जापान समाचार




जापानमा १८ सय नेपालीद्वारा शरणार्थी बन्न आवेदन


v जापानको सोफिया युनिभर्सिटीकी सहायक प्राध्यापक मासाको तानका त्यहाँ रहेका नेपालीबारे एउटा तंथ्याक सुनेर सुरुमा अचम्म परिन्। जब उनले उक्त तथ्यको प्रमाणिकता बुझिन्, मन भरंग भयो। नेपालको राजनीतिक घटनाक्रम नजिकबाट बुझेकी तानका छक्क पर्नुको कारण थियो, द्वन्द्व सकिएपछिका वर्षमा पनि गैरकानुनी रुपमा जापान बस्ने र शरणार्थीका निम्ति आवेदन दिनेको संख्या घटेको छैन।


उनका अनुसार जापानमा १८ सय नेपालीले शरणार्थी बन्न आवेदन दिएका छन्।

यो संख्या अति द्वन्द्वग्रस्त सिरियाली र अफगानी नागरिकले जापानमा मागेको शरणार्थी आवेदनभन्दा धेरै हो।


आजको कान्तिपुरमा खबर छापिएको छ।


सगरमाथा महिला समूहको अध्यक्षमा सुशिला भट्टराई - 2018-08-17

एजेन्सी : सगरमाथा महिला समूहको तेस्रो अधिवेशन तथा तीज कार्यक्रम नागोयामा सम्पन्न भएको छ । अधिवेशनले सुशीला भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । त्यस्तै उपाध्यक्षमा अनु सुवेदी, सचिवमा रन्जना सापकोटा, सह-सचिवमा पुष्पा आचार्य कोषाध्यक्षमा सिखा चालिसे चयन भएका छन् ।

टोकियोमा नेपाल जापान डाईलग सम्पन्न - 2018-08-13

टोकियो,(प्रस): जापानका लागी नेपालका राजदुत प्रतिभा राणाले जापानमा रहेका बिज्ञ नेपाली समुदायको सिर्जनात्मक कार्यहरुले आफु खुसी भएको र यस्ता कार्यको नेपाली दुतावास सधै प्रोत्साहन गर्ने बताएकी छन । “नेपाल जापान डाईलग सिरिज” नामक बृहत अन्तर्क्रियात्मक कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेकी राजदुत राणाले खुसी व्यक्त गरेकी हुन ।

जापानी उद्योगीलाई नेपालमा ढुक्क भएर लगानी गर्न जापानी राजदूतको आग्रह - 2018-08-13

प्रेमप्रसाद दाहाल, काठमाडौनेपालका लागि जापानका राजदूत मासामिची साइगोले नेपालको समृद्धिका लागि नेपाली र जापानी उद्योगीहरूबीचको सम्बन्धलाई प्रवद्र्धन गर्न आफू क्रियाशील रहेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घका पदाधिकारीसँग सोमबार भएको भेटमा उहाँले दुई देशका उद्यमी व्यवसायीबीच सुदृढ सम्बन्ध कायम गर्न सहजकर्ताको भूमिका निर्वाहमा आफू सधैँ लागिरहने बताउँदै जापानी लगानी नेपालमा ल्याउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उत्तर कोरियामाथिको प्रतिबन्ध जारी राख्ने सहमति - 2018-08-09

जापान र संयुक्त राष्ट्रसंघ उत्तर कोरियामाथिको संयुक्त राष्ट्रसंघीय प्रतिबन्ध जारी राख्ने पक्षमा रहेका छन् । प्रधानमन्त्री शिन्जो आबे र जापान संयुक्त राष्ट्रसंघका महासचिब एंटोनियो गुतेरेसले सो सहमति गरेका हुन् ।

प्राथमिक विद्यालयमा दोस्रो विश्वयुद्धको समयका तीन हजार थान हतियार भेटियो - 2018-08-07

प्रेमप्रसाद दाहाल, काठमाडौजापानको एक प्राथमिक विद्यालय परिसरबाट दोस्रो विश्वयुद्धको समयका भएको विश्वास गरिएका करिब तीन हजार थान हतियार फेला परेको विद्यालयका अधिकारीले सोमबार बताएका छन् । टोकियो महानगरको निसिटोकियो क्षेत्रमा रहेको तानासी प्राथमिक विद्यालयको भवन निर्माणका लागि जमिन खन्ने क्रममा भेटिएका एक हजार ४०० बन्दूक, एक हजार २०० खड्ग (युद्धमा प्रयोग गरिने धारिला हतियार), आठ थान हाते बम र ३०२ थान गोली भेटिएको उक्त महानगरका अधिकारी मासाकी फुजिसावालाई उद्धृतगर्दै जापान टूडेले समाचार प्रकाशन गरेको छ ।

होक्कैदोको वार्षिक उत्सवमा सम्राट साम्राज्ञी - 2018-08-07

एजेन्सी : जापानी सम्राट अकिहितो र सम्राज्ञी मिचिकोले उत्तर जापानमा रहेको होक्कैदो टापूको १५० औ वार्षिक उत्सवमा उपस्थिति जनाउनुभएको । त्यस समारोहमा उहाँहरुको सम्मानमा त्यहाँका अल्पसंख्यक आदिवासीहरुबाट स्थानीय परम्परागत नृत्य प्रस्तुत गरिएको थियो । त्यसै गरी सम्राट र सम्राज्ञीले समारोहको क्षेत्रमा जापानमा पत्ता लगाइएको डाइनोसरको सबैभन्दा ठूलो तथा सग्लो कंकाल पनि हेर्नुभएको थियो ।

जापानमा बढ्दो तापक्रमका कारण मृत्यु हुनेको संख्या १ सय ३८, अस्पताल भर्ना हुनेको संख्या ७० हजार नाघ्यो - 2018-08-07

महेन्द्र सापकोटा, टोक्योजापानमा केही सातायताको बढ्दो तापक्रमका कारण १ सय ३८ जनाले ज्यान गुमाइसकेका छन् भने अस्पतालमा भर्ना हुनेको संख्या ७० हजार पुगेको छ । सरकारी आँकडा अनुसार पछिल्लो तीन महिनामा जापानमा बढ्दो तापक्रमको कारण ती मानिस अस्पताल भर्ना भएका हुन् । गत अप्रिल ३० देखि अगष्ट ५ सम्ममा कुल ७१२६६ जना गर्मिको थकान तथा गर्मीको प्रकोपले अस्पताल भर्ना भएका थिए । गर्मीका कारण यस वर्ष घाइते हुनेको संख्या हालसम्मकै सबैभन्दा बढी रहेको छ । यस अघि सन् २०१३ को जुन १ देखि सेप्टेम्बर ३० सम्ममा ५८७२९ जना घाइते भएका थिए ।

जापानी चिकित्सा शिक्षामा लैङ्गिक भेदभाव - 2018-08-03

बिबिसि जापान:सुन्दै अचम्म लाग्छ जापान जस्तो मुलुकमा पनि यस्तो हुन्छ भनेर । त्यहाँ हालै प्रकाशनमा आएको एक समाचार अनुसार चिकित्सा शिक्षामा छात्राहरुको संख्या कम गर्न उनीहरुलाई प्रवेश परीक्षामै अनुत्तीर्ण गराउने काम भएको छ ।

जापानमा कामदारहरु अभाव भएको सरकारी घोषणा - 2018-08-03

प्रविधिमा अझ बढी लगानी गर्न पनि स्वेतपत्रमा सुझावजापानमा कामदारहरुको अत्याधिक अभाव हुँदै गएको सरकारी निकायबाटै शुक्रबार सार्वजनिक गरेको बार्षिक श्वेतपत्रमा विगत दुई दशकदेखि मुलुकमा कामदारको अभाव हुँदै गएको र त्यो क्रम पछिल्लो समयमा थप बढेको सरकारले उल्लेख गरेको छ ।

शिक्षामा जापानी सहयोग बढ्ने मन्त्री पोखरेलको विश्वास - 2018-07-31

काठमाडौ,(प्रस): शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालको शिक्षामा जापानी सहयोग वृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ । मन्त्री पोखरेल र नेपालका लागि जापानी राजदूत मासामिची साइगोबीच मंगलबार मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रमा प्रत्यक्ष एवं परोक्ष रुपमा सहयोग गर्दै आएको जापानले विद्यालय शिक्षादेखि उच्च शिक्षासम्मको विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेकोप्रति आभार प्रकट गर्नुभयो ।

बिपीको ‘इतिहासको जेल’ जापानमा प्रर्दशन - 2018-07-30

महेन्द्र सापकोटा: नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व. बिपी कोइरालाको जेल जीवनबारेको जानकारीमूलक वृतचित्र “इतिहासको जेल” जापानमा प्रर्दशन गरिएको छ । ३७ औ बिपी स्मृति दिवसको अवसर पारेर बिपी चिन्तन र गणेशमान फाउन्डेशन जापान तथा बिपी संग्रालय काठमाडौको संयुक्त आयोजनामा आइतवार टोकियोमा सो वृतचित्र प्रर्दशन गरिएको हो ।

जापान विपत्तिमा: बाढी, पहिरो र गर्मीपछि समुद्री आँधी - 2018-07-29

महेन्द्र सापकोटा:आइतबार मध्य जापान आएको एक शक्तिशाली आँधीले भारी बर्षा र १८० किलोमिटर प्रति घण्टाको तिब्र गतिको जोङ्डारी नामक तूफान निम्त्याएको छ । जापानको लगभग बिहान १ बजे तिर त्यस तूफान देशको प्रमुख टापू होन्शूमा प्रवेश गरेको थियो ।

पश्चिमी जापानको समुद्री आँधी कान्तो, तोकाइ क्षेत्रतर्फ अघि बढ्दै - 2018-07-28

ती क्षेत्रमा भारी वर्षा र तीब्र हावा लाग्नेछ, जुन समुद्री आँधीभन्दा फरक हुनसक्छ ।जापानको मौसम विज्ञान अधिकारीहरुले एक शक्तिशाली आँधी मुख्य टापु हेन्शूको केन्द्रीय क्षेत्रको किनार हुँदै पश्चिमी क्षेत्रतर्फ बढिरहेको छ । पश्चिमी क्षेत्रबाट शनिबार विहानै शक्तिशाली तुफान अघि बढिरहेको हो ।

जापानमा प्राकृतिक विपत्तिको घोषणा - 2018-07-24

अहिलेसम्म ६५ जनाको मृत्युअत्याधिक गर्मीको कारण एक साताको बीचमा कम्तीमा ६५ जनाको मृत्यु भएपछि जापानको मौसम एजेन्सीले देशभरी चलेको तातो हावाको आँधीलाई प्राकृतिक विपत्ति घोषणा गरेको छ । एजेन्सीका प्रवक्ताले कुनै भूभागमा गर्मीको स्तर धेरै देखिएकाले सर्वसाधारणलाई सजग सचेतसमेत गराएका छन् ।

नायक दिलिप रायमाझीसंगै आज टोकियोमा चलचित्र रमिता हेर्न पाईने - 2018-07-16

नेपाली चलचित्रका चर्चित नायक दिलिप रायमाझी र नायिका रजनी केसीको विशेष भूमिका रहेको चलचित्र रमिताको टोकियोमा आज साँझ विशेष प्रर्दशन हुदैछ। जुलाई १६ तारिक सोमबारका दिन साँझ छ बजेबाट टोकियो नाकानो जिरो हलमा नायक दिलिप रायमाझीसंगै चलचित्रको रेड कार्पेट प्रिमियर सो गर्न लागिएको हो।

फुकुओकामा बन्यो नेपाल फुटसल एसोसिएसन - 2018-06-01

काठमाडौ,(प्रस):जापानको फुकुओकामा फुकुओका नेपाल फुटसल एसोसिएसन गठन कार्य सफल भएको छ । संसारभरी करिब २०० भन्दा बढी देशमा पुग्न सफल नेपालीहरु जापानको फुकुओकामा पनि १० हजारभन्दा बढी रहेका छन् ।

साकुरा नाईटका लागि आधा दर्जन कलाकार टोकियोमा - 2018-05-03

टोकियो;(प्रस):‘साकुरा नाइट-३’का कलाकार जापानको राजधानी टोकियो आइपुगेका छन् । गोल्डेन विकको अवसरमा मे ३ तारिखमा टोकियोमा हुने ‘साकुरा नाइट-३’का लागि लोक गायक मिलन लामा, गायिका मिलन नेवार अमात्य, गायक हेमन्त शर्मा, गायक कमल खत्री, हाँस्यकलाकार सन्दिप क्षेत्री बुधबार टोकियोस्थित नारिता एयरपोर्ट ओर्लिएका हुन् ।

टोकियोमा ९ बालिकाको सामुहिक विवाह ! - 2018-04-30

टोकियो;(प्रस):जापान महिला तथा वालवालिकाका लागि सबैभन्दा सुरक्षित र उनीहरुको अधिकारका लागि सचेत मुलुकका रुपमा चिनिन्छ तर त्यही देशमा अवोध कलिला केटीहरुको कलिलैमा बिवाह गरिन्छ भन्ने समाचार बाहिर आउँदा अचम्म लाग्न सक्छ ।

जापान इमिग्रेशनले गायक योगेश काजीलाई एयरपोर्टबाटै फर्कायो - 2018-04-29

शुक्रबार राति १० बजेतिर पोखरेली गायक योगेश काजीले आफ्नो फेसबुकमा तस्वीरसहित एउटा स्टाट्स लेखे – ‘डेस्टिनेशन टू जापान’ । उनको फेसबुकमा जोडिएका फ्यानहरुले उनलाई यात्राका लागी शुभकामना दिन समय खर्चिए । फ्यानकै आर्शिवादले योगेश टोकियोको नारिता एअरपोर्टसम्म त आइपुगे । तर, कार्यक्रम गर्न भने सकेनन् ।

विश्वका सवै भन्दा जेष्ठ जापानी नागरिक ताजिमाको निधन - 2018-04-22

एजेन्सी : विश्वभरीका जिवित मानिसहरु मध्ये सवै भन्दा जेष्ठ सदस्य जापानी नागरिकको ११७ बर्षको उमेरमा शनिबार निधन भएको छ । स्थानीय अधिकारीहरुले एएफपी समाचार समितिलाई आइतबार सो जानकारी दिएका छन् ।

संसदको बैठक विपक्षी दलद्वारा वहिस्कार - 2018-04-21

महेन्द्रप्रसाद सापकोटा, टोकियो:प्रधानमन्त्री शिन्जो आबेसंग सम्बन्धित जमिनको विवाद लगायत सरकारविरुद्धका अन्य स्क्यान्डललाई सरकारले सम्बोधन नगरेको भन्दै जापानका विपक्षी दलका नीतिनिर्माताहरुले शुक्रबारको संसदको बैठक वहिस्कार गरेका छन् ।








Powered by: Exclusively Solution