बिदेश




बग्दादको प्रसूतिगृहमा आगलागि, ११ जनाको मृत्यु


इराकको राजधानी बग्दादको एक प्रसूतिगृहमा आगलागि हुदाँ ११ जनाको मृत्यु भएको छ । राजधानी बग्दादमा रहेको आर्मोउक प्रसूति गृहमा आगलागि भएपछि ७ शिशु र २९ महिलाको उद्धार गरिएको छ । आगलागिमा परी १९ महिला घाइते भएका छन् ।

उनिहरुलाई अन्य अस्पतालमा रिफर गरिएको इराकको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आगलागिको कारण खुल्न नसके पनि विद्युत सर्ट भएको आगो लागेको हुनसक्ने मन्त्रालयाले जनाएको छ ।


कोरोनाभाइरसबारे सहयोग माग्ने अमेरिकी युद्धपोतका कमाण्डर यसकारण भए 'जिम्मेवारीमुक्त' - 2020-04-03

क्याप्टेन ब्रेट क्रोजिअरले लेखेका थिए: "हामी युद्धमा छैनौँ । त्यसैले नौसैनिकहरू मर्ने अवस्था आउनु हुँदैन।"आफ्नो नेतृत्वमा रहेको युद्धपोतमा भाइरसको सङ्क्रमणबारे सचेत गराउँदै सहयोगको आग्रह गर्ने कमाण्डरलाई अमेरिकी नौसेनाले जिम्मेवारीबाट हटाएको छ। नौसेनाले एउटा विज्ञप्तिमार्फत् क्याप्टेन ब्रेट कोजिअरलाई जिम्मेवारीमुक्त पार्नु 'नौसेना र देशको उच्चतम हितमा रहेको' जनाएको छ।

भारतमा जुम्ल्याहाका नाम कोरोना र कोभिड - 2020-04-03

एजेन्सी :भारतको छत्तीसगढस्थित रायपुर शहरमा जन्मिएका नवजात जुम्ल्याहाका नाम कोरोना र कोभिड राखिएको छ। ती जुम्ल्याहा बालक र बालिका भारतमा जारी लकडाउनको समयमा जन्मिएका हुन्। उनीहरूका अभिभावकले विश्वले भोगिरहेको अप्ठेरो समयमा जन्मिएका हुनाले त्यसलाई सम्झिरहन सन्तानहरूका नाम त्यसरी राखेको बताएका छन्।

कोरोना नियन्त्रण गर्न ६ हप्ता लकडाउन: अमेरिकी अध्ययन - 2020-04-03

एजेन्सी :एउटा नयाँ अध्ययनलाई आधार मान्ने हो भने तपाईंहरूले घरभित्रै बस्नु पर्ने दिन अझै केही साता लम्बिन सक्छ किनकी कोरोना भाइरसको महामारीलाई नियन्त्रणमा राख्ने हो भने कम्तिमा पनि छ हप्ता लक डाउन गर्नु पर्ने उक्त अध्ययनले देखाएको छ।

दिल्लीमा डाक्टर दम्पत्तिलाई नै कोरोनाको संक्रमण - 2020-04-01

एजेन्सी :भारतमा पछिल्लो समय स्वास्थ्यकर्मीहरूलाई नै कोरोना भाइरसको संक्रमण देखिन थालेको छ। मंगलबार सरदार वल्लभभाइ पटेल अस्पतालको पेडियाट्रिक विभागमा कार्यरत एक ३२ वर्षीय डाक्टरलाई कोरोनाको संक्रमण पुष्टि भएको छ।

कोरोनाभाइरस: भारतीय महिलाले बनाइन् परीक्षण किट, कोभिड-१९ विरुद्धको सङ्घर्षमा नयाँ आशा - 2020-03-31

गीता पाण्डेय बीबीसी, दिल्ली:कोरोनाभाइरसविरुद्धको लडाईँमा निकै कम मानिसहरूको स्वास्थ्य परीक्षण गरेको विषयलाई लिएर भारतले आलोचना बेहोर्दै आएको छ। तर एकजना गर्भवती महिला भाइरसविद्ले बच्चा जन्माउनु केही घन्टाअघि परीक्षण कीट निर्माण गरेकाले अब स्थितिमा परिवर्तन हुने देखिएको छ। भारतमा पहिलोपटक बनेको कीट बजारमा बिहीवारदेखि पुगेको छ। त्यसले मानिसहरूमा कोभिड-१९ भए नभएको पुष्टि गर्ने परीक्षणको दर बढाउन सकिने आशा जगाएको छ।

अमेरिकामा दुई लाखको मृत्यु हुन सक्ने राष्ट्रपति ट्रम्प कार्यदलको चेतावनी ! - 2020-03-31

चीनिया भाइरस भनेर कोरोनालाई गिज्याउँने अमेरिकालाई यातिबेला यही भाइरसले गलाउँदै लगेको छ । अमेरिकामा कोरोना संक्रमणबाट तीन हजार संख्यामा मानिसहरुको ज्यान गएपछि बल्ल राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनासँग जुझ्न अमेरिका निकै राम्रो अवस्थामा पुगेको बताएका छन्।

अन्तर्राष्ट्रिय/प्रवास ब्राजिलका राष्ट्पतिले पोस्ट गरेका सामग्री फेसबुकले हटायो - 2020-03-31

एजेन्सी :ब्राजिलका राष्ट्पति जेर बोल्सोनारोले पोस्ट गरेका केही भिडियोमा सेल्फ आइसोलेशन विरुद्ध दुस्प्रचार गरेको भन्दै फेसबुकले हटाइदिएको छ । फेसबुकको स्ट्याण्डर्डका विरुद्धको अभिव्यक्ति भनेर उसले हटाइदिएको हो । उक्त भिडियोमा ब्राजिलका राष्ट्पतिले जनतालाई अर्थतन्त्र बचाउनका लागि काममा जानुपर्ने बताएका थिए ।

इटालीमा तीन सातादेखि जारी लकडाउन बढाउँदै - 2020-03-31

इटाली,(एजेन्सी ): इटाली सरकारले देशमा तीन सातादेखि जारी लकडाउनलाई लम्ब्याउने बताएको छ। कोरोना भाइरसको महामारीलाई रोक्न तीन सातादेखि राष्ट्रव्यापी लकडाउनमा रहेको इटालीले पूर्व निर्धारित समयावधि सकिन केही दिन बाँकी रहँदा यस्तो बताएको हो। तेश्रो साताको लकडाउन यही शुक्रबार सकिदैं छ।

भुटान २१ दिनसम्म लकडाउन गर्नेको घोषणा - 2020-03-31

थिम्पु,(एजेन्सी): भुटानले २१ दिनसम्म मुलुक लकडाउन गर्ने घोषणा गरेको छ। सोमबार घोषणा भएको २१ दिने लकडाउन मंगलबारबाट लागु हुनेछ। भुटानका प्रधानमन्त्रीको आधिकारिक ट्वीटर एकाउन्टमा सरकारले २१ दिने लकडाउन गर्ने निर्णय गरेको उल्लेख छ। उच्च सर्तकताका लागि लकडाउन अत्यावश्यक वाध्यता बनेको प्रधानमन्त्रीको भनाइ छ।

“कोभिड-१९को उपचारमा मलेरिया प्रतिरोधी औषधि - 2020-03-29

एजेन्सी :रूसी विशेषज्ञहरूले कोभिड–१९को उपचार मलेरिया प्रतिरोधी औषधिले असरदार भएको बताएका छन् । उनीहरूले मलेरिया प्रतिरोधी औषधिले यो रोगको लक्षण मात्रै रोक्ने नभएर यो भाइरसलाई दोहरिएर आउन नदिने समेत बताए । विश्वभरका विशेषज्ञहरूले कोरोनाभाइरसको विशेष खोपको सिर्जनामा जुटिरहेका बेला रूसी विज्ञहरूले यस्तो बताएका हुन् ।

संयुक्त राष्ट्रसंघका ८६ कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण - 2020-03-28

संयुक्त राष्ट्रसघंका विभिन्न देशमा खटिएका ८६ कर्मचारी पनि कोरोना भाइरसबाट संङ्क्रमित भएका छन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको शिकार अन्तर्रा्ष्ट्रिय सहयोगी संस्थाका कर्मचारीहरु पनि भएका हुन । राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजारिकका अनुसार सङ्क्रमित मध्ये अधिकाशं युरोपेली मुलुकमा खटिएका कर्मचारी रहेका छन । त्यसैगरी अफ्रिका, एसिया, मध्यपूर्व र अमेरिकामा खटिएका केही कर्मचारी पनि सङ्क्रमित भएका छन ।

बेलायती प्रधानमन्त्रीलाई पनि कोरोना भाइरस संक्रमण - 2020-03-27

सिन्धुली,(प्रस): बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कोरोना भाइरसबाट संक्रमित हुने उनी संसारकै पहिलो सरकार प्रमुख हुन्। प्रधानमन्त्री जोन्सनले ट्वीटरमार्फत् आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

कोरोना भाइरसको संक्रमणमा परेका अमेरिका-चीनले सँगसँगै काम गर्ने - 2020-03-27

कोरोना भाइरसको संक्रमणमा परेका संसारका दुई शक्तिशाली राष्ट्र अमेरिका र चीनका राष्ट्रपतिबीच टेलिफोनमा कुराकानी भएको छ। चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले बिहीबार भएको जी-२० मुलुकहरूको भिडिओ कन्फरेन्सपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी चिनफिङबीच टेलिफोनमा कुराकानी भएको जनाएको छ।

पेन्टागन भित्रैबाट अमेरिकामा कोरोनाभाइरस फैलिएको पुष्टि - 2020-03-26

अमेरिकी सेनाले अमेरिकी रक्षामन्त्रालय पेन्टागन भित्र कोरोनाभाइरस कोभिड–१९को पहिलो केस फेला परेको पुष्टि गरेको छ । यो साता परीक्षणमा कोभिड–१९ पुष्टिभएपछि एकान्तवासमा गएको अमेरिकी सेनाले जनाएको छ । अमेरिकी मरिन क्रोप्सका प्रवक्ता क्याप्टेन मोनिका विटले जनाए अनुसार एक जल सैनिक अधिकारीमा कोभिड –१९ भएको पुष्टि भएको हो ।

अमेरिकामा १० हजार कोरोना संक्रमित थपिए - 2020-03-26

एजेन्सी :अमेरिकामा बुधबार एकैदिन १० हजारभन्दा बढी कोरोनाका नयाँ संक्रमित थपिएका छन् । यससँगै अमेरिकामा पनि समग्र भाइरस संक्रमितको संख्या ६५ हजार ७०० नाघेको छ । अमेरिकामा बुधबार मात्र १५५ जनाको भाइरसको कारण ज्यान गुमाएका थिए । यससँगै समग्र मृत्यु हुनेको संख्या पनि ९३५ पुगेको छ ।

इटालीमा एकैदिन ६८३ को मृत्यु - 2020-03-26

एजेन्सी :बुधबार मात्र इटालीमा ५ हजार २१० नयाँ संक्रमित फेला गरेका छन् । यससँगै मुलुकमा समग्र संक्रमितको संख्या ७४ हजार ३०० नाघेको छ ।

पत्रकार सम्मेलनमा सहभागि पत्रकारलाई कोरोना संक्रमण - 2020-03-25

एजेन्सी :भारतमा पत्रकार सम्मेलनमा सहभागि हुनुभएका १ जना सञ्चारकर्मीलाई कोरोना संक्रमणको पु्ष्टी भएको छ । भारतको मध्य प्रदेशमा आयोजित पत्रकार सम्मेलनमा सहभागि हुनुभएको उक्त सञ्चारकर्मीको छोरीमा समेत संक्रमण पुष्टी भएको छ ।

भारत आजदेखि तीन हप्ता लकडाउन - 2020-03-24

एजेन्सी :भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि नरेन्द्र मोदीले मंगलवार राति ८ बजे देशवासीका नाममा सम्बोधन गरे । प्रधानमन्त्री मोदीले आज राति १२ बजेबाट पूरै देलाई लकडाउन गर्ने घोषणा गरे ।

सरकारले भनेको छ घरभित्र बस्नू, घर भूकम्पले हल्लाइदियो - 2020-03-22

एजेन्सी :युरोपेली मुलुक क्रोएसियाको राजधानी जाग्रेबमा भूकम्प गएको छ। स्थानीय समयअनुसार आइतबार बिहान साढे ६ बजेतिर राजधानीनजिकै केन्द्रविन्दु बनाएर ५.३ रेक्टरको भूकम्प गएको हो। भूकम्पमा परी अहिलेसम्म एक जना १५ वर्षीय बालकको मृत्यु भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।

कोरोनाबाट इटलीमा एकैदिन ६२७ जनाको मृत्यु - 2020-03-21

एजेन्सी :इटालीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट एकै दिन ६२७ जनाको मृत्यु भएको छ । इटलीमा एकै दिनमा मृत्यु भएको यो संख्या हालसम्मकै धेरै हो । यससँगै इटलीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ । इटलीमा कोरोनाबाट ३७ हजार ८ सय ६० जना संक्रमित छन् भने तीमध्ये २ हजार ६ सय ५५ जनाको अवस्था गम्भीर छ । इटलीको उत्तरी क्षेत्र लोम्बार्डीको अवस्था दर्दनाक छ ।

चीनको वुहानमा कोरोना भाइरसको संक्रमण शून्य - 2020-03-19

कोरोना भाइरसविरुद्धको लडाइँमा चीनलाई थप सफलता हात परेको छ । गत डिसेम्बरको अन्तिम सातादेखि कोरोनाविरुद्ध लडेको चीनले इपिसेन्टर वुहानमा संक्रमण शून्यमा झारेको छ । मंगलबार १३ को ज्यान गएकोमा बुधबार भने संक्रमणका कारण कसैको पनि ज्यान गएन ।








Powered by: Exclusively Solution