राजनीति




सरकारले प्रजातन्त्रको मान्यता मास्न खोज्दैछः देउवा


विराटनगर,(प्रस):
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रका मान्यता मासेर नेकपाको दुई तिहाईको सरकारले मुलुकलाई कम्युनिष्ट राज्य बनाउन खोजेको आरोप लगाएका छन् । नेकपाले चाहे जस्तो कम्युनिष्ट सरकार नहुने भन्दै सभापति देउवाले उसले ल्याउन खोजेको कम्युनिष्ट शासन व्यवस्थाविरुद्ध कांग्रेस आन्दोलमा जाने चेतावनी दिए ।

विराटनगर विमानस्थलमा मंगलवार स्थानीय संचारकर्मीसंगको कुराकानीमा सभापति देउवाले वर्तमान सरकार प्रजातन्त्रको मुल्य मान्यता हस्तक्षेप गरी कम्युनिष्ट राज्य बनाउन उद्त देखिएको बताए । देउवाले भने, ‘यदी सरकारले आफना गल्ती तत्काल नसच्याए सरकार विरुद्ध प्रतिपक्ष कठोर रुपमा उत्रिनेछ ।’

सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्रको मुल्य मान्यतालाई हस्तक्षेप गरी लोकतन्त्रतलाई कमजोर बनाउने खेल भईरहेको पनि बताए ।

उनले सरकारले कम्युनिष्ट राज्य बनाउने अभ्यास स्वरुप स्वतन्त्र प्रेस, न्यायपालिका, मानवअधिकार जस्ता लोकतन्त्रका आधार स्तम्भलाई क्रमिकरुपमा हस्तपेक्ष गर्ने कार्य गरी रहेको भनाइ थियो ।

अर्को एक प्रसंगमा सभापति देउवाले पार्टी भित्र गुट उपगुटको कुनै गुन्जायस नरहेको दाबी गरे ।

पार्टीभित्र देखिएको मतभिन्नताबारे संचारकर्मीको जिज्ञासामा सभापति देउवले कांग्रेस प्रजातान्त्रिक पार्टी भएकोले बोल्न सबैलाई स्वतन्त्र रहेको भन्दै पार्टीभित्र एकता रहेको दाबी गरे ।

उनले पार्टीको महाधिवेशन भन्दा पहिला नै प्रदेशको अन्तरीम कमिटि गठनको टुंगो छिट्टै लाग्ने बताए । संवैधानिक व्यवस्थाको वाध्यताका कारण महाधिवेशन भन्दाअघि प्रदेशको अन्तरिम कमिटी गठन गर्न लागिएको सभापति देउवाको भनाइ थियो ।




Related Pictures:













Related News:

चपौलीमा नेकपाको बैठक - 2020-01-25

प्रदेश २ मा राजपाका तीनै मन्त्री हटाउने तयारी - 2020-01-25

ओली, देउवा र प्रचण्डबीच बालुवाटारमा छलफल, एजेन्डामा सहमति भएन - 2020-01-25

कोरोनाभाइरस: नेपालमा सङ्क्रमित भेटिएपछि सचेत रहन सरकारको निर्देशन - 2020-01-25

केराबारीमा बम विस्फोट - 2020-01-25





प्रदेश २ मा राजपाका तीनै मन्त्री हटाउने तयारी - 2020-01-25

जनकपुरधाम,(प्रस): प्रदेश २ का तीन जना मन्त्रीलाई सरकारबाट हटाउने तयारी शुरु भएको छ। राष्ट्रिय जनता पार्टी (राजपा) बाट प्रदेश सरकारमा सहभागी तीनै जना मन्त्रीलाई फिर्ता पठाउने तयारी थालिएको हो। प्रदेश २ मा समाजवादी र राजपा गठबन्धनको सरकार छ । यी दुबै दलबाट ३÷३ जना मन्त्री र त्यतिकै संख्यामा राज्यमन्त्री छन् । राज्यमन्त्रीलाई कायम राख्दै राजपाका तीन जना मन्त्रीलाई नै सरकारबाट फिर्ता पठाउने सम्बन्धमा सरकार नेतृत्वकर्ता समाजवादीले राजपासँग छलफल गर्ने भएकोछ ।

ओली, देउवा र प्रचण्डबीच बालुवाटारमा छलफल, एजेन्डामा सहमति भएन - 2020-01-25

आइतबार प्रतिनिधिसभा बैठक: रिक्त विश्वविद्यालयहरूमा उपकुलपतिसहित पदाधिकारी नियुक्ति विषयमा छलफलप्रधानमन्त्रीसमेत रहेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार बालुवाटारमा छलफल भएको छ । मुलुकको समसामयिक राजनीतिक परिस्थितिका बारेमा उनीहरूबीच दुई घण्टा छलफल भएको हो।

कोरोनाभाइरस: नेपालमा सङ्क्रमित भेटिएपछि सचेत रहन सरकारको निर्देशन - 2020-01-25

चीनको वुहानबाट हालै फर्केका नेपाली विद्यार्थीमा सङ्क्रमणचीनमा कम्तीमा ४१ जनाको ज्यान लिइसकेको कोरोनाभाइरसको सङ्क्रमण एक नेपालीमा भेटिएको पुष्टि भएसँगै नेपालमा थप सतर्कता अपनाइएको अधिकारीहरूले बताएका छन्। शनिवार बिहान बसेको बैठकले काठमाण्डूका सबै अस्पतालहरूलाई सतर्क अवस्थामा रहन र आइसोलेसन वार्डबनाएर तीन दिन भित्र योजना पेस गर्न अस्पतालहरूलाई निर्देशन दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। काठमाण्डूस्थित मुलुकको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट आएकाहरूको स्वास्थ्य परीक्षण गर्न र आवश्यक परेको अवस्थामा त्यहीँबाट अस्पताल लैजान एम्बुलेन्स तयारी अवस्थामा राख्ने कार्य भइसकेको अधिकारीहरूले बताएका छन्।

कांग्रेसको विवाद मिल्यो, १४ औं महाधिवेशन ०७७ फागुन ७ मै - 2020-01-24

राजनैतिक व्यूरो, काठमाडौसाढे दुई महिनादेखि चलिरहेको नेपाली कांग्रेसको अन्तरिक विवाद समाधान भएको छ । र, १४ औं महाधिवेशन ०७७ फागुन ७ मा नै हुने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलासहितका नेताहरुबीच शुक्रबार बूढानीलकण्ठमा झण्डै ७ घन्टा लामो वार्ता भएको थियो ।

अग्नि सापकोटालाई सभामुख बनाउने प्रक्रिया रोक्न सर्वोच्चमा रिट - 2020-01-24

नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा सांसद अग्नि सापकोटालाई सभामुख बनाउन थालिएको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी सापकोटाविरूद्ध हत्या मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएकाले उनलाई सभामुख बनाउन थालिएको प्रक्रिया, घटनाको अनुसन्धान गर्न र सापकोटालाई पक्राउ गर्न माग गर्दै शुक्रबार रिट हालेका हुन्।

रामेश्वर फुयाल भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त - 2020-01-23

काठमाडौ,(प्रस): बागमती प्रदेशले मन्त्रिमण्डल पुर्नगठन गरेको छ । मुख्यमन्त्री डोरमणी पौडेलले एक जना मन्त्री थपेका हुन् । पौडेलले रामेश्वर फुयाललाई भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त गरेका हुन् । केशव स्थापितलाई बर्खास्त गरेपछि मुख्यमन्त्रीसँगै रहेको भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी फुयालले पाएका हुन् ।

मुक्त हलियालाई साहूले छाड्यो, तर गरिबीले छाडेन - 2020-01-23

स्थानीय बासिन्दालाई आय आर्जनका काममा संलग्‍न गराउछौं: मेयर विष्टकञ्चनपुरको भीमदत्त नगरपालिका १९ वागफाँटामा हलिया समुदायका लाागि बनाईएको सुरक्षित बस्तीमा बसोबास गर्ने आरती सुनारका गीतका हरफमा हलिया समुदायको वास्तविक पीडा लुकेको छ। साहुको थोरै ऋण तिर्न नसक्दाको पीडालगायतका गीतमार्फत उनी हलिया समुदायले विगतमा भोगेको पीडा सुनाउँछिन्‌।

सातै प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको मतदान शुरू - 2020-01-23

राजनैतिक व्यूरो, काठमाडौराष्ट्रियसभाको रिक्त १८ सिटका लागि सातै प्रदेशमा मतदान शुरु भएको छ । बिहान १० बजेदेखि सातै प्रदेशमा तोकिएका मतदानस्थलनमा भोटिङ सुरु भएको छ निर्वाचन आयोगले जनाएको छ। मतदान आज अपरान्ह ४ बजेसम्म जारी रहनेछ। प्रत्येक प्रदेशको १ स्थानमा मतदानस्थल तोकिएको छ। प्रदेश १ का लागि विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, २ का लागि जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायण स्मृति भवन र वागमती प्रदेशका लागि ललितपुर महानगरपालिका-४ स्थित वडा समिति भवन मतदानस्थल तोकिएको छ।

एउटै मेशिन किन्दा करोड कमिशन खाँदा रहेछन्: स्वास्थ्यमन्त्री - 2020-01-22

कञ्चनपुर,(प्रस): स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रमा धेरै विक्रिति र विसंगति रहेको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी नेकपा कञ्चनपुरले बुधबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले स्वाथ्य क्षेत्रमा विकृति रहेको बताउँदै अब सुधार गरिने बताएका हुन्। ‘स्वास्थ्य क्षेत्रका समस्या बुझ्‍न अनुगमन तथा अस्पतालको निरीक्षण गरिरहेको छु', उनले भने,‘यसिअघिका स्वास्थ्य मन्त्रीहरुका कारण स्वास्थ्य क्षेत्र अस्तव्यस्त बनेको हो ।

एमसीसीसँग साटिएकै हुन् सभामुख ? - 2020-01-22

वनमा बाघ कराउनु र खोरबाट बाख्रा हराउनुको संयोग जस्तै विवादास्पद अमेरिकी सहयोग कार्यक्रम एमसीसी संसदबाट पारित गर्ने कि नगर्ने भन्नेमा देश, संसद, दल र नेताहरु ध्रुवीकृत भइरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्नि सापकोटालाई सभामुख बनाउन नेकपाका अध्यक्षद्वय सहमत हुनुलाई आवरणमा जति सहज निर्णय जस्तो देखिएको छ, भित्रभित्र त्यो उति नै रहस्य ठानिएको छ ।

डा. बाबुराम भट्टराई र अशोक राईलाई नेकपामै मिल्न प्रचण्डको आग्रह - 2020-01-22

काठमाडौ,(प्रस): नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई नेकपामै मिल्न आउन आग्रह गरेका छन् । बुधबार आफ्नै निवास खुमलटारमा समाजवादी पार्टीका केही कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउने क्रममा अध्यक्ष प्रचण्डले अप्ठेरो स्थितिमा निरीह भएर बस्नुभन्दा नेकपामा मिल्न आउन आग्रह गरेका हुन् ।

सिन्धुलीको सदरमुकाममा साँझ चल्यो डोजर, सांसद खड्का लगायतको घर भत्काइयो ! - 2020-01-22

स्थानीय बासिन्दाद्धारा नगरपालिकाको कदमको स्वागतनेपाल कम्युनिष्ट पार्टीको दुई तिहाईको सत्ता छ्, स्थानीय सत्ता पनि नेकपाकै छ, त्यही नेकपाको स्थानीय सरकारले आफ्नै दलका तर्फबाट निर्वाचित बाग्मती प्रदेशसभाका सदस्यको घरमा साँझ डोजर लगाएर भत्कायो भन्दा पत्याउनै मुस्किल हुन सक्छ । तर सिन्धुलीको कमलामाई नगरपालिकाले बल पूर्वक केही समय अगाडि सांसद बिनोद खड्का लगायतको घरमा डोजर चलाएर भत्काएको छ ।

कोरियाको छिन्जु युनिभर्सिटी र कमलामाई बीच शैक्षिक आदान प्रदान कार्यक्रम - 2020-01-21

प्रदेस संवाददाता, सिन्धुलीसाउथ कोरिया स्थित छिन्जु नेशनल युनिभर्सिटी अफ एजुकेशन र कमलामाई नगरपालिका विच भएको दुई पक्षिय सम्झौता अनुसार नगरपालिका भित्रका ४ वटा सामुदायिक विद्यालहरुमा शैक्षिक अनुभव आदानप्रदान कार्यक्रमको थालनी भएको छ । कमलामाई नगरपालिकाको शैक्षिक विकासमा साउथ कोरियाको छिन्जु विश्व विद्यालयको प्राविधिक सहयोग तथा शिक्षाको सन्दर्भमा विद्यार्थी शिक्षक अनुभव आदानप्रदान गर्ने सम्झौता बमोजिम कनपाका ९ वटा विद्यालयका ९ जना शिक्षकहरुलाई गणित, विज्ञान, र लैंगिक समता सम्बन्धी तालिम दिइएको कार्यक्रम संहजकर्ता जगतबहादुर आलेले जानकारी दिए ।

नेपाली कांग्रेसको विवाद : शीर्ष तहमै सहमति खोजिने - 2020-01-20

राजनैतिक व्यूरो, काठमाडौनेपाली कांग्रेसको आन्तरिक विवाद मिलाउन शीर्ष नेताहरुबीच नै सहमति खोजिने भएको छ । उपसभापति विमलेन्द्र निधिले पूर्वमहामन्त्रीद्धय कृष्ण सिटौला र प्रकाशमान सिंहसँग सोमबार बिहान छलफल गरेका थिए । पार्टी कार्यालय सानेपामा भएको छलफल महाधिवेशनलाई कसरी निश्पक्ष बनाउने भन्नेमा केन्द्रित भए पनि कुनै सहमति नभएको बैठकमा सहभागी नेता सिटौलाले जानकारी दिए ।

गोकर्ण रिसोर्टको जग्गालाई यतिलेभन्दा ५० करोड बढी म तिर्छु: सांसद रायमाझी - 2020-01-19

काठमाडौ,(प्रस): नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले गोकर्ण रिसोर्टको जग्गा लिज वापत यति हाेल्डिङ्स प्रालिले दिएभन्दा ५० करोड बढी आफूले तिर्ने भन्दै भाडामा दिन सरकारसमक्ष प्रस्ताव गरेका छन्।

अग्नी सापकोटालाई सभामुख बनाउने नेकपा सचिवालयको निर्णय - 2020-01-19

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । बैठकले एकमतले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको जनाइएको छ । आइतबार प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सापकोटालाई सभामुख बनाउने सहमति भएको हो ।

लामो रस्साकस्सीपछि अन्ततः उपसभामुख तुम्बाहाङफेले सोमबार राजीनामा दिने - 2020-01-19

राजनैतिक व्यूरो, काठमाडौअन्तत लामो रस्साकस्सीपछि उपसभामुख शिवमायाँ तुम्बाहाङफेले सोमबार राजीनामा दिने भएकी छिन् । नेकपा सचिवालय बैठकले अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार भेटेपश्चात् उनले राजीनामा दिने भएकी हुन् । उक्त भेटमा उनले फेरीपनि सभामुख कृष्णबहादुर महराले गरेको गल्तीको भागिदार आफूलाई बनाउन नमिल्ने बताउँदै सभामुख छाड्नुपर्ने कारण के हो, पार्टीले लिखित रुपमा देओस् भन्ने माग गरेकी थिइन् ।

सिक्किमका पूर्व मूख्यमन्त्री चाम्लिङ काठमाडौंमा सम्मानित - 2020-01-16

काठमाडौ,(प्रस): भारतको सिक्किम राज्यका पूर्व मूख्यमन्त्री, कवि तथा गीतकार पवन चाम्लिङले नेपाली भाषा बढी बोलिने भूगोल भनेकै नेपाल, दार्जिलिङ , सिक्किम र आसाम भएको बताएका छन् । बिहीबार काठमाडौंमा चाम्लिङले नेपाली गीत संगीत तथा भाषा साहित्को उन्नयनमा पुर्याएको योगदानको कदर गर्दै गीतकार संघ नेपालले आयोजना गरेको सम्मान कार्यक्रममा उनले भने, हामीबीच सामाजीक, सांस्कृतिक र साहित्यिक पक्ष कहिल्यै अलग रहेन र भूगोल फरक भए पनि हृदय एउटै रहेको छ ।

एमसीसी बिरुद्ध विप्लव नेतृत्वको नेकपाले आन्दोलन गर्ने - 2020-01-16

राजनैतिक व्यूरो, काठमाडौसरकारद्धारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपालेविवादित मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सरकारले सदनबाट पारित गर्न लागिएको विरोधमा देशव्यापी आन्दोलन गर्ने भएको छ । माघ १ देखि १५ गतेसम्मका विभिन्न कार्यक्रमको तालिका सार्वजनिक गर्दै नेकपाले एमसीसी सम्झौता सदनबाट पारित गरिए नेपाल बन्दलगायत विभिन्न सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

समाज र सिङ्गो देश सुरक्षित बनाउने संकल्प गरौँ : गृहमन्त्री बादल - 2020-01-16

भक्तपुर,(प्रस): गृहमन्त्री रामबहादुर थापाले सुख र समृद्धिका लागि सुरक्षा नै पहिलो आधार रहेको बताएका छन् । सुरक्षित पूर्वाधारबिना समृद्धि प्राप्त नहुने भन्दै उनले आफू र अरुलाई समेत सुरक्षित बनाउन पहिलो ध्यान बलियो पूर्वाधार बनाउन लगाउनुपर्नेमा जोड दिए । २२ औँ भूकम्प सुरक्षा दिवसका अवसरमा भक्तपुरमा भएको मूल समारोहमा गृहमन्त्री थापाले आफू सहित समाज र सिङ्गो देशलाई सुरक्षित बनाउन सबैले संकल्प गर्नुपर्नेमा जोड दिए ।

धम्क्याएर, थर्काएर कुनै पनि हालतमा एमसीसी पास हुँदैनः माधव नेपाल - 2020-01-16

प्रेम दाहाल, सिन्धुलीनेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको गर्भभित्र, समस्याहरु रहेकाले ति समस्याहरु पत्तालगाई गंभीरतापूर्वक बुझ्न र समस्याको हल गर्न आबश्यक रहेको बताएकाछन् । प्रशासन प्रमुख, पार्टी कार्यकर्ता र पेशागत संगठनका प्रमुखहरुलाई अलग अलग रुपमा सम्वोधनगर्दै नेता नेपालले सो कुरा बताएका हुन् । पार्टी एकताका केही बाँकी कामहरु अगाडि बढिरहेको र गुटगत मानिसकतालाई छोडेर बृहत एकाताका साथ अगाडि बड्न आग्रह गरे ।










Powered by: Exclusively Solution