राजनीति




इन्डो-प्यासेफिक रणनीतिबारे बेइजिङबाट थाहा पाउनु अचम्म: अमेरिका


प्रदेस संवाददाता, काठमाडौं
चिनियाँ विदेश मन्त्री वाङ यी मंगलबार काठमाडौंबाट बेइजिङ उडेपछि चिनियाँ विदेश मन्त्रालय विज्ञप्ति निकाल्यो। धेरै विज्ञप्तिमध्ये एउटामा यी र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटबारे उल्लेख विज्ञप्तिमा नेपालले अमेरिकाको इन्डो प्यासेफिक रणनीतिलाई अस्वीकार गर्ने बताएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।


‘नेपाल असंलग्न नीतिलाई पूर्ण रूपमा अंगिकार गर्छ र अमेरिकाको तथाकथित इन्डो प्यासेफिक रणनीतिलाई अस्वीकार गर्छ। कसैले चीनको विकास रोक्न प्रयास गरे विरोध गर्छ, चीनको विकास नेपालका लागि अवसर हो भन्नेमा सधैँ विश्वास गर्छ र चीनको सफल अनुभवबाट सिक्न चाहन्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ।

मंगलबार बिहान प्रचण्ड र यीबीच राजधानीको होटल मेरियटमा भेटवार्ता भएको थियो।

बेइजिङले निकालेको विज्ञप्तिबारे समाचार आएपछि काठमाडौंस्थित अमेरिकी राजदूतावासले यसबारे नेपाल सरकारको आधिकारिक धारणा मागेको छ। उसले नेपाल सरकारको धारणा बेइजिङको विज्ञप्तिबाट थाहा पाउनु अचम्मको कुरा भएको बताएको छ।

‘हामी नेपाल सरकारको आधिकारिक स्पष्टिकरण पर्खिरहेका छौं र हाम्रो बेइजिङस्थित दूतावासलाई पनि त्यो विज्ञप्तिको पुष्टिका लागि भनेका छौं,’ दूतावासकी प्रवक्ता एन्डी डी आर्मेन्टले भनिन्, ‘यदि यो सत्य हो भने नेपालको धारणा बेइजिङबाट निस्किने विज्ञप्तिबाट थाहा हुन्छ भने त्यो अचम्मको कुरा हो।’

दुई महिनाअघि एकजना अमेरिकी नागरिक पेम्पा छिरिङलाई चिनियाँ दूतावासको आग्रहअनुसार त्रिभुवन विमानस्थलबाट फिर्ता पठाएको विषयमा पनि अमेरिकी दूतावासले आपत्ती जनाएको थियो।

काठमाडौंस्थित चिनियाँ दूतावासले भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बती धर्मगुरु दलाई लामाले बनाएको सरकारमा सभामुख भइसकेका पेम्पा छिरिङ नामका व्यक्तिलाई नेपाल प्रवेश रोक्न आग्रह गरेअनुसार सोही नाम भएका अमेरिकी नागरिक छिरिङलाई नेपालले डिपोर्ट गरेको थियो।  

त्यसअघि नेकपाका अध्यक्ष प्रचण्ड भेनेजुयलाको राजनीतिमा अमेरिकी हस्तक्षेप भएको भन्दै विज्ञप्ति निकालेका थिए।




Related Pictures:













Related News:

रामेश्वर फुयाल भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त - 2020-01-23

साझालाई बिजुली बस किन्न दिएको ३ अर्ब सरकारले फिर्ता लिने - 2020-01-23

सशस्त्र प्रहरीको असाधारण योगदानः ओली - 2020-01-23

क्राइम स्टोरी: बलात्कारको मुद्दा खेपिरहेका सिद्धबाबा भारत छिरे - 2020-01-23

सांसद दीपक मनाङे पोखराबाट पक्राउ - 2020-01-23





रामेश्वर फुयाल भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त - 2020-01-23

काठमाडौ,(प्रस): बागमती प्रदेशले मन्त्रिमण्डल पुर्नगठन गरेको छ । मुख्यमन्त्री डोरमणी पौडेलले एक जना मन्त्री थपेका हुन् । पौडेलले रामेश्वर फुयाललाई भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त गरेका हुन् । केशव स्थापितलाई बर्खास्त गरेपछि मुख्यमन्त्रीसँगै रहेको भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी फुयालले पाएका हुन् ।

मुक्त हलियालाई साहूले छाड्यो, तर गरिबीले छाडेन - 2020-01-23

स्थानीय बासिन्दालाई आय आर्जनका काममा संलग्‍न गराउछौं: मेयर विष्टकञ्चनपुरको भीमदत्त नगरपालिका १९ वागफाँटामा हलिया समुदायका लाागि बनाईएको सुरक्षित बस्तीमा बसोबास गर्ने आरती सुनारका गीतका हरफमा हलिया समुदायको वास्तविक पीडा लुकेको छ। साहुको थोरै ऋण तिर्न नसक्दाको पीडालगायतका गीतमार्फत उनी हलिया समुदायले विगतमा भोगेको पीडा सुनाउँछिन्‌।

सातै प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको मतदान शुरू - 2020-01-23

राजनैतिक व्यूरो, काठमाडौराष्ट्रियसभाको रिक्त १८ सिटका लागि सातै प्रदेशमा मतदान शुरु भएको छ । बिहान १० बजेदेखि सातै प्रदेशमा तोकिएका मतदानस्थलनमा भोटिङ सुरु भएको छ निर्वाचन आयोगले जनाएको छ। मतदान आज अपरान्ह ४ बजेसम्म जारी रहनेछ। प्रत्येक प्रदेशको १ स्थानमा मतदानस्थल तोकिएको छ। प्रदेश १ का लागि विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, २ का लागि जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायण स्मृति भवन र वागमती प्रदेशका लागि ललितपुर महानगरपालिका-४ स्थित वडा समिति भवन मतदानस्थल तोकिएको छ।

एउटै मेशिन किन्दा करोड कमिशन खाँदा रहेछन्: स्वास्थ्यमन्त्री - 2020-01-22

कञ्चनपुर,(प्रस): स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रमा धेरै विक्रिति र विसंगति रहेको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी नेकपा कञ्चनपुरले बुधबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले स्वाथ्य क्षेत्रमा विकृति रहेको बताउँदै अब सुधार गरिने बताएका हुन्। ‘स्वास्थ्य क्षेत्रका समस्या बुझ्‍न अनुगमन तथा अस्पतालको निरीक्षण गरिरहेको छु', उनले भने,‘यसिअघिका स्वास्थ्य मन्त्रीहरुका कारण स्वास्थ्य क्षेत्र अस्तव्यस्त बनेको हो ।

एमसीसीसँग साटिएकै हुन् सभामुख ? - 2020-01-22

वनमा बाघ कराउनु र खोरबाट बाख्रा हराउनुको संयोग जस्तै विवादास्पद अमेरिकी सहयोग कार्यक्रम एमसीसी संसदबाट पारित गर्ने कि नगर्ने भन्नेमा देश, संसद, दल र नेताहरु ध्रुवीकृत भइरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्नि सापकोटालाई सभामुख बनाउन नेकपाका अध्यक्षद्वय सहमत हुनुलाई आवरणमा जति सहज निर्णय जस्तो देखिएको छ, भित्रभित्र त्यो उति नै रहस्य ठानिएको छ ।

डा. बाबुराम भट्टराई र अशोक राईलाई नेकपामै मिल्न प्रचण्डको आग्रह - 2020-01-22

काठमाडौ,(प्रस): नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई नेकपामै मिल्न आउन आग्रह गरेका छन् । बुधबार आफ्नै निवास खुमलटारमा समाजवादी पार्टीका केही कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउने क्रममा अध्यक्ष प्रचण्डले अप्ठेरो स्थितिमा निरीह भएर बस्नुभन्दा नेकपामा मिल्न आउन आग्रह गरेका हुन् ।

सिन्धुलीको सदरमुकाममा साँझ चल्यो डोजर, सांसद खड्का लगायतको घर भत्काइयो ! - 2020-01-22

स्थानीय बासिन्दाद्धारा नगरपालिकाको कदमको स्वागतनेपाल कम्युनिष्ट पार्टीको दुई तिहाईको सत्ता छ्, स्थानीय सत्ता पनि नेकपाकै छ, त्यही नेकपाको स्थानीय सरकारले आफ्नै दलका तर्फबाट निर्वाचित बाग्मती प्रदेशसभाका सदस्यको घरमा साँझ डोजर लगाएर भत्कायो भन्दा पत्याउनै मुस्किल हुन सक्छ । तर सिन्धुलीको कमलामाई नगरपालिकाले बल पूर्वक केही समय अगाडि सांसद बिनोद खड्का लगायतको घरमा डोजर चलाएर भत्काएको छ ।

कोरियाको छिन्जु युनिभर्सिटी र कमलामाई बीच शैक्षिक आदान प्रदान कार्यक्रम - 2020-01-21

प्रदेस संवाददाता, सिन्धुलीसाउथ कोरिया स्थित छिन्जु नेशनल युनिभर्सिटी अफ एजुकेशन र कमलामाई नगरपालिका विच भएको दुई पक्षिय सम्झौता अनुसार नगरपालिका भित्रका ४ वटा सामुदायिक विद्यालहरुमा शैक्षिक अनुभव आदानप्रदान कार्यक्रमको थालनी भएको छ । कमलामाई नगरपालिकाको शैक्षिक विकासमा साउथ कोरियाको छिन्जु विश्व विद्यालयको प्राविधिक सहयोग तथा शिक्षाको सन्दर्भमा विद्यार्थी शिक्षक अनुभव आदानप्रदान गर्ने सम्झौता बमोजिम कनपाका ९ वटा विद्यालयका ९ जना शिक्षकहरुलाई गणित, विज्ञान, र लैंगिक समता सम्बन्धी तालिम दिइएको कार्यक्रम संहजकर्ता जगतबहादुर आलेले जानकारी दिए ।

नेपाली कांग्रेसको विवाद : शीर्ष तहमै सहमति खोजिने - 2020-01-20

राजनैतिक व्यूरो, काठमाडौनेपाली कांग्रेसको आन्तरिक विवाद मिलाउन शीर्ष नेताहरुबीच नै सहमति खोजिने भएको छ । उपसभापति विमलेन्द्र निधिले पूर्वमहामन्त्रीद्धय कृष्ण सिटौला र प्रकाशमान सिंहसँग सोमबार बिहान छलफल गरेका थिए । पार्टी कार्यालय सानेपामा भएको छलफल महाधिवेशनलाई कसरी निश्पक्ष बनाउने भन्नेमा केन्द्रित भए पनि कुनै सहमति नभएको बैठकमा सहभागी नेता सिटौलाले जानकारी दिए ।

गोकर्ण रिसोर्टको जग्गालाई यतिलेभन्दा ५० करोड बढी म तिर्छु: सांसद रायमाझी - 2020-01-19

काठमाडौ,(प्रस): नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले गोकर्ण रिसोर्टको जग्गा लिज वापत यति हाेल्डिङ्स प्रालिले दिएभन्दा ५० करोड बढी आफूले तिर्ने भन्दै भाडामा दिन सरकारसमक्ष प्रस्ताव गरेका छन्।

अग्नी सापकोटालाई सभामुख बनाउने नेकपा सचिवालयको निर्णय - 2020-01-19

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । बैठकले एकमतले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको जनाइएको छ । आइतबार प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सापकोटालाई सभामुख बनाउने सहमति भएको हो ।

लामो रस्साकस्सीपछि अन्ततः उपसभामुख तुम्बाहाङफेले सोमबार राजीनामा दिने - 2020-01-19

राजनैतिक व्यूरो, काठमाडौअन्तत लामो रस्साकस्सीपछि उपसभामुख शिवमायाँ तुम्बाहाङफेले सोमबार राजीनामा दिने भएकी छिन् । नेकपा सचिवालय बैठकले अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार भेटेपश्चात् उनले राजीनामा दिने भएकी हुन् । उक्त भेटमा उनले फेरीपनि सभामुख कृष्णबहादुर महराले गरेको गल्तीको भागिदार आफूलाई बनाउन नमिल्ने बताउँदै सभामुख छाड्नुपर्ने कारण के हो, पार्टीले लिखित रुपमा देओस् भन्ने माग गरेकी थिइन् ।

सिक्किमका पूर्व मूख्यमन्त्री चाम्लिङ काठमाडौंमा सम्मानित - 2020-01-16

काठमाडौ,(प्रस): भारतको सिक्किम राज्यका पूर्व मूख्यमन्त्री, कवि तथा गीतकार पवन चाम्लिङले नेपाली भाषा बढी बोलिने भूगोल भनेकै नेपाल, दार्जिलिङ , सिक्किम र आसाम भएको बताएका छन् । बिहीबार काठमाडौंमा चाम्लिङले नेपाली गीत संगीत तथा भाषा साहित्को उन्नयनमा पुर्याएको योगदानको कदर गर्दै गीतकार संघ नेपालले आयोजना गरेको सम्मान कार्यक्रममा उनले भने, हामीबीच सामाजीक, सांस्कृतिक र साहित्यिक पक्ष कहिल्यै अलग रहेन र भूगोल फरक भए पनि हृदय एउटै रहेको छ ।

एमसीसी बिरुद्ध विप्लव नेतृत्वको नेकपाले आन्दोलन गर्ने - 2020-01-16

राजनैतिक व्यूरो, काठमाडौसरकारद्धारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपालेविवादित मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सरकारले सदनबाट पारित गर्न लागिएको विरोधमा देशव्यापी आन्दोलन गर्ने भएको छ । माघ १ देखि १५ गतेसम्मका विभिन्न कार्यक्रमको तालिका सार्वजनिक गर्दै नेकपाले एमसीसी सम्झौता सदनबाट पारित गरिए नेपाल बन्दलगायत विभिन्न सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

समाज र सिङ्गो देश सुरक्षित बनाउने संकल्प गरौँ : गृहमन्त्री बादल - 2020-01-16

भक्तपुर,(प्रस): गृहमन्त्री रामबहादुर थापाले सुख र समृद्धिका लागि सुरक्षा नै पहिलो आधार रहेको बताएका छन् । सुरक्षित पूर्वाधारबिना समृद्धि प्राप्त नहुने भन्दै उनले आफू र अरुलाई समेत सुरक्षित बनाउन पहिलो ध्यान बलियो पूर्वाधार बनाउन लगाउनुपर्नेमा जोड दिए । २२ औँ भूकम्प सुरक्षा दिवसका अवसरमा भक्तपुरमा भएको मूल समारोहमा गृहमन्त्री थापाले आफू सहित समाज र सिङ्गो देशलाई सुरक्षित बनाउन सबैले संकल्प गर्नुपर्नेमा जोड दिए ।

धम्क्याएर, थर्काएर कुनै पनि हालतमा एमसीसी पास हुँदैनः माधव नेपाल - 2020-01-16

प्रेम दाहाल, सिन्धुलीनेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको गर्भभित्र, समस्याहरु रहेकाले ति समस्याहरु पत्तालगाई गंभीरतापूर्वक बुझ्न र समस्याको हल गर्न आबश्यक रहेको बताएकाछन् । प्रशासन प्रमुख, पार्टी कार्यकर्ता र पेशागत संगठनका प्रमुखहरुलाई अलग अलग रुपमा सम्वोधनगर्दै नेता नेपालले सो कुरा बताएका हुन् । पार्टी एकताका केही बाँकी कामहरु अगाडि बढिरहेको र गुटगत मानिसकतालाई छोडेर बृहत एकाताका साथ अगाडि बड्न आग्रह गरे ।

भारतीय प्रहरी बर्दीमै नेपाल छिरे - 2020-01-16

कैलाली,(प्रस): बुधबार कैलालीको चिसापानीमा प्रहरीले केही भारतीय प्रहरीहरूलाई नेपाल प्रहरीले नियन्त्रणमा लियो। चालकसहित नौ जना भारतीय प्रहरी बर्दीमै चुरेको फेदीमा रहेको चिसापानी बजार पुगेको थाहा पाएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

हामीले स्थानीय तहबाट जनताको विशिष्ट समस्या मात्रै समाधान गर्न सक्छौं - 2020-01-14

 उज्ज्वलकुमार थापा, वडा अध्यक्ष, कमलामाई ६, सिन्धुलीएमसीसीलाई सहयोग गर्न सरकारले सदनमा पेश गर्न खोजिरहेको वा पारित गर्न खोजिरहेको विधेयकका प्रावधानले नेपाली राष्ट्रिय स्वाधीनतामाथि धावा बोलिरहेको छ । अमेरिकी दुतावासले एमसीसी इण्डो प्यासिफिक रणनीतिकै अभिन्न अंग हो भनेर बताइरहदा सत्ता सञ्चालकहरू त्यसको अभिन्न अंग होइन भनेर उफ्रदै त्यसलाई बलपूर्वक पास गराउने प्रयत्न भइरहेको छ ।

कुमारी मोक्तान मन्त्री बन्ने ! - 2020-01-14

मकवानपुर,(प्रस): बागमती प्रदेशको मन्त्रीपरिषद विस्तारको चर्चा बढेसँगै मकवानपुरबाट थप एकजना मन्त्रीमण्डलमा पर्ने संभावना बढेको छ । सात सदस्यीय मन्त्रीमण्डललाई बढाएर ११ सदस्यीय बनाउने तयारीमा लागेका मुख्यमन्त्री डोरमणी पौडेलले ५जना नया अनुहारलाई मन्त्री बनाउने छन् ।

घरजग्गा व्यवसायीको मुख्यमन्त्रीलाई बधाई - 2020-01-14

काठमाडौ,(प्रस): हेटौंडाले राजधानी पाएकोमा घरजग्गा व्यवसायी त पुलकित नै भएका छन् । खुसीयालीमा उनीहरूले काठमाडौंबाट प्रकाशित हुने दैनिक पत्रिकामा मुख्यमन्त्री लगायत सभासदहरुलाई सूचना छापेर बधाई नै दिएका छन् ।

सरकारको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने मनसाय छैनः मन्त्री ज्ञवाली - 2020-01-13

राजनैतिक व्यूरो, काठमाडौपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले मानव अधिकार हनन हुने गरी कुनै पनि विधेयक नल्याएको दाबी गरेका छन् । संसदमा पेस भएको सूचना प्रविधिसम्बन्धी विधेयकलाई संकेत गर्दै मन्त्री ज्ञवालीले मानव अधिकारलाई संकुचित पार्छ भन्ने चिन्ता व्यक्त भइरहेको बताउँदै मानव अधिकारका सिद्धान्त, प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने मनसाय सरकारको नभएको उल्लेख गरेकाछन् ।










Powered by: Exclusively Solution