जापान समाचार




स्याङजाको मह जापानमा निर्यात तयारी


स्याङजा,(प्रस):
यहाँ उत्पादन भएको महलाई जापान निर्यात गर्ने सम्झौता भएसँगै सङ्कलन कार्य थालिएको छ । रेशम विकास कार्यक्रमले यहाँ उत्पादन भएको गुणस्तरयुक्त मह जापानस्थित कम्पनीमा निर्यात गर्ने सम्झौता गरेपछि सङ्कलन थालिएको हो । रेशम विकास कार्यक्रम २०४२ मा लागू भए पनि पहिलो पटक चालू आर्थिक वर्षको शुरुआतसँगै मौरीपालन कार्यक्रम ल्याएको सो कार्यक्रम स्याङ्जाका प्रमुख विनोद हमालले बताए ।


“रेशम विकास कार्यक्रमअन्तर्गत गत साउनबाट मौरीपालन कार्यक्रम पनि समावेश गरेर मौरीपालनलाई थप व्यावसायिक बनाउँदै लगेका छौं”, उनले भने, “कृषकले व्यावसायिकरुपमा उत्पादन गर्नुभएको गुणस्तरीय मह बिक्रीका लागि जापानको कम्पनीसँग सम्झौता भएकाले बजारको कुनै समस्या रहने छैन । महको माग जापानमा धेरै छ ।”

यसपटक पहिलो चरणमा पुस मसान्तभित्र २०० केजी गुणस्तरीय मह जापान निर्यात गर्ने सम्झौता भएकाले महको गुणस्तर परीक्षण तथा सङ्कलनको काम भइरहेको प्रमुख हमालले बताए । “स्याङ्जासहित गण्डकी प्रदेशका ११ वटै जिल्लामा गुणस्तरका दृष्टिले विश्वको प्रसिद्ध मानिएको सेरेना जातका (स्थानीय जात) मौरीलापन हुँदै आएको छ”, उनले भने, “सम्झौतामा जापानीज कम्पनीले गुणस्तरलाई विशेष प्राथमिकतामा राखिएकाले यसका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण केन्द्रको प्रयोगशालामा परीक्षण गरिनेछ ।”
 
मङ्सिर मसान्तसम्म १६० किलोग्राम मह सङ्कलन भएको र अब ४० किलोग्राम सङ्कलन गर्ने र त्यसपछि गुणस्तर परीक्षण गरी यही पुस मसान्तभित्र निर्यात गर्ने तयारी कार्यालयको छ । स्याङ्जामा सङ्कलन गरिएको मह परीक्षण गर्दा गुणस्तरयुक्त पाइएको र अव बागलुङमा सङ्कलन भएको महको गुणस्तर परीक्षण सकेर जापान पठाउने रेशम विकास कार्यालय वालिङले जनाएको छ । 
 
गण्डकी प्रदेशका ११ जिल्लामध्ये ६ जिल्लामा यो कार्यक्रम लागू छ । पहिलो चरणमा स्याङ्जा र बागलुङमा उत्पादन भएको मह निर्यात गर्ने तयारी भए पनि गण्डकी प्रदेशका अन्य जिल्लामा उत्पादित गुणस्तरयुक्त मह पनि निर्यात गर्न सकिने कार्यालय प्रमुख हमालले बताए ।

उत्पादन भएको गुणस्तरीय महको लेवलिङ गर्ने, यसको छुट्टै ब्राण्ड बनाउने र लोगो दिएर निर्यात गर्ने तयारी भइरहेको छ । “सम्झौता अनुसार गुणस्तर कायम राख्न सकेको खण्डमा किसानले प्रतिकेजी मह रु एक हजारदेखि एकहजार ५०० सम्म प्राप्त गर्न सक्नुहुनेछ” प्रमुख हमालले भने, “संस्थामार्फत बिक्री गरेको खण्डमा उत्पादनको प्रोत्साहनस्वरुप प्रतिकेजी एक हजार दुई सय अनुदान दिने व्यवस्था मिलाएका छौं ।”

यहाँ भन्दा जापानमा महको मूल्य बढी हुनु, यहाँको महको माग बढी हुनु, प्रतिकेजीका दरले किसानले अनुदान प्राप्त गर्नुजस्ता कारणले यहाँका किसान मौरीपालन व्यवसायतर्फ आकर्षित हुँदै गएका छन् । मौरी विकास कार्यक्रम सञ्चालन भएसँगै रेशम विकास कार्यालय वालिङले गुणस्तरीय मह तथा मौरी उत्पादनका लागि तालीम, गोलासहित र गोलारहित आधुनिक घार वितरण, गुणस्तर कायम राख्नका लागि मह मदानी वितरण जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको रेशम विकास कार्यक्रम कार्यालय वालिङका अधिकृत गोविन्दराज गौलीले बताए ।




Related Pictures:













Related News:

अन्तरिक्षमा 'बिग ब्याङ्ग' पछिकै ठूलो विस्फोट पत्ता लाग्यो - 2020-02-28

मैनालीलाई ग्राण्डी अस्पतालमा भर्ना - 2020-02-27

ओलीकै अगाडि शाक्यले भनिन्: जन्मदिनमा बत्ती बाल्ने हाम्रो संस्कार हो। नेपाल आमाको केक बनाएर काट्ने होइन कमेरड यस्तो संस्कार त्याग्नुस् - 2020-02-27

आफ्नै पार्टीको सरकारप्रति विश्वासको संकट पर्‍यो: जनार्दन शर्मा - 2020-02-27

प्रधानमन्त्री ओली गोकुल वास्कोटाको बचाउगर्दै नेता कार्यकर्तामाझ कड्किए - 2020-02-27





अनेसासको तेस्रो च्याप्टर सम्मेलन सम्पन्न, एक दर्जन पुस्तक विमोचित - 2020-01-19

टोक्यो,(प्रस): अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) को तेस्रो च्याप्टर सम्मेलनले संसारभरि छरिएका साहित्यकारहरुलाई एकै ठाउँमा राखेर नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्ने निर्णय गरेको छ । संस्था स्थापना भएको दुई दशक बित्न लाग्दा सबैलाई समेट्दै नेपाली साहित्यलाई विभिन्न भाषामा अनुवाद गर्ने कार्यलाई पनि द्रूतगतिले अघि बढाउने निर्णय गरेको छ ।

स्याङजाको मह जापानमा निर्यात तयारी - 2020-01-09

स्याङजा,(प्रस): यहाँ उत्पादन भएको महलाई जापान निर्यात गर्ने सम्झौता भएसँगै सङ्कलन कार्य थालिएको छ । रेशम विकास कार्यक्रमले यहाँ उत्पादन भएको गुणस्तरयुक्त मह जापानस्थित कम्पनीमा निर्यात गर्ने सम्झौता गरेपछि सङ्कलन थालिएको हो । रेशम विकास कार्यक्रम २०४२ मा लागू भए पनि पहिलो पटक चालू आर्थिक वर्षको शुरुआतसँगै मौरीपालन कार्यक्रम ल्याएको सो कार्यक्रम स्याङ्जाका प्रमुख विनोद हमालले बताए ।

तेइस सयका लागि परीक्षा हुँदै - 2020-01-04

काठमाडौ,(प्रस): जापान रोजगारीमा नेपाली युवाको अपेक्षित सहभागिता हुन नसकिरहेका बेला जापानले झण्डै दुई हजार बढी कामदार लैजाने तयारी गरेको छ । जापान फाउण्डेशनले यही जनवरीमा एक हजार र आगामी मार्चमा एक हजार ३०० नेपाली कामदार लैजाने तयारी थालेको छ । फाउण्डेसनले एक सूचना जारी गरी परीक्षा तालिका सार्वजनिक गरेको हो ।

औद्योगिक प्रशिक्षार्थी आदानप्रदान गर्न जापान तयार - 2019-12-13

काठमाडौ,(प्रस): जापानले औद्योगिक प्रशिक्षार्थी आदानप्रदानमा नेपालसँग थप सहकार्य गर्न तयार रहेको बताएको छ । नेपालका लागि जापानी राजदूत मासामिची साइगो र नेपाल उद्योग परिसङ्घका पदाधिकारीबीच भएको छलफलमा राजदूत साइगोले द्विपक्षीय आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारमा सहकार्य गर्न तयार रहेको बताए ।

होटलमा जापानी नागरिक मृत फेला - 2019-12-08

काठमाडौ,(प्रस): मनाङकाे ङिस्याङ गाउँपालिका-४ को एक होटलमा जापानी नागरिक मृत अवस्थामा भेटिएका छन् । मनाङ गाउँको हिमालयन सिङ्गी होटलमा जापानिज नागरिक पासपोर्ट नम्बर ००४६२६२ का ६७ वर्षीय हिसाको कोरी नाम गरेकी महिला मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मनाङका डिएसपी टीकाबहादुर कार्कीले बताए ।

हगिबिस समुद्री आँधी: बाढीमा डुबेका १० वटा बुलेट रेल प्रयोगमा नल्याइने - 2019-11-07

गत महिना जापानमा समुद्री आँधी हगिबिस आउँदा बाढीमा आंशिक रूपमा डुबेका १० वटा बुलेट रेललाई सेवाबाट हटाइने भएको छ। तीव्र गतिमा कुद्ने ती रेलका केही भाग अझै प्रयोगयोग्य छन्। तर ती रेललाई प्रयोगबाट हटाउँदा ११ करोडदेखि १३.५ करोड अमेरिकी डलरसम्म क्षति हुन सक्ने जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्। नगानो नगरको स्टेशनमा पार्क गरेर राखिएका होकुरिकु-शिन्कान्सेन मार्गमा सञ्चालन हुने ती रेलमा हगिबिस आँधीको प्रभाव परेको थियो।

भदौ १२ देखि काठमाडौं–ओसाका उडान - 2019-08-20

काठमाडौ,(प्रस)नेपाल वायु सेवा निगमले भदौको दोस्रो सातादेखि काठमाडौं–ओसाका उडान भर्ने भएको छ । निगमले भदौ १२ गतेबाट काठमाडौंदेखि जापानको ओसाका सिधै उडान गर्न लागेको हो । निगमका अध्यक्ष मदन खरेलले काठमाडौं–ओसाका उडान नियमित हुने जानकारी गराउनुभयो । अध्यक्ष खरेलका अनुसार निगमले साताको तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान भर्नेछ ।

केयरगिभरका लागि ५ जना स्टाफ नर्स जापान उडे - 2019-07-31

काठमाडौ,(प्रस)काठमाडौं ओभरसिजले पाँच जना महिलालाई पहिलो पटक केयरगिभरको कामका लागि जापान पठाएको छ । जापानमा वृद्धवृद्धाहरुको हेरचाहको लागि धेरै केयरगिभरहरुको आवश्यकता भएकोले काठमाडौं ओभरसिजले औपचारिक रुपमा जापान पठाउन शुरु गरेको हो ।

जापान जाने कामदारका लागि कात्तिकमा भाषा र सीप परीक्षा - 2019-07-22

काठमाडौ,(प्रस)जापान जाने नेपाली कामदारका लागि कात्तिक ११ र १२ मा भाषा परीक्षा हुने भएको छ । जापान सरकारसँग भएको सम्झौताअुनसार पहिलो चरणमा 'कियर गिभर'का लागि लौजान भाषा परीक्षाको तयारी भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । भाषा परीक्षाणमा उत्तिर्ण भएकाहरुका लागि कात्तिक २१ र २२ मा सिप परिक्षण गर्ने मन्त्रालयले तयारी गरेको छ ।

दुई देशमा परीक्षण गरेपछि मात्रै नेपालमा जापानिज भाषा परीक्षा - 2019-04-25

प्रदेस संवाददाता, काठमाडौंदुई देशले कामदार आपूर्तिबारे समझदारी पत्रमा हस्ताक्षर गरे पनि जापानले अझै भाषा परीक्षाको मोडालिटी टुंगो लगाएको छैन । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहाल जापानले भाषा परीक्षा र भर्ति प्रक्रियाका विषयमा गहृकार्य गरिरहेकाले कामदार लैजाने प्रक्रिया र मितिबारे एकीन भइनसकेको बताउँछन् ।

जापानको प्राथमिकता केयर गिभर र क्लिनर - 2019-04-07

काठमाडौ,(प्रस): नेपाली श्रमिक माग गर्ने सम्बन्धमा नेपाल र जापानबीच श्रम समझदारी (एमओसी) भएसँगै जापानका रोजगारदाताले केयर गिभर र क्लिनिङ क्षेत्रमा नेपाली युवा लैजाने सम्बन्धमा छलफल अघि बढाएका छन् । दुई देशबीच चैत ११ मा श्रम समझदारी भएपछि प्राविधिक टोलीले कस्ता श्रमिक लैजाने भन्ने सम्बन्धमा छलफल गरिरहेका बेला जापानका नर्सिङ र सफाइ क्षेत्रका रोजगारदाताले नेपाली पक्षसँग अनौपचारिक छलफल अघि बढाएका छन् ।

नेपाली कामदार जापान पठाउने समझदारीमा केही दिनभित्रै हस्ताक्षर हुँदै - 2019-03-22

प्रदेस संवाददाता, काठमाडौंजापानले नेपाली कामदार लैजान प्रारम्भिक समझदारी गर्ने भएको छ। नेपालका लागि जापानी राजदूत र श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहालले समझदारीमा हस्ताक्षर गर्ने तयारी गरेका हुन्। मन्त्रिपरिषद्को बैठकले दाहाललाई समझदारीमा हस्ताक्षरका लागि स्वृकिति प्रदान गरिसकेको छ। ‘केही दिनभित्रै समझदारीमा हस्ताक्षर हुँदैछ, श्रम मन्त्रालय स्रोतले भन्यो, ‘समझदारीको विषय टुंगो लागेको छ। मिति तय हुन भने बाँकी छ।’

नेपालले जापानसँग माग्यो भाषा परीक्षाको ‘कोर्स’ - 2019-03-04

काठमाडौ,(प्रस): नेपालले कामदारका लागि भाषा परीक्षाको ‘कोर्स’ स्पष्ट गरिदिन जापानसँग आग्रह गरेको छ । जापानी भाषा सिकाउने इन्स्टिच्युटले यसका नाममा ठगी गर्न सक्ने र कामदारलाई पनि अन्योल हुने भएकाले भाषा परीक्षाको सम्भावित कोर्स उपलब्ध गराउन नेपाल सरकारले आग्रह गरेको हो । जापानले पठाएको समझदारीको मस्यौदामा जापानले भाषा परीक्षाको चौंथो तहसम्म पास हुनेलाई कामदारका रुपमा लैजाने उल्लेख छ । हाल जापान पढ्न जाने विद्यार्थीले ५ औं तहको परीक्षा पास गर्छन् ।

जापानी पत्रकारलाई युद्धग्रस्त यमन जान रोक, पासपोर्ट सरकारलाई बुझाउन आदेश - 2019-02-06

टोकियो,(प्रस): जापान सरकारले रिपोर्टिङका लागि युद्धग्रस्त यमन जान लागेका एक जना वरिष्ठ पत्रकारको पासपोर्ट सरकारलाई बुझाउन आदेश दिएको छ । गत वर्ष सिरियामा विद्रोहीको कब्जाबाट एक जना जापानी पत्रकार मुक्त भएर जापान फर्किएलगत्तै युद्धग्रस्त क्षेत्रमा रिपोर्टिङका लागि जापानी पत्रकारलाई जान अनुमति दिने वा नदिने भन्नेमा जापानमा चर्को बहस भएको जापान टूडे अंग्रेजी समाचारपत्रको अनलाइन संस्करणले समाचार छापेको छ ।

जापान रोजगारी : कामदार पठाउन ‘गोप्य’ छलफल गरिँदै - 2019-02-01

काठमाडौ,(प्रस): रोजगारीको आकर्षक गन्तव्य मानिएको जापानमा नेपाली कामदार पठाउन छलफललाई तीव्रता दिइएको छ । नेपाली र जापानी पक्षबीच कामदार पठाउनेबारे गम्भीर ढङ्गले गृहकार्य चलिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतले जनाएको छ ।

नेपाल-जापान हवाई सम्झाैता आजदेखि लागू - 2019-01-10

नेपालले हालसम्म ३९ देशसँग हवाई सम्झौता गरेको छ। नेपाल र जापानबीच असार १४ मा पुनरावलाेकन भएकाे हवाई सम्झाैता आजदेखि लागू भएकाे छ। दुई देशका पराराष्ट्र मन्त्रीहरूले कुटनीतिक नाेट एक्सचेन्ज गरेसँगै समझदारी लागू भएकाे हाे। आज काठमाडौंमा आयाेजित समाराेहबीच परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र उनका जापानी समकक्षी कोनोबीच उक्त नाेट हस्तान्तरण भएकाे हाे।

जापानमा रोजगारी: कडा परिश्रम, राम्रो आम्दानी - 2019-01-08

युवराज गौतम:रोजगारीका सिलसिलामा दैनिक सयौं नेपाली बिदेसिरहेका छन् । पछिल्ला केही वर्षमा नयाँ पुस्ताका जनशक्ति विद्यार्थी भिसामा अमेरिका, जापान, अस्ट्रेलिया, युरोप आदि देश पुग्ने क्रम पनि बढिरहेको छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेहरूको संख्या पनि दैनिकजसो बढिरहेको छ ।

निसानका पूर्व अध्यक्ष जापान अदालतमा उपस्थित - 2019-01-08

एजेन्सी : भ्रष्टाचार आरोपमा थुनामा रहेका निसान कम्पनीका पूर्व अध्यक्ष कार्लोस गोउन पहिलो पटक मङ्गलबार टोकियो अदालतमा उपस्थित भएका छन् । अदालतमा बयानका क्रममा उनले आफू निर्दोष रहेको र कुनै अपराध नगरेको दाबी गरेको अदालतले जनाएको छ । गोउनलाई कम्पनीको गलत वित्तीय रिपोर्टिङको आरोपमा गत नोभेम्बर १९ मा पक्राउ गरिएको थियो ।

नेपाली कामदार जापान पठाउने प्रक्रिया सुरु, जापानबाट एक प्राविधिक समूह छिट्टै नेपाल आउने - 2019-01-08

काठमाडौ,(प्रस): नेपाली कामदार जापान पठाउने प्रक्रिया सुरु गर्ने सम्बन्धमा छलफल भएको भएको छ। जापानको मन्त्रिपरिषद्ले केही समयअघि आप्रवासी कामदार लैजानेसम्बन्धी नीतिगत मापदण्ड अनुमोदन गरेसँगै नेपाली कामदार जापान पठाउन द्विपक्षीय छलफल सुरु भएको हो। यस विषयमा सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र जापानी राजदूत मासामिची सेइगोबीच भेटवार्ता भएको छ।

सरकारले भन्यो, जापानका नाममा ठगी सुरु , राहदानी र पैसा कतै नबुझाउनू - 2019-01-02

काठमाडौ,(प्रस): जापानले नेपाललाई श्रमिकको स्रोत मुलुकका रुपमा राख्ने बित्तिकै बजारमा त्यसकै नामा ठगी सुरु भएको छ । विभिन्न म्यानपावर कम्पनी, कन्सल्टेन्सी, तिनका एजेन्ट र भाषा सेन्टररुले आफैंले जापान पठाइदिने भन्दै विज्ञापनसम्म प्रकाशित गर्न भ्याइसकेका छन् । सरकारले भने कामदारहरुलाई जापान पठाउने नाममा देखाइने कुनै पनि किसिमका प्रलोभनमा नपर्न आग्रह गरेको छ । वैदेशिक रोजगार विभागले सूचना नै प्रकाशित गरेर त्यस्तो भ्रममा नपर्न सचेत गराएको छ ।

जापानी विदेश मन्त्री तारो कोनो नेपाल आउने - 2018-12-28

जापानी विदेश मन्त्री तारो कोनो २ दिने भ्रमणमा लागि नेपाल आउने भएका छन्। परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा कोनोले पुस २५-२६ गते नेपालको भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।










Powered by: Exclusively Solution