राजनीति




शहिदहरुले देखाउनु भएको बाटोबाट अलिकति पनि बिचलित हुन्न: अध्यक्ष, राजन दाहाल


सर्व प्रथम त महान जनयुद्धमा सामेल भएर आफ्नो जीवन वलिदान गर्नुहुने बीर शहिदहरु, घाइते, अपांग, वेपत्ता परिवारजन प्रति उच्चसम्मान प्रकट गर्दछु । साथै २५ औं जनयुद्ध दिवशको यस अबसरमा शहिदहरुले देखाउनु भएको बाटोबाट अलिकति पनि बिचलित नहुने र उहाँहरुका आदर्श र भावनामा कहिल्यै पनि ठेस लाग्न दिने छैन ।

नेकपा सिन्धुलीले २५ औं जनयुद्ध दिवशलाई कसरी संझंदै छ ?

 नेपालको राजनैतिक आन्दोलनको गौरवशाली इतिहास बनेको जनयुद्धलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जिल्ला कार्यालयमा ए कार्यक्रमको आयोजनागरी संझँदैछ । जनयुद्ध अब माओवादीको मात्रै रहेन । सिंगो नेकपाको मात्रै नभएर सर्वहारा जनताको पुँजी पनि हो । जनयुद्धलाई कसैको आग्रह र पूर्वाग्रहले होइन ।  मुलुकमा लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता र संघीयताजस्ता मुलभूत कुराहरु जनयुद्धकै कारणले स्थापित भएका हुन् भन्ने कुरालाई नेकपाले स्वीकार गरिसकेको अबस्थामा जिल्ला पार्टीको निर्णय अनुसार जनयुद्ध दिवश मनाउँदैछौं ।

तपाईहरुले  जनयुद्ध दिवश मनाइरहंदा पार्टी नेतृत्वले युद्धका घाइते, अपांग र वेपत्ता परिवारलाई बेवास्ता गरिएको छ भन्छन् नि ?

जनयुद्ध मुलभूत रुपमा सामान्तवादका बिरुद्ध, आम नेपाली शोषित पिडित किसान, मजदुर तथा आम शोषित, पिडित एवम् गरिखाने वर्गका लागि गरिएको थियो । त्यसले उनीहरुका मुद्धालाई स्थापित गरिदियो । अहिले संविधानमा उल्लेख भएको गणतन्त्र, समाजवाद, आर्थिक सामाजिक रुपान्तरण सहितको आर्थिक सम्वृद्धिका विषयहरु जनयुद्धले  स्थापित मुद्धाहरु थिए । नेकपा माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनले उठाएका सबै मुद्धाहरु समावेश गर्न नसकिएपनि ८० प्रतिशत मुद्धाहरु हाम्रो संविधानमा समावेश भएका छन् । जनताको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगार जस्ता विषयहरु हाम्रो संविधानमानैं उल्लेख भएको छ । हामीले कम्युनिज्म राज्य व्यवस्थाको जस्तै संविधान बनाएका छौं । यी सबै कुरा महान शहिदहरुले वगाएको रगतको जगमा स्थापित भएका हुन् । रगतकै जगमा हामीहरुले ठिाएका मुद्धाहरु संस्थागत पनि भएका छन् । विगतको त्याग र तपस्याप्रति हामीहरु गर्व गर्छौं । हाम्रा वेपत्ता, घाइते, अपांग तथा शहिद परिवारहरु हुनुहुन्छ । उहाँहरुकै त्यागले मुलुक यहाँसम्म आएकाले उहाँहरु पनि त्यसलाई गर्व गर्नु हुन्छ । स्वभावैले हामीले सत्तामा रहँदा वा नरहँदा पनि आफ्ना तर्फबाट गर्ने राहत तथा उपचारका सन्दर्भमा सकारात्मक भूमिका निर्वाह गरेका छौं । पार्टीमा पनि उचित स्थान दिएका छौं । उहाँहरुलाई सम्मान गर्ने र भूमिका दिने कुरामा पार्टीका तर्फबाट कुनै कमी आएको मैंले देखेको छैन ।

जनयुद्ध लडेर आएको र संसदीय अभ्यासमा रमाएको पार्टीका बीचको एकता र राजनैतिक कार्यदिशा हेर्दा कतै बिचलन आएको त होइन  ?

तत्कालिन, सामन्त, जमिनदार नोकरशाही दलाल पुँजीपति वर्गको शासन सत्तालाई नियन्त्रणमा राख्ने जुन उदेश्यले जनयुद्धको थालनी भएको थियो । सामान्तवादको समुल अन्त्य गर्ने कुरा गरेका थियौं ।   हाम्रो वर्ग संघर्षको स्वरुप बदलिएको छ । तर हामीले लिएका बिचार,सिद्धान्त र कार्यनीतिहरु फेरिएका छैनन् । गरिवलाई धनी बनाउने, बिपन्नलाई सम्पन्न बनाउने र सामाजिक न्यायसहितको समतामुलक समाज निर्माण गर्ने हाम्रा मुलभूत उदेश्यहरु थिए, ती उदेश्यहरु मार्फत समाजवादमा पुग्ने बाटोमा हामी अलिकति पनि बिचलित भएका छैनौं । जुन उदेश्यका साथ हामीले जनयुद्ध लड्यौ, हाम्रा साथीहरुले बलिदान दिए, त्यसैको कारण आज दुई कम्युनिष्ट पार्टीको एकता भएको हो । समाजवादमा बहुसंख्यक जनताको प्रतिनिधीत्व गर्नुपर्छ, एक्लै हिंडेर संभव थिएन, त्यसैले बैधानिक ढंगबाट समाजवादको यात्रालाई सहज बनाउन दुई पार्टीको एकता भएको हो । विचार र सिद्धान्त एउटै भएपछि एक्ला एक्लै त हिंड्नु भएन नि ? भन्ने प्रश्नले हामी मुलुको शक्तिशाली कम्युनिष्ट पार्टी बनेका छौं । बिचारमा एकरुपता र कार्यनीतिमा एकरुपता र पार्टीमा एकमना एकता कायम भएको अबस्थामा बाहिर प्रचार गरिए जस्तो हामीमा कुनै पनि बिचलन आएको छैन । त्यो प्रचारवाजी मात्रै हो ।

तर तपाईले पार्टीमा एकमना एकता छ, भनिरहंदा सिन्धुली जिल्लामा दुई घार त प्रष्ट देखिंदै छ नि ?

मुलभूत रुपमा पूर्व एमाले र पूर्व माओवादीका सबल पक्षहरु  अहिले पार्टीमा हावी भइरहेकाछन् । पार्टी एकता हुँदा त्यसका केही दुर्बल पक्षहरु पनि साथै आएकाछन् । नराम्रा प्रवृतिहरु हाबी हुन्थे भने पार्टी एकता पनि हुँदैनथ्यो । यो बीचमा क्रान्तिकारीहरुनैं हाबी भएर दुई पार्टी एकता भएको हो । तर अहिले अराजकता, गुटबन्दी र अनुशासन हिनता जस्ता कुराहरु हामीसँगै आए । पार्टीभित्र बढेको अराजकता गुटबन्दी र अनुशासन हिनतालाई नियन्त्रण गर्नका लागि पछिल्लो केन्द्रीय समिति बैठकले अध्यक्ष प्रचण्डले राख्नु भएको प्रस्तावलाई सिंगो केन्द्रीय समिति बैठकले पारित गरेको छ । कसैको छहारीमा बसेर कुरा गर्ने स्थिति पनि रहेन । गुटबन्दी, अराजकता र अनुशासनहिनताको कुनै पनि छनक नदेखिइकन बैठक सकियो । अहिले तपाईले सिन्धुलीमा जे देखिरहनु भएको छ, पार्टीले सञ्चालन गर्ने ६ महिने अभियानपछि त्यो अबस्था देख्न पाउनुहुने छैन । अब पनि यो पार्टीमा पूर्व एमाले वा पूर्व माओवादीका नाममा आग्रह वा पूर्वाग्रह लिएर जो कोही हिंड्न खोज्छ, त्यो पछाडी पर्छ । दौडिरहेको गाडीमा केही यात्रीहरु छुट्न सक्छन् । तर तपाईले भनेजस्तो सिन्धुलीमा दुई धार छैन । जिल्ला संगठन समितिको बैठकपछि वा औपचारिक फोरममा कुनै मतभेद छैन, र म अध्यक्ष भएका नाताले पूर्व एमाले र पूर्व माओवादी जस्तो महशुश गरेको पनि छैन । आफ्नो कमजोरी छोप्न कसैले पछाडि फर्केर पूर्व एमाले वा पूर्व माओवादी त भन्ला तर अब हामी पुराना पार्टी होइन, सिंगो एक ठिक्का नेपाल कम्युनिष्ट पार्टी र त्यसका कार्यकर्ता हौ । त्यसैले हामी अनुशासित र गतिशिल ढंगले पार्टी सञ्चालन गर्छौं । मलाई अलिकती पनि अप्ठ्यारो पर्ला कि ? भन्ने लागेकैछनै । विगतमा सिन्धुली जिल्लाले सिंगो कम्युनिष्ट आन्दोलनलाइ जुन सहयोग गरेको थियो त्यो भन्दा बढी सहयोग पु¥याउने ताकत राख्छ ।

अन्त्यमा सिन्धुलीवासी जनतालाई के सन्देश दिन चाहानुहुन्छ ? 

सर्व प्रथम त म महान जनयुद्धमा सामेल भएर आफ्नो जीवन वलिदान गर्नुहुने बीर शहिदहरु, घाइते, अपांग, वेपत्ता परिवारजन प्रति उच्चसम्मान प्रकट गर्दछु । साथै २५ औं जनयुद्ध दिवशको यस अबसरमा शहिदहरुले देखाउनु भएको बाटोबाट अलिकतिपनि बिचलित नहुने र उहाँहरुका आदर्श र भावनामा कहिल्यै पनि ठेस लाग्न दिने छैन । म सिन्धुलीवासी दाजुभाई दिदी बहिनी र सिंगो पार्टी पक्तिमा शुभकामना व्यक्त गर्दछु । हामी समाजवादको यात्रमा छौं र सिंगो पार्टीले आर्थिक सम्वृद्धिसहितको यात्राको नेतृत्व गरिरहेको छ । त्यसैले सवै सिन्धुलीवासी जनतालाई एक ढिक्का भएर समाजवादी यात्रामा लाग्न अपील पनि गर्दछु ।




Related Pictures:













Related News:

अन्तरिक्षमा 'बिग ब्याङ्ग' पछिकै ठूलो विस्फोट पत्ता लाग्यो - 2020-02-28

मैनालीलाई ग्राण्डी अस्पतालमा भर्ना - 2020-02-27

ओलीकै अगाडि शाक्यले भनिन्: जन्मदिनमा बत्ती बाल्ने हाम्रो संस्कार हो। नेपाल आमाको केक बनाएर काट्ने होइन कमेरड यस्तो संस्कार त्याग्नुस् - 2020-02-27

आफ्नै पार्टीको सरकारप्रति विश्वासको संकट पर्‍यो: जनार्दन शर्मा - 2020-02-27

प्रधानमन्त्री ओली गोकुल वास्कोटाको बचाउगर्दै नेता कार्यकर्तामाझ कड्किए - 2020-02-27





ओलीकै अगाडि शाक्यले भनिन्: जन्मदिनमा बत्ती बाल्ने हाम्रो संस्कार हो। नेपाल आमाको केक बनाएर काट्ने होइन कमेरड यस्तो संस्कार त्याग्नुस् - 2020-02-27

राजनैतिक व्यूरो, काठमाडौसत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले बागमती प्रदेशका आफ्ना अगुवा कार्यकर्तालाई राजधानी काठमाडौमा प्रशिक्षण दिन पुगेका प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीकै अगाडि बागमती प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यले ओलीका जन्मोत्सव वारे टिप्पणीसहित सुझाव दिंदा सहभागी नेता कार्यकर्ताहरुको गडगडाहट तालि बज्यो । उनले कार्यकर्तामाझ प्रधानमन्त्री ओलीलाई नैतिकता र सामाजिक मुल्य मान्यताको पाठ पढाउँदा सहभागीहरुले हिम्मतवाली महिना नेतृ भन्दै उनको प्रशंसा गरिहेका थिए ।

आफ्नै पार्टीको सरकारप्रति विश्वासको संकट पर्‍यो: जनार्दन शर्मा - 2020-02-27

काठमाडौ,(प्रस): सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदसमेत रहेका पूर्वगृहमन्त्री जनार्दन शर्माले आफ्नै पार्टीको सरकारप्रति विश्वासको संकट आइपरेको बताएका छन्।

प्रधानमन्त्री ओली गोकुल वास्कोटाको बचाउगर्दै नेता कार्यकर्तामाझ कड्किए - 2020-02-27

काठमाडौ,(प्रस): प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक अडियो प्रकरणबारे बोलेका छन् र निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको बचाउ गरेका छन् । आफ्नाविरुद्ध बात लागेपछि बास्कोटाले राजीनामा दिएको भन्दै उनले प्रमाणित भए जसरी प्रचार गरेकोमा आपत्ति जनाए ।

कुनै हालतमा पार्टी विघटन वा विभावन हुन दिनौं: अध्यक्ष प्रचण्ड - 2020-02-27

राजनैतिक व्यूरो, काठमाडौसत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा विवाद, संघर्ष हुनु स्वभाविक भएको बताएका छन् । बागमती प्रदेशस्तरीय प्रशिक्षणमा प्रचण्ड विवाद र समस्या नभएको दिन पार्टी नै नचाहिने बताए । उपाध्यक्ष बामदेव गौतमलाई राष्टियसभा सदस्य बनाउने निर्णयसँगै पार्टीमा देखिएको विवादतर्फ संकेत गर्दै उनले भने-अहिले केके भयो जस्तो लागेको होला, कुनै हालतमा विघटन वा विभावन हुन दिनौं ।

७० वर्षको इतिहास बोकेको पार्टीको एकतालाई कसैले भत्काउन नसक्ने माधव नेपालको दावी - 2020-02-27

काठमाडौ,(प्रस): नेकपा सचिवालय सदस्य माधव नेपालले पार्टीलाई विघटन र विभाजनको दिशामा जान नदिने बताएका छन्। बागमती प्रदेश नेकपा कार्यकर्ता प्रशिक्षणमा बोल्दै नेपालले ७० वर्षको इतिहास बोकेको पार्टीको एकतालाई कसैले भत्काउन नसक्ने दावी गरे। ‘तपाईहरू यहाँ आउदा धेरै आशंका लिएर आउनुभएको छ। पत्रपत्रिकाको समाचारले दिमाग खराव भएको होला’ नेपालले भने ‘यहाँबाट जाँदा उर्जा लिएर जानुहुनेछ।’

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई भने-कसरी जनयुद्धमा आगो बालेको थियो र त्यसको परिणाम के भयो सम्झिँदा हुन्छ - 2020-02-26

राजनैतिक व्यूरो, काठमाडौपूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जानिबुझी मातातीर्थको करिव १७३ रोपनी जग्गा मोही कायम गरेर वितरण गरेको बताएका छन् । आफ्नो सरकारले १४ कात्तिक २०६९ मा गरेको उक्त निर्णय राजनीतिक, कानूनी र नैतिक रुपमा पनि सही भएको उनको दाबी छ । ३ फागुनमा संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल ट्रष्टको जग्गा भट्टराईको पालामा मोही कायम गरेर वितरण गरिएको र त्यसबारे छानबिन गर्ने बताएका थिए । नेपाल ट्रष्टले पनि मंगलबार जारी गरेको श्वेतपत्रमा त्यही भनिएको छ । बुधबार संसदमा समय लिएर बोल्दै समाजवादी पार्टीको संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले आफ्नो सरकारले गरेको निर्णयको बचाउ गरे ।

कम्युनिष्ट पार्टीलाई अन्तरघातबाट बचाउनुपर्छ- पृथ्वीसुब्बा गुरुङ - 2020-02-24

सिन्धुली,(प्रस): गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनता र पार्टीबीचको सम्बन्ध बिग्रँदै गएको बताएका छन्। नेकपा गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उनले जनताका सुखदुःखमा साथ र सहयोगका लागि घर एवं बस्तीमा पुग्नुपर्ने आवश्यकता औँल्याए।।

बागमती प्रदेशसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षीबीच जुहारी - 2020-02-23

हेटौंडा,(प्रस): बागमती प्रदेशसभाको बैठकमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद र ललिता निवास जग्गा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षीबीच जुहारी परेको छ । आइतबारको विशेष समयमा बोल्दै प्रतिपक्षी दलका अधिकाँश साँसदले सरकार भ्रष्टचारमा लिप्त हुँदै गएको आरोप लगाएका छन् ।सत्तापक्षका सांसदहरुले सरकारले भ्रष्टचार गर्ने कोहीलाई नछाड्ने गरी काम गरिरहेको भन्दै सरकारको बचाउ गरेका छन् ।

राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य - 2020-02-23

काठमाडौ,(प्रस): सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न कमिटी गठन गरेको छ। शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकले सचिवालय सदस्य माधवकुमार नेपालको संयोजकत्वमा तीन सदस्यीय कमिटी गठन गरेको हो। उक्त कमिटीमा खिमलाल देवकोटा र सुवासचन्द्र नेम्वाङ सदस्य छन्।

मुख्यमन्त्री डोरमणि पौडेलले छलछाम गरिरहे अविश्वासको प्रस्ताव सामना गर्नुपर्छ: अष्टलक्ष्मी शाक्य - 2020-02-21

यस्तो छलछामको राजनीति कहिलेसम्म चल्छ ?सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको वाग्मती प्रदेश इन्चार्ज एवं प्रदेश सांसद अष्टलक्ष्मी शाक्यले अहिलेकै तरिकारले चले मुख्यमन्त्री डोरमणि पौडेलले अविश्वासको प्रस्ताव सामना गर्नुपर्ने बताएकी छन्। शाक्यले पार्टीको प्रदेश कमिटीसँग समन्वय नगरी अगाडि बढ्न खोजे त्यसको परिणामको जिम्मवार पनि पौडेलले नै हुने चेतावनी दिएकी हुन्। ‘मुख्यमन्त्री अहिलेको जसरी नै चलिरहनुभयो भने उहाँलाई अप्ठेरो पर्छ। कसैले पनि परिस्थितिको जिम्मा लिन सक्दैन। मैले त झनै सक्दिनँ,’ शाक्यले भनिन्,‘उहाँलाई पर्ने अप्ठेरो भनेको अविश्वासको प्रस्तावसम्म आउन सक्छ।

यथास्थितिमा एमसीसी: 'पारित गर्न नहुने' नेकपा कार्यदलको सुझाव - 2020-02-21

काठमाडौ,(प्रस): पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालले आफू नेतृत्वको कार्यदलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत नेपाल र अमेरिकी सरकारबीच भएको अनुदान सम्झौतालाई सुधार नगरी पारित गर्न नसकिने सुझाव दिएको बीबीसीलाई बताएका छन्। पार्टीको केन्द्रीय कमिटीमा भएको लामो विवादपछि नेकपाले पूर्व प्रधानमन्त्री खनालको नेतृत्वमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र नेता भीम रावल सम्मिलित कार्यदल गठन गरेको थियो।

कम्युनिष्टरु सत्तामा गएपछि आदर्शबाट च्युत हुने खतरा देखियो : अध्यक्ष प्रचण्ड - 2020-02-21

काठमाडौ,(प्रस): नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तामा गएपछि कम्युनिष्ट आदर्शबाट च्युत हुने खतरा नेपालमा पनि देखिएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नारायणविलास जोशी स्मृति प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘ कम्युनिष्ट पार्टीका नेताहरु कम्युनिष्ट पार्टीको नेतृत्व नै आफ्ना आदर्शबाट च्युत भएपछि आफ्नो उद्देश्य र वैचारिक निष्ठाबाट विचलित भएपछि पुँजीपति, सेना, बन्दुक केही पनि चाहिँदो रहेनछ आफैँले आफैंलाई सिद्धाउने रहेछन् ।’

अध्यक्ष ओली र दाहाल प्रचण्डलाई नेकपा कार्यदलले बुझायो एमसीसीबारे प्रतिवेदन - 2020-02-21

राजनैतिक व्यूरो, काठमाडौअमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे अध्ययन गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बनाएको कार्यदलले शुक्रबार प्रतिवेदन पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ । शुक्रबार बसेको कार्यदलको बैठकले सुझावसहित तयार पारेको प्रतिवेदन शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्षद्वयलाई बुझाइएको हो ।

प्रचण्डलाई प्रधानमन्त्रीले किन डाके बालुवाटार ? - 2020-02-21

काठमाडौ,(प्रस): सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएका छन् ।

चिनियाँ दूतावासद्वारा काठमाण्डु पोस्टले दुर्भावना फैलाएकोमा विरोध - 2020-02-19

काठमाडौ,(प्रस): १८ फेब्रुअरीमा कोरोनाभाइरस विरूद्ध चिनियाँ सरकार र चिनियाँ जनताको प्रयासलाई अनदेखा गर्दै द काठमाण्डु पोस्टले चीन विरूद्ध दुर्भावना फैलाउने मनसायसहित फोटो राखी जानी जानी चिनियाँ राजनीतिक प्रणाली माथि आक्रमण गरएको एक लेख प्रकाशित गरेकोमा नेपालस्थित चिनियाँ राजदूतावासले त्यसको विरोध गरेको छ ।

मलाई जेल पठाउने एउटा कारण एमसिसी हो, अरू पछि भनौंला: पूर्वसभामुख कृष्णबहादुर महरा - 2020-02-19

जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर महराले आफूलाई नियोजित रूपमा फसाइएको बताएका छन्। इमेज च्यानलको कार्यक्रम हट सिटमा पत्रकार जगदीश खरेलसँग कुरा गर्दै महराले आफूले कुनै गल्ती नगरेको जिकिर गरेका छन्। उनले आफूलाई फसाउनुको एउटा कारण अमेरिकी सरकारको मिलिनियम च्यालेन्ज कर्पोरेसनअन्तर्गतको सहयोग संसदबाट पास नहुनु पनि भएको दाबी गरेका छन्।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रधानमन्त्रीको जवाफ : दरबार हत्याकाण्ड र माघ १९ भुलेका छैनौं - 2020-02-19

काठमाडौ,(प्रस): प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजाले दिएको वक्तव्यप्रति असन्तुष्टि जनाएका छन् । साथै दरबार हत्याकाण्ड, माघ १९ जस्ता काला दिनहरु आफूहरुले अझै नभुलेको बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजा ज्ञानेन्द्र शाहले इतिहास र वर्तमान नभुल्न र भविष्यको कोरा सपना मात्र बाँडेर समय खेर नफाल्न र सर्वहितकारी प्रजातन्त्रिक धर्म निर्वाह गर्न राजनीतिक नेतृत्वसँग आग्रह गरेका छन् ।

निवर्तमान सभामुख महरा कारागारबाट छुटे, अवको राजनीतिक बाटो कस्तो होला ? - 2020-02-17

राजनैतिक व्यूरो, काठमाडौबलात्कार प्रयास मुद्धामा पुर्पक्षका लागि डिल्लिबजार कारागारमा रहेका संघीय संसदका निवर्तमान सभामुख कृष्णबहादुर महरा निर्दोष साबित भई केही समय अगाडि कारागारबाट छुटेका छन् । उनले काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका आइतबार सफाइ पाएका हुन् । उनलाई डिल्लीबजार कारागारमा रहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेश चन्द ठकुरी, सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला लगायतले माला लगाएर विदाइ गरेका थिए । कारागारबाट रिहा हुँदा उनलाई स्वागत गर्न परिवारका सदस्यहरु, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता तथा कार्यकर्ताहरुको ठूलो संख्यामा उपस्थिती रहेको थियो ।

मन्त्रीहरु भ्रष्टाचारमा मस्त ! - 2020-02-17

धनगढी,(प्रस): डोटी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रदेशसभा सदस्यको रुपमा विजयी त्रिलोचन भट्ट २०७४ फाल्गुन ३ मा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भए । उनको मन्त्रिपरिषदमा तीनजना तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट र चारजना तत्कालीन नेकपा (एमाले) बाट मन्त्री बने ।

एमसिसीको पैसाले प्रसारण लाइन बनाएर बिजुली बेच्ने प्रधानमन्त्री ओलीको घोषणा - 2020-02-17

राजनैतिक व्यूरो, काठमाडौप्रधानमन्त्री केपीशर्मा ओलीले एमसिसीबाट आएको पैसाले राष्ट्रिय प्रसारण लाइन बनाएर विदेशमा विद्युत निर्यात गर्ने बताएका छन्। नेपालमा विद्युत उत्पादन बढिरहेकाले यसको निर्यातले नेपालीको जीवन उकास्ने उनले बताए। सोमबार प्रधानमन्त्री ओलीले विद्युत वितरण प्रणालीलाई भूमिगत गर्ने कामको उद्घाटन गर्दै अब विद्युत खपत बढाउनु पर्ने अवस्था आएको बताए । ‘विद्युतको खपत बढाउन जनताको क्रयशक्ति बढाउनु पर्छ। त्यसको लागि पुर्वाधार विकास, कृषिमा आधुनिकीकरण हुनुपर्छ,’ उनले भने। विद्युत् वितरण प्रणालीको भूमिगत पनि विकाशको एउटा नमुना भएको उनले बताए।

शिवमायाँ तुम्बाहम्फे कानूनमन्त्री बन्दै - 2020-02-17

काठमाडौ,(प्रस): संघीय संसदको उपसभामुखबाट राजीनामा दिन बाध्य पारिएकी डा.शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्री बन्ने भएकी छन् । तुम्बाहाङ्फेले आजै दिउँसो साढे ३ बजे राष्ट्रपतिसमक्ष कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिने भएको प्रधामन्त्री कार्यालय श्रोतले जनाएको छ ।










Powered by: Exclusively Solution