बिदेश




पत्रकार सम्मेलनमा सहभागि पत्रकारलाई कोरोना संक्रमण


एजेन्सी :
भारतमा पत्रकार सम्मेलनमा सहभागि हुनुभएका १ जना सञ्चारकर्मीलाई कोरोना संक्रमणको पु्ष्टी भएको छ । भारतको मध्य प्रदेशमा आयोजित पत्रकार सम्मेलनमा सहभागि हुनुभएको उक्त सञ्चारकर्मीको छोरीमा समेत संक्रमण पुष्टी भएको छ ।


पत्रकार सम्मेलनमा सहभागि त्यहाँका निवर्तमान मुख्यमन्त्री कोमलनाथ पनि क्वारेन्टाइनमा बस्नुभएको छ ।

उक्त पत्रकार सम्मेलनमा २ सय भन्दाबढी सञ्चारकर्मीको सहभागिता रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

भारतमा हालसम्म ५६२ जनामा कोरोना देखिएको छ भने १० जनाको ज्यान गइसकेको छ ।




Related Pictures:













Related News:

अस्ट्रेलियामा दुई जना भेट्न नपाउने - 2020-03-30

अस्ट्रेलियाका आठ नेपालीमा कोरोना संक्रमण - 2020-03-30

कोरोनाको लडाइँमा चिनियाँ अनुभव - 2020-03-30

नगरप्रमुख खत्रीद्धारा सिन्धुली अस्पताललाई तीन थान मोनिटर हस्तान्तरण - 2020-03-30

अत्यावश्यक पसल सहज खुल्न दिइने, एकरुपतामा राहत प्याकेज देशैभरि - 2020-03-30





“कोभिड-१९को उपचारमा मलेरिया प्रतिरोधी औषधि - 2020-03-29

एजेन्सी :रूसी विशेषज्ञहरूले कोभिड–१९को उपचार मलेरिया प्रतिरोधी औषधिले असरदार भएको बताएका छन् । उनीहरूले मलेरिया प्रतिरोधी औषधिले यो रोगको लक्षण मात्रै रोक्ने नभएर यो भाइरसलाई दोहरिएर आउन नदिने समेत बताए । विश्वभरका विशेषज्ञहरूले कोरोनाभाइरसको विशेष खोपको सिर्जनामा जुटिरहेका बेला रूसी विज्ञहरूले यस्तो बताएका हुन् ।

संयुक्त राष्ट्रसंघका ८६ कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण - 2020-03-28

संयुक्त राष्ट्रसघंका विभिन्न देशमा खटिएका ८६ कर्मचारी पनि कोरोना भाइरसबाट संङ्क्रमित भएका छन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको शिकार अन्तर्रा्ष्ट्रिय सहयोगी संस्थाका कर्मचारीहरु पनि भएका हुन । राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजारिकका अनुसार सङ्क्रमित मध्ये अधिकाशं युरोपेली मुलुकमा खटिएका कर्मचारी रहेका छन । त्यसैगरी अफ्रिका, एसिया, मध्यपूर्व र अमेरिकामा खटिएका केही कर्मचारी पनि सङ्क्रमित भएका छन ।

बेलायती प्रधानमन्त्रीलाई पनि कोरोना भाइरस संक्रमण - 2020-03-27

सिन्धुली,(प्रस): बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कोरोना भाइरसबाट संक्रमित हुने उनी संसारकै पहिलो सरकार प्रमुख हुन्। प्रधानमन्त्री जोन्सनले ट्वीटरमार्फत् आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

कोरोना भाइरसको संक्रमणमा परेका अमेरिका-चीनले सँगसँगै काम गर्ने - 2020-03-27

कोरोना भाइरसको संक्रमणमा परेका संसारका दुई शक्तिशाली राष्ट्र अमेरिका र चीनका राष्ट्रपतिबीच टेलिफोनमा कुराकानी भएको छ। चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले बिहीबार भएको जी-२० मुलुकहरूको भिडिओ कन्फरेन्सपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी चिनफिङबीच टेलिफोनमा कुराकानी भएको जनाएको छ।

पेन्टागन भित्रैबाट अमेरिकामा कोरोनाभाइरस फैलिएको पुष्टि - 2020-03-26

अमेरिकी सेनाले अमेरिकी रक्षामन्त्रालय पेन्टागन भित्र कोरोनाभाइरस कोभिड–१९को पहिलो केस फेला परेको पुष्टि गरेको छ । यो साता परीक्षणमा कोभिड–१९ पुष्टिभएपछि एकान्तवासमा गएको अमेरिकी सेनाले जनाएको छ । अमेरिकी मरिन क्रोप्सका प्रवक्ता क्याप्टेन मोनिका विटले जनाए अनुसार एक जल सैनिक अधिकारीमा कोभिड –१९ भएको पुष्टि भएको हो ।

अमेरिकामा १० हजार कोरोना संक्रमित थपिए - 2020-03-26

एजेन्सी :अमेरिकामा बुधबार एकैदिन १० हजारभन्दा बढी कोरोनाका नयाँ संक्रमित थपिएका छन् । यससँगै अमेरिकामा पनि समग्र भाइरस संक्रमितको संख्या ६५ हजार ७०० नाघेको छ । अमेरिकामा बुधबार मात्र १५५ जनाको भाइरसको कारण ज्यान गुमाएका थिए । यससँगै समग्र मृत्यु हुनेको संख्या पनि ९३५ पुगेको छ ।

इटालीमा एकैदिन ६८३ को मृत्यु - 2020-03-26

एजेन्सी :बुधबार मात्र इटालीमा ५ हजार २१० नयाँ संक्रमित फेला गरेका छन् । यससँगै मुलुकमा समग्र संक्रमितको संख्या ७४ हजार ३०० नाघेको छ ।

पत्रकार सम्मेलनमा सहभागि पत्रकारलाई कोरोना संक्रमण - 2020-03-25

एजेन्सी :भारतमा पत्रकार सम्मेलनमा सहभागि हुनुभएका १ जना सञ्चारकर्मीलाई कोरोना संक्रमणको पु्ष्टी भएको छ । भारतको मध्य प्रदेशमा आयोजित पत्रकार सम्मेलनमा सहभागि हुनुभएको उक्त सञ्चारकर्मीको छोरीमा समेत संक्रमण पुष्टी भएको छ ।

भारत आजदेखि तीन हप्ता लकडाउन - 2020-03-24

एजेन्सी :भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि नरेन्द्र मोदीले मंगलवार राति ८ बजे देशवासीका नाममा सम्बोधन गरे । प्रधानमन्त्री मोदीले आज राति १२ बजेबाट पूरै देलाई लकडाउन गर्ने घोषणा गरे ।

सरकारले भनेको छ घरभित्र बस्नू, घर भूकम्पले हल्लाइदियो - 2020-03-22

एजेन्सी :युरोपेली मुलुक क्रोएसियाको राजधानी जाग्रेबमा भूकम्प गएको छ। स्थानीय समयअनुसार आइतबार बिहान साढे ६ बजेतिर राजधानीनजिकै केन्द्रविन्दु बनाएर ५.३ रेक्टरको भूकम्प गएको हो। भूकम्पमा परी अहिलेसम्म एक जना १५ वर्षीय बालकको मृत्यु भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।

कोरोनाबाट इटलीमा एकैदिन ६२७ जनाको मृत्यु - 2020-03-21

एजेन्सी :इटालीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट एकै दिन ६२७ जनाको मृत्यु भएको छ । इटलीमा एकै दिनमा मृत्यु भएको यो संख्या हालसम्मकै धेरै हो । यससँगै इटलीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ । इटलीमा कोरोनाबाट ३७ हजार ८ सय ६० जना संक्रमित छन् भने तीमध्ये २ हजार ६ सय ५५ जनाको अवस्था गम्भीर छ । इटलीको उत्तरी क्षेत्र लोम्बार्डीको अवस्था दर्दनाक छ ।

चीनको वुहानमा कोरोना भाइरसको संक्रमण शून्य - 2020-03-19

कोरोना भाइरसविरुद्धको लडाइँमा चीनलाई थप सफलता हात परेको छ । गत डिसेम्बरको अन्तिम सातादेखि कोरोनाविरुद्ध लडेको चीनले इपिसेन्टर वुहानमा संक्रमण शून्यमा झारेको छ । मंगलबार १३ को ज्यान गएकोमा बुधबार भने संक्रमणका कारण कसैको पनि ज्यान गएन ।

कोरोनाबारे जी ट्वेन्टीको भिडियो कन्फ्रेन्स गराउन भारत र साउदी अरब सहमत - 2020-03-18

एजेन्सी :हालै सम्पन्न सार्कस्तरीय देशहरूको भिडियो कन्फ्रेन्स गराएजस्तै भारत र साउदी अरब ठूला अर्थतन्त्र र शक्तिशाली देशहरूको समूह जी ट्वेन्टीको भिडियो कन्फ्रेन्स गराउन सहमत भएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र साउदी अरबका युवराज मोहम्मद बिन सलमानबीच भएको टेलिफोन वार्ताबाट जी ट्वेन्टीको भिडियो कन्फ्रेन्स गराउन सहमति बनेको हो ।

चीनमा नयाँ वर्षको दुई महिनामा १० लाख बढी नयाँ रोजगार सिर्जना - 2020-03-18

एजेन्सी :चीनले रोजगार स्थायित्व बलियो पार्ने सरकारी सुधार कार्यक्रम अन्तर्गत सन् २०२०को दुई महिनामा १० लाख बढी नयाँ रोजगार सिर्जना भएको छ । आर्थिक अभिवृद्धिका नयाँ चालकहरू बलियो पार्न , डिजिटल इकोनोमी र रोजगार स्थायित्वका लागि उद्योगको नयाँ स्वरूप विकास गर्न चिनियाँ सरकारले अगाडि बढाएको सुधार कार्यक्रमलाई गहिरो पारिने प्रधानमन्त्री लि केकियाङको अध्यक्षतामा मंगलबार बसेको राज्यपरिषदको कार्यकारी बैठकमा निर्णय गरिएको छ ।

रूसी राष्ट्रपति पुटिनलाई फेरि चुनाव लडाउन कानुन फेरिदै - 2020-03-10

एजेन्सी :रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फेरि चुनाव लडाउन त्यहाँ कानुन फेर्ने राजनीति सक्रिय हुन थालेको छ । सन् २०२४मा पुटिनलाई राष्ट्रपति पदको उम्मेदवार बनाउन शर्तमा हेरफेर हुन सक्ने देखिएको छ । राष्ट्रपति पुटिनले उनलाई फेरि उम्मेदवार बनाउन सांसदहरूले सल्लाह दिएको बताएका छन् । यसका लागि नागरिकहरूको समर्थन र संवैधानिक अदालतले यो शर्तलाई अंगीकार गर्नुपर्ने पुटिनले बताएका हुन् ।

कोरोना: अमेरिकाको क्यालिफोर्नियामा आपतकाल घोषणा - 2020-03-06

एजेन्सी :संयुक्तराज्य अमेरिकाको क्यालिफोर्नियामा प्राणघातक कोरोना भाइरसका कारण एक व्यक्तिको मृत्यु भएपछि आपतकाल घोषणा गरिएको छ । अमेरिकामा यो समेत १० जनाको कोरोना भाइरसकै कारण मृत्यु भइसकेको छ ।

कोरोनाविरुद्धको जनयुद्धका लागि मेहनत र वैज्ञानिक आविस्कार आवश्यक : चिनियाँ राष्ट्रपति - 2020-03-03

एजेन्सी :चिनियाँ राष्ट्रपति सी जिङफिनले मावनताका जनस्वास्थ्य सुरक्षा अहिलेको चुनौती भएको बताएका छन्। सीले सबै देशहरुले यस चुनौतीसँग जुध्न हात मिलाएर अगाडि बढ्नुपर्ने बताएका हुन्। राष्ट्रपति सीले अनुसन्धान सम्बन्धी सबै डाटाहरु आदानप्रदानमा गर्न आह्वानसमेत गरेको सिन्ह्वाले जनाएको छ।

अफगानिस्तानमा आजबाट युद्धबिराम, २९ फेब्रुअरीमा शान्ति सम्झौता हुने - 2020-02-22

एजेन्सी :अफगानिस्तानमा १८ वर्षभन्दा बढी समयदेखि जारी सशस्त्र द्वन्द्व अन्त्यको संकेत देखिएको छ । किनभने अमेरिका र अफगानिस्तानमा सक्रिय तालिवान लडाकुबीच यही फेब्रुअरी २९ तारिखमा शान्ति सम्झौता गर्ने तयारी भइरहेको छ । त्यसअघि शनिबारदेखि एक हप्तासम्म तालिवान, अमेरिका र अफगानी सरकारी सुरक्षा बलले आक्रमण नगर्ने सहमति गरिसकेका छन् । यो एक हप्ताको बीचमा देखिने घटनाक्रमको आधारमा औपचारिक रुपमा शान्ति सम्झौता गरेर द्वन्द्व अन्त्य गर्ने सहमति भएको अफगानिस्तानको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जावेद फैसलले बताएका छन् ।

ट्रम्पका मित्र तथा पूर्वसल्लाहकारलाई जेलसजाय - 2020-02-21

एजेन्सी :अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका मित्र तथा पूर्वसल्लाहकार रोजर स्टोनलाई ४० महिना जेलसजाय सुनाएकी न्यायाधीशले उनीप्रति "घृणा" व्यक्त गरेकी छन्। कङ्ग्रेससमक्ष झूटो बोलेको, अवरोध खडा गरेको र प्रत्यक्षदर्शीलाई प्रभावित पारेको अभियोगमा ६७ वर्षीय स्टोनलाई गत नोभेम्बर महिनामा दोषी पाइएको थियो।

चर्चबाट फैलियो दक्षिण कोरियामा कोरोना, २५ लाख मानिसलाई घरभित्रै बस्न आग्रह - 2020-02-21

एजेन्सी :दक्षिण कोरियाले कोभिड-१९ भाइरससँगको आफ्नो लडाइँ गम्भीर मोडमा पुगेको बताएको छ।शुक्रबारमात्र १०० जना नयाँ संक्रमित भेटिएपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनले कोभिड-१९ सँगको लडाइँ गम्भीर मोडमा पुगे पनि त्यसलाई रोक्नका लागि सरकारले सबै प्रयास जारी राख्ने कुनै गल्ती हुन नदिने बताएका छन्।

चीनमा लगातार तेस्रो दिन कोरोनाभाइरसको सङ्क्रमण सङ्ख्या घट्यो - 2020-02-17

एजेन्सी :चीनले लगातार तेस्रो दिन कोरोनाभाइरसको नयाँ सङ्क्रमितको सङ्ख्या घटेको बताएको छ। आइतवार चीनमा २,००९ जना नयाँ बिरामी र थप १४२ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। यो हप्ताको सुरुमा नयाँ बिरामी गन्ने तरिकामा परिवर्तन गरिएपछि सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढे पनि त्यस यता लगातार घटेको हो। अहिलेसम्म कूल ६८,००० लाई चीनमा कोरोनाभाइरसले सङ्क्रमण गरेको र मृत्यु हुनेको सङ्ख्या १,६६५ पुगेको छ।








Powered by: Exclusively Solution