खेलकुद




नाडालको टेनिस एकेडेमीमा चार नेपाली खेलाडी


नेपालका चार जना लन टेनिस खेलाडी आफ्नो भाग्योदयका लागि पूर्व विश्व नम्बर १ खेलाडी स्पेनका राफायल नाडालको एकेडेमीमा टेनिसको विभिन्न गुण सिक्न जाने भएका छन्। नेपाली टेनिस प्रशिक्षक सूर्यभूषण बज्राचार्यका अनुसार अर्को साता (नोभेम्बर ३०) देखि स्पेनको मोनाकोमा सुरु हुने प्रशिक्षणमा नेपालका चार किशोर खेलाडीहरू समावेश हुँदैछन्।


१४ पल्ट ग्रान्ड स्लामको उपाधि जितिसकेका ३० वर्षीय नाडालको मोनाकोमा आफ्नै एकेडेमी छ। नेपालबाट ९ वर्षीय आरक हाडा, १० वर्षका अकि जुबेन राउत, ११ वर्षीय आरेन गिरी र १३ वर्षीय सम्यकभूषण बज्रचार्य २ साता लामो अभ्यास सत्रमा समावेश हुनेछन्।

यसअवधिमा उनीहरूले स्पेनमै ४ वटा प्रतियोगिता खेल्ने प्रशिक्षक सूर्यभूषणले बताए। नाडालको एकेडेमीमा यसपल्ट २७ देशका ३ सय ५१ खेलाडी उनीबाट प्रशिक्षण लिन जाँदैछन्। प्रशिक्षणमा राम्रो गर्ने युवाहरूलाई नाडालले छात्रवृत्तिमा विश्वका कहलिएका विद्यालयमा अध्ययन र टेनिस सिकाउने व्यवस्था गर्दै आइरहेका छन्।

‘यहाँ सहभागी हुन यातायात र सबै गरेर करिब साढे तीन लाख रुपैयाँ एउटै खेलाडीमा खर्च हुन आउँछ। तर, कोही नाडालको आँखामा पर्यो भने त्यो खेलाडीको भविष्य उज्वल हुनेमा कुनै दुविधा छैन,’ सूर्यभूषण भन्छन्।




Related Pictures:













Related News:

क्राइम स्टोरी: ३८ क्वीन्टल सुन तस्करी, लहरो तान्दा पहरो गयो - 2018-05-24

यातायातका महानिर्देशक हटाउन प्रधानमन्त्रीकै सहमति ! - 2018-05-22

संविधान संशोधन गर्ने राजनीतिक सहमति भइसक्यो : दाहाल - 2018-05-21

नेतृत्वले कांग्रेसलाई खल्तीबाट चलाएको छ : कोइराला - 2018-05-20

वृद्धभत्ता बढाउन अर्थमन्त्रीमाथि दबाव बढ्यो - 2018-05-20





सन्दीपको सनसनी : दुई ओभरमा लिए मुम्बईका तीन विकेट - 2018-05-20

दिल्ली ११ रनले विजयी‘उत्कृष्ट खोज, वाह् ! क्या खेलाडी’ इन्डियन प्रिमियर लिग (आईपीएल) मा अन्तिम खेलमा जित हात पारेपछि दिल्ली डेयरडेभिल्सले सन्दिप लामिछानेको तस्वीर ट्वीट गर्दै लेखेको छ । साँचै सन्दिप दिल्लीका लागि उत्कृष्ट छनोट बने । सुरुवाति ११ खेलमा बेञ्चमा विताएका १७ वर्षे नेपाली युवकले जब मौका पाए, आफूलाई प्रमाणित गरे । अन्तिम खेलको प्रदर्शन त ‘सुपर’ नै रहृयो ।

‘यसपाली मैदान बाहिर खेल्नेछु’ - 2018-05-17

जब मेरो घुँडामा दुखाइ महसुश भयो, मेरो आत्मा शरीरदेखि बाहिर निस्किए जस्तै लाग्यो । त्यही क्षण मैले बुझेको थिएँ, रसिया जाने विश्वकपको प्लेनमा मेरा लागि ठाउँ हुने छैन । पेरिस सेन्ट जर्मेन (पीएसजी) का डाक्टरहरुले मलाई के भएको हो भन्ने थाहा पाउन केही परीक्षणको नतिजा पर्खनुपर्ने बताएका थिए । तर, त्यसैबेला मलाई मनमा लागेको थियो, सबै कुरा सकियो ।

आईपीएल खेलेपछि सन्दीप लामिछानेले भने : नेपालमा मजस्ता धेरै छन् - 2018-05-13

काठमाडौ,(प्रस):पहिलो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको खेलको चर्चा भइरहेको छ । यस्तोमा सन्दीपले भने आफूले खेल्ने र नखेल्ने कुरा भन्दा गएको झण्डै डेढ महिनामा के सिकें त्यो ठूलो कुरा भएको बताएका छन् । साथै उनले आफू जस्तै खेलाडी नेपालमा धेरै रहेको प्रतिक्रिया दिएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा पहिलो सफलता,नेपालले पायो एक दिवसीय मान्यता - 2018-03-15

काठमाडौ,(प्रस):नेपालले एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाउने पक्का भएको छ । यो नेपाल क्रिकेटले पाएको अहिलेसम्मकै ऐतिहासिक उपलब्धी हो । ओडीआई स्टाटसका लागि महत्वपूर्ण खेलमा नेपालले बिहीबार पपुवा न्यूगिनीलाई ६ विकेटले हरायो ।

विश्वकप छनौट : नेपालको लगातार तेस्रो हार - 2018-03-10

काठमाडौ,(प्रस):विश्वकप छनौट अन्तरगत समूह चरणको तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १ सय ९५ रनको मध्यम लक्ष्य अफगानिस्तानले मात्र ३८।४ ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो ।

जनक मावी सर्बोकृस्ठ हुँदै भलिबलमा प्रथम - 2018-03-10

यादव चौलागाई, मकवानपुर: मकवानपुरको पुर्वी बकैया गाउपालिकामा भएको जिल्ला स्तरिय भलिबल प्रतियोगितामा जनक माद्यमिक बिद्यालयले उत्कृस्ठ प्रदर्शन गर्दै प्रतियोगिताको उपाधी जितेको छ ।

विश्वकप छनोटः नेपालले पायो ‘विश्वकप छनोट’कै ठूलो लक्ष्य - 2018-03-04

काठमाडौ,(प्रस):विश्वकप छनोटको पहिलो खेलमा जिम्बाब्वेले नेपाललाई ३८१ रनको लक्ष्य दिएको छ ।

क्रिकेट विवादः विधान संशोधन गरेर चुनाव गर्न आईसीसीले नेपाललाई दियो ५० दिन - 2018-02-10

मार्च अन्तिमसम्ममा जिल्ला, प्रान्त र केन्द्रको चुनाव भइसक्ने अपेक्षा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले विधान संशोधन गरेर चुनाव गर्न नेपाल क्रिकेट संघलाई ५० दिनको समय दिएको छ । हालै नेपाल आएको आईसीसीको टोलीले विधानमा देखिएको विवादबारे जानकारी लिएको थियो ।

सन्दिप लामिछानेलाई भारू २० लाखमा दिल्ली डेयर डेभिल्सले किन्यो - 2018-01-28

५ सय ७८ जनाको अक्सन सूचीमा रहेका सन्दीप २ सय ७८ नम्बरमा थिएइन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगिताका लागि भएको खेलाडी अक्सन (बोलकबोल) मा पहिलो पटक नेपाली खेलाडी सन्दिप लामिछानेलाई दिल्ली डेयर डेभिल्सले भारू २० लाखमा खरिद गरेको छ।

आहा-रारा गोल्डकप: संकटालाई एपिएफले हरायो - 2018-01-25

पोखरा:पोखरामा जारी १६ औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको आजको खेलमा संकटा फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै सशस्त्र प्रहरीको एपिएफ क्लब विजयी भएको छ ।

डिभिजन-टूमा राम्रो नखेले नेपाली क्रिकेट सकिन्छ ! - 2018-01-09

काठमाडौं:अर्को महिना नामिबियामा हुने विश्व क्रिकेट लिग डिभिजन टूका लागि नेपाली टोलीले तयार सुरु गरेको छ ।यो नेपालका लागि एकदिवसीय विश्वकप खेल्ने नेपालको सपना पूरा गर्ने अन्तिम बाटो मात्र होइन, नेपाली क्रिकेटको भविश्यसँग पनि जोडिएको छ । डिभिजन टूमा नेपालसँगै केन्या, यूएई, नामिबिया, क्यानडा र ओमान छन् ।

नेपालद्वारा चीन ५० रनले पराजित - 2017-11-26

आईसीसी महिला टि-ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटको अन्तिम खेलमा नेपालले जित हात पारेको छ । नेपालले चीनलाई ५० रनले पराजित गरेको हो ।

मलेसियामाथि नेपालको सानदार जीत : साहले छक्का हान्दै जीत दिलाए - 2017-11-14

एसीसी यू १९ एसिया कपको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियामाथि आठ विकेटको शानदार जित हासि गरेको छ । मलेसियाले प्रस्तुत गरेको ४६ रनको झिनो लक्ष्य नेपालले मात्र २ विकेट गुमाएर हासिल गरेको हो । ओपनर अनिल कुमार शाहले अन्तिम बलमा छक्का हान्दै नेपाललाई जीत दिलाए ।

यू-१९ राष्ट्रिय टोलीको कप्तानी दिपेन्द्रलाई - 2017-08-27

मलेसियामा हुने एसीसी यू-१९ एसिया कप (पूर्वी क्षेत्र) छनौटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । टोलीमा कप्तानीको जिम्मेबारी दिपेन्द्रसिंह एेरीले पाएका छ्न् । सिनियर क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा र यू-१९ प्रशिक्षक बिनोद दासले १४ नियमित र ४ अतिरिक्त खेलाडी सम्मिलित नेपाली टोलीको छनौट गरेका छन् ।

भारतले क्रिकेट हारेपछि तोडफोड, नाराबाजी र पुत्ला दहन - 2017-06-19

आक्रोश क्रिकेटर बिराट कोहलीप्रति थियो आइसीसी च्याम्पियन ट्रफीमा आफ्नो मुलुकले चीर प्रतिद्वन्द्वी पाकिस्तानसँग १८० रनको फराकिलो अन्तरसहित नराम्रो हार ब्यहोरेपछि भारतीय जनताले क्रिकेट टीमप्रति आक्रोश पोखेका छन् । भारतीय सञ्चारमाध्यम टाइम्स अफ इण्डियाका अनुसार कानपुरका जनताले सडकमै उत्रिएर भारतीय क्रिकेट टीमको बिरोधमा नाराबाजी गरेका हुन् ।

आइपीएल क्रिकेटः कोलकाता शीर्षस्थानमा, पुणे पराजित - 2017-04-27

काठमाडौं:इन्डियन प्रिमियर लिग (आइपीएल)मा पुणेलाई हराउँदै कोलकाता शीर्ष स्थानमा उक्लिएको छ । गएराति पुणेमा भएको खेलमा कोलकाता नाईट राईडर्सले राइजिङ पुणे सुपरजाइन्ट्सलाई ७ विकेटले हराएको हो ।

विशाल मेमोरियल कपमा आज आर्मी र जनजागृतीबीच प्रतिस्पर्धा हुदै - 2017-04-27

वीरगन्ज:वीरगन्ज जारी प्रथम विशाल मेमोरियल कप फुटबलमा आज त्रिभुवन आर्मी र जनजागृती युवा क्लब सिमराबीच प्रतिस्पर्धा हुदैछ । फाइनल प्रवेशका लागि आर्मी र जनजागृती बीचको खेल स्थानीय नारायणी रंगशालामा दिउँसो ३ बजेपछि सुरु हुनेछ ।

आईपीएलः मुम्बईको रोमान्चक जित, दिल्ली पराजित - 2017-04-23

एजेन्सी: इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत शनिबार राति भएको खेलमा मुम्बई इण्डियन्सले रोमान्चक जित हात पारेको छ। मुम्बईले १ सय ४२ रनको कम योगफलमा पनि दिल्ली डेयरडेभिल्सलाई १४ रनले हराएको हो।

रोनाल्डोमाथि बलात्कार आरोप - 2017-04-17

एजेन्सी:पोर्चुगल तथा रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले एक महिलालाई बलात्कार गरेको आरोप जर्मन पत्रिका डेर स्पिएगलले लगाएको छ ।

आइपिएलबाट १० स्टार खेलाडी बाहिरिए - 2017-04-04

एजेन्सी:इन्डियन प्रिमियर लिग(आइपिएल) को १०औं संस्करण भोलीदेखि सुरु हुँदैछ। यस्तो अवस्थामा क्रिकेट समर्थकका लागि दुःखको कुरा, भारतका केही स्टार खेलाडी चोटका कारण यसपालिको आइपिएलको सुरुवातको खेलमा अनुपस्थित रहनेछन्। अनुपस्थिति रहने स्टार खेलाडीमा सबैभन्दा अगाडि कप्तान विराट कोहलीको नाम छ। अस्ट्रेलियाविरुद्ध तेस्रो टेस्टमा काँधमा चोट बोकेका विराट अहिलेसम्म फिट देखिएका छैनन्। उनले चोटकै कारण चौथो टेस्ट पनि गुमाएका थिए।

नेपालले इमर्जिङ कप खेल्ने, यूएईको सट्टा मलेसियाले मौका पायो - 2017-02-24

काठमाडौं:नेपालले एसीसी इमर्जिङ कप खेल्न पाउने भएको छ । चैत १२ देखि बंगलादेशमा हुने यो प्रतियोगितामा भारत र पाकिस्तानसहित ४ टेष्ट देशको यू-२३ वा ए टिमसहित ८ देशले भाग लिनेछन् ।








Powered by: Exclusively Solution