विचार




सन्दर्भ राष्ट्रिय एकता दिवशः पुष्पलालको माक्र्सवादी कसीमा पृथ्वीनारायण


लोकनारायण सुवेदी:
यो इतिहासले सत्य साबित गरिसकेको तथ्य हो कि बिश्वमा १७ वटा देशहरु मात्र अस्तित्वमा रहेको बेलामा पनि नेपाल भन्ने देश समेत उपस्थित रहेको थियो । यसले एउटै कुरा प्रष्ट हुन्छ कि नेपालको इतिहास धेरै पुरानो मानब सभ्यता भएको इतिहास हो । यसको साँस्कृतिक, धार्मिक, ऐतिहासिक र भौगोलिक एवं नृबंशीय बिबिधताले पनि यस तथ्यलाई उजागर गर्दछ । नेपालको इतिहासको खोजी र पुनर्निर्माणको काम र क्रम जारी छ, सकिएको छैन । सत्यको आधारमा तथ्य पत्ता लगाउने र नेपाल बिगतदेखि बर्तमानसम्म के कसरी फैलिदै र खुम्चिदै अस्तित्वमान रह्यो भन्ने कुराको अनुसन्धान, अन्बेषण भइसक्यो र निष्कर्श अब निस्किसक्यो अनि यसको सम्पूर्णरुपले अन्तिम टुगो लागि सक्यो भन्ने कुरा छैन ।

 यो अनुसन्धान र खोजको क्रम अद्यापि जारी छ नयाँ नयाँ तथ्य र पुरानै तथ्यका आधारमा पनि इतिहासप्रतिको नबीन सोच र दृष्टिकोणले समेत यसको अध्ययन र खोजीको माग गर्दछ र त्यो जारी रहन्छ र रहनु पर्दछ । तर मूख्य कुरा इतिहासमा जनताको भूमिका, उनीहरुको आजीबिका र अस्तित्व निर्माणको निमित्त उनीहरुले निरन्तर के कसरी संघर्ष गर्दै आए भन्ने कुराको आधारमा इतिहासको पुनर्निर्माण गरिनुपर्ने आवश्यकता त झन अझै पुरा भएको छैन नै । किनभने जनता नै इतिहासका बास्तबिक निर्माता हुन् भन्ने बिकसित बिश्व मान्य तथ्यका आधारमा आज इतिहासलाई हेर्नु पर्दछ । अनि मात्र यसको यथार्थ वास्तबिकताको पनि बोध हुन्छ भन्ने मान्यता आज स्थापित भइसकेको छ । त्यसैले यो केही राजा महाराजा, युद्ध सरदार वा सेनापतिहरु बीचको लडाई झगडा, साहस र समृद्धि, उत्थान र पत्तनको कुरा मात्र नरहेर जनताको गाँस, बास, कपास, सभ्यता, सस्ँकृति, कला कौशल, सीप, ज्ञानको कुरा बन्न गएको छ । मानब सभ्यता र बिकासको कुरा नै मानिसले आफ्नो शतत अस्तित्व र बिकासको लागि निरन्तर गर्दै आएको संघर्षको अर्थमा बुझनु बुझाउनु पर्ने र इतिहासको निक्र्यौल गर्नुपर्ने इतिहासको आजको अत्याधुनिक मान्यता हो ।

Image may contain: 1 person, eyeglasses and closeup

नेपालको जन इतिहासको निर्माणमा सार्थकरुपले कलम चलाउन आरम्भ गरेर नेपालको इतिहासलाई नयाँ मोड दिने नेपाल कम्युनष्टि पार्टीका संस्थापक महासचिव, नेपाली जन संघर्षका बैज्ञानिक खोजकर्ता तथा संयुक्त जन आन्दोलनका प्रतिपादक, नेपालको सामन्तबाद तथा साम्राज्यवाद बिरोधी आन्दोलनका आधुनिक र अग्रणी अथक योद्धा तथा नेता कमरेड पुष्पलालले यसै पृष्ठभूमिमा पृथ्वी नारायण शाहको बारेमा पनि माक्र्सवादी दृष्टिकोणका आधारमा कलम चलाएका छन् र नेपालको इतिहासलाई र्हेर्ने नयाँ दृष्टिकोणको सुत्रपात गरेका छन् । अहिले पृथ्वीनारायण शाहको समर्थन र बिरोध भइरहेको सन्दर्भमा कमरेड पुष्पलालको यस सम्वन्धि दृष्टिकोण र बिचार के कस्तो रहेको थियो र त्यसबाट हामीले के कस्तो शिक्षा लिएर अघि बढ्न पर्दछ भन्ने कुरालाई समेत ध्यानमा राखेर उनको बिचार यहाँ प्रस्तुत गरिएको छ ।

निश्चय पनि कमरेड पुष्पलाल जसले देशको वास्तविक इतिहास बुझदैन उसले नेपालको परिवर्तन र बिकासको दिशालाई ठम्याउन र सही दिशा एबं गति दिन सक्तैन भन्ने कुरामा अखण्ड बिश्वास गर्दथे । त्यसै आधारमा नेपालको इतिहासलाई पनि बुझनु, केलाउनु र निष्कर्श निकाल्नु पर्दछ भन्ने सही दृष्टिकोणका उनी प्रणेता र प्रयोक्ता थिए । इतिहास सम्वन्धि किताबका ठेली र ग्रन्थहरु, शिलापत्र र ताम्रपत्रहरु लेखिदैमा ती सर्बांङ्ग सही भइहाल्छन् भन्ने उनको मान्यता थिएन । तर इतिहासलाई सही किसिमले बुझन र केलाउन, ती ऐतिहासिक सामाग्री भित्रका कुराहरु यथार्थसँग मेल खान्छन् कि खादैनन् भन्ने कुराका आधारमा यथार्थसँग साँक्षात्कार हुन सकियो भने मात्र त्यस आधारमा यसको दिशा निर्देश गर्न सकिन्छ र देशको समग्र बिकासको दिशामा अर्थात यथार्थतः इतिहासको वास्तबिक निर्माण जनता हुन् र हुन्छन् भन्ने सही दिशामा अघि बढ्न सकिन्छ र भन्ने उनको प्रष्ट र बैज्ञानिक दृष्टिकोण थियो ।

त्यसै कारणले कमरेड पुष्पलालले समाज बिकासका घटनाक्रमहरुको बिश्लेषण र मूल्यांकन गर्दा कम्युनिष्टहरुले बैज्ञनिक, बस्तुगत र तर्कपूर्ण आधारमा गर्नु पर्दछ भन्ने प्रष्ट माक्र्सवादी मान्यता राख्दथे । समाज बिकासका बिभिन्न चरण उपचरणहरुमा माक्र्सवादलाई बुझन र त्यसको रचनात्मकरुपमा प्रयोग गर्न कुशल पुष्पलाल नेपाल कसरी बन्यो भन्ने सन्दर्भमा नेपाली जन आन्दोलन ः एक समीक्षा नामक कृतिमा भन्दछन् ः ‘‘हाम्रो इतिहासले हामीलाई बताउँदछ कि हाम्रो समाज आदिम साम्यवादी समाजवाट शुरु भई आज अर्ध सामन्ती समाजको स्थितिबाट गुज्रिरहेको छ । हाम्रो समाजमा जुन परिवर्तन शुरुदेखि हुदै आइरहेको छ त्यसको मूख्य कारण कुनै अलौकिक महापुरुष, ऋषिमुनी,राजा महाराजा, सेनापति अथवा कुनै नेता नभई हाम्रो देशको सामाजिक बिषमताबाट उत्पन्न भएका बिभिन्न बर्गहरुको संर्घष नै हो । जनताको यसै संर्घषलाई हामीले नियालेर र्हेर्नुपर्छ । यसको निमित्त नेपालको इतिहासको पुनः ब्याख्या अर्थात् पुनः खोज हुनु आवश्यक छ । अहिले हाम्रो बिषय सो नभई बिशेषरुपले आधुनिक जन आन्दोलनको समीक्षा भएको हुँदा त्यसै परिधिभित्र बसी यो समीक्षा गरिने छ ।’’

त्यस आधुनिक जन आन्दोलनको समीक्षा गर्ने क्रममा उनले त्यस कृतिमा अगाडि लेखेका छन् ः ‘‘नेपाली समाजको इतिहासले सन् १७६९ मा एक मोड लिएको छ । त्यो मोड हो – बिभिन्न इलाकीय सामन्ती राज्यहरुको समाप्ति र एक केन्द्रिय सामन्ती शासनको युगको शुरुवात । यसभन्दा पहिला नेपाल चार राज्य समूहमा बिभाजित थियो । पहिलो, काठमाण्डौ उपत्यकाका तीन राज्य समूह, जो प्राचीनकालदेखि नेपालको नामले प्रसिद्ध भएर आए, दोश्रो मध्य पश्चिम नेपाल अर्थात् गण्डकी प्रदेशमा पाल्पा तथा लमजुङ्ग अन्तरगत चौबीसे राज्यको समूह, तेश्रो पश्चिम नेपाल अर्थात् कर्णाली प्रदेशमा हुम्ला, जुम्ला राज्य अन्तरगत बासइसे राज्य समूह र चौथो, पूर्ब नेपाल अर्थात् कोशी प्रदेशमा मोरङ्ग राज्यको अधिनमा एघार किराँत कबिला गणतन्त्रीय राज्य समूह ।’’ उनी अगाडि लेख्छन् - ‘‘हाम्रो देशमा सामन्तबादको बाहुल्य दुइ हजार बर्षन्दा पहिलेदेखि चल्दै आइरहेको छ । समाज बिकासको क्रममा आदिम गणतन्त्रीय कबिला समाजको ह्रासमा नेपालका बिभिन्न इलाकामा सामन्ती समाजको आपसी संर्घषको दौरानमा कर्णाली, गण्डकी, बाग्मती तथा कोशी प्रदेशमा बिभिन्न सामन्ती राज्य–समूहहरुको बिकास हुन गयो । तर यो सामन्ती राज्य समूहहरुको उदय पनि एकै दिनमा भएन । नेपालमा मातृसत्तात्मक समाजको अस्त र पितृ सत्तात्मक समाजको उदय पछि काठमाण्डौ उपत्यकामा टोले तथा ग्रामीण राजा र पश्चिममा भूरे टाकुरे पितृसत्तात्मक इलाकीय सामाजिक इकाईहरु मासिएर तिनको ठाउँ बाइसे, चौबिसे सामन्ती राज्य समूहले लिए ।पूर्ब लिम्बुआनतिर सामन्ती राज्यको अन्तरगत एकत्रित भएका एघार राज्य–समूहहरुले सामन्ती स्वरुपको साटो कबिला गणतन्त्रीय समाजको गुणलाई बढी मात्रामा कायम गरेका थिए ।यहाँ हामीलाई यो प्रष्ट हुुन पर्दछ कि काठमाण्डौ उपत्यकाका तीन र पश्चिमका बाइसे, चौबिसे राज्य समूहहरुको उदयभन्दा पहिलेका भूरे, टाकुरे तथा टोले र ग्रामीण राज्यहरु भन्ने जो आज देशको जन ज्र्रिोमा छन् तिनीहरु वास्तवमा सामन्ती राज्य नभई पितृसत्तात्मक इलाकीय इकाई मात्र हुन् । यी इकाईहरु पछि गई सामन्ती राज्यसमूहमा परिणत भए ।’’

यसरी नेपाली समाजको बिकासक्रम बारे स्पष्ट पार्दै क.पुष्पलाल थप लेखेका छन् ः ‘‘मानदेव प्रथमको पालाबाट एक केन्द्रिय सत्ता कायम गर्ने प्रकृया सकृयरुपमा चालु भएको हो । त्यसको पराकाष्ठा गोर्खाका सामन्ती सरदार पृथ्वीनारायण शाहको नेतृत्वमा सन् १७४३ मा नुबाकोटको हमलाबाट शुरु भई सन् १७६९ मा काठमाण्डौ उपत्यकाको बिजयपछि अन्य राज्यहरुको साँध मासी आजको साँध कायम गर्न अर्को ४५ बर्षलाग्यो । आजको साँध पूर्बमा मेची, पश्चिममा महाँकाली उत्तरमा रसुवा र दक्षिणमा रक्सौल हुन आएको छ । आजको यो साँध कायम गर्नका निमित्त नेपालमा सबै गरी ७१ बर्षको संघर्ष भएको छ । यस संर्घषलाई हामीले बिभिन्न राजा रजौटा अथवा सामन्ती सरदारहरुको बिचको संघर्षकोरुपमा मात्र लिनु, जसरी आजसम्मका इतिहासकारहरुले पेश गर्दैछन्, गलत हुनेछ । यसको निमित्त हामीले त्यस बखतको वास्तविक सामाजिक स्थितिको खोजी गर्नु पर्छ । अनि हामीले वास्तविकरुपमा समाज बिकासमा जनताद्वारा खेलिएको भूमिका पत्ता लगाउन सक्तछौं । जन आन्दोलनको वास्तविक इतिहास त्यही हो ।’’

यस मान्यताका आधारमा त्यसबेलाको सामाजिक स्थितिको बारेमा संक्षेपमा प्रष्ट पार्दै उनले त्यस कृतिमा लेखेका छन् ः ’’चार राज्य समूहममध्ये सबभन्दा पहिले काठमाण्डौ उपत्यकामा ब्यक्तिगत सम्पत्तिको उत्पत्ति हुन गयो । बन्द ब्यापारको केन्द्र त्यही भयो । सामन्ती राजतन्त्रको बिकास पनि त्यही भयो । यसको असर पछि क्रमशः पश्चिम नेपालमा पनि फैलिन थाल्यो । तेह्रौं शताब्दीसम्ममा पश्चिममा पनि कबिला समाजको ह्रास भई राजतन्त्रको बिकास भयो । अठारौ शताब्दीतिर आई त्यस इलाकामा पनि जमिनमा ब्यक्तिगत सम्पत्ति देखिनको साथै चीन र भारतसँग बन्दब्यापार गरी लाभान्बित हुने एक बर्ग देखिन थाल्यो । पूर्बी नेपालमा किराँती कबिला समाजमा ब्यापारका केन्द्रहरु देखिए तापनि जमिनमा ब्यक्तिगत सम्पत्ति उत्तिसारो देखापर्न आएको थिएन । अठारौं शताब्दीको पूर्वाद्र्ध कालसम्ममा अर्थात् पृथ्वीनारायण शाहको नुबाकोट हमलाको समयसम्ममा नेपालका चार राज्य समूहमा एकातिर बिभिन्न इलाकीय राजतन्त्र, भाइभारदार तथा सरदारसहीत देखापर्दछन् भने अर्कोतिर साहु महाजन मध्यम बर्गीय जनता । यस्तो सामाजिक स्थितिमा नेपालमा इलाकीयरुपमा सामन्ती राजा रजौटा तथा सरदारहरुका राज्यको बीचको आपसी प्रतिस्पद्र्धाका निमित्त हुने संर्घषले गर्दा उद्योग, बन्दब्यापार, खेतीपाती आदिलाई नोक्सान पुगेको हुनाले त्यस बखतको इलाकीय सामन्ती राज्यको ब्यवस्थाबाट नेपालका बिभिन्न इलाकीय राज्यमा बिभक्त भइ बसेका भूमिपति,उद्योगपति, बन्दब्यापारी, बिभिन्न तहका किसान तथा मध्यमबर्गीय जनता असन्तुष्ट थिए । उनीहरुले उक्त ब्यवस्थाको बिरुद्ध बिभिन्न किसिमबाट आलोचना गरी आन्दोलनको सुत्रपात गरे । उनीहरु चाहन्थे बिभिन्न इलाकीय सामन्ती राज्यको सट्टा एक केन्द्रिय सामन्ती राज्य सत्ताको स्थापना होस् जसले देशमा शान्ति सुब्यस्था कायम गर्न सकोस् र उद्योग ब्यापार खेतीपाती फलोस् फुलोस् ।’’

यसरी बिकसित हुँदै गएको परिस्थितिको उल्लेख गर्दै क. पुष्पलालले अगाडि लेखेका छन् ः ‘‘पृथ्वीनारायण शाहलाई जसै जसै एक पछि अर्को राज्य जिती साँध मास्न सफलता मिल्दै गयो उसै उसै उनलाई उक्त बर्गहरुको सहयोग र समर्थन प्राप्त हुदै गयो । ७१ बर्षको लामो संर्घष मूख्यरुपले दुइ बिरोधी शक्ति(१) इलाकीय सामन्ती ब्यबस्थामा आफ्नो स्वार्थको रक्षा देख्ने इलाकीय राज्य र तिनका समर्थक र (२) इलाकीय साँध मासी केन्द्रिय सामन्ती राज्यसत्ता कायम हुँदा लाभान्वित हुने बिभिन्न बर्ग तथा जन समुदाय बीचको संर्घष थियो । यस्ता संर्घषहरु अन्य देशको इतिहासमा पनि पाइन्छन् । जस्तो बेलायतको इतिहासमा ‘वार अफ रोजेज’ । त्यस युद्धमा जसरी हेनरीलाई त्यस समयका सबै प्रगतिशील बर्गले समर्थन गरे त्यसरी नै नेपालमा पृथ्वीनारायण शाहलाई नेपालका सबै प्रगतिशील तत्वहरुले समर्थन गरे । यसको अतिरिक्त अर्को एउटा अन्तर्र्रााट्रय कारण पनि छ जसले नेपालको एकीकरणमा महत्व पूर्ण भूमिका खेलेको थियो । त्यसताका अग्रेजी साम्राज्यवादले नेपाल–चीन ब्यापारमा आँखा गाढेको थियो । भारतबर्षमा आफ्नो कब्जा जमाउनका साथै अग्रेजी साम्राज्यवाद नेपाललाई पनि अधिन गर्न चाहन्थ्यो । नेपाली उद्योगपति र बन्दब्यापारीहरुको स्वार्थमा यसरी ठूलो आँच उत्पन्न भएपछि एक केन्द्रिय राज्यसत्ताको निर्माण उनीहरुको निम्ति अति आवश्यक भएको थियो, जसबाट नेपालको बन्दब्यापारको स्वार्थ रक्षा हुन सकोस् । नेपालमा यसरी एकहत्तर बर्षको लामो संघर्षको दौरानमा इलाकीय सामन्ती राज्यको साँध मासिई एक केन्द्रिय राज्यसत्ता स्थापना भएपछि बिभिन्न सामन्ती सरदारहरुले आफ्नो निहीत स्वार्थका निम्ति एक इलाकाका शोषित जनतालाई अर्को इलाकाका शोषित जनताका बिरुद्ध उक्साई युद्ध गर्ने स्थिति समाप्त भयो । यसले गर्दा नेपालको राष्ट्रिय बजार बढ्न थाल्यो ।पृथ्वीनारायण शाहले यसै अनुरुपको औद्योगिक र बन्दब्यापारको नीति पनि अपनाए । उनको नीति थियो – ‘प्रजा मोटा भया दर्बार बलियो हुन्छ, राजाका भण्डार भन्याका रैतानहरु हुन्’ । यसको मतलब जनताको शोषण गरेर नै शाही परिवार र सामन्ती भाइभारदार मोटाउन सक्दछन् भन्ने हुन्छ ।’’ यसरी पृथ्वीनारायण शाहको अरु अरु इतिहासकारले भन्दा भिन्न पुष्पलालले सामाजिक, बस्तुगत, बैज्ञानिक तथ्य र तर्कका आधारमा सही तुलनात्मकरुपमा बस्तुपरक र यथार्थ मूल्यांकन गरेका छन् । पुष्पलाल कुनै पनि बस्तु, घटना  र सामाजिक स्थितिको अराजक निषेधका बिरुद्ध बैज्ञानिक निषेधको पक्षमा खडा देखिन्छन् । बर्ग सापेक्ष आधारमा समाजका कुन कुन बर्ग देखापरे र तिनका बीच कसरी संर्घष चल्दै आयो भन्ने आधारमा नै उनले पृथ्वी नारायण शाहको पनि मूल्यांकन गरेका छन् ।आफुलाई मन पर्ने वा नपर्ने पूर्वाग्रही आधारमा होइन । साच्चै हामीले इतिहासलाई यसरी नै मूल्यांकन गर्न सक्यौ र सिक्यौ भने मात्रै बर्तमान र भावी इतिहासलाई पनि सही दिशा र गति दिन सक्नेछौं, अन्यथा गलत दिशामा बहकिने छौं । यो यथार्थ हो ।





Related Pictures:













Related News:

राष्ट्रपतिद्वारा देशवासीलाई सम्बोधन - 2020-04-03

सशस्त्र प्रहरी र सिकारी समूहबीच गोली हानाहान - 2020-04-03

'पाेखरामा कोरोना भाइरसको पोजेटिभ केस छैन': स्वस्थ्य मन्त्रालय - 2020-04-03

जिटुजी गरिसकेपछि नेपाली सेनालाई औषधी ल्याउने जिम्मा दिइनु गलत: पूर्व प्रधानमन्त्री झलनाथ खनाल - 2020-04-03

कोरोनाभाइरसबारे सहयोग माग्ने अमेरिकी युद्धपोतका कमाण्डर यसकारण भए 'जिम्मेवारीमुक्त' - 2020-04-03





आरुबाटेलाई पसलेले सोध्छ्न् कान्छा मासु कति राखौं ? - 2020-04-03

अरुणकुमार थिङ्ग:फुलपातिको अघिल्लो दिन बेलुका आरुबोटे कान्छाकी बुढी ठुली साझमा घर आउछिन र एउटा पोका फुकाउदै भन्छिन :यो सटपाईट बिसाललाइ,यो कुर्तासरवाल ललितालाइ,यो लुङ्गी बुढालाई।विशाल खुशी हुँदै नयाँ कपडा लाउछ्न,बुवा अँध्यारो मुख लगाएका छ्न ,यतिकैमा ललिताको मनमा प्रश्न उठछ र सोध्छिन आमा हामीलाई त लुगा किनेर ल्याउनुभयो तपाईंलाई खोइ?ठुली भन्छिन:मैले पोहोर नै चारवटा सारी किनेकी छु नानी अझै दुइटा बाकी छ।

कोरोना भाइरस, पत्रकारको सुरक्षा र राहत प्याकेज - 2020-04-02

रामप्रसाद दाहाल:कोरोना भाइरस कोभिड उन्नाईसको महामारीबाट विश्व नै त्राहिमाम बनिरहेको बेला नेपाल त्यसबाट अछुतो रहन सकेन । यो त्रास कम गर्न, कोरोनाले ल्याएको विनास र त्यसको रोकथामका लागि सरकारले गरिरहेको प्रयास र लिइरहेको पहल जनता समक्ष पुर्याउने र नागरिकको सूचनाको अधिकारको सम्मान गर्ने दायित्व संचारकर्मीहरुले निर्वाह गरिरहेका छन् ।

वकिल बावुलाई डाक्टर छोराले यसरी लेखे चिठ्ठी: विरामीहरुको सेवा गर्दागर्दै शहिद भइएछ भने पनि गर्व को कुरा हो - 2020-04-02

डा. विप्लब लामिछाने, सिभिल अस्पिटल, बानेश्वरहाम्रो प्रिय कम्युनिष्ट सरकारका स्वास्थ्यमन्त्रीज्युले स्वास्थ्यकर्मीलाई पीपीई दिने कुरा हप्तादिन वितिसक्दा पनि प्रत्यक्ष देख्न पाइएको छैन, वरु यो पीपीई के हो भात पकाउने एफ्रोन भनेको सुन्न पाइयो । अनि एक नेताका परिवारले पीपीई लगाएर फेसवुकमा तस्वीर हालेर नाचेको देख्न पाइयो । त्यो पीपीई नेपालकी एक फ्लारेन्स नाइटिङ्गेललाई दिएको भए हुन्थ्यो ।

एसइई सम्बन्धि भ्रामक र असंवेदनशिल प्रचार गरियो - 2020-04-02

गिरिराजमणी पोखरेल:कोरोना महामारीलाई फैलन नदिन मन्त्रीपरिषदको निर्णयद्वारा चैत्र ११ गते बाट सुरु भएको लकडाउन पछिल्लोपटक म.प. ले थप हप्ता दिनलाई बढाएर २५ गते सम्म लाई निरन्तरता दिएको निर्णय सर्वबिदित नै छ। ।कोरोना महामारिका बिच उचित ब्यवस्थापन गर्दै चैत्र ६ बाट गर्न लागिएको एसइई परिक्षा ,तत्कालीन परिस्थितिको उच्च नेतृत्बाट गरिएको बिश्लेषण साथै मन्त्रालय र राष्ट्रिय परिक्षा बोर्डको समिक्षा पश्चात् स्थगन गरेको जानकारी पनि सबैमा रहेकै छ।

डाक्टर छोरालाई बाबुको चिठ्ठी, युद्धपछीकाे विजय उत्सवमा भेटाैला - 2020-03-31

विश्वम्भर लामिछाने:मलाई राम्रो थाहा छ, कोभिड–१९को कारण विश्वमा मानव जाति माथि ठुलो विपत आइपरेको छ। यसको सामना गर्न विश्वका माहाशक्ति राष्ट्रहरुलाई चुनौती बनेको छ। आणविक शस्त्र–अस्त्र निमाणको लागि बनाइएका भट्टीहरु यस युद्घमा निस्काम भएका छन्। यो महामारीको त्रासबाट भयभित भई सो भाइरसको सामना गर्न म स्वयम तिमी बाहेकका परिवारका सदस्यहरुलाई लिएर होम क्वारेन्टाइनमा बसी, महाभारतको यूद्धमा धृतराष्टले दरवार भित्र बसेर संजयको माध्यमबाट नरसंहार हेरेझै म पनि टुलु टुलु कोभिड–१९को कारण विस्वमा भएको नरसंहार हेरी बस्न विवस छु।

कोरोना कहर र नेताको रहर - 2020-03-31

डा. गोपालकृष्ण सिवाकोटी:शुरूमा "चाइनिज भाइरस्" भन्दै खिल्ली उडाउदै गर्दा आज आएर अमेरिकामा मृत्युलाई १ लाखमा सीमित गर्न सकियो भने त्यो सफलता हुने घोषणा गर्नु पर्‍यो राष्ट्रपति स्वयंले ! त्यो पनि करिव २५ सयको मृत्यु र ढ़ेढ लाखको हारहारीमा संक्रमित भैसकेपछी !“न्युयोर्क शहरलाई "क्वारेन्टाइन" गर्नु भनेको "अविवेकी" र "अमेरिका विरोधी" कदम हुन जान्छ-यसले स्टक मार्केट ध्वस्त बनाउंछ र अर्थतन्त्रलाई धरासायी बनाउंछ" भन्दै गभर्नरले मुनाफ़ामुखी वक्तब्य जारी गर्दै गर्दा दैनिक दर्जनौको मृत्यु भैरहेको तथ्य नज़रांदाज गरिएको छ ।

कोरोनाले उँचो र निचो भन्दैन, त्यसैले जिम्मेवार बनौं - 2020-03-31

प्रदीप कटुवाल:नेपाल उच्च जोखिममा रहेको कुरा विश्व स्वास्थ्य संगठनले वताएको केही दिनपछि नेपालमा पनि कोरोना भाइरसका ५ जना संक्रमित देखिए । यस रोगले जतिसुकै बलिया र धनी देश भएपनि उनीहरुलाई आच्छु आच्छु पारिरहेको छ । हतियार र सेनाको बलमा बिश्वमा साम्राज्य फैलाउन खोजेको अमेरिका जस्ता देशहरु अहिले कोरोना संक्रमणबाट हारगुहार गरिरहेका छन् । औषधी र डाक्टरको अभाव भइरहेको छ । स्वास्थ्य क्षेत्रमा विश्वमै अब्बल मानिएको युरोपेली देश इटलीमा त्यहाँको सरकारले नसकेपछि चिनबाट डाक्टर र औषधी बोकेर ठूलो टोली पुगिसकेको अबस्था छ ।

कोरोना संक्रमणः नगरवासीको सुरक्षा र मेरो जिम्मेवारी - 2020-03-30

खड्गवहादुर खत्री:हामी अहिले सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो चुनौती भनेको विश्वब्यापी कोरोना भाइरसको संक्रमण हो । संसार भरी डढेलो लागे जसरी सल्किएको यो संक्रमण हाम्रो देश नेपालमा पनि भित्री सकेपछी हामीले पनि अत्यन्त र अत्यावश्यक सजगता अपनाउँदै छौं । यो सजगता भनेको हाम्रो समझदारी र चेतना मात्र हो ।

कोरोनाको लडाइँमा चिनियाँ अनुभव - 2020-03-30

हि लेइ: विश्वको शक्तिशाली देशहरूको समूह जी ट्वेन्टीको मार्च २६मा सम्पन्न विशेष शिखर सम्मेलन एक धेरै महत्वपूर्ण, समयानुकूल र उल्लेखनीय बैठक थियो । जी ट्वेन्टीको २० वर्षे इतिहासमा यो बैठक दुई किसिमले पहिलो पटक भयो । पहिलो यो शिखर सम्मेलन भिडियो कन्फ्रेन्सको रूपमा पहिलो पटक भयो । दोस्रो, विषय कोभिड–१९बाट पार पाउने शीर्षकमा यो सम्मेलन पहिलो पटक भयो ।

कोरोना संक्रमण: सम्पत्ति त भोलि कमाउन सकिन्छ ... - 2020-03-27

दामु चौलागाई: बिश्व अहिले क्वारेन्टाइनमा गएको छ तर केही साथीहरु र परिवारलाई यो समय दशैको उत्सव जस्तो भोजभतेर गर्ने तथा रमाइलो गर्ने अवसर लागेको छ तपाईंको संचित खाना बिहान बेलुकी हातमुख जोड्न नसक्नेलाई काम नलागेपनि यो महामारी छिटो नियन्त्रणमा आएन भने भोलि के हुन्छ ? परिकल्पना गर्नुहोस् ।

कोरोना संक्रमण, थप सचेतना आवश्यक - 2020-03-27

गुप्तवहादुर श्रेष्ठअब गर्मी लाग्यो । झिंगा, लामखुट्टे र भुसुनाको प्रकोप बिस्तारै बढ्ने छ । तराईतर्फ र सहरी क्षेत्रमा बढी सकेको छ । कोरोनाका रोगीले राल, खकार, सिंगान जहाँ पायो त्यतै फाल्ने गरे भने त्यस्तो राल सिंगान हुँदै झींगा, लामखुट्टेको माध्यमबाट पनि लाखौं भाइरस अर्को घर वा मान्छेसम्म पुग्ने र झनै भयावह हुने भएकोले झींगा लामखुट्टेको पनि उपचार हुन आवश्यक छ ।

लकडाउनको पूर्ण रुपमा पालना गरौं, तब मात्रै हामीले घरभित्र पसेको काललाई लखेट्न सक्छौं - 2020-03-27

उज्ज्वल बराल, सभापति, नेपाली कांग्रेस सिन्धुलीबूढापाकाले गाउँघरमा भन्ने गर्थे, ‘काल बाजा बजाएर त आउँदैन !’ तर अहिले हामीले त्यो उखानलाई असत्य सावित गरिरहेका छौं । छिमेकी राष्ट्र चीनको वुहान शहरबाट देखिएको कोरोना भाइरस विश्वभर एकपछि अर्को देश हुँदै आइरहेको छ । हामी त्यो महामारी अर्थात काल आएको टुलुटुलु देखिरहेका छौं अनि भनिरहेका छौं, हामीलाई लिनका लागि काल आइरहेको छ,

कोभिड-१९, म र मेरो चिन्तन - 2020-03-26

प्रल्हाद पोखरेल :सायद मैले यो लेखी रहदा कोभिड-१९ ले प्रभाव पारेको मानिसको संख्या ५ लाखको हाराहारीमा पुगिसकेको छ भने,मृत्यु हुनेको संख्या २०,००० को नजिक पुग्नै लागेको छ । १९० मुलुकहरूमा आफ्नो साम्राज्य जमाइ सकेको छ कोभिड -१९ ले । यो कुनै वर्ग समुदाय या रङ्गको आधारमा फैलिएको नभै सबैलाई संक्रमित तुल्याएको छ । यो यसै गर्दा निको हुन्छ भनेर ठोकुवा गर्ने अहिलेसम्म कुनै भरपर्दो औषधिको आविष्कार भएको छैन तथापि प्रयास जारी छ । करीब करीब बिश्वनै लक्ड डाउनको अबस्थामा छ ।

लकडाउन : के गर्न मिल्छ, के मिल्दैन ? - 2020-03-23

सरकारले मंगलबार बिहान ६ बजेदेखि देशभर लक डाउन गर्ने निर्णय गरेको छ। यस्तो अवस्थामा घर बाहिर निस्किन मिल्दैन। सरकारले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन भनिसकेको छ। मङ्गलबार बिहान ६ बजेदेखि यही चैत १८ गते बिहान ६ बजेसम्म लागू हुने गरी अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन सरकारले आदेश जारी गरेको हो।

राष्ट्रका नाममा प्रधानमन्त्रीले गरे सम्बोधन - 2020-03-20

सरकारले चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै कार्यालय बन्द गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई सम्बोधन गर्दै संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्न आग्रह गरेका हुन् ।

कम्युनिस्ट पार्टी र विचारको सङ्घर्ष - 2020-03-07

कम्युनिस्ट पार्टी वैचारिक सङ्घर्षको निरन्तरता हो । वैचारिक बहसले ल्याएको विवादले कम्युनिस्ट पार्टीलाई विचारमा खार्छ । जब वैचारिक संघर्ष संगठनमा अनुपस्थित हुन्छ त्यही दिनदेखि विचारका आधारमा कम्युनिस्ट पार्टी रहदैंन ट्रेड मार्कको आधारमा रहनु अपवाद हो । यसरी नेपालको कम्युनिस्ट पार्टीमै पनि कैयन पटक पार्टीमा विवाद भयो । कैयन पटक मिल्यो तर फेरि पनि नेपाल कम्युनिस्ट पार्टी कायम रहेको छ ।

राजनीति ब्यक्तिगत लाभका लागि होईन - 2020-03-05

नवराज थिङ:नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको निर्णय र प्रधान मन्त्री अोलीले गरेको अवज्ञाले यतिखेर नेपाली राजनीतिको अाकासमा कालो बादल मडारिन थालेको अाभास भएको छ । पद्धतिगत हिसावले हेर्दा प्रधानमन्त्रीले पार्टीको निर्णय लागू गर्नु पर्ने हुन्छ । अवज्ञा गर्न खोज्नु अर्घेल्याई नै होला । तर सत्ता सञ्चालन गरिरहेको पार्टीले गरेका निर्णयहरू कति जायज छ त ?

यसरी स्मरण गरे सहिद सम्झना लाई - 2020-03-05

नवराज थिङ:तत्कालीन नेपाली काङ्ग्रेसको गिरिजा सरकारले भारत भ्रमणका बेला अापसी सम्झौताको नाममा गोप्य टनकपुर सन्धी गरेको थियो ।राष्ट्रहीत बिपरित भएको सन्धीको भेद खुलेपछि तत्कालीन पार्टीहरू नेकपा एमाले ,संयुक्त जनमोर्चा नेपाल लगाएत बाम गठबन्धनले सन्धी खारेजीको माग राख्दै राष्ट्रब्यापी अान्दोलन गरेको थियो । अान्दोलनको कार्यक्रम अनुसार २०४९ फाल्गुन २२गते देशैभरि जिल्ला प्रशासन कार्यलय घेराउ कार्यक्रम थियो । कार्यक्रम अनुसार सिन्धुलीमा पनि घेराउ कार्यक्रममा अान्दोलनकारीहरू जि. प्र. का.सिन्धुलीको गेटमा थिए ।

बामदेव नेकपा सचिवालयका तुरुप ! - 2020-02-24

नेकपा नेता वामदेव गौतम सत्ता बाहिर रहन रुचाउने नेता होइनन् । सत्तामा बसिरहनुपर्ने गौतम आम निर्वाचनमा बर्दियाबाट हारेपछि संसदमा र सरकारमा प्रवेश गर्न सकिरहेका छैन । यही कारणले उनमा सांसद बन्ने र त्यसपछि प्रधानमन्त्री बन्ने हुटहुटी जागेको जाग्यै छ । चुनाव हारेका गौतममा पार्टी एकतापछि थप बेचैनी र अस्थिरता देखिएको छ । उनी कहिले ओली पक्षमा त कहिले प्रचण्ड पक्षमा उभिने गरेका छन् ।

समाचार विश्लेषण: प्रधानमन्त्री ओली आफैंले थापेको एम्बुसमा फस्दै ! - 2020-02-24

आफ्नै पुख्र्यौली जन्मथलोमा ६९ औं जन्मोत्सव मनाइरहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अहिले आफैंले थापेको धरापमा फस्न थालेको छ । यो धराप आफ्नै आन्तरिक र बाह्य दुबै पक्षले यसरी थापिदिएका छन् कि यसबाट उम्कन उनलाई निकै मुस्किल पर्नेछ ।

कान्तिपुर मिडिया ग्रुपको निन्दनीय हर्कत - 2020-02-19

काठमाडौ,(प्रस): संसार जानकार छ कि कोरोना भाइरसको आक्रमण विरुद्ध हाम्रो घनिस्ठ मित्र देश चीन सम्पूर्ण शक्ति खर्चेर लडिरहेको छ । अप्रत्याशित रुपमा विपत्ति सरह कोरोना भाइरस फैलिदै गर्दा राज्यशक्तिको सम्पूर्ण प्रयास कोरोना विरुद्ध परिचालन गरेकै कारण यो भाइरस महामारी हुन पाइरहेको छैन । चीनले भाइरस नियन्त्रणमा आशातित सफलता हासिल गर्दै गइरहेको छ । चीनले भाइरस नियन्त्रणमा गरेको अथक प्रयासलाई विश्व स्वास्थ संगठनदेखि सिङ्गो अन्र्तराष्ट्रिय जगतले मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् ।








Powered by: Exclusively Solution