अर्थ / व्यापार




सुमार्गी स्वामित्वको ‘हेलो नेपाल’को लाइसेन्स खारेज


काठमाडौ,(प्रस)
नेपाल स्याटेलाइट टेलिकम कम्पनीको अनुमतिपत्र खारेज भएको छ । यो दूरसञ्चार कम्पनी अजेयराज सुमार्गी स्वामित्वको हो । यो कम्पनीले ‘हेलो नेपाल’ ब्राण्डमा मोबाइल सेवा दिइरहेको छ ।

बक्यौतावापतको नवीकरण दस्तुर तिर्न नसकेपछि कम्पनीको अनुमतिपत्र खारेज भएको हो । कम्पनीले नेपाल दूरसञ्चार प्राधिरकणलाई करीब ७९ करोड ९२ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी थियो ।

भदौ १ गतेसम्म पहिलो किस्तावापत करिब ७ करोड रुपैयाँ तिर्न प्राधिकरणले सयमसीमा दिएको थियो । तर, उसले कुनै पनि बक्र्याता तिरेन ।

प्राधिरकणको बोर्ड बैठकको निर्णय अनुसार कम्पनीको अनुमतिपत्र खारेज गरिएको प्रवक्ता तथा निर्देशक मिनप्रसाद आर्यालले जानकारी दिए । उनले कम्पनीलाई लाइसेन्स खारेज भएको जानकारीसहितको पत्र पठाइसकिएको बताए ।

यो कम्पनीले मध्यपश्चिमको ग्रामीण क्षेत्रबाट सेवा थालेर सुदुरपश्चिम र पश्चिमाञ्चलमा सेवा दिन सक्ने गरी आधारभुत दूरसञ्चार सेवको लाइसेन्स पाएको थियो ।

अब कम्पनीले सरकारसमक्ष ३५ दिनभित्र निर्णय पुनरावलोकनका लागि आवेदन दिन सक्नेछ ।

यो कम्पनीले प्राधिरकणबाट १८ सय ब्यान्डमा ९ मेगाहर्ज र ९ सय ब्यान्डमा ४.४ मेगहर्जको फि्रक्वेन्सी पाएको छ । यो कम्पनी अहिलेसम्म तोकिएको शर्त पुरा गरेर शहरी क्षत्रेसम्म आईपुगेको छैन ।

प्राधिरकणले इन्टरनेट सेवा प्रदायक आइटेल कम्युनिकेशन, वेब सर्फरको लाइसेन्स समेत पनि खारेज भएको जानकारी दिएको छ ।




Related Pictures:













Related News:

चपौलीमा नेकपाको बैठक - 2020-01-25

प्रदेश २ मा राजपाका तीनै मन्त्री हटाउने तयारी - 2020-01-25

ओली, देउवा र प्रचण्डबीच बालुवाटारमा छलफल, एजेन्डामा सहमति भएन - 2020-01-25

कोरोनाभाइरस: नेपालमा सङ्क्रमित भेटिएपछि सचेत रहन सरकारको निर्देशन - 2020-01-25

केराबारीमा बम विस्फोट - 2020-01-25





साझालाई बिजुली बस किन्न दिएको ३ अर्ब सरकारले फिर्ता लिने - 2020-01-23

काठमाडौ,(प्रस): नेपाल सरकारले गत साउन पहिलो साता साझा यातायातलाई बिजुली बस खरिद र संचालनको लागि दिएको तीन अर्ब रुपैयाँ ब्याज सहित फिर्ता लिने निर्णय गरेको छ। मन्त्रिपरिषदको नियमित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले साझालाई दिइएको तीन अर्ब रुपैयाँ फिर्ता लिने निर्णय भएको जानकारी दिए।

हिमपातले रसुवा–केरुङ आवतजावत बन्द - 2020-01-19

काठमाडौ,(प्रस): हिमपातका कारण नेपाल चीनबीच केरुङको आवतजावत बन्द भएको छ । सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेम नेपालका अनुसार चिनियाँ भूभागको अधिकांश सडकमा हिउँ जमेका कारण सवारीसाधन एवं मानिस हिँड्डुल गर्नसमेत बन्द भएको हो । दैनिक रूपमा मालसामान ओसारपसार गर्ने ट्रक तथा कन्टेनर आवतजावत गर्न नसक्दा सयौँ सवारी चालक अलपत्र रूपमा दिनचर्या बिताइरहेको बताइएको छ ।

भारतबाट आउन थाल्यो प्याज, घट्यो मूल्य - 2020-01-09

काठमाडौ,(प्रस): केही समयअघि २ सय ५० रुपैयाँसम्म पुगेको प्याजको मूल्य घट्न थालेको छ। भारतीय बजारमा नयाँ प्याजको उत्पादन सुरू भएपछि त्यसको असर नेपाली बजारमा पनि देखिन थालेको हो।

सरकार र उखु किसानबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित - 2020-01-03

उखु किसान र सरकारबीच पाँच बुँदे सहमति भएको छ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको पहलमा भएको वार्तामा पाँच बुँदे सहमति भएको हो। जसअनुसार माघ ७ गतेभित्र उखु किसानको सम्पूर्ण बक्यौता रकम चिनी उद्योगीले भुक्तानी गर्नेगरी मन्त्रालयले सहजीकरण गर्ने भएको छ।

मासुको भाउ बढाउन जिउँदै गाडियो तीस लाख चल्ला - 2019-12-20

काठमाडौ,(प्रस): नेपाल ह्याचरी उद्योग संघले ब्रोइलर कुखुराको मासुको मूल्य समायोजन गर्ने भन्दै झन्डै ३० लाख चल्ला जिउँदै गाडेको छ। संघले यही साता चितवनलगायत ठाउँमा चल्ला मारेको छ भने अण्डा पनि नष्ट गरेको छ। ४५ करोड मूल्य बराबरको अण्डा नष्ट गरिएको ह्याचरी संघका अध्यक्ष टीकाराम पोखरेलले बताए। पछिल्लो समय मासुको मूल्य घटेको र चल्ला र अण्डा नष्ट गर्दा कुखुराको मासु बजार सन्तुलनमा आउने दाबी गर्दै संघले निर्मम तरिकाले जिउँदै चल्ला पुर्न लगाएको थियो।

तीन वर्षसम्म किसानको भुक्तानी नदिनु बेइमानी: आपूर्तिमन्त्री - 2019-12-03

काठमाडौ,(प्रस): अठार महिना दुःख गरेर उब्जाएको उखुको मूल्य तीन वर्षसम्म नदिने चिनी उद्योगीलाई कस्न किसान प्रतिनिधिहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसान र उद्योगीहरुको समस्या समाधान गर्न मंगलबार मन्त्रालयमा गरेको सर्वपक्षीय छलफलमा उखु कृषकहरु उद्योगीमाथि खनिएका थिए । अखिल नेपाल उखु किसान संघका अध्यक्ष राजकुमार उप्रेतीले केही चिनी उद्योगीहरुको नियत नै किसानमारा देखिएको आरोप लगाए । कृषकले १८ महिना उत्पादनमा, दुई वर्ष उखु काट्न र साढे दुई देखि तीन वर्ष पैसा लिनका लागि धाउनुपरेको उनले गुनासो गरे ।

दैलेखमा पेट्रोल - 2019-11-19

काठमाडौ,(प्रस): दैलेखको पादुकास्थानमा पेट्रोलियम पदार्थको अनुसन्धान धमाधम चलिरहेको छ। नेपाल सरकार खानी तथा भुगर्भ विभाग र चीनको चाइना जिओलोजिकल सर्भेको सयुक्त टोलीले उक्त अनुसन्धान गरिरहेको हो। लामो समय देखि खोलाको पानीमा तेल जस्तो चिल्लो पदार्थ तैरिएको भेटिएपछि त्यो तेल हुनसक्ने भन्दै अनुसन्धान थालिएको हो।

जापानी राजदुत सिन्धुलीको जुनार क्षेत्रमा, रोगकिरा नियन्त्रणका लागि सहयोग गर्ने प्रतिवद्धता - 2019-11-14

प्रेम दाहाल, सिन्धुली:जापानी राजदुत मासामिची साइगोले सिन्धुलीको जुनारमा देखिएको रोगकिरा नियन्त्रण र प्राविधक समस्या समाधानका लागि सहयोग गर्न तयार रहेको बताउनु भएको छ । सिन्धुलीको जुनार क्षेत्रमा आउनु बिहिवार मध्यान्ह आइपुग्नुभएका राजदुत साइगोले जुनार किसानहरुका बीचमा सो कुरा बताउनु भएको हो । उहाँले सिन्धुलीको जुनारको विकासका लागि जापान सरकारले विगतमा गरेको सहयोगको समिक्षागर्दै विकराल रुपमा देखिएको रोगकिरा नियन्त्रका लागि किसानहरुको आवश्यक्ता अनुसार आफुले सहयोग गर्न तत्पर रहेको उल्लेख गर्नुभएको थियो ।

दुधौली समृद्ध बनाउन प्रदेश सरकारलाई ध्यानकर्षण पत्र - 2019-11-08

सिन्धुली, दुधौली,(प्रस): सिन्धुलीको दुधौली नगरपालिकाले तीन नम्बर प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री अरुण नेपाललाईे ध्यानकर्षण पत्र बुझाएको छ । बड्की एकादशीको अवसरमा दुधौली नगरपालिका–४ डकाहामा आयोजित दोस्रो दनुवार सांस्कृतिक महोत्सव–२०७६ मा सहभागी हुन आएका नेपाललाई नगर प्रमुख घनश्याम राउतले ध्यानकर्षण पत्र बुझाएका हुन् ।

रामेछापका जुनारमा किरा - 2019-10-30

रामेछाप ,(प्रस): पाक्ने बेला जुनार झर्न थालेपछि रामेछापका किसान चिन्तित भएका छन् । किरा लागेपछि पाक्ने बेलाको जुनार र्झन थालेको हो । यसअघि यहाँको जुनार सडक नपुगेका कारण बिक्री नभएर किसान चिन्तित थिए । सडक पुग्यो तर अहिले रोग देखा परेको छ । पछिल्लो समय बोट नै मर्ने, फलमा किरा लाग्ने रोग देखा परेको छ । जुनारको किरा नियन्त्रणको लागि प्रयास गरिरहेको भए पनि अझै पनि किरा पूर्णरुपमा नियन्त्रण हुन नसकेको कृषि प्राविधिकहरु बताउँछन् ।

पोषण सम्मेलनमा नेपालले सफलता सुनाउने - 2019-10-28

काठमाडौ,(प्रस): यही कात्तिक १८ गतेदेखि २१ गतेसम्म काठमाडौँमा ‘पोषणसम्बन्धी सेवाहरुको विस्तारका लागि विश्व सम्मेलन’ आयोजना हुने भएको छ । उक्त सम्मेलनमा नेपालले पोषणका क्षेत्रमा प्राप्त सफलता र आगामी कार्यक्रमका बारेमा विश्वलाई जानकारी दिनेछ । सो पाँचौँ विश्व सम्मेलन दक्षिण एशियामा पहिलो पटक नेपालमा आयोजना हुन लागेको हो । नेपालले पछिल्लो समय पोषणका क्षेत्रमा हासिल गरेका उपलब्धीलाई अन्तर्राष्ट्रिय जगत्मा प्रस्तुत गर्ने भएको छ । कुपोषणको समस्यालाई सम्बोधन गर्न राष्ट्रिय योजना आयोगले पहिलो पटक सन् २०१३ देखि पाँच वर्षे बहुक्षेत्रीय पोषण योजना कार्यान्वयनमा ल्याएको थियो ।

काँचो जुनार टिप्दै किसानः ७० प्रतिशत उत्पादन घट्यो - 2019-10-22

सिन्धुली: नेपालका सुन्तला, जुनार चिनियाँ बजारमा विक्रीका लागि पठाउन नेपाल सरकार र चीन सरकारवीच केही दिनअघि द्विपक्षीय सम्झौता भए पनि नेपालका तर्फबाट जुनार चिनियाँ बजारमा नजाने देखिएको छ । सिन्धुलीको बजारमा काँचो जुनार छ्याप्छ्याप्ती आएसँगै किराको प्रकोप पनि त्यत्तिकै बढ्न थालेपछि यो समस्या देखिएको हो । जुनार पाक्ने समय आउन करिव २ महिना बाँकी रहँदा किसानहरुले जुनार उत्पादनमा कमी आउने देख्दै काँचो र अमिलो जुनार बजारमा पठाउन थालेका हुन् ।

चीनमा नेपाली जुनार सुन्तला निर्यात गर्ने बाटो खुल्यो - 2019-10-13

काठमाडौ,(प्रस): चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय नेपाल भ्रमणमा चीनीयाँ बजारमा नेपाली सुन्तला निर्यात गर्ने गाँठो फुकेको छ । कसिलो चिनियाँ क्वारेन्टाइनका कारण नेपालबाट सुन्तला, कागती जस्ता फलफूल निर्यात केही वर्षदेखि रोकिएको थियो । आइतबार चिनियाँ राष्ट्रपति र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपालका लागि चिनीयाँ राजदूत र कृषि सचिव डा.युवकध्वज जिसीले समझदारी पत्र साटासाट गरे । कृषि मन्त्रालयका प्रवक्ता तेजबहादुर सुबेदीका अनुसार आइतबार भएको समझदारीले साबिककै चिनियाँ मापदण्डमा नेपाली फलफूलले चिनियाँ बजारमा प्रवेश पाउने भएको हो ।

निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो - 2019-09-10

काठमाडौ,(प्रस): नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरिएको आयल निगमले जानकारी दिएको छ।

साझा कृषि सहकारी संस्थाको पहिलो वार्षिक साधारणसभा सम्पन्न - 2019-09-07

सिन्धुली,(प्रस)कमलामाई नगरपालिकामा दर्ता भई सञ्चालनमा रहेको साझा कृषि सहकारी संस्थाको पहिलो वार्षिक साधारणसभाको एक समारोहका बीच कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले उद्घाटन गरेका छन् । प्रमुख अतिथिको रुपमा बोल्दै नेकपा सिन्धुलीका नेता समेत रहेका मेयर खत्रीले नगरभित्रका सहकारीले नाम अनुसारको काम गर्न नसकेको बताउँदै सहकारीको माध्यमबाट गरिने विकासले मात्रै समाजवादी राज्य व्यवस्थाको मार्ग तय हुने बताए ।

नेपाल टेलिकमले फोरजी सेवा अपग्रेड गर्दा शनिबार राति सेवा अवरूद्ध हुनसक्ने - 2019-09-07

काठमाडौ,(प्रस)शनिबार राती ११:३० बजेदेखि अपग्रेडको काम सुरू हुने भएकोले त्यस समयमा मोवाइल सेवा प्रयोगमा कठीनाइ आउनसक्ने टेलिकमले जनाएको छ। मोवाइल सेवा अबरूद्ध हुन पुगे मोवाइल स्वीच अफ गरी अन गर्न पनि नेपाल दुरसञ्चार कम्पनी लिमिटेड, वायरलेस सेवा निर्देशनालय बबरमहलले सूचना निकालेर जानकारी गराएको छ।

अमेरिकी सामानमा चीनद्वारा थप कर वृद्धि गर्ने घोषणा - 2019-08-24

एजेन्सी : चीनले ७५ अर्ब अमेरिकी डलर बराबरको अमेरिकी सामानको आयातमा नयाँ कर वृद्धिको घोषणा शुक्रबार गरेको छ । चीन सरकारले दिएको जानकारी अनुसार उक्त नयाँ कर वृद्धि योजना आगामी सेप्टेम्बर १ र डिसेम्बर १५ देखि दुई चरणमा कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । चीनको करवृद्धिसम्बन्धी पछिल्लो निर्णय वासिङ्टनले सेप्टेम्बरदेखि चिनियाँ सामानमाथि कर वृद्धि गर्नेगरी निर्णय लिएको थियो ।

भारतीय नाकाबन्दीका कारण बन्द रहेको बधशाला आइतबारदेखि सञ्चालन - 2019-08-23

सुमकवानपुरको हेटौंडामा रहेको आधुनिक पशु बधशाला आगामी आइतबारदेखि संचालनमा आउने भएको छ। भारतीय नाकाबन्दीका कारण बन्द रहेको बधशाला सरकार र निजी पक्षको पहलमा पुनः संचालनमा आउने भएको हो।

श्रोत नखुलेको झन्डै १६ लाख भारतीय रकमसहित ५ व्यक्ति पक्राउ - 2019-08-21

दाङ,(प्रस)दाङमा स्रोत नखुलेको झन्डै १६ लाख भारतीय रकमसहित ५ व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक महिलासहित चार पुरुष रहेका छन् ।

राजमार्गमा विमान अवतरणबारे अध्ययन थालिँदै - 2019-08-21

काठमाडौ,(प्रस)राष्ट्रिय राजमार्गलाई धावनमार्गको रुपमा उपयोग गर्ने योजना ल्याएको सरकारले सम्भावित खण्डहरुको अध्ययन गर्ने भएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा राजमार्गका विभिन्न खण्डलाई धावनमार्गका रूपमा प्रयोग गर्ने भनिएको थियो । यस्तो योजनामाथि पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका उच्च अधिकारीहरुले नै प्रश्न उठाइरहेका छन् ।

१७ करोड हिनामिना गरेको अभियोगमा बैंक म्यानेजर पक्राउ - 2019-08-21

काठमाडौ,(प्रस)देब विकाश बैंक नारायणपुर शाखाका म्यानेजर पक्राउ परेका छन् । बैंकको १७ करोड रुपैयाँ आर्थिक हिनामिना गरेको अभियोगमा बैंकका म्यानेजर समिर बुढाथोकी पक्राउ परेका हुन । बुढाथोकी माथि बैंकको १७ करोड रकम घोटाला गरेको अभियोग लागेको छ । प्रहरीले उनलाई गएराति घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर क्षेत्रबाट पक्राउ गरेको हो ।










Powered by: Exclusively Solution