राजनीति




वुहानमा रहेका नेपालीलाई फागुन ३ गते काठमाडौं ल्याइने


काठमाडौ,(प्रस):
चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई फागुन ३ गते स्वदेश ल्याइने भएको छ। मन्त्रिपरिषदको बैठकले फागुन तीन गतेको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए। ती विद्यार्थी ल्याउनका लागि नेपाल एयरलाइन्सको जहाज पठाइने भएको छ। वुहानमा रहेका १८० नेपाली विद्यार्थीले नेपाल आउनका लागि आवेदन दिएका छन्।

वुहानमा रहेकालाई ल्याउन ढिला गरेको भन्दै विद्यार्थीका अभिभावकले विरोध जनाउँदै आएका थिए। चीनबाट ल्याइने उनीहरुलाई खरिपाटीस्थित विद्युत प्राधिकरणको भवनमा राखिने छ।

खरिपाटीका स्थानीयले यसअघि विरोध गर्दै आएकोमा आजै स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, तीनवटै सुरक्षा निकाय र स्थानीयबीच सहमति भएको छ। छलफलमा स्थानीयले विरोध नगर्ने प्रतिबद्धता जनाएका छन्। चीनबाट ल्याइने नेपालीको निगरानीका लागि ८६ जना स्वास्थ्यकर्मीलाई तालिम दिइएको छ।




Related Pictures:













Related News:

अन्तरिक्षमा 'बिग ब्याङ्ग' पछिकै ठूलो विस्फोट पत्ता लाग्यो - 2020-02-28

मैनालीलाई ग्राण्डी अस्पतालमा भर्ना - 2020-02-27

ओलीकै अगाडि शाक्यले भनिन्: जन्मदिनमा बत्ती बाल्ने हाम्रो संस्कार हो। नेपाल आमाको केक बनाएर काट्ने होइन कमेरड यस्तो संस्कार त्याग्नुस् - 2020-02-27

आफ्नै पार्टीको सरकारप्रति विश्वासको संकट पर्‍यो: जनार्दन शर्मा - 2020-02-27

प्रधानमन्त्री ओली गोकुल वास्कोटाको बचाउगर्दै नेता कार्यकर्तामाझ कड्किए - 2020-02-27





ओलीकै अगाडि शाक्यले भनिन्: जन्मदिनमा बत्ती बाल्ने हाम्रो संस्कार हो। नेपाल आमाको केक बनाएर काट्ने होइन कमेरड यस्तो संस्कार त्याग्नुस् - 2020-02-27

राजनैतिक व्यूरो, काठमाडौसत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले बागमती प्रदेशका आफ्ना अगुवा कार्यकर्तालाई राजधानी काठमाडौमा प्रशिक्षण दिन पुगेका प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीकै अगाडि बागमती प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यले ओलीका जन्मोत्सव वारे टिप्पणीसहित सुझाव दिंदा सहभागी नेता कार्यकर्ताहरुको गडगडाहट तालि बज्यो । उनले कार्यकर्तामाझ प्रधानमन्त्री ओलीलाई नैतिकता र सामाजिक मुल्य मान्यताको पाठ पढाउँदा सहभागीहरुले हिम्मतवाली महिना नेतृ भन्दै उनको प्रशंसा गरिहेका थिए ।

आफ्नै पार्टीको सरकारप्रति विश्वासको संकट पर्‍यो: जनार्दन शर्मा - 2020-02-27

काठमाडौ,(प्रस): सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदसमेत रहेका पूर्वगृहमन्त्री जनार्दन शर्माले आफ्नै पार्टीको सरकारप्रति विश्वासको संकट आइपरेको बताएका छन्।

प्रधानमन्त्री ओली गोकुल वास्कोटाको बचाउगर्दै नेता कार्यकर्तामाझ कड्किए - 2020-02-27

काठमाडौ,(प्रस): प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक अडियो प्रकरणबारे बोलेका छन् र निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको बचाउ गरेका छन् । आफ्नाविरुद्ध बात लागेपछि बास्कोटाले राजीनामा दिएको भन्दै उनले प्रमाणित भए जसरी प्रचार गरेकोमा आपत्ति जनाए ।

कुनै हालतमा पार्टी विघटन वा विभावन हुन दिनौं: अध्यक्ष प्रचण्ड - 2020-02-27

राजनैतिक व्यूरो, काठमाडौसत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा विवाद, संघर्ष हुनु स्वभाविक भएको बताएका छन् । बागमती प्रदेशस्तरीय प्रशिक्षणमा प्रचण्ड विवाद र समस्या नभएको दिन पार्टी नै नचाहिने बताए । उपाध्यक्ष बामदेव गौतमलाई राष्टियसभा सदस्य बनाउने निर्णयसँगै पार्टीमा देखिएको विवादतर्फ संकेत गर्दै उनले भने-अहिले केके भयो जस्तो लागेको होला, कुनै हालतमा विघटन वा विभावन हुन दिनौं ।

७० वर्षको इतिहास बोकेको पार्टीको एकतालाई कसैले भत्काउन नसक्ने माधव नेपालको दावी - 2020-02-27

काठमाडौ,(प्रस): नेकपा सचिवालय सदस्य माधव नेपालले पार्टीलाई विघटन र विभाजनको दिशामा जान नदिने बताएका छन्। बागमती प्रदेश नेकपा कार्यकर्ता प्रशिक्षणमा बोल्दै नेपालले ७० वर्षको इतिहास बोकेको पार्टीको एकतालाई कसैले भत्काउन नसक्ने दावी गरे। ‘तपाईहरू यहाँ आउदा धेरै आशंका लिएर आउनुभएको छ। पत्रपत्रिकाको समाचारले दिमाग खराव भएको होला’ नेपालले भने ‘यहाँबाट जाँदा उर्जा लिएर जानुहुनेछ।’

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई भने-कसरी जनयुद्धमा आगो बालेको थियो र त्यसको परिणाम के भयो सम्झिँदा हुन्छ - 2020-02-26

राजनैतिक व्यूरो, काठमाडौपूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जानिबुझी मातातीर्थको करिव १७३ रोपनी जग्गा मोही कायम गरेर वितरण गरेको बताएका छन् । आफ्नो सरकारले १४ कात्तिक २०६९ मा गरेको उक्त निर्णय राजनीतिक, कानूनी र नैतिक रुपमा पनि सही भएको उनको दाबी छ । ३ फागुनमा संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल ट्रष्टको जग्गा भट्टराईको पालामा मोही कायम गरेर वितरण गरिएको र त्यसबारे छानबिन गर्ने बताएका थिए । नेपाल ट्रष्टले पनि मंगलबार जारी गरेको श्वेतपत्रमा त्यही भनिएको छ । बुधबार संसदमा समय लिएर बोल्दै समाजवादी पार्टीको संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले आफ्नो सरकारले गरेको निर्णयको बचाउ गरे ।

कम्युनिष्ट पार्टीलाई अन्तरघातबाट बचाउनुपर्छ- पृथ्वीसुब्बा गुरुङ - 2020-02-24

सिन्धुली,(प्रस): गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनता र पार्टीबीचको सम्बन्ध बिग्रँदै गएको बताएका छन्। नेकपा गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उनले जनताका सुखदुःखमा साथ र सहयोगका लागि घर एवं बस्तीमा पुग्नुपर्ने आवश्यकता औँल्याए।।

बागमती प्रदेशसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षीबीच जुहारी - 2020-02-23

हेटौंडा,(प्रस): बागमती प्रदेशसभाको बैठकमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद र ललिता निवास जग्गा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षीबीच जुहारी परेको छ । आइतबारको विशेष समयमा बोल्दै प्रतिपक्षी दलका अधिकाँश साँसदले सरकार भ्रष्टचारमा लिप्त हुँदै गएको आरोप लगाएका छन् ।सत्तापक्षका सांसदहरुले सरकारले भ्रष्टचार गर्ने कोहीलाई नछाड्ने गरी काम गरिरहेको भन्दै सरकारको बचाउ गरेका छन् ।

राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य - 2020-02-23

काठमाडौ,(प्रस): सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न कमिटी गठन गरेको छ। शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकले सचिवालय सदस्य माधवकुमार नेपालको संयोजकत्वमा तीन सदस्यीय कमिटी गठन गरेको हो। उक्त कमिटीमा खिमलाल देवकोटा र सुवासचन्द्र नेम्वाङ सदस्य छन्।

मुख्यमन्त्री डोरमणि पौडेलले छलछाम गरिरहे अविश्वासको प्रस्ताव सामना गर्नुपर्छ: अष्टलक्ष्मी शाक्य - 2020-02-21

यस्तो छलछामको राजनीति कहिलेसम्म चल्छ ?सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको वाग्मती प्रदेश इन्चार्ज एवं प्रदेश सांसद अष्टलक्ष्मी शाक्यले अहिलेकै तरिकारले चले मुख्यमन्त्री डोरमणि पौडेलले अविश्वासको प्रस्ताव सामना गर्नुपर्ने बताएकी छन्। शाक्यले पार्टीको प्रदेश कमिटीसँग समन्वय नगरी अगाडि बढ्न खोजे त्यसको परिणामको जिम्मवार पनि पौडेलले नै हुने चेतावनी दिएकी हुन्। ‘मुख्यमन्त्री अहिलेको जसरी नै चलिरहनुभयो भने उहाँलाई अप्ठेरो पर्छ। कसैले पनि परिस्थितिको जिम्मा लिन सक्दैन। मैले त झनै सक्दिनँ,’ शाक्यले भनिन्,‘उहाँलाई पर्ने अप्ठेरो भनेको अविश्वासको प्रस्तावसम्म आउन सक्छ।

यथास्थितिमा एमसीसी: 'पारित गर्न नहुने' नेकपा कार्यदलको सुझाव - 2020-02-21

काठमाडौ,(प्रस): पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालले आफू नेतृत्वको कार्यदलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत नेपाल र अमेरिकी सरकारबीच भएको अनुदान सम्झौतालाई सुधार नगरी पारित गर्न नसकिने सुझाव दिएको बीबीसीलाई बताएका छन्। पार्टीको केन्द्रीय कमिटीमा भएको लामो विवादपछि नेकपाले पूर्व प्रधानमन्त्री खनालको नेतृत्वमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र नेता भीम रावल सम्मिलित कार्यदल गठन गरेको थियो।

कम्युनिष्टरु सत्तामा गएपछि आदर्शबाट च्युत हुने खतरा देखियो : अध्यक्ष प्रचण्ड - 2020-02-21

काठमाडौ,(प्रस): नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तामा गएपछि कम्युनिष्ट आदर्शबाट च्युत हुने खतरा नेपालमा पनि देखिएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नारायणविलास जोशी स्मृति प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘ कम्युनिष्ट पार्टीका नेताहरु कम्युनिष्ट पार्टीको नेतृत्व नै आफ्ना आदर्शबाट च्युत भएपछि आफ्नो उद्देश्य र वैचारिक निष्ठाबाट विचलित भएपछि पुँजीपति, सेना, बन्दुक केही पनि चाहिँदो रहेनछ आफैँले आफैंलाई सिद्धाउने रहेछन् ।’

अध्यक्ष ओली र दाहाल प्रचण्डलाई नेकपा कार्यदलले बुझायो एमसीसीबारे प्रतिवेदन - 2020-02-21

राजनैतिक व्यूरो, काठमाडौअमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे अध्ययन गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बनाएको कार्यदलले शुक्रबार प्रतिवेदन पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ । शुक्रबार बसेको कार्यदलको बैठकले सुझावसहित तयार पारेको प्रतिवेदन शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्षद्वयलाई बुझाइएको हो ।

प्रचण्डलाई प्रधानमन्त्रीले किन डाके बालुवाटार ? - 2020-02-21

काठमाडौ,(प्रस): सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएका छन् ।

चिनियाँ दूतावासद्वारा काठमाण्डु पोस्टले दुर्भावना फैलाएकोमा विरोध - 2020-02-19

काठमाडौ,(प्रस): १८ फेब्रुअरीमा कोरोनाभाइरस विरूद्ध चिनियाँ सरकार र चिनियाँ जनताको प्रयासलाई अनदेखा गर्दै द काठमाण्डु पोस्टले चीन विरूद्ध दुर्भावना फैलाउने मनसायसहित फोटो राखी जानी जानी चिनियाँ राजनीतिक प्रणाली माथि आक्रमण गरएको एक लेख प्रकाशित गरेकोमा नेपालस्थित चिनियाँ राजदूतावासले त्यसको विरोध गरेको छ ।

मलाई जेल पठाउने एउटा कारण एमसिसी हो, अरू पछि भनौंला: पूर्वसभामुख कृष्णबहादुर महरा - 2020-02-19

जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर महराले आफूलाई नियोजित रूपमा फसाइएको बताएका छन्। इमेज च्यानलको कार्यक्रम हट सिटमा पत्रकार जगदीश खरेलसँग कुरा गर्दै महराले आफूले कुनै गल्ती नगरेको जिकिर गरेका छन्। उनले आफूलाई फसाउनुको एउटा कारण अमेरिकी सरकारको मिलिनियम च्यालेन्ज कर्पोरेसनअन्तर्गतको सहयोग संसदबाट पास नहुनु पनि भएको दाबी गरेका छन्।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रधानमन्त्रीको जवाफ : दरबार हत्याकाण्ड र माघ १९ भुलेका छैनौं - 2020-02-19

काठमाडौ,(प्रस): प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजाले दिएको वक्तव्यप्रति असन्तुष्टि जनाएका छन् । साथै दरबार हत्याकाण्ड, माघ १९ जस्ता काला दिनहरु आफूहरुले अझै नभुलेको बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजा ज्ञानेन्द्र शाहले इतिहास र वर्तमान नभुल्न र भविष्यको कोरा सपना मात्र बाँडेर समय खेर नफाल्न र सर्वहितकारी प्रजातन्त्रिक धर्म निर्वाह गर्न राजनीतिक नेतृत्वसँग आग्रह गरेका छन् ।

निवर्तमान सभामुख महरा कारागारबाट छुटे, अवको राजनीतिक बाटो कस्तो होला ? - 2020-02-17

राजनैतिक व्यूरो, काठमाडौबलात्कार प्रयास मुद्धामा पुर्पक्षका लागि डिल्लिबजार कारागारमा रहेका संघीय संसदका निवर्तमान सभामुख कृष्णबहादुर महरा निर्दोष साबित भई केही समय अगाडि कारागारबाट छुटेका छन् । उनले काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका आइतबार सफाइ पाएका हुन् । उनलाई डिल्लीबजार कारागारमा रहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेश चन्द ठकुरी, सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला लगायतले माला लगाएर विदाइ गरेका थिए । कारागारबाट रिहा हुँदा उनलाई स्वागत गर्न परिवारका सदस्यहरु, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता तथा कार्यकर्ताहरुको ठूलो संख्यामा उपस्थिती रहेको थियो ।

मन्त्रीहरु भ्रष्टाचारमा मस्त ! - 2020-02-17

धनगढी,(प्रस): डोटी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रदेशसभा सदस्यको रुपमा विजयी त्रिलोचन भट्ट २०७४ फाल्गुन ३ मा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भए । उनको मन्त्रिपरिषदमा तीनजना तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट र चारजना तत्कालीन नेकपा (एमाले) बाट मन्त्री बने ।

एमसिसीको पैसाले प्रसारण लाइन बनाएर बिजुली बेच्ने प्रधानमन्त्री ओलीको घोषणा - 2020-02-17

राजनैतिक व्यूरो, काठमाडौप्रधानमन्त्री केपीशर्मा ओलीले एमसिसीबाट आएको पैसाले राष्ट्रिय प्रसारण लाइन बनाएर विदेशमा विद्युत निर्यात गर्ने बताएका छन्। नेपालमा विद्युत उत्पादन बढिरहेकाले यसको निर्यातले नेपालीको जीवन उकास्ने उनले बताए। सोमबार प्रधानमन्त्री ओलीले विद्युत वितरण प्रणालीलाई भूमिगत गर्ने कामको उद्घाटन गर्दै अब विद्युत खपत बढाउनु पर्ने अवस्था आएको बताए । ‘विद्युतको खपत बढाउन जनताको क्रयशक्ति बढाउनु पर्छ। त्यसको लागि पुर्वाधार विकास, कृषिमा आधुनिकीकरण हुनुपर्छ,’ उनले भने। विद्युत् वितरण प्रणालीको भूमिगत पनि विकाशको एउटा नमुना भएको उनले बताए।

शिवमायाँ तुम्बाहम्फे कानूनमन्त्री बन्दै - 2020-02-17

काठमाडौ,(प्रस): संघीय संसदको उपसभामुखबाट राजीनामा दिन बाध्य पारिएकी डा.शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्री बन्ने भएकी छन् । तुम्बाहाङ्फेले आजै दिउँसो साढे ३ बजे राष्ट्रपतिसमक्ष कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिने भएको प्रधामन्त्री कार्यालय श्रोतले जनाएको छ ।










Powered by: Exclusively Solution