कोरोना भाइरस




लकडाउनको दास्रोदिनः सिन्धुलीका औषधी पसल आलोपालो खुल्दै


दिपा भण्डारी, सिन्धुली:
सिन्धुली जिल्लामा लडक डाउनको दोस्रो दिन अघिल्लो दिनको तुलनामा लकडाउन अझ कसिलो बन्दै गएको देखिएको छ । सिन्धुली अस्पताल गेटका औषधी पसल बाहेक अन्यत्रका औषधी पसलसमेत खुलेका छैनन् । बजारका एकाध खाद्यान्न पसल बाहेक अन्य कुनै पनि व्यापारिक कारोवार ठप्प भएका छन् । सिन्धुलीका औषधी सर्वसाधारणलाई सेवा दिने उदेश्यले लक डाउनका पहिलो दिन औषधी पसल खोलेर बसेपनि सुरक्षा खतरा महुशुसगरी आजबाट आंशिक रुपमा औषधी पसल खोल्न थालिएको फर्मासिस्ट माधव देवकोटाले प्रदेशखवरलाई बताए ।

उनका अनुसार फिवरमा विरामी सिधै अस्पताल नगएर औषधी पसलमा आउन थालेपछि जोखिम बढेको निश्कर्ष निकाल्दै केही औषधी व्यवसायिले आलोपालो शैलीमा औषधी पसल खोल्न थालेका छन् । हामीहरुमा सामुहिक रुपमा सल्लाहनैं त भएको छैन, तर मनोवैज्ञानिक रुपमा हामीले जोखिम क मगर्नका लागि आलोपालो शैलीलाई अपनाएका छौं, देवकोटाले अगाडि भने ।

थप क्वारेन्टाइन बनाउने तयारी

यसैबीच प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डेले संभावित जोखिमलाई ध्यानदिंदै थप क्वारेन्टाइन स्थल निर्माण गर्न आफुहरु लागिपरेको बताएका छन् । उनले सिन्धुली जिल्लामा अहिलेसम्म कोरोना भाइरस संक्रमित एक जना बिरामी पनि नभएकाले कसैलाई पनि नआत्तिन र घरमैं बसेर लकडाउनको पालन गर्न पुनः आग्रह गरेका छन् । सिन्धुली जिल्लामा हिजोवाट जारी गरिएको लक डाउनलाई सर्वसाधारण सबैले पालन गरिरहेको र हिजोको तुलनामा आज त्यसको प्रभावकारि कार्यान्वयन  अझ बढिरहेको बताएका छन् ।

प्रदेशखवरसँगको कुराकानीमा उनले भनेकाछन्ः खाद्यान्न औषधी लगायत अत्यावत्सक सामाग्रीका पसल बाहेक कुनै पनि कुरा खुलेका छैनन् । झट्ट हेर्दा मानिसहरु सडकमा हिडेको पनि देखिन्छ, नागरिकले उलंघन गरेको जस्तो पनि लाग्छ, पूर्ण रुपमा बन्द छ, भनेर त भन्न मिल्दैन, तर उनीहरु अत्याबत्यक सामाग्रीहरु खरिद गर्न गएका हुनसक्छन् । त्यसैले हामीले अपेक्षा गर्ने हो, हिजो भन्दा आज लक डाउन अझ कडा बन्दै गइरहेको छ । 

आधा दर्जन सवारी साधन नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले लकडाउन उलंघन गर्ने आधा दर्जन सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ । प्रहरीका अनुसार सिन्धुली सदरमुकाममा खटिएका सुरक्षाकर्मीले आदेशको अवज्ञा गरेको अभियोगमा नियन्त्रणमा लिएको हो । 





Related Pictures:













Related News:

अस्ट्रेलियामा दुई जना भेट्न नपाउने - 2020-03-30

अस्ट्रेलियाका आठ नेपालीमा कोरोना संक्रमण - 2020-03-30

कोरोनाको लडाइँमा चिनियाँ अनुभव - 2020-03-30

नगरप्रमुख खत्रीद्धारा सिन्धुली अस्पताललाई तीन थान मोनिटर हस्तान्तरण - 2020-03-30

अत्यावश्यक पसल सहज खुल्न दिइने, एकरुपतामा राहत प्याकेज देशैभरि - 2020-03-30





नगरप्रमुख खत्रीद्धारा सिन्धुली अस्पताललाई तीन थान मोनिटर हस्तान्तरण - 2020-03-30

प्रिती तामाङ, सिन्धुली:सिन्धुली अस्पातललाई कोरोना उपचारका लागि (आइसोलेलन) ३ थान मोनिटर आज कमलामाई नगरपालिकाका प्रमुख खडगवहादुर खत्रीले अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेललाई वितरण गर्नुभएको छ । नगरपालिकाले तीन थान मोनिटर दिएसँग सिन्धुली अस्पतालमा ७ थान मोनिटर भएको छ । एउटा मोनिटरले २ वटा बेडलाई काम गर्ने अध्यक्ष पोखरेलले बताए ।

अत्यावश्यक पसल सहज खुल्न दिइने, एकरुपतामा राहत प्याकेज देशैभरि - 2020-03-30

काठमाडौ,(प्रस): आपूर्ति र राहत व्यवस्था सहज बनाउने, निमुखा, गरीवलाई आवश्यक राहत वितरण गर्नका लागि गृहमन्त्री रामबहादुर थापा वादलको अध्यक्षतामा गृह मन्त्रालयमा वैठक बसी महत्वपूर्ण निर्णय गरेको छ ।

मरिण क्षेत्रमा फैलियो कोरोना संक्रमणको त्रास - 2020-03-28

सिन्धुली,(प्रस): जिल्ला प्रशासन कार्यालय सिन्धुलीले एक जिल्लाबाट अर्को जिल्ला प्रवेशमा रोक मात्रै लगाएको छैन, नागरिकहरुलाई हिडडुल गर्न प्रतिवन्ध अर्थात निषेधाज्ञा जारी गरेको छ । तर त्यही निषेधाज्ञाको बर्खिलाप हुनेगरी राजधानी काठमाडौबाट सिन्धुलीको मरिण क्षेत्रमा बसको लर्कोनैं लागिरहेको छ । स्थानीय प्रशासनले सवारी आवागमनमा रोक लगाएका बेला बाहिरबाट मानिसहरु आउन थालेपछि मरिण क्षेत्रका बासिन्दामा कोरोना संक्रमणको त्रास फैलिएको छ ।

सरकारद्धारा बागलुङकी १९ वर्षीया किशोरीमा कोरोना संक्रमण भएको पुष्टि - 2020-03-28

बागलुङकी एक किशोरी कोरोना भाइरस संक्रमणका पुष्टि भएको छ । बेल्जियमबाट नेपाल आएकी फर्किएकी १९ वर्षीया युवतीमा संक्रमण भएको हो । उनी नेपालमा कोरोनाको पाँचौ संक्रमित हुन् । अहिले संक्रमण देखिएकी किशोरी चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् । त्यही विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो ।

सिन्धुलीको कमलामाई नगरपालिकाले कोरोना संक्रमण रोक्नका लागि आज दिउँसो बजार क्षेत्रमा स्प्रे गर्दै - 2020-03-28

प्रदेश संवाददाता, सिन्धुलीसिन्धुलीको कमलामाई नगरपालिकाले आज दिउँसो २ बजेबाट मानिसहरुको बढी भिडभाड भएको क्षेत्रमा कोरोना संक्रमण रोक्नका लागि स्प्रे गर्दैछ । नगरपालिकाले बजार क्षेत्रलाई लक्षितगरी सो स्प्रे गर्न लागेको प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदीले प्रदेशखवरलाई जानकारी दिए ।

सिन्धुली जिल्ला अस्पताल कोरोना उपचार अस्पताल बन्दै - 2020-03-28

दिपा भण्डारी, सिन्धुली सिन्धुली जिल्लामा कोरोना संक्रमणको जोखिमलाई ध्यानदिंदै सिन्धुली जिल्ला अस्पतालालाई १४ शैथ्याको कोरोना उपचार गर्ने अस्पतालका रुपमा विकास गरिने भएको छ । कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीको अध्यक्षतामा कोभिड १९ रोकथाम व्यवस्थापन समितिको बैठकले सिन्धुली जिल्ला अस्पतालालाई कोरोना उपचार अस्पतालका रुपमा विकास गर्ने निर्णय गरेको हो । बैठकले कोरोना उपचारका लागि आवश्यक पर्ने थप ३ थान मोनिटर र आवश्यक पर्ने हेमाटोलोजी एनालाइजर लगायतका सामाग्रीहरु कमलामाई नगरपालिकाले उपलव्ध गराउने निर्णयसमेत गरेको छ ।

दीपकको शव अस्पतालले फोहोर फाल्ने ठाउँमा राख्यो - 2020-03-28

विराटनगर,(प्रस): कोरोना संक्रमणका कारण विश्व आक्रान्त छ । नेपालमा पनि संक्रमण देखिएपछि सरकारले मंगलबारबाट देशभर लकडाउन गरेको छ । लकडाउनका कारण मानिसहरुलाई अत्यावश्यक बाहेकका अरु काममा घरबाहिर ननिस्कन आग्रह गरिएको छ । यही बेला मोरङको पथरी शनिश्चरे नगरपालिका– १० की मनु लिम्बुमाथि भने अर्काे ठूलो बज्रपात परेको छ ।

अध्यक्ष प्रचण्डद्वारा प्रधानमन्त्री ओलीसँग भेट - 2020-03-28

काठमाडौ,(प्रस): प्रधमानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अबस्था बुझ्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल अस्पताल पुगेका छन् । मुटुको चाल केही बढेपछि अस्पताल भर्ना भएका ओलीलाई भट्न प्रचण्ड त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका हुन् ।

प्रदेश २ को आइसोलेसनमा ४ र क्वारेन्टाइनमा २१० जना - 2020-03-27

जनकपुरधाम,(प्रस): कतारहुँदै फ्रान्सबाट आएकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीसँगै आएका प्रदेश २ का ३३ जनामध्ये हाल सम्म २८ जना सम्पर्कमा आएका छन् । सम्पर्क बाहिर रहेका अन्य ५ जनाको खोजी भइरहेको प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामले जनाएकोछ ।

धनगढी अस्पतालमा भर्ना भएका युवामा देखियो कोरोना संक्रमण - 2020-03-27

प्रदेश संवाददाता, काठमाडौनेपालमा चौथो व्यक्तिमा कोरोनाभाइरस पोजेटिभ देखिएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत ३४ वर्षीय एक युवालाई कोरोना पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले थप एकलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन्।

सरकारले टेकु अस्पताल र पाटन अस्पताललाई कोरोना विशेष अस्पताल बनायो - 2020-03-27

प्रदेश संवाददाता, काठमाडौसरकारले टेकु अस्पताल र पाटन अस्पताललाई कोरोना विशेष अस्पताल बनाएको छ। टेकुमा कोरोना संक्रमित पुष्टि भएका बिरामीहरूलाई पाटन लगेर उपचार गरिने स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी दिएका छन्। 'कोरोना परीक्षण गर्नको लागि टेकु अस्पताललाई मध्यम अस्पताल बनाउने र त्यहाँ संक्रमण पुष्टि भएका बिरामीहरूलाई पाटन अस्पतालमा सार्छौं,' उनले भने

जर्मनीका नागरिक लिन कतार एयरको विमान काठमाडौमा - 2020-03-27

काठमाडौ,(प्रस): नेपालमा रहेका जर्मन पर्यटकलाई स्वदेश फर्काउन कतार एयरको विमान त्रिभुबन अन्तराष्ट्रिय विमान स्थलमा अवतरण गरेको छ । नेपालस्थित जर्मन दूताबासले चाटर्ड गरी सो विमानबाट आफ्ना नागरिकलाई स्वदेश फर्काउन लागेको त्रिभुवन विमानस्थल कार्यालयका महाप्रवन्धक देवेन्द्र के. सीले बताए ।

जनकपुर, राजविराज र वीरगञ्जमा कोरोनाको जाँच गर्न ल्याब स्थापना गर्ने प्रदेश २ सरकारको निर्णय - 2020-03-26

जनकपुर,(प्रस): प्रदेश २ सरकारले प्रादेशिक अस्पताल जनकपुर, राजविराज र वीरगञ्जमा कोरोना भाइरसको जाँच गर्न ल्याब स्थापना गर्ने निर्णय गरेको छ । प्रदेश २ मन्त्री परिषद्को आज बसेको बैठकले प्रदेशको तीनै स्थानमा कोरोना भाइरस (कोबिड १९) को जाँचका लागि ल्याब स्थापना गर्ने निर्णय गरेको सरकारका प्रबक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए ।

नगरप्रमुख खत्रीद्धारा सेना र प्रहरीलाई अत्यावश्यक सामाग्री सेट विरतरण - 2020-03-26

प्रदेश संवाददाता, सिन्धुलीसिन्धुलीको कमलामाई नगरपालिकाका प्रमुखद्वारा खड्गवहादुर खत्रीले आज बिहान जनताको स्वास्थ्यमा खटिंदै आएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्ला प्रशासन कर्यालय, सिन्धुली र नेपाल रेडक्रस सोसाइटीलाई अत्यावश्यक सामाग्री सेट, ग्लोव्स, सेनिटाईजर लगायतका सामाग्रीहरु विरतरण गरेकाछन् ।

दुई महिनाको लक डाउनपछि वुहानमा चल्न थाले बस - 2020-03-26

कोरोना भाइरसको उदगम थलो चीनको हुबेई प्रान्तको राजधानी वुहानमा दुई महिना लामो लक डाउनपछि बुधबारदेखि सार्वजनिक बस चल्न थालेका छन्। समाचार संस्था सिन्ह्वाका अनुसार ११७ रूटमा बस सञ्चालनमा आएका हुन्। बस चलाउनका लागि स्वास्थ्य सुरक्षाका लागि हरेक बसमा ड्राइभरसँगै सुरक्षा निरीक्षकसमेत राखिएको छ।

अर्को घोषणा नहुँदासम्म घरमै बस्‍नुहोस्: प्रधानमन्त्री ओली - 2020-03-25

राजनैतिक व्यूरो, काठमाडौप्रधानमन्त्री केपी शर्मा ओलीले घरमै बस्न सबैलाई आग्रह गरेका छन् । बुधबार अपरान्ह सामाजिक सञ्जाल ट्वीटरमार्फत अर्को घोषणा नहुँदासम्म सबै घरभित्र बसिरहन आग्रह गरेका हुन् । प्रधानमन्त्रीले ट्विटमा फोटोसँग लेखेका छन्, ‘म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु। तपाईंहरु पनि घरमै बस्‍नुहोस् ।’

चिनिले नेपाललाई दियो २ हजार कोरोना जाँच गर्ने 'किट' - 2020-03-25

एजेन्सी, बेइजिङ :चीनको एउटा कम्पनीले कोरोना भाइरस परीक्षण गर्ने २ हजार किट नेपाल सरकारलाई सहयोग गरेको छ। चीनको ह्वा खथाई अर्थात् बेइजिङ साभान्ट बायोटेक्नोलोजी कम्पनीले बुधबार बेइजिङस्थित नेपाली राजदूतावासलाई किट हस्तान्तरण गरेको हो।

कमलामाई नगरपालिकाद्धारा सिन्धुली अस्पतालका डाक्टरलाई पिपिइसेट बितरण - 2020-03-25

सिन्धुली जिल्लालाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन सक्रिय रहेको कमलामाई नगरपालिकाले आज असुरक्षित रहेका सिन्धुली अस्पतालका डाक्टरहरुका आवश्यक सामाग्री हस्तान्तरण गरेको छ । सिन्धुली जिल्ला क्वारेन्टाइन व्यवस्थापन समिति संयोजक एवम् कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले अस्पतालका मेडिकल सुपरिटेन्डेण्टलाई पिपिई ग्लास सेट १० थान, १६ लिटरको स्प्रे थान २ र स्प्रेयर लिक्वीड १२ थान हस्तान्तरण गरेका छन् ।

खाडी मुलुकबाट आएका युवामा कोरोना भाइरसको संक्रमण, टेकु अस्पतालको आइसोलेनसमा उपचार - 2020-03-25

प्रदेश संवाददाता, काठमाडौनेपालमा थप एक जना व्यक्तिमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताका अनुसार नेपालमा तेस्रो व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ। एक युवाको स्बाव परीक्षण गर्दा मंगलबार राति १२ बजे कोरोनाको संक्रमण पुष्टि भएको उनले जानकारी दिए।

लकडाउनको दास्रोदिनः सिन्धुलीका औषधी पसल आलोपालो खुल्दै - 2020-03-25

दिपा भण्डारी, सिन्धुली:सिन्धुली जिल्लामा लडक डाउनको दोस्रो दिन अघिल्लो दिनको तुलनामा लकडाउन अझ कसिलो बन्दै गएको देखिएको छ । सिन्धुली अस्पताल गेटका औषधी पसल बाहेक अन्यत्रका औषधी पसलसमेत खुलेका छैनन् । बजारका एकाध खाद्यान्न पसल बाहेक अन्य कुनै पनि व्यापारिक कारोवार ठप्प भएका छन् । सिन्धुलीका औषधी सर्वसाधारणलाई सेवा दिने उदेश्यले लक डाउनका पहिलो दिन औषधी पसल खोलेर बसेपनि सुरक्षा खतरा महुशुसगरी आजबाट आंशिक रुपमा औषधी पसल खोल्न थालिएको फर्मासिस्ट माधव देवकोटाले प्रदेशखवरलाई बताए ।

काठमाडौ उपत्यकामा लकडाउन उलंघनगर्ने ३०२ सवारी साधन प्रहरी नियन्त्रणमा - 2020-03-25

काठमाडौ,(प्रस): विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरस रोकथामका लागि लागू गरिएको लकडाउन उल्लंघन गर्नेविरुद्ध प्रहरीले कारबाही थालेको छ । लकडाउन उल्लंघन गरेर सडकमा निस्किएका सवारीसाधानलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिन थालेको हो ।








Powered by: Exclusively Solution