विचार




पुष्पलालको प्रण र हाम्रो बर्तमान


लोककृष्ण भटराइ:
नेपाली जनताका महान नेता चर्चित लोकतान्त्रिक विचारक, प्रगतिशीलता र कम्युनिष्ट आन्दोलन र विचारका संस्थापक नेता पुष्पलालको जन्म रामेछाप जिल्लाको भँगेरी गाउँमा वि.संं.१९८१ आषाढ १५ गते भएको थियो । यिनी त्यसबेलाका राणाशासन गौँडा हाकिम भक्तलाल श्रेष्ठका छोरा थिए । यिनको बाल्यकाल रामेछाप, ओखलढुङ्गा र सिन्धुपलाञ्चोकमा यिनका बुवाको जागिरको सिलसिलामा सरूवा हुँदा बितेको थियो ।


राणाबिरोधि आन्दोलनमा पुष्पलाल
सन् १९९७ सालमा राणा शासनको अन्त्यका लागि आह्वान गरेको पर्चा काठमाडौंमा छरियो । यस काण्डमा प्रजापरिषद्का अध्यक्ष र टङ्कप्रसाद आचार्य, प्रचण्ड गोरखाका अध्यक्ष खड्कमानसिंह, लगायत प्रजा परिषद्कै नेताहरू रामहरि शर्मा, चूडाप्रसाद शर्मा, दशरथ चन्द, धर्मभक्त, शुक्रराज शास्त्री गङ्गालाल, गणेशमान सिंह, सिद्धिचरण श्रेष्ठ लगायत पक्राउ परे । राणाहरूले यी मध्ये ४ जना दशरथ चन्द, धर्मभक्त, शुक्रराज शास्त्री र गङ्गालाल श्रेष्ठलाई फाँसीको सजाय दिए र अन्यलाई आजीवन कारावासको सजाय दिए । १९९७ सालको यी ४ जना मध्ये शुक्रराज शास्त्रीलाई टेकुमा र धर्मभक्तलाई सिफलमा झुण्ड्याएर मारियो भने दशरथचन्द र गङ्गालाललाई शोभाभगवती नजिक विष्णुमतीको किनारमा गोली हानी हत्या गरियो । गङ्गालाल पुष्पलालका जेठादाजु थिए । गङ्गालाललाई शोभाभगवतीमै हत्या गरेकै दिनमा पुष्पलालले नेपालबाट पारिवारिक राणा र शाह शासनको अन्त्य गरी सच्चा जनवादी लोकतान्त्रिक न्यायपूर्ण गणतन्त्रवादी नेपाल निर्माण गर्ने प्रण गरेका थिए ।

नेकपा गठनको पृष्ठभुमि 
पुष्पलाल यो दलको स्थायी समितिमा रहेर दिनहुँ दलको कार्यसञ्चालनको काम गर्ने गरी कार्यालय मन्त्री रहे । यिनले नेपाली राष्ट्रिय काँग्रेसको घोषणपत्र ड्राफ्ट गर्ने कार्यमा डा. रेग्मीलाई सहयोग गरेका थिए भनिन्छ । आन्दोलनको दौरानमा वि.पी. विराटनगर आएको बेला राणाहरूले पक्डे र काठमाडौंमा ल्याएर थुनियो । महात्मा गान्धीको दबाबमा एक वर्षपछि वि.पी. छुटे र भारतको बनारसमा रहेको राष्ट्रिय काँग्रेसको केन्द्रिय कार्यालयमा वि.पी. गए । त्यहाँ रेग्मी र वि.पी. बीच शक्ति सङ्घर्ष चल्यो । त्यसलाई निमिट्यान्न पार्न र यी दुवै नेतालाई मिलाउन पुष्पलालले भरमग्दुर प्रयास गरे । अनसन समेत बसे । तर यी मिलेनन् । पुष्पलाल वाक्क भएर माक्र्सवादको अध्ययन गर्न लागे र माक्र्स र एङ्गेल्सद्वारा लिखित कम्युनिष्ट पार्टीको पहिलो घोषणापत्र नेपाली भाषामा उल्था गरे र वि.सं. २००५ मा प्रकाशित गरे । यो कुरा त्यसबेला भारतीय कम्युनिष्ट पार्टीका नेताहरू रतनलाल ब्राह्मण र नृपेन्द्र चक्रवर्तीले थाहा पाए र पुष्पलाललाई बोलाएर माक्र्सवादी कक्षा दिए र कम्युनिष्ट पार्टी स्थापना गर्ने सुझाव दिए । यो सुझावपछि यिनले कम्युनिष्ट पार्टीको पहिलो पर्चा लेखे । २२ अप्रिल, १९४९मा लेनिनको जन्मजयन्ती पारेर आपूm सहित नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य, नारायण विलास जोशी,मोतिदेवी श्रेष्ठ समेतलाई राखेर नेपाल कम्युनिष्ट पार्टीको पहिलो केन्द्रिय सङ्गठन समिति बनाए ।


कम्युनिष्ट पार्टीको घोषणापत्र
यही बीचमा यिनले नेपाल कम्युनिष्ट पार्टीको घोषणापत्र लेखेर १५ सेप्टेम्बर १९४९ मा प्रकाशित गरे । यो बीचमा यस अघिनै भारतीय कम्युनिष्ट पार्टीको सदस्यता लिएका मनमोहन अधिकारी र नेपाली काँग्रेसको जनवर्गीय सङ्गठन बैङ्कर्स एसोसियसनका अध्यक्ष तुलसीलाल अमात्य, प्रजातान्त्रिक महासभाका सदस्य शम्भुराम श्रेष्ठ, डि.पी. अधिकारी, शैलेन्द्र कुमार उपाध्याय, हिक्मतसिंह भण्डारी, केशरजङ्ग रायमाझी लगायतले कम्युनिष्ट पार्टी जोइन गरे । २००८ सालमा पुनः कलकत्ताको एक धर्मशालामा कम्युनिष्ट पार्टीको पहिलो सम्मेलन भयो । नेपालको आधुनिकीकरणका लागि ‘नयाँजनवादका निम्ति नेपाली जनताको बाटो’ नामक कार्यक्रम पास भयो । जुन कार्यक्रमले नेपालको आर्थिक राजनैतिक तथा सामाजिक अवस्था अर्धसामन्ती तथा अर्ध औपनिवेशिक भएको ठहर ग¥यो । जुन कार्यक्रमले नेपालमा नयाँखाले पुँजीवादी जनवादी क्रान्ति गर्ने निर्णय ग¥यो । यसलाई नयाँ जनवादी कार्यक्रमको संज्ञा दिइयो । क्रान्तिपछि राज्यको स्वरूप नयाँजनवादी गणतन्त्र हुने घोषणा ग¥यो । उक्त नयाँ जनवादी गणतन्त्रमा सामन्तवाद–साम्राज्यवाद विरोधी सबै दलहरूलाई प्रतिस्पर्धात्मक छुट दिने र राज्यको आर्थिक व्यवस्था समाजवादोन्मुख हुने र नीजि र सरकारीदुवै क्षेत्रको सहकार्यमा समाजवादको निर्माण गर्ने र प्रेस स्वतन्त्रता र बोल्ने लेख्ने, सम्पत्ति आर्जन गर्ने, सबैप्रकारका मौलिकहक हुने कार्यक्रम ल्यायो । न्यायपालिका स्वतन्त्रहुने । न्यायालय क्षेत्रमा प्रधान न्यायाधीश र न्यायाधीशको पनि चुनाव हुने व्यवस्थाको कार्यक्रम बनाइयो । यो कार्यक्रम स्वयं पुष्पलालले लेख्नु भएको थियो । विश्वका कम्युनिष्ट पार्टीको एकदलीय स्वरूपलाई नेपालको सन्दर्भमा राखिएको छैन र नेपालको कम्युनिष्ट आन्दोलन र पार्टीले जसको जोत उसको पोतका आधारमा क्रान्तिकारी भूमिसुधार गर्दै सम्पत्तिको पुनर्वितरण गर्नेऐलान र शिक्षा निःशुल्क, स्वास्थ्य निःशुल्क, प्रत्येक नागरिकलाई रोजगारको ग्यारेन्टी, गाँस,बास र कपासको अनिवार्य व्यवस्था राज्यद्वारा गर्नुपर्ने कार्यक्रम ल्यायो । आज त्यही सेरोफेरोमा नेपाल घस्रिने कोशिस गर्दैछ । 
जहाँ क्रान्ति र परिवर्तनका निम्ति ज्वारभाटा निस्कन्छन् क्रान्तिकारीका खुट्टा तान्न त्यत्तिकै प्रयास हुन्छ । यथास्थितिवादी शक्तिले क्रान्तिकारी दलमा आफ्ना मानिस घुसाएर क्रान्तिलाई पनि पछाडि पार्ने प्रयास विश्वमा गरिँदै आएको छ र नेपालमा पनि त्यो हुने नै भयो । यसरी रणनीति र कार्यनीति सही भएपछि कम्युनिष्ट पार्टीको प्रभाव उपत्यका, पूर्वीतराई, पश्चिम तराई, गण्डक र कर्णाली क्षेत्रमा पनि पर्न थालेपछि कमरेड पुष्पलाललाई महामन्त्री पदबाट हटाइयो । किसान आन्दोलनले जोर पक्डन थालेपछि कम्युनिष्ट पार्टीमाथि पनि प्रतिबन्ध लाग्यो । कम्युनिष्ट पार्टीले प्रजापरिषद् लगायत दलसँग मिलेर जातीय जनतान्त्रिक मोर्चा नामक संयुक्त मोर्चा निर्माण गरेर आन्दोलनलाई अगाडि बढायो । महामन्त्रीपदबाट हटाए पनि कमरेड पुष्पलालले जबरजस्त रूपमा आन्दोलन निर्माण र सङ्गठन विस्तारमा लाग्नु भयो । तर तत्कालीन नेतृत्वले त्यति साथ दिएन र २०१२ सालमा टङ्कप्रसाद आचार्य प्रधानमन्त्री भएपछि संबैधानिक राजतन्त्र मान्ने शर्तमा कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध फुकुवा भयो । 
गणतन्त्रमा पुष्पलाल 
यसै बीच वि.सं. २०१२ सालमा कम्युनिष्ट पार्टीको दोस्रो सम्मेलन भयो र कमरेड पुष्पलालले तत्कालीन नेतृत्वले संबैधानिक राजतन्त्र मान्ने गरेको शर्त मान्नु भएन । सम्मेलनले पुनः गणतन्त्रका लागि सङ्घर्ष गर्ने निर्णय ग¥यो । यसै बीच तत्कालीन महामन्त्री मनमोहन अधिकारीलाई सङ्क्रामक निको नहुने रोगले छोयो र उपचारका लागि चीन जानु प¥यो । यस अवस्थामा कार्यवाहक महासचिव कमरेड पुष्पलाललाई दिन खोजियो तर उहाँले मान्नु भएन र केशरजङ्ग रायमाझी कार्यवाहक महासचिव चुनिए । वि.सं. २०१४ सालमा कम्युनिष्ट पार्टीको दोस्रो महाधिवेशन काठमाडौंको फोहोरा दरबारमा भयो । रायमाझीले संवैधानिक राजतन्त्र सहितको संसदीय व्यवस्थाको कार्यक्रम पेश गरे । कमरेड पुष्पलाल र शम्भुरामले नयाँ जनवादी गणतन्त्र र संविधान सभाको निर्वाचन जस्ता रणनीतिक र कार्यनीतिक कार्यक्रम पेश गर्नुभयो । गणतन्त्र र संविधान सभाद्वारा संविधान बनाउने रणनीतिक र कार्यनीतिक कार्यक्रम पास भए । तर नेतृत्व निर्माणमा त्यसबेलाका कार्यकर्तामा त्यति माक्र्सवादी चेतना देखिएन । जसको राजनैतिक कार्यक्रम पास हुन्छ त्यो पार्टीको मुलनेता त्यही हुनुपर्ने माक्र्सवादी परम्परा अनुसार नभएर त्यो महाधिवेशनका प्रतिनिधिले राजनैतिक कार्यक्रम पुष्पलालको पास गरे तर महासचिव भने केशरजङ्ग रायमाझीलाई छाने । यही विडम्बना भयो । संविधान सभाका लागि जनसङ्घर्ष गर्न सङ्गठन निर्माण गर्नेतर्फ पार्टीकोध्यान मोडिएन । 
यसै बीच राजाले एकपछि अर्कोनेतालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै चुनाव टार्दै आएका थिए । तुरून्त चुनाव गराउन नेपाली काँग्रेसले भद्रअवज्ञा आन्दोलन गर्ने निर्णय ग¥यो । कम्युनिष्ट पार्टीले पनि साथ दियो र भन्यो संविधान सभाको चुनाव गराउनु पर्दछ । तर राजा महेन्द्रले षडयन्त्र गर्दै अन्य पार्टीहरू प्रजापरिषद्, संयुक्त प्रजातन्त्र पार्टी, गोरखापरिषद् आदिलाई उचालेर राजाद्वारा निर्देशित संसद भएको संविधान दिने र संसदको चुनाव गर्ने माहोल तयार पार्न थाले । नेपाली काँग्रेसमा समाजवादी विचार परास्त भयो र दक्षिणपन्थी विचार हावी भयो र राजाद्वारा निर्देशित संसदको चुनाव गर्न राजि भयो । यसरी काँग्रेस संसदको चुनाव गर्न राजी भएपछि रायमाझी पन्थीलाई के खोज्छस् काना आँखो झैं भयो । कम्युनिष्ट पार्टीको महाधिवेशनले पास गरेको संविधान सभाको कार्यनीतिक लाईन छोडेर संसदको चुनावतर्फ मोडे रायमाझी लगायतले । यसरी २०१५ सालमा संसदको चुनाव भयो । 
चुनावमा पुष्पलाल 
कमरेड पुष्पलाल काठमाडौंबाट चुनाव लडे र नेपाली काँग्रेसका गणेशमान सिंहसँग झिनो मतले पराजित भए ।नेपाली काँग्रेसले संसदका १०९ सिटमध्ये ७४ सिट जितेर दुई तिहाईमत प्राप्त ग¥यो । कम्युनिष्ट पार्टीले जम्मा ४७ सिटमा आफ्ना उम्मेदवार र बाँकी प्रजापरिषद् र संयुक्त प्रजातन्त्र पार्टीलाई समर्थन गरेको थियो । यस मध्ये कम्युनिष्ट पार्टीले ४ सिट मात्र विजय हासिल ग¥यो । यसपछि नेपाली काँग्रेस संसदीय दलका नेता वि.पी. कोइरालाको नेतृत्वमा सरकार बन्यो । यो सरकारले राम्रा कार्य गर्न खोजेको मात्र के थियो राजा महेन्द्रले १८ महिनामा नै वि.पी.को सरकार भङ्ग गरेर र राजनैतिक पार्टीमाथि प्रतिबन्ध लगाउँदै सारा नेता कार्यकर्तालाई जेल हाले । यस अघि कमरेड पुष्पलालले वि.पी.कोइरालालाई राजाले कु गर्दैछन् भन्ने कुरा थाहा पाएर शतर्क हुन भन्नु भएको थियो । तर वि.पी.ले शक्तिको उन्मादले पुष्पलालका कुरा सुनेनन् र अन्त्यमा २००७ सालमा केही मात्रामा प्राप्त भएका जनताका हक अधिकार खोसिए । कमरेड पुष्पलाल तुरून्तै भूमिगत भए । देशभर भूमिगत रूपमा पार्टी पङ्क्तिसँग सम्पर्क राखेर पार्टी पङ्क्तिलाई चुस्त दुरूस्त बनाउँदै भारतको दरभङ्गामा कम्युनिष्ट पार्टीको प्लेनम बोलाउन खटे ।

मर्नुभन्दा अघि कमरेड पुष्पलालले आफ्ना कार्यकर्ताद्वय तिलक पराजुली र केशव खड्कासँग अन्तिम रूपमा निम्न वाक्य बोल्नु भएको थियो भन्ने कुरा यी कमरेडले बताए– ‘कमरेड मत जाने भएँ, तर मेरो सन्देश नेपाली किसानसम्म पु¥याइ दिनू, त्यो सन्देश हो– 
पुष्पलालकाअन्तिम वाक्य
जनता चेतनशील हुनैपर्छ । 
कार्यकर्ता सङ्गठित हुनैपर्छ । 
क्रान्ति वा परिवर्तन अवश्यम्भावी छ ।
यसलाई कसैले रोकेर रोक्न सक्दैन ।

२०१७ सालमा दरभङ्गामा कम्युनिष्ट पार्टीको प्लेनम भयो । कमरेड पुष्पलालले ‘उही संसद फिर्ता गर’ भन्ने कार्यनीतिक नारा निर्माण गर्न अपिल गर्नु भयो । तर त्यसबेलाको यथास्थितिवादी नेतृत्व मानेन र अर्को संसदको चुनावको नारा ल्यायो । त्यसैमा युवाहरूको तर्फबाट मोहनविक्रम सिंहले पुनः संविधान सभाको नारा ल्याए । बहुमतले संविधान सभाको नारा पास भयो । कमरेड पुष्पलालको विचारमा संसद(कम अधिकारको) लाई त नसहने सामन्तवाद र राजाले संविधानसभा दिन तयार हुँदैन, त्यो नारा भौतिक परिस्थिति अनुसार हुँदैन बरू उही संसद स्थापनाको नारा दिँदा, काँग्रेस पनि आन्दोलित हुन्छ र काँग्रेस कम्युनिष्टको संयुक्त आन्दोलनले राजालाई झुक्याउन सकिन्छ भन्ने विचार त्यसबेलाको चेतना र समय सापेक्ष थियो । तर त्यसबेलाका नेता रायमाझीले राजाको कदमको समर्थन गरे । कमरेड पुष्पलालकै अगुवाइमा ‘अन्तरजोनल सामन्जस्य समिति’ बनाएर तेस्रो महाधिवेशन बोलाइयो र केशरजङ्ग रायमाझीलाई नेतृत्वबाट हटाइयो । यसरी २०१८ सालमा भारतको वारणासीमा तेस्रो महाधिवेशन भयो । दुई वटा कार्यक्रम पेश गरिए । तुलसीलालले ‘राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम’ पेश गरे, कमरेड पुष्पलालले २००६ सालकै नयाँजनवादी कार्यक्रमलाई अझ परिस्कृत गर्दै नयाँ जनवादी गणतन्त्रका लागि नै सङ्घर्ष गर्ने कार्यक्रम पेश गर्नु भयो । महाधिवेशन प्रतिनिधिले क.तुलसीलालको राष्ट्रिय प्रजातन्त्रको कार्यक्रमलाई बढी मत दिए र तुलसीलाल महामन्त्री छानिए । तर यिनले कम्युनिष्ट पार्टीको क्रान्तिकारी स्पिरिटलाई कार्यरूपमा परिणत गर्न सकेनन् । पार्टी पुनः लथालिङ्ग भयो । केन्द्रिय समितिको बैठक हुनै छोड्यो ।

तुलसीलाल दिल्लीमा गएर ट्यूसन पढाएर निस्कृय भएर बस्न थाले । यसपछि देशभरका क्रान्तिकारीहरूको दबाबमा तेस्रो महाधिवेशनले चुनेका कमरेड पुष्पलाल लगायत एकदेव आले, हिक्मत सिंह भण्डारी, बलराम उपाध्याय, प्रेमप्रकाश र देबेन्द्रलाल श्रेष्ठ समेतको अगुवाईमा कम्युनिष्ट पार्टीको तेस्रो ऐतिहासिक सम्मेलन सम्पन्न भयो । यो सम्मेलनले नयाँजनवादी कार्यक्रमलाई व्यवस्थित रूप दिँदै माओ विचारधारालाई पनि मार्गदर्शक सिद्धान्तको रूपमा ग्रहण गर्ने निर्णय ग¥यो । यसपछि राजाको व्यवस्थाका विरूद्ध नेपालका७५ जिल्ला र भारत प्रवाशमा समेत कम्युनिष्ट पार्टीको सशक्त सङ्गठन निर्माण हुँदै गयो । कमरेड पुष्पलालकै नेतृत्वको कम्युनिष्ट पार्टीले लुम्बिनीका छओटै जिल्लामा राजाको नेतृत्वको व्यवस्था विरूद्ध दशौं हजारको किसान मार्च ग¥यो । सगरमाथा अञ्चलको सशक्त किसान सङ्घर्ष, रापती भेरी र गण्डकी अञ्चलको किसान, युवा विद्यार्थी आन्दोलन, २०२८÷२०२९ को देशव्यापी युवा विद्यार्थी आन्दोलन, २०३२ सालको विशाल देशव्यापी युवा विद्यार्थी आन्दोलन, चुवा सङ्घर्ष, जुगेडी सङ्घर्ष, हर्रेबर्रे र अनेक प्रकारका सशस्त्र तथा निशस्त्र आन्दोलनको निर्माण भयो । 
कांग्रेससंगको कार्यगत एकतामा पुष्पलाल 
यस अवस्थामा राजा र उसको व्यवस्थाले धेरै कार्यकर्तालाई जेल सजाय दियो र वारेन्ट समेत ग¥यो । यो पङ्क्तिकारले पनि यही पार्टीको आन्दोलनको सिलसिलामा पटक पटक राजा र उसको व्यवस्थाले नेल, हत्कडी र गोलघर सहित कठोर कारावासको सजाय भोग्नु प¥यो । कमरेड पुष्पलालले राजा र त्यसको व्यवस्था विरूद्ध बहुदलीय व्यवस्था र जनअधिकार बहालीको लागि कम्युनिष्ट पार्टीका सबै समुह, नेपाली काँग्रेस, प्रजापरिषद्, जनवर्गीय सङ्गठनहरू समेतको संयुक्त तथा सशक्त आन्दोलन सृजनागर्ने कार्यनीति २०१८ सालमै ल्याउनु भयो र त्यसलाई कार्यान्वयन गर्न प्रयास गर्दै रहनु भयो । अझ उहाँको नेतृत्वको कम्युनिष्ट पार्टीले २०२९÷२०३० वि.सं.मा कम्युनिष्ट पार्टीको चतुर्थ सम्मेलन बनारसमा ग¥यो । यसले झन राजाद्वारा पेलिएको नेपाली काँग्रेसलाई साथैमा लिएर संयुक्त आन्दोलन निर्माण गर्नुपर्ने कार्यनीतिक दस्तावेज नै बनायो । फलस्वरूप परीक्षणको रूपमा २०३२ मा संयुक्त विद्यार्थी आन्दोलन देशभर भयो र ठाउँ ठाउँमा काँग्रेस र कम्युनिष्ट पार्टीका कार्यकर्ता मिलेर संयुक्त किसान सङ्घर्ष पनि गरे । तर त्यसबेला कमरेड पुष्पलालको विरोधमा उच्च मध्यम वर्गका व्यक्तिहरूले विभिन्न कम्युनिष्ट पार्टीपनि खोले । यी कम्युनिष्ट पार्टीहरूले राजा भन्दा नेपाली काँग्रेसलाई मुख्य दुस्मन माने र जानेर वा नजानेर उग्रवादी कृयाकलापबाट घुमाउरो रूपमा राजाको व्यवस्थालाई सहयोग पु¥याए । तर यिनलाई पनि कमरेड पुष्पलालले सम्झाउँदै सही ट्रयाकमा ल्याएर राजा र उसको व्यवस्था विरूद्ध मुख्य आन्दोलन निर्माण गर्ने प्रयास गर्न थाल्नु भयो ।
पुष्पलाल विरोधी अर्को कम्युनिष्ट केन्द्र निर्माण
यसै बीच भारतमा सिपीआइएम्बाट फुटेर चिनको सांस्कृतिक क्रान्तिको प्रभावमा परि चारुमजुम्दारले भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादी लेनिनवादी गठन गरे र सशस्त्र सङ्घर्षको ऐलान गरे । उनको ऐलानपछि पश्चिम वङ्गालको नक्सलवादी क्षेत्रबाट सशस्त्र किसान सङ्घर्षको सूत्रपात भयो । यसको प्रभाव नेपालको झापा जिल्लामा पनि पुग्यो । मनमोहन नेतृत्वका पूर्व कोशी प्रान्तीय कमिटी मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली, रामनाथ दाहाल, सि.पी. मैनाली र खड्गप्रसाद ओली लगायतले वर्गशत्रु सफाया अभियान झापा जिल्ला समिति गठन गरेर शूत्रपात गरे । यसको कमरेड पुष्पलालले समर्थन गर्नु भयो र सङ्घर्षरत झापा जिल्ला समितिलाई केन्द्रिय कम्युनिष्ट पार्टीमा सामेल हुन आह्वान गर्नु भयो । यसैबेला जेलबाट छुटेका कमरेड मनमोहन अधिकारी र मोहन विक्रम सिंहले कमरेड पुष्पलालले यी दुवैलाई केन्द्रिय नेतृत्वमा बस्न आह्वान गर्नु भएको थियो । दुवैले नमानेर केन्द्रिय न्यूकल्स खोले र कमरेड पुष्पलाल विरोधी अर्को कम्युनिष्ट केन्द्र निर्माण गरे । तर पछि त्यो केन्द्रबाट कमरेड मनमोहन हट्नु भयो र कमरेड मोहन विक्रम र निर्मल लामाले नेतृत्व गरेर वाराणसीमा चौथो महाधिवेशन गरी अर्को कम्युनिष्ट पार्टी निर्माण गरे । यो समुह लगायत अन्य छितरिएका वाम पार्टी सङ्गठन र सबै जनवर्गीय सङ्गठन र नेपाली काँग्रेस लगायतलाई राजा र उनले नेतृत्व गरेको व्यवस्था विरूद्ध एकजुट भएर आन्दोलन निर्माण गर्न कमरेड पुष्पलालले अपिल गर्नु भयो ।

नेपाली काँग्रेसले यही अवस्थामा ओखलढुङ्गा, सोलु र खोटाङ कब्जा गरी पञ्चायतको अन्त्य भएको घोषणा गर्ने र इजरायलबाट मान्यता लिने व्यवहार मिलाएर क्या. यज्ञबहादुर थापाको नेतृत्वमा सशस्त्र फौज निर्माण गरी पठायो । तर गन्तव्यमा नपुग्दै सुराकीले सूचना दिएकोले नेपाली काँग्रेसका कार्यकर्ता रामलक्ष्मण सहित सयौं जनसेना मारिए र क्याप्टेन यज्ञबहादुरलाई पकडियो र फाँसी दिइयो । यही मौकामा विराटनगरमा राजाको कार्यक्रममा धनकुटाका भिमनारायण श्रेष्ठको नेतृत्वमा बम हानियो नेपाली काँग्रेसको नेतृत्वमा । यिनलाई पनि फाँसीको सजाय फैसला गरियो । यसको विरोधमा कमरेड पुष्पलालले नेतृत्व गरेको कम्युनिष्ट पार्टीले यी दुई राजवन्दीको फाँसीको सजाय रद्द गर्ने र अन्य राजवन्दीको रिहाई, पार्टीमाथिको प्रतिबन्ध हटाई मौलिक अधिकार पुनर्वहाली र पूर्ण प्रेस तथा वाकस्वतन्त्रताको माग गर्दै देशभर पर्चा वितरण गर्दै जनतालाई आन्दोलित हुन आह्वान ग¥यो । ठाउँ ठाउँमा जनता सङ्घर्षमा उत्रिए । राजाको व्यवस्थाले दमन ग¥यो ।

यसै मेसोमा भारतमा इन्दिरा गान्धीको शासन थियो । यिनले र यिनको सरकारले झण्डै एकदलीय तानाशाही चलाउने काम ग¥यो । विरोधीलाई पकडिएर थुन्न थाल्यो । यहाँ सम्मकी पद्दतीराख्न भनेर मानिसको नसछेदन र कपाल मुण्डन जस्ता अमानवीय कार्यको शुरूवात भयो । जयप्रकाश, मोरारजी देशाई, चौधरी चरण सिंह, चन्द्रशेखर, जर्ज फर्नान्डीस, मधु लिमये लगायत नेता पक्राउमा परे । इन्दिरा गान्धीले भारतभर सङ्कटकाल घोषणा गरिन् । वि.पी. र जयप्रकाशको सुमधुर सम्बन्धलाई आधार मानेर इन्दिरा गान्धीले वि.पी.माथि पनि निगरानी गरिन् ।पुष्पलालमाथि त पहिले पनि निगरानी छँदै थियो । वि.पी.ले राजासँग गरेको सशस्त्र सङ्घर्ष स्थगित गरेर राजासँग मेलमिलाप गर्ने नीति लिएर स्वदेश फर्कने निर्णय गरे ।

वि.पी. र गणेशमान दुवै पुष्पलाल समेतलाई लिएर देशभित्र फर्कने मनसुवा राखेर पुष्पलाललाई भेट्न वनारस आए । तर पुष्पलाल भारतमा इन्दिरा गान्धीको सङ्कटकाल नटिक्ने र त्यहीँ बसेर राजाका विरूद्ध सङ्घर्ष गर्ने विचारमा दृढ हुनुहुन्थ्यो । बरू पुष्पलालले वि.पी.लाईपनि नफर्कन सल्लाह दिनु भएको थियो । वि.पी.ले मानेनन् र देश फर्के । राजाले वि.पी. र गणेशमानलाई थुने र मुद्दा चलाए । तर त्यसैबेला जयप्रकाशको नेतृत्वको आन्दोलन सफलताको मञ्जिलमा पुग्यो र इन्दिरा गान्धीले जनआन्दोलनका अगाडि घुँडा टेकिन् । मोरारजी देशाईको नेतृत्वमा जनता सरकार बन्यो । यो परिप्रेक्षमा राजाले वि.पी.लाई क्यान्सरको उपचार गर्न अमेरिका जान दिए । वि.पी. अमेरिका गएर उपचार गरी फर्के । उनी दिल्ली आइपुग्दा उनका दुई अनुयायी क्याप्टेन यज्ञबहादुर थापा र भिमनारायण श्रेष्ठलाई यसअघि नै फाँसी दिने फैसला गरिएको थियो । यसपछि राजा पुनः अनुदारवादी व्यवस्था चलाउन चाहन्छन् भन्ने कुराको प्रमाणित भयो । 
पुष्पलाललाइ तेस्रो पटक हर्टएटयाक 
यस अघि सोही साल श्रावणमहिनामा पुष्पलाल दरभङ्गामा कार्यकर्ता प्रशिक्षण गर्न आएको बेला उनलाई तेस्रो हृदयघात भयो । यो थाहा पाएर बलराम उपाध्याय, गिरिजाप्रसाद कोइराला बनारसबाट दरभङ्गा आए । त्यसबेला गणेशमानलाई पनि राजाले रिहा गरे । गणेशमान सिंह पनि पुष्पलाललाई हेर्न दरभङ्गा जानुभयो । उनको अवस्था नाजुक देखेर पुष्पलाललाई उपचारार्थ दिल्ली लगियो र दिल्ली स्थित गोविन्द बल्लभ पन्त अस्पतालमा राखियो । त्यसबेला भारतमा जनता पार्टीको सरकार थियो र उक्तपार्टीका अध्यक्ष चन्द्रशेखर थिए । यी र त्यसबेलाको मोरारजी सरकारका रक्षामन्त्री जर्ज फन्नाडिज सहित आएर कमरेड पुष्पलाललाई अमेरिका वा बेलायतको सुविधा सम्पन्न अस्पतालमा भारत सरकारको खर्चमा उपचार गराउने प्रस्ताव राखे । कमरेड पुष्पलाल मान्नु भएन र चन्द्रशेखरलाई भन्नु भयो–‘मलाई बचाउँछन् भने नेपाली जनताले बचाउँछन्। बचाउँदैनन् भने बचाउँदैनन् । सहयोगको प्रस्तावका लागि धन्यवाद ।’

यता काठमाडौंमा हिक्मत सिंह भण्डारी, निर्मललामाको पहलमा कमरेड पुष्पलाल बचाउ आर्थिक अभियान गरियो । केही पैसा लिएर कमरेड निर्मल लामा र हिक्मत सिंह भण्डारी दिल्ली पुग्दा कमरेड पुष्पलाल २२ अप्रिल १९७८ अर्थात् २०३५ सालश्रावण ७ गते उहाँको निधन भई सकेको थियो । मर्नुभन्दा अघि कमरेड पुष्पलालले आफ्ना कार्यकर्ताद्वय तिलक पराजुली र केशव खड्कासँग अन्तिम रूपमा निम्न वाक्य बोल्नु भएको थियो भन्ने कुरा यी कमरेडले बताए– ‘कमरेड मत जाने भएँ, तर मेरो सन्देश नेपाली किसानसम्म पु¥याइ दिनू, त्यो सन्देश हो– 
पुष्पलालकाअन्तिम वाक्य
जनता चेतनशील हुनैपर्छ । 
कार्यकर्ता सङ्गठित हुनैपर्छ । 
क्रान्ति वा परिवर्तन अवश्यम्भावी छ ।
यसलाई कसैले रोकेर रोक्न सक्दैन ।

यसरी नेपालको एक देशभक्त लोकतन्त्रवादी आन्दोलनका रणनीति र कार्यनीति निर्माणकर्ता, चिन्तक, ऐतिहासिक भौतिकवादको नेपालको सन्दर्भका व्याख्याता, सिद्धहस्त प्रगतिशील लेखक, नेपालको प्रगतिशील तथा जनपक्षीय इतिहास लेखनको शुरूवातकर्ता, नेपाली श्रमजीवी वर्ग र गरिबका नेता पुष्पलालको उक्त अस्पतालमा निधन भयो । निधन भई सकेपछि उनको लास नेपाल ल्याउन भारतका तात्कालीन प्रधानमन्त्री मोरारजी देशाई मार्फत वीरेन्द्रलाई अनुरोध गरियो । तर राजाले पुष्पलालको लासैदेखि डराएर ल्याउन दिएनन् । पुष्पलालको लास दिल्लीको यमुना नदीको किनारकोनिगमबोध घाटमा दाहसंस्कार गरियो । उक्त दाहसंस्कारमा नेपाली नेताहरू गणेशमान सिंह, गिरिजा प्रसाद कोइराला, बलराम उपाध्याय, साहनाप्रधान, हिक्मत सिंह भण्डारी, निर्मल लामा र अन्य असङ्ख्य नेपाली थिए भने भारतीय नेताहरू चन्द्रशेखर, सि. राजेश्वर राव, हरिकिसन सिंह सुरजीत, मधु लिमय, जर्ज फर्नान्डीज, कर्पुरी ठाकुर, गोविन्द मुखोटी, अरविन्द देव आदि थिए । कमरेड पुष्पलालको अस्तु ल्याएर देशभित्र सेलाउन पनि राजा र उसको व्यवस्थाले प्रतिबन्ध लगाएको थियो । तर भूमिगत रूपमा रक्सौल भएर ल्याइयो र सिमराबाट पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यकर्ताद्वय रामबहादुर भण्डारी र रामचन्द्र चापागाइँले ल्याए । एयरपोर्टमा मनमोहन अधिकारीको जिम्मा लगाइयो । त्यसबेलाको काठमाडौं उपत्यकाको मास स्वतस्पूmर्तरूपमा एयरपोर्टदेखि शोभाभगवतीसम्म लाइनको रूपमा लाखौँको रूपमा उठ्यो । राजाले दमन गर्न सकेनन् र शोभाभगवतीमा मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठ र प्रेमबहादुर कंसाकार समेतले बगाए । यहाँ किन बगाइयो भने यहीँ कमरेड पुष्पलालका दाजु गङ्गालाललाई राणा सरकारले गोली हानी हत्या गरेका थिए ।

पुष्पलालको मृत्यु पश्चात हामी पुष्पलालका अनुयायीले दुई ध्रुवमा रहेका परिस्थितिको आँकलन गर्न नसक्ने र मुख्य अन्तरविरोध चिन्न नसक्ने बाटो बिराएका एकथरी कम्युनिष्टहरूएकातिर थिए भने नेपाली काँग्रेस ठूलो पार्टीको घमण्ड र कम्युनिष्ट भन्दा पञ्चलाई नजिक ठान्ने प्रवृत्ति भएका काँग्रेसजनलाई नजिक्याउन ठूलो चुनौती थियो । त्यो चुनौतीलाई हामी उनका अनुयायीले आत्मसात गरेर लोकतन्त्रका लागि एक हुनु पर्दछ भन्ने विश्वास दिलाउँदै अघि बढ्यौँ । पुष्पलालको मृत्युमा अस्तु ल्याउँदा भएको विशाल जुलुस एकदलीय अधिनायकवादी व्यवस्थाको विरूद्ध चोटिलो प्रहार भयो । सोही साल माघ महिनामा क्याप्टेन यज्ञबहादुर थापा र भिमनारायण श्रेष्ठलाई राजको व्यवस्थाले फाँसी दियो र सोही साल पाकिस्तानका लोकप्रिय नेता तथा त्यसबेलाका प्रधानमन्त्री जुल्फीकर अली भुटोलाई पाकिस्तानको सेनाले अमेरिकी उकासमा ‘कु’ गरेर जेल हाल्यो । र अन्त्यमा फाँसी दियो । जनरल जियाउलहक त्यसबेला सैनिक शासक थिए । जुल्फिकर अलि भुटो प्रगतिशील व्यक्ति भएका र नेपाली बीच अत्यन्त जनप्रिय थिए । उनको फाँसीको विरोधमा नेपाली विद्यार्थीहरू अखिल र ने.वि.सङ्घले संयुक्त रूपमा पाकिस्तानी राजदूताबासमा विरोधपत्र दिन जाँदा राजाको व्यवस्थाका सुरक्षाकर्मीले व्यापक लाठीचार्ज गरे । कयांै विद्यार्थी घाइते भए सयौं विद्यार्थी पक्डाउ परे । 
यसको विरोधमा आमहडतालको आह्वान भयो । अन्त्यमा विशाल जनप्रतिरोध भयो र राजाले बहुदलीय व्यवस्था र निर्दलीय व्यवस्थाको बीचमा जनमत सङ्ग्रह घोषणा गर्ने निर्णय गरेर २०३६ साल जेष्ठ १० गते जनमत सङ्ग्रहको घोषणा भयो । यसै बीचमा नेपाली काँग्रेसले विनाशर्त जनमतमा भाग लिनेनिर्णय ग¥यो तर पुष्पलालको पार्टीले ५ पूर्वशर्त राख्यो । नेपाली काँग्रेसले आफ्नो यथास्थितिवादी चरित्र देखायो र वाम प्रजातान्त्रिक एकताका आधारमा राष्ट्रिय संयुक्त सरकार बनाएर जनमतमा जाने बलराम उपाध्याय(प्रवक्ता नेकपा पुष्पलाल)को प्रस्ताव मानेनन् र सूर्यबहादुर थापा(महापञ्च)को नेतृत्वमा सरकार बन्यो र सो सरकारले बनजङ्गलको नास गर्दै तस्करी समेतलाई प्रोत्साहन दिएर अथाह पैसा–प्रशासन लगाएर धाँधली समेत गरी निर्दलीय व्यवस्थालाई जिताइयो । त्यो जनमतबाट आएको व्यवस्था पनि ९ वर्ष पनि टिकेन र पुनः२०४६ सालमा पुष्पलालले प्रतिपादन गरेको संयुक्त जन आन्दोलनको नीति अनुसार गणेशमान सिंहको नेतृत्वमा बाम–काङ एकताका आधारमा विशाल जनआन्दोलन भयो र राजाद्वारा नेतृत्व गरेको व्यवस्था पराजित भयो । राजा संवैधानिक भएर बस्न राजी भए । बहुदलीय व्यवस्थाको आगमन भयो ।

कमरेड पुष्पलालको फोटो रत्नपार्कमा टाँसेर उहाँले प्रतिपादन गरेको संयुक्त जनआन्दोलनको कार्यनीति र काँग्रेस–कम्युनिष्ट एकता पुनः अनिवार्य भयो र सबैदलको एकताद्वारा कमरेड पुष्पलालालकै नीतिलाई आत्मसात गर्दै २०६२/०६३को सशक्त–संयुक्त तथा विशाल जन आन्दोलन भयो र राजा पराजित भए । संसद पुनर्वहाली भयो ।

२०१७ सालको कम्युनिष्ट पार्टीको दरभङ्गा प्लेनममा पुष्पलालले राखेको उही संसद पुनर्वहालीको कार्यनीति ४६ वर्षपछि कामयाव भयो । कम्युनिष्ट पार्टी भन्नेका अगुवाहरूले यो नारा उठाउनु पर्ने थियो । ठूला कम्युनिष्ट पार्टीहरू न एमाले न तत्कालीन माओवादीकसैले यो नारा उठाएनन् तर लोकतन्त्रवादी नेता गिरिजाप्रसादकोइराला दृढ भएर यस नारामा अडिग भए । राजाले संसद पुर्नवाहाली गरे र त्यसको केही दिनपछि राजाका बाँकी अवशिष्ठ अधिकार पनि संसदले खारेज ग¥यो । राष्ट्राध्यक्षको रूपमा रहेका राजाको पद संसदले निलम्बन ग¥यो र स्वयं गिरिजाप्रसाद कोइरालानै राष्ट्राध्यक्ष र प्रधानमन्त्री भए । यसरी पुष्पलालको जनअधिकार जनताको सार्वभौम सत्ता, भ्रष्टाचार नियन्त्रण, क्रान्तिकारी आर्थिक परिवर्तन, जनताको आर्थिक,राजनैतिक, सामाजिक, सांस्कृतिक अधिकार प्राप्तिमा दूरदृष्टि र समाजवादी अर्थतन्त्र र गोरखाभर्तिकेन्द्र लगायत नेपाली शिरमा लागेका साम्राज्यवाद परस्त आर्थिक,सांस्कृतिक नीति परिवर्तन र देशभक्तिपूर्ण आन्दोलनको उचित मूल्याङ्कनमा अगाडि जस्ता दूरदृष्टिपूर्ण नीतिले नेपाली लोकतान्त्रिक आन्दोलनको विकासमा उनको योगदान अब्बल दर्जाको रह्यो ।

लेखक : पुष्पलाल प्रतिष्ठानका उपाध्यक्ष तथा पुष्पलाल अध्ययन समाजका अध्यक्ष  हुन । उनी पुष्पलालका अनुयायी मानिन्छन ।




Related Pictures:













Related News:

उम्मेदवारी दर्ता शुल्क दश लाखसम्म - 2019-10-16

काठमाडौमा जारी एनआरएन सम्मेलनमा नाराबाजी - 2019-10-16

नुवाकोटको बट्टार तनावग्रस्त - 2019-10-16

क्राइम स्टोरी: मिर्गौला तस्करीको आरोपमा निदान अस्पतालका सीईओ र चिकित्सक पक्राउ - 2019-10-16

नेकपाका सांसद विरुद्ध पक्राउ पूर्जी - 2019-10-16





कृष्ण वहादुर महरा प्रकरणमा डा. बाबुराम भट्टराईको बयान: गल्ती गर्नु अपराध हैन; गल्ती नसच्याउनु अपराध हो ! - 2019-10-05

प्रिय महराजी, हालैको तपाईं सम्बन्धित घटनाले सम्पूर्ण देश र केही हदसम्म अन्तर्राष्ट्रीय जगत पनि तरंगित त छँदैछ म ब्यक्तिगत रूपमा समेत अत्यन्त मर्माहत भएको छु! यो तपाईंको मात्र प्रश्न नभएर ऐतिहासिक माओवादी आन्दोलन,हामीले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र र हामीले परिकल्पना गरेको महिलामुक्ति तथा उन्नत संस्कृतिको प्रश्नसंग जोडिएको विषय पनि हुनाले यहाँ केही बोल्ने धृष्टता गरेको छु !

‘महरा पतनको कारण रोशनी मात्र होइन’ - 2019-10-05

सूर्य थापा:उहाँलाई प्रधानमन्त्री, उपराष्ट्रपति र राष्ट्रपति तीन पदले पर्खिरहेको मानिन्थ्यो । रोल्पाली हुनुको विरासतले उहाँ छिटोछिटो उकालो चढेर पूर्ववर्ती माओवादी केन्द्रमा सबैभन्दा धेरै अवसर पाउन सफल हुनुभयो । उपराष्ट्रपति पुन, अध्यक्ष प्रचण्ड र डा. बाबुराम भट्टराईबाहेक उहाँले वरिष्ठ हैसियतवाला राजकीय जिम्मेवारी सम्हाल्ने र पार्टीको महासचिवसमेत बन्ने अवसरहरु पाउनु भयो । कहिलेकाहीँ मान्छेहरूले टिप्पणी गरेको सुनिन्थ्यो- उहाँ क्षमता र भूमिकाभन्दा धेरै माथि पुग्नुभयो ! कतिबेला दुध उम्लिएर अगेनामा

नेपाली सत्ता राजनीतिमा बढ्दै शकुनी प्रवृति - 2019-09-26

शान्तिमान कार्की:नेपाली राजनीतिमा हरेक १० बर्ष पछि नयाँ अध्याय प्रारम्भ हुने गरेको छ, यस्तो ऐतिहासिक विषेशताको आरम्भ २००७ साल देखि भएको हो । विगतमा भएका जन आन्दोलन र जन संघर्षमा भाग लिएका जनसमुदायले खोजेको सामाजिक जीवनमा आमुल परिवर्तनको आकांक्षालाई बेवास्ता गरिरहेकाछन् ।

नेकपामा थला पर्न थालेको आन्तरिक जनवाद ! - 2019-09-26

टोमप्रसाद काफ्ले: अथक प्रयत्न र ठूलो मेहनतका साथ प्राप्त राजनीतिक परिवर्तनपछिको सरकारले जनतालाई परिवर्तनको अनुभुति हुने गरि कार्य सम्पादन गर्न नसकेको व्यापक जनगुनासो छ । आम नेपाली जनताको अपार विश्वास आर्जन गर्न‘पर्ने बेलामा तिनै नेतृत्व गर्ने नेताहरूको भड्किलो जीवनशैली, हरेक क्षेत्रमा अनावश्यक राजनीतिक हस्तक्षेप , विकास निर्माण कार्यमा सँगठित भ्रष्टाचार, चरम अपारदर्शीता र यथास्थितिवादी प्रवृत्ति, आसेपासे तथा दलालहरूको राजनीतिक नेतृत्वमा सिधा पहुँच

अझै किन खेदोखनिदै छ पुष्पलालको क्रान्तिकारी धारलाई ? - 2019-09-14

लोकनारायण सुवेदी: पञ्चायत कालमा जस्तै अहिलेको गणतन्त्रमा पनि नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्दै सर्बप्रथम राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तथा त्यसलाई अझ बिकास गरेर उच्च जन गणतन्त्रको चरणमा देशलाई पु¥याउने उ्दघोष गर्ने कामरेड पुष्पलालको नीति र कार्यक्रमलाई फैलिन नदिने र भ्रमपछि भ्रम सिर्जना गर्ने षडयन्त्रको क्रम जारी रहेको छ । देश र जनताको सार्थक समुन्नति र अपूर्व सम्बृद्धिका निमित्त समर्पित उनको त्यो नीति र कार्यक्रम अरु कुनै कुरा नभएर नेपाली जनता सबै किसिमले अर्थात राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक किसिमले एकपछि अर्को उन्नत दिशामा अग्रसर हुन - बाह्य र आन्तरिक सबै किसिमका प्रतिकृयावादबाट सर्बथा मुक्त र उपयुक्त सामाजिक बातावरणको सिर्जना गर्नु थियो र हो ।

पुष्पलालको प्रण र हाम्रो बर्तमान - 2019-07-23

लोककृष्ण भटराइ:नेपाली जनताका महान नेता चर्चित लोकतान्त्रिक विचारक, प्रगतिशीलता र कम्युनिष्ट आन्दोलन र विचारका संस्थापक नेता पुष्पलालको जन्म रामेछाप जिल्लाको भँगेरी गाउँमा वि.संं.१९८१ आषाढ १५ गते भएको थियो । यिनी त्यसबेलाका राणाशासन गौँडा हाकिम भक्तलाल श्रेष्ठका छोरा थिए । यिनको बाल्यकाल रामेछाप, ओखलढुङ्गा र सिन्धुपलाञ्चोकमा यिनका बुवाको जागिरको सिलसिलामा सरूवा हुँदा बितेको थियो ।

नेपाल द्वन्द्वतिर फस्ने खतरा - 2019-07-14

वीरेन्द्र शाह;जनयुद्धका उपलब्धिहरू संस्थागत नहुँदै र शान्तिप्रक्रियाका सबै कार्यभार नटुङ्गिँदै मुलुक फेरि किन अर्को द्वन्द्वतिर अगाडि बढ्यो ? वर्तमान नेपालको समग्र चित्र हेर्दा आम सर्वसाधारणहरूमा असन्तुष्टिहरू बढ्दै गैरहेका छन् । नेपाली जनताले संविधानको निर्माणपछि जुन अपेक्षा गरेका थिए त्यसको ठीक विपरीत देशको राजनीति अगाडि बढिरहेको छ

सर्लाही हत्याकाण्डको नालीबेली - 2019-07-14

अनिल शर्मा ‘विरही’:सर्लाही, लालबन्दी नगरपालिका १, लखन्तीमा असार ५ गते नेपाल कम्युनिस्ट पार्टी सर्लाहीका जिल्ला इन्चार्ज कमरेड कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर, अङ्गभङ्ग बनाएर हत्या गरेपछि छेउमा कटुवा पेस्तोल राखी फोटो खिचेर त्यो फोटो केही आफूनिकट सञ्चारमा सुटुक्क सम्प्रेषण अथवा सार्वजनिक गरेको छ ।

संघीयता खारेज हुने बाटोमा लाग्यो - 2019-06-30

कृष्णप्रसाद सिटौलामैले नेपालको राजनीतिक परिस्थिति राम्रो देखेको छैन। के कारणले ठ्याक्कै भन्न सक्दिनँ। परिवर्तनपछिको यो संवैधानिक व्यवस्थामाथि नै प्रहार हुन खोजेको, त्यसलाई नै उल्टाउन खोजेको, पछाडितिर फर्काउन खोजेकोजस्तो भान हुन थालेको छ।

लोकसेवाको विज्ञापन गैरकानुनी - 2019-06-19

प्रचण्ड: स्थानीय तहमा कर्मचारीहरुको माग गर्दै लोक सेवाले निकालेको विज्ञापन पार्टीभित्र पनि, संसदको समितिहरुभित्र पनि छलफल चलिराखेकै विषय हो । म आफैं पनि राज्यव्यवस्था समितिको सदस्य छु । त्यसो भएको हुनाले स्वाभाविकरुपले राज्य व्यवस्था समितिका पदाधिकारीहरु मसँग आएर के गर्ने, कसो गर्ने भन्ने सल्लाह भइराखेको छ ।

विभागहरुको प्रमुख, जिल्ला इञ्चार्ज र सहइञ्चार्ज तोक्ने विषयमा नेकपा भित्र किचलो - 2019-06-01

प्रचण्डको दोहोरो भूमिकाबाट भने नेपाल, खनाल र श्रेष्ठ आजित दुई पार्टी नेकपा एमाले र माओवादी केन्द्रका बीच एकता भएको एक वर्ष वितिसक्दा पनि पार्टीको सबै तहमा एकता हुन सकेन । जिल्ला अध्यक्ष तथा सचिव टुंगो लागेपनि पार्टीको विभिन्न विभागहरुको गठन, पोलिव्यूरो, तथा जिल्ला इन्चार्ज तथा सह इन्जार्ज जस्ता पदहरुमा कस्लाई मनोनयन गर्ने भन्ने विषयले अहिलेसम्म टुंगो पाएन ।

उठेको पैसा खाने, विकास गर्न ऋण लिने ? - 2019-05-30

डा. विश्व पौडेल: जति राजस्वको लक्ष्य छ, लगभग त्यति नै चालु खर्चका लागि छुट्याइएको छ । यो कर उठाएर खाएर सक्ने प्रवृत्ति हो । उठेको राजस्व चालु खर्चमा लगाउनु भनेको एकदमै खराब अभ्यास हो । पुँजीगतभन्दा चालु खर्चलाई जोड दिने बजेटलाई आदर्श बजेट मानिँदैन ।

गणतन्त्रको एक दशक: व्यवस्था बदलियो, संस्कार बदलिएन - 2019-05-29

जनकराज सापकोटादशक लामो माओवादी सशस्त्र द्वन्द्व, पटक–पटकका सडक संघर्ष र जनआन्दोलनका बलमा स्थापना भएको गणतन्त्रले समाजका विधि र व्यवस्था परिवर्तन गर्‍यो । गणतान्त्रिक व्यवस्थाअनुसार नागरिकको हैसियत, स्वभाव र चेतनास्तरचाहिँ कति बदलियो त ? भारतको नयाँदिल्लीस्थित साउथ एसियन युनिभर्सिटीमा समाजशास्त्र विभागमा अध्यापनरत चूडामणि बस्नेतको ठम्याइ छ, ‘व्यवस्था बदलिए पनि नेपाली राजनीति उस्तै छ । त्यसैले जनताको स्वभाव परिवर्तन भएको छैन ।’ संस्थागत संरचनाहरूमा बदलाव आएको तर तिनीहरू सानो समूहले मनपरी गर्न पाउने हिसाबले निर्माण भएको उनी बताउँछन् । ‘नियम र विधि उल्लंघन प्रवृत्तिका रूपमा स्थापित भएको छ’ उनी भन्छन्, ‘यस्तो प्रवृत्ति २०६२ र ६३ को जनआन्दोलनपछि झनै बढेको छ ।

गणतन्त्रको एक दशक :ओझेलमा सामन्तवाद, साम्राज्यवाद विरूद्वको लडाई - 2019-05-28

एकलाल श्रेष्ठसाना साना सामान्ती गणराज्यवाट एकात्मक सामान्ती राज्यको स्थापना संगै निरंकुश र शक्तिशाली बन्दै गएको नेपालको सामान्ती निरंकुश राजतन्त्र पूर्ण रूपले पतन भएको ११ वर्ष पुरा भएको छ । यसको संगै राजतन्त्र सँग जोडिएका एकात्मक राज्य, संघात्मक राज्यमा हिन्दु धर्म सापेक्ष राज्य धर्म निरपेक्षमा र दरवार वरिपरीका ठूला जात तथा वर्गले मात्र पहुँच राख्ने राज्यको निती निर्माण तहमा समाजका सवै जातजातीवाट समावेश गरिने समावेशी राज्य व्यवस्थामा मुलुक परिर्वतन भएको छ । उपलब्धीको दृष्टीले यो नेपालको अहिलेसम्मकै सवैभन्दा महत्वपूर्ण परिर्वतन हो । झण्डै ६ दशक लामो नेपाली प्रजातान्त्रिक आन्दोलनको विभिन्न उत्तारचढावसंगै पटक पटक भएका वामपन्थी तथा प्रजातान्त्रिक शक्तिहरूको संयूक्त जनआन्दोलन नै यो महत्वपूर्ण उपलब्धीको मुख्य श्रोत हो ।

नयाँ नेपालको लागि वैकल्पिक अभियान - 2019-05-15

नवराज दाहाल: विश्व राजनितिक मञ्चमा पछिल्लो समय नया तरंगहरु देखा पर्न थालेका छन् । परम्परा देखी शासन सत्तामा रहि आएका राजनितिक दलहरु भन्दा फरक सैली सोच राख्ने राजनैतिक शक्तिहरु अर्थात पूँजीबाद र साम्यवादी भन्दा फरक दर्शन र मान्यता बोकेका राजनैतिक पार्टीहरु स्थापित हुने क्रम चलिरहेको छ । भन्ने गरिन्छ पृथ्वीमा डाइनोसर र जिराफ भन्ने जिव संग संगै अस्तित्वमा आएका थिए ।

अन्तर्राष्ट्रिय मजदुर दिवस - 2019-05-01

मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस । सवा सय वर्ष अगाडि आफ्नो अधिकारका लागि मजदुरहरुले बिद्रोह गरेको दिनको सम्झनामा विश्वभरि यो दिवस मनाउने गरिन्छ । आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै अमेरिकाको सिकागो शहरका मजदुरहरुले मे १ सन् १८८६ मा आमहड्ताल आह्वान गरेको दिनको सम्झनामा हिजो आइतबार यो दिवस मनाइयो । अमेरिकी मजदुरहरुले आह्वान गरेको यो निर्णायक आमहड्तालमा कैयौंलाई फाँसी दिइयो, हजारौं घाइते भए ।

लोकतन्त्रको १४ वर्ष: ओझेलमा उपलब्धि - 2019-04-24

डेढ दशक लामो प्रजातान्त्रिक कालखण्डको भ्रष्टाचार र बेथितिप्रति प्रायश्चित्त गर्दै प्रमुख दलहरूले त्यस्तो गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाएका थिए । सशस्त्र संघर्षको माध्यमबाट राजनीतिको मूलधारमा आएको तत्कालीन माओवादीले आफ्नो प्रमुख नारामा भ्रष्टाचारविरोधी विषयवस्तु समावेश गरेको थियो । तर केही वर्षमै यी भाषण र प्रतिबद्धता झूटा सावित भए ।

दोषीलाई उन्मुक्ति कहिलेसम्म ? - 2019-02-27

कञ्चनपुरको निर्मला हत्या काण्डमा नराम्ररी चुकेको सरकार त्यसका दोषीलाई कानूनी कठाघरमा उभ्याउनुभन्दा पनि अझ किस्ताबन्दीमा एकपछि अर्को गल्ती दोहोर्याउदै आउँनुमा सरकारबाट निर्मलाका परिवारले न्याय पाउनेमा शङ्का उब्जिएको छ ।

भारत-पाकिस्तान विभाजन र घटनाक्रम - 2019-02-27

सन् १९४७ मा ब्रिटिश शासनबाट मुक्त भएसँगै भारत र पाकिस्तान छुट्टिएर नयाँ स्वतन्त्र राष्ट्र बने । स्थापना कालदेखि नै यी दुई छिमेकी देशबीच कहिल्यैपनि सम्बन्ध सुमधुर हुन सकेन। सम्बन्धमा तिक्तताको केन्द्रमा सधैँ कश्मीर रह्यो । यस अवधिमा दुई देशबीच कैयौँ यस्ता घटना भए जसले कहिले युद्ध नै निम्त्यायो त कहिले चर्को तनाव ।

‘पर्ख र हेरको नीति’मा राजपा - 2019-02-09

‘सत्ताका लागि जस्तोसुकै निर्णय र सम्झौता गर्न पछि नपर्ने’ जस्ता आरोप खेपिरहेका मधेश केन्द्रित दल अहिले सत्ता वा सङ्घर्षको अलमलमा रहेको देखिन्छ। सम्झौतालाई भर्‍याङ बनाएर सरकारमा पुग्ने तर काम नगर्ने परिपार्टी विगतकै रोग हो। मधेशका मुद्दामा बेइमेल मात्र हैन सरकारमा जाने होडबाजी र दाउपेचका साथै अन्तरपार्टी र पार्टीभित्रकै तादम्यता नहुँदा मधेश केन्द्रित दल कमजोर बन्न पुगेको हो कि! भन्ने अनुमान लगाउन थालिएको छ।

एकीकृत पार्टीमा ओलीले एकलौटी गरे - 2019-02-09

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘अर्को माओवादी जमिन्छ’ भन्ने अभिव्यक्ति दिएपछि नेपाली राजनीतिमा नयाँ तरंग आएको छ । भेनेजुएला प्रकरणमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग जुहारी चलिरहेका बेला अर्का अध्यक्ष प्रचण्डले सार्वजनिक मञ्चमै ‘माओवादीलाई सिध्याइयो, जे गरेपछि हुन्छ भन्ने ठाने अर्को माओवादी जन्मन्छ’ भनेका हुन् ।










Powered by: Exclusively Solution