जापान समाचार




जापानले बनाइदिएको नमूना राजमार्ग जोखिमपूर्ण


दिपा भण्डारी, सिन्धुली:
मध्य तथा पूर्वी पहाडलाई काठमाडौँसँग जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको वीपी राजमार्ग जापानले नेपाल सरकारलाई औपचारिक रुपमा हस्तान्तरण गरेको २ वर्ष नपुग्दै जीर्ण बन्न थालेको छ । अत्याधिक गतिमा चल्ने ट्रिपर र अधिक भारका कारण विगि्रएको सकडको यात्राजोखिमपूर्ण बन्दै गएको छ । साँघुरो सडकमा ठूला ट्रक र ट्रिपर अनियन्त्रित ढंगले गुड्दा वीपी राजमार्गको यात्रा जोखिमपूर्ण बनेको हो ।

crasar-sindhuli









सन् २००५ बाट निर्माण सुरु भएको राजमार्ग १० वर्ष लगाएर २०१५ मा बनेको थियो । जापान सरकारले २६ अर्ब जापानी येन लगानी गरी निर्माण गरिएको राजमार्ग तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेको थियो । सडक कुल १६० किलोमिटर लम्बाइको छ ।

दक्षिण एशियामा नै नमुना सडकको रुपमा बनेको यो सडक नेपाल सरकारलाई हस्तान्तरण गरेको २ वर्ष वित्न नपाउँदै काम नलाग्ने गरी विगि्रएको छ । खास गरी सडकको धुलिखेलदेखि नेपालथोकसम्मको भाग जोखिमपूर्ण बनेको छ ।

विनासकारी भूकम्पको कारण ठाउँठाउँमा पहिरो गरी झरेको ढुङ्गाले राजमार्गमा केही क्षति पुर्‍याएको थियो । त्यसको मर्मतको लागि सरोकारवालाको ध्यान पुगेन । भूकम्पले केही विगारेको सडकमा तीव्र गतिमा अधिक भार बोकेर दौडने ट्रिपरहरु सो सडकको लागि अभिशाप बनेका छन् ।

धुलीखेल, काठमाडौं तथा भक्तपुर क्षेत्रमा ढुङ्गा, गिटी र बालुवा ओसार्ने कामको लागि दैनिक सयौं ट्रिपरहरु यो मार्गमा गुड्ने गर्दछन् ।

ट्रिपरहरु सडकको क्षमाता भन्दा बढी सामान बोकेर दौडने गर्दा सडक भत्किएर ठाउँठाउँमा खाडल परेको छ । धुलिखेलदेखि नेपालथोकसम्मको सडक खण्ड पूरै मर्मत गर्नुपर्ने गरी बिग्रिएको छ ।

सडक भत्किएका कारण सवारीलाई नियन्त्रणमा लिनै गाह्रो हुने गरेको अरनिको यातायातका टाटासुमो चालक प्रविण श्रेष्ठ बताउँछन् । ‘बाटो यति धेरै विग्रि सक्यो कि छल्ने ठाउँ समेत छैन’, श्रेष्ठले भने ।

मापदण्ड विपरित क्रसर उद्योग

काभ्रेको दाप्चा खोलादेखि रोशी खोला किनारको खैरेनीघाटसम्म ४ ओटा क्रसर मेशिन अहिले पनि सञ्चालनमा छन् । राजमार्गसँगै जोडिएर सञ्चालन भएका ती क्रसरसम्म गिटी र बालुवा लिन टि्रपरहरु पुग्ने गर्दछन् । त्यसैगरी राजमार्ग छेउमा नै ठाउँठाउँमा ढुंगाखानीहरु सञ्चालन भएका छन् । ती खानीका ढुंगा पनि काठमाडौं भित्रने गर्दछन् । टि्रपरहरु पुग्ने ठाउँसम्मको सडक काम नलाग्ने भएको छ भने त्यो भन्दा यताको सडक बिगि्रएको छैन ।

क्रसर उद्योग स्थापनाको लागि राज्यले निश्तिच मापदण्ड तयार गरेको छ । जसको लागि मानव वस्तीभन्दा टाढा मात्र उद्योग सञ्चालन गर्न इजाजन दिने व्यवस्था छ । तर, वीपी मार्गको छेउमा सञ्चालन भएका सबै क्रसर उद्योग वस्तीसँगै जोडिएर सञ्चालनमा भएका छन् । अझ राजमार्गको माथिबाट सञ्चालन भएका ढुङ्गखानीले सो राजमार्गको यात्रा नै जोखिमपूर्ण बनाएको छ ।

जापान सरकारले निर्माण गरेको वीपी राजमार्ग वातावरण मैत्री सडकका रुपमा निर्माण गरिएको थियो । सडक निर्माणको क्रममा सडक खन्दा निस्किएको माटो समेत व्यवस्थित तरिकाले फालिएको थियो ।

सडक किनारमा भूक्षय हुन नदिनको लागि भूक्षय हुने सम्भावित ठाउँमा सडकको जमिनलाई नै बाँधिएको छ ।

तर, अहिले सडक आफैं भत्किएर जिर्ण बनेपछि यातायात साधन गुड्दा धुलोले पुरै ढाक्ने गरेको सिन्धुलीको दुम्जाका माधव न्यौपाने बताउँछन् । ‘त्यस्तो राम्रो सडक यस्तो होला भन्ने सोचिएको पनि थिएन । अहिले त गाडी आए पछि भागदौड गर्नुपर्छ’, न्यौपानेले भने । अहिले काठमाडौँबाट वर्दिवास हुँदै पूर्व जाने सबै खालका साना यातायातका साधनहरु यही बाटो भएर गुड्ने गर्दछन् । मध्य पहाडी मार्गको रामेछाप, ओखलढुङ्गा, सोलु लगायतका क्षेत्रमा चल्ने मात्र हैन, सिन्धुली हुँदै वर्दिवास निस्किएर जनकपुर, विराटनगर धरान, धनकुटासम्म चल्ने माइक्रोबस तथा सुमो अन्य साना गाडीहरु समेत यहि बाटो भएर जाने गर्दछन् ।

यो सडक हुँदै पूर्व जाँदा काठमाडौंबाट एक सय ९५ किलोमिट पार गर्दा वर्दिबास निस्कने भएकोले यातायात साधनहरु यही बाटो चल्ने गरेका हुन् ।

बनेपा वर्दिवास सडकको भकुण्डेे सिन्धुली सडक खण्डमा सरकारले मालबहाक सवारी साधन तथा बसहरुलाई समेत सञ्चालन अनुमति दिएको छैन । त्यसैले सो सडकमा गुड्ने उपभोग्य सामान बोक्ने मिनट्रक, ट्रक तथा अन्य सवासी साधनलाई बेलाबेलामा राज्य र त्यसका निकायले नै रोकेर दैनिक जनजीवन नै प्रभावित पार्ने गर्दछन् ।

ठूला सवारी साधन सञ्चालनको अनुमति नभएको भनिएको सो सडकमा १२ टनसम्म सामान बोकेर गुड्ने टि्रफरलाई भने कुनै रोकटोक छैन ।




Related Pictures:













Related News:

दसैँका लागि अग्रिम टिकट बुकिङ खुला - 2017-09-12

जय र लक्ष्मीको मृत्युदण्ड सार्वजनिक - 2017-09-12

निडर कंगनाको चलचित्र निर्देशन गर्ने चाहना - 2017-09-12

प्रधानमन्त्री देउवा आज २ नम्बर प्रदेशको चुनावी सभा गर्न त्यसतर्फ - 2017-09-12

रौतहटमा निर्वाचन आचारसंहिताको गंभीर उलंघनमा दलहरुको प्रतिस्पर्धा - 2017-09-10





तोचिगीस्थित नदीमा वेपत्ता भएका लोहनी अझै भेटिएनन् - 2017-08-18

टोकियो:घटना अगष्ट १२ तारिख शनिबारको हो । जापानमा यत्तिबेला गर्मी बिदा चलिरहेको छ । यो गर्मी छल्न प्रायः मानिसहरु नजिकका नदी वा समुद्रमा गइ पौडीको मज्जा लिने गर्छन् । त्यो दिन दिउँसो ३ बजेतिर लिखु गाउँपालिका, बर्राफेदी नुवाकोटका दिवाकर लोहनी र उनका पाँचसाथीहरु तोचिगी नजिकैको नदीमा पौडी खेल्न गएका थिए । तर पौडीको मज्जा लिँदै गरेका लोहनी एकाएक वेपत्ता भए ।

जापानले बनायो बोल्ने रियल डल यौन खेलौना - 2017-08-08

एजेन्सी:हार्मोनी एक नयाँ प्रकारको सेक्स डल हो जो हिँड्न मात्र होइन बोलचाल पनि गर्न सक्दछ । उक्त सेक्स डलको टाउको, परेला तथा ओँठ पुर्णरुपमा तयार त भैसकेको छैन र उसले गर्न सक्ने कुराकानी पनि सिमित मात्रामा छ, तथापि यो सेक्स डल रोबोटिक्सको क्षेत्रमा नयाँ क्रान्ति मानिएको छ । यो देख्दा पूर्ण मानव स्वरुप रहेको छ ।

भीमलाल खरेलको टोकियोमा डुवेर मृत्यु - 2017-07-18

टोकियो:जापानमा दुई दशक अघिदेखि रेष्टुरेन्ट व्यवसायमा संलग्न नेपाली व्यवसायी भीमलाल खरेलको टोकियोको एक खोलामा डुवेर मुत्यु भएको छ। उनको मृत्यु रहस्यमय रहेको बताईएको छ।

दक्षिण कोरियाद्वारा उत्तरसँग वार्ता प्रस्ताव, जापान निराश - 2017-07-18

दक्षिण कोरियाले उत्तर कोरिया संग राखेको वार्ताको प्रस्ताव प्रति जापानले निराशा प्रकट गरेकाे छ । जापानले उत्तर कोरिया माथि थप प्रतिबन्ध गर्नु पर्ने र दबाव दिनु पर्ने भन्दै दक्षिण कोरियाको प्रस्ताब माथि असन्तुष्टी जनाएको हो ।

जापानको हाकातामा नेपाली विद्यार्थीलार्इ लक्षित गरी आइएमर्इ क्योदार्इको शाखा स्थापना - 2017-07-07

टोक्यो (प्रस): जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशमा रेमिटेन्स कारोबार गर्दै आएको आइएमर्इ क्योदार्इ रेमिटेन्सले जापानको हाकातामा नयाँ शाखा विस्तार गरेको छ।

भूमिगत ग्याँस भण्डारबारे अध्ययन गर्न निगमको टोली जापान जादैं - 2017-07-05

काठमाडौं:पाइपलाइनबाट घरघरमा ग्याँसका लागि अध्ययन गर्न नेपाल आयल निगमको टोली आज जापान जादैछ । निगमका कार्यकारी निर्देशक गोपाल खडकाको नेतृत्वमा टोलि जापान जान लागेको हो । टोलिले भूमिगत ग्याँस भण्डारबारे पनि अध्ययन गर्नेछ ।

जापानी एनिमेशन चलचित्रलाई क्रिस्टल अवार्ड - 2017-06-19

रान्समा सम्पन्न अनैसी अन्तर्राष्ट्रिय एनिमेशन चलचित्र महोत्सवमा जापानको एनिमेशन चलचित्रले प्रथम पुरस्कार पाएको छ । ‘लु ओभर द वाल’ नाम गरिएको उक्त चलचित्रले क्रिस्टल अवार्ड पाएको हो । जुन अवार्ड त्यस महोत्सवको सवै भन्दा ठूलो अर्वाड मानिएको छ । ‘लु ओभर द वाल’ नामक उक्त चलचित्र मासाकी युअसाले निर्देशन गरेका हुन् ।

उत्तर कोरियाको मिसाइल परिक्षण विरुध अमेरिका र जापान एक साथ - 2017-04-13

अमेरिक र जापानले उत्तर कोरियाको मिसाइल परिक्षण विरुध एक साथ उभिने भएका छन् । उत्तर कोरियाले जापानी समुद्र तटमा मिसाइल परिक्षण पश्चात जापान र अमेरिका उत्तर कोरिया विरुध एक साथ उभिन लागेका हुन् ।

जापानमा ‘ओभर स्टे’ संस्कृति बढ्दो - 2017-03-22

जापान:गत वर्षको तुलनामा जापान आउने विदेशीहरुको संख्या अत्याधिक रुपमा वृद्धि देखिएको छ । उक्त वर्ष २३ लाख ८२ हजार ८ सय २२ जना विदेशी जापान आएका थिए । जुन अघिल्लो बर्षको तुलनामा ६.७ प्रतिशतले धेरै हो ।

जापानमा पहिलो समलिङ्गी नेता - 2017-03-21

विश्वमा समलिङ्गी नेता पाउने देशमा जापान पहिलो देश भएको छ । जापानले २५ बर्षीय तोमोया होसादालाई इरुमा शहरको नगर आयुक्तका रुपमा चुनेको छ । होसादाले नगर चुनाबको २२ सिटमा २१ सिट जते संगै आयुक्त पदको लागि चुनिएका हुन् ।

जापानको पूंजीगत खर्चमा वृद्धि - 2017-03-08

एजेन्सी:जापानको अर्थव्यवस्थाको पूंजीगत खर्च तीन बर्षमा लगभग एक चौथाइले बढेको छ । पुजीगत खर्च अक्टोबर देखि डिसेम्बर सम्ममा १.२ प्रतिशतले बढेको हो । जापानको अर्थव्यवस्थामा औसत वृद्धिदार भन्दा बार्षिक वृद्धिदर १।६ प्रतिशत भएपछि यसमा वृद्धि आएको हो ।

जापानमा राष्ट्रिय नायक अवार्डबाट नेपाली सम्मानित - 2017-02-22

प्रकाश पन्थी, जापान: विभिन्न विधामा उत्कृष्ट भएका आधारमा गरिने राष्ट्रिय नायक अवार्डबाट जापानमा एक नेपाली सम्मानित भएका छन्। सामाजिक काममा सक्रिय भएर उत्कृष्ट भएको भन्दै जापानको एक संस्थाले प्रत्येक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय युवा नायक अवार्डबाट पहिलोपटक नेपाली युवा ३७ वर्षका जिज्ञानकुमार थापा सम्मानित भएका हुन्।

जापानद्वारा चार अर्ब ५३ करोड अनुदान सहयोग - 2017-02-15

काठमाडौं: जापान सरकार पोखरामा खानेपानी आपूर्ति सुधार परियोजना कार्यान्वयनका लागि चार अर्ब ५३ करोड ९० लाख अनुदान सहयोग गर्न सहमत भएको छ। अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थ सचिव डा शान्तराज सुवेदी र नेपालका लागि जापानी राजदूत मासाशी ओगावाले सम्झौता पत्रममा हस्तारक्षर गरे।

छिमेकीसँग सम्बन्ध सुधार्दा जापानलाई फाइदा - 2017-02-08

जापानी प्रधानमन्त्री सिन्जो आवे शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न अमेरिका जाँदै झाओ मिङहाओ: जापानी प्रधानमन्त्री सिन्जो आवे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न शुक्रबार अमेरिका जाँदै छन् । वास्तवमा जापानले यो भेट जनवरीको अन्त्यमा गर्न आग्रह गरेको थियो, ताकि आवे ट्रम्पलाई भेट्ने पहिलो सरकार प्रमुख हुने थिए । तर, ट्रम्पले बेलायती प्रधानमन्त्री थेरेसा मेलाई निमन्त्रणा गरे, जसले अमेरिका–जापान सम्बन्धभन्दा अमेरिका–बेलायत विशेष सम्बन्ध अझै हाबी छ भन्ने सन्देश दिन्छ ।

अमेरिकी सैन्य अड्डाको निर्माण सुरु: स्थानियको विरोध प्रदर्शन जारी - 2017-02-08

ओकिनावामा:जापानको रक्षा अधिकारीहरुले आपतकालिन अमेरिकी सैन्य हवाई अड्डा स्थानन्तरण गर्नेको लागि ओकिनावा समुद्र तटको जमिन खाली गर्ने लागेको छ । जसको कारणले स्थानिय बासिन्दाहरुले विरोध जारी राखेका छन् ।

पाँच बर्ष पछि जापानमा बास्तविक आम्दानीमा वृद्धि - 2017-02-08

रोजगारको आकर्षक गन्तव्य बनिरहेको जापानमा बास्तविक आम्दानीमा पनि वृद्ध भएको छ । जापान सरकारको एक तथ्याङकले देखाए अनुसार जापानमा पाँच बर्ष पछि पहिलो पटक बास्तविक आम्दानीमा वृद्धि देखिएको हो ।

मन्त्री थकालीसँग जापानी राजदूतको भेटवार्ता - 2017-01-09

काठमाडौं:वाणिज्यमन्त्री रोमी गौचन थाकालीसँग नेपालका लागि जापानका राजदूत मासासी ओगावाले भेटवार्ता गरेका छन्। मन्त्री थकालीको कार्यकक्ष सिंहदरबारमा आज भएको सो भेटमा उनीहरुबीच द्विपक्षीय हित र आर्थिक सहयोगका साथै व्यापार, लगानी र पर्यटन प्रवद्र्धन गर्ने सम्बन्धमा छलफल भएको मन्त्रालयले जनाएको छ।

जापानले बनाइदिएको नमूना राजमार्ग जोखिमपूर्ण - 2017-01-09

दिपा भण्डारी, सिन्धुली: मध्य तथा पूर्वी पहाडलाई काठमाडौँसँग जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको वीपी राजमार्ग जापानले नेपाल सरकारलाई औपचारिक रुपमा हस्तान्तरण गरेको २ वर्ष नपुग्दै जीर्ण बन्न थालेको छ । अत्याधिक गतिमा चल्ने ट्रिपर र अधिक भारका कारण विगि्रएको सकडको यात्राजोखिमपूर्ण बन्दै गएको छ । साँघुरो सडकमा ठूला ट्रक र ट्रिपर अनियन्त्रित ढंगले गुड्दा वीपी राजमार्गको यात्रा जोखिमपूर्ण बनेको हो ।

प्रवासी नेपाली मञ्च जापानको अध्यक्षमा श्रेष्ठ - 2016-11-29

सन्तोष चोखाल: नेकपा एमालेको प्रवासी संगठन प्रवासी नेपाली मंच (ओएनएफ) जापानको अध्यक्षमा महेन्द्र श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । श्रेष्ठलाई निर्विरोध निर्वाचित गराउँन ठुलै रस्साकसी भएको थियो । सुरूमा अध्यक्षको प्रत्यासीको रूपमा ५ जनाले दावेदारी प्रस्तुत गरेका थिए ।

गोरखा समाज जापानको अध्यक्षमा भट्टराई - 2016-11-29

टोकियो: गोरखाबाट जापान आई विभिन्न पेशा व्यवसाय, अध्ययन लगायतमा आवद्व रहेका गोर्खालीहरुको सामूहिक पहलमा गोरखा समाज जापानको ‘प्रथम अधिवेशन सम्पन्न गरिएको छ । समाजको नोभेम्वर २७ तारिखमा सम्पन्न अधिवेशनले चुडामणि भट्टराईको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

विदेशी कामदारलाई स्थायी आवास अनुमति पत्र वितरण सहज बनाइने - 2016-11-18

टोकियो: जापानमा व्यापार व्यवसाय गर्दै आएका विदेशी व्यवसायी र श्रममा संलग्न रहेका विदेशी कामदारलाई स्थायी आवास अनुमति पत्र वितरण सहज बनाउने तयारी गरेको छ । । जापान सरकारले सन् २०१७ को मार्च देखि लागु हुनेगरि यो प्रक्रिया सुरु गरेको हो । ।










Powered by: Exclusively Solution