विचार




ओली सरकारका असफलता


प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको बागडोर सम्हालेको दुई वर्ष पूरा भएको छ । प्रधानमन्त्री ओली र उनीनिकटका मन्त्रीहरुले सरकारले दुई वर्षमा उल्लेख्य काम गरेको दावी गरिरहे पनि नागरिकको जीवनमा यो दुई वर्षमा के भिन्नता आयो ? यो कोणबाट हेर्दा सफलताभन्दा गुनासाका पुलिन्दा नै धेरै छन् । सरकारी दावीलाई जनताले पत्याइरहेका छैनन् ।


यसको उदाहरण त आफ्नो उपलब्धिको ब्याख्या गर्न आफै अघि सर्नुपर्ने, आफ्ना कामको प्रशंसा नगरिदिएको भन्दै ‘मन र मुटु नभएका सम्पादक’ भनेर पत्रकारहरुलाई आरोप लगाएको धेरै भएकै छैन । स्वयं पार्टीभित्र सरकारको कामको प्रशंसा गर्नेहरु छैनन् । आलोचकहरुलाई जवाफ फर्काउन अरिंगाल बनेर उत्रन उनले पटक पटक गरेका पदीय आचरणविपरितका अपीलले त्यसलाई पुष्टि गर्छ ।

अघि पछि सुरक्षाको क्याराभ्यान लगाएर चिल्ला गाडीमा दौडने प्रधानमन्त्री सडकमा धूलो नभएको बरु आफूलाई खिस्याउनकै लागि मुखमा मास्क लगाउने गरेको टिप्पणी गर्छन् । तर चिकित्सीय दृष्टिले प्रदूषित वायु र बिग्रँदो वातावरणका कारण नेपालीमा श्वासप्रश्वासका समस्या बढेको देखाउँछ । 

पूर्ववर्ती सबै सरकारभन्दा अत्यन्तै सहज समयमा सरकार चलाउन पाउँदा पनि ओली सरकारले आफ्नो तरक्की गर्न सकेको छैन । न त कुनै द्वन्द्व व्यवस्थापनको दबाब न त कुनै आन्दोलन वा सडक अराजकता ? उसलेसामना गर्नुपर्ने अफ्ठेरो केही छैन । बरु आफ्नै कारण नागरिकलाई सडकसम्म लतार्छ सरकार । चाहे गुठी विधेयक होस् वा मिडिया कानुन या नागरिकलाई माइतीघर मण्डलामा प्रदर्शन गर्न नदिने उर्दी ! यि सबै जनता भड्काउने खेलो मात्र थिए ।

सपनाको पुलिन्दा होस् वा सरकार बने लगत्तै रसुवागढीमा उभिएर केरुङतिर देखाउँदै हौसिएर अबको दुई वर्षमा यही बाटो हुँदै काठमाडौं रेल जोडिन्छ भन्दै छाडेको गफले आफैलाई गिज्याँदैछ । चुलाहरुमा पाइपलाइनबाट ग्याँस जोड्ने कुरा होस् वा समुन्द्रमा पानीजहाज दौडाउने कुरा त्यसका लागि कति समय र लागत लाग्छभन्दा पनि सस्तो लोकप्रियताका लागि बोलिदिने विषयमा सीमित भयो । सरकारी प्राथमिकताहरु प्रष्ट भएनन् । सुबिधासम्पन्न शिक्षालय र स्वाथ्यकेन्द्र जरुरी कि भ्यू टावरहरु ? सरकार अन्धाधुन्ध रुपमा डाँडाकाँडामाथि टावर ठड्याउने बाटोमा लाग्नुले त्यसतर्फ ईंगित गर्छ । 

जनतालाई प्याज, लसून, तरकारीदेखि खाद्यान्न सुलभ ढंगले उपलब्ध गराउन नसकेर कालोबजारी आकाशिएको विषय प्राथमिकतामा परेन । उखु किसानले दशौं वर्षदेखि भुक्तानी नपाएको, बिरामी नागरिकले औषधिमूलो नपाएको, कोरानाको त्रासमा चीनमा पल पलमा मरिरहेका नागरिकको उद्धार चाँडो गर्नेभन्दा सरकार अन्यत्रै भौतारिरह्यो । 

विपक्षी कांग्रेसले त सरकारको २१ असफलता भन्दै जनताबीचमै लग्यो । उपनिर्वाचनको समयमा गाउँ गाउँ पुर्‍याइएको सरकारी असफलताका सूचीमा राष्ट्रियता, सत्ताको सैद्धान्तिक चरित्र, संघीयता कार्यान्वयनमा देखिएको जटिलता, शान्ति सुरक्षा, महंगी नियन्त्रणमा विफलता, अनियन्त्रित भ्रष्टाचार, राष्ट्रिय परियोजनामाथि खेलवाड, प्रेस स्वतन्त्रताको हनन, शेयर बजारसहितका आर्थिक सूचकांकमा गिरावट लगायत थिए । 

पाँच वर्ष एकलौटी सरकार चलाउने मौका पाएको सरकारका लागि दुई वर्ष भनेको मुलुक विकासका लागि आवश्यक आधार बनाउने र जनतामा भरोसा दिलाउने समय हो । तर त्यो कोणबाट सरकारप्रति भर गर्न सक्ने अवस्था देखिन्न । 

शान्ति सुरक्षाको ठूलो चुनौति खेप्नु नपरेको सरकार कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको दोषी पक्रनसम्म सक्ने अवस्थामा देखिएन । बरु बालिका, युवती र महिला बलात्कारका घटना झन् बढे । गैरन्यायिक हत्याको अवस्था सुध्रन सकेन । दलका कार्यकर्ताबीचको झडपमा झण्डै दर्जन व्यक्ति मारिए । ‘फेक इन्काउन्टर’, बलात्कार, एसिड आक्रमण, हत्याका श्रृंखला रोकेर बलियो सरकार रहेको आभास दिन सकेन । 

यातायात क्षेत्रको सिन्डिकेट हटाउने घोषणा व्यवहारमा लागु भएन । उपभोक्ता हित र अधिकारको विषय प्राथमिकतामा नै परेको देखिन्न । अखाद्य वस्तु र विषादीयुक्त खानेकुराले शहर गाउँका बजार भरिएको छ । सबैभन्दा जोखिममा किसान छन् । न त उत्पादन राम्रो, न गरिएको उत्पादनकै उचित मोल । आफ्नो खलियानबाट उद्योगीले उठाएर लगेको उखुको पैसा पाउन सिंहदरबारमै पुगेर आन्दोलन गर्नुपर्ने बिडम्बनाले प्रदेशदेखि स्थानीय सरकारसम्मको धोती खुस्कियो ।

आफ्नो उपलब्धि दर्शाउन सकारात्मक तथ्यांक खोजी खोजी हिड्ने ओली सरकारले यत्तिको सहज वातावरणमा पनि जनतालाई राहत दिन सकेन । आकाश छुने तरकारी र फलफूलको भाउ नियन्त्रण गर्न बिचौलियाको कब्जाबाट निकाल्न सकेन । नयाँ उद्योगधन्दा, कलकारखानाका लागि लगानीकर्ता अघि नसर्दा रोजगारी सृजना गर्न सकेन । बरु युवा मानव पुँजी विदेश पलायनको अवस्था उस्तै रह्यो । 

‘भ्रष्टाचार गर्न प्रधानमन्त्री भएको होइन, भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्न ।’ भन्ने प्रधानमन्त्रीको शासनशैली मात्र पारदर्शी नभएको होइन, दर्जनौं भ्रष्टाचारका काण्ड, सरकारी सम्पत्ति, स्रोत र साधनको चरम दुरुपयोगको घटनाहरु सार्वजनिक भइरहे । अख्तियार, महालेखा जस्ता संवैधानिक निकायका प्रतिवेदनहरुले सरकार सुशासनमा सफल भएको देखाएको छैन । एउटा व्यक्ति पोस्न सिंगो राज्य संयन्त्र कसरी लिप्त भएको छ भन्ने त नेपाल ट्रष्टको सम्पत्ति यती समूहलाई सुम्पिएको र त्यसको बचाउमा प्रधानमन्त्रीदेखि मन्त्रीहरु घुँडा धसेर लागेको देख्दा थाहा हुन्छ । ३३ किलो सुन प्रकरण सरकारलाई गिज्याउने अर्को मानक बनेको छ । 

नागरिक अधिकार कटौति गर्नेगरी ल्याइएका विधेयकहरुले दिशा कता भन्ने प्रश्नको घेराबाट सरकार उम्किन सकेन । सरोकारवालासँगको सहमति बेगर नै ल्याएको गुठी विधेयक होस् वा मानवअधिकार आयोग विधेयक या मिडियासँग जोडिएका विधेयक सबैले सरकारको नियतमाथि प्रश्न उब्जाएको छ । नागरिकता, मिडिया काउन्सिल, सूचना प्रविधि, विज्ञापन, गोपनियता, विशेष सेवा दल जस्ता विधेयक जसले नागरिकका अधिकारमाथि बन्चरो हान्ने काम मात्र गरेको छ । 

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन गराउन भइरहेको गलफत्ती र बीआरआईमा तीन हातमाथि उफ्रिएर गरिएको समर्थनले सरकारको स्वतन्त्र परराष्ट्र नीतिमाथि प्रश्न उठेको छ । 

संविधान कार्यान्वयनको सन्दर्भ पनि विवादित छ । प्रदेश सरकारहरु संघीय सरकार आफ्ना अधिकार खुम्च्याउने खेलमा लागेको आरोप लगाउँदैछन् । वाग्मती प्रदेशको नामाकरणको सन्दर्भ होस् वा अरु अनिर्णित प्रदेशहरु, प्रधानमन्त्रीको चासो प्रतिबिम्बित छ । प्रदेशका मन्त्री नियुक्तिमै पनि उनीहरु स्वतन्त्र छैनन् । संघीयतामा जाँदा अधिकारविहीन बनाइएका जिल्लाका केही संरचनाहरुलाई अधिकार थप्ने काम भइरहेका छन् । शिक्षा, स्वास्थ वनलगायत क्षेत्रमा स्थानीय तहको अधिकार विस्तारै खुम्च्याइएको छ । 

राष्ट्रपति संस्थालाई विवादित विषयमा तान्दा संस्थाको मर्यादा, गरिमा, सम्मानमा आँच आउन थालेको छ । क्रमशः राष्ट्रपतिलाई कार्यकारीका अधिकारहरु नजानिँदो ढंगले प्रयोग गर्न मिल्ने बाटो खोलिदै छ । राष्ट्रपतिले चाहेको बेलामा विद्यालयलाई बक्सिस दिन पाउने व्यवस्था होस् वा मन्त्रीमा आफूनिकटका मान्छे राख्नेदेखि सभामुख प्रकरण यससँग जोडिएको सन्दर्भ आलै छ ।

शक्ति पृथक्कीकरणको सिद्धान्तमा सरकारलाई विश्वास नभएको जस्तो व्यवहारहरु हुन थालेको छ । कतिपय सन्दर्भमा संसद कार्यकारिणीको छायाँ जस्तो देखिन्छ । दुनीयाँले देख्ने गरी सरकारी स्वार्थ सभामुखमार्फत् कार्यान्वयन गर्न लगाउँदा शक्ति पृथक्कीकरणको मान्यता नै बिथोलिने अवस्था आएको छ । अदालतमै सरकारको छायाँ परेको राम्रैसँग देखिन्छ । अख्तियारले पछिल्ला दिनमा गरेका केही निर्णयमा कार्यकारी स्वार्थको झल्को पाइन थालेको छ । 

संस्थागतको सुधारभन्दा अधिकार एकीकृत/केन्द्रिकृत गर्ने भूत प्रधानमन्त्रीमा सवार छ । संस्थाहरु बलियो बनाउनेभन्दा आफू बलवान् बन्ने धूनमा प्रधानमन्त्री छन् । 

दुई वर्षको अवधिमा सरकारबाट भएका उपलब्धि

चिनियाँ राष्ट्रपति सी चिनफिङले २५–२६ असोज २०७६ मा गरेको नेपाल भ्रमण उपलब्धि हो । दुई दशकभन्दा लामो समयदेखि नभएको उत्तरी छिमेकी चीनका राष्ट्रपतिको भ्रमण गराउनु उपलब्धि हो । यद्यपि भ्रमणबाट हामीले कति फाइदा लिन सक्यौं अर्को विषय होला । 

२०७२ सालको भूकम्प पछिको पुनर्निर्माणमा भइरहेको कामलाई पनि प्रगतिका रुपमा अर्थ्याउन सकिन्छ । सुशील कोइराला सरकारको पालामा शुरू भएको नेपाल–भारत पेट्रोलियम पाइपलाइन ओलीकै कार्यकालमा जोडिने अवस्था हुनु राम्रो पक्ष हो । 

संविधान घोषणापछि बनाउन बाँकी रहेका ऐन कानुनहरुको निर्माण । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम राम्रो भए पनि पूर्ण कार्यान्वयनमा जान अझै कठीन देखिएको छ । 

स्वतन्त्र मधेशको नाममा तराईमा पृथकतावादी राजनीति गरिरहेको सीके राउतलाई राजनीतिको मूलधारमा ल्याउनु राम्रो काम हो । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितासफलतापूर्वक सम्पन्न हुनु पनि सफलताको सूचकांक हुनसक्छ । 

विकासका कामतर्फ भेरी–बबई सिँचाई आयोजनाको सुरुङ खोल्न भएको प्रगति, नागढुंगा सुरुङ मार्गको ठेक्का सम्झौता, छहरे टोखा सुरुङ मार्गको काम थाल्ने विषयले आशा जगाएको छ । तर मेलम्ची खानेपानी, हुलाकी राजमार्ग, काठमाडौं निजगढ द्रूतमार्ग जस्ता आयोजनामा भइरहेको ढिलाइले भने सरकारका कामप्रति भरपर्ने अवस्था भने दिएको छैन । 

फागुन ३ गते दोस्रो इनिङ शुरु गरेको दुई वर्ष पूरा भएसँगै प्रधानमन्त्री ओली नेपालको सत्ता इतिहासमा गिरिजाप्रसाद कोइरालापछि सबैभन्दा लामो समय कार्यकारी प्रधानमन्त्री बन्ने रेकर्ड बनाउँदै छन् । कोइरालाले २०४८ जेठ १५ देखि २०५१ मंसिर ८ गतेसम्म लगातार ३ वर्षभन्दा बढी सरकार चलाएका थिए । त्यस यता अरु कुनै सरकारले पनि यति समय सरकार चलाउन पाएनन् । अरु सरकारको आयु ९ देखि १८ महिनासम्मको थियो । यस्तोमा प्रधानमन्त्री र मन्त्रीहरुले पाएको ऐतिहासिक अवसरलाई मुलुक निर्माणमा र रुपान्तरणमा जसरी प्रयोग गर्न सक्नुपर्दथ्यो त्यसमा भने चुकेको देखिन्छ ।




Related Pictures:













Related News:

राष्ट्रपतिद्वारा देशवासीलाई सम्बोधन - 2020-04-03

सशस्त्र प्रहरी र सिकारी समूहबीच गोली हानाहान - 2020-04-03

'पाेखरामा कोरोना भाइरसको पोजेटिभ केस छैन': स्वस्थ्य मन्त्रालय - 2020-04-03

जिटुजी गरिसकेपछि नेपाली सेनालाई औषधी ल्याउने जिम्मा दिइनु गलत: पूर्व प्रधानमन्त्री झलनाथ खनाल - 2020-04-03

कोरोनाभाइरसबारे सहयोग माग्ने अमेरिकी युद्धपोतका कमाण्डर यसकारण भए 'जिम्मेवारीमुक्त' - 2020-04-03





आरुबाटेलाई पसलेले सोध्छ्न् कान्छा मासु कति राखौं ? - 2020-04-03

अरुणकुमार थिङ्ग:फुलपातिको अघिल्लो दिन बेलुका आरुबोटे कान्छाकी बुढी ठुली साझमा घर आउछिन र एउटा पोका फुकाउदै भन्छिन :यो सटपाईट बिसाललाइ,यो कुर्तासरवाल ललितालाइ,यो लुङ्गी बुढालाई।विशाल खुशी हुँदै नयाँ कपडा लाउछ्न,बुवा अँध्यारो मुख लगाएका छ्न ,यतिकैमा ललिताको मनमा प्रश्न उठछ र सोध्छिन आमा हामीलाई त लुगा किनेर ल्याउनुभयो तपाईंलाई खोइ?ठुली भन्छिन:मैले पोहोर नै चारवटा सारी किनेकी छु नानी अझै दुइटा बाकी छ।

कोरोना भाइरस, पत्रकारको सुरक्षा र राहत प्याकेज - 2020-04-02

रामप्रसाद दाहाल:कोरोना भाइरस कोभिड उन्नाईसको महामारीबाट विश्व नै त्राहिमाम बनिरहेको बेला नेपाल त्यसबाट अछुतो रहन सकेन । यो त्रास कम गर्न, कोरोनाले ल्याएको विनास र त्यसको रोकथामका लागि सरकारले गरिरहेको प्रयास र लिइरहेको पहल जनता समक्ष पुर्याउने र नागरिकको सूचनाको अधिकारको सम्मान गर्ने दायित्व संचारकर्मीहरुले निर्वाह गरिरहेका छन् ।

वकिल बावुलाई डाक्टर छोराले यसरी लेखे चिठ्ठी: विरामीहरुको सेवा गर्दागर्दै शहिद भइएछ भने पनि गर्व को कुरा हो - 2020-04-02

डा. विप्लब लामिछाने, सिभिल अस्पिटल, बानेश्वरहाम्रो प्रिय कम्युनिष्ट सरकारका स्वास्थ्यमन्त्रीज्युले स्वास्थ्यकर्मीलाई पीपीई दिने कुरा हप्तादिन वितिसक्दा पनि प्रत्यक्ष देख्न पाइएको छैन, वरु यो पीपीई के हो भात पकाउने एफ्रोन भनेको सुन्न पाइयो । अनि एक नेताका परिवारले पीपीई लगाएर फेसवुकमा तस्वीर हालेर नाचेको देख्न पाइयो । त्यो पीपीई नेपालकी एक फ्लारेन्स नाइटिङ्गेललाई दिएको भए हुन्थ्यो ।

एसइई सम्बन्धि भ्रामक र असंवेदनशिल प्रचार गरियो - 2020-04-02

गिरिराजमणी पोखरेल:कोरोना महामारीलाई फैलन नदिन मन्त्रीपरिषदको निर्णयद्वारा चैत्र ११ गते बाट सुरु भएको लकडाउन पछिल्लोपटक म.प. ले थप हप्ता दिनलाई बढाएर २५ गते सम्म लाई निरन्तरता दिएको निर्णय सर्वबिदित नै छ। ।कोरोना महामारिका बिच उचित ब्यवस्थापन गर्दै चैत्र ६ बाट गर्न लागिएको एसइई परिक्षा ,तत्कालीन परिस्थितिको उच्च नेतृत्बाट गरिएको बिश्लेषण साथै मन्त्रालय र राष्ट्रिय परिक्षा बोर्डको समिक्षा पश्चात् स्थगन गरेको जानकारी पनि सबैमा रहेकै छ।

डाक्टर छोरालाई बाबुको चिठ्ठी, युद्धपछीकाे विजय उत्सवमा भेटाैला - 2020-03-31

विश्वम्भर लामिछाने:मलाई राम्रो थाहा छ, कोभिड–१९को कारण विश्वमा मानव जाति माथि ठुलो विपत आइपरेको छ। यसको सामना गर्न विश्वका माहाशक्ति राष्ट्रहरुलाई चुनौती बनेको छ। आणविक शस्त्र–अस्त्र निमाणको लागि बनाइएका भट्टीहरु यस युद्घमा निस्काम भएका छन्। यो महामारीको त्रासबाट भयभित भई सो भाइरसको सामना गर्न म स्वयम तिमी बाहेकका परिवारका सदस्यहरुलाई लिएर होम क्वारेन्टाइनमा बसी, महाभारतको यूद्धमा धृतराष्टले दरवार भित्र बसेर संजयको माध्यमबाट नरसंहार हेरेझै म पनि टुलु टुलु कोभिड–१९को कारण विस्वमा भएको नरसंहार हेरी बस्न विवस छु।

कोरोना कहर र नेताको रहर - 2020-03-31

डा. गोपालकृष्ण सिवाकोटी:शुरूमा "चाइनिज भाइरस्" भन्दै खिल्ली उडाउदै गर्दा आज आएर अमेरिकामा मृत्युलाई १ लाखमा सीमित गर्न सकियो भने त्यो सफलता हुने घोषणा गर्नु पर्‍यो राष्ट्रपति स्वयंले ! त्यो पनि करिव २५ सयको मृत्यु र ढ़ेढ लाखको हारहारीमा संक्रमित भैसकेपछी !“न्युयोर्क शहरलाई "क्वारेन्टाइन" गर्नु भनेको "अविवेकी" र "अमेरिका विरोधी" कदम हुन जान्छ-यसले स्टक मार्केट ध्वस्त बनाउंछ र अर्थतन्त्रलाई धरासायी बनाउंछ" भन्दै गभर्नरले मुनाफ़ामुखी वक्तब्य जारी गर्दै गर्दा दैनिक दर्जनौको मृत्यु भैरहेको तथ्य नज़रांदाज गरिएको छ ।

कोरोनाले उँचो र निचो भन्दैन, त्यसैले जिम्मेवार बनौं - 2020-03-31

प्रदीप कटुवाल:नेपाल उच्च जोखिममा रहेको कुरा विश्व स्वास्थ्य संगठनले वताएको केही दिनपछि नेपालमा पनि कोरोना भाइरसका ५ जना संक्रमित देखिए । यस रोगले जतिसुकै बलिया र धनी देश भएपनि उनीहरुलाई आच्छु आच्छु पारिरहेको छ । हतियार र सेनाको बलमा बिश्वमा साम्राज्य फैलाउन खोजेको अमेरिका जस्ता देशहरु अहिले कोरोना संक्रमणबाट हारगुहार गरिरहेका छन् । औषधी र डाक्टरको अभाव भइरहेको छ । स्वास्थ्य क्षेत्रमा विश्वमै अब्बल मानिएको युरोपेली देश इटलीमा त्यहाँको सरकारले नसकेपछि चिनबाट डाक्टर र औषधी बोकेर ठूलो टोली पुगिसकेको अबस्था छ ।

कोरोना संक्रमणः नगरवासीको सुरक्षा र मेरो जिम्मेवारी - 2020-03-30

खड्गवहादुर खत्री:हामी अहिले सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो चुनौती भनेको विश्वब्यापी कोरोना भाइरसको संक्रमण हो । संसार भरी डढेलो लागे जसरी सल्किएको यो संक्रमण हाम्रो देश नेपालमा पनि भित्री सकेपछी हामीले पनि अत्यन्त र अत्यावश्यक सजगता अपनाउँदै छौं । यो सजगता भनेको हाम्रो समझदारी र चेतना मात्र हो ।

कोरोनाको लडाइँमा चिनियाँ अनुभव - 2020-03-30

हि लेइ: विश्वको शक्तिशाली देशहरूको समूह जी ट्वेन्टीको मार्च २६मा सम्पन्न विशेष शिखर सम्मेलन एक धेरै महत्वपूर्ण, समयानुकूल र उल्लेखनीय बैठक थियो । जी ट्वेन्टीको २० वर्षे इतिहासमा यो बैठक दुई किसिमले पहिलो पटक भयो । पहिलो यो शिखर सम्मेलन भिडियो कन्फ्रेन्सको रूपमा पहिलो पटक भयो । दोस्रो, विषय कोभिड–१९बाट पार पाउने शीर्षकमा यो सम्मेलन पहिलो पटक भयो ।

कोरोना संक्रमण: सम्पत्ति त भोलि कमाउन सकिन्छ ... - 2020-03-27

दामु चौलागाई: बिश्व अहिले क्वारेन्टाइनमा गएको छ तर केही साथीहरु र परिवारलाई यो समय दशैको उत्सव जस्तो भोजभतेर गर्ने तथा रमाइलो गर्ने अवसर लागेको छ तपाईंको संचित खाना बिहान बेलुकी हातमुख जोड्न नसक्नेलाई काम नलागेपनि यो महामारी छिटो नियन्त्रणमा आएन भने भोलि के हुन्छ ? परिकल्पना गर्नुहोस् ।

कोरोना संक्रमण, थप सचेतना आवश्यक - 2020-03-27

गुप्तवहादुर श्रेष्ठअब गर्मी लाग्यो । झिंगा, लामखुट्टे र भुसुनाको प्रकोप बिस्तारै बढ्ने छ । तराईतर्फ र सहरी क्षेत्रमा बढी सकेको छ । कोरोनाका रोगीले राल, खकार, सिंगान जहाँ पायो त्यतै फाल्ने गरे भने त्यस्तो राल सिंगान हुँदै झींगा, लामखुट्टेको माध्यमबाट पनि लाखौं भाइरस अर्को घर वा मान्छेसम्म पुग्ने र झनै भयावह हुने भएकोले झींगा लामखुट्टेको पनि उपचार हुन आवश्यक छ ।

लकडाउनको पूर्ण रुपमा पालना गरौं, तब मात्रै हामीले घरभित्र पसेको काललाई लखेट्न सक्छौं - 2020-03-27

उज्ज्वल बराल, सभापति, नेपाली कांग्रेस सिन्धुलीबूढापाकाले गाउँघरमा भन्ने गर्थे, ‘काल बाजा बजाएर त आउँदैन !’ तर अहिले हामीले त्यो उखानलाई असत्य सावित गरिरहेका छौं । छिमेकी राष्ट्र चीनको वुहान शहरबाट देखिएको कोरोना भाइरस विश्वभर एकपछि अर्को देश हुँदै आइरहेको छ । हामी त्यो महामारी अर्थात काल आएको टुलुटुलु देखिरहेका छौं अनि भनिरहेका छौं, हामीलाई लिनका लागि काल आइरहेको छ,

कोभिड-१९, म र मेरो चिन्तन - 2020-03-26

प्रल्हाद पोखरेल :सायद मैले यो लेखी रहदा कोभिड-१९ ले प्रभाव पारेको मानिसको संख्या ५ लाखको हाराहारीमा पुगिसकेको छ भने,मृत्यु हुनेको संख्या २०,००० को नजिक पुग्नै लागेको छ । १९० मुलुकहरूमा आफ्नो साम्राज्य जमाइ सकेको छ कोभिड -१९ ले । यो कुनै वर्ग समुदाय या रङ्गको आधारमा फैलिएको नभै सबैलाई संक्रमित तुल्याएको छ । यो यसै गर्दा निको हुन्छ भनेर ठोकुवा गर्ने अहिलेसम्म कुनै भरपर्दो औषधिको आविष्कार भएको छैन तथापि प्रयास जारी छ । करीब करीब बिश्वनै लक्ड डाउनको अबस्थामा छ ।

लकडाउन : के गर्न मिल्छ, के मिल्दैन ? - 2020-03-23

सरकारले मंगलबार बिहान ६ बजेदेखि देशभर लक डाउन गर्ने निर्णय गरेको छ। यस्तो अवस्थामा घर बाहिर निस्किन मिल्दैन। सरकारले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन भनिसकेको छ। मङ्गलबार बिहान ६ बजेदेखि यही चैत १८ गते बिहान ६ बजेसम्म लागू हुने गरी अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन सरकारले आदेश जारी गरेको हो।

राष्ट्रका नाममा प्रधानमन्त्रीले गरे सम्बोधन - 2020-03-20

सरकारले चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै कार्यालय बन्द गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई सम्बोधन गर्दै संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्न आग्रह गरेका हुन् ।

कम्युनिस्ट पार्टी र विचारको सङ्घर्ष - 2020-03-07

कम्युनिस्ट पार्टी वैचारिक सङ्घर्षको निरन्तरता हो । वैचारिक बहसले ल्याएको विवादले कम्युनिस्ट पार्टीलाई विचारमा खार्छ । जब वैचारिक संघर्ष संगठनमा अनुपस्थित हुन्छ त्यही दिनदेखि विचारका आधारमा कम्युनिस्ट पार्टी रहदैंन ट्रेड मार्कको आधारमा रहनु अपवाद हो । यसरी नेपालको कम्युनिस्ट पार्टीमै पनि कैयन पटक पार्टीमा विवाद भयो । कैयन पटक मिल्यो तर फेरि पनि नेपाल कम्युनिस्ट पार्टी कायम रहेको छ ।

राजनीति ब्यक्तिगत लाभका लागि होईन - 2020-03-05

नवराज थिङ:नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको निर्णय र प्रधान मन्त्री अोलीले गरेको अवज्ञाले यतिखेर नेपाली राजनीतिको अाकासमा कालो बादल मडारिन थालेको अाभास भएको छ । पद्धतिगत हिसावले हेर्दा प्रधानमन्त्रीले पार्टीको निर्णय लागू गर्नु पर्ने हुन्छ । अवज्ञा गर्न खोज्नु अर्घेल्याई नै होला । तर सत्ता सञ्चालन गरिरहेको पार्टीले गरेका निर्णयहरू कति जायज छ त ?

यसरी स्मरण गरे सहिद सम्झना लाई - 2020-03-05

नवराज थिङ:तत्कालीन नेपाली काङ्ग्रेसको गिरिजा सरकारले भारत भ्रमणका बेला अापसी सम्झौताको नाममा गोप्य टनकपुर सन्धी गरेको थियो ।राष्ट्रहीत बिपरित भएको सन्धीको भेद खुलेपछि तत्कालीन पार्टीहरू नेकपा एमाले ,संयुक्त जनमोर्चा नेपाल लगाएत बाम गठबन्धनले सन्धी खारेजीको माग राख्दै राष्ट्रब्यापी अान्दोलन गरेको थियो । अान्दोलनको कार्यक्रम अनुसार २०४९ फाल्गुन २२गते देशैभरि जिल्ला प्रशासन कार्यलय घेराउ कार्यक्रम थियो । कार्यक्रम अनुसार सिन्धुलीमा पनि घेराउ कार्यक्रममा अान्दोलनकारीहरू जि. प्र. का.सिन्धुलीको गेटमा थिए ।

बामदेव नेकपा सचिवालयका तुरुप ! - 2020-02-24

नेकपा नेता वामदेव गौतम सत्ता बाहिर रहन रुचाउने नेता होइनन् । सत्तामा बसिरहनुपर्ने गौतम आम निर्वाचनमा बर्दियाबाट हारेपछि संसदमा र सरकारमा प्रवेश गर्न सकिरहेका छैन । यही कारणले उनमा सांसद बन्ने र त्यसपछि प्रधानमन्त्री बन्ने हुटहुटी जागेको जाग्यै छ । चुनाव हारेका गौतममा पार्टी एकतापछि थप बेचैनी र अस्थिरता देखिएको छ । उनी कहिले ओली पक्षमा त कहिले प्रचण्ड पक्षमा उभिने गरेका छन् ।

समाचार विश्लेषण: प्रधानमन्त्री ओली आफैंले थापेको एम्बुसमा फस्दै ! - 2020-02-24

आफ्नै पुख्र्यौली जन्मथलोमा ६९ औं जन्मोत्सव मनाइरहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अहिले आफैंले थापेको धरापमा फस्न थालेको छ । यो धराप आफ्नै आन्तरिक र बाह्य दुबै पक्षले यसरी थापिदिएका छन् कि यसबाट उम्कन उनलाई निकै मुस्किल पर्नेछ ।

कान्तिपुर मिडिया ग्रुपको निन्दनीय हर्कत - 2020-02-19

काठमाडौ,(प्रस): संसार जानकार छ कि कोरोना भाइरसको आक्रमण विरुद्ध हाम्रो घनिस्ठ मित्र देश चीन सम्पूर्ण शक्ति खर्चेर लडिरहेको छ । अप्रत्याशित रुपमा विपत्ति सरह कोरोना भाइरस फैलिदै गर्दा राज्यशक्तिको सम्पूर्ण प्रयास कोरोना विरुद्ध परिचालन गरेकै कारण यो भाइरस महामारी हुन पाइरहेको छैन । चीनले भाइरस नियन्त्रणमा आशातित सफलता हासिल गर्दै गइरहेको छ । चीनले भाइरस नियन्त्रणमा गरेको अथक प्रयासलाई विश्व स्वास्थ संगठनदेखि सिङ्गो अन्र्तराष्ट्रिय जगतले मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् ।








Powered by: Exclusively Solution