वैदेशिक रोजगार




माछा मार्दामार्दै पाकिस्तानी जेलमा पुगे एक नेपाली


काठमाडौ,(प्रस):
भारत–पाकिस्तान सीमावर्ती पञ्जाव प्रान्तको समुद्रमा उभिएर भारतीय मछुवारको अह्राइखटाइमा माछा मार्ने काम गरिरहेका गुल्मी बडागाउँ–३ का एक युवक पाकिस्तानको कराँचीस्थित ल्यान्डी जेलमा थुनामा रहेको पाइएको छ। माछा मार्दै जाँदा सामुद्रिक सीमा थाहा नपाई अर्को देशको क्षेत्रमा प्रवेश गर्ने एकअर्का देशका नागरिकलाई कहिले भारतीय र कहिले पाकिस्तानी सुरक्षा प्रहरीले पक्राउ गरेर थुनामा राख्ने गरेका छन्।

 तर, मछुवारको भरियामात्रै बनेर काममा गएका ३३ वर्षे यमबहादुर सार्की भने ‘आफू नेपाली भएको’ पहिचान जुटाउनै नसकेर महिनौंदेखि जेलमा थन्किएका छन्।


दैनिक बढीमा ५ सय भारू कमाउने लोभमा मछुवारको साथ लागेर जहाज ९सी–मरिन० मा माछाका भरिया काम गरिरहेका सार्कीसहितको ८० जनाको टोलीलाई पाकिस्तानी सीमाको सामुद्रिक सुरक्षा प्रहरीले गत फागुन दोस्रो साता द्विदेशीय सीमावर्ती ‘डिउ’ भन्ने स्थानबाट पक्राउ गरेको थियो।


‘छोरो भारतको पञ्जाबतिर बनिबुतो गर्न गइरह्नथ्यो, होटलमा काम गर्नु भन्थ्यो,’ यामबहादुरका बाबु अमरबहादुरदे गुल्मीको बडागाउँबाट फोनमा भने,‘ऊ पाकिस्तानको कराँचीमा जेलमा परेको रहेछ भन्ने त उसैले जेलभित्रबाट पठाएको पत्र पढेर थाहा भयो।’


यमबहादुर जेलमा परेको भन्नासाथै गुल्मी जिल्लाका राजनीतिक नेताका पहुँचसम्म पुगेर सिंहदरबार र परराष्ट्र मन्त्रालय धाउने काम सुरु भएको थियो । एउटै गाउँका चिनारु श्याम राकसकोटी मगरले दर्जनौं पटक सिंहदरबार धाउने काममा सघाए पनि ‘यमबहादुर कराँची जेलमा थुनिएको पुष्टि फेला नपरेको’ भन्दै जवाफ पाएका थिए । ‘पछि यमबहादुरले जेलको ठेगानासहित पठाएको पत्रको प्रति राखेर परराष्ट्रमा निवेदन दिएपछि मात्रै उनलाई राखिएको कराँचीको ल्यान्डी जेलमा खोजखबर भएको थियो,’ श्यामले भने, ‘त्यसपछि इस्लामाबादस्थित नेपाली दूतावासका कूटनीतिक अधिकारी तीर्थराज अर्यालले ल्यान्डी जेलमै गएर यमबहादुरलाई भेटेको जानकारी पाएका हौं ।’ अवैध रूपमा सीमा वारपारको घटना र अभियोग आफैंमा गम्भीर भए पनि अहिले भारत, पाकिस्तान, बंगलादेश, श्रीलंकासहितका मुलुकका जेलमा एकअर्काको सामुद्रिक सीमा उल्लंघन गरेको अभियोगमा हजारौं नागरिक थुनामा छन् । सन् २०१२ सेप्टेम्बरमा गुल्मी बडागाउँकै २५ वर्षे मीनबहादुर सर्तुङगे मगर माछाका भरिया बनेकै हैसियतमा कराँचीको मलिर जेलमा २९ महिना थुनामा बसेका थिए ।


अन्तर्राष्ट्रिय कानुनमा समेत सीमाक्षेत्र उल्लंघनलाई गम्भीर अपराध मानिने गरेको र यस्तो अभियोगमा आजीवन कारावास सजाय हुने स्थिति रहेकामा ‘नियतवश नभएको गल्ती र माछा मार्नेभन्दा पनि भरिया काम गर्ने यामबहादुरको बाध्यकारी हैसियत’ बारे खुलाएर इस्लामबादस्थित नेपाली दूतावासले पाकिस्तान सरकारसँग उनको रिहाइका लागि आग्रह गरिसकेको छ । 




Related Pictures:













Related News:

नेतृत्वले कांग्रेसलाई खल्तीबाट चलाएको छ : कोइराला - 2018-05-20

वृद्धभत्ता बढाउन अर्थमन्त्रीमाथि दबाव बढ्यो - 2018-05-20

विदेश पठाइदिन्छु भनेर पाँच लाख ठग्ने गिरी जेल चलान - 2018-05-20

वैदेशिक रोजगारीमा सिन्डिकेट: मन्त्रीको एक्सन, एकैदिन ४८ व्यवसायी पक्राउ - 2018-05-20

सन्दीपको सनसनी : दुई ओभरमा लिए मुम्बईका तीन विकेट - 2018-05-20





विदेश पठाइदिन्छु भनेर पाँच लाख ठग्ने गिरी जेल चलान - 2018-05-20

काठमाडौ,(प्रस):नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले रु चार लाख ८५ हजार ठगेर फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी जेल चलान गरिएको विवरणहरु हामीलाई प्राप्त भएकाछन् ।

वैदेशिक रोजगारीमा सिन्डिकेट: मन्त्रीको एक्सन, एकैदिन ४८ व्यवसायी पक्राउ - 2018-05-20

प्रदेश संवाददाता, काठमाडौवैदेशिक रोजगारीका नाममा ठगीविरुद्ध श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्ट पनि ‘एक्सन’मा उत्रिएका छन् । मन्त्रीको निर्देशनमा आइतबार मलेसिया जाने कामदारमाथि थप आर्थिक भार थोपरेर ठगी गर्ने व्यवसायी तथा उनीहरुका सहयोगी गरी ४८ जना पक्राउ गरिएको विवरणहरु हामीलाई प्राप्त भएकाछन् ।

श्रममन्त्रीले रोके जथाभावी गरिने कामदारको मागपत्र प्रमाणीकरण - 2018-05-08

काठमाडौ,(प्रस):वैदेशिक रोजगारीमा जाने कामदारको मागपत्र तथा रोजगार करारनामा प्रमाणीकरण सम्बन्धित देशको नेपाली दूतावास तथा नियोगबाट मात्र हुने भएको छ । श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले मागपत्र प्रमाणीकरणको अधिकार अब दूतावासलाई मात्र दिने गरी पेश गरेको वैदेशिक रोजगार सम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका-२०७५ मन्त्रिपरिषदले स्वीकृत गरेको छ ।

अमेरिकाले थाल्याे ९ हजार नेपालीलाई देश निकाला गर्ने तयारी - 2018-04-25

एजेन्सी : अमेरिकी सरकारले छोटो समयको लागि ल्याएको स्किममा अमेरिका प्रवेश गरेका करिब ९ हजार नेपालीलाई देश निकालाको तयारी थालेको छ।

लुट मच्चाउने झापाका ८० बढी मेनपावरका एजेन्ट खारेज - 2018-03-28

काठमाडौ,(प्रस):श्रम तथा रोजगार मन्त्रालय बैदेशिक रोजगार विभागले झापाका पनि ८० बढी मेनपावरका एजेन्ट खारेज गरेको छ । योसंगै देशभरका ३९२ एजेन्टलाई खारेज गरेको हो । विभागले सूचना जारी गर्दै खारेज भएका एजेन्टको सूची सार्वजनिक गरेको हो । गोकर्ण विष्ट श्रम तथा रोजगार सामाजिक सुरक्षा मन्त्री भएसंगै यति धेरै एजेन्टलाई एकसाथ खारेज गरेको हो ।

अख्तियारद्वारा वैदेशिक रोजगार विभागका महानिर्देशक पक्राउ - 2017-11-15

वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेलाई पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेललाई दश लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।

यूएईले पठायो श्रम सम्झौताको मस्यौदा, कामदारलाई रोजगारदाता परिवर्तनको प्रस्ताव - 2017-11-08

युएईले द्विपक्षीय श्रम सम्झौताका लागि नेपाललाई औपचारिक रुपमा प्रस्ताव पठाएको छ । नेपालले हालै मात्र जोर्डनसँग श्रम सम्झौता गरे लगतै युएईले पनि चासो देखाउँदै मस्यौदा पठाएको हो । श्रम तथा रोजगार मन्त्रालयले पछिल्लो पटक घरेलु कामदारको लागि एमओयू गर्न प्रस्ताव गरेको थियो ।

मलेसियाबाट १८ नेपालीको उद्धार - 2017-04-21

मलेसिया:मलेसियास्थित नेपाली दूतावासले मलेसियाको स्थानीय बुकिट जलिल क्याम्पमा रहेका १८ नेपालीलाई नेपाल फर्काएको छ। त्यहाँ दुःख पाइरहेको अवस्थामा उनीहरुको उद्धार गरिएको हो। नेपाल सरकारको बजेटमा हवाई टिकटसमेत खरिद गरी उनीहरुलाई स्वदेश फर्काइएको दूतावासले जनाएको छ।

भवनवाट खसेर मलेसियामा भोजपुरका एक युवाको मृत्यु - 2017-03-25

क्वालालम्पुर:मलेसियाको पुत्राजयामा वन्दै गरेको २३ तले अग्लो भवनबाट खसेर शुक्रवार एक नेपालीको मृत्यु गएको छ । एन्टिकरप्सन कमिसन बिल्डिङवबाट खसेर भोजपुर रानीवन ९ हर्काका ३१ बर्षीय भीमबहादुर कटुवालको मृत्यु भएको हो ।

हत्या आरोपमा अष्ट्रेलियामा तीन नेपाली पक्राउ - 2017-03-07

एजेन्सी:अष्ट्रेलियाको प्रहरीले एक श्रीलंकन नागरिकको हत्या गरेको आरोपमा तीन नेपालीहरुलाई पक्राउ गरेको छ । पक्राउ परेका नेपालीहरुको पहिचान खुलेको छैन । प्रहरीले जारी गरेको एक विज्ञप्तिका अनुसार गत शुक्रबार बेलुकी उत्तरी एडेलेडको पेनफिल्ड गार्डेनमा घटना भएको थियो । फेब्रुअरी ३ मा बेलुकी ८ः२० बजे कसैले फोन गरेर प्रहरीलाई बोआडेक्रेस ड्राइभमा बोलाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

मान्छे बेच्ने शर्मिलाको नाम सदर ! - 2017-03-03

काठमाडौ,(प्रस): ‘म्यानपावरवाली’ भन्दै चर्को आलोचना भएपछि राजदूतको सूचीबाट आशा लामा र शर्मिला पराजुलीको नाम काटेर परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत जेनेभातिर उडे । तर, उनी स्वदेश नफर्किँदै शर्मिलाको नाम फेरि राजदूतमा सिफारिस भएको छ । र, अब उनी राजदूत बन्दैछिन् ।

भारत गएका एक सय ६५ जना वेपत्ता - 2017-02-22

मोहन विष्ट, कञ्चनपुर:कञ्चनपुरको बेदकोट नगरपालिका ९– हजाराका ७० बर्षिय भानचन्द्र भट्टका चार छोरा थिए । चार छोरा मध्ये जेठो छोरा गणेश भट्ट २२ बर्षको उमेरमा रोजगारीका लागि वि.सं २०५० सालतिर भारतको दिल्ली गए । दुई दशक भन्दा बढि समय वितिसक्दा पनि गणेश न घर फर्के, न सम्पर्कमा आए । उनी आजसम्म पनि घर परिवारको सम्र्पकमा आएका छैनन् ।

मान्छे बेच्ने दलाल महामहिम राजदूत ! - 2017-02-20

कूटनीतिक क्षेत्रकै उपहास काठमाडौं: सरकारले सोमबार १४ जना राजदूतहरुको नाम सिफारिस गर्‍यो । राजदूतको सूची देख्नासाथ सांसद पदमा जस्तै कूटनीतिक क्षेत्रमा पनि पैसा खाएर मान्छे बेच्ने दलाललाई नियुक्त गरिएको छ ।

मलेसियामा नेपालीद्वारा नेपालीकै हत्या - 2017-02-01

रोजगारीको सिलसिलामा मलेसिया गएका एक रुकुमेलीको आफ्नै साथीको छुरा प्रहारबाट मृत्यु भएको छ । जिल्लाको बाँफीकोट– १ का २४ वर्षीय अनन्त उखिराको आफ्नै साथीले छुरा प्रहार गर्दा मंगलबार मृत्यु भएको आफन्तले जानकारी दिएका छन् ।

१० प्रतिशत महिला कामदार १८ वर्षमुनिका - 2017-01-21

काठमाडौं:त्रिभूवन विमानस्थलबाट सन् २०१६ मा बाहिरिने आप्रवासी महिला कामदारमध्ये १० प्रतिशत १८ वर्षमुनिका रहेको तथ्यांकले देखाएको छ । विमानस्थल र माईती नेपालको अध्ययनले नेपाली विमानस्थल प्रयोग गर्दै विदेश जाने महिलाको बारेमा गरेको अध्ययनबाट १० प्रतिशत किशोरी/महिलाले फर्जी कागजात बनाइ उमेर बढाएर वैदेशिक रोजगारीमा जाने गरेको देखाएको छ ।

कुवेतमा ज्यान गुमाएकाको परिवारलाई एक करोड क्षतिपूर्ति - 2017-01-20

काठमाडौ,(प्रस): कुवेतमा ज्यान गुमाएका मात्तिम–७ का चन्द्रबोल राईको परिवारलाई करिब रु एक करोड क्षतिपूर्ति उपलब्ध गराइएको छ । वैदेशिक रोजगारीका सिलसिलामा तीन वर्षअघि कुवेतमा ज्यान गुमाएका राईको परिवारलाई रु ९८ लाख दश हजार २२० क्षतिपूर्ति बापतको रकम उपलब्ध गराइएको हो ।

बमलाई आममाफीसहित नेपाल पठाउन प्रधानमन्त्रीकाे आग्रह - 2017-01-17

साउदी:प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त अरब इमिरेट्सका उपराष्ट्रपति मोहमद बिन रसिद अल मक्तोमबीच भेटबार्ता भएको छ । मंगलबार दुवईमा भएको भेटबार्तामा प्रधानमन्त्री प्रचण्ड र उपराष्ट्रपति मक्तोमबीच दुर्इपक्षीय कुराकानी पनि भएको थियो ।

माछा मार्दामार्दै पाकिस्तानी जेलमा पुगे एक नेपाली - 2016-12-20

काठमाडौ,(प्रस): भारत–पाकिस्तान सीमावर्ती पञ्जाव प्रान्तको समुद्रमा उभिएर भारतीय मछुवारको अह्राइखटाइमा माछा मार्ने काम गरिरहेका गुल्मी बडागाउँ–३ का एक युवक पाकिस्तानको कराँचीस्थित ल्यान्डी जेलमा थुनामा रहेको पाइएको छ। माछा मार्दै जाँदा सामुद्रिक सीमा थाहा नपाई अर्को देशको क्षेत्रमा प्रवेश गर्ने एकअर्का देशका नागरिकलाई कहिले भारतीय र कहिले पाकिस्तानी सुरक्षा प्रहरीले पक्राउ गरेर थुनामा राख्ने गरेका छन्।

अमेरिकामा कार दुर्घटना, दुई नेपालीको मृत्यु - 2016-12-17

वाशिंगटन डीसी- अमेरिकाको फ्लोरिडा राज्यमा भएको एक कार दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा २० वर्षीय संगम सुबेदी छन् भने सोही कारमा सवार अर्की युवतीको समेत मृत्यु भएको छ। उनको सनाखत हुन सकेको छैन।

गाम्काको लुट, थप १० डलर असुल्दैं - 2016-12-10

काठमाडौं:अप्रुभ्ड मेडिकल सेन्टर्स एसोसिएसन (गाम्का) ले वैदेशिक रोजगारमा जाने कामदारसँग गर्दै आएको लुटमा थप रकम असुलेर लिने तयारी गरेको छ । गाम्काले आगामी जनवरी १, २०१७ देखि अहिले लिइरहेको स्वास्थ्य परीक्षण रकममा थप १० डलर शुल्क लिने भएपछि नेपाली कामदार थप पीडित हुने भएका छन् ।

साउदीको भिसा शुल्कमा भारी वृद्धि:नेपाली कामदार प्रभावित - 2016-10-01

साउदी अरबले आफ्नो भिसासहित अध्यागमन सम्बद्ध शुल्कमा भारी वृद्धि गरेको छ । तेलको मूल्य आएको गिरावटले राजश्व प्रभावित भएपछि साउदी सरकारले भिसा शुल्क बढाएको हो । र, यो भोलि आइतबारदेखि नै लागू हुने अरबन्युजले जनाएको छ ।








Powered by: Exclusively Solution