अर्थ / व्यापार




२० बर्षदेखि बिग्रिएको बासुलिङ सुगर मिलको ऋण पुनर्संरचना साउनभित्रै


काठमाडौ,(प्रस)
लामो समयदेखि खराब अबस्थामा रहेको बासुलिङ सुगर एण्ड जनरल इन्डष्ट्रिज कम्पनीको ऋण पुनर्संरचना हुने भएको छ। कृषि विकास बैंकको नेतृत्वमा राष्ट्रिय बाणिज्य बैंक (गाभिएको एनआइडिसीसमेत), नेपाल बैंक र कर्मचारी सञ्चय कोषले कम्पनीलाई ऋण दिएका थिए। उनीहरुले साउनभित्रै यो ऋणलाई पुनर्संरचना गरी नियमित ब्याज र किस्ता बुझाउने सक्ने बनाउन लागेका हुन्।

कम्पनीले बैंकसँग लिएको ऋण साढे ३ अर्ब रुपैयाँ पुगिसकेको छ। कैलालीमा रहेको कम्पनीले आफ्नो ब्यापार बढाउन सर्लाहीमा कारखाना खोलेर नियमित उत्पादन गरिरहेको छ। 

पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा अरुण चन्दले कम्पनी चलाइरहेका छन्। कैलाली स्थानीय ठाउँ भएकाले त्यहाँ सञ्चालन गर्न कठिन भएको भन्दै उनले कारखाना सर्लाही सारेका हुन्।

'कम्पनीले दुई चरणमा गरेर ऋण लिएको छ। त्यसपछि पछिल्लो पटक लिएको ऋण नियमित भुक्तानी भइरहेको छ' बैंक स्रोतले भन्यो, 'अगाडि गएको ऋण भुक्तानी भएको छैन। त्यसको पुनर्संरचना गरेर नियमित भुक्तानी गर्न सक्ने बनाउने गरी काम भइरहेको छ।'

अरुण चन्दले लिएको यो ऋण बैंकहरुले वासलातबाट 'अपलेखन' गरिसकेका छन्। अपलेखन गरिसकेको ऋणलाई पुनर्संरचना गर्नुअघि नियामक राष्ट्र बैंकको स्वीकृति आवश्यक पर्छ।

'हामीले राष्ट्र बैंकसँग कसरी यो ऋणलाई पुनर्संरचना गर्न सकिन्छ भनेर सोधेका छौं' नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारीले भने, 'स्वीकृति भएर आएमा हामी पुनर्संरचना गर्छौं।'

अरुण चन्दले कारखाना चलाउनका लागि सर्लाहीमा करिव ७० करोड रुपैयाँ थप लगानी गरेको जानकारी बैंकहरुलाई गराइसकेका छन्। बैंकले अध्ययन गर्दा पनि केही पैसा लगानी भएको देखिन्छ। 

'मिल चलाउने नै उद्देश्य देखिन्छ। त्यसो हुँदा ऋण पुनर्संरचना गरेर नियमित गरिदिँदा चल्छ भने त्यसका लागि किन तयार नहुने भनेर हामीले निर्णय गरेका हौं' स्रोतले भन्यो, 'चन्दले केही पैसा मागेका पनि छन्। त्यस बारेमा पनि छलफल गर्नु पर्ने छ।'

कम्पनीले मिललाई पूर्ण रुपमा सञ्चालन गर्नका लागि ४० करोड रुपैयाँ माग गरेको छ। 'उत्पादनमूलक उद्योग भएको तथा कृषीलाई समेत योगदान पुर्याएको अवस्था छ' बैंक स्रोतले भन्यो, 'सयौंलाई रोजगारी पनि उपलब्ध गराएको छ। यसो हुँदा चल्न सक्ने संभावना भएको उद्योगलाई जोगाउनु पर्छ भन्ने हाम्रो कुरा हो। अबको १५ दिनभित्र हामी यो बिषयलाई सल्टाउँछौं।'

कम्पनीको कैलालीमा ५२ विघ्घा जग्गा छ। केही समयअघि यसलाई लिलामी गर्ने तयारी भए पनि त्यो संभव हुन सकेको थिएन। ऋण असुली न्यायाधिकरणले २०६७ सालमै ऋण तिर्न आदेश जारी गरेको थियो। कम्पनीले सकिरहेको थिएन। बैंकहरुले ब्याज मिन्हा गरेर उठाउन सकिन्छ कि भनेर छलफल पनि चलाएका थिए। 

त्यो कदम बिबादित भएपछि बैंकहरुले प्रकृया अगाडि बढाएका थिएनन्। अहिले आएर कम्पनी पुन: सञ्चालनमा आएको र ऋण तिर्ने प्रतिबद्धतासमेत आएकाले पुनर्संरचनाको पहल भएको हो। खराब कर्जालाई उठाएर बैंकलाई चुस्त राख्नका लागि अर्थमन्त्री डा. युवराज खतिवडाले पनि सरकारी बैंकका सञ्चालक समितिहरुलाई निर्देशन दिएका थिए। कम्पनीले ५६ सालदेखि नै पहलो पटक लिएको ऋण तिर्न सकेको थिएन। 

कम्पनीमा अरुण चन्दसहित भारतीय नागरिक बिजयकुमार गोयल पनि लगानीकर्ताका रुपमा छन्। यसैगरी शुसिला राणा, हर्कबहादुर चन्द, राजेन्द्रबहादुर चन्द, गणेशदत्त भट्ट र अरुण मल्ल पनि प्रबर्द्धकका रुपमा रहेका छन्। 




Related Pictures:













Related News:

उपलब्धिको रक्षा र समृद्धिका लागि जुटनुपर्छ स् माधव नेपाल - 2019-08-17

संविधान संशोधनको सर्तमा दुई तिहाइ पुर्‍याउन सत्तामा गएका हौं : उपेन्द्र यादव - 2019-08-17

पार्टी एकता नगरेको भए विकल्पहरू रहिराख्थे कि! : प्रचण्ड - 2019-08-17

कांग्रेस र कम्युनिस्ट पुराना पार्टी : अध्यक्ष भट्टराई - 2019-08-16

नेकपाका विभाग प्रमुखहरु (सूचीसहित) - 2019-08-16





सुन तोलाको ७० हजार - 2019-08-08

काठमाडौ,(प्रस)बिहीबार सुनको भाउ पुनः ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ५ सय बढेर ७० हजार रुपैयाँ पुगेको हो ।

उत्तर कोरियाले ह्याक गरेर २ अर्ब डलर लिएको संयुक्त राष्ट्रसंघको आरोप - 2019-08-07

उत्तर कोरियाले पछिल्लो समय लगातार छोटो दूरीका क्षेप्यास्त्र प्रहार गरिरहेको छ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच कोरियाली प्रायद्वीपलाई अनआणविकीकरण गर्नेबारेको वार्तामा प्रगति नभएपछि पछिल्लो समय उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रमलाई तीव्रता दिएको हो।उत्तर कोरियाले पछिल्लो समय लगातार छोटो दूरीका क्षेप्यास्त्र प्रहार गरिरहेको छ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच कोरियाली प्रायद्वीपलाई अनआणविकीकरण गर्नेबारेको वार्तामा प्रगति नभएपछि पछिल्लो समय उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रमलाई तीव्रता दिएको हो।

लोडसेडिङ हटाएका कुलमानको कमाल: चक्रव्यूहमा फसेको माथिल्लो त्रिशूली थ्री ए निर्माण सकेर संचालन - 2019-08-03

काठमाडौ,(प्रस)नेपालमा काम गर्नेभन्दा बढी गफ गर्ने र हल्ला गर्नेलाई बढी राम्रो मान्ने प्रचलन छ। यस्तो प्रवृत्तिले आम नेपालीलाई नराम्ररी गाँजेको छ। अप्ठ्यारो परेका बेला भाग्ने र सहज भएका बेला आफैले सबैभन्दा राम्रो काम गरेको भन्दै प्रचार गराउने तथा जश लिने प्रवृत्ति पनि उत्तिकै व्याप्त छ। त्यसकाविपरीत पछिल्ला दिनमा काम गर्ने संस्कार पनि स्थापित हुन थालेको छ। राम्रो काम गर्ने मान्छे क्रमशः पुरस्कृत हुनसमेत थालेका छन्। एकाध मान्छेले चाहँदा धेरै ठूलो फरक पर्छ।

चार अर्बको अलैँची निर्यात - 2019-07-31

काठमाडौ,(प्रस)नेपाल अलैँची व्यवसायी महासङ्घले अलैँची निर्यातबाट मुलुकले एक वर्षमा चार अर्ब बराबरको विदेशी मुद्रा आर्जन गरेको जनाएको छ। आर्थिक वर्ष २०७५/७६ मा चार हजार ७०० मेट्रिक टन अलैँची नेपालबाट निर्यात भएको र त्यसबाट रु चार अर्ब बराबरको विदेशी मुद्रा आएको महासङ्घका अध्यक्ष राजु कार्कीले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिए। अधिकांश अलैँची नेपालको पूर्वी पहाडमा उत्पादन हुन्छ र काँकडभिट्टा, विराटनगरलगायत देशभरका नाकाबाट भारत तथा तेस्रोमुलुक निर्यात हुने गरेको छ। प्र

२० बर्षदेखि बिग्रिएको बासुलिङ सुगर मिलको ऋण पुनर्संरचना साउनभित्रै - 2019-07-31

काठमाडौ,(प्रस)लामो समयदेखि खराब अबस्थामा रहेको बासुलिङ सुगर एण्ड जनरल इन्डष्ट्रिज कम्पनीको ऋण पुनर्संरचना हुने भएको छ। कृषि विकास बैंकको नेतृत्वमा राष्ट्रिय बाणिज्य बैंक (गाभिएको एनआइडिसीसमेत), नेपाल बैंक र कर्मचारी सञ्चय कोषले कम्पनीलाई ऋण दिएका थिए। उनीहरुले साउनभित्रै यो ऋणलाई पुनर्संरचना गरी नियमित ब्याज र किस्ता बुझाउने सक्ने बनाउन लागेका हुन्।

चेक बाउन्स फैसलामा पुनरावलोकनमा जाँदै सरकार - 2019-07-31

काठमाडौ,(प्रस) महान्यायाधिवक्ता कार्यालय चेक अनादर (बाउन्स) को मुद्दा बैङ्किङ कसुर नहुने फैसलाको पुनरावलोकनमा जाने भएको छ।

८ नेपाली विमानस्थल चीनका लागि खुला - 2019-07-26

काठमाडौ,(प्रस)नेपाल र चीनबीच हवाई सेवा सम्झौता पुनरावलोकन भएको छ । चीनको बेइजिङमा बिहीबार र शुक्रबार भएको द्विपक्षीय वार्तापछि सम्झौता पुनरावलोकन भएको हो ।

मूल्य अस्वभाविक रुपमा बढाइएपछि तरकारी बजारमा विभागको अनुगमन, दर्जन बढीलाई कारबाही सिफारिस - 2019-07-19

बाढी र पहिरोलाई कारण देखाउँदै पछिल्लो केही दिनदेखि तरकारी तथा फलफूलको मूल्य एक्कासि बढाइएको छ ।बल्खु र कालीमाटीको तरकारी तथा फलफूल बजारमा वाणिज्य विभागले आकस्मिक अनुगमन गरेको छ । शुक्रबार बिहान ३ बजेदेखि अनुगमन गरिरहेको विभागले हालसम्म दर्जन बढी पसलमाथि कारबाही सिफारिस गरेको छ । तरकारीको मूल्य अस्वभाविक रुपमा बढाइएको गुनासोपछि बल्खु र कालीमाटीको बजार अनुगमन गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।

जुनार क्षेत्रमा पहिरो - 2019-07-13

सिन्धुली,(प्रस): देशर परेको अविरल वर्षाका कारण जनधनको क्ष्ति व्यहोरोका बेला सिनधुलीका जुनार किसानले भने फल्दै गरेको जुनारको बोटहरु गुमाएका छन् । सिन्धुलीको गोलन्जोर गाउँपालिकाको चिसापानीमा रहेका जुनार किसान योगेन्द्र थापाको एक सय वोट जुनार वगैचामा पहिरो गएको छ ।

तरकारीमा विषादीको प्रयोग भयावह नभएको कृषिमन्त्री खनालको दाबी - 2019-07-12

प्रदेस संवाददाता, काठमाडौंकृषिमन्त्री चक्रपाणि खनालले शुक्रबार कालिमाटी तरकारी बजारअन्तर्गत रहेको केन्द्रीय कृषि प्रयोगशालाको निरीक्षण गरेका छन् । पछिल्लो समय भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने आफ्नै निर्णयबाट पछि हटेपछि सरकार आलोचित भएको छ ।

अहिले तरकारीमा विषादीको प्रयोग भयावय नभएको कृषिमन्त्री चक्रपाणि खनालको दाबी - 2019-07-12

प्रदेस संवाददाता, काठमाडौंकृषिमन्त्री चक्रपाणि खनालले शुक्रबार कालिमाटी तरकारी बजारअन्तर्गत रहेको केन्द्रीय कृषि प्रयोगशालाको निरीक्षण गरेका छन् । पछिल्लो समय भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने आफ्नै निर्णयबाट पछि हटेपछि सरकार आलोचित भएको छ ।

नदी किनारका बाली २८ असारभित्रै थन्काउन सरकारको आग्रह - 2019-07-06

काठमाडौ,(प्रस): सरकारले खोला तथा नदी किनारमा रहेका बालीनाली असार २८ गतेभित्रै थन्काइसक्न सबैमा अनुरोध गरेको छ । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले शनिबार सूचना जारी गर्दै तटीय क्षेत्रमा उच्च सतर्कताका साथ निर्माणको काम गर्न र बालीनाली भए २८ गतेभित्रै थन्काउन अनुरोध गरेको हो ।

भारतीय दूतावासको दबावपछि तरकारी र फलफूलमा विषादी परीक्षण स्थगित - 2019-07-05

अर्थ व्यूरो, काठमाडौभारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षणमा कडाई गर्ने नीतिबाट सरकार पछि हटेको छ । भारतीय दूतावासले लिखित पत्र नै पठाएर दबाव दिएपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६ महिनाका लागि यो नीति स्थगित गरेको स्रोतले बतायो । यद्यपि सरकारले विषादी परीक्षणका लागि आवश्यक तयारी नभएकाले स्थगितको निर्णय गरिएको बताएको छ ।

तनहुँको भैंसी फार्ममा आगलागी, २८ वस्तु मरे - 2019-07-05

जिल्लाको शुक्लागण्डकी नगरपालिका–७ को टुडास्थित खुर्सानीबारीमा रहेको भैँसी फार्ममा गएराति आगलागी हुँदा १३ भैँसी र १५ खरायो गरी २८ वस्तु मरेका छन् । कृषक रामकली भण्डारीको गोठमा रातको समयमा अचानक आगलागी हुँदा पशु चौपाया तथा अन्य भौतिक संरचनामा क्षति पुगेको हो ।

तरकारी बजार व्यवस्थापनको लागि अन्र्तक्रिया - 2019-07-05

सिन्धुली,(प्रस): तरकारी बजार व्यवस्थापनको लागि व्यापारी,किसान र जनप्रतिनिधिबिच अन्र्तक्रिया कार्यक्रम आज सिन्धुलीमाढीमा सम्पन्न भएको छ । व्यापारी र किसानहरुले आफुसंग भएका समस्याको बारेमा गरेका प्रश्नको कमालामाई नगरपालिका प्रमुख खड्ग बहादुर खत्रीले जवाफ दिनुभएको थियो ।

आफैंले नियुक्त गरेका नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षसँग प्रधानमन्त्री असन्तुष्ट - 2019-07-01

काठमाडौ,(प्रस): सोमबार नेपाल एयरलाइन्सको ६१ औं वार्षिकोत्सवमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि थिए। सरकारी स्वामित्वको राष्ट्रिय ध्वजावाहकको वार्षिकोत्सवमा प्रधानमन्त्री प्रमुख अतिथि भएको दुर्लभ अवसर भएको भन्दै कर्मचारीहरू प्रशंसा गरिरहेका थिए। स्वागतमा बोल्ने र ट्रे्ड युनियनका प्रतिनिधिहरूले पनि ओलीको खुबै प्रशंसा गरे। तर जब ‌ओली भाषण गर्न गए। तब ताली कम सन्नाटा बढी छायो। उनले एयरलाइन्सको भद्रगोल व्यवस्थापनप्रति खुलेर आलोचना गरे।

पेट्रोलियम व्यवसायीले दिए १५ दिने अल्टिमेटम - 2019-07-01

काठमाडौ,(प्रस): पेट्रोलियम ढुवानी व्यवसायी महासंघको केन्द्रीय कार्यसमिति बैठकले सरकारलाई व्यवसायीका माग सम्बोधन नगरे साउन १ गतेदेखि पेट्रोलियम ढुवानी ठप्प बनाउने चेतावनी दिएको छ । सोमबार सम्पन्न महासंघको केन्द्रीय कार्यसमिति बैठकले पाँच बुँदे माग प्रस्तुत गर्दै अझै एक वर्ष ट्याङ्करहरु भ्याटमा दर्ता हुन नसक्ने पनि उल्लेख गरेको छ ।

स्थानीय तहमा कर्मचारी भर्नाको बाटो - 2019-07-01

काठमाडौ,(प्रस): सर्वोच्च अदालतले लोकसेवा आयोगको विज्ञापन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यससँगै स्थानीय तहमा ९ हजार १६१ कर्मचारी छनोट र भर्ना प्रक्रिया सुरु गर्ने बाटो खुलेको छ । लोकसेवा आयोगले जेठ १५ मा स्थानीय तहका लागि विभिन्न पदमा कर्मचारी माग गर्दै विज्ञापन निकालेको थियो ।

मुख्यमन्त्री पौडेलले शिलान्यास गरेको माछा पोखरी निर्माण कार्य रोकियो - 2019-06-22

हेटौडा,(प्रस): प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले २३ पुस २०७५ मा सिन्धुलीको सुनकोशी किनारमा शिलान्यास गरेको माछा पोखरी निर्माण कार्य रोकिएको छ । पोखरी सञ्चालन गरेको सहकारी संस्थाका पदाधिकारी र स्थानीयका बीच बिवाद बढेपछि पोखरी निर्माण कार्य रोकिएको बताइएको छ ।

हायात होटलका तीन मजदुरलाई कारवाही - 2019-06-22

काठमाडौ,(प्रस): काठमाडौंको पाँचतारे होटल हायातले आफ्ना मजदुरमाथि कारबाही गरेको छ। गएको साता सेवा सुविधाको माग राखेर आन्दोलन गरेका मजदुर नेतालाई व्यवस्थापनले कारवाही गरेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलः व्यवसायीकोे स्वार्थमा बन्धक - 2019-06-22

सम्झौताको जग नै अनियमितताप्रधानमन्त्री केपी शर्मा ओलीले २६ मंसीर २०७५ मा प्रधानमन्त्री कार्यालयको सहयोगमा उत्पादित तथा नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा घोषणा गरे, “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई मौलिकता झल्कने, आधुनिकता टल्कने बुटिक एअरपोर्ट बनाइनेछ ।” तर, प्रधानमन्त्रीको यो घोषणालाई विमानस्थल (टीआईए) को अग्रभागमा निर्मित पाँचतले भवनले गिज्याइरहे झै लाग्थ्यो ।










Powered by: Exclusively Solution