अनौठो संसार




अन्तरिक्षमा 'बिग ब्याङ्ग' पछिकै ठूलो विस्फोट पत्ता लाग्यो


एजेन्सी :
वैज्ञानिकहरूले अन्तरिक्षमा भएको एउटा विशाल विस्फोटको प्रमाण फेला पारेका छन्। पृथ्वीबाट ३९ करोड प्रकाश वर्ष टाढा भएको सो विस्फोट यसअघिका कुनैपनि विस्फोटभन्दा पाँच गुणा ठूलो रहेको बताइएको छ। एउटा अत्यधिक ठूलो 'ब्ल्याक होल'बाट ठूलो मात्रामा शक्तिशाली ऊर्जा निस्किएपछि सो विस्फोट भएको वैज्ञानिकहरूले बताएका छन्। सो विस्फोटले ओफिउकस ग्यालेक्सी समूहमा विशाल भ्वाङ्ग पारेको थियो।

वैज्ञानिकहरूले यो विस्फोटसम्बन्धी निष्कर्ष 'एस्ट्रोफिजिकल जर्नल' मा प्रकाशित गरेका हुन्।

वैज्ञानिकहरूले ओफिउकस ग्यालेक्सी समूह केही अनौठो रहेको मान्दै आएका थिए। यो समूहमा हजारौँ ग्यालेक्सीहरू तातो ग्यास र 'डार्क म्याटर' ले बाँधिएर रहेको मानिन्छ।

पृथ्वीबाट टेलिस्कोपहरूले एउटा घुमाउरो किनारा देखेका थिए जसलाई वैज्ञानिकहरूले एउटा ब्ल्याक होलबाट ग्यास उत्सर्जन हुने खोक्रो स्थानको भित्ता रहेको हुनसक्ने अनुमान गरेका थिए। ब्ल्याक होलहरू भेटेका पदार्थहरू निल्नका लागि प्रसिद्ध भएपनि तिनबाट फोहोराजस्तो गरी विचित्र मात्रामा ऊर्जा र पदार्थहरू उत्सर्जन हुनेगर्छन्।

तर वैज्ञानिकहरूले सुरुमा त्यो खोक्रो स्थानको भित्ता रहेकोमा शङ्का गरेका थिए किनकि त्यो खाडलजस्तो खोक्रो स्थान हाम्रो आकाशगङ्गा ग्यालेक्सीभन्दा १५ गुणा ठूलो थियो।

र यसको अर्थ त्यहाँ भएको कुनै पनि विस्फोट अकल्पनीय रूपमा विशाल हुनु पर्ने हुन्थ्यो।

तर अस्ट्रेलियाको 'मर्चिसन वाइडफील्ड एर्रे' र भारतको 'जाएन्ट मिटरवेभ रेडियो टेलिस्कोप' बाट प्राप्त नयाँ तथ्याङ्कले सो खोक्रो भाग विस्फोटकै कारण भएको पुष्टि गरेको देखिन्छ।




Related Pictures:













Related News:

अस्ट्रेलियाका ६ जना नेपालीमा कोरोना संक्रमण - 2020-03-30

कोरोनाको लडाइँमा चिनियाँ अनुभव - 2020-03-30

नगरप्रमुख खत्रीद्धारा सिन्धुली अस्पताललाई तीन थान मोनिटर हस्तान्तरण - 2020-03-30

अत्यावश्यक पसल सहज खुल्न दिइने, एकरुपतामा राहत प्याकेज देशैभरि - 2020-03-30

“कोभिड-१९को उपचारमा मलेरिया प्रतिरोधी औषधि - 2020-03-29





मान्छेको पुनर्जन्म ? - 2020-03-01

हिन्दू दर्शनले अवतार र पुनर्जन्ममा विश्वास गर्छ । यो दर्शनले मान्छेको चौरासी लाख जुनीको परिकल्पना गरेको छ । तर यसरी नै हुन्छ भन्ने शाक्ष्य–प्रमाण चाहि दिन सकेको छैन । जतिखेर हिन्दू दर्शनले स्वर्ग, नर्क र पुनर्जन्मको परिकल्पना गर्दै थियो, त्यसैबेला वृहस्पतीले स्वर्ग, नर्क र पुनर्जन्म सब झुट हो भन्दै हिँडेका थिए । त्यसैले उनलाई चार्वाक दर्शनका संस्थापक भनिन्छ । हुन त चार्वाकलाई चारुवाक पनि भन्ने गरिएको छ ।

अन्तरिक्षमा 'बिग ब्याङ्ग' पछिकै ठूलो विस्फोट पत्ता लाग्यो - 2020-02-28

एजेन्सी :वैज्ञानिकहरूले अन्तरिक्षमा भएको एउटा विशाल विस्फोटको प्रमाण फेला पारेका छन्। पृथ्वीबाट ३९ करोड प्रकाश वर्ष टाढा भएको सो विस्फोट यसअघिका कुनैपनि विस्फोटभन्दा पाँच गुणा ठूलो रहेको बताइएको छ। एउटा अत्यधिक ठूलो 'ब्ल्याक होल'बाट ठूलो मात्रामा शक्तिशाली ऊर्जा निस्किएपछि सो विस्फोट भएको वैज्ञानिकहरूले बताएका छन्। सो विस्फोटले ओफिउकस ग्यालेक्सी समूहमा विशाल भ्वाङ्ग पारेको थियो।

आठ वर्षीया बालिकाको मासिक कमाई ७६ लाख - 2019-12-25

एजेन्सी : मानिसहरु काम पाउनको लागी दिनरात खटिएका हुन्छन् । यहाँ पैुसा कमाउन जस्तो काम पनि गर्न लागीपरेका हुन्छन् । तर, अमेरिकामा एक आठ वर्षिया बालिकाले एक महिनामा ७६ लाख कमाउँछिन् । वास्तवमा यी बालिकाले युट्युबबाट पैसा कमाएकी हुन् । उनी एनएजले निकालेको हाल मासिक आम्दानीको टप सुचिमा परेकी छिन् ।

बंगलादेशी राष्ट्रपति नेपाल आए, राष्ट्रपति भण्डारीले गरिन् विमानस्थलमा स्वागत - 2019-11-12

बंगलादेशका राष्ट्रपति अब्दुल हमिद ४ दिने भ्रमणका लागि मंगलबार आएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा हमिद नेपाल आएका हुन्। उनलाई विमानस्थलमै राष्ट्रपति भण्डारीले स्वागत गरेकी छिन्। उनको स्वागतका लागि उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ‌ओली, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना विमानस्थल पुगेका छन्।

विद्रोही नेताको छोराको विवाह पार्टीमा दुलाहा दुलहीद्धारा अत्याधुनिक हतियार प्रदर्शन - 2019-11-12

एजेन्सीः नेशनल सोशलिस्ट काउन्सिल अफ नागाल्याण्ड एनएससीएनका नेता बोहोतो किबाको छोरा बुहारी अत्याधुनिक हतियार एके ५६ र एम १६ असाल्ट राइफल बोकेर बिबाहको पार्टीमा देखिएको तस्बीर समाजिक सञ्जालमा भाइरल भएको छ ।

समय नपुगी जन्मिएका शिशुका लागि कृत्रिम गर्भाशय - 2019-11-08

एजेन्सी : द नेदरल्यान्ड्सका वैज्ञानिकहरूका अनुसार अबको १० वर्षमा कृत्रिम गर्भाशयको सहायतामा समय पुग्नुअघि नै जन्मिएका शिशुको जीवन जोगाउन सकिनेछ। गर्भ रहेको सामान्यतया ३७ हप्ताभन्दा अगाडि जन्मेका शिशुहरूको मृत्युदर उच्च छ। तर यो उपकरणले मानव प्रजननको भविष्यमाथि प्रश्न पनि उठाएको छ।

रोबोटलाई अनुहार दिने हो? डेढ करोड पाइन्छ - 2019-10-27

दि तपाईंलाई कुनै रोबोटले आफ्नो अनुहार जस्तै 'मास्क' लगाएर संसारमा अस्तित्व बनाउँदा केही आपत्ति हुँदैन भने करोडपति बन्न तयार हुनुस्। ‘गेओमिक’ नामक बेलायती इन्जिनियरिङ कम्पनीले अर्को एउटा कम्पनीसँग मिलेर बनाउँदै गरेको ‘स्टेट अफ द आर्ट हुमानोइड’ रोबोटको लागि नयाँ अनुहार खोजिरहेको छ। र यो अनुहार दिनेलाई उसले करिब डेढ करोड रूपैयाँ (एक लाख तीस हजार अमेरिकी डलर) दिने बताएको छ।

बृहस्पतिलाई उछिन्दै शनि - 2019-10-13

एजेन्सी : ब्रह्माण्डमा सबभन्दा बढी चन्द्रमा (उपग्रह) भएको ग्रह कुन हो? केही दिनअघि मात्र यसको जवाफ बृहस्पति थियो। तर अब शनिले उछिनेर सबभन्दा धेरै चन्द्रमा भएको ग्रह बनेको छ। अनुसन्धाताहरूका अनुसार शनिका २० वटा नयाँ उपग्रह फेला परेका छन्। बृहस्पतिलाई सन् १९९० को अन्त्यदेखि नै अत्यधिक उपग्रह भएको ग्रह मानिँदै आएको थियो।

नेपाली नानो स्याटेलाइटले थाल्यो पृथ्वीको परिक्रमा, ९० मिनेटमा पृथ्वीको एक चक्कर लगाउने - 2019-06-17

‘नेपालीस्याट-१’ ले दिनमा १६ पटक पृथ्वीमा चक्कर लगाउँनेनेपालको पहिले भू-उपग्रह ‘नेपालीस्याट-१’ले सोमबारबाट पृथ्वीको परिक्रमा गर्न सुरु गरेको छ । अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्रबाट नानो स्याटेलाइट अन्तरीक्षमा छाडिएको हो । जापानको जाक्साबाट सोमबार अपरान्ह ४ बजेर १९ मिनेटमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘गो’ भनेका थिए ।

सगरमाथामा हस्तमैथुन गरेको तस्वीर ११ वर्ष पुरानो ! - 2019-05-26

काठमाडौ,(प्रस): सामाजिक सञ्जाल र केही सन्चारमाध्यममा सगरमाथा शिखरमा सन् २०१९ को यही सिजनमा एक विदेशी युवकले ‘हस्तमैथुन गरेर विश्व रेकर्ड कायम’ गरेको भनी भाइरल बनाइएको तस्वीर ११ वर्षअघि खिचिएको खुलेको छ । पर्यटन विभागले सो तस्वीरको आधिकारिकता बुझ्ने क्रममा सन् २००८ मा खिचिएको पाइएको हो । विभागकी निर्देशक मिरा आचार्यले सो तस्वीरलाई अहिले भाइरल बनाउन खोजिएको भन्दै यसबारेमा प्रेस विज्ञप्ति जारी गर्न लागिएको बताइन् ।

यौन पेशा परिवर्तन गर्न चाहन्छन् वादी महिला - 2019-04-05

यौन पेशालाई प्रतिस्थापन गर्न नसकेको प्रदेशसभा सदस्य उमादेवी वादीको भनाइनेपालको कानूनले यौन पेशालाई गैरकानूनी व्यवसाय मानेको छ । त्यही भएर यौन पेशामा लाग्ने पुरुष तथा महिलाहरु लुकी लुकी यौन व्यवसाय सञ्चालन गर्दै आएका छन् । देशका प्रमुख शहरहरु काठमाडौं, भक्तपुर, ललितपुर, बुटवल, पोखरा, धरान, नेपालगञ्ज, धनगढी, विराटनगर लगायतका होटल तथा लजहरुमा यौन धन्दा लुकिछिपी रुपमा वर्षौदेखि सञ्चालन हँदै आएको पटकपटक समाचारहरुमार्फत बाहिरिएको छ ।

किरियापुत्री भेट्न जाँदा मन्त्रीको घाँटीमा माला - 2019-03-24

विराटनगर,(प्रस): ‘किरियापुत्री भेट्न जाँदा नी माला मोहले छाडेन छ कम्युनिस्ट नेतालाई ! यो तस्वीर आइतबार सामाजिक सञ्जालमा भाइरल नै भयो । …. खुइया’ लेखेर सरोज बस्नेतले एउटा तस्वीर ट्वीट गरे । किरियापुत्रलाई भेट्न जाँदा घाटीमा सयपत्री फूलको माला लगाएको तस्वीर सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको धेरैले आलोचना गरेका छन् ।

स्वयंवर सकेपछि बेहुली गायब ! - 2019-03-04

काठमाडौ,(प्रस): विवाहका निम्ति जन्तीहरु बेहुलीका घरमा पुग्छन् । बेहुली पक्षले राम्रै मान–सम्मानका साथ जन्तीको स्वागत गर्दै खाजा र खानासम्म खुवाउँछन् । तर, विवाह चाहिँ हुँदैन ।

बिबाहको ४ वर्षसम्म श्रीमानले यौनसम्बन्ध नराखेपछि आत्महत्या - 2019-03-03

एजेन्सी : मानव जीवनमा बिबाह पछि हुने सम्बन्धले ठुलो अर्थ राख्छ । बिबाहको ४ वर्षसम्म आफ्ना श्रीमानले आफूलाई छुनसम्म पनि नखोजेपछि ३२ वर्षकी एक बिबाहित महिलाले आत्महत्या गरेकी छिन् । उनले मर्नुअघि लेखेको सुसाइड नोटमा श्रीमानसहित त्यो परिवारका कसैले पनि आफ्नो शवलाई नछुनु भनी लेखेकी छिन् । भारतको राजधानी दिल्लीमा भएको यो घटनापछि यहाँ हुने गरेको घरेलु हिंसाको निकै विभत्स रुप बाहिर आएको छ ।

मरेका गैंडाको नमूना परीक्षण गर्न विदेश पठाइँदै - 2019-02-04

चितवन,(रासस):

ओबामा उपहारको पोको बोकेर बालबालिका भेट्न अस्पताल पुगे - 2018-12-20

एजेन्सी : अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले बासिंटन डीसीस्थित चिल्ड्रेन्स नेशनल अस्पताल पुगेर क्रिसमसको अवसरमा बालबालिकालाई उपहार बाँडेका छन्। सान्ता क्लजले लगाउने शीरमा रातो फ्लपी टोपी र काँधमा उपहारको पोको बोकेर उनी अस्पताल पुगेका थिए।

लुगा विवादमा इजिप्टकी अभिनेत्रीविरुद्ध मुद्दा, पाँच वर्ष जेल हुन सक्ने - 2018-12-05

एजेन्सी : इजिप्टमा आयोजित काहिरा फिल्म फेस्टिबलमा एक अभिनेत्रीले पारदर्शी कपडा लगाएको विषयमा बबाल भएको छ । अभिनेत्रीले व्यभिचारलाई उक्साएको भन्दै मुद्दा दायर गरिएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मंगल ग्रहमा अन्तरिक्ष यान अवतरण, नयाँ रहस्य पत्ता लाग्ने विश्वास - 2018-11-27

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको यान मंगलग्रहमा सफलतापूर्वक अवतरण गरेको छ । ‘इन्साइट ल्याण्डर’ नाम दिइएको अन्तरिक्ष यान नेपाली समयअनुसार मंगलबार बिहान करिब पौने २ बजेतिर मंगल ग्रहमा अवतरण गरेको हो । मंगल ग्रहको जमिन र आन्तरिक भागको अध्ययन गर्ने लक्ष्यसहित नासाले ‘इन्साइट ल्याण्डर’ नामक अन्तरिक्ष यान पठाएको हो ।

कागतीबाट मोबाइल चार्ज ! - 2018-09-04

एजेन्सी : स्मार्टफोनमा ब्याट्रि ब्याक–अपलाई लिएर धेरै समस्या आउने गरेको छ। कहिले काहि बिजुली नहुदा फोन चार्ज गर्न दिक्दार हुन सक्छ तर अब तपाई कागतीको प्रयोग गरेर फोनलाई सजिलै चार्ज गर्ने सक्नुहुनेछ । अमेरिकन एक आइटि बेबसाइटले इन्टरनेटमा एक भिडियो अपलोड गरेको छ । जसमा कागतीबाट कसरी फोनलाई चार्ज गर्ने देखाएको छ ।

प्रकाण्ड अदालतकाे परिसरबाटै तेस्राे पटक पक्राउ - 2018-09-04

काठमाडौ,(प्रस): नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड अदालतकाे परिसरबाटै तेस्राे पटक पक्राउ परेका छन्। सर्वोच्च अदालतले पटकपटक रिहाको आदेश दिए पनि प्रहरीले उनलार्इ कुनै न कुनै घटनाकाे अाराेपमा पक्राउ गरिरहेकाे छ। सोमबार नुवाकोट जिल्ला अदालतले रिहा गर्न आदेश दिएलगत्तै नेपाल प्रहरीले प्रकाण्ड’ लाई अदालतकाे परिसरबाटै पक्राउ गरेको हाे।

भेनेजुएलामा ‘महामहंगी’: एक हजारको नोटलाई प्रतिबन्ध - 2018-08-21

महंगी १० लाख प्रतिशतले बढ्ने अनुमानयदि तपाईंलाई महंगीले धेरै नै सताएको जस्तो लागेको छ भने भेनेजुएलामा तपाईंको कल्पना फेल खान सक्छ । भेनेजुएलामा महंगी मात्र होइन, ‘महामहंगी’ छ । त्यहाँको सरकारले महामहंगी नियन्त्रण गर्न योजना ल्याएको छ । तर, यसले जनतामा दुविधा बढाएको छ । धेरैले यो योजनाले कसरी काम गर्छ भन्ने प्रश्न उठाएका छन् ।








Powered by: Exclusively Solution