिएन ।


टेलिकमको अफरः कुरा गर्दागर्दै पैसा सकिएपनि फोन नकाटिने - 2018-02-05

कार्ड बाहक ग्राहकले अब फोन गर्दा गर्दै पैसा सकिएमा पनि कुरालाई निरन्तरता दिन पाउने छन् । नेपाल टेलिकमले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा यस्तो सुविधा ल्याएको हो । सोमबार आयोजित वार्षिकोत्सव कार्यक्रममा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सेवाको सुरूअात गरे ।

भिमस्थानमा साठी प्रतिशत पुननिर्माणको काम सकियो - 2018-01-28

इन्जिनियरहरुलाई सबै काम एकैसाथ सक्न दबाबसिन्धुलीःभुकम्प पिडितहरुले दोश्रो किस्ता लिनका लागि अन्तिम समयमा आफ्ना कागजात लिएर आएपछि अनुगमनमा खटिएका इन्जिनियरहरुलाई सबै काम एकैसाथ सक्न दबाब परेको छ । थोरै जनशक्ति र धेरै भुकम्प पिडितहरुले अन्तिम समयमा आएर बनाएका भौतिक संरचनाहरुको अनुगमन तथा प्रतिवेदन तयार पार्नका लागि समय कम भएपछि उनीहरु बिदा नभनी रात दिन आफ्नो काम गरिरहेको तीपाटन गाउँपालिका वडा नं २ का इन्जिनियर सुरज मानन्धरले बताए ।

सम्पत्ती शुद्धिकरणरणमा चनाखो हुन बैंकरको निर्देशन - 2018-01-25

काठमाडौं:नेपाल बैंकर्स एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले सम्पत्ती सुद्धिकरण जस्तो विषयमा सबै सम्वेदनशिल भए मात्र वित्तीय क्षेत्र सवल हुने बताएका छन्।

एनसेल मुद्दामा भ्याकेट नहाल्न प्रधानमन्त्रीको दबाब - 2018-01-25

काठमाडौं:एनसेलको लाभांश फुकुवा गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशलाई उल्टयाउन (भ्याकेट)मा जाने ठूला करदाता कार्यालय, अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक तथा महान्यायाधिवक्ता कार्यालयको प्रयासलाई प्रधानमन्त्री शेरबहादुर देउवाले तीव्र दबाब दिएर रोकेका छन्।

अग्रिम भन्सार बुझाउने चिनी अायातकर्ताकाे तयारी - 2018-01-25

विराटनगर: सरकारले चिनीको आयातमा भन्सार महसुल बढाउने तयारी सुरु भएपछि चिनीका आयातकर्ताले अग्रिम महसुल बुझाउने तयारी गरिरहेका छन्।

लोकप्रिय हुने नाममा ‘६२ वर्षमै पेन्सन’ले डुब्यो एउटा देश, सरकारी ढुकुटीको दोहनले संकटमा नेपाल! - 2018-01-25

एजेन्सीहरु:यूरोपेली देश ग्रीसमा सरकारले लोकप्रियताकालागि पेन्सन फण्ड बढायो। तर त्यहि पेन्सन फण्ड आजसम्म पनि ग्रीसको लागि टाउको दुखाइ बनेको छ। आर्थिक अब्यबस्था, भ्रष्टाचार तथा नागरिकप्रति जवाफदेही नभएको सरकारका कारण सन् २००८ देखि ग्रीसमा आर्थिक संकट सुरु भएको थियो।

सातै प्रदेशमा विशेष आर्थिक क्षेत्र बनाउन सुरु - 2018-01-15

काठमाडौ,(प्रस):सरकारले सातवटै प्रदेशमा विशेष आर्थिक क्षेत्र (सेज)निर्माणका लागि विस्तृत सम्भाब्यता अध्ययन(डिपिआर) थालेको छ।औद्योगिक विकासका लागि सरकारले सातै प्रदेशमा सेज निर्माण अघि बढाउन लागेको हो। विशेष आर्थिक क्षेत्र विकास प्राधिकरणका अनुसार सातवटा मध्ये दुर्इवटाको प्रगति राम्रो देखिएको छ। प्राधिकरणका कार्यकारी निर्देशक डा.चण्डिका प्रसाद भट्टले सातै प्रदेशमा सेज स्थापनाका लागि सम्भाब्यता अध्ययनको काम सुरु भइसकेको बताए।भैरहवाको सेजमा केही महिनाभित्रै उद्योग स्थापनाका लागि पूर्वाधार निर्माणको काम सुरु हुनेछ।

माघ विशेष तरकारीः ४ वर्षमा ५२ प्रतिशतसम्म मूल्य वृद्धि - 2018-01-14

काठमाडौ,(प्रस):पुस मसान्तको बेलुका उसिनेको तरुल, पिंडालु, सखरखण्डजस्ता परिकार माघे संक्रान्ती अर्थात माघ १ गते खाने चलन छ। माघे संक्रान्ती, मकर संक्रान्ति, माघी जस्ता नामले चिनिने यो चार्ड नजिकिएसँगै राजधानी लगायत देशका धेरै तरकारी पसलमा पिंडालु, सखरखण्ड र तरुलले वर्चस्व जमाएको छ।

टेलियालाई ६५ अर्ब कर तिर्न सरकारको १५ दिने अल्टिमेटम - 2018-01-05

आफ्नो स्वामित्वमा रहेको एनसेलको ८० प्रतिशत शेयर हस्तान्तरण गर्दा लाग्ने पूँजीगत लाभकर समयमा दाखिला नगर्दा टेलियासोनेरालाई करीव ५ अर्ब रुपैयाँको कर थपिएको छ । मंगलवार ठूला करदाता कार्यालयले टेलियासोनेराले आफ्नो स्वामित्वको शेयर हिस्सा आजियाटाको नाममा विक्री गर्दा लागेको पूँजीगत लाभकरको दायीत्वमा ब्याजसमेत जोडेर ६५ अर्ब ४० करोड रुपैयाँ कायम गरेको छ ।

एउटा बैंकबाट अर्कोमा रकम जम्मा गर्न सकिने - 2018-01-05

काठमाडौं:अब कुनै पनि बैंकको खातामा अर्को बैंकबाट पनि रकम जम्मा गर्न सकिने भएको छ । अहिले एकाउन्टपेयी चेक जम्मा गरेर अर्को बैंकबाट ग्राहकहरुले यस्तो सुविधा पाउँदै आएका छन् । अब भने नगदै जम्मा गर्न सकिने भएको हो ।

फास्ट ट्रयाकमा ‘भारतीय डिजाइन’ माथि प्रश्न - 2018-01-05

भारतीय डीपीआर किन्ने या नकिन्ने भन्नेबारे चाँडै उच्चस्तरीय समितिले विज्ञहरुले गरेको अध्ययनका आधारमा निर्णय दिने नेपाली सेनाले निर्माणको जिम्मेवारी पाएको काठमाडौं-तराई द्रुतमार्ग (फास्ट ट्रयाक) भारतीय डिजाइनमै बनाउने कि नयाँ डिजाइन गर्ने भन्नेबारे बहस सुरु भएको छ । सरकारले निर्माणको जिम्मेवारी दिएपछि नेपाली सेनाले फास्ट ट्रयाकको डीपीआरका विषयमा अलग्गै प्राविधिक अध्ययन गरेको छ ।

जनप्रतिनिधिको विदेश भ्रमणमा अंकुश, छुट्टै राहदानीको प्रस्ताव - 2018-01-03

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि कामभन्दा विदेश भ्रमणमा केन्द्रित हुन थालेको गुनासो बढेपछि केन्द्र सरकारले नियमनको तयारी थालेको छ । स्थानीय तहका पदाधिकारी तथा कर्मचारीलाई बिनाअनुमति विदेश जान अंकुश लगाउन लागिएको हो । स्थानीय विकास मन्त्रालयले त्यसका लागि ‘विदेश भ्रमणसम्बन्धी नियमावली, २०७४’को मस्यौदा तयार पारेको छ ।

उच्च अदालतनैं बिकेपछिः रुपन्देहीमा तेल चोरीकाण्डमा मुछिएका ३८ व्यवसायीलाई उच्च अदालतले दियो सफाई - 2017-11-30

चालक भने दोषी ठहरबुटवल। रुपन्देहीको तेल चोरी काण्डको अभियोग लागेका पेट्रोलियम व्यवसायीले उन्मुक्ति पाएका छन्। २०७२ वैशाख १६ गते राष्ट्रिय सतर्कता केन्द्र र रुपन्देही प्रहरीले रुपन्देहीको पडसरी र मधवलियाबाट तेल भण्डारको भूमिगत ट्याङ्कीसहित ट्याङ्कर चालकलाई रंगेहात पक्राउ गरेको थियो।

दुर्लभ पाटे बाघ गणना आजदेखि - 2017-11-30

चितवन: आजदेखि नेपाल र भारतमा एकैसाथ दुर्लभ पाटे बाघको गणना (अनुगमन) सुरु हुने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार अत्याधुनिक प्रविधिसहितको क्यामरा ट्रयापिङ विधिबाट बाघको गणना गर्न लागिएको हो ।

टेलिकमले भन्यो-०१२३४५६ र १२३४५६ नम्बरको फोन नउठाउनूस्, ठगिनुहोला ! - 2017-11-26

काठमाडौ,(प्रस): नेपाल टेलिकमले साधारण फोन नम्बरसँग नमिल्ने अपरिरिचत नम्बरबाट आएका कल नउठाउन अनुरोध गरेको छ । पछिल्लो समयमा ०१२३४५६, १२३४५६ लगायतका अपरिचित नम्बरबाट कल गरेर ठग्ने क्रम तीव्र भएपछि टेलिकमले त्यस्ता नम्बरको कल नउठाउन आग्रह गरेको छ ।

बुढीगण्डकी निर्माणको जिम्मा चीनलाई दिने सम्झौता खारेज गर्ने सरकारको निर्णय - 2017-11-13

सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मान चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले चिनियाँ कम्पनी गेजुवा ग्रुपसँग भएको सम्झौता खारेजको निर्णय गरेको ऊर्जामन्त्री कमल थापाले जानकारी दिएका छन् ।

बागवजारमा हात्तीकोआतंक: दुई घर भत्कायो, भण्डारण गरेको अन्न सखाप - 2017-11-05

कञ्चनपुर:कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुर बागवजारका दुई परिवारको घर गएराति जंगली हात्तीको बथानले भत्काएको छ । हात्तीको बथानले स्थानीय दीपक हुम्ली र वीरबहादुर चौधरीको घर भत्काएको हो । घरभित्र राखेको अन्न खानुका साथै लगाउने, ओढ्ने विछ्याउने कपडा सबै हात्तीको बथानले च्यातचुत पारेर नोक्सान पु¥याएको छ ।

उपत्यकाका १३ स्थानमा आजदेखि सुपथ मूल्य पसल सञ्चालन - 2017-09-01

काठमाडौ,(प्रस): सरकारले चाडपर्वलाई लक्षित गरेर आजदेखि उपत्यकाका विभिन्न १३ ठाउँमा सहुलियत मूल्य पसल सञ्चालन गर्ने भएको छ । चाडपर्वमा उपभोक्तलाई दैनिक उपभोग्य वस्तुमा राहत दिन सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको हो ।

बाढीपीडितलाई पठाइएको सरकारी राहतमा गोबर र ढुंगामाटो ! - 2017-08-28

यो दूर्भाग्य हो, कारबाही गरिन्छ: आपूर्ति मन्त्रीनेपाल खाद्य संस्थानले बाढीपीडितलाई पठाउन लागेको राहतमा चरम लापरवाही भएको देखिएको छ । संस्थानले तराईका बाढीपीडितलाई पठाउन तयारी अवस्थामा राखेको सिमीमा एक किलोसम्मका ढुंगा, गोबर, माटो र बालुवा पाइएको छ ।

कृषिलाई मुख्य आधार नमान्दा नेपालले १० देखि १५ प्रतिशत घाटा ब्यहोर्दै - 2017-08-22

वि.सं २०४७ सालसम्म नेपाल अन्य देशका लागि कृषिउपज निर्यात गर्ने देशको लिस्टमा थियो । ०४७ पछि नै नेपाल कृषिउपज आयात गर्ने देशमा पर्न थाल्यो । नेपाल कृषिको क्षेत्रमा अन्य देशको तुलनामा निकै सम्भावना रहेको देश हो ।

नाकाबन्दी बेला चम्किएको नाकामा भारतीयको अवरोध - 2017-08-09

पेट्रोलियम पदार्थ बोकेका सवारी साधन पनि लाइनमाभैरहवा: भारतीय सुरक्षाकर्मीको अवरोधका कारण नेपाल भारतको व्यापारमा गम्भिर असर पर्न थालेको छ।विना कुनै कारण भारतीय सुरक्षाकर्मीले प्रत्येक गाडीको चेकजाँच गर्न थालेपछि भारतबाट सामान बोकेका सवारी साधन सहज रुपमा भित्रिन सकेका छैनन्। भारतीय सुरक्षाकर्मीले नाकाबन्दीको बेलामा जस्तै सुरक्षा चेकजाँच गरेका छन्। भारतीय सुरक्षाकर्मीले चेकजाँचमा कडाइ गर्नुको कारण केही खुलाएका छैनन्।










Powered by: Exclusively Solution