समाज




मालिकको धम्कीले पत्रकार महासंघ डराउँदैनः विष्ट


भक्तपुर/
नेपाल पत्रकार महासंघका डा.अध्यक्ष महेन्द्र विष्टले न्युनतम पारिश्रमिक दिन परे मिडिया हाउस बन्द गर्छौ भन्ने मालिकको धम्की प्रति महासंघ नडराउने बताएका छन् । नेपाल पत्रकार महासंघ भक्तपुरले आइतबार आयोजना गरेको आघात ९ट्रामा० पत्रकारीता प्रशिक्षण कार्यक्रममा बोल्दै विष्टले भने ‘साउन १ गते लागू न्युनतम पारिश्रमिक जसरी पनि लागू हुन्छ ।’


अध्यक्ष विष्टले वृद्धि भइ आएको श्रमजिवी पत्रकारहरुको पारिश्रमीक कार्यान्वयन गर्न पत्रकार महासंघ सदैव तयार रहेको बताए ।

‘यदि मिडिया मालिकले न्युनतमा पारिश्रमीक दिन तयार नभए महासंघ अदालतसम्म जान तयार छ,’ विष्टले भने ।

पत्रकारहरुको लागि मापदण्ड तोकिनु राम्रो र पेशालाई मर्यादीत गर्न योग्यता र अनुभवको आधारमा काम गर्ने पर्ने समेत उनले बताए ।

कुनै स्वतन्त्र संस्थाको परीक्षा लिने काम चाही कसैले गर्न नसक्ने तर मिडिया हाउसले काम गर्ने व्यक्तिको भने योग्यता जाँच्न सक्ने अध्यक्ष विष्टले बताए ।

पत्रकारको योग्यता, क्षमता र सिपको विकाशको लागि आमसंचार प्रशिक्षण प्रतिष्ठानको निमार्ण गरि महासंघले विभिन्न कार्यक्रम गर्ने तयारी गरीरहेको उनले जानकार दिएका छन् ।


अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन हुने - 2019-02-19

काठमाडौ,(प्रस): संवैधानिक परिषद्ले मुस्लिम आयोगका अध्यक्षमा सिफारिस गरेका समिम अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्रको छानबिन हुने भएको छ।

अख्तियारले थाल्यो पाठकमाथि अनुसन्धान - 2019-02-19

काठमाडौ,(प्रस): घुस प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) का आयुक्त राजनारायण पाठकविरुद्ध अदुअआले अनुसन्धान थालेको छ ।

'बुलबुल' को पोस्टर हटायो प्रहरीले - 2019-02-19

काठमाडौ,(प्रस): रक्सीको विज्ञापन प्रचार गरेको भन्दै फिल्म ‘बुलबुल’ को पोस्टर प्रहरीले हटाएको छ। महानगरीय प्रहरी परिसरले कानुनविपरीत रक्सीको विज्ञापन गरेर पोस्टर टाँसेपछि हटाउन थालेको जनाएको छ।

सिन्धुलीमा चटयाङ्ग पर्दा दुई घाइते - 2019-02-09

सिन्धुली,(प्रस): सिन्धुलीकोे कमलामाइ ५ स्थित चिसापानी झोरामा शान्तामाया श्रेष्ठको घरमा आज चटयाङ्ग पर्दा एक बालक एक युवा घाइते भएका छन् ।

चन्द्रागिरी र फूलचोकीमा हिउँ पर्‍यो - 2019-02-09

काठमाडौ,(प्रस): काठमाडौंको दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित चन्द्रागिरी डाँडामा हिउँ परेको छ । पश्चिमी वायुको प्रभावस्वरुप केही दिनदेखि भइरहेको देशव्यापी वर्षाले चिसो बढाएपछि चन्द्रागिरी, फूलचोकीलगायतका डाँडाहरुमा हिउँ परेको हो ।

प्रहरीलाई घुस दिन खोज्ने ४ पक्राउ - 2019-02-08

काठमाडौ,(प्रस): प्रहरीलाई घुस दिने ४ जनालाई नियन्त्रणमा लिइएको छ । काठमाडौं महानगरपालिका–४ सुकेधारास्थित प्रहरीलाई १ सय रुपैयाँ घुस दिन खोज्ने मिनबहादुर तामाङलाई बिहीबार राति पक्राउ गरिएको हो ।

पोखरीमा एक महिला मृत अवस्थामा फेला - 2019-02-08

काठमाडौ,(प्रस): भक्तपुरको ठूलो ब्यासीस्थित एक पोखरीमा एक महिला मृत अवस्थामा फेला परेकी छन्।

चट्याङले एकको मृत्यु ५ घाईते - 2019-02-08

सुर्खेत,(प्रस): चट्याङ लागेर सुर्खेतमा तीन वटा पशु चौपाया मरेका छन्। चिङ्गाड गाउँपालिका–३ कालामाटास्थित टिके कामीको घरमा बिहिबार राति चट्याङ लागेर दुईवटा भैँसी र एक गोरु मरेका छन्।

सिन्धुलीमा दुर्घटना : मृतक ५ जनाकै सनाखत - 2019-02-07

सिन्धुली,(प्रस): सिन्धुलीको फिकल गाउँपालिका–२, चण्डी भञ्ज्याङमा जीप दुर्घटना हुँदा मृत्यु हुने पाँच जनाकै सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा सिन्धुलीको फिक्कल गाउँपालिका–३ की ५६ वर्षीया तिलमाया विक, ६० वर्षीय कुनमान तामाङ, ३६ वर्षीया शान्तिमाया श्रेष्ठ, फिक्कल–२ का ४० वर्षीय लक्ष्मी विक र २५ वर्षीया अनिता महत छिन् ।

सर्वोच्चको आदेशप्रति महासंघको ध्यानाकर्षण - 2019-02-06

काठमाडौ,(प्रस): नेपाल पत्रकार महासंघले न्यूनतम पारिश्रमिकको सम्बन्धमा सर्वोच्चको अन्तरिम आदेशप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

हत्यारा पत्ता लगाउन वर्षौं लाग्न सक्छ: गृहमन्त्री - 2019-02-06

काठमाडौ,(प्रस): गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणको अनुसन्धानमा वर्षौं लाग्न सक्ने जवाफ संसदमा दिएका छन्।

फेरि आयो पश्चिमी वायु, भोलि फेरि पानी पर्ने - 2019-02-06

काठमाडौ,(प्रस): एक साता नपुग्दै अर्को पश्चिमी वायू नेपाल प्रवेश गरेकाले देशको मौसममा बदली भएको छ। बुधबार देशका पश्चिमी क्षेत्रमा हिमपात र वर्षा भइरहेको छ भने राजधानी काठमाडौं उपत्यकामा बिहीबार बिहानैदेखि पानी पर्ने सम्भावना छ।

बाघको आक्रमणबाट एकको मृत्यु - 2019-02-05

बाँके,(प्रस): बर्दियाको बढैयाताल गाउँपालिका–२ मा भारतको जंगलबाट आएको पाटेबाघले आक्रमण गर्दा स्थानीय ७१ वर्षीय चन्द्रबहादुर शाहीको मृत्यु भएको छ।

यूएस-बंग्ला जहाज दुर्घटना : नेपालले रिपोर्ट सार्वजनिक गरेलगत्तै बोल्यो बंगलादेश - 2019-02-05

बंग्लादेशले अन्तर्राष्ट्रिय नागरिक उड्यन संगठन आइकाओमा मुद्धा हाल्ने‘विमान चालकले केही गल्ती गरेका थिए तर यदि ‘हवाई ट्राफिक कन्ट्रोल’ले चाहेको भए यस्तो दुर्घटना रोक्न सकिन्थ्यो,’ बंगलादेश नागरिक उड्यन प्राधिकरणका अध्यक्ष एम नाइम हस्सनले सोमबार ढाकामा पत्रकार सम्मेलन गरेर भने । नेपालको नागरिक उड्यन प्राधिकरणले उक्त दुर्घटनाबारे एक रिपोर्ट सार्वजनिक गरेपछि बंगलादेशको आधिकारिक धारणा स्वरुप हस्सनको धारणा आएको हो ।

प्रदेश ३ मा भोली सार्वजनिक विदा - 2019-02-04

काठमाडौ,(प्रस): प्रदेश नम्बर ३ ले भोली मंगलबार सार्वजनिक विदा दिएको छ। माघ ९ मा बसेको प्रदेश मन्त्रिपरिषद बैठकले सोनाम ल्होसार पर्वका दिन विदा दिने निर्णय गरेको थियो।

अमेरिकी हस्तक्षेपको विरोध गर्ने पार्टीको अडान कायमै - 2019-02-04

काठमाडौ,(प्रस): सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भेनेजुयलामा भएको अमेरिकी हस्तक्षेपको विरोध गर्ने पार्टीको अडान दोहोर्‍याएको छ।

मेयर र वडाध्यक्षले नै चोरे विजुली - 2019-02-04

काठमाडौ,(प्रस): रौतहटको गढीमाई नगरपालिका मेयर र वडाध्यक्ष विद्युत चोरीमा संलग्न रहेको भेटिएका छन् ।

बालकको मृत्यु पछि अस्पताल तोडफोड - 2019-02-04

झापा,(प्रस): झापाको बिर्तामोडमा चिकित्सकको लापबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै विर्तासिटी हस्पिटलमा तोडफोड भएको छ । झाडापखाला लागेपछि उपचारका लागि ल्याइएका मेचीनगर-१४ का दुई वर्षीय बालकको मृत्यु भएपछि आक्रोशित परिवारले अस्पताल तोडफोड गरेका हुन् ।

हराएको ४ लाख प्रहरीले फिर्ता गरायो - 2019-02-03

सिन्धुली,(प्रस): प्रहरीले आज हराएको पैसा फेला पारी सम्बन्धित ब्यक्तिलाई जिम्मा लगाएको छ । सडकमा राखिएको झोला साटिदा पैसा हराएको हो ।

गुण्डा नाइके पक्राउ - 2019-02-03

काठमाडौ,(प्रस): काठमाडौंको नयाँ बानेश्वरबाट गुण्डा नाइके राजु गोर्खालीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनलाई आज पक्राउ गरेको हो ।

जीप दुर्घटनामा दुईको मृत्यु, दुई घाइते - 2019-02-03

गुल्मी,(प्रस): गुल्मीको मुसिकोट नगरपालिका–८, वामी मैदानबाट वामी टक्सारतर्फ आउँदै गरेको जीप दुर्घटना दुर्घटना भएको छ ।










Powered by: Exclusively Solution