अर्थ / व्यापार




जुनार क्षेत्रमा पहिरो


सिन्धुली,(प्रस):
देशर परेको अविरल वर्षाका कारण जनधनको क्ष्ति व्यहोरोका बेला सिनधुलीका जुनार किसानले भने फल्दै गरेको जुनारको बोटहरु गुमाएका छन् । सिन्धुलीको गोलन्जोर गाउँपालिकाको चिसापानीमा रहेका जुनार किसान योगेन्द्र थापाको एक सय वोट जुनार वगैचामा पहिरो गएको छ ।
Image may contain: plant, outdoor and nature

पहिरोका कारण फल्दै गरेको र वयस्कगरी एक सय वोट जुनार नष्ट भएको प्रदेशखवरलाई जानकारी दिए । वार्षिक १५ लाख जुनार विक्री गर्दे आएका थापालाई यो निकै ठूलो क्षति भएको जुनार विकास संघ सिन्धुलीका अध्यक्ष लोकवहादुर आलेले जानकारी दिए । जिल्लाको अन्य जुनार किसानको बगैचामा भएको क्षतिको विवरण भने आउन वाँकी रहेको छ ।




Related Pictures:













Related News:

परीक्षा बहिस्कार गरेर एमबिबिएस विद्यार्थी आन्दोलनमा - 2019-12-05

बलात्कृत बालिकाको उपचारमा लापरवाही - 2019-12-05

सिन्धुलीकी अनुपमाले जितिन् स्वर्ण - 2019-12-04

तीन वर्षसम्म किसानको भुक्तानी नदिनु बेइमानी: आपूर्तिमन्त्री - 2019-12-03

भ्रष्टाचार सामाजिक रुपमै संस्थागत हुन थाल्यो: प्रमुख आयुक्त - 2019-12-03





तीन वर्षसम्म किसानको भुक्तानी नदिनु बेइमानी: आपूर्तिमन्त्री - 2019-12-03

काठमाडौ,(प्रस): अठार महिना दुःख गरेर उब्जाएको उखुको मूल्य तीन वर्षसम्म नदिने चिनी उद्योगीलाई कस्न किसान प्रतिनिधिहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसान र उद्योगीहरुको समस्या समाधान गर्न मंगलबार मन्त्रालयमा गरेको सर्वपक्षीय छलफलमा उखु कृषकहरु उद्योगीमाथि खनिएका थिए । अखिल नेपाल उखु किसान संघका अध्यक्ष राजकुमार उप्रेतीले केही चिनी उद्योगीहरुको नियत नै किसानमारा देखिएको आरोप लगाए । कृषकले १८ महिना उत्पादनमा, दुई वर्ष उखु काट्न र साढे दुई देखि तीन वर्ष पैसा लिनका लागि धाउनुपरेको उनले गुनासो गरे ।

दैलेखमा पेट्रोल - 2019-11-19

काठमाडौ,(प्रस): दैलेखको पादुकास्थानमा पेट्रोलियम पदार्थको अनुसन्धान धमाधम चलिरहेको छ। नेपाल सरकार खानी तथा भुगर्भ विभाग र चीनको चाइना जिओलोजिकल सर्भेको सयुक्त टोलीले उक्त अनुसन्धान गरिरहेको हो। लामो समय देखि खोलाको पानीमा तेल जस्तो चिल्लो पदार्थ तैरिएको भेटिएपछि त्यो तेल हुनसक्ने भन्दै अनुसन्धान थालिएको हो।

जापानी राजदुत सिन्धुलीको जुनार क्षेत्रमा, रोगकिरा नियन्त्रणका लागि सहयोग गर्ने प्रतिवद्धता - 2019-11-14

प्रेम दाहाल, सिन्धुली:जापानी राजदुत मासामिची साइगोले सिन्धुलीको जुनारमा देखिएको रोगकिरा नियन्त्रण र प्राविधक समस्या समाधानका लागि सहयोग गर्न तयार रहेको बताउनु भएको छ । सिन्धुलीको जुनार क्षेत्रमा आउनु बिहिवार मध्यान्ह आइपुग्नुभएका राजदुत साइगोले जुनार किसानहरुका बीचमा सो कुरा बताउनु भएको हो । उहाँले सिन्धुलीको जुनारको विकासका लागि जापान सरकारले विगतमा गरेको सहयोगको समिक्षागर्दै विकराल रुपमा देखिएको रोगकिरा नियन्त्रका लागि किसानहरुको आवश्यक्ता अनुसार आफुले सहयोग गर्न तत्पर रहेको उल्लेख गर्नुभएको थियो ।

दुधौली समृद्ध बनाउन प्रदेश सरकारलाई ध्यानकर्षण पत्र - 2019-11-08

सिन्धुली, दुधौली,(प्रस): सिन्धुलीको दुधौली नगरपालिकाले तीन नम्बर प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री अरुण नेपाललाईे ध्यानकर्षण पत्र बुझाएको छ । बड्की एकादशीको अवसरमा दुधौली नगरपालिका–४ डकाहामा आयोजित दोस्रो दनुवार सांस्कृतिक महोत्सव–२०७६ मा सहभागी हुन आएका नेपाललाई नगर प्रमुख घनश्याम राउतले ध्यानकर्षण पत्र बुझाएका हुन् ।

रामेछापका जुनारमा किरा - 2019-10-30

रामेछाप ,(प्रस): पाक्ने बेला जुनार झर्न थालेपछि रामेछापका किसान चिन्तित भएका छन् । किरा लागेपछि पाक्ने बेलाको जुनार र्झन थालेको हो । यसअघि यहाँको जुनार सडक नपुगेका कारण बिक्री नभएर किसान चिन्तित थिए । सडक पुग्यो तर अहिले रोग देखा परेको छ । पछिल्लो समय बोट नै मर्ने, फलमा किरा लाग्ने रोग देखा परेको छ । जुनारको किरा नियन्त्रणको लागि प्रयास गरिरहेको भए पनि अझै पनि किरा पूर्णरुपमा नियन्त्रण हुन नसकेको कृषि प्राविधिकहरु बताउँछन् ।

पोषण सम्मेलनमा नेपालले सफलता सुनाउने - 2019-10-28

काठमाडौ,(प्रस): यही कात्तिक १८ गतेदेखि २१ गतेसम्म काठमाडौँमा ‘पोषणसम्बन्धी सेवाहरुको विस्तारका लागि विश्व सम्मेलन’ आयोजना हुने भएको छ । उक्त सम्मेलनमा नेपालले पोषणका क्षेत्रमा प्राप्त सफलता र आगामी कार्यक्रमका बारेमा विश्वलाई जानकारी दिनेछ । सो पाँचौँ विश्व सम्मेलन दक्षिण एशियामा पहिलो पटक नेपालमा आयोजना हुन लागेको हो । नेपालले पछिल्लो समय पोषणका क्षेत्रमा हासिल गरेका उपलब्धीलाई अन्तर्राष्ट्रिय जगत्मा प्रस्तुत गर्ने भएको छ । कुपोषणको समस्यालाई सम्बोधन गर्न राष्ट्रिय योजना आयोगले पहिलो पटक सन् २०१३ देखि पाँच वर्षे बहुक्षेत्रीय पोषण योजना कार्यान्वयनमा ल्याएको थियो ।

काँचो जुनार टिप्दै किसानः ७० प्रतिशत उत्पादन घट्यो - 2019-10-22

सिन्धुली: नेपालका सुन्तला, जुनार चिनियाँ बजारमा विक्रीका लागि पठाउन नेपाल सरकार र चीन सरकारवीच केही दिनअघि द्विपक्षीय सम्झौता भए पनि नेपालका तर्फबाट जुनार चिनियाँ बजारमा नजाने देखिएको छ । सिन्धुलीको बजारमा काँचो जुनार छ्याप्छ्याप्ती आएसँगै किराको प्रकोप पनि त्यत्तिकै बढ्न थालेपछि यो समस्या देखिएको हो । जुनार पाक्ने समय आउन करिव २ महिना बाँकी रहँदा किसानहरुले जुनार उत्पादनमा कमी आउने देख्दै काँचो र अमिलो जुनार बजारमा पठाउन थालेका हुन् ।

चीनमा नेपाली जुनार सुन्तला निर्यात गर्ने बाटो खुल्यो - 2019-10-13

काठमाडौ,(प्रस): चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय नेपाल भ्रमणमा चीनीयाँ बजारमा नेपाली सुन्तला निर्यात गर्ने गाँठो फुकेको छ । कसिलो चिनियाँ क्वारेन्टाइनका कारण नेपालबाट सुन्तला, कागती जस्ता फलफूल निर्यात केही वर्षदेखि रोकिएको थियो । आइतबार चिनियाँ राष्ट्रपति र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपालका लागि चिनीयाँ राजदूत र कृषि सचिव डा.युवकध्वज जिसीले समझदारी पत्र साटासाट गरे । कृषि मन्त्रालयका प्रवक्ता तेजबहादुर सुबेदीका अनुसार आइतबार भएको समझदारीले साबिककै चिनियाँ मापदण्डमा नेपाली फलफूलले चिनियाँ बजारमा प्रवेश पाउने भएको हो ।

निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो - 2019-09-10

काठमाडौ,(प्रस): नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरिएको आयल निगमले जानकारी दिएको छ।

साझा कृषि सहकारी संस्थाको पहिलो वार्षिक साधारणसभा सम्पन्न - 2019-09-07

सिन्धुली,(प्रस)कमलामाई नगरपालिकामा दर्ता भई सञ्चालनमा रहेको साझा कृषि सहकारी संस्थाको पहिलो वार्षिक साधारणसभाको एक समारोहका बीच कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले उद्घाटन गरेका छन् । प्रमुख अतिथिको रुपमा बोल्दै नेकपा सिन्धुलीका नेता समेत रहेका मेयर खत्रीले नगरभित्रका सहकारीले नाम अनुसारको काम गर्न नसकेको बताउँदै सहकारीको माध्यमबाट गरिने विकासले मात्रै समाजवादी राज्य व्यवस्थाको मार्ग तय हुने बताए ।

नेपाल टेलिकमले फोरजी सेवा अपग्रेड गर्दा शनिबार राति सेवा अवरूद्ध हुनसक्ने - 2019-09-07

काठमाडौ,(प्रस)शनिबार राती ११:३० बजेदेखि अपग्रेडको काम सुरू हुने भएकोले त्यस समयमा मोवाइल सेवा प्रयोगमा कठीनाइ आउनसक्ने टेलिकमले जनाएको छ। मोवाइल सेवा अबरूद्ध हुन पुगे मोवाइल स्वीच अफ गरी अन गर्न पनि नेपाल दुरसञ्चार कम्पनी लिमिटेड, वायरलेस सेवा निर्देशनालय बबरमहलले सूचना निकालेर जानकारी गराएको छ।

अमेरिकी सामानमा चीनद्वारा थप कर वृद्धि गर्ने घोषणा - 2019-08-24

एजेन्सी : चीनले ७५ अर्ब अमेरिकी डलर बराबरको अमेरिकी सामानको आयातमा नयाँ कर वृद्धिको घोषणा शुक्रबार गरेको छ । चीन सरकारले दिएको जानकारी अनुसार उक्त नयाँ कर वृद्धि योजना आगामी सेप्टेम्बर १ र डिसेम्बर १५ देखि दुई चरणमा कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । चीनको करवृद्धिसम्बन्धी पछिल्लो निर्णय वासिङ्टनले सेप्टेम्बरदेखि चिनियाँ सामानमाथि कर वृद्धि गर्नेगरी निर्णय लिएको थियो ।

भारतीय नाकाबन्दीका कारण बन्द रहेको बधशाला आइतबारदेखि सञ्चालन - 2019-08-23

सुमकवानपुरको हेटौंडामा रहेको आधुनिक पशु बधशाला आगामी आइतबारदेखि संचालनमा आउने भएको छ। भारतीय नाकाबन्दीका कारण बन्द रहेको बधशाला सरकार र निजी पक्षको पहलमा पुनः संचालनमा आउने भएको हो।

श्रोत नखुलेको झन्डै १६ लाख भारतीय रकमसहित ५ व्यक्ति पक्राउ - 2019-08-21

दाङ,(प्रस)दाङमा स्रोत नखुलेको झन्डै १६ लाख भारतीय रकमसहित ५ व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक महिलासहित चार पुरुष रहेका छन् ।

राजमार्गमा विमान अवतरणबारे अध्ययन थालिँदै - 2019-08-21

काठमाडौ,(प्रस)राष्ट्रिय राजमार्गलाई धावनमार्गको रुपमा उपयोग गर्ने योजना ल्याएको सरकारले सम्भावित खण्डहरुको अध्ययन गर्ने भएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा राजमार्गका विभिन्न खण्डलाई धावनमार्गका रूपमा प्रयोग गर्ने भनिएको थियो । यस्तो योजनामाथि पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका उच्च अधिकारीहरुले नै प्रश्न उठाइरहेका छन् ।

१७ करोड हिनामिना गरेको अभियोगमा बैंक म्यानेजर पक्राउ - 2019-08-21

काठमाडौ,(प्रस)देब विकाश बैंक नारायणपुर शाखाका म्यानेजर पक्राउ परेका छन् । बैंकको १७ करोड रुपैयाँ आर्थिक हिनामिना गरेको अभियोगमा बैंकका म्यानेजर समिर बुढाथोकी पक्राउ परेका हुन । बुढाथोकी माथि बैंकको १७ करोड रकम घोटाला गरेको अभियोग लागेको छ । प्रहरीले उनलाई गएराति घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर क्षेत्रबाट पक्राउ गरेको हो ।

पाँच बैंकले मिचे राष्ट्र बैंकको नियम - 2019-08-19

काठमाडौ,(प्रस)ऋणीबाट लिने व्याज र बचतकर्तालाई (निक्षेपमा) दिने व्याजको फरक दर नै बैंकहरुको मुख्य आम्दानीको स्रोत हो। व्याजदरको यही फरक दरलाई ‘स्प्रेड दर’ भनिन्छ। राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत यस्तो दर ४. ५ प्रतिशतको सीमाभित्र कायम राख्नुपर्ने व्यवस्था गरेको छ।

सुमार्गी स्वामित्वको ‘हेलो नेपाल’को लाइसेन्स खारेज - 2019-08-19

काठमाडौ,(प्रस)नेपाल स्याटेलाइट टेलिकम कम्पनीको अनुमतिपत्र खारेज भएको छ । यो दूरसञ्चार कम्पनी अजेयराज सुमार्गी स्वामित्वको हो । यो कम्पनीले ‘हेलो नेपाल’ ब्राण्डमा मोबाइल सेवा दिइरहेको छ ।

सुन तोलाको ७० हजार - 2019-08-08

काठमाडौ,(प्रस)बिहीबार सुनको भाउ पुनः ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ५ सय बढेर ७० हजार रुपैयाँ पुगेको हो ।

उत्तर कोरियाले ह्याक गरेर २ अर्ब डलर लिएको संयुक्त राष्ट्रसंघको आरोप - 2019-08-07

उत्तर कोरियाले पछिल्लो समय लगातार छोटो दूरीका क्षेप्यास्त्र प्रहार गरिरहेको छ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच कोरियाली प्रायद्वीपलाई अनआणविकीकरण गर्नेबारेको वार्तामा प्रगति नभएपछि पछिल्लो समय उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रमलाई तीव्रता दिएको हो।उत्तर कोरियाले पछिल्लो समय लगातार छोटो दूरीका क्षेप्यास्त्र प्रहार गरिरहेको छ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच कोरियाली प्रायद्वीपलाई अनआणविकीकरण गर्नेबारेको वार्तामा प्रगति नभएपछि पछिल्लो समय उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रमलाई तीव्रता दिएको हो।

लोडसेडिङ हटाएका कुलमानको कमाल: चक्रव्यूहमा फसेको माथिल्लो त्रिशूली थ्री ए निर्माण सकेर संचालन - 2019-08-03

काठमाडौ,(प्रस)नेपालमा काम गर्नेभन्दा बढी गफ गर्ने र हल्ला गर्नेलाई बढी राम्रो मान्ने प्रचलन छ। यस्तो प्रवृत्तिले आम नेपालीलाई नराम्ररी गाँजेको छ। अप्ठ्यारो परेका बेला भाग्ने र सहज भएका बेला आफैले सबैभन्दा राम्रो काम गरेको भन्दै प्रचार गराउने तथा जश लिने प्रवृत्ति पनि उत्तिकै व्याप्त छ। त्यसकाविपरीत पछिल्ला दिनमा काम गर्ने संस्कार पनि स्थापित हुन थालेको छ। राम्रो काम गर्ने मान्छे क्रमशः पुरस्कृत हुनसमेत थालेका छन्। एकाध मान्छेले चाहँदा धेरै ठूलो फरक पर्छ।










Powered by: Exclusively Solution