अर्थ / व्यापार




लोडसेडिङ हटाएका कुलमानको कमाल: चक्रव्यूहमा फसेको माथिल्लो त्रिशूली थ्री ए निर्माण सकेर संचालन


काठमाडौ,(प्रस)
नेपालमा काम गर्नेभन्दा बढी गफ गर्ने र हल्ला गर्नेलाई बढी राम्रो मान्ने प्रचलन छ। यस्तो प्रवृत्तिले आम नेपालीलाई नराम्ररी गाँजेको छ। अप्ठ्यारो परेका बेला भाग्ने र सहज भएका बेला आफैले सबैभन्दा राम्रो काम गरेको भन्दै प्रचार गराउने तथा जश लिने प्रवृत्ति पनि उत्तिकै व्याप्त छ। त्यसकाविपरीत पछिल्ला दिनमा काम गर्ने संस्कार पनि स्थापित हुन थालेको छ। राम्रो काम गर्ने मान्छे क्रमशः पुरस्कृत हुनसमेत थालेका छन्। एकाध मान्छेले चाहँदा धेरै ठूलो फरक पर्छ।

 कुनै समय देशबाट विद्युतभार कटौतीको अन्त्य हुन्छभन्दा धेरैले पत्याएका थिएनन्। धेरैले नपत्याएको त्यो काम सम्भव भयो। समय बदलियो, सोच बदलियो, नेतृत्व पनि बदलियो। जटिल समस्यामा फसेको आयोजनालाई सफल बनाउनुपर्छ भन्ने हिम्मतका साथ एकाध मान्छे मात्रै ताते भने पनि जटिलताको चक्रव्यूहमा फसेका आयोजनालाई उर्तान सक्छन् भन्ने तथ्य पुनः स्थापित भएको छ। कहिले क्षमता बढाउने कि नबढाउने भन्ने विवाद। कहिले भूकम्प र भारतको नाकाबन्दीको अवरोध । निर्माण व्यवसायीका अनावश्यक शर्त। पटकपटक म्याद थप। आधा दर्जन बढी मन्त्रीले आयोजनाको स्थलगत निरीक्षण। र, समयमै सम्पन्न गर्ने उद्घोष पनि।

तर आयोजनाले गति लिन सकेको थिएन। नेपाल विद्युत् प्राधिकरणको नेतृत्वले पनि आयोजनालाई खासै चासो दिएको थिएन। समय बदलियो, सबै खालका विवादसमेत समाधान भयो। प्राधिकरणले पनि नयाँ नेतृत्व पायो। सरकारले आयोजनामा कुनै पनि खालको अवरोध हुन नदिने दृढता व्यक्त गर्यो। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले आयोजनालाई सम्पन्न गराउन हर प्रकारको सहयोग उपलब्ध गरायो। जसका कारण लामो समय समस्यामा फसेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजना पूर्णरुपमा निर्माण सम्पन्न भएको छ। आयोजनाको पहिलो युनिट भने गत जेठ २ गतेदेखि नै सञ्चालनमा आएको हो।

दोस्रो युनिट पनि चलेपछि आयोजनाबाट कूल ६० मेगावाट विद्युत् उत्पादन भएको छ। आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृहबाट २२० केभी क्षमताको प्रसारण लाइनमार्फत काठमाडौँको मातातीर्थमा रहेको सबस्टेशनमा जोडिएको छ। लामो प्रयासपछि प्राप्त भएको सफलताले प्राधिकरणको नेतृत्व र आयोजनालाई समेत हर्षित तुल्याएको छ। झण्डै रुग्ण भएको आयोजनालाई मन्त्रालयको सार्थक नेतृत्व, प्राधिकरणको कामयावी परिचालन तथा आयोजना प्रमुखको निरन्तरको प्रयत्नपछि माथिल्लो त्रिशूली थ्री ‘ए’ आयोजना आज औपचारिकरुपमा सम्पन्न भएको छ।

आयोजनालाई पूर्ण क्षमतामा सञ्चालन गर्ने अभियानको नेतृत्व गर्न आज प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आयोजनास्थल नै पुगे। प्राधिकरणका कर्मचारी, निर्माण व्यवसायी र परामर्शदातासँग खुशी साटे। आयोजनास्थल नुवाकोट र रसुवाको सीमामा पुगेका घिसिङले भने-“दैनिक जसो ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रश्न, सार्वजनिक सरोकार राख्ने निकायको चासो, आयोजनाका कर्मचारीको मेहनत र प्राधिकरणको निरन्तरको प्रयासपछि आज बल्ल खुशीको अनुभूति गर्न पाएको छु।”

गोरखा भूकम्प’ पछि सबैभन्दा जटिल समस्यामा फसेको आयोजना शुरु गर्न नै ठूलो मेहनत परेको उनले बताए। निर्माण व्यवसायीलाई विश्वासमा लिएर काम लगाउनु नै सबैभन्दा गाह्रो काम थियो। इञ्जिनीयरिङ, खरीद र निर्माण (इपिसी) ढाँचामा सिभिल विद्युतगृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनिज (सिजिजिसी) सँग ठेक्का सम्झौता भएको थियो। भूकम्पले बाँधस्थलमा सबैभन्दा ठूलो समस्या पारेको थियो।

पहुँचमार्ग भूकम्पले ध्वस्त बनाएको थियो। जिम्मेवारी लिन कोही तयार नभएका बेला नेपाली सेनाले पहुँचमार्ग बनाइदियो। निर्माण व्यवसायीलाई विश्वासमा लिएर काम गराउनदेखि हरेक दिन के भइरहेको छ भन्ने चासो राख्नेदेखि हरेक महीनाजसो आयोजनास्थल पुगेर आयोजनालाई सफल बनाएको उनी बताउँछन्। घिसिङ भन्छन्,- “प्राधिकरणका सबै क्रोनिक आयोजना अब पूरा भए भन्ने स्थानमा आइपुगेको छु। यसले सुखद् भविष्यका लागि मार्ग प्रशस्त गरेको छ। नयाँ आयोजना बनाउने उत्साहसमेत थपेको छ।” बुधबारदेखि शुरु भएको आयोजनाको दोस्रो युनिटको पनि सफलतापूर्वक परीक्षण सकिएको छ।

केही दिनपछि व्यावसायिक उत्पादन शुरु हुनेछ। आयोजना पूर्ण क्षमतामा चलेपछि दैनिक रु एक करोड ५० लाख बराबरको कमाइ गर्न थाल्छ। राजधानी काठमाडौँको विद्युत् वितरणलाई थप विश्वसनीय बनाउनसमेत बल पुग्नेछ। कुलेखानी तेस्रोको पनि काम सकिएपछि प्राधिकरणले रुग्ण आयोजना पालेर बसेको छ भन्ने गुनासो पनि सकिनेछ। प्राधिकरण अब साना आयोजनामा होइन ठूला आयोजना ‘छलाङ’ हान्दैछ। घिसिङले भने- “क्रोनिक बनेका आयोजना सम्पन्न भएको छ। अब हामी केही ठूला परियोजना अगाडि बढाउने अवस्थामा पुगेका छौँ। नयाँ आयोजना शुरु गर्न पनि बल मिलेको छ।” उनका अनुसार केही जलाशयुक्त आयोजनाको शुरुआत गर्दैछ। कम्पनी ढाँचामा केही ठूला अयोजना शुरु गर्ने योजनासमेत उनले बताए। माथिल्लो त्रिशूली थ्री एको विद्युतले राष्ट्रियरुपमा आठ प्रतिशतको हिस्सा राख्छ। यस्तै प्राधिकरणको मात्रै हिसाब गर्ने हो भने २० प्रतिशतको हाराहारीमा पुग्छ। सानो मेहनत परेको छैन आयोजना सम्पन्न गर्न। आधा दर्जन मन्त्री, सोही सङ्ख्यामा सचिवको चासो, प्रधानमन्त्रीदेखि अर्थ मन्त्रालयसम्मको निगरानी।

संसदीय समितिको पनि उस्तै तिखो नजरको सामाना गरेर आयोजना सफल बनाएर उत्साहित देखिएकाका घिसिङले भने- “मलाई बल्ल खुशी हुने स्थानमा आइपुगे जस्तो लागेको छ।” पछिल्लोपटक ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हाल्न आइपुगेका मन्त्री वर्षमान पुनले पनि आयोजनाको विवरण हरेक दिन माग्दै समस्याको समाधानमा विशेष पहल गरे। आयोजनालाई समस्यामा पारी रहने प्रवृत्तिप्रति असाध्यै सचेत देखिएका मन्त्री पुनले कार्यकारी निर्देशक घिसिङलाई कुनै पनि समस्या आउन नदिन र चनाखो भएर हेर्न बारम्बार निर्देशन दिएका थिए। मन्त्री पुन प्राधिकरण सञ्चालक समितिको अध्यक्षसमेत हुन्।

मन्त्री पुनको सोही निर्देशन र चासोले आज आइपुग्दा आयोजना सफलताको शिखरमा उक्लिएको छ। ‘बाह्र वर्षमा खोला पनि फर्कन्छ’ भन्ने नेपाली उखान जस्तै समस्यै समस्याको उल्झनमा फसेको आयोजनाले सफलताको यात्रा तय गरेको छ। विसं २०६७ जेठ १४ मा ठेक्का सम्झौता भएको आयोजना शुरुमा २०७१ साल जेठ १७ गते सक्ने लक्ष्य राखिएको थियो। क्षमता बढाउने विवाददेखि भूकम्प, नाकाबन्दीको समस्यामा फसेको आयोजना ११ वर्षपछि सकिएको छ।

प्राधिकरण चिनियाँ कम्पनी गेजुवाबीच आठ करोड ९१ लाख ७८ हजार अमेरिकी डलरमा सम्झौता भएको थियो। रुग्ण आयोजनालाई लयमा ल्याउन सानो प्रयासले मात्रै सफल हुने अवस्था थिएन। थोरै मान्छेले मात्रै अप्ठ्यारो कामलाई सफल बनाउँछन् र आफ्नो नाम राख्छन् भन्ने तथ्य पुनःस्थापित भएको छ। नुवाकोटको किस्पाङ–५ सिम्लेमा पुग्नुभएका घिसिङले अन्त्यमा भने- “आयोजना सफल बनाउन प्राधिकरणका कर्मचारी जस्तै सञ्चारकर्मीको पनि उत्तिकै हात छ, उहाँहरुलाई पनि मेरो बधाई छ है।”




Related Pictures:













Related News:

उम्मेदवारी दर्ता शुल्क दश लाखसम्म - 2019-10-16

काठमाडौमा जारी एनआरएन सम्मेलनमा नाराबाजी - 2019-10-16

नुवाकोटको बट्टार तनावग्रस्त - 2019-10-16

क्राइम स्टोरी: मिर्गौला तस्करीको आरोपमा निदान अस्पतालका सीईओ र चिकित्सक पक्राउ - 2019-10-16

नेकपाका सांसद विरुद्ध पक्राउ पूर्जी - 2019-10-16





चीनमा नेपाली जुनार सुन्तला निर्यात गर्ने बाटो खुल्यो - 2019-10-13

काठमाडौ,(प्रस): चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय नेपाल भ्रमणमा चीनीयाँ बजारमा नेपाली सुन्तला निर्यात गर्ने गाँठो फुकेको छ । कसिलो चिनियाँ क्वारेन्टाइनका कारण नेपालबाट सुन्तला, कागती जस्ता फलफूल निर्यात केही वर्षदेखि रोकिएको थियो । आइतबार चिनियाँ राष्ट्रपति र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपालका लागि चिनीयाँ राजदूत र कृषि सचिव डा.युवकध्वज जिसीले समझदारी पत्र साटासाट गरे । कृषि मन्त्रालयका प्रवक्ता तेजबहादुर सुबेदीका अनुसार आइतबार भएको समझदारीले साबिककै चिनियाँ मापदण्डमा नेपाली फलफूलले चिनियाँ बजारमा प्रवेश पाउने भएको हो ।

निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो - 2019-09-10

काठमाडौ,(प्रस): नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरिएको आयल निगमले जानकारी दिएको छ।

साझा कृषि सहकारी संस्थाको पहिलो वार्षिक साधारणसभा सम्पन्न - 2019-09-07

सिन्धुली,(प्रस)कमलामाई नगरपालिकामा दर्ता भई सञ्चालनमा रहेको साझा कृषि सहकारी संस्थाको पहिलो वार्षिक साधारणसभाको एक समारोहका बीच कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले उद्घाटन गरेका छन् । प्रमुख अतिथिको रुपमा बोल्दै नेकपा सिन्धुलीका नेता समेत रहेका मेयर खत्रीले नगरभित्रका सहकारीले नाम अनुसारको काम गर्न नसकेको बताउँदै सहकारीको माध्यमबाट गरिने विकासले मात्रै समाजवादी राज्य व्यवस्थाको मार्ग तय हुने बताए ।

नेपाल टेलिकमले फोरजी सेवा अपग्रेड गर्दा शनिबार राति सेवा अवरूद्ध हुनसक्ने - 2019-09-07

काठमाडौ,(प्रस)शनिबार राती ११:३० बजेदेखि अपग्रेडको काम सुरू हुने भएकोले त्यस समयमा मोवाइल सेवा प्रयोगमा कठीनाइ आउनसक्ने टेलिकमले जनाएको छ। मोवाइल सेवा अबरूद्ध हुन पुगे मोवाइल स्वीच अफ गरी अन गर्न पनि नेपाल दुरसञ्चार कम्पनी लिमिटेड, वायरलेस सेवा निर्देशनालय बबरमहलले सूचना निकालेर जानकारी गराएको छ।

अमेरिकी सामानमा चीनद्वारा थप कर वृद्धि गर्ने घोषणा - 2019-08-24

एजेन्सी : चीनले ७५ अर्ब अमेरिकी डलर बराबरको अमेरिकी सामानको आयातमा नयाँ कर वृद्धिको घोषणा शुक्रबार गरेको छ । चीन सरकारले दिएको जानकारी अनुसार उक्त नयाँ कर वृद्धि योजना आगामी सेप्टेम्बर १ र डिसेम्बर १५ देखि दुई चरणमा कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । चीनको करवृद्धिसम्बन्धी पछिल्लो निर्णय वासिङ्टनले सेप्टेम्बरदेखि चिनियाँ सामानमाथि कर वृद्धि गर्नेगरी निर्णय लिएको थियो ।

भारतीय नाकाबन्दीका कारण बन्द रहेको बधशाला आइतबारदेखि सञ्चालन - 2019-08-23

सुमकवानपुरको हेटौंडामा रहेको आधुनिक पशु बधशाला आगामी आइतबारदेखि संचालनमा आउने भएको छ। भारतीय नाकाबन्दीका कारण बन्द रहेको बधशाला सरकार र निजी पक्षको पहलमा पुनः संचालनमा आउने भएको हो।

श्रोत नखुलेको झन्डै १६ लाख भारतीय रकमसहित ५ व्यक्ति पक्राउ - 2019-08-21

दाङ,(प्रस)दाङमा स्रोत नखुलेको झन्डै १६ लाख भारतीय रकमसहित ५ व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक महिलासहित चार पुरुष रहेका छन् ।

राजमार्गमा विमान अवतरणबारे अध्ययन थालिँदै - 2019-08-21

काठमाडौ,(प्रस)राष्ट्रिय राजमार्गलाई धावनमार्गको रुपमा उपयोग गर्ने योजना ल्याएको सरकारले सम्भावित खण्डहरुको अध्ययन गर्ने भएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा राजमार्गका विभिन्न खण्डलाई धावनमार्गका रूपमा प्रयोग गर्ने भनिएको थियो । यस्तो योजनामाथि पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका उच्च अधिकारीहरुले नै प्रश्न उठाइरहेका छन् ।

१७ करोड हिनामिना गरेको अभियोगमा बैंक म्यानेजर पक्राउ - 2019-08-21

काठमाडौ,(प्रस)देब विकाश बैंक नारायणपुर शाखाका म्यानेजर पक्राउ परेका छन् । बैंकको १७ करोड रुपैयाँ आर्थिक हिनामिना गरेको अभियोगमा बैंकका म्यानेजर समिर बुढाथोकी पक्राउ परेका हुन । बुढाथोकी माथि बैंकको १७ करोड रकम घोटाला गरेको अभियोग लागेको छ । प्रहरीले उनलाई गएराति घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर क्षेत्रबाट पक्राउ गरेको हो ।

पाँच बैंकले मिचे राष्ट्र बैंकको नियम - 2019-08-19

काठमाडौ,(प्रस)ऋणीबाट लिने व्याज र बचतकर्तालाई (निक्षेपमा) दिने व्याजको फरक दर नै बैंकहरुको मुख्य आम्दानीको स्रोत हो। व्याजदरको यही फरक दरलाई ‘स्प्रेड दर’ भनिन्छ। राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत यस्तो दर ४. ५ प्रतिशतको सीमाभित्र कायम राख्नुपर्ने व्यवस्था गरेको छ।

सुमार्गी स्वामित्वको ‘हेलो नेपाल’को लाइसेन्स खारेज - 2019-08-19

काठमाडौ,(प्रस)नेपाल स्याटेलाइट टेलिकम कम्पनीको अनुमतिपत्र खारेज भएको छ । यो दूरसञ्चार कम्पनी अजेयराज सुमार्गी स्वामित्वको हो । यो कम्पनीले ‘हेलो नेपाल’ ब्राण्डमा मोबाइल सेवा दिइरहेको छ ।

सुन तोलाको ७० हजार - 2019-08-08

काठमाडौ,(प्रस)बिहीबार सुनको भाउ पुनः ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ५ सय बढेर ७० हजार रुपैयाँ पुगेको हो ।

उत्तर कोरियाले ह्याक गरेर २ अर्ब डलर लिएको संयुक्त राष्ट्रसंघको आरोप - 2019-08-07

उत्तर कोरियाले पछिल्लो समय लगातार छोटो दूरीका क्षेप्यास्त्र प्रहार गरिरहेको छ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच कोरियाली प्रायद्वीपलाई अनआणविकीकरण गर्नेबारेको वार्तामा प्रगति नभएपछि पछिल्लो समय उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रमलाई तीव्रता दिएको हो।उत्तर कोरियाले पछिल्लो समय लगातार छोटो दूरीका क्षेप्यास्त्र प्रहार गरिरहेको छ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच कोरियाली प्रायद्वीपलाई अनआणविकीकरण गर्नेबारेको वार्तामा प्रगति नभएपछि पछिल्लो समय उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रमलाई तीव्रता दिएको हो।

लोडसेडिङ हटाएका कुलमानको कमाल: चक्रव्यूहमा फसेको माथिल्लो त्रिशूली थ्री ए निर्माण सकेर संचालन - 2019-08-03

काठमाडौ,(प्रस)नेपालमा काम गर्नेभन्दा बढी गफ गर्ने र हल्ला गर्नेलाई बढी राम्रो मान्ने प्रचलन छ। यस्तो प्रवृत्तिले आम नेपालीलाई नराम्ररी गाँजेको छ। अप्ठ्यारो परेका बेला भाग्ने र सहज भएका बेला आफैले सबैभन्दा राम्रो काम गरेको भन्दै प्रचार गराउने तथा जश लिने प्रवृत्ति पनि उत्तिकै व्याप्त छ। त्यसकाविपरीत पछिल्ला दिनमा काम गर्ने संस्कार पनि स्थापित हुन थालेको छ। राम्रो काम गर्ने मान्छे क्रमशः पुरस्कृत हुनसमेत थालेका छन्। एकाध मान्छेले चाहँदा धेरै ठूलो फरक पर्छ।

चार अर्बको अलैँची निर्यात - 2019-07-31

काठमाडौ,(प्रस)नेपाल अलैँची व्यवसायी महासङ्घले अलैँची निर्यातबाट मुलुकले एक वर्षमा चार अर्ब बराबरको विदेशी मुद्रा आर्जन गरेको जनाएको छ। आर्थिक वर्ष २०७५/७६ मा चार हजार ७०० मेट्रिक टन अलैँची नेपालबाट निर्यात भएको र त्यसबाट रु चार अर्ब बराबरको विदेशी मुद्रा आएको महासङ्घका अध्यक्ष राजु कार्कीले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिए। अधिकांश अलैँची नेपालको पूर्वी पहाडमा उत्पादन हुन्छ र काँकडभिट्टा, विराटनगरलगायत देशभरका नाकाबाट भारत तथा तेस्रोमुलुक निर्यात हुने गरेको छ। प्र

२० बर्षदेखि बिग्रिएको बासुलिङ सुगर मिलको ऋण पुनर्संरचना साउनभित्रै - 2019-07-31

काठमाडौ,(प्रस)लामो समयदेखि खराब अबस्थामा रहेको बासुलिङ सुगर एण्ड जनरल इन्डष्ट्रिज कम्पनीको ऋण पुनर्संरचना हुने भएको छ। कृषि विकास बैंकको नेतृत्वमा राष्ट्रिय बाणिज्य बैंक (गाभिएको एनआइडिसीसमेत), नेपाल बैंक र कर्मचारी सञ्चय कोषले कम्पनीलाई ऋण दिएका थिए। उनीहरुले साउनभित्रै यो ऋणलाई पुनर्संरचना गरी नियमित ब्याज र किस्ता बुझाउने सक्ने बनाउन लागेका हुन्।

चेक बाउन्स फैसलामा पुनरावलोकनमा जाँदै सरकार - 2019-07-31

काठमाडौ,(प्रस) महान्यायाधिवक्ता कार्यालय चेक अनादर (बाउन्स) को मुद्दा बैङ्किङ कसुर नहुने फैसलाको पुनरावलोकनमा जाने भएको छ।

८ नेपाली विमानस्थल चीनका लागि खुला - 2019-07-26

काठमाडौ,(प्रस)नेपाल र चीनबीच हवाई सेवा सम्झौता पुनरावलोकन भएको छ । चीनको बेइजिङमा बिहीबार र शुक्रबार भएको द्विपक्षीय वार्तापछि सम्झौता पुनरावलोकन भएको हो ।

मूल्य अस्वभाविक रुपमा बढाइएपछि तरकारी बजारमा विभागको अनुगमन, दर्जन बढीलाई कारबाही सिफारिस - 2019-07-19

बाढी र पहिरोलाई कारण देखाउँदै पछिल्लो केही दिनदेखि तरकारी तथा फलफूलको मूल्य एक्कासि बढाइएको छ ।बल्खु र कालीमाटीको तरकारी तथा फलफूल बजारमा वाणिज्य विभागले आकस्मिक अनुगमन गरेको छ । शुक्रबार बिहान ३ बजेदेखि अनुगमन गरिरहेको विभागले हालसम्म दर्जन बढी पसलमाथि कारबाही सिफारिस गरेको छ । तरकारीको मूल्य अस्वभाविक रुपमा बढाइएको गुनासोपछि बल्खु र कालीमाटीको बजार अनुगमन गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।

जुनार क्षेत्रमा पहिरो - 2019-07-13

सिन्धुली,(प्रस): देशर परेको अविरल वर्षाका कारण जनधनको क्ष्ति व्यहोरोका बेला सिनधुलीका जुनार किसानले भने फल्दै गरेको जुनारको बोटहरु गुमाएका छन् । सिन्धुलीको गोलन्जोर गाउँपालिकाको चिसापानीमा रहेका जुनार किसान योगेन्द्र थापाको एक सय वोट जुनार वगैचामा पहिरो गएको छ ।

तरकारीमा विषादीको प्रयोग भयावह नभएको कृषिमन्त्री खनालको दाबी - 2019-07-12

प्रदेस संवाददाता, काठमाडौंकृषिमन्त्री चक्रपाणि खनालले शुक्रबार कालिमाटी तरकारी बजारअन्तर्गत रहेको केन्द्रीय कृषि प्रयोगशालाको निरीक्षण गरेका छन् । पछिल्लो समय भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने आफ्नै निर्णयबाट पछि हटेपछि सरकार आलोचित भएको छ ।










Powered by: Exclusively Solution