खेलकुद




भारोत्तोलनमा विकासले थपे स्वर्ण


पोखरा,(प्रस):
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलनमा नेपालले दोस्रो स्वर्ण जित्न सफल भएको छ। पुरुष ८९ केजी तौल समूहमा नेपालका विकास थापाले शुक्रबार स्वर्ण जित्न सफल भएका हुन्। यसअघि बिहीबार सञ्जु चौधरीले महिलातर्फ ५९ केजीमा स्वर्ण जित्दै इतिहास रचेकी थिइन्।


नेपाल प्रहरीका थापाले स्न्याचमा १२३ र क्लीन एण्ड जर्कमा १४६ सहित कुल २६९ केजी भार बहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान भंग गरे।

छनोट चरणमा उनको नाममा स्न्याचमा १२२ र क्लीन एण्ड जर्कमा १४२ सहित २६४ केजीको रेकर्ड रहेको भारोत्तोलन प्रतियोगिताका प्रवक्ता रुकेश तण्डुकारले बताए। थापा १२ औं संस्करणका रजत विजेता पनि हुन्।

८९ केजी तौल समूहमा बंगलादेशका खेलाडी मो सकायत हुसेनले रजत जिते। स्न्याचमा १२३ र क्लीन एण्ड जर्कमा १४५ गरी कुल २६८ केजी तौल उठाउँदै उनी रजतमा सीमित भएका हुन्। प्रतियोगितामा भाग लिएका पाकिस्तानी खेलाडी अबुर रहमान बिरामीले खेल्न सकेनन्।

यस्तै, ८१ केजी तौल समूहमा पाकिस्तानका हैदर अलिले स्वर्ण पदक जित्न सफल भए। उनले स्न्याचमा १४२ केजी र क्लीन एण्ड जर्कमा १७६ केजी गरी ३१८ केजी भार बहन गरे। भारतका अजय सिंहले स्न्याचमा १४० केजी र क्लीन एण्ड जर्कमा १७६ केजी गरी ३१६ केजी भार बहन गरे। श्रीलंकन खेलाडी भिसिजी विदाङ्गेले कास्य पदक हात पारे। उनले स्न्याचमा १२८ केजी र क्लीन एण्ड जर्कमा १६० केजी गरी २८८ भार बहन गरे। जितपछि विकासले देशलाई स्वर्ण दिलाउन सफल भएकोमा खुसी लागेको प्रतिक्रिया दिए।

साग इतिहासमै नेपालले भारोत्तलनबाट सर्वाधिक पदक जित्न सफल भएको छ। जारी संस्करणमा पनि नेपालको पदक संस्था २ स्वर्ण सहित ६ कास्य पुगिसकेको छ।

पोखरा १२, माटेपानीस्थित एसआर केसी बैंक्युटमा शुक्रबारकै खेलमा नेपालका तर्फबाट कमलबहादुर अधिकारी (६७ केजी), प्रकाश केसी (७३ केजी), राज्यलक्ष्मी थापा (७१ केजी) र देवी चौधरी (६४ केजी) ले कास्य जितेका छन्। बिहीबारको खेलबाट सञ्जु चौधरीले स्वर्ण सहित संगीता राई (४५केजी) र तुलाराम महतो (५५ केजी) ले कास्य जितेका थिए।

चार दिनसम्म चल्ने भारोत्तोलन प्रतियोगितामा महिला पुरुषतर्फ १०/१० इभेन्ट्समा २० स्वर्णका लागि खेल हुनेछ। हालसम्म १२ वेट समूहमा खेल सम्पन्न भैसकेकोमा अब ८ वटा वेट समूहमा खेल हुन बाँकी छ।




Related Pictures:













Related News:

अन्तरिक्षमा 'बिग ब्याङ्ग' पछिकै ठूलो विस्फोट पत्ता लाग्यो - 2020-02-28

मैनालीलाई ग्राण्डी अस्पतालमा भर्ना - 2020-02-27

ओलीकै अगाडि शाक्यले भनिन्: जन्मदिनमा बत्ती बाल्ने हाम्रो संस्कार हो। नेपाल आमाको केक बनाएर काट्ने होइन कमेरड यस्तो संस्कार त्याग्नुस् - 2020-02-27

आफ्नै पार्टीको सरकारप्रति विश्वासको संकट पर्‍यो: जनार्दन शर्मा - 2020-02-27

प्रधानमन्त्री ओली गोकुल वास्कोटाको बचाउगर्दै नेता कार्यकर्तामाझ कड्किए - 2020-02-27





एपिएफलाई पराजित गर्दै आर्मीको शीर्ष स्थानमा पुनरागमन - 2020-02-06

काठमाडौ,(प्रस): सन्तोष तामाङको दुई गोलप्रेरित त्रिभुवन आर्मी क्लब एपिएफ क्लबलाई २-१ ले पराजित गर्दै कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा एपिएफ क्लबविरुद्ध २-१ को अग्रता लिएको आर्मीले सोही अग्रताको बचाउ गर्दै लिगमा आठाैं जित दर्ता गर्‍यो।

सागका स्वर्ण विजेतालाई ९ लाख दिने प्रधानमन्त्रीको घोषणा - 2019-12-11

काठमाडौ,(प्रस): सरकारले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का स्वर्ण विजेतालाई जनही ९ लाख रुपैयाँ प्रदान गर्ने भएको छ। त्यस्तै रजत विजेतालाई ६ लाख र कास्य विजेतालाई ३ लाख प्रोत्साहनस्वरुप प्रदान गरिने भएको छ। फुटबलमा स्वर्ण जितेका खेलाडीलाई भने जनही पाँच लाख दिने सरकारले घोषणा गरेको छ। फुटबलबाहेक अरु टिम इभेन्टमा स्वर्ण जित्ने खेलाडीलाई पनि ५ लाख रुपैयाँ प्रदान गरिनेछ।

नेपाल साग फुटबलको फाइनलमा - 2019-12-08

काठमाडौ,(प्रस)१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटलबमा नेपाल फाइनलमा पुगेको छ। आइतबार दशरथ रंगशालामा भएको खेलमा बंगलादेशमाथि १-० गोलको जित निकाल्दै नेपालले फाइनलको यात्रा पक्का गरेको हो। अब नेपालले स्वर्णको लागि मंगलबार भुटनसँग खेल्नेछ। ९ अंकसहित दोस्रो स्थानमा रहेको भुटान फाइनल पुगिसकेको छ। आजको जितपछि शीर्ष स्थानमा उक्लिएको नेपालको १० अंक भएको छ।

भारोत्तोलनमा विकासले थपे स्वर्ण - 2019-12-06

पोखरा,(प्रस): १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलनमा नेपालले दोस्रो स्वर्ण जित्न सफल भएको छ। पुरुष ८९ केजी तौल समूहमा नेपालका विकास थापाले शुक्रबार स्वर्ण जित्न सफल भएका हुन्। यसअघि बिहीबार सञ्जु चौधरीले महिलातर्फ ५९ केजीमा स्वर्ण जित्दै इतिहास रचेकी थिइन्।

गौरिकाले दोस्रो स्वर्ण पदक जितिन् - 2019-12-06

काठमाडौ,(प्रस): पौडीबाज गौरिका सिंहले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा दोस्रो स्वर्ण जितेकी छन् । शुक्रबार २०० मिटर ब्याकस्ट्रोकमा उनले स्वर्ण जितेकी हुन् । उनले निर्धारित दुरी २ मिनेट १७.७७ सेकेण्डमा पूरा गरिन् । यससँगै उनले नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छन् ।

सिन्धुलीकी अनुपमाले जितिन् स्वर्ण - 2019-12-04

काठमाडौ,(प्रस): सातदोबाटोस्थित कराते कबर्ड हलमा भएको समूह चरणमा श्रीलंकाकी विजेकुनमाथि ७-४ अंकको जित निकाल्दै अनुपमाले फाइनलमा नर्गिससँगको भेट पक्का गरिन्। नर्गिससँग फाइट गर्न अनुपमाको लागि सजिलो थिएन।

सागको पहिलो दिन नेपालले जित्यो १५ स्वर्ण - 2019-12-02

प्रदेस संवाददाता, काठमाडौंतेह्रौं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले पहिलो दिन १५ स्वर्ण जितेको छ। नेपालले तेक्वान्दो र कराँतेबाट समान ७ - ७ स्वर्ण र ट्रायथलनबाट १ गरी १५ स्वर्ण जितेको हो। नेपालले कराँतेको काताबाट ३ स्वर्ण जितेको छ। कराँते कातामा व्यक्तिगततर्फ मण्डेकाजी श्रेष्ठले स्वर्ण जिते भने महिला र पुरुष समूह काताबाट पनि नेपालले स्वर्ण जित्न सफल भयो। त्यस्तै, कराँते फाइटतर्फ पनि नेपालले ४ स्वर्ण जितेको छ। कराँते फाइट ५५ केजी तौल समूह पुरुषमा लक्ष्मण तामाङले स्वर्ण जितेका छन्।

दक्षिण एसियाली खेलकुद : भलिबलमा नेपाली महिला टोली सेमिफाइनल प्रवेश - 2019-11-29

खेलकुद व्यूरो, काठमाडौनेपाली महिला भलिबल टोली १३ औंँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा शुक्रबार भएको समूह चरणको खेलमा भारतले बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गरेपछि नेपाली महिला टिम सेमिफाइनलमा प्रवेश गरेको हो । लगातार दुई खेलमा जित निकाल्दै भारत समूह ए बाट समूह विजेताका रूपमा अन्तिम चारमा पुगेको हो भने नेपालले उपविजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको हो ।

सीपीएलमा सन्दीपको कमाल, लिए ३ विकेट - 2019-09-12

काठमाडौ,(प्रस) क्यारिवियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट लिएका छन् । बारबारडोस त्रिडेन्ट्समा आबद्ध सन्दीपले बिहीबार सेन्ट किट्स एन्ड नेविस प्याटि्रवट्सविरुद्ध खेल्दै महत्वपूर्ण तीन विकेट लिएका हुन् ।

नेपालको सिंगापुरसँग लज्जास्पद हार - 2019-07-28

एजेन्सी : सिंगापुरसँग लज्जापद हारसँगै नेपालको टी-२० विश्वकप खेल्ने सपना अधुरै रहृयो । आइतबार भएको खेलमा नेपाललाई ८२ रनको फराकिलो अन्तरले हराउँदै सिंगापुर एसिया फाइनलको उपाधि मात्र जितेन, विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ ।

नेपालले कुवेतलाई हरायो - 2019-07-27

काठमाडौ,(प्रस)टी-२० विश्वकप छनोटको एसिया फाइनलमा नेपालले कुवेतमाथि ७ विकेट सहज जित हात पारेको छ । अब विश्वकपको ग्लोबल छनोटमा पुग्न नेपाल एक जित टाढा छ । आइतबार आयोजक सिंगापुरलाई हराए नेपाल एसिया फाइनलको शीर्ष स्थानमा रहनेछ र ग्लोबल छनोटमा स्थान पक्का गर्नेछ ।

विश्वकपमा श्रीलंकाको उच्च स्कोर, वेस्ट इन्डिजलाई दियो ३३९ रनको लक्ष्य - 2019-07-01

काठमाडौ,(प्रस): श्रीलंकाले आइसिसी क्रिकेट विश्वकपमा उच्च स्कोर बनाएको छ। सोमबार श्रीलंकाले वेस्ट इन्डिजविरुद्ध ६ विकेटको क्षतिमा ३३८ रन बनाएको हो। श्रीलंकाका लागि अभिस्का फर्नान्डोले सतक हिर्काए। उनले १०३ बलमा १०४ रन जोड्न ९ चौका र २ छक्का हिर्काए। उनको विश्वकप र एकदिवसीय खेलमा पहिलो सतक हो। कुशल परेराले ६४ रन र दिमुख करुणारत्नले ३२ रन जोडे।

विश्वकप क्रिकेटमा अष्ट्रेलियालाई पाकिस्तानको डर - 2019-06-12

एजेन्सी : विश्वकप क्रिकेटमा आज विश्वविजेता अष्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । द कपर एसोसिएट्स कउन्टी मैदानमा नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा अष्ट्रेलियाले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । पाकिस्तानविरुद्ध स्पष्ट जितको खोजीमा अष्ट्रेलिया रहेको छ । यता, पाकिस्तान पनि अष्ट्रेलियालाई पराजित गर्ने लक्ष्यमा छ ।

विश्वकप क्रिकेटमा अमूल डेरी बन्यो अफगानिस्तानको प्रायोजक - 2019-05-08

काठमाडौ,(प्रस): इङ्ल्याण्ड विश्वकप क्रिकेट खेल्न लागेको अफगानिस्तानलाई भारतीय डेरी कम्पनी अमूलले प्रायोजन गर्ने भएको छ। अमूलले वार्षिक ४५ हजार करोड भारूको कारोबार गर्छ। मे ३० बाट क्रिकेट विश्वकप सुरू हुँदैछ।

घाइते खेलाडीका कारण दक्षिण अफ्रिकालाई लाग्यो अर्को झट्का - 2019-05-08

एजेन्सी : क्रिकेट विश्वकप अगाडी घाइते खेलाडीबाट चिन्तामा रहेको दक्षिण अफ्रिकालाई फेरि अर्को झट्का लागेको छ। चोटका कारण फास्ट बलर एनरिक नोर्तेजे विश्वकपबाट बाहिर हुने भएपछि उसलाई झट्का लागेको हो। उनी पछिल्ला ३ महिनामा दोश्रो पटक घाइते बनेका हुन्।

वाटफोर्डमाथि चेल्सीको सहज जित, च्याम्पियन्स लिग खेल्ने पक्का - 2019-05-06

एजेन्सी : चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलमा वाटफोर्डलाई पराजित गर्दै तेस्रो स्थानमा उक्लिएको छ । यससँगै चेल्सीले आउँदो सिजन च्याम्पियन्स लिग खेल्ने पक्का भएको छ । आइतबार राति भएको खेलमा चेल्सीले आफ्नै घरेलु मैदानमा वाटफोर्डलाई ३-० गोलअन्तरले पराजित गरेको छ । चेल्सीको जितमा लोफ्टस चेक, डेभिड लुइज र गोन्जालो हिगुइनले गोल गरे ।

दबावमा मनाङ, मिनेर्भामाथि जित्नै पर्ने - 2019-05-01

काठमाडौ,(प्रस): नेपाली क्लब मनाङ मर्स्याङ्दीले एएफसी कपअन्तर्गत आज भारतीय क्लब मिनेर्भा पञ्जाबसँग खेल्दैछ । भुवनेश्वरस्थित कालिंगा रंगशालामा नेपाली समयअनुसार बेलुकी ५ बजेर ४५ मिनेटमा मनाङले पञ्जाबविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । यसअघिका दुवै खेलमा हार ब्यहोरेको मनाङलाई आजको खेल जित्नै पर्ने दबाव छ ।

नेपालले जित्यो एसीसी यू-१६ क्रिकेटको उपाधि - 2019-04-28

एजेन्सी : नेपालले एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । डिफेन्डिङ च्याम्पियन समेत रहेको नेपालले मलेसियालाई फाइनलमा ५९ रनले पराजित गर्दै उपाधि जितेको हो । थाइल्यान्डमा सम्पन्न फाइनल खेलमा १४१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको मलेसियाले ३४.५ ओभरमा सबै विकेटको क्षतिमा ८१ रन मात्रै बनाउन सकेपछि नेपालले सहज जित हात पारेको हो ।

आठौं राष्ट्रिय खेलकुद : प्रदेश १ लाई ८ विकेटले स्तब्ध पार्दै एपीएफ फाइनलमा - 2019-04-23

बाँके,(प्रस): आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा विभागीय टोली एपीएफका शरद चम्केपछी जारी एपीएफले प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ।

दिल्ली क्यापिटल्स: राजस्थानलाई हराउँदै दिल्ली शीर्ष स्थानमा - 2019-04-23

एजेन्सी : राजस्थान रोयल्सलाई ६ विकेटले हराउँदै दिल्ली क्यापिटल्स आईपीएल क्रिकेटको शीर्ष स्थानमा पुगेको छ । राजस्थानले पेश गरेको १९२ रनको विजय लक्ष्य दिल्लीले ४ विकेटको क्षतिमा पूरा गर्‍यो । यो जितसँगै दिल्लीले अंक तालिकामा चेन्नई सुपर किंग्सलाई पछि पारेको छ ।

पञ्जावलाई हराउँदै धोनीको चेन्नई सुपर किंग्स आईपीएलको शीर्षस्थानमा - 2019-04-06

एजेन्सी : इन्डिन प्रिमियर लिग (आईपीएल)को शनिबार बेलुका सम्पन्न खेलमा किंग्स इलाभेन पञ्जाबलाई २२ रनले हराउँदै चेन्नई सुपर किंग्स अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । चेन्नईले प्रस्तुत गरेको १ सय ६१ रनको मध्यम लक्ष्य पछ्पाएको पन्जाव निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ३८ रन मात्र बनाउन सक्यो ।










Powered by: Exclusively Solution