जापान समाचार




अनेसासको तेस्रो च्याप्टर सम्मेलन सम्पन्न, एक दर्जन पुस्तक विमोचित


टोक्यो,(प्रस):
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) को तेस्रो च्याप्टर सम्मेलनले संसारभरि छरिएका साहित्यकारहरुलाई एकै ठाउँमा राखेर नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्ने निर्णय गरेको छ । संस्था स्थापना भएको दुई दशक बित्न लाग्दा सबैलाई समेट्दै नेपाली साहित्यलाई विभिन्न भाषामा अनुवाद गर्ने कार्यलाई पनि द्रूतगतिले अघि बढाउने निर्णय गरेको छ ।
तीन दिन सम्म चलेको सम्मेलनले पूर्व केन्द्रीय अध्यक्ष मोहन सिटौलाको नेतृत्त्वमा छ बुँदे घोषणापत्र जारी गर्दै आन्तरिक कमजोरी सुधार गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ । टोकियोको शिन्जुकुमा सम्पन्न भएको अनेसास च्याप्टर सम्मेलनमा केन्द्र र च्याप्टरबीचको सम्बन्धमा रहेका कमजोरीहरुलाई पनि निकास दिएको छ । 

सम्मेलनमा नौ देशका १७ च्याप्टरका प्रतिनिधिसहित नेपालबाट अध्यक्ष राधेश्याम लेकाली, रमेश दाहाल, महेश पैडेललगायत चर्चित साहित्यकारहरुको उपस्थिति थियो । केन्द्रीय कार्य समितिको आयोजना र जापान च्याप्टरको संयोजन र व्यवस्थापनमा भएको उक्त सम्मेलनको संयोजक जापान च्याप्टरका पूर्व अध्यक्ष दीप पाठक थिए । पाठकको नेतृत्वमा रहेको जापान च्याप्टर ( २०१७-२०१९ ) लाई संसारभरिका च्याप्टरहरुमध्ये उत्कृष्ट कार्य सम्पादन गरेबापत विशिष्ट च्याप्टर पुरस्कार प्रदान गरिएको थियो । जापान च्याप्टरले प्राप्त गरेको उक्त पुरस्कार प्रमुख अतिथि तथा जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले प्रदान गर्नु भएको थियो । 

 कार्यक्रमलाई गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष एवं व्यवशायी भवन भट्टले सम्बोधन गर्दै प्रवासमा बढ्दै गएको साहित्य चेतलाई अनेसासले संगठित गरेकोमा हर्ष प्रकट गरेका थिए । कार्यक्रममा गैरआवासीय नेपाली संघ आइसिसीका कोषाध्यक्ष महेशकुमार श्रेष्ठले जापानमा रहेका नेपालीहरुको साहित्यप्रतिको लगावले आफू प्रभावित भएको बताएका थिए ।प्रमुख अतिथि महामहिम राजदूत प्रतिभा राणाले विदेशी भूमिमा नेपाली भाषा र साहित्यको उन्नयन र विकासमा अनेसासले गरेको योगदानको खुलेर प्रशंसा गर्दै यसकार्यमा दूतावास परिवार सहकार्य गर्न तयार रहेको कुरा बताउनु भयो ।यसैगरी संस्थापक अध्यक्ष होमनाथ सुवेदी र बोर्ड अफ ट्रस्टी अध्यक्ष गीता खत्रीले पठाएको शुभकामना मन्तव्य महासचिव गणेश घिमिरेले वाचन गरेका थिए । 

दीप पाठकको स्वागत मन्तव्य रहेको सो उद्घाटन सत्रमा अनेसास जापानका पूर्व अध्यक्षहरु डा. कुमार बस्नेत, बेलु काजी थापा र बिष्णुप्रसाद घिमिरे, दिनेशराज ज्ञवली, गैरआवासीय नेपाली संघ जापान अध्यक्ष देवीलाल भण्डारी, आइसिसी एशिया युवा संयोजक दीपक कँडेलले बोलेका थिए । त्यसैगरी वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल 'माइला' ले जापानमा आयोजित च्याप्टर सम्मेलनको उद्देश्य र विषयमाथि प्रकाश पारेका थिए ।दुई दिन चलेको उक्त कार्यक्रममा पहिलो दिन आधा दर्जन पुस्तकको विमोचनसहित ५० भन्दा बढी कविहरुको काव्यगोष्ठी भएको थियो भने दोस्रो दिन त्रिविविका उपप्राध्यापक तथा साहित्यकार महेश पौड्यालको कार्यपत्र प्रस्तुत भएको थियो । पौड्यालले प्रस्तुत गर्नुभएको कार्यपत्रलाई नेपाली भाषामा स्नातकोत्तर गरेका जापानी नागरिक हारुहितो नोजु र पत्रकार भूषण घिमिरेले टिप्पणी गरेका थिए र कार्यपत्र सेशनको सञ्चालन केन्द्रीय उपाध्यक्ष निशा अर्यालबाट भएको थियो । 

 कार्यक्रममा निवर्तमान अध्यक्ष तथा बोर्ड अफ ट्रस्टीका उपाध्यक्ष पदम विश्वकर्मा, पूर्व केन्द्रीय अध्यक्ष डा. कुमार बस्नेत र मोहन सिटौला तथा वर्तमान केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली सहितको कार्यसमिति र च्याप्टर अध्यक्ष तथा प्रतिनिधि र आजीवन सदस्यहरुको उपस्थितिमा केन्द्र, ट्रस्टी र च्याप्टरबीचमा दरिलो समान्वय कसरी स्थापित गर्न सकिन्छ भन्ने विषयमा गम्भीर छलफल भएको थियो । १७ च्याप्टरका बीचमा भएको उक्त छलफलले विधान र आन्तरिक विषयमा दफाबार छलफल गरेको थियो । सहभागीहरुबाट आएका सुझाव र गुनासोहरुलाई केन्द्रीय उपाध्यक्ष भीमसेन सापकोटा, केन्द्रीय सचिव लालगोपाल सुवेदी र साहित्यकार तथा अनेसासका आजीवन सदस्य रमेश दाहालले संश्लेषण गरेका थिए । छलफल कार्यक्रमको सभापतित्व केन्द्रीय कार्य समितिका वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल ‘माइला‘ले गरेका थिए । कार्यक्रममा उत्कृष्ट कार्य गरेबापत दोस्रो हुने कोरिया च्याप्टर तथा तेस्रो हुने कतार च्याप्टरलाई पनि सम्मान गरिएको थियो । उत्कृष्ट च्याप्टर पुरस्कारको प्रायोजन पदम विश्वकर्मा र द्वितीय र तृतीय च्याप्टर पुरस्कारको प्रायोजन निशा अर्यालले गरेका थिए । 

 त्यसैगरी यसअघि क्रमशः पहिलो र दोस्रो च्याप्टर सम्मेलनको संयोजन गरेर उत्कृष्ट कार्य गर्ने शान्तिराम ढकाल र कृष्ण गिरीलाई पनि सम्मान गरिएको थियो । कार्यक्रमको मूल उद्घाटन सत्रको सञ्चालन केन्द्रीय कार्य समितिका महासचिव महासचिव गणेश घिमिरे र जापान च्याप्टर महासचिव रविन शर्माले गरेका थिए । जापानस्थित नेपाली दूतावासले कार्यक्रममा सहगाभी साहित्यकारहरूलाइ स्वागत गर्दै रात्रीभोजको अयोजना गरेको थियो ।कार्यक्रममा केन्द्रीय समिति तर्फबाट दिइने विभिन्न पुरस्कार प्रायोजन गर्ने भवन भट्ट, पदम विश्वकर्मा एवं दुर्गा दाहाललाई पनि सम्मान गरिएको थियो । अनेसास कोरिया च्याप्टरको गतिविधि र प्रकाशनको काममा महत्त्वपूर्ण योगदान पुर्याएबापत वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल 'माइला' लाई कोरिया च्याप्टरले अभिनन्दन समेत गरेको थियो । अन्तिम सत्रमा च्याप्टर अध्यक्ष तथा प्रतिनिधिहरुले आफ्नो आफ्नो च्याप्टरको २ वर्षे कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । यो शत्रको सञ्चालन केन्द्रीय उपाध्यक्ष शान्तिराम ढकालले गरेका थिए । सम्मेलनमा अमेरिका, जापान, कोरिया, नेपाल, भारत, कतार, बेलायत, अस्ट्रेलिया लगायतका मुलुकको सहभागिता थियो । अन्त्यमा जापान च्याप्टरका नवनिर्वाचित अध्यक्ष गिरिजा गैह्रेले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीको समापन मन्तव्यसँगै तीन दिने च्याप्टर सम्मेलनको औपचारिक समापन भएको थियो । 

 उक्त कार्यक्रमले केन्द्र र च्याप्टरबीचको सम्बन्ध मजबुत बनाएको र सबै जसो आन्तरिक समस्याको समाधान भएको भन्दै सहभागीहरुले खुसी व्यक्त गरेका थिए । एशिया युवा संयोजक दीपक कँडेलले बोलेका थिए । यसअघि वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल 'माइला' ले जापानमा आयोजित च्याप्टर सम्मेलनको उद्देश्य र विषयमाथि प्रकाश पारेका थिए ।




Related Pictures:













Related News:

अन्तरिक्षमा 'बिग ब्याङ्ग' पछिकै ठूलो विस्फोट पत्ता लाग्यो - 2020-02-28

मैनालीलाई ग्राण्डी अस्पतालमा भर्ना - 2020-02-27

ओलीकै अगाडि शाक्यले भनिन्: जन्मदिनमा बत्ती बाल्ने हाम्रो संस्कार हो। नेपाल आमाको केक बनाएर काट्ने होइन कमेरड यस्तो संस्कार त्याग्नुस् - 2020-02-27

आफ्नै पार्टीको सरकारप्रति विश्वासको संकट पर्‍यो: जनार्दन शर्मा - 2020-02-27

प्रधानमन्त्री ओली गोकुल वास्कोटाको बचाउगर्दै नेता कार्यकर्तामाझ कड्किए - 2020-02-27





अनेसासको तेस्रो च्याप्टर सम्मेलन सम्पन्न, एक दर्जन पुस्तक विमोचित - 2020-01-19

टोक्यो,(प्रस): अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) को तेस्रो च्याप्टर सम्मेलनले संसारभरि छरिएका साहित्यकारहरुलाई एकै ठाउँमा राखेर नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्ने निर्णय गरेको छ । संस्था स्थापना भएको दुई दशक बित्न लाग्दा सबैलाई समेट्दै नेपाली साहित्यलाई विभिन्न भाषामा अनुवाद गर्ने कार्यलाई पनि द्रूतगतिले अघि बढाउने निर्णय गरेको छ ।

स्याङजाको मह जापानमा निर्यात तयारी - 2020-01-09

स्याङजा,(प्रस): यहाँ उत्पादन भएको महलाई जापान निर्यात गर्ने सम्झौता भएसँगै सङ्कलन कार्य थालिएको छ । रेशम विकास कार्यक्रमले यहाँ उत्पादन भएको गुणस्तरयुक्त मह जापानस्थित कम्पनीमा निर्यात गर्ने सम्झौता गरेपछि सङ्कलन थालिएको हो । रेशम विकास कार्यक्रम २०४२ मा लागू भए पनि पहिलो पटक चालू आर्थिक वर्षको शुरुआतसँगै मौरीपालन कार्यक्रम ल्याएको सो कार्यक्रम स्याङ्जाका प्रमुख विनोद हमालले बताए ।

तेइस सयका लागि परीक्षा हुँदै - 2020-01-04

काठमाडौ,(प्रस): जापान रोजगारीमा नेपाली युवाको अपेक्षित सहभागिता हुन नसकिरहेका बेला जापानले झण्डै दुई हजार बढी कामदार लैजाने तयारी गरेको छ । जापान फाउण्डेशनले यही जनवरीमा एक हजार र आगामी मार्चमा एक हजार ३०० नेपाली कामदार लैजाने तयारी थालेको छ । फाउण्डेसनले एक सूचना जारी गरी परीक्षा तालिका सार्वजनिक गरेको हो ।

औद्योगिक प्रशिक्षार्थी आदानप्रदान गर्न जापान तयार - 2019-12-13

काठमाडौ,(प्रस): जापानले औद्योगिक प्रशिक्षार्थी आदानप्रदानमा नेपालसँग थप सहकार्य गर्न तयार रहेको बताएको छ । नेपालका लागि जापानी राजदूत मासामिची साइगो र नेपाल उद्योग परिसङ्घका पदाधिकारीबीच भएको छलफलमा राजदूत साइगोले द्विपक्षीय आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारमा सहकार्य गर्न तयार रहेको बताए ।

होटलमा जापानी नागरिक मृत फेला - 2019-12-08

काठमाडौ,(प्रस): मनाङकाे ङिस्याङ गाउँपालिका-४ को एक होटलमा जापानी नागरिक मृत अवस्थामा भेटिएका छन् । मनाङ गाउँको हिमालयन सिङ्गी होटलमा जापानिज नागरिक पासपोर्ट नम्बर ००४६२६२ का ६७ वर्षीय हिसाको कोरी नाम गरेकी महिला मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मनाङका डिएसपी टीकाबहादुर कार्कीले बताए ।

हगिबिस समुद्री आँधी: बाढीमा डुबेका १० वटा बुलेट रेल प्रयोगमा नल्याइने - 2019-11-07

गत महिना जापानमा समुद्री आँधी हगिबिस आउँदा बाढीमा आंशिक रूपमा डुबेका १० वटा बुलेट रेललाई सेवाबाट हटाइने भएको छ। तीव्र गतिमा कुद्ने ती रेलका केही भाग अझै प्रयोगयोग्य छन्। तर ती रेललाई प्रयोगबाट हटाउँदा ११ करोडदेखि १३.५ करोड अमेरिकी डलरसम्म क्षति हुन सक्ने जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्। नगानो नगरको स्टेशनमा पार्क गरेर राखिएका होकुरिकु-शिन्कान्सेन मार्गमा सञ्चालन हुने ती रेलमा हगिबिस आँधीको प्रभाव परेको थियो।

भदौ १२ देखि काठमाडौं–ओसाका उडान - 2019-08-20

काठमाडौ,(प्रस)नेपाल वायु सेवा निगमले भदौको दोस्रो सातादेखि काठमाडौं–ओसाका उडान भर्ने भएको छ । निगमले भदौ १२ गतेबाट काठमाडौंदेखि जापानको ओसाका सिधै उडान गर्न लागेको हो । निगमका अध्यक्ष मदन खरेलले काठमाडौं–ओसाका उडान नियमित हुने जानकारी गराउनुभयो । अध्यक्ष खरेलका अनुसार निगमले साताको तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान भर्नेछ ।

केयरगिभरका लागि ५ जना स्टाफ नर्स जापान उडे - 2019-07-31

काठमाडौ,(प्रस)काठमाडौं ओभरसिजले पाँच जना महिलालाई पहिलो पटक केयरगिभरको कामका लागि जापान पठाएको छ । जापानमा वृद्धवृद्धाहरुको हेरचाहको लागि धेरै केयरगिभरहरुको आवश्यकता भएकोले काठमाडौं ओभरसिजले औपचारिक रुपमा जापान पठाउन शुरु गरेको हो ।

जापान जाने कामदारका लागि कात्तिकमा भाषा र सीप परीक्षा - 2019-07-22

काठमाडौ,(प्रस)जापान जाने नेपाली कामदारका लागि कात्तिक ११ र १२ मा भाषा परीक्षा हुने भएको छ । जापान सरकारसँग भएको सम्झौताअुनसार पहिलो चरणमा 'कियर गिभर'का लागि लौजान भाषा परीक्षाको तयारी भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । भाषा परीक्षाणमा उत्तिर्ण भएकाहरुका लागि कात्तिक २१ र २२ मा सिप परिक्षण गर्ने मन्त्रालयले तयारी गरेको छ ।

दुई देशमा परीक्षण गरेपछि मात्रै नेपालमा जापानिज भाषा परीक्षा - 2019-04-25

प्रदेस संवाददाता, काठमाडौंदुई देशले कामदार आपूर्तिबारे समझदारी पत्रमा हस्ताक्षर गरे पनि जापानले अझै भाषा परीक्षाको मोडालिटी टुंगो लगाएको छैन । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहाल जापानले भाषा परीक्षा र भर्ति प्रक्रियाका विषयमा गहृकार्य गरिरहेकाले कामदार लैजाने प्रक्रिया र मितिबारे एकीन भइनसकेको बताउँछन् ।

जापानको प्राथमिकता केयर गिभर र क्लिनर - 2019-04-07

काठमाडौ,(प्रस): नेपाली श्रमिक माग गर्ने सम्बन्धमा नेपाल र जापानबीच श्रम समझदारी (एमओसी) भएसँगै जापानका रोजगारदाताले केयर गिभर र क्लिनिङ क्षेत्रमा नेपाली युवा लैजाने सम्बन्धमा छलफल अघि बढाएका छन् । दुई देशबीच चैत ११ मा श्रम समझदारी भएपछि प्राविधिक टोलीले कस्ता श्रमिक लैजाने भन्ने सम्बन्धमा छलफल गरिरहेका बेला जापानका नर्सिङ र सफाइ क्षेत्रका रोजगारदाताले नेपाली पक्षसँग अनौपचारिक छलफल अघि बढाएका छन् ।

नेपाली कामदार जापान पठाउने समझदारीमा केही दिनभित्रै हस्ताक्षर हुँदै - 2019-03-22

प्रदेस संवाददाता, काठमाडौंजापानले नेपाली कामदार लैजान प्रारम्भिक समझदारी गर्ने भएको छ। नेपालका लागि जापानी राजदूत र श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहालले समझदारीमा हस्ताक्षर गर्ने तयारी गरेका हुन्। मन्त्रिपरिषद्को बैठकले दाहाललाई समझदारीमा हस्ताक्षरका लागि स्वृकिति प्रदान गरिसकेको छ। ‘केही दिनभित्रै समझदारीमा हस्ताक्षर हुँदैछ, श्रम मन्त्रालय स्रोतले भन्यो, ‘समझदारीको विषय टुंगो लागेको छ। मिति तय हुन भने बाँकी छ।’

नेपालले जापानसँग माग्यो भाषा परीक्षाको ‘कोर्स’ - 2019-03-04

काठमाडौ,(प्रस): नेपालले कामदारका लागि भाषा परीक्षाको ‘कोर्स’ स्पष्ट गरिदिन जापानसँग आग्रह गरेको छ । जापानी भाषा सिकाउने इन्स्टिच्युटले यसका नाममा ठगी गर्न सक्ने र कामदारलाई पनि अन्योल हुने भएकाले भाषा परीक्षाको सम्भावित कोर्स उपलब्ध गराउन नेपाल सरकारले आग्रह गरेको हो । जापानले पठाएको समझदारीको मस्यौदामा जापानले भाषा परीक्षाको चौंथो तहसम्म पास हुनेलाई कामदारका रुपमा लैजाने उल्लेख छ । हाल जापान पढ्न जाने विद्यार्थीले ५ औं तहको परीक्षा पास गर्छन् ।

जापानी पत्रकारलाई युद्धग्रस्त यमन जान रोक, पासपोर्ट सरकारलाई बुझाउन आदेश - 2019-02-06

टोकियो,(प्रस): जापान सरकारले रिपोर्टिङका लागि युद्धग्रस्त यमन जान लागेका एक जना वरिष्ठ पत्रकारको पासपोर्ट सरकारलाई बुझाउन आदेश दिएको छ । गत वर्ष सिरियामा विद्रोहीको कब्जाबाट एक जना जापानी पत्रकार मुक्त भएर जापान फर्किएलगत्तै युद्धग्रस्त क्षेत्रमा रिपोर्टिङका लागि जापानी पत्रकारलाई जान अनुमति दिने वा नदिने भन्नेमा जापानमा चर्को बहस भएको जापान टूडे अंग्रेजी समाचारपत्रको अनलाइन संस्करणले समाचार छापेको छ ।

जापान रोजगारी : कामदार पठाउन ‘गोप्य’ छलफल गरिँदै - 2019-02-01

काठमाडौ,(प्रस): रोजगारीको आकर्षक गन्तव्य मानिएको जापानमा नेपाली कामदार पठाउन छलफललाई तीव्रता दिइएको छ । नेपाली र जापानी पक्षबीच कामदार पठाउनेबारे गम्भीर ढङ्गले गृहकार्य चलिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतले जनाएको छ ।

नेपाल-जापान हवाई सम्झाैता आजदेखि लागू - 2019-01-10

नेपालले हालसम्म ३९ देशसँग हवाई सम्झौता गरेको छ। नेपाल र जापानबीच असार १४ मा पुनरावलाेकन भएकाे हवाई सम्झाैता आजदेखि लागू भएकाे छ। दुई देशका पराराष्ट्र मन्त्रीहरूले कुटनीतिक नाेट एक्सचेन्ज गरेसँगै समझदारी लागू भएकाे हाे। आज काठमाडौंमा आयाेजित समाराेहबीच परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र उनका जापानी समकक्षी कोनोबीच उक्त नाेट हस्तान्तरण भएकाे हाे।

जापानमा रोजगारी: कडा परिश्रम, राम्रो आम्दानी - 2019-01-08

युवराज गौतम:रोजगारीका सिलसिलामा दैनिक सयौं नेपाली बिदेसिरहेका छन् । पछिल्ला केही वर्षमा नयाँ पुस्ताका जनशक्ति विद्यार्थी भिसामा अमेरिका, जापान, अस्ट्रेलिया, युरोप आदि देश पुग्ने क्रम पनि बढिरहेको छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेहरूको संख्या पनि दैनिकजसो बढिरहेको छ ।

निसानका पूर्व अध्यक्ष जापान अदालतमा उपस्थित - 2019-01-08

एजेन्सी : भ्रष्टाचार आरोपमा थुनामा रहेका निसान कम्पनीका पूर्व अध्यक्ष कार्लोस गोउन पहिलो पटक मङ्गलबार टोकियो अदालतमा उपस्थित भएका छन् । अदालतमा बयानका क्रममा उनले आफू निर्दोष रहेको र कुनै अपराध नगरेको दाबी गरेको अदालतले जनाएको छ । गोउनलाई कम्पनीको गलत वित्तीय रिपोर्टिङको आरोपमा गत नोभेम्बर १९ मा पक्राउ गरिएको थियो ।

नेपाली कामदार जापान पठाउने प्रक्रिया सुरु, जापानबाट एक प्राविधिक समूह छिट्टै नेपाल आउने - 2019-01-08

काठमाडौ,(प्रस): नेपाली कामदार जापान पठाउने प्रक्रिया सुरु गर्ने सम्बन्धमा छलफल भएको भएको छ। जापानको मन्त्रिपरिषद्ले केही समयअघि आप्रवासी कामदार लैजानेसम्बन्धी नीतिगत मापदण्ड अनुमोदन गरेसँगै नेपाली कामदार जापान पठाउन द्विपक्षीय छलफल सुरु भएको हो। यस विषयमा सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र जापानी राजदूत मासामिची सेइगोबीच भेटवार्ता भएको छ।

सरकारले भन्यो, जापानका नाममा ठगी सुरु , राहदानी र पैसा कतै नबुझाउनू - 2019-01-02

काठमाडौ,(प्रस): जापानले नेपाललाई श्रमिकको स्रोत मुलुकका रुपमा राख्ने बित्तिकै बजारमा त्यसकै नामा ठगी सुरु भएको छ । विभिन्न म्यानपावर कम्पनी, कन्सल्टेन्सी, तिनका एजेन्ट र भाषा सेन्टररुले आफैंले जापान पठाइदिने भन्दै विज्ञापनसम्म प्रकाशित गर्न भ्याइसकेका छन् । सरकारले भने कामदारहरुलाई जापान पठाउने नाममा देखाइने कुनै पनि किसिमका प्रलोभनमा नपर्न आग्रह गरेको छ । वैदेशिक रोजगार विभागले सूचना नै प्रकाशित गरेर त्यस्तो भ्रममा नपर्न सचेत गराएको छ ।

जापानी विदेश मन्त्री तारो कोनो नेपाल आउने - 2018-12-28

जापानी विदेश मन्त्री तारो कोनो २ दिने भ्रमणमा लागि नेपाल आउने भएका छन्। परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा कोनोले पुस २५-२६ गते नेपालको भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।










Powered by: Exclusively Solution