अर्थ / व्यापार




बिनोद चौधरीले सञ्चालन गरेको लिमिटेड मोविलिटीको अनुमतिपत्र खारेज


काठमाडौ,(प्रस):
सिजी कम्युनिकेशनले पाएको लिमिटेड मोविलिटी सेवाको ७ वटै अनुमति पत्र खारेज भएको छ। नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणले आइतबार लाइसेन्स खारेज गरेको हो। दूरसंचार ऐन, २०५३ को दफा २५ को उपदफा ५ अनुसार सिजीको लाइसेन्स खारेज गरिएको प्राधिकरणले उल्लेख गरेको छ। ‘२०७६ माघ १९ गतेदेखि लागु हुने गरी स्वतः रद्द भएको व्यहोरा सबैको जानकारीका लागि सूचित गरिएको छ,’ प्राधिकरणले जारी गरेको सूचनामा छ।

कम्पनीको बाग्लुङ, पाल्पा, कञ्चनपुर, डडेल्धुरा, बैतडी, बर्दिया र दैलेख जिल्लाका लागि छुट्टाछुट्टै  सात वटा लाइसेन्स थिए। ती जिल्लाहरुमा लिमिटेड मोबिलिटी सेवा सञ्चालनका लागि कम्पनीले २०६६ मा प्राधिकरणबाट अनुमतिपत्र पाएको थियो।

तात्कालीन एसटीएम टेलिकम सञ्चार प्रालिले अनुदान परियोजनाको रुपमा दूरसंचार सेवा संचालनका लागि लिएको ग्रामीण दूरसञ्चार सेवाको लाइसेन्स सीजीले खरीद गरेको थियो। २०६० फागुन ५ गते एसटीएम टेलिकमको नाममा दर्ता भएको टेलिकम कम्पनी उद्योगी विनोद चौधरीले खरिद गरि सिजी टेलिकममा रुपान्तरण गरेको थिए। ग्रामिण मोबिलिटी तर्फको अनुमती खारेज भएपनि सीजीले खरीद गरेको ग्रामिण दूरसंचार सेवा तर्फको अनुमतिपत्र भने यथावत नै रहेको छ।




Related Pictures:













Related News:

अन्तरिक्षमा 'बिग ब्याङ्ग' पछिकै ठूलो विस्फोट पत्ता लाग्यो - 2020-02-28

मैनालीलाई ग्राण्डी अस्पतालमा भर्ना - 2020-02-27

ओलीकै अगाडि शाक्यले भनिन्: जन्मदिनमा बत्ती बाल्ने हाम्रो संस्कार हो। नेपाल आमाको केक बनाएर काट्ने होइन कमेरड यस्तो संस्कार त्याग्नुस् - 2020-02-27

आफ्नै पार्टीको सरकारप्रति विश्वासको संकट पर्‍यो: जनार्दन शर्मा - 2020-02-27

प्रधानमन्त्री ओली गोकुल वास्कोटाको बचाउगर्दै नेता कार्यकर्तामाझ कड्किए - 2020-02-27





चीन तर्फको नाका खोल्ने विषयमा उच्चस्तरीय बैठक बस्ने - 2020-02-23

काठमाडौ,(प्रस): चीन तर्फको नाका खोल्ने विषयमा उच्चस्तरीय बैठक बस्ने भएको छ। कोरोना भाइरस संक्रमणपछि नेपाल चीनबीचको दुई वटै व्यापारिक नाका बन्द छ। कोरोना भाइरसको संक्रमणपछि केरुङ र तातोपानी नाका बन्द भएको एक महिना भएको छ। अर्थ, स्वास्थ्य, गृह र बाणिज्य सचिवको सोमबार बस्ने संयुक्त बैठकले नाका खोल्ने/नखोल्ने बारे निर्णय गर्नेछ। दुबैतर्फको नाकामा क्वारेन्टाइन राम्रो नभएकाले नाका खोल्न अझै सहज भने छैन।

दोस्रो फिक्कल महोत्सव सुरु - 2020-02-23

सिन्धुली,(प्रस): सिन्धुलीको फिक्कल गाउँपालिकामाको आजोजनामा दोस्रो फिक्कल महोत्सव आजबाट सुरु भएको छ । ‘सडक, शिक्षा र विजुली फिक्कलको पूर्पाधार, कृषि वन र पर्यटन समृद्धिको मूल आधार’ भन्ने मुल नाराका साथ आयोजना गरिएको महोत्सवको प्रतिनिधि सभा सदस्य गणेशकुमार पहाडीले उद्घाटन गर्नु भएको हो । महोत्सव फागुन १९ गते सम्म सञ्चालन हुने छ ।

आफ्नो सत्तामा ४ प्रतिशत आर्थिक वृद्धि गर्नेहरू अहिले आलोचनामा गर्छन्: अर्थमन्त्री - 2020-02-17

काठमाडौ,(प्रस): अर्थमन्त्री डा. युवराज खतिवडाले पछिल्लो समय ६ प्रतिशत भन्दा माथिको आर्थिक वृद्धिको वहस हुनु सकारात्मक भएको बताएका छन्। ललितपुरको हरिहरभवनस्थित सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको नयाँ भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले सरकारले ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको र बजारमा ६ प्रतिशत भन्दा माथिको बहस हुने गरेको बताए। उनले भने ‘राज्यसत्तामा रहँदा ३/४ प्रतिशत आर्थिक वृद्धि गर्नेहरु अहिले ८ प्रतिशत आर्थिक वृद्धि नहुने भन्दै आलोचना गर्न अगाडि सरेको देखिन्छ।’

६ सय २३ स्थानीय तहलाई २ अर्ब अनुदान - 2020-02-14

काठमाडौ,(प्रस): श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ६ सय २३ स्थानीय तहमा २ अर्ब रुपैयाँ सशर्त अनुदान पठाएको छ। शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गरी मन्त्रालयले आर्थिक वर्ष २०७६/०७७ का लागि स्थानीय तह अन्तर्गत रोजगार सेवा केन्द्रमा सूचिकृत भएका बेरोजगार व्यक्तिहरुलाई रोजगारी प्रदान गर्ने उद्देश्यले तत्कालका लागि २ अर्ब रुपैयाँ बाँडफाँड गरी सशर्त अनुदान पठाइएको जनाएको हो।

कृषि अनुदान दुरुपयोग : शीत भण्डारका लागि ६ कम्पनीसँग गरिएको सम्झौता रद्द - 2020-02-11

काठमाडौ,(प्रस): सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको अनुदान दुरुपयोग गरेको भन्दै ६ कम्पनीसँगको सम्झौता रद्द गरेको छ । शीतभण्डार निर्माणका लागि मोबिलाइजेसन रकम लिएर अपारदर्शी खर्च गर्ने कम्पनीहरुसँगको द्विपक्षीय सम्झौता तोडिएको हो । परियोजना अन्तरगत साझेदारीमा शित भण्डार गृह निर्माणमा गत वर्ष भएको सम्झौताअनुसार सन्तोषजनक प्रगति नदेखिएको कृषिमन्त्री घनश्याम भुसालका सचिवालय प्रमुख उपसचिव गंगा आचार्यले बताए । शीत भण्डार निर्माणको सम्झौता गरेका कम्पनीले सार्वजनिक खरिद ऐनको दुरुपयोग गरेको उनको आरोप छ ।

मेगा बैंकले घर निर्माण कर्जामा शतप्रतिशत फाइनान्सिङ गर्ने - 2020-02-09

काठमाडौ,(प्रस): मेगा बैंक नेपालले आवास तथा सवारीसाधन ऋणको नयाँ स्किम ल्याएको छ। ‘आफ्नो घर, आफ्नै गाडी, मेगा बैंकका साथमा बढाउनुस् पाइला अगाडि’ भन्ने नाराका साथ बैंकले ‘आवास तथा सवारीसाधन कर्जा योजना’ ल्याएको हो।

६० वर्ष पुगेपछि सार्वजनिक यातायात चलाउन प्रतिवन्ध, ट्राफिक नियम मिच्ने लाई पाँच हजार रुपैयाँ जरिवाना - 2020-02-05

काठमाडौ,(प्रस): सरकारले ६० बर्ष पुगेका व्यक्तिले सार्वजनिक यातायात चलाउन नपाउने व्यवस्था गर्ने भएको छ। यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था ऐनको मस्यौंदामा ६० वर्ष नाघेकाले सार्वजनिक यातायात चलाउन नपाउने व्यवस्था गरेको छ। यो व्यवस्था कार्यान्वयनमा ६० वर्ष नाघेपछि बस, ट्याक्सी, ट्रक लगायतका सवारी साधन चलाउन पाउने छैनन्। तर निजी सवारी साधनमा भने उमेरहद लागु छैन्।

बिनोद चौधरीले सञ्चालन गरेको लिमिटेड मोविलिटीको अनुमतिपत्र खारेज - 2020-02-04

काठमाडौ,(प्रस): सिजी कम्युनिकेशनले पाएको लिमिटेड मोविलिटी सेवाको ७ वटै अनुमति पत्र खारेज भएको छ। नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणले आइतबार लाइसेन्स खारेज गरेको हो। दूरसंचार ऐन, २०५३ को दफा २५ को उपदफा ५ अनुसार सिजीको लाइसेन्स खारेज गरिएको प्राधिकरणले उल्लेख गरेको छ। ‘२०७६ माघ १९ गतेदेखि लागु हुने गरी स्वतः रद्द भएको व्यहोरा सबैको जानकारीका लागि सूचित गरिएको छ,’ प्राधिकरणले जारी गरेको सूचनामा छ।

लगनशिलताका साथ होमस्टे सञ्चालन गर्न मेयर खत्रीको आग्रह - 2020-02-04

सिन्धुली,(प्रस): सिन्धुली जिल्लामा आजबाट पहिलो होम स्टे सञ्चालनमा आएको छ । कमलामाई नगरपालिका २ को ढुङग्रेभञ्ज्याङ्गमा भद्रकाली सामुदायिक होम स्टे सञ्चालनमा आएको हो । कमलामाई नगरपालिका, सिन्धुली उद्योग बाणिज्य संघ, कन्दमुल तरकारी विकास केन्द्र तथा श्री सिन्धुलीको सहजीकरणमा होम स्टे सञ्चालनमा आएको हो ।

सामाजिक सुरक्षा कोषमा आकर्षण कम - 2020-02-03

काठमाडौ,(रासस): तीन महिनाभित्र थप एक लाख श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने सरकारी लक्ष्य भेट्टयाउन मुस्किल देखिएको छ। पछिल्लो समय सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिक तथा रोजगारदाताको सङ्ख्या हेर्दा उक्त लक्ष्य हासिल गर्नु चुनौतीपूर्ण देखिएको हो।

ब्रोइलर कुखुराको मासु किलोमै ११० रुपैयाँ बढ्यो, सरकारले अनुगमन गर्ने - 2020-02-03

काठमाडौ,(प्रस): डेढ महिनाकै अवधिमा ब्रोइलर कुखुराको मासु किलोमा १ सय १० रुपैयाँ बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारवाही अगाडि बढाउने भएको छ। विभागले ठूला ह्याचरी र बिक्रेतालाई मूल्य बढ्नुको कारण पेस गर्न शुक्रबार निर्देशन दिएको थियो।

किसानलाई स्थानीय सरकारको प्रत्याभुती दिलाउँछौं: नगरप्रमुख खत्री - 2020-02-03

सिन्धुली,(प्रस): कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले किसानले उत्पादन गरेको तरकारी बिक्रि नभएमा नगरपालिकाले खरिद गर्ने बताएकाछन् । कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा तरकारी उपज बजारमा निर्माण गरिएको चिस्यान भण्डारणको आज उद्घाटनगर्दै नगरप्रमुख खत्रीले सो कुरा बताएका हुन् । तरकारी उत्पादन गर्नुस्, बिक्री नभएन भनेर चिन्ता लिनु पर्दैन, हामी तपाईहरुले उत्पादन गरेको तरकारी किनिदिन्छौं नगरप्रमुख खत्रीले भने । उनले किसानहरु निराश हुने दिन सकिएको बताउँदै कृषि पेशाप्रतिको बितृष्णा हटाएर सबैलाई स्थानीय सरकार भएको प्रत्याभुती दिलाउनेसमेत बताएका थिए ।

गैरकानुनी रूपमा भित्रिएका दुईवटा टेस्ला विजुली कार धादिङमा समातियो - 2020-01-30

काठमाडौ,(प्रस): गैरकानूनी रूपमा भित्रिएका दुईवटा टेस्ला गाडी धादिङको आदमघाट नियन्त्रणमा लिएर वीरगंज भन्सार कार्यालय फिर्ता लगिएको छ। अहिले भन्सार यार्डमा राखेर रिचेकको तयारी भइरहेको वीरगंज भन्सारका प्रमुख ढुण्डी निरौलाले बताए। ‘हामीले राती नै गाडी नियन्त्रणमा लिएर रिचेक गर्दैछौं,’ उनले बिजमाण्डूसँग भने, ‘हामीले फेरि आयातकर्ता कम्पनीलाई सबै कागजपत्र पेस गर्न भनेका छौं।’ उनका अनुसार कागजपत्रका आधारमा मात्रै गाडीको बारेमा निर्णय गरिनेछ।

१० युनिटभन्दा कम खपत गर्नेलाई निःशुल्क विद्युत - 2020-01-28

काठमाडौ,(प्रस): विद्युत प्राधिकरणले १० युनिटभन्दा कम विद्युत खपत गर्नेका लागि निःशुल्क दिने बताएकाे छ। धिकरणले प्रस्ताव गरेको नयाँ दरअनुसार प्रतिमहिना १० युनिटभन्दा कम खपत गर्ने ग्राहकका लागि निःशुल्क दिने बताइएकाे हाे।

साझालाई बिजुली बस किन्न दिएको ३ अर्ब सरकारले फिर्ता लिने - 2020-01-23

काठमाडौ,(प्रस): नेपाल सरकारले गत साउन पहिलो साता साझा यातायातलाई बिजुली बस खरिद र संचालनको लागि दिएको तीन अर्ब रुपैयाँ ब्याज सहित फिर्ता लिने निर्णय गरेको छ। मन्त्रिपरिषदको नियमित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले साझालाई दिइएको तीन अर्ब रुपैयाँ फिर्ता लिने निर्णय भएको जानकारी दिए।

हिमपातले रसुवा–केरुङ आवतजावत बन्द - 2020-01-19

काठमाडौ,(प्रस): हिमपातका कारण नेपाल चीनबीच केरुङको आवतजावत बन्द भएको छ । सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेम नेपालका अनुसार चिनियाँ भूभागको अधिकांश सडकमा हिउँ जमेका कारण सवारीसाधन एवं मानिस हिँड्डुल गर्नसमेत बन्द भएको हो । दैनिक रूपमा मालसामान ओसारपसार गर्ने ट्रक तथा कन्टेनर आवतजावत गर्न नसक्दा सयौँ सवारी चालक अलपत्र रूपमा दिनचर्या बिताइरहेको बताइएको छ ।

भारतबाट आउन थाल्यो प्याज, घट्यो मूल्य - 2020-01-09

काठमाडौ,(प्रस): केही समयअघि २ सय ५० रुपैयाँसम्म पुगेको प्याजको मूल्य घट्न थालेको छ। भारतीय बजारमा नयाँ प्याजको उत्पादन सुरू भएपछि त्यसको असर नेपाली बजारमा पनि देखिन थालेको हो।

सरकार र उखु किसानबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित - 2020-01-03

उखु किसान र सरकारबीच पाँच बुँदे सहमति भएको छ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको पहलमा भएको वार्तामा पाँच बुँदे सहमति भएको हो। जसअनुसार माघ ७ गतेभित्र उखु किसानको सम्पूर्ण बक्यौता रकम चिनी उद्योगीले भुक्तानी गर्नेगरी मन्त्रालयले सहजीकरण गर्ने भएको छ।

मासुको भाउ बढाउन जिउँदै गाडियो तीस लाख चल्ला - 2019-12-20

काठमाडौ,(प्रस): नेपाल ह्याचरी उद्योग संघले ब्रोइलर कुखुराको मासुको मूल्य समायोजन गर्ने भन्दै झन्डै ३० लाख चल्ला जिउँदै गाडेको छ। संघले यही साता चितवनलगायत ठाउँमा चल्ला मारेको छ भने अण्डा पनि नष्ट गरेको छ। ४५ करोड मूल्य बराबरको अण्डा नष्ट गरिएको ह्याचरी संघका अध्यक्ष टीकाराम पोखरेलले बताए। पछिल्लो समय मासुको मूल्य घटेको र चल्ला र अण्डा नष्ट गर्दा कुखुराको मासु बजार सन्तुलनमा आउने दाबी गर्दै संघले निर्मम तरिकाले जिउँदै चल्ला पुर्न लगाएको थियो।

तीन वर्षसम्म किसानको भुक्तानी नदिनु बेइमानी: आपूर्तिमन्त्री - 2019-12-03

काठमाडौ,(प्रस): अठार महिना दुःख गरेर उब्जाएको उखुको मूल्य तीन वर्षसम्म नदिने चिनी उद्योगीलाई कस्न किसान प्रतिनिधिहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसान र उद्योगीहरुको समस्या समाधान गर्न मंगलबार मन्त्रालयमा गरेको सर्वपक्षीय छलफलमा उखु कृषकहरु उद्योगीमाथि खनिएका थिए । अखिल नेपाल उखु किसान संघका अध्यक्ष राजकुमार उप्रेतीले केही चिनी उद्योगीहरुको नियत नै किसानमारा देखिएको आरोप लगाए । कृषकले १८ महिना उत्पादनमा, दुई वर्ष उखु काट्न र साढे दुई देखि तीन वर्ष पैसा लिनका लागि धाउनुपरेको उनले गुनासो गरे ।

दैलेखमा पेट्रोल - 2019-11-19

काठमाडौ,(प्रस): दैलेखको पादुकास्थानमा पेट्रोलियम पदार्थको अनुसन्धान धमाधम चलिरहेको छ। नेपाल सरकार खानी तथा भुगर्भ विभाग र चीनको चाइना जिओलोजिकल सर्भेको सयुक्त टोलीले उक्त अनुसन्धान गरिरहेको हो। लामो समय देखि खोलाको पानीमा तेल जस्तो चिल्लो पदार्थ तैरिएको भेटिएपछि त्यो तेल हुनसक्ने भन्दै अनुसन्धान थालिएको हो।










Powered by: Exclusively Solution