समाज




प्रधानमन्त्री ओली स्वदेश फिर्ता


काठमाडौ,(प्रस)
प्रधानमन्त्री केपी ओली स्वास्थ्य परीक्षण गरी सोमबार स्वदेश फर्किनुभएको छ । प्रधानमन्त्री सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षणपछि स्वदेश फर्किनुभएको हाे ।

 उहाँ स्वास्थ्य परीक्षण गर्न गत साउन १८ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्रीलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेललगायतले स्वागत गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीको साउन १९ गतेदेखि स्वास्थ्य परीक्षण शुरु भएको थियो । उहाँले एक हप्तासम्म अस्पतालमै रहेर स्वास्थ्योपचार गर्नुभएको हाे। प्रधानमन्त्रीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिव्यासिंह शाह र स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ जना सहभागी थिए ।




Related Pictures:













Related News:

परीक्षा बहिस्कार गरेर एमबिबिएस विद्यार्थी आन्दोलनमा - 2019-12-05

बलात्कृत बालिकाको उपचारमा लापरवाही - 2019-12-05

सिन्धुलीकी अनुपमाले जितिन् स्वर्ण - 2019-12-04

तीन वर्षसम्म किसानको भुक्तानी नदिनु बेइमानी: आपूर्तिमन्त्री - 2019-12-03

भ्रष्टाचार सामाजिक रुपमै संस्थागत हुन थाल्यो: प्रमुख आयुक्त - 2019-12-03





बलात्कृत बालिकाको उपचारमा लापरवाही - 2019-12-05

वीरगञ्ज,(प्रस)बाराको कलैयामा मंगलबार साँझ ६ वर्षकी बालिका बलात्कृत भएकी छन् । घर बाहिर खेलेर फर्किने क्रममा उनको बलात्कार भएको परिवारका सदस्यले बताएका छन् । योनांगबाट रगत आइरहेको अवस्थामा परिवारका सदस्यले उनलाई वीरगञ्जको नारायाणी अस्पताल पुर्‍याएका थिए ।

१४ महिनाको बच्चा ‘चोरी’ - 2019-12-03

धनुषा,(प्रस): धनुषामा १४ महिनाका बच्चा (गोलु) सुतिरहेकै ठाउँबाट दुई दिनदेखि हराएका छन्। घटनालगत्तै बच्चा चोरी भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको बताए पनि बच्चा भने फेला परेका छैनन्।

शिक्षकको पिटाइले कानको जाली फुट्यो - 2019-12-02

सिन्धुली: सिन्धुलीको एक निजी विद्यालयमा कार्यरत शिक्षकको पिटाइले ७ वर्षिया वालिका अनिताको कानको जाली फुटेको छ । कमलामाई नगरपालिका ७ स्थित आधुनिक वोडिङ स्कूलमा कार्यतर भुजेल थरका शिक्षकले ७ वर्षिय अनितालाई निर्घात कुटपीट गर्दा कानको जाली फुटेको हो ।

भिमदत्तले स्थापना दिवस मनाउने - 2019-11-30

कञ्चनपुर,(प्रस): भिमदत्त नगरपालिकाले आफ्नो स्थापना दिवस आगामी माघ ७ गते भव्य र सभ्य रुपमा मनाउने भएको छ ।

सुत्नुको कारण खोल्दै भने- ‘कसैले बस्ने कोठा दिँदैन, कोठा पाउन बूढी चाहिन्छ रे ! - 2019-11-30

चिसो सडकपेटी आश्रयस्थलकरिब रातको १० बजेको समय । काठमाडौंको सडक चकमन्न बन्दै गएपनि शुक्रबारको रात अघिपछिभन्दा सवारीको चाप बढी थियो । साना सवारी र मोटरसाइकल कालीमाटी हुँदै कलङ्की, बल्खु र त्रिपुरेश्वर हुइकिँदै थिए । जाडो शुरु भइसकेको छ । बिहान-बेलुका न्याना कपडा नलगाई हिँड्न गाह्रै हुन्छ । रातको १० बजे चिसो सिरेटो नचल्ने कुरै भएन । कालीमाटीबाट बल्खु जाने सडको दायाँबायाँका सटरहरू बन्द थिए । सटरमुनिको सडकपेटीमा सामान हालेर राखिएझैं बोराको लस्कर प्रहरीको ज्याकेट टल्किए जसरी टाढैसम्म टल्कियो । बोरासँग दर्जनौं कुकुर गुडुल्किएर सुतिरहेका थिए । नजीक पुग्दा बोराका बीचबीचमा केही मान्छे मजेत्रो ओढेर सुतिरहेका देखियो ।

लमजुङ र पोखराको मतदान केन्द्र नजिकै बम विस्फोट - 2019-11-30

प्रदेस संवाददाता, काठमाडौंसुन्दरबजार नगरपालिका २ को मतदान केन्द्रबाट १ सय ५० मिटर नजिकै टाइम बम विस्फोट भएको छ । मतदान केन्द्र महेन्द्र मन्दिर मावि नजिकै टाइम बम बिस्फोट भएको प्रहरीले जनाएको छ । लमजुङका प्रहरी नायब उपरीक्षक रबिन्द्रमान गुरुङका अनुसार बिहान ९ बजेर ५५ मिनेट जाँदा बम विस्फोट भएको हो । बम विस्फोट भए पनि कुनै क्षति नभएको प्रहरीले जनाएको छ । जिल्लामा थप क्षति हुन नदिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी थप परिचालन गरिएको लमजुङका प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भट्टराईले बताए ।

‘सिद्धबाबा’ विरुद्ध बलात्कारको उजुरी दर्ता - 2019-11-29

सुनसरी,(प्रस): सुनसरी चतरा आश्रममा बस्ने सिद्धबाबा भनिने कृष्णदास गिरीलाई प्रहरीले निगरानीमा राखेको छ । आफ्नै अनुयायी महिलामाथि बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय, सुनसरीमा जाहेरी दर्ता भएपछि उनलाई निगरानीमा राखिएको हो ।

टिपर दुर्घटना: मृत्यु हुनेको संख्या ४ पुग्यो - 2019-11-28

काठमाडौ,(प्रस): हुम्लामा भएको टिपर दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । ११ जना घाइते छन् । नाम्खा गाउँपालिकाको सल्ली खोलाबाट नेपाल खाद्या सँस्थानको चामल ल्याएर सदरमुकाम सिमकोट आउँदै गरेको लु४ख ३२६९ नम्बरको टिपर बुधबार सिमकोट-डाँडालाग्नामा दुर्घटना भएको थियो ।

प्रधानमन्त्रीले पिए कालो चिया र जुस - 2019-11-27

काठमाडौ,(प्रस): प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा गुणात्मक सुधार आएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बुधबार साँझ संवाददाताहरूसँग कुरा गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएको उनले परिवारका सदस्यसँग पनि भेटेको बताए।

‘चोरहरु’ले १० लाख लिएकाे पुष्टि - 2019-11-27

काठमाडौ,(प्रस): मुक्तिनाथ विकास बैंकबाट समेत चोरहरु’ले १० लाख रुपैयाँ लिएकाे खुलेको छ। गिरोहले मुक्तिनाथ विकास बैंकबाट दस लाख बराबर रकम चेकमार्फत भुक्तानी लगिसकेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

बस दुर्घटनामा सत्र जनाको घटनास्थलमै मृत्यु - 2019-11-27

सन्धिखर्क,(प्रस): अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा आज बेलुका भएको बस दुर्घटनामा सत्र जनाको घटनास्थलमै मृत्यु भएको छ। सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो।

प्रधानमन्त्रीको शल्यक्रिया सम्पन्न - 2019-11-26

काठमाडौ,(प्रस): प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको अपरेशन सफलतापूर्व सम्पन्न भएको छ । महाराजगञ्जको त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार ओलीको अपरेशन सफलतापूर्वक सम्पन्न भएको अस्पतालका निर्देशक डा. अरुण सायमीले बताए ।

रहेनन् रंगराज - 2019-11-26

सिन्धुली,(प्रस): सिन्धुली कांग्रेसका पूर्व सभापति तथा महासमिति सदस्य रंगराज खतिवडा अव यस भौतिक संसारमा रहनु भएन, अर्थात यहाँको आज ह्दयघातका कारण निधन भएको छ ।

हामीसँग संघर्षलाई चर्काउनेबाहेक अर्को विकल्प छैन: एमबिबिएसका विद्यार्थी - 2019-11-26

प्रदेस संवाददाता, काठमाडौंचिकित्सा शिक्षा संघर्ष समितिले बुधबारदेखि आक्रामक बिरोध थाल्ने भएको छ। संघर्ष समितिले मंगलबार साँझ विज्ञप्ति प्रकासित गरी मेडिकल कलेजहरूले उठाएको गैरकानुनी शुल्क फिर्ताका लागि आक्रामक दबाबमुलक कार्यक्रम गर्ने जनाएको हो।

प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस, आजै शल्यक्रिया गरिने - 2019-11-26

प्रदेस संवाददाता, काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएपछि चिकित्सकहरूले आजै शल्यक्रिया गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार सोमबार राति पेट दुखेको थियो। उनी मंगलबार बिहानै महाराजगञ्जस्थित शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोभास्कुलर सेन्टरमा पुगेका थिए। परीक्षणका क्रममा उनलाई एपेन्डिसाइटिस देखिएपछि शल्यक्रिया गर्ने तयारी भएको बताइएको छ ।

मेडिकल कलेजहरुलाई भोलीसम्म रकम फिर्ता सरकारको अल्टिमेटम, नगरे कारवाही गरिने - 2019-11-25

प्रदेस संवाददाता, काठमाडौंसरकारले तोकिएभन्दा बढी शुल्क लिएका मेडिकल कलेजले भोलीसम्म रकम फिर्ता नगरे कारवाही प्रकृया अगाडी बढाउने भएको छ । गृहमन्त्रालयमा सोमबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लगायत उपस्थित आजको बैठकले विद्यार्थीबाट बढी लिइएको शुल्क भोलीसम्म फिर्ता नगरे आवश्यक कारवाही गर्ने निर्णय गरेको हो ।

सुनसरीको कोशी गाउँपालिकाले सामूहिक विवाह गरिदिँदै - 2019-11-25

सुनसरी,(प्रस): पछिल्लो समय विवाह खर्चिलो बन्दै गएको छ । दहेजको प्रचलन भएका स्थानका विपन्न परिवारका लागि त विवाह झनै कष्टकर छ । विपन्न परिवारको यही बाध्यतालाई सुनसरीको कोशी गाउँपालिकाले सम्बोधन गर्ने भएको छ ।

मन्त्रीका परिवारलाई बालुवाटारमा 'पार्टी' - 2019-11-25

काठमाडौ,(प्रस): प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ बालुवाटारमा मन्त्रिपरिषद्का नयाँ र पूराना मन्त्रीलाई 'डिनर' गराएका छन्।

लागुऔषधसहित तीन जना पक्राउ - 2019-11-22

काठमाडौ,(प्रस): प्रहरीले ठूलो मात्रामा लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौंबाट मनोद्विपक पदार्थ ५१९४ एम्पुल र लागुऔषध नाइट्रोजेपाम (नाईट्रोभेट) ५५५० ट्याब्लेटसहित तीन जनालाई पक्राउ गरेको हो।

महरा मुद्दाको विस्तृत विवरण उच्च अदालतले माग्यो - 2019-11-22

काठमाडौ,(प्रस): उच्च अदालत पाटनले संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार गर्न खोजेको र प्रतिकार गर्दा हिंसा गरेको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरामाथिको अनुसन्धान देखि थुनामा राख्ने आदेशसम्मको विवरण माग्ने आदेश गरेको छ।

आदेशविरुद्ध महरा उच्च अदालत - 2019-11-21

काठमाडौ,(प्रस): कर्मचारीमाथि बलात्कारको प्रयास गरेको अभियोगमा कारागारमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले थुनामा पठाउने आदेशविरुद्ध निवेदन दर्ता गराएका छन् । जिल्ला अदालत, काठमाडौंको आदेश बदर गर्न माग गर्दै महराले उच्च अदालत, पाटनमा निवेदन दर्ता गराएका हुन् ।










Powered by: Exclusively Solution