राजनीति




कांग्रेसको कार्यक्रममा आक्रमण गर्नेलाई कारबाही नभए सदन चल्न दिदैनौं-देउवा


प्रदेस संवाददाता, घोराही
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाँकेमा कांग्रेसको कार्यक्रममा आक्रमण गर्नेलाई कारबाही नभएसम्म सदन चल्न नदिने बताएका छन्। शुक्रबार दाङको घोराहीमा बिपी कोइरालाको शालिक अनावरण कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले हिजो बाँकेमा आयोजना गरिएको जागरणसभामा आक्रमण गर्ने दोषीलाई कारवाही गर्न सरकारलाई आग्रह गरे।


‘म यहीबाट के भन्न चाहान्छु भने हाम्रो कार्यक्रमाथि आक्रमण गर्नेलाई पक्राउ र कारबाही नगरेसम्म हामी सदन चल्न दिंदै दिदैनौं,’ सभापति देउवाले भने।

दोषीलाई पक्राउ गरी कारबाही नगरे बाँकेका प्रहरी प्रमुख र सिडिओलाई बोलाएर वयान लिने सम्म उनले चेतावनी दिए। लोकतन्त्रमा शान्तिपूर्ण रुपमा कार्यक्रम गर्ने र आफ्ना कुरा राख्न पाउने अधिकार सबैलाई भएपनि अधिनायकवादी सोच भएकाहरुले कोठा भित्रै भएको कार्यक्रममा प्रवेश गरी पार्टी सभापति समेतको हात भाँच्नुले लोकतन्त्र छ भन्ने आधारहरु नरहेको सभापति देउवाले तर्क गरे।

‘हाम्रो कार्यक्रममा आक्रमण गर्ने हाम्रो सभापतिको हात नै भाँचिदिने,’ आक्रोस पोख्दै देउवाले भने ‘हामीले पनि त्यस्तै गरे के हुन्छ।’ काँग्रेसले पनि चाहेमा नेकपाको कार्यक्रमहरु भाँड्न/बिथोल्न सक्ने उनले चेतावनी दिए।

कम्युनिष्ट सरकार र कम्युनिष्ट व्यवस्था फरक कुरा भएको भन्दै देउवाले कम्युनिष्ट व्यवस्था एकदलीय अधिनायकवादी हुने बताए। अहिलेको सरकारले स्वतन्त्र प्रेस, सूचनाको हक, मानवअधिकार आयोग लगायतलाई कुण्ठित पार्न खोजेको हुँदा यो सरकार पनि अधिनायकबादी चरित्रको भएको दाबी गरे।

उनले यस्तो सरकारको विरुद्ध लोकतन्त्र रक्षाको लागि लड्नुको विकल्प नरहेको भन्दै त्यसका लागि तयार हुन कार्यकर्तालाई आह्वान गरे।

तर उनले कसैको खिलापमा नजान र कसैले चलाए नछोड्न निर्देशन दिए। उनले कांग्रेस एक भएको खण्डमा कसैले हराउन नसक्ने जिकिर गरे।

‘काग्रेसमाथिको आक्रमण भनेको लोकतन्त्रमाथिको आक्रमण हो’, उनले भने, ‘लोकतन्त्रमाथिको आक्रमण बचाउन काँग्रेसका बीचमा एकता आवश्यक छ।’ पार्टी एक ढिका नहुँदा आक्रमण भएको भन्दै उनले लोकतन्त्र र पार्टीलाई बचाउन नेतादेखि कार्यकर्ताहरु एक ठाउँमा आउनुपर्ने बताए। पार्टीलाई एकताको सुत्रमा बाध्नका लागि बिपीको विचारलाई आत्मसाथ गर्नुपर्ने समेत बताए।

राजनीतिक आन्दोलनमा दाङको महत्वपुर्ण भूमिका रहँदै आएको उनले बताए। थारु बहुल क्षेत्र दाङकै व्यक्ति स्वर्गीय परशुनारायण चौधरीलाई वीपी बाबुले प्रथम पटक २०१६ सालमा मन्त्री बनाएको उनले स्मरण गरे।

पार्टी सभापति देउवाले नेपाली काग्रेस क्षेत्र नं. २ ले घोराही उपमहानगरपालिका वडा नं. १५ को वीपी चोकमा स्थापना गरेको बिपी कोइरालाको पूर्णकदको शालिक अनावरण गरे। उनले भोलि तुलसीपुरमा बिपीको शालिक अनावरण गर्ने कार्यक्रम छ।




Related Pictures:













Related News:

उम्मेदवारी दर्ता शुल्क दश लाखसम्म - 2019-10-16

काठमाडौमा जारी एनआरएन सम्मेलनमा नाराबाजी - 2019-10-16

नुवाकोटको बट्टार तनावग्रस्त - 2019-10-16

क्राइम स्टोरी: मिर्गौला तस्करीको आरोपमा निदान अस्पतालका सीईओ र चिकित्सक पक्राउ - 2019-10-16

नेकपाका सांसद विरुद्ध पक्राउ पूर्जी - 2019-10-16





उम्मेदवारी दर्ता शुल्क दश लाखसम्म - 2019-10-16

काठमाडौ,(प्रस): गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को निर्वाचनमा सम्भवतः नेपालकै सबभन्दा बढी उम्मेद्वारी दर्ता शुल्क तोकिएको छ ।

काठमाडौमा जारी एनआरएन सम्मेलनमा नाराबाजी - 2019-10-16

काठमाडौ,(प्रस): गैरआवासीय नेपाली संघ एनआरएनएको सम्मेलनमा नाराबाजी सुरु भएको छ । सम्मेलनको बन्दसत्रमा कोषाध्यक्षको प्रतिवेदन पेश भएपछि प्रतिनिधिहरुले नाराबाजी सुरु गरेका हुन् । प्रतिनिधिहरुको एक समूहले कोषाध्यक्षको प्रतिवेदनमा चित्त नबुझेको भन्दै आय व्यय विवरण पारदर्शी नभएसम्म निर्वाचन गर्न नपाइने बताएका छन् ।

राष्ट्रपति हेलिकप्टरबाट विमानस्थल गइन् - 2019-10-16

काठमाडौ,(प्रस): म्यानमारको पाँच दिने राजकीय भ्रमणमा जान राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार बिहान शितलनिवासबाट हेलिकप्टर चढेर सिधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिइन्।

नगरपालिकाको सहयोगमा सेनाले बनायो रात्रीकालिन हेलिप्याड - 2019-10-16

सिन्धुली,(प्रस): सिन्धुलीको कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाको बर्द बहादुर गणले निर्माण गरेको रात्रीकालिन अवतरण तथा उडान क्षमताको हेलिप्याड एक समारोहका बीच बुधवार समुद्घाटन तथा हस्तान्तरण गरिएको छ । कमलामाई नगरपालिका–६ माझीटार स्थित ९ नं.बाहिनी अड्डामा निर्माण भएको हेलिप्याड पृतनापति उपरथी ताराध्वज पाण्डे,कमलामाई नगर प्रमुख खड्गबहादुर खत्री,प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले स्वस्ती बाचन गरेर उद्घाटन गरेका छन् ।

अस्ट्रेलियाका लागि नेपालको राजदूतमा महेश दाहाल नियुक्त - 2019-10-15

काठमाडौ,(प्रस): राष्ट्रपति विद्यादेवी भण्डारीले अस्ट्रेलियाका लागि नेपालको आवासीय राजदूतमा महेश दाहाललाई नियुक्त गरेकी छन्। मन्त्रिपरिषदको सिफारिसमा उनलाई मंगलबार राष्ट्रपति भण्डारीले राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिए।

सन्दर्भ, चियापान कार्यक्रम: कांग्रेससँग सम्बन्ध राम्रो: प्रधानमन्त्री ओली - 2019-10-13

काठमाडौ,(प्रस): नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार चियापान कार्यक्रम गर्‍यो। बीपी कोइराला २०३३ सालमा मेलमिलापको नीति लिएर भारतबाट नेपाल आएको एक वर्षपछि हरेक दसैंको कोजागत पूर्णिमाका दिन कांग्रेसले चियापान गर्दै आएको छ।

कांग्रेसले नेपाल-चीन सम्बन्धमा पुर्‍याएको योगदान भुल्ने छैन: चिनियाँ राष्ट्रपति - 2019-10-13

काठमाडौ,(प्रस): नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका उत्तरी छिमेकी चीनका राष्ट्रपति सी चिनफिङले नेपालमा कुन पार्टी शक्तिमा छ भन्ने कुराले दुई देशबीचको सम्बन्धमा खासै अर्थ नराख्ने बताएका छन्।

नेपाल र चीनबीच १७ वटा सम्झौता सम्झौतापत्रमा हस्ताक्षर - 2019-10-13

काठमाडौ,(प्रस): नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार निर्माण तथा लगानीका क्षेत्रका १७ वटा विषयमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सहमति तथा सम्झौतापत्र आदान प्रदान गरिएको छ ।

नेकपाका नेतालाई राष्ट्रपति सीले भने- निरन्तर जनसेवा र समर्थन पाएकोले शासन गरिरहेका छौं - 2019-10-13

राजनैतिक व्यूरो, काठमाडौनेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सचिवालय सदस्यहरूसँगको भेटमा पार्टीभित्र स्वच्छता र सुशासन आवश्यक पर्ने बताएका छन्।

रक्तमाला मन्दिरमा फुलपाति बढाई, तोपको सलामी दिन सेनाद्धारा अस्वीकार - 2019-10-05

सिन्धुली,(प्रस): सिन्धुलीको ढकालगाउँ स्थित रक्तमाला मन्दिरमा एक कार्यक्रमका बीच फुलपाती बढाई कार्यक्रम सम्पन्न भएको छ । तर यसपटक सेनाले उक्त कार्यक्रममा आफ्नो सहभागिता जनाउन अस्वीकार गरेको कारण तोपको सलामी दिइएन ।

सरकार महरालाई बचाउन सक्रिय भएको देउवाको आरोप - 2019-10-05

प्रदेस संवाददाता, काठमाडौंनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार यौन दुर्व्यवहारको आरोप लागेका कृष्णबहादुर महरालाई बचाउन सक्रिय भएको आरोप लगाएकाछन् । शनिबार राजधानीमा आयोजित शुभकामना अदानप्रदान कार्यक्रममा कांग्रेस सभापति देउवाले पीडित महिलालाई धम्क्याएर मुद्दा हाल्न नदिएको प्रष्ट भइसक्दा पनि किन कारबाही नगरेको बताएका हुन् ।

आक्रमणको चौतर्फी विरोध - 2019-09-29

काठमाडौ,(प्रस): आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता भन्ने ज्ञानेन्द्र शाहीमाथि चितवनमा भएको आक्रमणलाई लिएर सामाजिक सञ्जालमा विरोध भइराखेको छ।

कांग्रेस नेता रिजालमाथि नेकपा कार्यकर्ताको आक्रमण प्रयास - 2019-09-29

दमौली,(प्रस): तनहुँस्थित रिसिङ गाउँपालिका भवन शिलान्यास गर्न पुगेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनेन्द्र रिजाललाई सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकर्ताले अवरोध गरेका छन्। दमौलीबाट रिसिङ जाँदै गरेका रिजाललाई कार्यक्रमस्थल जान नदिन रूख ढालेर सडक अवरोध गरिएको थियो।

प्रधानमन्त्री ओलीले बिहीबार डाकेको समीक्षा बैठकमा सात मन्त्री आएनन् - 2019-09-26

राजनैतिक व्यूरो, काठमाडौप्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रालयगत समीक्षा बैठक राखेपनि बैठकमा महत्वपूर्ण मन्त्रलायका मन्त्रीहरु उपस्थित भएनन् । उनीहरुको सिट खाली थियो। समीक्षा बैठकमा नेपालमै भएका मन्त्रीहरु समेत सहभागी भएका थिएनन्।

नेकपा प्रदेश २ को विवाद उत्कर्षमा, समानान्तर कमिटी बनाउने तयारी - 2019-09-26

नेताहरूको गुटबन्दीले नेकपाको प्रदेश २ मा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ  । केन्द्रीय सचिवालयमा रहेका शीर्ष नेताहरूको आडमा प्रदेशको जिम्मेवारीमा रहेका नेताहरूको गुटबन्दी झांगिँदा प्रदेशका जिल्ला तहको शपथ रोकिएको छ  ।देखिएको छ । प्रदेश २ का इन्चार्ज, अध्यक्ष, सचिवलगायतले पार्टी वरिष्ठ नेता माधव नेपाल र उद्योग मन्त्रीसमेत रहेका स्थायी समिति सदस्य मातृका यादवका कारण प्रदेशको समस्या चुिलएको भन्दै उनीहरूलाई कारबाहीको माग गर्दै मंगलबार प्रतिवेदन बुझाएका छन् । एक साताअघि नेपाल र पूर्वमाओवादी पक्षका १६ जना केन्द्रीय सदस्यले प्रदेश इन्चार्ज सत्यनारायण मण्डल, अध्यक्ष प्रभु साहलगायतलाई पार्टीबाटै निष्कासन गर्नुपर्ने मागसहितको पत्र महासचिव विष्णु पौडेललाई बुझाएका थिए ।

काम नगर्ने ठेकेदारको पक्षमा भौतिक मन्त्री महासेठको वकालत - 2019-09-23

प्रधानमन्त्री केपी शर्मा ओलीकै अगाडि ठेकेदारहरुलाई अझै मौका दिनु पर्ने भन्दै पक्षपोषणभौतिक पूर्वाधार तथा यातायात मन्त्रीले समयमै काम सम्पन्न नगर्ने ठेकेदारको पक्षमा लविइङ गरेका छन्। आइतबार काठमाडौंमा सम्पन्न राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा महासेठले लामो समयदेखि बिलम्ब गरिरहेका ठेकेदारको पक्षमा वकालत गरेका हुन्।

सरकारले अख्तियारदेखि अदालतसम्म तर्साउन खोज्यो: कांग्रेस नेता पौडेल - 2019-09-23

प्युठान,(प्रस): नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले दुई तिहाइ देखाएर अख्तियारदेखि अदालतसम्म तर्साउन खोजेको आरोप लगाएका छन्।

निजामती कर्मचारीको संख्या कटौती गर्ने सरकारको तयारी - 2019-09-23

राजनैतिक व्यूरो, काठमाडौसरकारले निजामती सेवाका कर्मचारीको संख्या कटौती गर्ने तयारी गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै निजामती कर्मचारीको संख्या कटौती गर्न लागिएको बताएका छन्। अहिले नेपालमा झन्डै ८० हजार निजामती कर्मचारी छन् ।

कास्कीमा निर्वाचनमा उठ्नु भनेको म फेरि पराजित हुनु हो: वामदेव गौतम - 2019-09-22

काठमाडौ,(प्रस)नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलेफागुन १८ गते उनले फेसबुकमा स्टाटस नै लेखे- मृत्युशोकमा पाइला टेकेर व्यक्तिगत स्वार्थ पूरा गर्ने विचारलाई मैले कहिल्यै मान्यता दिइनँ। जीवनभर दिने पनि छैन। मेरो इच्छाविपरीत पार्टीले निर्णय गरेछ भने पनि म क. रवीन्द्रको दु:खद निधनबाट खाली भएको निर्वाचन क्षेत्रमा उम्मेदवार बन्ने छैन ।

उपचुनाव नलड्ने बामदेवको प्रस्ताव - 2019-09-21

काठमाडौ,(प्रस)नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता बामदेव गौतम कास्की २ बाट चुनाव लड्ने योजनाबाट पछि हटेका छन् । शनिबार बसेको नेकपा सचिवालयको बैठकमा गौतमले उपचुनाव नलड्ने प्रस्ताव राखेका हुन् । यद्यपि यसलाई औपचारिक धारणाको रुपमा नलिने र थप अध्ययन गरेर मात्र निर्णयमा पुग्ने सहमति भएको एक सचिवालय सदस्यले बताएका छन् ।

लामो रस्साकस्सीपछि नेकपाले तोक्यो महानगर अध्यक्ष र सचिव (सूचीसहित) - 2019-09-21

काठमाडौ,(प्रस) सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले महानगर अध्यक्ष र सचिवको टुंगो लगाएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ६ महानगरको अध्यक्ष र सचिव टुंगो लगाएको हो । जसअनुसार काठमाडौं महागरपालिकाको अध्यक्षमा निर्मल देउवा र सचिव रविन्द्र श्रेष्ठ चयन भएका छन् ।










Powered by: Exclusively Solution