अर्थ / व्यापार




यस बैंकलाई कारोबारमा प्रतिबन्ध, अर्थतन्त्र प्रभावित


एजेन्सी :
रिजर्भ बैंक अफ इण्डिया (आरबीआइ) ले कारोबारमा प्रतिबन्ध लगाएको निजी क्षेत्रको 'यस बैंक' मा सरकारी बैंकले लगानी गर्ने भएको छ। नेपालमा समेत लगानी रहेको स्टेट बैंक अफ इण्डिया (एसबीआइ) ले यस बैंकमा लगानी गर्ने भएको हो।

एसबीआइको सञ्चालक समितिले बिहीबार यस बैंकको सेयरमा लगानी गर्ने निर्णय गरेको हो। बोर्डले सेयर खरिदका लागि सैद्धान्तिक स्वीकृति दिएको हो।

आरबीआइले यस बैंकलाई कारोबारमा प्रतिबन्ध लगाएको केही घण्टामै एसबीआइले सेयर खरीद गर्ने निर्णय गरेको हो। यस बैंकबाट सर्वसाधारणले ५० हजार रुपैयाँ भारुभन्दा बढी निकाल्न नपाउने निर्णय आरबीआइले गरेको छ।

यस बैंकको सञ्चालक समिति खारेज गरिएको छ। यस बैंकलाई यत्तिकै छाड्दा निक्षेपकर्ता थप जोखिममा पर्ने भन्दै आरबीआइले सुधार प्रक्रिया थालेको हो। नेपालमा समस्याग्रस्त घोषणा भनेजस्तै भारतको बैंकिङ ऐन-१९४९ को दफा ४५ मा निजी क्षेत्रका बैंकहरुलाई समस्याग्रस्त घोषणा गरेर सुधार प्रक्रिया थाल्ने ब्यवस्था छ।

आरबीआइको प्रतिबन्धपछि यस बैंकका शाखाहरुमा लामो लाइन लाग्न थालेको छ। पैसा डुब्यो भन्ने बुझाइ ब्याप्त हुँदा लामो लाइन लागेको बिजनेस टुडेले जनाएको छ। भारतमा निजी क्षेत्रको बैंकमाथि नियामकले यति ठूलो 'एक्सन' लिएको हो। 

पछिल्ला केही वर्षदेखि यस बैंकको खराब ऋणहरु बिग्रिरहेको थियो। उसको पुँजी पनि क्षयीकरण भइरहेको थियो। केन्द्रीय सरकारसँग छलफल गरेपछि आरबीआइले कारोबार प्रतिबन्ध गर्ने निर्णय गरेको हो।

यस बैंकमा एसबीआइले मात्र लगानी गर्दैन, लगानी गर्न चाहने इच्छुक अन्य संस्थाको नेतृत्व एसबीआइले गर्नेछ। सेयर एसबीआइलगायतले किन्ने भएपछि यस बैंकको सेयर मूल्य २६ प्रतिशतले बढेको छ। अर्कोतिर एसबीआइको सेयर मूल्य ५ प्रतिशतले घटेको छ।

करिब ४० अर्ब डलरको वासलात भएको यस बैंक डुब्दा भारतीय अर्थतन्त्र नै प्रभावित हुने स्थिति छ। त्यही भएर सरकारले हतारहतार एसबीआइमार्फत यस बैंकको उद्धार गर्ने निर्णय गरेको हो। 

नगद अभावबाट जुधिरहेको यस बैंकको पछिल्लो त्रैमासको नोक्सानी साढे ६ अर्ब भारु थियो। बैंक समस्यामा परेकै कारण आरबीआइले सन् २०१८ मा पूर्वप्रमुख कार्यकारी तथा संस्थापक सेयरधनी राणा कपुरको कार्यकाल घटाइदिएको थियो। कपुरको ठाउँमा प्रमुख कार्यकारी बनेका रवनीत गिलले पुँजी जुटाउन पहल गरेका थिए। सन् २०१८ मा बैंकको सेयर मूल्य ४०० भारु थियो। अहिले घटेर ३५ रुपैयाँमा आएको छ। 

यस बैंकको इतिहास खासै लामो छैन। सन् २००४ मा राणा कपुरले आफ्ना नातेदार अशोक कपुरसँग मिलेर यस बैंक खोलेका हुन्। २६/११ को मुम्बइ हमलामा अशोक कपुर मारिएका थिए। त्यसपछि अशोक कपुरकी पत्नी मधु कपुर र राणा कपुरबीच बैंकका बारेमा विवाद सुरु हुन थालेको थियो।

मधु आफ्नी छोरीका लागि सञ्चालक समितिमा ठाउँ बनाउन चाहन्थिन। बैंक स्थापनाको चार वर्षभित्रै साझेदारबीच समस्या आएपछि बैंक अहिलेको अवस्थामा पुगेको हो। राणा कपुर यस बैंकको सेयरलाई 'हिरा मोती' भन्ने गर्थे। उनी सेयर बेच्न चाहँदैनथे। तर सन् २०१९ को अक्टुबरमा उनको सेयर स्वामित्व ४.७२ प्रतिशतमा झरेको थियो। 

बैंकको ग्राहकको सूचीमा सानाभन्दा ठूला ऋणी धेरै छन्। बैंकले त्यस्ता ठूला कर्पोरेटमा लगानी गरेको छ, जुन् सुरुवातदेखि नै घाटामा चलिरहेका छन्। ती कम्पनी डुबेमा बैंकको ऋण नउठ्ने निश्चित नै छ।

भारतीय निजी क्षेत्रको लगानीमा खुलेकामध्ये चौथो सबैभन्दा ठूलो बैंकको हेडक्वाटर मुम्बइमा छ। यसको सञ्जाल पनि निकै ठूलो छ। यसको एक हजारवटा शाखा र १८०० वटा एटीएम बुथ छन्। 

यस बैंकको 'महिला विशेष' शाखा पनि छ। यसले महिलाका लागि विशेष प्रकारको सेवा पनि उपलब्ध गराउँदै आएको छ। बैंकको ३० भन्दा बढी 'यस एसएमइ शाखा' पनि छ। जसले साना तथा मझौला उद्यमीहरुलाई ऋण दिन्छ।




Related Pictures:













Related News:

कोरोनाको लडाइँमा चिनियाँ अनुभव - 2020-03-30

नगरप्रमुख खत्रीद्धारा सिन्धुली अस्पताललाई तीन थान मोनिटर हस्तान्तरण - 2020-03-30

अत्यावश्यक पसल सहज खुल्न दिइने, एकरुपतामा राहत प्याकेज देशैभरि - 2020-03-30

“कोभिड-१९को उपचारमा मलेरिया प्रतिरोधी औषधि - 2020-03-29

मरिण क्षेत्रमा फैलियो कोरोना संक्रमणको त्रास - 2020-03-28





नेपाल टेलिकमको रिचार्जमा सतप्रतिशत बोनस अफर - 2020-03-25

काठमाडौ,(प्रस): नेपाल टेलिकमले भोलिदेखि लागू हुने गरी रिचार्जमा सत प्रतिशत बोनस दिने भएको छ । टेलिकमले बुधबार विज्ञप्ती जारी गर्दै बिहीबारदेखि यो अफर लागू हुने जनाएको छ ।

वीरगंजमा अत्यावश्यक सेवाबाहेक सबै सेवा आज देखि बन्द - 2020-03-23

वीरगंज,(प्रस): प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा जारी गरेको सन्देश अनुसार अत्यावश्यक सेवाबाहेक सबै सेवा चैत १० गतेदेखि बन्द गर्ने निर्देशन जारी गरेपनि पर्सा जिल्लामा सोअनुरूपको निर्देशन पालना भएको छैन। जिल्लामा रहेका अत्यावश्यक कार्यालयको वर्गीकरण गरेर सञ्चालन गर्ने, नगर्नेबारेमा सूचना जारी गर्ने जिम्मेवारी बोकेको जिल्ला प्रशासन कार्यालय, पर्साले सरकारी कार्यालयहरूलाई निर्देशन जारी नगरेको कारण कतिपय कार्यालय सञ्चालनमा आए भने कतिपय बन्द रहे।

साउदी अरब र रुसबीचको झगडाले कच्चा तेलको मूल्य ओरालो, यस्तो छ तेल राजनीति - 2020-03-16

बिगत ३० वर्षमा तेलको भाउमा अहिले जति धेरै गिरावट कहिल्यै आएको थिएन। सोमबार जब एसियाली बजार खुल्यो कच्चा तेलको भाउ ३० प्रतिशतसम्म तल झर्यो। कारोबार सुरु हुनासाथ नै एक ब्यारेल कच्चा तेलको भाउ ४० डलरबाट घटेर ३१.५२ डलर भयो। खाडी युद्धपछि एकै कारोबार दिनमा कच्चा तेलको भाउमा यति धेरै गिरावट आएको हो। तेलको भाउमा गिरावट यस्तो समयमा आएको छ जब सारा विश्व कोरोना भाइरसको संकटको सामना गरिरहेको छ।

कोरोना प्रभावित देशबाट खाद्यवस्तु आयातमा रोक - 2020-03-10

काठमाडौ,(प्रस): कृृषि तथा पशुपछी विकास मन्त्रालयले कोरोना भाइरसको संक्रमणबाट अति प्रभावित पाँच मुलुकबाट पशु, विरुवा र खाद्यवस्तु आयातमा रोक लगाएको छ । चीन, दक्षिण कोरिया, इटाली, जापान र इरानबाट कुनै पनि प्रकारका पशु तथा पशुजन्य, विरुवा तथा विरुवाजन्य तथा खाद्यवस्तुको आयात सिफारिस प्रदान गर्ने कार्य स्थगित गरेको मन्त्रालयले जनाएको छ ।

यस बैंकलाई कारोबारमा प्रतिबन्ध, अर्थतन्त्र प्रभावित - 2020-03-06

एजेन्सी :रिजर्भ बैंक अफ इण्डिया (आरबीआइ) ले कारोबारमा प्रतिबन्ध लगाएको निजी क्षेत्रको 'यस बैंक' मा सरकारी बैंकले लगानी गर्ने भएको छ। नेपालमा समेत लगानी रहेको स्टेट बैंक अफ इण्डिया (एसबीआइ) ले यस बैंकमा लगानी गर्ने भएको हो।

घर किन्न ऋण लिनेलाई राष्ट्र बैंकको सहुलियत, २ करोडसम्मको ऋणलाई कर दाखिला भए पुग्ने - 2020-03-02

काठमाडौ,(प्रस): आफ्नो लागि निर्माण तथा खरीद गरिने पहिलो घरका लागि राष्ट्र बैंकले खुकुलो नीति लिएको छ। सोमबार साँझ चालु बर्षको मौद्रिक समीक्षा गर्दै राष्ट्र बैंकले आवासीय घरका लागि खुकुलो नीति लिएको हो। पहिलो घरको लागि प्रदान गरिने कर्जामा ऋण भुक्तानी अनुपात ६० प्रतिशत पुर्याइएको छ। यसअघि ५० प्रतिशत थियो। यो भनेको कुल आम्दानीको ६० प्रतिशत रकम किस्ता तिर्न छुट्याउन पाइन्छ भन्ने हो।

वीरगंज भन्सारका कर्मचारी असन्तुष्ट, 'गैरमौद्रिक प्रोत्साहन चाहियो - 2020-03-02

वीरगंज,(प्रस): नेपालकै मुख्य भन्सार नाकाको रुपमा चिनिने वीरगंज भन्सार कार्यालयका कर्मचारीहरुले असन्तुष्टी पोखेका छन्। भन्सार अधिकारी तथा कर्मचारीहरु सरकारले दिएको राजश्व लक्ष्य उठाउन त्रासपूर्ण वातावरणमा दैनिक १५ घण्टा काम गर्नु परको बताएका छन् । अहिले यो कार्यालय शंकराचार्य र आईसिपी गरी दुई तिरबाट सञ्चालनमा छ । दुबै भन्सार कार्यालहरुलाई नियमन गर्न भन्सार प्रशासक दरबन्दी पनि सरकारले सृजना गरी पठाएको छ ।

चीन तर्फको नाका खोल्ने विषयमा उच्चस्तरीय बैठक बस्ने - 2020-02-23

काठमाडौ,(प्रस): चीन तर्फको नाका खोल्ने विषयमा उच्चस्तरीय बैठक बस्ने भएको छ। कोरोना भाइरस संक्रमणपछि नेपाल चीनबीचको दुई वटै व्यापारिक नाका बन्द छ। कोरोना भाइरसको संक्रमणपछि केरुङ र तातोपानी नाका बन्द भएको एक महिना भएको छ। अर्थ, स्वास्थ्य, गृह र बाणिज्य सचिवको सोमबार बस्ने संयुक्त बैठकले नाका खोल्ने/नखोल्ने बारे निर्णय गर्नेछ। दुबैतर्फको नाकामा क्वारेन्टाइन राम्रो नभएकाले नाका खोल्न अझै सहज भने छैन।

दोस्रो फिक्कल महोत्सव सुरु - 2020-02-23

सिन्धुली,(प्रस): सिन्धुलीको फिक्कल गाउँपालिकामाको आजोजनामा दोस्रो फिक्कल महोत्सव आजबाट सुरु भएको छ । ‘सडक, शिक्षा र विजुली फिक्कलको पूर्पाधार, कृषि वन र पर्यटन समृद्धिको मूल आधार’ भन्ने मुल नाराका साथ आयोजना गरिएको महोत्सवको प्रतिनिधि सभा सदस्य गणेशकुमार पहाडीले उद्घाटन गर्नु भएको हो । महोत्सव फागुन १९ गते सम्म सञ्चालन हुने छ ।

आफ्नो सत्तामा ४ प्रतिशत आर्थिक वृद्धि गर्नेहरू अहिले आलोचनामा गर्छन्: अर्थमन्त्री - 2020-02-17

काठमाडौ,(प्रस): अर्थमन्त्री डा. युवराज खतिवडाले पछिल्लो समय ६ प्रतिशत भन्दा माथिको आर्थिक वृद्धिको वहस हुनु सकारात्मक भएको बताएका छन्। ललितपुरको हरिहरभवनस्थित सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको नयाँ भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले सरकारले ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको र बजारमा ६ प्रतिशत भन्दा माथिको बहस हुने गरेको बताए। उनले भने ‘राज्यसत्तामा रहँदा ३/४ प्रतिशत आर्थिक वृद्धि गर्नेहरु अहिले ८ प्रतिशत आर्थिक वृद्धि नहुने भन्दै आलोचना गर्न अगाडि सरेको देखिन्छ।’

६ सय २३ स्थानीय तहलाई २ अर्ब अनुदान - 2020-02-14

काठमाडौ,(प्रस): श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ६ सय २३ स्थानीय तहमा २ अर्ब रुपैयाँ सशर्त अनुदान पठाएको छ। शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गरी मन्त्रालयले आर्थिक वर्ष २०७६/०७७ का लागि स्थानीय तह अन्तर्गत रोजगार सेवा केन्द्रमा सूचिकृत भएका बेरोजगार व्यक्तिहरुलाई रोजगारी प्रदान गर्ने उद्देश्यले तत्कालका लागि २ अर्ब रुपैयाँ बाँडफाँड गरी सशर्त अनुदान पठाइएको जनाएको हो।

कृषि अनुदान दुरुपयोग : शीत भण्डारका लागि ६ कम्पनीसँग गरिएको सम्झौता रद्द - 2020-02-11

काठमाडौ,(प्रस): सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको अनुदान दुरुपयोग गरेको भन्दै ६ कम्पनीसँगको सम्झौता रद्द गरेको छ । शीतभण्डार निर्माणका लागि मोबिलाइजेसन रकम लिएर अपारदर्शी खर्च गर्ने कम्पनीहरुसँगको द्विपक्षीय सम्झौता तोडिएको हो । परियोजना अन्तरगत साझेदारीमा शित भण्डार गृह निर्माणमा गत वर्ष भएको सम्झौताअनुसार सन्तोषजनक प्रगति नदेखिएको कृषिमन्त्री घनश्याम भुसालका सचिवालय प्रमुख उपसचिव गंगा आचार्यले बताए । शीत भण्डार निर्माणको सम्झौता गरेका कम्पनीले सार्वजनिक खरिद ऐनको दुरुपयोग गरेको उनको आरोप छ ।

मेगा बैंकले घर निर्माण कर्जामा शतप्रतिशत फाइनान्सिङ गर्ने - 2020-02-09

काठमाडौ,(प्रस): मेगा बैंक नेपालले आवास तथा सवारीसाधन ऋणको नयाँ स्किम ल्याएको छ। ‘आफ्नो घर, आफ्नै गाडी, मेगा बैंकका साथमा बढाउनुस् पाइला अगाडि’ भन्ने नाराका साथ बैंकले ‘आवास तथा सवारीसाधन कर्जा योजना’ ल्याएको हो।

६० वर्ष पुगेपछि सार्वजनिक यातायात चलाउन प्रतिवन्ध, ट्राफिक नियम मिच्ने लाई पाँच हजार रुपैयाँ जरिवाना - 2020-02-05

काठमाडौ,(प्रस): सरकारले ६० बर्ष पुगेका व्यक्तिले सार्वजनिक यातायात चलाउन नपाउने व्यवस्था गर्ने भएको छ। यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था ऐनको मस्यौंदामा ६० वर्ष नाघेकाले सार्वजनिक यातायात चलाउन नपाउने व्यवस्था गरेको छ। यो व्यवस्था कार्यान्वयनमा ६० वर्ष नाघेपछि बस, ट्याक्सी, ट्रक लगायतका सवारी साधन चलाउन पाउने छैनन्। तर निजी सवारी साधनमा भने उमेरहद लागु छैन्।

बिनोद चौधरीले सञ्चालन गरेको लिमिटेड मोविलिटीको अनुमतिपत्र खारेज - 2020-02-04

काठमाडौ,(प्रस): सिजी कम्युनिकेशनले पाएको लिमिटेड मोविलिटी सेवाको ७ वटै अनुमति पत्र खारेज भएको छ। नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणले आइतबार लाइसेन्स खारेज गरेको हो। दूरसंचार ऐन, २०५३ को दफा २५ को उपदफा ५ अनुसार सिजीको लाइसेन्स खारेज गरिएको प्राधिकरणले उल्लेख गरेको छ। ‘२०७६ माघ १९ गतेदेखि लागु हुने गरी स्वतः रद्द भएको व्यहोरा सबैको जानकारीका लागि सूचित गरिएको छ,’ प्राधिकरणले जारी गरेको सूचनामा छ।

लगनशिलताका साथ होमस्टे सञ्चालन गर्न मेयर खत्रीको आग्रह - 2020-02-04

सिन्धुली,(प्रस): सिन्धुली जिल्लामा आजबाट पहिलो होम स्टे सञ्चालनमा आएको छ । कमलामाई नगरपालिका २ को ढुङग्रेभञ्ज्याङ्गमा भद्रकाली सामुदायिक होम स्टे सञ्चालनमा आएको हो । कमलामाई नगरपालिका, सिन्धुली उद्योग बाणिज्य संघ, कन्दमुल तरकारी विकास केन्द्र तथा श्री सिन्धुलीको सहजीकरणमा होम स्टे सञ्चालनमा आएको हो ।

सामाजिक सुरक्षा कोषमा आकर्षण कम - 2020-02-03

काठमाडौ,(रासस): तीन महिनाभित्र थप एक लाख श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने सरकारी लक्ष्य भेट्टयाउन मुस्किल देखिएको छ। पछिल्लो समय सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिक तथा रोजगारदाताको सङ्ख्या हेर्दा उक्त लक्ष्य हासिल गर्नु चुनौतीपूर्ण देखिएको हो।

ब्रोइलर कुखुराको मासु किलोमै ११० रुपैयाँ बढ्यो, सरकारले अनुगमन गर्ने - 2020-02-03

काठमाडौ,(प्रस): डेढ महिनाकै अवधिमा ब्रोइलर कुखुराको मासु किलोमा १ सय १० रुपैयाँ बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारवाही अगाडि बढाउने भएको छ। विभागले ठूला ह्याचरी र बिक्रेतालाई मूल्य बढ्नुको कारण पेस गर्न शुक्रबार निर्देशन दिएको थियो।

किसानलाई स्थानीय सरकारको प्रत्याभुती दिलाउँछौं: नगरप्रमुख खत्री - 2020-02-03

सिन्धुली,(प्रस): कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले किसानले उत्पादन गरेको तरकारी बिक्रि नभएमा नगरपालिकाले खरिद गर्ने बताएकाछन् । कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा तरकारी उपज बजारमा निर्माण गरिएको चिस्यान भण्डारणको आज उद्घाटनगर्दै नगरप्रमुख खत्रीले सो कुरा बताएका हुन् । तरकारी उत्पादन गर्नुस्, बिक्री नभएन भनेर चिन्ता लिनु पर्दैन, हामी तपाईहरुले उत्पादन गरेको तरकारी किनिदिन्छौं नगरप्रमुख खत्रीले भने । उनले किसानहरु निराश हुने दिन सकिएको बताउँदै कृषि पेशाप्रतिको बितृष्णा हटाएर सबैलाई स्थानीय सरकार भएको प्रत्याभुती दिलाउनेसमेत बताएका थिए ।

गैरकानुनी रूपमा भित्रिएका दुईवटा टेस्ला विजुली कार धादिङमा समातियो - 2020-01-30

काठमाडौ,(प्रस): गैरकानूनी रूपमा भित्रिएका दुईवटा टेस्ला गाडी धादिङको आदमघाट नियन्त्रणमा लिएर वीरगंज भन्सार कार्यालय फिर्ता लगिएको छ। अहिले भन्सार यार्डमा राखेर रिचेकको तयारी भइरहेको वीरगंज भन्सारका प्रमुख ढुण्डी निरौलाले बताए। ‘हामीले राती नै गाडी नियन्त्रणमा लिएर रिचेक गर्दैछौं,’ उनले बिजमाण्डूसँग भने, ‘हामीले फेरि आयातकर्ता कम्पनीलाई सबै कागजपत्र पेस गर्न भनेका छौं।’ उनका अनुसार कागजपत्रका आधारमा मात्रै गाडीको बारेमा निर्णय गरिनेछ।

१० युनिटभन्दा कम खपत गर्नेलाई निःशुल्क विद्युत - 2020-01-28

काठमाडौ,(प्रस): विद्युत प्राधिकरणले १० युनिटभन्दा कम विद्युत खपत गर्नेका लागि निःशुल्क दिने बताएकाे छ। धिकरणले प्रस्ताव गरेको नयाँ दरअनुसार प्रतिमहिना १० युनिटभन्दा कम खपत गर्ने ग्राहकका लागि निःशुल्क दिने बताइएकाे हाे।








Powered by: Exclusively Solution