वैदेशिक रोजगार




गाम्काको लुट, थप १० डलर असुल्दैं


काठमाडौं:
अप्रुभ्ड मेडिकल सेन्टर्स एसोसिएसन (गाम्का) ले वैदेशिक रोजगारमा जाने कामदारसँग गर्दै आएको लुटमा थप रकम असुलेर लिने तयारी गरेको छ । गाम्काले आगामी जनवरी १, २०१७ देखि अहिले लिइरहेको स्वास्थ्य परीक्षण रकममा थप १० डलर शुल्क लिने भएपछि नेपाली कामदार थप पीडित हुने भएका छन् ।

गाम्काले अहिले आफुसँग आबद्ध १२ वटा मेडिकलबाट सिन्डिकेट गर्दै ओमन, साउदी अरब र बहराइन जाने कामदारसँग स्वास्थ्य परीक्षणबापत मनपरी रुपमा शुल्क असुलिरहेको छ । स्वास्थ्य र श्रम मन्त्रालयले २०६५ सालमा वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्दा महिलासँग ३१ सय र पुरुषसँग २९ सय ४० रुपैयाँ लिन पाउने गरी सचिवस्तरीय निर्णयबाट शुल्क तोकेको थियो । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने मेडिकलले महिलाको प्रतिव्यक्ति ३१ सय र पुरुषको २९ सय ४० रुपैयाँभन्दा बढी लिन नपाउने गरी शुल्क तोकेपनि विस २०७१ माघमा तत्कालीन श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले राज्यमन्त्री स्तरीय निर्णयबाट परीक्षणका आधारमा शुल्क तय गर्न पाउने निर्णय गरेपछि गाम्कामा आबद्ध मेडिकललाई एक्स्ट्रा टेस्ट भन्दै बढी रकम असुल्ने बाटो खुलेको थियो । तर, गाम्कामा आबद्ध १२ वटा मेडिकल सेन्टरले सरकारी निर्णय अवज्ञा गर्दै लामो समयदेखि ५५ सय रुपैयाँ लिइरहेका छन् भने मलेसियाको स्वास्थ्य परीक्षण गर्ने बायोमेट्रिकसँग आबद्ध मेडिकलहरुले त्यही परीक्षण ४५ सय रुपैयाँमा गरिरहेका छन् । यता, कतार, दुबईलगायतका राष्ट्रमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने मेडिकलहरुले रु २५ सयमै कामदारहरुको स्वास्थय परीक्षण गरिरहेका छन् । अनुगमन र कारबाही नभएपछि गाम्कामा आबद्ध मेडिकलले सरकारी निर्णयकै अवज्ञा गरेर सेवाग्राहीमाथि आर्थिक भार थोपरिरहेका छन् ।
गाम्काको सिन्डिकेट 
गाम्का अन्र्तगत जम्मा १२ वटामात्र मेडिकलले अनुमति पाएकाले ती संस्थाको मनोमानी चलिरहेको छ । कामदार, वैदेशिक रोजगार व्यवसायी संघ र नेपाल स्वास्थ्य व्यवसायी महासंघलगायतसंघ–संस्थाले पटकपटक विरोध गरे पनि ती मेडिकलले चर्काे शुल्क असुल्न छाडेका छैनन् । हाल गाम्कामा आबद्ध मेडिकलहरु निम्न छन्  :
१) अल खालिज मेडिकल सेन्टर, चुच्चेपाटी
२) अल मसुर डायग्नोसिस सेन्टर, नयाँ बानेश्वर
३) अक्वा डायग्नोसिस सेन्टर, बत्तीसपुतली
४) हेल्थ केयर क्लिनिक, त्रिपुरेश्वर
५) कान्तिपुर डायग्नोसिस सेन्टर, ज्याठा
६) लाइफ केयर प्रिन्स डायग्नोसिस सेन्टर, त्रिपुरेश्वर
७) लाइफ ट्रस्ट मेडी डायग्नोसिस प्रालि, धुम्बाराही
८) मेडिएसिया डायग्नोसिस सेन्टर, बाँसबारी
९) राजाम मेडिकल सेन्टर, चाबहिल
१०) साइबा मेडिकल सेन्टर, पुलचोक
११) साउदी नेपाल मेडिकल सेन्टर, कुपन्डोल र 
१२) सिद्धी पोलिक्लिनिक हेल्थ सर्भिस, डिल्लीबजार छन् ।

यसरी भइरहेछ ठगी 
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अनुसार ती मेडिकलले लामो समयदेखि स्वास्थ परीक्षण गर्दा बढी शुल्क लिइरहेका छन् । ‘खाडी मुलुक जाने कामदारको स्वास्थ्य परीक्षण अनिवार्य गाम्का नेपालको मेडिकलमा गर्नुपर्ने हुन्छ । अनिवार्य भएकै कारण मिलेमतोमा बढी शुल्क असुलेका हुन् । नियमन निकायलाई समेत आर्थिक प्रभावमा पारेर नियमकै अवज्ञा भएको छ,’ संघका एक पदाधिकारीले भने । गाम्कामा आबद्ध मेडिकलले दुईथरी बिल दिएर ५५ सय लिने र अझपनि एक्स्ट्रा टेस्ट भन्दै बढी रकम लिने गरेको कामदारले बताउँदै आएका छन् । ‘स्वास्थ्य परीक्षण नगरेसम्म भिसाको प्रक्रिया हुँदैन, सरासर ठगी हुँदा पनि कारबाही नहुने रहेछ,’ एक कामदारले जनसवालसँग भने । गााम्का नेपालअन्तर्गतका मेडिकलले स्वास्थ्य परीक्षणमा २९ सय ४० र अतिरिक्त परीक्षण शीर्षकमा २५ सय ६० रुपैयाँ शुल्क लिँदै आएका छन् ।

gamcagamca1

स्वास्थ्य परीक्षण गरिसकेपछि एक्स्ट्रा टेस्ट भनेर शुल्क लिनु ठगी भएको संघका महासचिव रोहन गुरुङ बताउँछन् । अनाधिकृत रुपमा रकम उठाउँदा पनि कारबाही नहुनु लज्जास्पद हो,’ उनले भने । १२ वटा मेडिकललाई मात्र स्वास्थ्य परीक्षण गर्न दिनु कानुनविपरीत रहेको भन्दै सरकारले सन् २०१४ मै गल्फ कोअपरेसन काउन्सिललाई पत्रसमेत पठाएको थियो । पत्रमा यो अभ्यास नेपालको प्रतिस्पर्धा, प्रवद्र्धन तथा बजार संरक्षण ऐन र वैदेशिक रोजगार ऐनविपरीत भएको उल्लेख छ । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि ३ सय भन्दा बढी स्वास्थ्य संस्था सूचीकृत गरेको छ । तर साउदी, बहराइन र ओमानले गाम्का नेपालमा आबद्ध १२ वटा स्वास्थ्य संस्थाले परीक्षण गरेकोलाई मात्र मान्यता दिन्छन । यसले गाम्काको मनोमानी बढिरहेको छ र अहिलेको शुल्क वृद्धिको निर्णय पनि त्यही मनोमानीको एउटा श्रृङ्खला भएको वैदेशिक रोजगार व्यवसायीहरु बताउँछन । जिसिसीको नियममा मेनपावर व्यवसायीले मेडिकल सञ्चालन गर्न नपाउने भएपनि नेपालका गाम्का अन्र्तगत सञ्चालित धेरै मेडिकलका सञ्चालकहरु मेनपावर व्यवसायी नै रहेका छन् ।
यसो भन्छ वैदेशिक रोजगार व्यवसायी संघ 
गाम्काले थप १० डलर शुल्क वृद्धि गर्ने गरि गरेको निर्णयप्रति नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कडा प्रतिक्रिया दिएको छ । संघका महासचिब रोहन गुरुङ्गले थप १० डलर शुल्क वृद्धि गर्ने गाम्काको कदमलाई लुटको अर्को धन्दा भनेका छन् । ‘जनवरी १, २०१७ बाट साउदी, बहराइन र ओमन जाने कामदारलाई मेडिकलको नाममा थप १० डलर शुल्क लाग्ने भनी गाम्काले गरेको निर्णयप्रति संघ घोर आपत्ति प्रकट गर्दछ । तत्काल नेपाल सरकारको सम्बन्धित मन्त्रालयले कारबाही नगरेको खण्डमा बैदेशिक रोजगार ब्यावसायी संघ कडा कदम चाल्न बाध्य हुने यसै बिज्ञप्ति मार्फत जानकारी गराइन्छ’, गुरुङले जारी गरेको विज्ञप्तिमा छ ।
के भन्छन स्वास्थ्य व्यवसायी 
शुल्क वृद्धिप्रति स्वास्थ्य व्यवसायीले सिन्डिकेट शैलीमा १२ वटामात्र मेडिकलले स्वास्थ्य परीक्षण गर्ने गरेको कारण गाम्काको मनोमानी र दादागिरी बढिरहेको बताउँछन् । ‘गाम्का नेपालसँग आबद्ध सिमित स्वास्थ्य संस्थाहरुले मात्रै स्वास्थ्य परिक्षण गर्न पाउने ब्यवस्था खारेज नगरेसम्म गाम्काको कामदारमाथिको लुट थप चर्कदै जाने र एकदिन सरकारले नियन्त्रण गर्न नसक्ने अवस्था आउँछ’, एक व्यवसायीले भने ।
के भन्छ गाम्का 
यता गाम्का नेपालका अध्यक्ष डा आरडी जोशीले जिसीसीबाट १० डलर बढी उठाएर पठाउन पत्र आएको स्वीकार्दै यसका लागि आफुले सरोकारवाला निकायसँग छलफल गरिरहेको बताए । उनले जीसीसीले प्रति कामदार १० डलर नपठाए नेपालका सबै मेडिकललाई कारवाही गर्नेसमेत बताए । अहिले गाम्काले प्रत्येक वर्ष जिसीसीलाई संस्था नवीकरण बापत २ हजार डलर बुझाउँदै आएको छ । यसबाहेक गाम्कामा आबद्ध मेडिकलहरुले आफ्ना बिदेशी एजेन्टहरुलाई प्रति कामदार १ हजारदेखि १ हजार ५ सयसम्म हुन्डीमार्फत पठाउँदै आएको एक मेडिकल व्यवसायीले बताए ।




Related Pictures:













Related News:

दसैँका लागि अग्रिम टिकट बुकिङ खुला - 2017-09-12

जय र लक्ष्मीको मृत्युदण्ड सार्वजनिक - 2017-09-12

निडर कंगनाको चलचित्र निर्देशन गर्ने चाहना - 2017-09-12

प्रधानमन्त्री देउवा आज २ नम्बर प्रदेशको चुनावी सभा गर्न त्यसतर्फ - 2017-09-12

रौतहटमा निर्वाचन आचारसंहिताको गंभीर उलंघनमा दलहरुको प्रतिस्पर्धा - 2017-09-10





मलेसियाबाट १८ नेपालीको उद्धार - 2017-04-21

मलेसिया:मलेसियास्थित नेपाली दूतावासले मलेसियाको स्थानीय बुकिट जलिल क्याम्पमा रहेका १८ नेपालीलाई नेपाल फर्काएको छ। त्यहाँ दुःख पाइरहेको अवस्थामा उनीहरुको उद्धार गरिएको हो। नेपाल सरकारको बजेटमा हवाई टिकटसमेत खरिद गरी उनीहरुलाई स्वदेश फर्काइएको दूतावासले जनाएको छ।

भवनवाट खसेर मलेसियामा भोजपुरका एक युवाको मृत्यु - 2017-03-25

क्वालालम्पुर:मलेसियाको पुत्राजयामा वन्दै गरेको २३ तले अग्लो भवनबाट खसेर शुक्रवार एक नेपालीको मृत्यु गएको छ । एन्टिकरप्सन कमिसन बिल्डिङवबाट खसेर भोजपुर रानीवन ९ हर्काका ३१ बर्षीय भीमबहादुर कटुवालको मृत्यु भएको हो ।

हत्या आरोपमा अष्ट्रेलियामा तीन नेपाली पक्राउ - 2017-03-07

एजेन्सी:अष्ट्रेलियाको प्रहरीले एक श्रीलंकन नागरिकको हत्या गरेको आरोपमा तीन नेपालीहरुलाई पक्राउ गरेको छ । पक्राउ परेका नेपालीहरुको पहिचान खुलेको छैन । प्रहरीले जारी गरेको एक विज्ञप्तिका अनुसार गत शुक्रबार बेलुकी उत्तरी एडेलेडको पेनफिल्ड गार्डेनमा घटना भएको थियो । फेब्रुअरी ३ मा बेलुकी ८ः२० बजे कसैले फोन गरेर प्रहरीलाई बोआडेक्रेस ड्राइभमा बोलाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

मान्छे बेच्ने शर्मिलाको नाम सदर ! - 2017-03-03

काठमाडौ,(प्रस): ‘म्यानपावरवाली’ भन्दै चर्को आलोचना भएपछि राजदूतको सूचीबाट आशा लामा र शर्मिला पराजुलीको नाम काटेर परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत जेनेभातिर उडे । तर, उनी स्वदेश नफर्किँदै शर्मिलाको नाम फेरि राजदूतमा सिफारिस भएको छ । र, अब उनी राजदूत बन्दैछिन् ।

भारत गएका एक सय ६५ जना वेपत्ता - 2017-02-22

मोहन विष्ट, कञ्चनपुर:कञ्चनपुरको बेदकोट नगरपालिका ९– हजाराका ७० बर्षिय भानचन्द्र भट्टका चार छोरा थिए । चार छोरा मध्ये जेठो छोरा गणेश भट्ट २२ बर्षको उमेरमा रोजगारीका लागि वि.सं २०५० सालतिर भारतको दिल्ली गए । दुई दशक भन्दा बढि समय वितिसक्दा पनि गणेश न घर फर्के, न सम्पर्कमा आए । उनी आजसम्म पनि घर परिवारको सम्र्पकमा आएका छैनन् ।

मान्छे बेच्ने दलाल महामहिम राजदूत ! - 2017-02-20

कूटनीतिक क्षेत्रकै उपहास काठमाडौं: सरकारले सोमबार १४ जना राजदूतहरुको नाम सिफारिस गर्‍यो । राजदूतको सूची देख्नासाथ सांसद पदमा जस्तै कूटनीतिक क्षेत्रमा पनि पैसा खाएर मान्छे बेच्ने दलाललाई नियुक्त गरिएको छ ।

मलेसियामा नेपालीद्वारा नेपालीकै हत्या - 2017-02-01

रोजगारीको सिलसिलामा मलेसिया गएका एक रुकुमेलीको आफ्नै साथीको छुरा प्रहारबाट मृत्यु भएको छ । जिल्लाको बाँफीकोट– १ का २४ वर्षीय अनन्त उखिराको आफ्नै साथीले छुरा प्रहार गर्दा मंगलबार मृत्यु भएको आफन्तले जानकारी दिएका छन् ।

१० प्रतिशत महिला कामदार १८ वर्षमुनिका - 2017-01-21

काठमाडौं:त्रिभूवन विमानस्थलबाट सन् २०१६ मा बाहिरिने आप्रवासी महिला कामदारमध्ये १० प्रतिशत १८ वर्षमुनिका रहेको तथ्यांकले देखाएको छ । विमानस्थल र माईती नेपालको अध्ययनले नेपाली विमानस्थल प्रयोग गर्दै विदेश जाने महिलाको बारेमा गरेको अध्ययनबाट १० प्रतिशत किशोरी/महिलाले फर्जी कागजात बनाइ उमेर बढाएर वैदेशिक रोजगारीमा जाने गरेको देखाएको छ ।

कुवेतमा ज्यान गुमाएकाको परिवारलाई एक करोड क्षतिपूर्ति - 2017-01-20

काठमाडौ,(प्रस): कुवेतमा ज्यान गुमाएका मात्तिम–७ का चन्द्रबोल राईको परिवारलाई करिब रु एक करोड क्षतिपूर्ति उपलब्ध गराइएको छ । वैदेशिक रोजगारीका सिलसिलामा तीन वर्षअघि कुवेतमा ज्यान गुमाएका राईको परिवारलाई रु ९८ लाख दश हजार २२० क्षतिपूर्ति बापतको रकम उपलब्ध गराइएको हो ।

बमलाई आममाफीसहित नेपाल पठाउन प्रधानमन्त्रीकाे आग्रह - 2017-01-17

साउदी:प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त अरब इमिरेट्सका उपराष्ट्रपति मोहमद बिन रसिद अल मक्तोमबीच भेटबार्ता भएको छ । मंगलबार दुवईमा भएको भेटबार्तामा प्रधानमन्त्री प्रचण्ड र उपराष्ट्रपति मक्तोमबीच दुर्इपक्षीय कुराकानी पनि भएको थियो ।

माछा मार्दामार्दै पाकिस्तानी जेलमा पुगे एक नेपाली - 2016-12-20

काठमाडौ,(प्रस): भारत–पाकिस्तान सीमावर्ती पञ्जाव प्रान्तको समुद्रमा उभिएर भारतीय मछुवारको अह्राइखटाइमा माछा मार्ने काम गरिरहेका गुल्मी बडागाउँ–३ का एक युवक पाकिस्तानको कराँचीस्थित ल्यान्डी जेलमा थुनामा रहेको पाइएको छ। माछा मार्दै जाँदा सामुद्रिक सीमा थाहा नपाई अर्को देशको क्षेत्रमा प्रवेश गर्ने एकअर्का देशका नागरिकलाई कहिले भारतीय र कहिले पाकिस्तानी सुरक्षा प्रहरीले पक्राउ गरेर थुनामा राख्ने गरेका छन्।

अमेरिकामा कार दुर्घटना, दुई नेपालीको मृत्यु - 2016-12-17

वाशिंगटन डीसी- अमेरिकाको फ्लोरिडा राज्यमा भएको एक कार दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा २० वर्षीय संगम सुबेदी छन् भने सोही कारमा सवार अर्की युवतीको समेत मृत्यु भएको छ। उनको सनाखत हुन सकेको छैन।

गाम्काको लुट, थप १० डलर असुल्दैं - 2016-12-10

काठमाडौं:अप्रुभ्ड मेडिकल सेन्टर्स एसोसिएसन (गाम्का) ले वैदेशिक रोजगारमा जाने कामदारसँग गर्दै आएको लुटमा थप रकम असुलेर लिने तयारी गरेको छ । गाम्काले आगामी जनवरी १, २०१७ देखि अहिले लिइरहेको स्वास्थ्य परीक्षण रकममा थप १० डलर शुल्क लिने भएपछि नेपाली कामदार थप पीडित हुने भएका छन् ।

साउदीको भिसा शुल्कमा भारी वृद्धि:नेपाली कामदार प्रभावित - 2016-10-01

साउदी अरबले आफ्नो भिसासहित अध्यागमन सम्बद्ध शुल्कमा भारी वृद्धि गरेको छ । तेलको मूल्य आएको गिरावटले राजश्व प्रभावित भएपछि साउदी सरकारले भिसा शुल्क बढाएको हो । र, यो भोलि आइतबारदेखि नै लागू हुने अरबन्युजले जनाएको छ ।

कोरिया लैजान्छु भन्दै ठगी: श्रेष्ठ पक्राउ - 2016-09-30

काठमाडौं:खाडी, मलेसिया र युरोपमा कामका लागि लैजाने भन्दै ठगी मौलाउँदो छ । अब कोरियाका नाममा पनि मानव तस्करहरुले ठगी धन्दा सुरु गरेको पुष्टी भएको छ ।

को हुन् मलेसियाले देश निकाला गरेका नेपाली ? - 2016-09-23

काठमाडौं/अन्तराष्ट्रिय चरमपन्थी संगठन आईएससँग संलग्न भएको हुनसक्ने आशंका गर्दै पक्राउ गरेका एक नेपालीसहित तीन जनालाई मलेसिया सरकारले देश निकाला गरेको छ ।

कन्चनपुरका दिपक साउदको मलेसियामा मृत्यु - 2016-09-18

महेश भट्ट/बिगत सत्ताइस महिना पहिले देखि कन्चनपुर जिल्ला घर भई मलेसियाको राजधानी क्वालाम्पुर स्थित कोतराय माइडिनमा कार्यरत दिपक साउदको हिजो सुतिरहेको अबस्थामा निधन भएको छ । ड्युटी सकेर कोठामा आएपछि टाउको टाउको दुख्यो भनेर पेनाडोल खाइ साथिहरूसंगै सुतेका थिए साउद बिहान डिउटी जान उढाउदा मृत अवस्था रहेको उनका साथीहरुले बताएका छन् ।

ग्वाटेमालाबाट नेपाली युवाको गुहार - 2016-09-12

काठमाडौं/‘अमेरिका जान भनेर काठमाडौं हुँदै दिल्लीबाट भेनेजुयलाको भिसा हानेर पठायो, भेनेजुयलाबाट मेक्सिको जाने क्रममा त्यहाँको एयरपोर्टमा हामीलाई समातेर शरणार्थी शिविर पठाए, बल्लतल्ल छुट्यौं, केहीलाई दलालको कोठामा थुनेर राखेको छ, हामीलाई बचाउनु पर्‍यो,’

कोरियामा नेपाली कामदार: कामदेखी रोमान्ससम्म (फोटो फिचर) - 2016-09-11

सुवास पाख्रिन, दक्षिणकोरियानेपाली युवाहरको रोजगारीको आर्कषणको केन्द्र बन्दै आएको कोरियामा अहिले भने जस्तो काममा सजिलो नभएको स्वयमं नेपाली युवाहरुलेनैं बताउन थालेका छन् । झण्डै तीन वर्ष अगाडि कोरिया पुगेका पत्रकार सुवास पाख्रिनले नेपाली युवाहरुमा अहिले कामको वोझ सँगसँगै काम प्रतिको जिम्मेवारी र लगाव पनि त्यत्तिकै बढाएको बताएका छन् ।

साउदीमा दुई नेपालीको मृत्यु - 2016-09-11

नवलपरासी/रोजगारीका लागि साउदी पुगेका नवलपरासीका दुई व्यक्तिको पछिल्लो एक सातामा मृत्यु भएको छ । साढे दुई वर्षअघि रोजगारीका लागि गएका मध्यविन्दु नगरपालिका साविक तम्सरिया–५, नवलपरासीका ४६ वर्षीय खुइतप्रसाद महतोको हृदयाघातका कारण मृत्यु भएको हो ।

'भूकम्पपीडितका लागि उठाएको रकम निजी खातामा छैन' - 2016-09-10

टोकियो/भूकम्पपीडितका नाममा गैरआवासीय नेपाली संघ जापान सहितको संलग्नतामा उठाइएको रकम निजी खातामा नरहेको सम्बन्धित संस्था एवं व्यक्तिहरुले प्रस्ट्याएका छन्।










Powered by: Exclusively Solution