क्राइम स्टोरी




क्राइम स्टोरी: मन्त्री बस्नेतकै आडमा बन फँडानी !


सिन्धुली:
हरियो बन नेपालको धन भनेर सयौं वर्षदेखी राज्यसञ्चालक र बन क्षेत्रको संरक्षणमा लागेकाहरुले फलाक्न अझै छोडेका छैनन् । बन क्षेत्रको संरक्षण र प्रर्वद्धनका लागि सरकारले अर्बौ रुपैयाँ खर्च पनि गरेको छ । तर अहिले सरकार संरक्षीत त्यही बन सरकारी अधिकारीहरुकै सहयोगमा तस्करहरुको धनका रुपमा परिणत हुन थालेको छ । सिन्धुली जिल्लामा रहेको बन क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्नका लागि दुईवटा डिभिजन र प्रत्येक स्थानीय तहमा एक जना रेन्जर राखिएका छन् । तर उनीहरुको काम ठेकेदार र बन समितिका पदाधिकारीसँग समन्वयगरी बन बिनास गर्ने मात्रै रहेको आरोप लाग्न थालेको छ ।


डिभिजन वन कार्यालय, सिन्धुली को छविको परिणाम

सिन्धुली सदरमुकाम र मरिक्षण क्षेत्रमा रहेका दुई डिभिजन कार्यालयले जिल्लाका सबै स्थानीय निकायमा रहेका रेन्जरलाई  खटाउने गर्दैआएको छ । तर तीनै रेन्जरको सहयोगमा सिन्धुलीको तीनपाटन, मरिण गाउँपालिका तथा दुधौली र कमलामाई नगरपालिका क्षेत्रमा अहिले बन फँडानी तीब्र भएको छ । दुघौलीको ४, तीनपाटनको १, मरिणको ७ र कमलामाईको ३ वटा सामुदायिक बन समितिमा अहिले काठ काट्नका लागि डिभिजन बन कार्यालयले अनुमति दिइसकेको छ । 

समाचार स्रोतका अनुसार तोकिए भन्दा बढी रुख काटिएको भन्दै डिभिजन बन कार्यालय सिन्धुलीमाढीले दुई साता अडाडि कमलामाई अन्र्तगतको मैनावती सामुदायिक बन समितिका अध्यक्षलाई पक्राउ गरेको थियो । तर उनी केही दिनमै छोडिएका थिए । इलाका बन कार्यालय भिमानका रेन्जरले उनीबाट मोटै रकम लाभ गरेर छोडिएको र पटक पटक उनले अध्यक्ष मार्फत फर्निचरका सामानहरु पनि लिने गरेको समाचार स्रोतले दावी गरेको छ । 

डिभिजन वन कार्यालय, सिन्धुली को छविको परिणाम

सामुदायिक बन समिति दर्ता गरेर आवश्यक मागजात र प्रक्रिया मिलाई ठेकेदार (बनमारा) लाई सहयोग गरेका रेन्जरहरुले त्यसवापत केही रकम लिने गरेका छन् । यता सो प्रक्रिया पुरा गराउनका लागि डिभिजन बन कार्यालयमा रहेका विकास फाँट हेर्ने रेन्जरले ठेकेदार मार्फत प्रति क्युफिट १५० रुपैयाँ लिंदै आएका छन् । सामान्यत एउटा बन समितिबाट काठ कटानको स्वीकृती आदेश दिएवापत बन कार्यालयका विकास फाँट हुर्ने रेन्जरले २ लाख रुपैयाँसम्म असुली गर्ने गरेका छन् । अघिल्लो साल भने समितिबाट १२५ रुपैयाँ लिने गरेकोमा अहिले त्यो रकम बढेर १५० पुगेको बताइन्छ ।

तत्कालिन नेकपा (माओवादी) ले सशस्त्र संघर्ष सञ्चालन गरेको समयमा रोकिएको बन फँडानी तथा चोरी निकासी अहिले ह्वात्तै बढेको छ । जनयुद्धका समयमा माओवादीले बन फँडानी गर्ने वा चोरी निकासी गर्नेलाई ‘जनकारबाही’ गर्ने गरेका थिए । अहिले डिभिजन बन कार्यालय सिन्धुलीमा रहेका कार्यालय प्रमुख नारायण श्रेष्ठ बन मन्त्री शक्ति बस्नेतको आडमा हरियो बनको बिनास गराउन भूमिका खेलिरहेकाछन् । श्रेष्ठले सिन्धुली पत्रकारहरुस्ँग भन्ने गरेकाछन्, ‘म बनमन्त्री शक्ति बस्नेतको मान्छे हुँ ।’

समाचार स्रोतका अनुसार आफ्नै कार्यालयका रेन्जर मात्रै होइन, कार्यालयका तल्लो तहका कर्मचारी  ‘मादलार इलाका’ मा पठाउनसमेत पछि नपरेका श्रेष्ठले सिन्धुलीका केही पत्रकारलाई हात लिएर आफ्नो कालो धन्धा लुकाइरहेका छन् । समयवद्धसँगको कुराकानकिा क्रममा प्रमुख श्रेष्ठले रुख कटानको अनुमति लिएका सामुदायिक बनसमितिबाट कुनै पनि बदमासी नभएको बताएका छन् । 

उनले तोकिएभन्दा बढी रुख कटान गर्न कसैले पनि नसक्ने र बद्वासीनैं नभएपछि हाम्रा कर्मचारीले कसरी रकम पाउनलान् र ! भन्दै आश्चर्य प्रकट गरे । उनले कटान आदेश दिएवापत कसैले पनि रकम असुली गरेका छैनन्, डिएफओ श्रेष्ठले दावी गरे । ‘बुढा रुख धेरै छन्, त्यसलाई काट्ने र पुर्नउत्पादनलाई हुर्काउनुका साथै विदेशबाट आयात रोक्ने’ सरकारी नीति अनुसार आफ्नो कार्यक्षेत्रमा रुख कटानको अनुमति दिइएको श्रेष्ठको भनाई थियो । यसैबीच बनमन्त्री शक्ति बस्नेतलाई डिएफओ श्रेष्ठले भन्दै आएको कुराबारे बुझ्न पटक पटक फोनसम्पर्क गर्दा फोन उठाउनु भएन । 

यो समाचार सन्देश जनप्रिय साप्ताहिकले छापेको छ ।




Related Pictures:













Related News:

अन्तरिक्षमा 'बिग ब्याङ्ग' पछिकै ठूलो विस्फोट पत्ता लाग्यो - 2020-02-28

मैनालीलाई ग्राण्डी अस्पतालमा भर्ना - 2020-02-27

ओलीकै अगाडि शाक्यले भनिन्: जन्मदिनमा बत्ती बाल्ने हाम्रो संस्कार हो। नेपाल आमाको केक बनाएर काट्ने होइन कमेरड यस्तो संस्कार त्याग्नुस् - 2020-02-27

आफ्नै पार्टीको सरकारप्रति विश्वासको संकट पर्‍यो: जनार्दन शर्मा - 2020-02-27

प्रधानमन्त्री ओली गोकुल वास्कोटाको बचाउगर्दै नेता कार्यकर्तामाझ कड्किए - 2020-02-27





प्रहरी निरीक्षक नेपालसहित १६ जना प्रहरीको निलम्बन - 2020-02-26

रसुवा,(प्रस): सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित १६ जना प्रहरी निलम्बनमा परेका छन्। अवैध रूपमा भित्रिएको सुन प्रहरीले बाँडेर लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्लामा कार्यरत १६ जना प्रहरीलाई एकैसाथ निलम्बन गरेको हो।

घरबाटै हतियार प्रहार गरी २ लाख ८० हजार नगद लुटियो - 2020-02-23

मनहरी ,(प्रस):

काँकरभिट्टा नाकामा फ्ल्याटनै भाडामा लिएर यौन व्यवसाय सञ्चालन - 2020-02-22

पूर्वी नाका काँकरभिट्टाका होटलहरुमा प्रहरीले निगरानी बढाएपछि फ्ल्याट नै भाडामा लिएर यौन धन्दा सञ्चालन गर्न थालिएको छ । मेचीनगर नगरपालिका–७, प्यारीभिट्टामा चार तले घर भाडामा लिएर यौनजन्य गतिविधि चलाउने गरेको भेटिएको हो ।

सडकका इन्जिनियरको चार करोड गैरकानुनी सम्पत्ति, एकै महिनामा १० इन्जिनियर अख्तियारको फन्दामा - 2020-02-18

काठमाडौ:झन्डै चार करोड रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार एक इन्जिनियरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले डिभिजन सडक कार्यालय विराटनगरका तत्कालीन डिभिजन प्रमुख (सिडिई) जितेन्द्रकुमार चौधरीविरुद्ध तीन करोड ९९ लाख ४४ हजार रुपैयाँ बिगो दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको हो ।

महिलामाथि सामूहिक बलात्कार, भारतीयसहित दुई जना पक्राउ - 2020-02-17

सिन्धुली,(प्रस): प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामको मुख्य बजारमै एक जना महिलाको सामूहिक बलात्कार भएको छ । जनकपुरधाम उपमहानगरपालिका-४ विश्वकर्मा चोकमा सोमबार ३५ वर्षीया महिलामाथि सामूहिक बलात्कार गरिएको प्रहरीले जनाएको छ ।

सिन्धुलीमा ज्ञानेन्द्र मृत फेला - 2020-02-14

सिन्धुली,(प्रस): विराटनगर उपमहानगरपालिका ४ निवासी अन्दाजी ६० वर्षीय ज्ञानेन्द्रप्रसाद रिमाल आज सिन्धुलीको मुस्कान होटलमा मृत फेला परेकाछन् ।

विद्युत प्राधिकरण सिन्धुलीका प्रमुख घुस रकमसहित पक्राउ - 2020-02-14

सिन्धुली,(प्रस): अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौबाट डिएसपीसहित आएको टोलीले आज नेपाल विद्युत प्राधिकरण सिनधुलीका सहायक प्रबन्धक इन्जिनियर शेरवहादुर सुनुवार र उनका चालक लाई घुस रकमसहित पक्राउ गरेको छ ।

अपडेट: भ्यालेन्टाईन डेमा प्रेमिकाकै अगाडि प्रहरी जवाले गरे आफैंमाथि गोली प्रहार - 2020-02-14

सिन्धुली,(प्रस): आज प्रेम दिवश अर्थात १४ फेब्रुअरी । सबै प्रेमी प्रेमीकाले आफ्नो अबस्था अनुसार शुभकामना तथा मायाँ आदान प्रदान गरे । तर जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी जवानले भने प्रेम दिवशकै दिन आफ्नी प्रेमीकाकै अगाडि आफैंमाथी गोली प्रहार गरेको घटना बाहिर आएको छ ।

क्राइम स्टोरी: मन्त्री बस्नेतकै आडमा बन फँडानी ! - 2020-02-14

सिन्धुली: हरियो बन नेपालको धन भनेर सयौं वर्षदेखी राज्यसञ्चालक र बन क्षेत्रको संरक्षणमा लागेकाहरुले फलाक्न अझै छोडेका छैनन् । बन क्षेत्रको संरक्षण र प्रर्वद्धनका लागि सरकारले अर्बौ रुपैयाँ खर्च पनि गरेको छ । तर अहिले सरकार संरक्षीत त्यही बन सरकारी अधिकारीहरुकै सहयोगमा तस्करहरुको धनका रुपमा परिणत हुन थालेको छ । सिन्धुली जिल्लामा रहेको बन क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्नका लागि दुईवटा डिभिजन र प्रत्येक स्थानीय तहमा एक जना रेन्जर राखिएका छन् । तर उनीहरुको काम ठेकेदार र बन समितिका पदाधिकारीसँग समन्वयगरी बन बिनास गर्ने मात्रै रहेको आरोप लाग्न थालेको छ ।

पूर्वसचिवपत्नीको हत्यामा कामदारकै संलग्नता - 2020-02-10

काठमाडौ,(प्रस): ललितपुरको सानेपास्थित पूर्वसचिव अर्जुन कार्कीको निवासमा सीसीटीभी जडान गरिएको थियो । प्रहरीले सीसीटीभीको फुटेज हेरेर पत्नी मुना कार्कीको हत्यामा कामदारकै संलग्नता रहेको निष्कर्ष निकालेको छ । कार्कीको घरमा कार्यरत कामदार २२ वर्षीय विजय चौधरीले मुनाको हत्यापछि झुण्डिएर आत्महत्या गरेको प्रहरीको भनाइ छ ।

पूर्वडिएसपी खिउजूले बर्दीमै बलात्कार गरेको भन्दै युवतीले दिइन् उजुरी - 2020-02-06

काठमाडौ,(प्रस): २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पूर्वडिएसपी राजकुमार खिउजूविरूद्ध प्रहरीमा उजुरी परेको छ। ती युवतीले बुधबार ललितपुर महानगरीय प्रहरी परिसर जावलाखेलमा पूर्वडिएसपी खिउजूविरूद्ध निवेदन दिएकी हुन्।

क्राइम स्टोरी: ललिता निवास जग्गा प्रकरणमा कांग्रेस उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध अख्तियारमा मुद्दा - 2020-02-05

राजनैतिक व्यूरो, काठमाडौबहुचर्चित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा तीन पूर्वमन्त्री र आफ्नै एक पूर्वप्रमुख आयुक्तसहित १७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। बालुवाटारस्थित बहुमूल्य जग्गा व्यक्तिको नाममा दर्ता गरेको ठहर गर्दै उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले बताए।

न्यारोबडी जहाज किन्न ४ करोड घुस खुवाएको खुलासा - 2020-02-04

काठमाडौ,(प्रस): नेपाल एयरलाइन्सले सन् २०१५ मा खरिद गरेका न्यारोबडी जहाजमा भ्रष्टाचार भएको आरोप लागेको छ। जहाज खरिदबिक्रीमा जहाज निर्माता कम्पनी एयरबसले नेपाल एयरलाइन्सका अधिकारीहरूलाई घुस खुवाएको आरोप लागेको हो। फ्रान्स र बेलायतका भ्रष्टाचारविरोधी निकायले संयुक्त रूपमा गरेको अनुसन्धानले यस्तो देखाएको हो।

कुमार पौडेल ‘इन्काउन्टर’ प्रकरणमा संलग्नविरुद्ध कानूनी कारबाही अघि बढ्यो : प्रहरी प्रवक्ता - 2020-02-03

काठमाडौ,(प्रस): राष्ट्रिय मानव अधिकार आयोगले कुमार पौडेल ‘इन्काउन्टर’ प्रकरणमा संलग्न प्रहरीमाथि कारबाही गर्न निर्देशन दिएको तीन महिनापछि कानूनी प्रक्रिया अघि बढेको छ । गृह सचिव प्रेमकुमार राईले राजीनामा दिएको दिन शुक्रबार मन्त्रालयले कारबाही प्रक्रिया अघि बढाउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो ।

क्राइम स्टोरी: परोपकारका नाममा व्यापार गर्ने संस्थाहरुलाई कारवाही गर्न गृहलाई निर्देशन - 2020-02-03

काठमाडौ,(प्रस): प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले परोपकारका नाममा व्यापार गर्ने संस्थाहरुको पहिचान गरी कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । सोमबार बसेको समिति बैठकले त्यस्ता संस्थाहरुको अनुगमन र पहिचान गरी तत्काल कारबाही गर्न गृह मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र समाज कल्याण परिषद्लाई निर्देशन दिएको हो।

५५ किलो गाजा सहित ६ जना पक्राउ - 2020-02-03

सिन्धुली,(प्रस): सिन्धुलीमा ५५ किलो गाँजा सहित ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले गाँजा सहित ६ जनालाई पक्राउ गरेको हो ।

क्राइम स्टोरी: यौन शोषणको आरोपमा एसएसपी निलम्बित - 2020-01-31

काठमाडौ,(प्रस): संघीय प्रहरी इकाइ कार्यालय सुनसरीमा कार्यरत् प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) सौरभ राणा निलम्बनमा परेका छन्। प्रहरी प्रधान कार्यालयको सिफारिसमा राणालाई गृह मन्त्रालयले बिहीबार निलम्बन गरेको हो। झापाकी एक महिलालाई यौन शोषण गरेको आरोप लागेपछि प्रधान कार्यालयले निलम्बन गर्न गृहलाई अनुरोध गरेको थियो। राणा बिहीबारदेखि निलम्बनमा परेको गृह उच्च स्रोतले पुष्टि गर्‍यो।

सिन्धुली,रामेछाप,पाल्पा, चितवनको एनसेल टावरमा आगजनी - 2020-01-27

काठमाडौ,(प्रस): खैरहनी नगरपालिकामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ । खैरहनी नगरपालिका–२ मा केशवराज दवाडीको जग्गामा राखिएको एनसेलको टावरमा आगजनी भएको प्रहरीले जनाएको छ ।

आगो लगाइएकी अनिताकुमारीको मृत्यु, श्रीमान् पक्राउ - 2020-01-26

काठमाडौ,(प्रस): आगोमा जलेर घाइते सिरहाको औरही गाउँपालिका–५ औरही नवटोलकी २७ वर्षीय अनिताकुमारी यादवको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । गत शुक्रबार राति खाना पकाइरहेका बेला अचानक शरीरमा आगो लागेर घाइते भएकी अनिताको काठमाडौँको कीर्तिपुर मोडेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीको असाधारण योगदानः ओली - 2020-01-23

काठमाडौ,(प्रस): सशस्त्र प्रहरी बल, नेपालले स्थापनाको छोटो समयमा असाधारण योगदान पुर्‍याएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशंसा गरेका छन् । सशस्त्र प्रहरीले बहुआयामिक ढंगले सुन्दर परिचय स्थापित गरेको उनले बताए । सशस्त्र प्रहरीको १९ औं स्थापना दिवसलाई सम्बोधन गर्दै ओलीले भने, ‘सशस्त्र प्रहरीले शान्ति सुव्यवस्था कायम गर्नेदेखि लिएर स्वच्छता पारदर्शिता, भष्टाचार नियन्त्रण जस्ता कुराहरुमा आफूलाई नमूनाको रुपमा प्रस्तुत गर्दै आएको छ । बेरुजु फर्छयौट जस्ता कुरामा पनि अग्रणी स्थानमा रहेको जानकारी पाउँदा खुशी लागेको छ ।’

क्राइम स्टोरी: बलात्कारको मुद्दा खेपिरहेका सिद्धबाबा भारत छिरे - 2020-01-23

सुनसरी,(प्रस): अनुयायीमाथि बलात्कार गरेको मुद्दा खेपिरहेका चताराधामका सिद्धबाबा भनिने कृष्णदास गिरी बिहीबार दिउँसो १ बजे उनी ग१च ८१५७ नम्बरको पजेरो चढेर जोगबनीबाट भारत गएका छन्।










Powered by: Exclusively Solution