निमकान्त पाण्डे/ केपी ओली नेतृत्वको वाम गठबन्धन सरकार ढल्नुमा माओवादी केन्द्र र नेपाली कांग्रेसको नेतृत्वलाई दोषारोपण गर्दै आएको नेकपा एमालेले आफ्नै कारणबाट वाम गठबन्धन ढलेको निष्कर्ष निकालेको छ । यो अत्यन्त सकारात्मक सन्देश हो ।
एमालेको स्थायी कमिटी बैठकमा गम्भीर बहस भएपछि एमाले नेतृत्वले निकै निर्मम ढंगले आफ्नो कमजोरीप्रति आत्मसमीक्षा गरेर निकालिएको निष्कर्षले आगामी दिनहरूमा वाम गठबन्धनलाई मार्ग प्रशस्त गरेको छ ।  वाम गठबन्धनको सरकार यसअघि प्रचण्डको नेतृत्वमा पनि बनेको थियो । संविधानसभाको पहिलो निर्वाचनपछि प्रचण्डको नेतृत्वमा बनेको वाम गठबन्धन सरकारले अरु खासै उल्लेख्य काम गर्न नसकेको भए पनि सशस्त्र युद्धबाट आएको पार्टीलाई रूपान्तरण गर्ने काममा ठूलै सफलता हासिल गरेको थियो ।
त्यो गठबन्धन सरकारमा नेकपा एमालेका तर्फबाट नेतृत्व गर्नु भएका वामदेव गौतमसँग सरकार सञ्चालनको लामो अनुभव थियो । गौतमको अनुभवलाई प्रचण्डले निकै महत्व दिएर काम गर्नुभएको थियो । यो कुरा स्वयं गौतमले पंक्तिकारसँग जानकारी गराउनु भएको हो ।
तत्कालीन एमाले अध्यक्ष झलनाथ खनालका विश्वासिला सहयोगीसमेत रहनु भएका वामदेव गौतमसँगको सहकार्यबाट प्रचण्डले देशमा ठूलै परिवर्तन ल्याउने आँटिलो काम गर्ने तत्परता देखाउनु भएको थियो । तत्कालीन प्रधानमन्त्री प्रचण्डले नेपाली सेनाको तत्कालीन नेतृत्वमाथि अनुशासन उल्लंघन गरेको र सरकारको निर्णय कार्यान्वयन गर्न अटेर गरेको दोषारोपण गर्दै कारबाही प्रक्रिया अगाडि बढाउनु भएको थियो ।
प्रचण्डले नेतृत्व गर्नु भएको वाम गठबन्धनको सरकारले मात्रै गरेको नभएर त्यो निर्णय तत्कालीन एमाले पार्टीको नेतृत्वले समेत गरेको थियो । नेपाली सेनाको तत्कालीन नेतृत्वलाई कारबाही गर्ने कुरामा सहमति जनाएर प्रक्रिया अगाडि बढिसकेको अन्तिम अवस्थामा सरकारबाट अलग भएको घोषणा एमालेको नेतृत्वले गरेपछि प्रचण्ड नेतृत्वको वाम गठबन्धन सरकार ढलेको थियो । त्यो सरकार ढल्नुमा पनि एमाले नेतृत्वकै अकर्मण्यता निर्णायक बनेको थियो । प्रचण्ड नेतृत्वको सरकारलाई गरेको समर्थन फिर्ता गरी सरकारबाट अलग्गिने निर्णय गरेलगत्तै माधव नेपालको नेतृत्वमा नेपाली कांग्रेससित मिलेर सरकार बनाउने निर्णयमा एमाले नेतृत्व पुग्यो । दुईवटा निर्वाचन क्षेत्रमा पराजित भएका माधव नेपाललाई संविधानसभामा मनोनित गराउन विशेष भूमिका निर्वाह गरेका प्रचण्डविरुद्ध माधव नेपालको यो ‘सकुनी खेल’ निर्लज्जताको पराकाष्टा थियो ।
एकातिर प्रचण्डसँगको सहकार्यबाट अलग हुनु नै एमालेको तत्कालीन नेतृत्वले गरेको गल्ती थियो भने दुई निर्वाचन क्षेत्रमा पराजित भएको व्यक्तिलाई प्रधानमन्त्री बनाएर माओवादी पार्टीलाई सखापै पार्ने खेलमा लाग्नु एमाले नेतृत्वको अर्को ठूलो गल्ती थियो । यो विषयमा कुनै दिन एमालेका नेताहरूले आत्मसमीक्षा गर्नै पर्ने छ । माधव नेपालको नेतृत्वमा कांग्रेस र एमालेको गठबन्धन सरकारले १२ बुँदे सम्झौता र ऐतिहासिक शान्तिसम्झौता विपरीतका कामहरूलाई निरन्तरता दिंदै माओवादीविरुद्धका गतिविधि तीव्र भए ।
शान्तिप्रक्रियालाई सहयोग पु¥याउन क्रियाशील रहेको संयुक्त राष्ट्रसंघको टोली ‘अनमिन’लाई फिर्ता पठाउने काम त्यहीबेला भयो । माओवादी अध्यक्ष प्रचण्डले टिका लगाएर संविधानसभामा पु¥याइएका माधव नेपालले माओवादी पार्टीकै विरुद्धमा यस्ता षड्यन्त्रहरू गर्लात् भनेर कसैले कल्पना गरेको थिएन । एमाले नेता वामदेव गौतमले लगातार विरोध गर्दा र सम्झाउँदा पनि माधव नेपालका माओवादीविरोधी कामहरू रोकिएनन् ।
बरु वामदेव गौतमलाई नै माओवादी पार्टीमा प्रवेश गर्न खोजेको भनेर दुष्प्रचार गर्ने काम भए । गौतमविरुद्धका ती गतिविधिहरूकै कारणबाट माधव नेपाल मण्डली र कांग्रेस गठबन्धनको सरकारको विकल्प दिन प्रयास गरियो र प्रचण्ड र वामदेवले त्यो बेला प्राप्त गरेको सफलताले फेरि अर्को वाम गठबन्धन सरकार बन्यो । एमाले पार्टीको अध्यक्ष र संसदीय दलको नेतासमेत आपूm हुँदाहुँदै पनि माधव नेपाललाई प्रधानमन्त्री बनाएर निरीह पात्र बनिरहेका झलनाथ खनाललाई प्रधानमन्त्री बनाउन सफल भएको प्रचण्ड र वामदेवको गठबन्धन फेरि चर्चाको शिखरमा पुग्यो ।
प्रचण्ड नेतृत्वको सरकारलाई ढाल्न महत्वपूर्ण भूमिका निर्वाह गरेका झलनाथ खनाललाई नै प्रधानमन्त्री बनाउन स्वयं प्रचण्डकै भूमिका निर्णायक भयो । यसरी दोस्रोपटक बनेको वाम गठबन्धनको सरकार भने एमाले नेतृत्वका कारणबाट नभएर माओवादी नेतृत्वभित्रको आपसी अविश्वास र महत्वाकांक्षाका कारणबाट ढल्यो । त्यसपछि माओवादी पार्टीका महत्वाकांक्षी नेता बाबुराम नेतृत्वको सरकार निर्माण भयो । त्यो बेला प्रचण्डको अवस्था अत्यन्त रक्षात्मक स्थितिमा थियो । प्रचण्डकै विरुद्धमा बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर ठूलो जित महसुस गरेको धोबिघाट बैठकको त्यो कदम नै माओवादी पार्टीको दश वर्षे जनयुद्धको जगबाट गठन भई नेपालको राजनीतिक परिवर्तनमा ऐतिहासिक धरोहरको काम गरेको जनसेना विघटनका लागि निर्णायक कदम बन्न पुग्यो ।
बाबुराम भट्टराईलाई जनसेना विघटनको जतिसुकै दोष दिइए पनि धोबिघाट बैठकको कदम नै आत्मघाती कदम हो भन्ने निष्कर्षमा पुग्नु पर्दछ । यसर्थ, माओवादी पार्टीलाई कमजोर बनाउने काममा धोबिघाट बैठकको निर्णय नै सबैभन्दा बढी जिम्मेवार बन्न पुगेको छ । त्यहींबाट जनसेनाको विघटन र पहिलो संविधानसभा विघटनसमेतका घटना हुँदै गैरराजनीतिक व्यक्तिहरूको सरकार निर्माणसम्मका कामहरू भए । त्यही धोबिघाटको बैठक नै माओवादी पार्टीलाई विभाजन गर्ने आधार पनि बन्न पुग्यो । त्यही बैठकको निर्णयबाट प्रधानमन्त्री बन्न सफल भएका बाबुराम भट्टराई अन्ततः माओवादी पार्टी नै परित्याग गरेर आज अनौठो नाटक गरिरहेका छन् । एमाले पार्टीको स्थायी कमिटी बैठकले पछिल्लो वाम गठबन्धन सरकार ढल्नुमा आफ्नै पार्टीको कमजोरीलाई कारण ठानेर निर्णय गरेजस्तै माओवादी पार्टीभित्र पनि आ–आफ्ना गल्तीहरूको समीक्षा गरिनु पर्छ । माओवादी पार्टी आजको अवस्थामा किन आइपुग्यो रु नेताहरूले सही ढंगले आत्मसीक्षा गर्ने हो भने यो पार्टीको भविष्य उज्ज्वल छ । एमाले नेतृत्वले वाम गठबन्धन सरकार ढल्नुमा आफ्नो कमजोरी रहेको भनी आत्मसीक्षा गरिसकेकाले प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा एमालेको सहभागिताको सम्भावना पनि बढेको छ ।
एमाले पार्टीका तीन जना नेतालाई सहयोग गरेर प्रधानमन्त्री बनाएका प्रचण्डलाई प्रधानमन्त्री मानेर सत्ता साझेदार बन्न किन नहुने एमालेलाई रु प्रचण्ड नेतृत्वको सरकारलाई बलियो बनाएर ओली नेतृत्वको सरकारले गरेका राष्ट्रिय महत्वका काम र छिमेकी देशहरूसँगको सन्धिसम्झौताहरूलाई कार्यान्वयन गर्ने गराउने काममा एमाले पार्टी किन सहयात्री नबन्ने रु आफ्नै गल्तीले वाम गठबन्धन सरकार ढलेको हुनाले अब प्रचण्डलाई नै वाम गठबन्धनको बलियो राष्ट्रवादी प्रधानमन्त्री बनाउने तत्परता किन नदेखाउने रु नेपाली कांग्रेसको वैशाखी टेकेर प्रचण्डले बाध्यतापूर्वक गलत कामहरू गर्ने बलियो सम्भावना भएकाले गलत काम गर्नबाट प्रचण्डलाई रोक्नका लागि एमालेको सत्ता साझेदारी आवश्यक छ । आगे एमाले नेताहरूलाई चेतना भया १ .......जनधारणा साप्ताहिकबाट साभार गरिएको हो ।
|