राजनीति




तीन दिनभित्र सुधारका कार्ययोजना ल्याउन प्रचण्डको निर्देशन


काठमाडौं/
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सुधार गर्नुपर्ने कामबारे तीन दिनभित्र सुझाव दिन सचिवहरुलाई निर्देशन दिएका छन् । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मुख्य सचिव र सबै मन्त्रालयका सचिवहरुलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले सुझाव मागेका हुन् ।



प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले अनलाइनखबरसँग भने, ‘मन्त्रालयका प्राथमिकताहरु के(के हुन् तीन दिनभित्र कार्ययोजना ल्याउनुस् र जनताले परिवर्तन अनुभूत गर्ने गरी मलाई रिजल्ट चाहियो ।’


उपप्रधानमन्त्री कृष्णबहादुर महरा पनि सचिवहरुसँगको छलफलमा उपस्थित थिए । सो छलफलमा कडारुपमा प्रस्तुत भएका प्रचण्डले भने, ‘हामीसँग समय एकदमै कम छ । हरेक दिनको रिजल्ट ग्राफ देखिने गरी चाहियो । दायाँ(बायाँ भयो भने आवश्यक स्टेप लिन्छु । म क्रम भंग गर्ने मान्छे हुँ ।’


उनले सचिवहरुले मन्त्री छान्ने र मन्त्रीहरुले सचिव छान्ने प्रवृत्ति अन्त्य गर्ने बताए । उनले भने, ‘सचिवहरु मुख्य सचिव मातहत रहन्छन् र मन्त्रीहरु प्रधानमन्त्री मातहत रहन्छन् । मन्त्रीले सचिव छान्ने वा सचिवले मन्त्री छान्ने अवस्था अन्त्य गर्नुपर्छ ।’


राज्यका संयन्त्रहरु एकाकार भएर काम नगर्दा नै समस्या आउने गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले युनिफाइड भएर काम गर्न सबैलाई निर्देशन दिए ।


सरकारका ६ प्राथमिकता


छलफलमा प्रचण्डले सरकारका मुख्य ६ प्राथमिकतामा रहेर आफ्ना कुराहरु राखेका थिए । प्रचण्डले संविधान कार्यान्वयन गर्ने र सर्वस्वीकार्य बनाउने सरकारको पहिलो चुनौति रहेको बताए । मधेसी समुदायका माग सम्बोधन गर्दै सर्वस्वीकार्य बनाउनुपर्ने उनको भनाइ थियो ।


प्रचण्डले शान्ति प्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै ‘फरगिभ र फरगेट’ ९क्षमा दिनुस् र बिर्सिनुस्० भन्ने स्पीरिटमा रहेर काम गर्न निर्देशन दिएका थिए । सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगले काम अन्तिम चरणमा पुर्‍याएको भन्दै उनले विस्तृत शान्ति सम्झौताको मूल भाव पनि क्षमादिनुस् र बिर्सिनुस् भन्ने नै रहेको बताए ।


यसैगरी पुनर्निर्माण तथा नवनिर्माणको कामलाई तिव्रता दिन र भूकम्प पीडितलाई ४५ दिनभित्रै पहिलो किस्ताको रकम पुर्‍याउन प्रचण्डले सचिवहरुलाई निर्देशन दिए । ‘भूकम्प पीडितहरुले ४५ दिनभित्र पहिलो किस्ताको रकम पाउनैपर्छ,’ प्रचण्डले भने ।


यसअघि प्रचण्ड नेतृत्वको पहिलो मन्त्रिपरिषदको बैठकले भूकम्प पीडितहरुलाई ४५ दिनभित्र पहिलो किस्ताको रकम वितरण गर्ने, गरिबसँग सरकार अभियान चलाउने र तीन महिनाभित्र सबै जिल्लाका स्वास्थ्य केन्द्रहरुमा चिकित्सक पुर्‍याउने लगायतका निर्णय गरेको थियो ।


प्रचण्डले सोही निर्णयअनुसार गरिबी निवारण गर्ने र सार्बजनिक सेवा प्रभावकारी बनाउँदै सुशासन कायम गर्नुपर्ने भएकाले त्यसअनुसारका कार्ययोजना बनाउन सचिवहरुलाई निर्देशन दिएका थिए ।


‘देशको समृद्धिलाई केन्द्रमा राखेर काम गर्नुस्,’ प्रचण्डको भनाइ उद्धृत गर्दै स्वकीय सचिव मल्लले अनलाइनखबरसँग भने, ‘गरिबी हटाउने योजनालाई पनि गम्भीरतापूर्वक लिएर काम गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ ।’


प्रस्तावित मुस्लिम आयोगका अध्यक्षको नागरिकता नक्कली ! - 2019-02-20

काठमाडौ,(प्रस): मुस्लिम आयोगको प्रस्तावित अध्यक्ष समिम अन्सारीले पेश गरेको नागरिकतासम्बन्धी कागजात नक्कली भएको पुष्टि भएको छ । अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्र नक्कली भएको उजुरी संसदीय सुनुवाई समितिमा परेको थियो । सुनुवाई समितिले संवैधानिक परिषद्लाई अन्सारीको सबै प्रमाणपत्र माग गरेको छ भने जिल्ला प्रशासन कार्यालयलाई नागरिकतासम्बन्धी सबै विवरण उपलब्ध गराउन भनेको छ ।

लुटेर खा भन्ने गीत बनाएछन्, जनताले मन पराएनन्: प्रधानमन्त्री ओली - 2019-02-20

काठमाडौ,(प्रस): प्रधानमन्त्री केपी शर्मा ओलीले गायक पशुपति शर्माको गीत युट्युबबाट हटाइएको बारे पहिलो पटक प्रतिक्रिया दिएका छन्। बुधबार बिहान सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताले नरूचाएपछि गायक शर्माले नै त्यो गीत युट्युबाट हटाएको दाबी गरे।

खानेपानीमन्त्री र सचिवबीच चर्काचर्की, किन भएको थियो चर्काचर्की र तत्कालै सरुवा ? - 2019-02-19

काठमाडौ,(प्रस): खानेपानीमन्त्री विना मगर र सचिव गजेन्द्र ठाकुरबीच मेलम्चीको मूख्य ठेकेदार सिएमसी डि रेभेन्नाका बारे सोमबार चर्काचर्की भएको खुलेको छ। सिएमसीलाई अढाई अर्ब रुपैयाँ दिएर भएपनि फिर्ता ल्याउनुपर्ने मन्त्री मगरको प्रस्तावमै सचिव ठाकुरले असहमति जनाएका थिए।

राजधानीमा घन्कियो राजतन्त्र र हिन्दुराष्ट्रको पक्षमा नारा - 2019-02-19

काठमाडौ,(प्रस): आज प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइयो । यसैक्रममा कमल थापा नेतृत्वको राजावादी पार्टी राष्ट्रिय प्रजानन्त्र पार्टी राप्रपाले भने राजधानीमा प्रदर्शन गरेको छ । राप्रपाले देशलाई हिन्दुराष्ट्र बनाइनुपर्ने, राजतन्त्र पुनर्स्थापना गरिनुपर्नेलगायतको माग गर्दै सरकारविरुद्ध प्रदर्शन गरेको हो ।

नकारात्मक गतिविधि गर्ने दुष्प्रयास विरुद्ध सख्त कानुनी कारबाही हुन्छ: प्रधानमन्त्री ओली - 2019-02-19

राजनैतिक व्यूरो, काठमाडौप्रधानमन्त्री केपी शर्मा ओलीले देशको काँचुली फेर्ने अठोटका साथ अघि बढ्दै गर्दा लोकतन्त्रका सामु केही नकारात्मक प्रवृत्ति प्रतिबिम्बित भएको बताएका छन् । ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रक्रियामा अवरोध सिर्जना गर्ने, विकास निर्माणमा बाधा हाल्ने, वैदेशिक लगानीकर्तालाई निरुत्साहित पार्ने गतिविधि भइरहेको बताए ।

सरकारमाथि खनिए नेकपाकै सांसद - 2019-02-12

काठमाडौ,(प्रस): सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै सांसदहरुले संविधान र संघीयताको मर्म विपरित ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन सुपरीक्षण र समन्वय विधेयक’ ल्याएको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।

नेकपाले जनआन्दोलन शब्द थपेर जनयुद्ध दिवस मनाउँदै - 2019-02-12

राजनैतिक व्यूरो, काठमाडौसत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जनयुद्ध दिवस मनाउने भएको छ। तत्कालिन नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध सुरु गरेको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको थियो। तर, माओवादी र तत्कालिन नेकपा एमाले एक भएपछि उक्त दिवस मनाउने विषयमा नेकपा अलमलिएको थियो।

प्रधानमन्त्री ओलीले भने: अब भ्रष्टाचार लुकाउन सम्भव छैन - 2019-02-11

काठमाडौ,(प्रस): प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार अब कसैले लुकाउन सम्भव नहुने बताएका छन् । सरकार भ्रष्टाचार नियन्त्रण गर्ने संकल्पका साथ अगाडि बढेको भन्दै उनले भ्रष्टाचार लुकाउन सम्भव नहुने दावी गरेका हुन् । ‘हामी भ्रष्टाचार नियन्त्रण गर्ने संकल्पका साथ अगाडि बढेका छौं, अब भ्रष्टाचार लुक्न र लुकाउन सम्भव छैन’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औं स्थापना दिवसमा उनले भने ‘त्यसैले अब भ्रष्टाचार भ्रष्टका लागि पनि सत्रु नै हो ।’

मधेसी जनता सँधै राज्यबाट उपेक्षित भएको प्रचण्डको दाबी - 2019-02-11

प्रदेस संवाददाता, सिरहा पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसी जनता सँधै राज्यबाट उपेक्षित भएको दाबी गरेका छन् । सोमबार ‘मिर्चैयामा प्रथम महात्सव’ को उद्घाटन गर्दै अध्यक्ष दाहालले सो कुरा बताएका हुन् । उनले भने, ‘अहिले पनि मधेसी जनताले राज्यबाट आफूहरु विभेदमा परेको महसुश गरेको मलाई राम्रोसँग थाहा छ हामी चाँडै सबै मधेसी समूदायको भावना, उदेश्यक र विचारलाई मध्यनगर गर्दै संविधान संशोधन गर्न तत्पर छौं ।’

लोकतन्त्र भनेको पाँच वर्षमा भोट हाल्ने मात्र होइन : डा. बाबुराम भट्टराई - 2019-02-11

राजनैतिक व्यूरो, धादिङ नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले लोकतन्त्र भनेको ‘पाँच वर्षमा भोट हाल्ने कार्य मात्रै होइन’ भनेका छन् । जनसंवाद यात्रा अन्तर्गत सोमबार धादिङको सल्यानटारमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै संयोजक भट्टराईले यस्तो बताएका हुन् ।

नेविसंघ सभापति महरले दिए राजीनामा - 2019-02-11

काठमाडौ,(प्रस): नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महरले पदबाट राजीनामा दिएका छन्। कांग्रेसको केन्द्रीय समिति बैठक जारी रहँदा सोमबार दिउँसो सभापति महरले पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन्।

राजतन्त्र ल्याउने खेल सुरू : चित्रबहादुर केसी - 2019-02-09

बुटवल,(प्रस): राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले विदेशी शक्ति केन्द्रले कम्युनिष्ट सरकार नरुचाएकाले राजतन्त्र ल्याउने खेल सुरू भएको बताएका छन्। आज बुटवलमा पत्रकार भेटघाटमा उनले गणतन्त्र, धर्मनिरपेक्ष, समावेशीकरणलगायतका उपलब्धिको संरक्षण नगरे राजतन्त्र फकर्ने र त्यो पनि नसके निरङ्कुशता ल्याउने प्रपञ्च भएको बताए।

शान्तिपूर्ण आन्दोलनमा नआए विप्लवको भविष्य समाप्त : कृष्ण पहाडी - 2019-02-09

दाङ,(प्रस): मानव अधिकार तथा शान्ति समाज दाङले शनिबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति पहाडीले नेपालको राजनीतिमा रिक्तता देखापर्न थालेको हुँदा त्यो रिक्तस्थान भर्नको लागि शान्तिपूर्ण राजनीतिमा आउन आह्वान गरेका हुन्। अब पनि विप्लव शान्तिपूर्ण र रचनात्मक आन्दोलनमा नआए उनको भविष्य समाप्त हुने पहाडीले दाबी गरे।

गगनकुमार थापाले भने: ओली लोभी, प्रचण्ड कायर - 2019-02-09

काठमाडौ,(प्रस): नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले प्रधानमन्त्री केपी ओली लोभी र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कायर भएको आरोप लगाएका छन्। नेकपा एमाले र एनेकपा माओवादीबीच पार्टी एकता हुनुमा सिद्धान्तको जगभन्दा लोभी र कायरको मिलन भएको थापाले आरोप लगाए।

नेकपाको कार्यदलले माग्यो थप समय - 2019-02-08

काठमाडौ,(प्रस): सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)को पार्टी तथा सांगठनिक एकता टुंग्याउन गठित कार्यदलले थप समय माग्ने भएको छ । हालै बसेको सचिवालय बैठकले प्रतिवेदन बुझाउन निर्देशन दिएपछि कार्यदल छलफलमा जुटेको थियो ।

सरकार शान्ति सम्झौता र संविधानको मर्म विपरीत : अध्यक्ष प्रचण्ड - 2019-02-08

प्रदेस संवाददाता, काठमाडौंसत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले संविधानले व्यवस्था गरेको अधिकार प्रदेश र स्थानीय तहलाई प्रत्यायोजन गर्न नचाहेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् । उनले संविधानलाई आत्मसात गरेर त्यसको इमान्दार कार्यान्वयन गर्ने कुरामा विलम्ब गरे देश भयानक दुर्घटनामा फस्ने चेतावनी समेत दिए ।

भेनेजुएला प्रकरण: प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष प्रचण्डबीच जुहारी - 2019-02-07

राजनैतिक व्यूरो, काठमाडौभेनेजुएला प्रकरणलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच जुहारी चलेको बिवरणहरु बाहिर आएकाछन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली विदेशमा रहेका बेला प्रचण्डले अमेरिकी हस्तक्षेपको विरोध गर्दै वक्तव्य दिएपछि त्यसको पक्ष र विपक्षमा पार्टी नेताहरु उभिएकाछन् । यसले अमेरिका रुष्ट भएको छ ।

एकता प्रक्रिया टुङ्ग्याएर अभियानमा लाग्छौं : प्रचण्ड - 2019-02-07

चितवन,(प्रस): नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले एकता प्रक्रिया ढिलो भएको भन्दै कार्यदलबाट रिपोर्ट लिने र छिट्टै सबै टुङ्ग्याएर अभियानमा जाने बताएका छन् । चितवनको भरतपुर पुगेका अध्यक्ष प्रचण्डले सञ्चाकर्मीहरुसँग कुरा गर्दै फागुन र चैतको अभियान जसरी पनि पुरा गर्ने बताए । उनले भने, ‘सरकारको तर्फबाट दिनप्रतिदिन जनताको पक्षमा कार्यक्रमहरु घोषणा भएका छन् ।

सिके राउतका कार्यकर्ताविरुद्ध राज्यद्रोह मुद्दा - 2019-02-06

बाँके,(प्रस): प्रहरीले बाँकेको जानकी गाउँपालिका–२ बाट सिके राउतका ९ कार्यकर्तालाई पक्राउ गरेको छ । बर्दियामा उपेन्द्र यादवलाई कालोझण्डा देखाउँदा पक्राउ परेर पछि मृत्यु भएका राम मनोहर यादवको सोमबार दाहसंस्कार गर्ने क्रममा विखण्डनकारी नाराबाजी गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

केही दिनमै तल्लो स्तरसम्म पार्टी एकता प्रक्रिया टुंगिन्छ : प्रचण्ड - 2019-02-06

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको केहीदिनै तल्लो स्तरसम्म पार्टी एकता हुने बताएका छन् । बुधबार चौतारा स्थित सेतीदेवी पञ्चकन्या माविको ४२ औं बार्षिकोत्सवमा उनले छिट्टै देशभर एकताको सन्देश दिने बताए । ‘केही प्राविधिक कारणले एकता प्रक्रियामा ढिलाइ भएको छ, अब केहीदिनमा नै टुङ्गोमा पुग्छ’ उनले भनेका छन् ।

सत्य निरुपण आयोगका अध्यक्षले किन दिए राजीनामा - 2019-02-06

प्रदेस संवाददाता, काठमाडौंसत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङले राजीनामा दिएका छन् । तर, उनले राजीनामा सरकारलाई होइन, आफ्नो मातहतमा रहेका सदस्य श्रीकृष्ण सुवेदीलाई बुझाएका हुन् । सुवेदी तत्कालीन माओवादी कोटामा सत्य निरुपण तथा मेलमिलाप आयोगको सदस्य भएका थिए । त्यसैले गुरुङले उनलाई नै राजीनामा बुझाएको स्रोतको दाबी छ ।










Powered by: Exclusively Solution