विचार




हामी किन गरिब भयौं ?


डा. बाबुराम भट्टराई:
गरीब र धनी भन्ने कुरालाई पनि सापेक्षतामै हेर्नुपर्छ । मानव जातिको उत्पत्तिदेखिको कुरा गर्ने हो भने नेपाल नाम गरेको जुन भूखण्डमा हामी बस्छौं, हामी सबै करीब ७० हजारदेखि एकलाख वर्ष पहिले अफ्रिकाबाट फैलिँदै गएको होमोस्यापियन्स जातिको नरवानरको सन्तान हौं ।

 अहिले संसारमा भएका हामी सात अर्ब मान्छे (त्यतिबेला करीब १० हजारजति मात्रै नरवानरको रुपमा निस्किएका थिए अफ्रिकाबाट) त्यही नरवानरकै सन्तान हौं । हामी काला, गोरा, सेता, नाक चुच्चे, थेप्चे जेजस्ता मान्छे छौं, त्यो कालान्तरमा वातावरणीय असर र त्यही अनुसार जैविक डिएनएमा परेको प्रभाव मात्रै हो ।

त्यसैले नेपालमा पनि हामीले चार/पाँच हजार वर्ष यतादेखिको त लिखित र प्रमाणिक इतिहास नै पाउँछौं । तथापि पचासौं हजार वर्ष अगाडिदेखि मानवजातिको बसोबास भएको ठाउँ चाहिँ यो हो । करिब चार/पाँच हजार वर्षदेखिको नेपालको लिपिवद्ध इतिहास हेर्दा त्यसबीचमा नेपालले खासै गुणात्मक छलाङ्ग मारेको इतिहास हामी पाउँदैनौं ।

अंश-अंशमा हेर्ने हो भने काठमाडौं उपत्यका सापेक्षतामा अलि बढी विकासको तीव्रतामा गयो, खासखास सहरी क्षेत्रको विकास भयो होला । तर, समग्र नेपाली भूभागै हामीले हेर्‍यौं भने यो अवधिमा हामी खाली खेतीपाती प्रणालीमै रह्यौं । त्यसको मूल अंश अहिले पनि बाँकी छ । त्यसरी हेर्दा समग्रमा नै हामी उत्पातै धनी थियौं भन्ने होइन । त्यतिबेला अरु पनि गरीब थिए, हामी पनि गरीब थियौं । त्यसैले त्यतिधेरै चिन्ताको विषय त्यहाँ थिएन । तर यो बीचमा अरुले असाध्यै विकास गरेर धनी हुन पुगे । हामी गरीबीको गरीबीमै बसिरह्यौं । एउटा यो पक्ष रह्यो ।

अर्को हामी केही क्षेत्रका मान्छे विकासको दिशामा अगाडि बढेका पनि थियौं । जतिबेला काठमाडौं उपत्यका भारत र चीनबीचको व्यापारको एउटा केन्द्र थियो, त्यसको तुलनात्मक लाभ लिएर काठमाडौंले दुई देशको व्यापारमा एकप्रकारको एकाधिकार नै कायम गरेर व्यापारिक लाभ लिएकै हो । त्यसैले काठमाडौं उपत्यका आजभन्दा दुई हजार वर्ष पहिले नै सापेक्ष रुपले विकसित थियो, जसको उल्लेख चाणक्यको ‘अर्थशास्त्र’मा पनि पाइन्छ ।

कृषिकै मात्रै उत्पादनबाट कुनै पनि देश धनी हुँदैन । धनी हुनका लागि व्यापार हुँदै उद्योगतिर जानुपर्छ । हामी जतिबेला व्यापारिक युगतिर प्रवेश गरेका थियौं, त्यसलाई हामी मध्ययुग भन्छौं, करीब आठ सय वर्ष यता । हुन त लिच्छविकालमा पनि विकासतिर अग्रसर भएको हो, तर मुख्य रुपमा मल्लकालको समयमा नेपालको विकास उत्कर्षमा पुगेको देखिन्छ । त्यतिबेला भारत र चीनको व्यापारको मुख्य केन्द्र काठमाडौं हुनु र त्यसको नाका हाम्रो कोदारी र रसुवा हुनुले पनि हामीलाई सहयोग भएको हो । अनि भारत र चीनको बीचमा व्यापार हुनुले पनि त्यो बेलामा हामी सबैभन्दा माथि थियौं । त्यही बेला नै काठमाडौं उपत्यकामा सुनको गजुरहरुसहितका मठमन्दिर बनेका थिए, त्यसरी सुनको गजुरसहितको मन्दिरहरु बन्नुले आर्थिक विकासकै संकेत गर्दछ । अनि नेपाली सभ्यता उत्कर्षमा पुगेको बेला पनि त्यही हो ।

अठारौं र उन्नाइसौं शताब्दीमा भौगोलिक एकीकरणपछि वर्तमान नेपाल राज्य बन्यो । त्यही बेलामा नै अंग्रेजहरुसँग जुन सुगौली सन्धी (सन् १८१५–१६) भयो त्यसपछि भने परिस्थिति फरक हुन गयो । एकातिर अंग्रेजले च्याप्दै ल्याएकाले भूगोलको रक्षाको निम्ति पनि सुगौली सन्धि गर्नुपर्ने बाध्यता रह्यो । त्यसो नगर्दा सबै गुम्ने खतरा पनि थियो । तर सुगौली सन्धि गर्दाखेरि स्वाधीनताको रक्षा त भयो तर आर्थिक रुपमा हामी पूरै भारतीय परनिर्भरतातिर गयौं ।

त्यसो भएपछि चीनसँगको बन्द व्यापार पनि क्रमशः रोकियो । अब व्यापार त अंग्रेजहरु आफैंले गर्न थाले, कालिङपोङ र समुन्द्रको बाटो हुँदै । नेपालसँगको व्यापारको नाका कम भयो ।

दोस्रो कुरो, भारतमा औद्योगिक रुपमा उत्पादित वस्तुहरु जुन थिए, ती वस्तुहरुलाई आयात गरेर खाने ठाउँजस्तो मात्रै भयो नेपाल । नेपालका त्यतिबेलाका घरेलु उद्योगहरु विहार र बंगालका भन्दा राम्रा र प्रतिस्पर्धी नै थिए । अझ तिब्बतको भन्दा त हाम्रा उद्योगहरु धेरै अब्बल थिए । तर अंग्रेजसँग भएको सुगौली सन्धिपछि भारत र चीनबीचको व्यापारको केन्द्रको रुपमा नेपालको अन्त्य हुन पुग्यो र उल्टो नेपाल नै भारतीय वस्तु मगाएर उपभोग गर्ने थलोको रुपमा परिणत भयो ।

त्यसो भइसकेपछि हाम्रो विकासको गति अवरोध हुन पुग्यो । हामी त्यहीँबाट ठहरावमा पर्‍यौं । त्यसपछि बन्दव्यापार, उद्योगधन्दा, कलकारखानातिर लाग्नुभन्दा पनि मुख्यतः राणाकालमा वनजंगल फाँडेर बिर्ता बाँड्ने र खेतीपातीतिर फर्कियो । हाम्रा जो नेवार व्यापारीहरु थिए ती पनि विभिन्न ठाउँमा छरिएर व्यापारको साटो खेतीपाती गर्नेतिर लागे । र, यहाँका शासक वर्गले पनि व्यापारको मुनाफाबाट गुजारा चलाउने र लाभ लिनुभन्दा तराईका जंगल फाँडेर त्यहाँको जमीनको लाभ लिने ढंगले सोच्न थाले र जंगल फँडानीलाई नै तीव्रता दिए ।

त्यही बेलादेखि एक प्रकारले कृषिमा सामन्तवादीकरणको प्रक्रिया तीब्र भयो । राणाकाल त्यसैको एउटा चरम उत्कर्षको समय थियो । हामी औद्योगिकीकरणतिर जानुपर्नेमा उल्टो सामन्तवादतिर पो फर्कियौं । सुगौली सन्धीपछिको भारतसँगको सम्बन्धको कारणले गर्दा यसो हुन पुग्यो । आन्तरिक रुपमा राणाशासनपछि शाह शासनको सामन्तवादी निरंकुश प्रणाली र बाह्य रुपमा भारतसँगको आर्थिक परनिर्भरता बढेर गयो । यो नै नेपालको अल्पविकासको मुख्य कारण रह्यो ।

त्यसकारण अहिले हामी लोकतान्त्रिक गणतन्त्रमा गएपछि आन्तरिक रुपमा त सामन्तवादको अन्त्य गर्‍यौं । तर भारतसँगको आर्थिक रुपमा जुन पराश्रित सम्बन्ध छ त्यो चाहिँ अहिले पनि अन्त्य हुन सकेको छैन । त्यसैले अहिले हाम्रो निर्यातभन्दा आयात ११ गुणा बढी छ । जब कि सुगौली सन्धीभन्दा पहिले हाम्रो आयातभन्दा निर्यात ५ गुणा बढी थियो । यसले पनि के देखाउँछ भने यो खालको परनिर्भरता बढेर जानु नै हाम्रो पछौटेपनको मुख्य कारण बन्यो । यसैले आन्तरिक रुपमा जनतालाई आर्थिक गतिविधिमा प्रत्यक्ष संलग्न गराउने र निर्वाहमुखी कृषि अर्थतन्त्रबाट व्यापारिक र औद्योगिक अर्थतन्त्रतिर जाने एउटा नीति हामीले लिनुपर्छ भने बाह्य रुपमा भारतसँगको जुन परनिर्भरता छ, त्यसको अन्त्य गरेर भारत, चीन र विश्वका अन्य देशहरुसँग पनि अन्तरनिर्भर खालको अर्थतन्त्रको विकास गर्नुपर्छ । त्यो नै नेपालको विकासको मुख्य पाटो हुनेछ ।

(साभार : नयाँ शक्ति मासिकमा प्रकाशित अन्तर्वार्तांश)




Related Pictures:













Related News:

दसैँका लागि अग्रिम टिकट बुकिङ खुला - 2017-09-12

जय र लक्ष्मीको मृत्युदण्ड सार्वजनिक - 2017-09-12

निडर कंगनाको चलचित्र निर्देशन गर्ने चाहना - 2017-09-12

प्रधानमन्त्री देउवा आज २ नम्बर प्रदेशको चुनावी सभा गर्न त्यसतर्फ - 2017-09-12

रौतहटमा निर्वाचन आचारसंहिताको गंभीर उलंघनमा दलहरुको प्रतिस्पर्धा - 2017-09-10





१५ मित्रको आरोपपत्रः कति भ्रम, कति सत्य ? - 2017-08-17

डम्बर खतिवडानयाँ शक्ति पार्टी, नेपालमा यतिखेर रोचक अन्तर्संघर्ष चर्किएको छ । हुनतः नेपाली राजनीतिको कुल क्षेत्रफलमा यो बहसले कत्रो हिस्सा ओगट्ला भन्ने प्रश्न उठ्छ नै ।

मुलुक नयाँ चरणमा प्रवेश गरोस् - 2017-04-14

नयाँ वर्ष २०७४ सुरु भएको छ । केही कष्टकर, केही आशा र केही आशंकाको बादलकाबीच बितेको २०७३ सालको सबभन्दा ठूलो उपलब्धी भनेको स्थानीय तहको निर्वाचन घोषणा हो ।

आसन्न स्थानीय निर्वाचन र भू-राजनीतिको खतरनाक प्रयोग - 2017-03-22

प्रेम दाहाल: संविधान निर्माणमा ‘ब्रेक–थ्रु’ मानिएको मुख्य राजनीतिक दलहरूबीचको १६ बुँदे सहमति, संविधानप्रतिको स्वामित्व आन्तरिक शक्तिहरूमै राख्ने दलहरूको अठोट

फेरि हतियार उठाउने अवस्था आउन दिन हुन्न: बाबुराम भट्टराई - 2017-03-15

नयाँ शक्तिको विचार केवल नयाँ पार्टी वा नयाँराजनीतिमात्रै नभएर सिंगै समाजलाई लोकतान्त्रीकरण गर्ने स्वाभाविक प्रक्रियाका साथै बुलेटबाट व्यालेटमा रुपान्तरण गर्ने एक महान अभियान पनि हो ।नयाँदिल्ली: नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले फेरि हतियार उठाउने अवस्था आउन दिन नहुने बताएका छन् । नयाँ दिल्लीमा जारी काउन्टर टेरोरिज्म सम्बन्धी सम्मलेनमा ‘बुलेट टु ब्यालेट’ विषयमा आफ्नो प्रस्तुती राखेका भट्टराईले भने- मैले बुलेटमा देखिएको किनारालाई पछाडि छोड्ने साहस बटुल्दै विश्व समाजलाई ब्यालेटको माध्यमवाट प्रगतिशील विश्वमा परिणत गर्ने महासागर तर्ने प्रयत्न गरिराखेको छु ।’

सप्तरी,कञ्चनपुरको संकेत - 2017-03-15

प्रह्लाद लामिछाने:एमालेको मेची-महाकाली अभियानको क्रममा सप्तरीमा भएको दुःखद घटना र कञ्चनपुरको सिमानामा भारतीय सीमा सुरक्षा बलको गोली लागेर नेपाली युवक गोविन्द गौतमको मृत्यु भएको खबरले देश नै शोक र आक्रोशमा डुबेको छ ।

चुनावी चक्रव्यूहमा प्रचण्ड - 2017-02-13

प्रह्लाद लामिछाने:मिति घोषणा गर्नु नै सबैथोक होइन तथापी, अहिले चुनावको मिति घोषणा भयो मात्रै भनेपनि चुनावै भए सरह लाग्न थालेको छ ।

जनता रुवाउने प्रस्ताव किन ल्यायो सरकारले ? - 2017-02-09

रामेश्वर खनाल:आर्थिक वर्ष २०६४/६५ अघि भारतमा ढुंगागिट्टीको जति माग थियो, त्यो भारतीय स्रोतबाटै परिपूर्ति हुन्थ्यो। त्यसबेला उत्तरप्रदेश र बिहारमा अहिलेजस्तो व्यापक विकास–निर्माणका काम भएका थिएनन्। यी दुई राज्यमा निर्माणका लागि चाहिने ढुंगागिट्टी झारखण्ड र उत्तराखण्डबाट आपूर्ति हुन्थ्यो।

हामी किन गरिब भयौं ? - 2017-01-20

डा. बाबुराम भट्टराई:गरीब र धनी भन्ने कुरालाई पनि सापेक्षतामै हेर्नुपर्छ । मानव जातिको उत्पत्तिदेखिको कुरा गर्ने हो भने नेपाल नाम गरेको जुन भूखण्डमा हामी बस्छौं, हामी सबै करीब ७० हजारदेखि एकलाख वर्ष पहिले अफ्रिकाबाट फैलिँदै गएको होमोस्यापियन्स जातिको नरवानरको सन्तान हौं ।

संविधान संशोधनमा अल्झेको राजनीति - 2016-12-27

भीष्मराज ओझा:संविधानको स्वीकार्यता बढाउन सरकारले संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका–संसद्मा दर्ता गरेसँगै प्रमुख राजनीतिक दलहरुबीच ध्रुवीकरण बढ्दै गएको छ ।

केसीविरुद्धको प्रपञ्च: व्यावसायिकता मार्ने षडयन्त्र - 2016-11-30

चैतन्य मिश्र:डा. गोविन्द केसी सदाचार, मानवीयता र व्यावसायिक निष्ठाका प्रतिमूर्ति हुनुहुन्छ। लोभ–लालचले उहाँको जीवनलाई कहिल्यै छुन सकेन। गाउँ-सहर, देश-विदेश, भूकम्प-बाढी सबै ठाउँ र अवस्थामा रहेका बिरामीको सेवामा उहाँ जीवनभर तल्लीन रहनुभयो।

म्यादी वकिलको चंगुलमा न्यायपालिका - 2016-11-21

पूर्ण कार्की:अहिले सर्वोच्च अदालतका न्यायाधिश गोपाल पराजुलीको संयोजकत्वमा न्यायाधिश चोलेन्द्रशमशेर राणासहित पाँचजनाको उपसमिति गठन गरेर अधिवक्ताहरु मध्येबाट बरिष्ठ अधिवक्ताको उपाधि दिने व्यक्तिहरुको नाम सिफारिसका लागि छनौट गर्ने काम भइरहेको छ ।

शान्ति सम्झौताका दश वर्ष - 2016-11-20

दश वर्ष लामो आन्तरिक सशस्त्र द्वन्द्वको अन्त्यका लागि तत्कालीन नेकपा (माओवादी) र सरकारबीच विस्तृत शान्ति सम्झौताको दश वर्ष पूरा भएको छ । तर विस्तृत शान्ति सम्झौताको परिकल्पना र चाहनाअनुसार शान्ति प्रक्रियाका मूलभूत काममा खासै प्रगति भएको छैन ।

सरकारका १०० दिन - 2016-11-11

प्रधानमन्त्री प्रचण्ड ९ महिनाको म्याद बोकेर प्रधानमन्त्रीको कुर्सीमा पुगेका हुन् । उनले गर्नुपर्ने धेरै थियो । उनको पार्टीका लागि गुमेको साख फर्काउन करिब अन्तिम अवसर पनि हो यो ।

चिनियाँ रेल नेपाल हुँदै भारत पुर्‍याउन सम्भव छ - 2016-10-28

डा. बाबुराम भट्टरार्इ: विगत दशकहरुमा एशिया सामाजिक-आर्थिक विकासमा पछाडि परेको थियो। तर अहिले विश्व अर्थतन्त्रको केन्द्रबिन्दू नै एशिया बन्दै अएको छ। हामीले यस दाबीलाई अतिरन्जनाका रुपमा लिनहुँदैन। अब हामीले विश्वव्यापी रूपमा सोच्नुपर्छ, विगतको सफलता र असफलताको घेरा भन्दा पर।

‘देशभक्त जनगणतान्त्रिक मोर्चा’बारे - 2016-09-22

सिपि गजुरेल: २०७३ भाद्र २६ र २७ गते देशका समग्र भागबाट सहभागी प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएको एउटा राष्ट्रिय भेलाले ‘देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल’ गठन गरेको समाचारले नेपालको राजनीतिक बृत्तमा निकै चर्चा पायो ।

कपिलवस्तु देखि पूर्व मधेश प्रदेश र पश्चिम थरूहट प्रदेश हुुनुपर्छ - 2016-09-19

प्रभु साह/संविधानलाई सर्वस्वीकार्य बनाउने प्रमुख काम यो सरकारको छ । सबैलाई स्वीकार हुने गरी संशोधन र परिमार्जन गर्नुपर्ने आवश्यकता छ ।

यसरी लेखियो अविराम बाबुराम - 2016-09-02

-अनिल थापा : पातलो जिउ, हल्का लामो कोट, तारा चिह्न भएको रातो क्याप । ३० जेठ २०७३ मा दशरथ रङ्गशालामा नयाँ शक्ति नेपाल, पार्टी घोषणा गर्दा उपस्थित केहीले बाबुराम भट्टराईलाई चे ग्वेभारासँग तुलना गरे ।

एमाले नेतृत्वकै अकर्मण्यता र प्रचण्डको ऋण - 2016-08-18

निमकान्त पाण्डे/केपी ओली नेतृत्वको वाम गठबन्धन सरकार ढल्नुमा माओवादी केन्द्र र नेपाली कांग्रेसको नेतृत्वलाई दोषारोपण गर्दै आएको नेकपा एमालेले आफ्नै कारणबाट वाम गठबन्धन ढलेको निष्कर्ष निकालेको छ । यो अत्यन्त सकारात्मक सन्देश हो ।

मधेसी जनतामाथिको ज्यादती - 2016-08-09

प्रेम कुमार :९५ सालमा प्रजा परिषदको सदस्य भएका स्वर्गाीय गणेशमान सिंहले नेपालको राणा विरोधी आन्दोलनलाई सघाउन जवाहरलाल नेहरुलाई आग्रह गरेको र व्रिटीस फौजले पक्राउ गरी तेहाड जेलमा राखिएका केआईसिंह, पूर्ण सिंह र दिलमानसिंह नेहरुको वहसपछि भारतीय अदालतबाट छुटेका थिए ।










Powered by: Exclusively Solution