मनोरञ्जन




रानु मन्डलको फिल्म बन्ने, राष्ट्रिय अवार्ड विजेता अभिनेत्रीलाई प्रस्ताव


एजेन्सी,नयाँ दिल्ली :
रानु मन्डल अब बलिउडमा नयाँ नाम होइन। केही साथाअघि मात्र बलिउड गायिकाका रूपमा 'डेब्यू' गरे पनि उनको चर्चा कुनै 'सेलेब्रेटी' भन्दा कम छैन। सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म उनको स्वरको चर्चा चलिरहेको छ। गायक तथा संगीतका हिमेश रेशमियाले आफ्नो आगामी फिल्ममा रानुलाई गीत गाउने माैका दिँदै 'तेरी मेरी कहानी' गीत सार्वजनिक गरिसके। रानुको पहिलो व्यवसायिक गीतले धेरै प्रशंसा पनि पाएको छ।

Image result for sudipta chakraborty actress

भारतको पश्चिम बंगालस्थित रानाघाट रेलवे स्टेशनमा गीत गाएर गुजारा चलाउने रानु 'भिकारी'बाट रातारात बलिउड गायिका बनेकी हुन्। उनको जीवनको फड्को साँच्चै उल्लेखनीय छ।

यही कारणले होला उनको जीवनमा अब फिल्म निर्माताहरूले पनि चासो दिएका छन्। भारतीय सञ्चारमाध्यम 'आइएनएस'का अनुसार फिल्मनिर्माता ऋषिकेश मन्डलले रानुको जीवनमा आधारित फिल्म बनाउने भएका छन्।

यो बायोपिकमा ऋषिकेशले राष्ट्रिय फिल्म अवार्ड विजेता बंगाली अभिनेत्री सुदीप्ता चक्रवर्तीले रानुको भूमिका निर्वाह गर्ने पनि उनले बताएका छन्।

ऋषिकेशले एक अन्तर्वार्तामा भनेका छन्, 'सुदीप्ता चक्रवर्तीलाई यो भूमिकाका लागि प्रस्ताव गरिएको छ। उनले टुंगो नै त दिइसकेकी छैनन्, तर मलाई लाग्छ रानु मन्डलको भूमिका सुदीप्ताले जत्तिको राम्रो कसैले निर्वाह गर्न सक्दैनन्। सुदीप्ता एक प्रतिभाशाली अभिनेत्री हुन्।'

अभिनेत्री सुदीप्ताले पनि आफूलाई रानुको बायोपिकको प्रस्ताव आएको स्वीकारेकी छन्। तर निधो भने गरेकी छैनन्।

उनले भनेकी छन्, 'फिल्मको प्रस्ताव आएको हो तर अहिलेसम्म स्क्रिप्ट पाएकी छुइनँ। त्यसैले पढेरै निर्णय गर्छु।'

रानुले रेलवे स्टेशनमा 'एक प्यारका नग्मा है' गाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएसँगै उनी चर्चामा आएकी हुन्।  रानु र हिमेश रेशमियाको भेट सोनी टिभीको कार्यक्रम 'सुपरस्टार सिंगर' मा भएको थियो। त्यही मञ्चमा रानुको स्वर सुनेर कायल भएका हिमेशले आफ्नो फिल्ममा गाउन उनलाई अनुरोध गरेका थिए। 

उनले अहिलेसम्म पाँच–छ वटा गीत रेकर्ड गराइसकेको बताएकी छन्। यसमा 'तेरी मेरी कहानी' सार्वजनिक भइसकेको छ भने 'आ..आ..आशिकी'को पनि टिजर रिलिज भइसकेको छ।

बाटामा मागेर गुजारा गर्दै आएकी ६० वर्षीया रानुको बदलिएको जीवनका लागि धेरैलाई शुभकामना दिएका छन्। उनलाई 'रानाघाटकी लता मंगेशकर' भन्दै प्रशंसकहरूले खुबै सरहाना गरेका छन्।

पछिल्लो समय उनको चर्चासँगै उनका जीवनका पाटाहरू पनि खुल्ने क्रममा छन्। केही समयअघि मात्रै वर्षौंदेखि भेट नभएकी उनकी छोरी एलिजावेद स्वाती भेट्न आएकी थिइन्। रानुका धेरै प्रशंसकले एलिजावेदलाई आमा गरिब हुँदा छाडेको र अहिले चर्चा पाएपछि भेट्न आएको आरोप लगाएका छन्। रानुले यसबारे केही नभने पनि एलिजावेदले विभिन्न सञ्चारमाध्यममा आफ्नो बचाउ गर्दै आएकी छन्।

एलिजावेदले रानु धेरै वर्षअघि नै डिप्रेसनको रोगी भएको बताउँदै आएकी छन्। साथै रानु आफ्नो घरमा बस्न नसकेका कारण आफैं हिँडेको उनको भनाइ छ। उनले रानुका दुई बिहे भएको र उनका अरू छोराछोरी रहेको पनि बताउँदै आएकी छन्। तर यसबारे पनि रानुले केही भनेकी छैनन्।

रानुले आफ्ना बारेमा जानकारी दिने क्रममा आफू राम्रै परिवारमा जन्मेको र हजुरआमासँग हुर्केको बताएकी थिइन्। बिहेपछि मुम्बई आएको बताउँदै उनले आफ्ना श्रीमान बलिउड अभिनेता फिरोज खानको घरमा कुक काम गर्थे भनेकी थिइन्। पछि पारिवारिक समस्याका कारण आफ्नो जीवन संघर्षमय भएको उनको भनाइ छ।

रानुको व्यक्तिगत जीवनबारे भइरहेका चर्चा र उनको वास्तविक जीवनका कस्ता पाटा उजागर गर्दै फिल्म बन्नेछ भन्ने त फिल्म बनेर रिलिज भएपछि मात्रै थाहा हुनेछ।




Related Pictures:













Related News:

उम्मेदवारी दर्ता शुल्क दश लाखसम्म - 2019-10-16

काठमाडौमा जारी एनआरएन सम्मेलनमा नाराबाजी - 2019-10-16

नुवाकोटको बट्टार तनावग्रस्त - 2019-10-16

क्राइम स्टोरी: मिर्गौला तस्करीको आरोपमा निदान अस्पतालका सीईओ र चिकित्सक पक्राउ - 2019-10-16

नेकपाका सांसद विरुद्ध पक्राउ पूर्जी - 2019-10-16





रानु मन्डलको फिल्म बन्ने, राष्ट्रिय अवार्ड विजेता अभिनेत्रीलाई प्रस्ताव - 2019-09-26

एजेन्सी,नयाँ दिल्ली : रानु मन्डल अब बलिउडमा नयाँ नाम होइन। केही साथाअघि मात्र बलिउड गायिकाका रूपमा 'डेब्यू' गरे पनि उनको चर्चा कुनै 'सेलेब्रेटी' भन्दा कम छैन। सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म उनको स्वरको चर्चा चलिरहेको छ। गायक तथा संगीतका हिमेश रेशमियाले आफ्नो आगामी फिल्ममा रानुलाई गीत गाउने माैका दिँदै 'तेरी मेरी कहानी' गीत सार्वजनिक गरिसके। रानुको पहिलो व्यवसायिक गीतले धेरै प्रशंसा पनि पाएको छ।

सलमानले ल्याउने भए 'राधे', अक्षयसँग हुने भो भिडन्त - 2019-09-26

एजेन्सी : अन्तिम समयमा 'इंन्शाल्लाह'को सुटिङ स्थगित भएपनि आगामी वर्षको ईदमा सलमानले नयाँ सिनेमा ल्याइछाड्ने घोषणा गरेका थिए। सलमानले सिनेमा रिलिजको घोषणा गरेपनि कुन सिनेमा उनले ल्याउनेछन् भन्नेमा रहस्य कायमै रहेको थियो। अब भने सो रहस्यबाट पर्दा उठेको छ। आगामी वर्षको ईदमा सलमानको 'राधे' नामक सिनेमा रिलिज हुने भएको छ।

हिन्दी फिल्ममा नेपाललाई आतंकवादी र तस्करहरूको मुख्य थलोका रूपमा प्रस्तुत - 2019-07-03

काठमाडौ,(प्रस)भारतीय राष्ट्रवादको गुणगान गाउन अरू देश, खासगरी छिमेकीलाई होच्याउने काम गर्छ। नकारात्मक रूपमा चित्रण गर्छ। बलिउडको यो धारबाट सबभन्दा बढी पाकिस्तान र सँगसँगै नेपाल प्रभावित हुन थालेको छ। पाकिस्तान र भारतको मतभेद हामीलाई थाहै छ। हामी यहाँ 'रअ' एजेन्टलाई नायक बनाइएका बलिउडका तीन फिल्मबारे चर्चा गर्दैछौं, जसमा नेपाललाई आतंकवादी र तस्करहरूको मुख्य थलोका रूपमा प्रस्तुत गरिएको छ।

पूर्व प्रेमीप्रेमिकाको सिनेमा जुँध्ने - 2019-05-08

एजेन्सी : कंगना रनौत र ऋतिक रोशनको मिडिया झगडाले राम्रै चर्चा बटुल्ने गर्छ। मिडियामा ऋतिकको कुरामा कंगनाले राम्रोसँग आलोचना गर्नेगर्छिन्। उनले यस्तैमा अब यी दुबै अभिनित सिनेमा जुँध्ने भएको छ। एकै मितिमा दुई सिनेमा रिलिजको अर्थ दुबै सिनेमालाई घाटा भएपनि कंगना स्टारर ‘मेन्टल है क्या’ र ऋतिक स्टारर ‘सुपर ३०’ एकै मितिमा लाग्ने पक्का भएको छ।

ट्विङ्कलले शेयर गरेको फोटोप्रति केजरीवाल समर्थकहरुको आक्रोश - 2019-04-23

एजेन्सी : अभिनेत्री तथा अभिनेता अक्षय कुमारकी पत्नी ट्विङ्कल बेलाबेला आफ्नो सेन्स अफ ह्युमरका कारण चर्चा सँगै विवादमा आउने गर्छिन् । कुनै जमानामा फिल्ममा ब्यस्त ट्विङ्कल अक्षय कुमारसँग बिहे गरेसँगै घर गृहस्थीमा ब्यस्त छिन् । पछिल्लो समय लेखनमा सक्रिय रहेकी ट्विङ्कल बेला बेला ब्यङ्ग्यात्मक फोटो सामाजिक संजालमा शेयर गरेर विवादमा आउने गर्दछिन् ।

'ठग्स अफ हिन्दोस्तान' फ्लप हुँदा मानिसहरूले रिस फेर्ने मौका पाए: आमिर - 2019-01-31

एजेन्सी : बलिउड अभिनेता आमिर खानले दर्शकलाई कुनै पनि सिनेमाप्रति कठोर हुने पूरा अधिकार भएको जनाएका छन्। उनले 'ठग्स अफ हिन्दोस्तान'को असफलतामा मानिसहरूले रिस फेर्ने मौका पाएको बताए।

सारा यी व्यक्तिसँग गएको थिइन् पहिलो डेट - 2019-01-31

एजेन्सी : गत वर्ष 'केदारनाथ'बाट बलिउडमा डेब्यू गरेकी सैफ अलि खान तथा अमृता सिंहकी छोरी सारा अलि खानले डेब्यू सिनेमाबाट दर्शकको मन त जितिन् नै यसका अलावा मिडियासँग सहज र खुल्ला शैलीमा दिने अन्तरवार्ताले पनि मानिसहरूको मन जित्दै आएकी छन्। उनी कुनै पनि विषयमा खुलेर कुरा गर्छिन्।

बलिउड फिल्म ‘सिम्बा’को दुई दिनको कमाइ कति ? - 2018-12-30

एजेन्सी : बलिउडमा गएको हप्ता रिलिज भएको फिल्म ‘सिम्बा’ले बक्स अफिसमा सानदार कमाइ गरेको छ । मिडिया रिपोर्टका अनुसार सिम्बाले पहिलोदिन २०.७२ करोडको कमाएको थियो । दोस्रो दिन यस फिल्मको कमाइ १७.४४ करोड रहेको छ । यस फिल्मले दुई दिनमा ३८ करोडभन्दा बढीको कमाइ गरेको छ । यस फिल्मको प्रमुख भुमिकामा रनवीर सिंह, सारा अली खान, सोनु सुद रहेका छन् ।

यस वर्षकी मिस युनिभर्सबारे थाहा छ तपाईंलाई ? - 2018-12-18

एजेन्सी : मिस युनिभर्स २०१८ को ताज फिलिपिन्सकी क्याटरिओना ग्रेको पोल्टोमा परेको छ । आफ्नो देशबाट चौथो मिस युनिभर्स बनेको खुसीयालीमा फिलिपिन्समा जनता निकै खुसी छन् । खुसी र गर्वको लहर सोसल मिडियामा पनि देख्न पाइन्छ । थाइल्याण्डको बैंककमा सोमबार मिस युनिभर्सको फिनाले भएको थियो । ग्रेले ९० बढी देशका सुन्दरीलाई पछि पार्दै मिस युनिभर्सको ताज जित्न सफल भइन् । सुन्दताको यो प्रतियोगितामा महिलामाथि देह प्रदर्शन र अन्य महिलामाथि भेदभाव गरेको आरोप लगाइन्छ ।

पछिल्लो ट्रेलरमा यस्तो देखियो 'क्याप्टेन मार्भल' - 2018-12-10

एजेन्सी : हलिउड सुपरहिरो सिनेमा 'क्याप्टेन मार्भल'को दोश्रो ट्रेलर रिलिज भएको छ। सार्वजनिक दोस्रो ट्रेलरले दर्शकहरूलाई थप व्यग्र बनाउने अनुमान गरिएको छ। सार्वजनिक ट्रेलरमा ओस्कार विजेता अभिनेत्री ब्राई लार्सनलाई रोमाञ्चक इकसन अवतारमा पेस गरिएको छ। उनी सिनेमाकी शीर्ष सुपरहिरो हुन्।

बाबुराम-हिसिला पुत्रीमाथि बनेको 'डटर अफ नेपाल'ले भारतमा जित्यो अन्तर्राष्ट्रिय पुरस्कार - 2018-12-10

एजेन्सी : पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई तथा पूर्व मन्त्री हिसिला यमीकी छोरी मानुषी यमी भट्टराईमाथि बनेको डकुमेन्ट्री फिल्म 'डटर अफ नेपाल'ले भारतको सातौं स्मिता पाटिल अन्तराष्ट्रिय फिल्म फेस्टिवलमा उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्ड जितेको छ।

'२.०' को हिन्दी संस्करणले कमायो एक सय ५२ करोड - 2018-12-09

एजेन्सी : अक्षय कुमार तथा रजनीकान्त स्टारर साइफाइ थ्रिलर सिनेमा '२.०' को हिन्दी संस्करणले एक सय ५२ करोड भारूको कारोबार गरेको छ। रिलिजको दोश्रो सातामा आइपुग्दा हिन्दी संस्करणले यति कमाइ गरेको हो।

प्रियंकालाई ‘अन्तर्राष्ट्रिय धोकेबाज कलाकार’ र ‘सम्पत्तीको भोको’ बताउने म्यागजिनले माफी माग्यो - 2018-12-08

प्रियंका चोपडालाई घोटाला कलाकार र सम्पत्तिको भोको बताउने एक आर्टिकललाई न्यूयोर्क म्यागजिनले आफ्नो वेबसाइटबाट हटाएको छ । द कटले गत डिसेम्बर ४ तारिखमा इडिटर नोटः प्रियंका र निक जोनस शीर्षकमा प्रकाशित गर्न नहुने आर्टिकल छापेकोमा पाठक, प्रियंका र निकसँग माफी मागेको छ । ‘हामीले उक्त आर्टिकलसम्बन्धि विभिन्न रोषयुक्त मेसेज पायौं । हामी यो भन्न चाहन्छौं कि हामी तपाईंलाई सुन्छौं र यसका लागि माफी माग्छौं,’ यसमा लेखिएको छ ।

मेक्सिकोकी सुन्दरी बनिन् मिस वर्ल्ड २०१८ - 2018-12-08

नेपालकी श्रृखला खतिवडा मिस वर्ल्डको टप १२ मामिस वर्ल्ड २०१८ को उपाधि मिस मेक्सिको भनेसा पोन्सेले जितेकी छिन् । विभिन्न देशका ११८ प्रतिस्पर्धीलाई पछि पार्दै पोन्सेले उक्त उपाधि हात पारेकी हुन् । मिस थाल्इल्याण्ड निकोलेन लिम्सनुकान फस्ट रनरअप बनिन् । नेपालकी श्रृखला खतिवडा मिस वर्ल्डको टप १२ मा परेकी छन् ।

रणवीरसँगको ब्रेकअप मेरा लागि सुन्दर गिफ्ट: कट्रिना - 2018-12-05

एजेन्सी : नायिका कट्रिना कैफ र नायक रणवीर कपुरको ब्रेकअप अब पुरानो भैसक्यो । कट्रिना अहिले आफ्नो काममा केन्द्रित छिन् भने रणवीर नायिका आलिया भट्टसँगको प्रेममा छन् । रणवीर र कट्रिनाले करिब ६ बर्ष प्रेम गरेका थिए । सो समयमा कट्रिना काम भन्दा गसिपमा बढी अल्झिएकी थिइन् । यसैले पनि उनै कैफले रणवीरसँगको ब्रेकअपको घटनालाई जिन्दगीको सबैभन्दा सुन्दर गिफ्ट भनेकी छिन् ।

मिस मंगोलले ५० लाखको छात्रवृत्ति कोष स्थापना गर्ने - 2018-12-05

काठमाडौ,(प्रस):‘मिस मंगोल– २०१८’का विजेताहरुले छात्रवृत्ति कोष स्थापना गर्ने भएका छन् । काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै विजेता जाङमु शेर्पा, फस्ट रनरअप प्रीति गुरुङ र सेकेन्ड रनरअप पुनम शेर्पाले संयुक्त अभियानको रुपमा ५० लाखको शैक्षिक छात्रावृत्तिको घोषणा गरेका हुन् । विद्यालय बाट बन्चित बालबाबालिकालाई पढाउने उद्देश्यले छात्रवृत्ति कोष स्थापना गरिएको बताइएको छ । छात्रावृत्तिको रकमबाट एसइइसम्म पढाउने उनीहरुको योजना छ ।

श्रृंखला खतिवडाले दुइ ठुला अवार्ड हात पार्दै पुगिन् मिस वर्ल्ड २०१८ को फाइनलमा - 2018-12-05

काठमाडौ,(प्रस): मिस नेपाल श्रृंखला खतिवडाले दुइ ठुला अवार्ड हात पार्दै मिस वर्ल्ड २०१८ प्रतियोगिताको फाइनलमा पुगेकी छन्। श्रृंखलाले मल्टिमिडिया फाइनालिस्टमा केन्या र मेक्सिकोलाई हराउँदै मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी हुन्।

आमिर भन्छन्, 'फिल्म लेखकलाई अझ बढि पैसा दिउँ' - 2018-11-28

एजेन्सी : बलिउड अभिनेता आमिर खानले फिल्म लेखकको पारिश्रमिक बढाउनुपर्ने बताएका छन्। लेखन फिल्मको आधारभूत हिस्सा रहेकाले उनीहरूलाई दिइने पैसा बढाउनुपर्ने बताएका हुन्। सिनेस्तान इन्डियाले आयोजना गरेको स्क्रिप्ट प्रतियोगिताको अवार्ड वितरण समारोहमा उनले सो धारणा राखेका हुन्।

डिभोर्सपछि ऋतिक र सुजैनको यस्तो प्रेम - 2018-11-26

एजेन्सी : बलिउडका चर्चित नायक ऋतिक रोशन र सुजैनविच डिभोर्स भएको ४ बर्ष भयो । नायिका कंगना रनावतको प्रेममा परेका कारण ऋतिक र सुजैनको डिभोर्स भएको बताइन्छ । तर, डिभोर्स भएको ४ बर्षपछि यी दुइको माया अहिले पलाउन थालेको छ । यी दुई आफ्ना २ छोराको साथमा छुट्टी मनाउन बढी व्यस्त भएको पाइन्छ ।

हलिउड अभिनेत्री सुँगुरसँग गहिरो प्रेममा फसेपछि प्रेमी त्यागिन् - 2018-11-26

एजेन्सी: अमेरिकाकी चर्चित अभिनेत्री एवम् गायिका एरियाना ग्राण्डेको अहिले एउटा सुँगुरसँग गहिरो प्रेममा परेकी छिन् । यो सुन्दा तपाईलाई अचम्म लाग्नसक्छ तर यो सत्य हो । उनले आफ्नो प्रेमीलाई त्यागिन् तर सुँगुरलाई त्यागिनन् । मिडियाको खबरलाई मान्ने हो भने डेन्जरस विमन एल्बमकी सिंगर एरियाना आफ्नो घरपालुवा सुँगुरलाई आफ्नो प्रेमीलाई भन्दा पनि धेरै चाहन्छिन् ।

ईशा गुप्ताको ‘हट एण्ड बोल्ड’ तस्बिर भाइरल बन्दै - 2018-11-24

एजेन्सी : बलिउडमा ‘हट एण्ड बोल्ड’ फोटोशुटको कारण प्रायः चर्चामा आइरहने अभिनेत्री ईशा गुप्ताको अर्को नयाँ तस्बिरहरुले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनीे पछिल्लो फोटोशुटमा ‘ब्ल्याक एण्ड ह्वाइट’ बिकिनीमा निकै बोल्ड देखिएकी छिन् । उक्त फोटोशुट पानीमा गराइएको छ । जहाँ उनी पानीमा भिजेकी छिन् ।










Powered by: Exclusively Solution