राजनीति




कुमारको हत्या नियोजित : परिवार


काठमाडौ,(प्रस):
दोहोरो भीडन्तमा मारिएका भनिएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको परिवारले पौडेललाई नियोजित रुपमा नियन्त्रणमा लिएर हत्या गरिएकोे बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै परिवारले पौडेलको षड्यन्त्रपुर्वक हत्या गरिएको दाबी गरेको हो ।
यही असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिका–१ लखनदेही खोलाको छेउमा षड्यन्त्रपुर्वक हत्या भएको परिवारको दाबी छ । मृतक पौडेलका भाई हरिकृष्ण पौडेलले प्रहरीसंग मुठभेड नभई निर्देशनको आडमा प्रहरीले नियन्त्रणमा लिएर हातखुट्टा भाँचेर, दाँत झारेर गोली हानेको आरोप लगाए ।

उनले आफ्ना दाईको राजनितिक जीवनको बारेमा स्वयम सरकारमा रहेकाहरु पनि जानकार रहेको बताउँदै झुटा आरोप लगाएर ठाडो निर्देशनमा मारिएको बताए । ‘यदि त्यो नियोजित हत्या थिएन भने बारादेखि धनुषासम्मको प्रहरी त्यहाँ कसरी पहिल्यै आईपुग्यो’ उनले भने ।

सादा पोशाकमा रहेका प्रहरीले दाजुको हत्या गरेको जनाउँदै उनले चार ठाँउमा भाँच्चिएको हात नजिकै हतियार राखेको फोटोहरु आफुसंग प्रमाणको रुपमा सुरक्षित रहेको स्पष्ट पारे । उनले सरकारले घट्नाको बारेमा सत्य, तथ्य बाहिर ल्याउनको लागि स्वतन्त्र छानविन समिती गठन गर्न पनि आनाकानी गरेको गुनासो पोखे ।

केही समाचारमा दाईको बाग्मती नगरपालिकाका मेयर भरतकुमार थापासँग चन्दा मागेका विषयमा वास्तविक कुरा नै नबुझेर गलत तरिकाले समाचार सम्प्रेषण गरिएको भन्दै उनले दुःखेसो पोखे ।

उनले सागरनाथ वन विकास परियोजनाअन्र्तगत रहेको सुकुम्बासीको बिषयलाई उठाएका कारण दाइको हत्या भएको आरोप लगाए । सरकारले थापासँग चन्दा मागेको भन्ने गलत आरोप लगाएको उनको दाबी छ ।

परियोजनाको जग्गाामा रहेका सुकम्बासी व्यवस्थित् गर्न परियोजनासंग भएको पाँच बुँदे सहमति कार्यान्वयन गराउन खोज्दा उल्टै परियोजनाले ७५ करोडको मुद्दा हालेको पनि उनको भनाई छ ।

सो मुद्दालाई अख्तियारले हेर्दे आएको र छानविन गरेर राजनीति तथा सुकम्बासीको हकहितमा बोलेको भन्दै अहिलेसम्मपनि नबोलाएको पनि उनले जनाए ।

पिरियोजनासँग भएको पाँच बुदे सहमति कार्यान्वयनको लागि आवाज उठाउँदा चन्दा आरोप लगाएर सरकारी मान्छेल ेनै आफ्ना दाजुलाई मारेकोे उनको आरोप छ ।

पौडेलकी श्रीमती कला पौडेलले पनि आफ्ना श्रीमान्लाई षड्यन्त्रपूर्वक मारेको दाबी गरिन् । छानविन समितिले स्वतन्त्र रुपमा छानबिन गरेर आफ्नो श्रीमानको हत्यारालाई कानुनी दायरामा ल्याउनुपर्ने उनको माग छ ।

श्रीमानलाई कुनै दबाव वा असूरक्षाको बारेमा कुनै जानकारी नभएको बताउँदै उनले भनिन्,‘श्रीमानले पनि कुनै त्यस्तो अप्ठ्यारो छ भन्ने कुरा कहिल्यै गर्नुभएको थिएन ।’ दोषीलाई कानुनी कारवाही गर्नुपर्ने अनिमात्रै आफूहरुले न्याय पाउने उनको भनाई छ ।

त्यस्तै, मृतकका भतिजा राजकुमार पौडेलले आफ्ना काका दोषी भएको भए कसरी हजारौं मानिषहरुले उनको अन्तिम संस्कारमा सहभागिता जनाए ? भन्दै रचना गरिएको षड्यन्त्रको पर्दाफास गर्न आग्रह गरे ।

त्यस्तै, मृत्तक पौडेलकी दिदी लक्ष्मी पौडेलले यातना दिएर आफ्नो भाईको हत्या गराएको दाबी गरिन् । उनले आफुहरुलाई कुनै जानकारी नै नदिई प्रहरीले पोष्टमार्टम गराएको पनि सुनाइन् ।




Related Pictures:













Related News:

फौजदारी अभियोग खेपिरहेकालाई मन्त्री बन्न 'छुट' ! - 2019-11-22

थपियो अर्को हास्यश्रृङ्खला ‘जे होला होला’ - 2019-11-22

‘हरे राम’ लेखेको बिकिनी लगाएपछि बाणी विरुद्ध मुद्दा दर्ता - 2019-11-22

अभिनेता अर्जुन रम्पालको २१ वर्ष लामो सम्बन्ध टुंगियो - 2019-11-22

सुहानाको पहिलो फिल्म रिलिज - 2019-11-22





फौजदारी अभियोग खेपिरहेकालाई मन्त्री बन्न 'छुट' ! - 2019-11-22

काठमाडौ,(प्रस): बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुर्नगठन गरे । जसमा ६ मन्त्री र ३ राज्यमन्त्री गरी ९ जना नयाँ अनुहार आए । त्यतिनै सङ्ख्यामा मन्त्री र राज्यमन्त्री बिदाइ भए । कार्यसम्पादनमा कमजोरसँगै आशा लाग्दा अनुहारलाई समेत बिदाइ गरेको भन्दै प्रधानमन्त्री ओलीको आलोचना हुन छाडेको छैन । यस्तो आलोचना स्वयम् नेकपाकै नेता कार्यकर्ताले बढि गरिरहेका छन् । बुधबार मन्त्रीमण्डल पुनर्गठनमा परेका ९ मन्त्रीमध्ये एक नयाँ अनुहार हुन् महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङ ।

नेपाललाई आधुनिक, विकसित र सम्पन्न राष्ट्र बनाइने छः प्रधानमन्त्री ओली - 2019-11-22

राजनैतिक व्यूरो, काठमाडौप्रधानमन्त्री केपी शर्मा ओलीले अब छोटो समयभित्र नेपाललाई आधुनिक, विकसित र सम्पन्न राष्ट्र बनाइने दावी गरेका छन्। काठमाडौँ विश्वविद्यालय (केयू)का कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले आज धुलिखेलमा केयूको २५औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै अरुले बनाइदिने नभई नेपालीले नै नेपाल बनाउने बताए।

वर्तमान सरकार असफल भएको पुष्टि: विश्वप्रकाश शर्मा - 2019-11-21

सुनसरी,(प्रस): नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकार असफल भएको बताएका छन् । नेपाल प्रेस युनियन धरान सुनसरीले धरान उपमहानगरपालिकामा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिलेको वर्तमान सरकारका मन्त्रीहरुले राम्रोसँग काम गर्न नसकेका कारण मन्त्रिमण्डल पुनर्गठन भएकाले वर्तमान सरकार असफल भएको पुष्टि बताए ।

मन्त्री बनाउन नेकपामा ओली र प्रचण्डको भागबन्डा: मन्त्रीमण्डलमा ओलीकै बहुमत, माधव नेपाललाई धक्का - 2019-11-21

राजनैतिक व्यूरो, काठमाडौप्रधानमन्त्री केपी शर्मा ओलीलले पुराना मन्त्रीहरुलाई हटाएर मन्त्रिपरिषद् पुनर्गठन गरी नयाँ मन्त्रीहरु ल्याउँदा नेपाल कम्युनिष्ट पार्टीका मुख्य नेता ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच भागबण्डा भएको देखिएको छ ।अध्यक्षद्वय ओली र दाहालको मुख्य भागबन्डाले पार्टीमा फरकमक मत राख्दै आएका बरिष्ठ नेता माधन नेपाल पक्षलाई भने धक्का पुगेको छ ।

प्रधानमन्त्री केपी ओलीको कार्यशैली स्वेच्छाचारिता र निरंकुश : बाबुराम भट्टराई - 2019-11-21

पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टीका संघीय अध्यक्ष बाबुराम भट्टराईले पार्टी अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको मन्त्रालय छापामार शैलीमा फेरिएको आरोप लगाएका छन्। बिहीबार पूर्वप्रधानमन्त्री भट्टराईले प्रधानमन्त्री केपी ओलीको कार्यशैली स्वेच्छाचारिता र निरंकुश रहेको बताए।

प्रचण्ड नेकपाको कार्यकारी अध्यक्ष, ओली पाँच वर्ष नै प्रधानमन्त्री - 2019-11-20

राजनैतिक व्यूरो, काठमाडौसत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने कार्यकारीसहित पार्टी सञ्चालनको जिम्मेवारी दिएको छ । साथै अर्का अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभाको यो कार्यकालभर प्रधानमन्त्री कायमै रहनेछन् । बुधबार बसेको नेकपा सचिवालयको बैठकले दुई अध्यक्षको जिम्मेवारी बाँडफाँट गरेको हो । जसअनुसार यो प्रतिनिधिसभा रहँदासम्म ओली नै प्रधानमन्त्री हुनेछन् ।

मन्त्रीमण्डल पुनर्गठन भएन - 2019-11-20

काठमाडौ,(प्रस): आज हुने भनिएको मन्त्रिमण्डल पुनर्गठन अनिश्चित भएको छ। नेपाल कम्युनिष्ट पार्टीको बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकले नयाँ मन्त्री नटुंग्याएपछि नयाँ मन्त्रीको सपथ आज नहुने सम्भावना बढेको हो।

उत्तराखण्डका मुख्यमन्त्रीले भने : कालापानी भारतकै हो, भारतकै रहन्छ - 2019-11-19

लक्ष्मण भण्डारी, महेन्द्रनगरउत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले कालापानीलाई भारतीय भूमि बताउँदै यो भारतमै रहने जिकिर गरेका छन् । कालापानी अतिक्रमणबारेमा नेपालका प्रधानमन्त्रीको अभिव्यक्तिको जवाफ फर्काउँदै उनले कालापानी क्षेत्र भारतकै भूमि रहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीकै कारण रोकियो मन्त्रीमण्डल विस्तार - 2019-11-19

राजनैतिक व्यूरो, काठमाडौप्रधानमन्त्री ओलीले मंगलबार बेलुकासम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिरहेका बेला नेकपाका अर्का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहालले आफूलाई कार्यकारी अध्यक्ष बनाउनुपर्ने प्रमअ ओलीसमक्ष राखेपछि मन्त्रीमण्डल विस्ताको योजना असफल बनेको छ । अध्यक्ष प्रचण्डको प्रस्तावलाई प्रधानमन्त्री एवं अध्यक्ष ओलीले अस्किार गरेपछि मन्त्रिपरिषद् विस्तार एवम् सभामुखको नियुक्तीसमेत अनिश्चित बनेको छ ।

अध्यक्ष प्रचण्डको सचिवालयले भन्यो- मन्त्रिपरिषद हेरफेर प्रधानमन्त्रीको क्षेत्राधिकार - 2019-11-19

राजनैतिक व्यूरो, काठमाडौसत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्री मण्डल फेरबदल प्रधानमन्त्री केपी शर्मा ओलीको क्षेत्राधिकारको विषय भएको बताएका छन्। मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रचण्डको सचिवालयले मन्त्रीहरूका विषयमा प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रसारित/प्रकाशित अनर्गल र भ्रामक समाचारको खण्डन गरेको छ।

प्रधानमन्त्रीले एकदुई दिनमै मन्त्रिमण्डल पुनर्गठन गर्ने - 2019-11-18

काठमाडौ: सत्तारुढ नेकपाको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको सचिवालयका एक नेताले जानकारी दिए ।

भारतलाई कालापानी, लिपुलेक, लिम्पियाधुराबाट सेना फिर्ता लैजान प्रधानमन्त्री ओलीको आग्रह - 2019-11-17

सरकार राष्ट्रिय हितका पक्षमा अड्न र लड्न सक्छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा क्षेत्रमा अतिक्रमित भूमि फिर्ता ल्याउने बताएका छन्। कालापानी, लिपुलेक, लिम्पियाधुराबाट फौज फिर्ता लैजान प्रधानमन्त्री ओलीले छिमेकी देश भारतलाई आग्रह गरेका हुन् ।

भारत सीमा सुरक्षा बैठक, अतिक्रमित भूमिबारे छलफल नहुने - 2019-11-15

नेपाल र भारतबीच सीमा विवाद चर्किएको बेला दुवै देशका अधिकारी सम्मिलित सीमा सुरक्षा बैठक मंसिर पहिलो साता बस्ने भएको छ । बैठक आउँदो मंसिर ४ गतेदेखि ६ गतेसम्म पोखरामा बस्ने तय भएको छ । यद्यपि सो बैठकमा भारतले हालै जारी गरेको विवादित नक्सा र भारतद्वारा अतिक्रमित नेपाली भूमिबारे छलफल गर्ने एजेण्डा भने छैन ।

व्यापारि रूप ज्योति छुटे - 2019-11-15

काठमाडौ,(प्रस): चर्चित व्यापारिक घराना ज्योति ग्रुपका सदस्य रूप ज्योति हिरासतमुक्त भएका छन्। जाहेरवाला पक्षसँग आपसी मिलापत्र गरी रूप ज्योति हिरासतमुक्त भएका हुन्। ठगी मुद्दामा उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको थियो। जिल्ला सरकारी वकिल कार्यालयमा दुवै पक्षबीच मिलापत्र भएपछि ज्योतिलाई थुनामुक्त गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अशोक सिंहले बताए।

५० जना सैनिक टोली कालापानी गयो - 2019-11-14

काठमाडौ,(प्रस): विविध विवाद वीच नेपाली सेनाले नेपाली सेनाको सीमाको अध्ययन शुरु गरेको छ । नेपाली सेनाले करिब ३ महिना अगाडिदेखि नै सीमाको अध्ययन शुरु गरेको हो । रक्षामन्त्रीस्तरीय निर्णयको आधारमा पुराना दस्तावेज समेतको आधारमा सीमा नाकाको अध्ययन शुरु गरेको छ । नेपाली सेनाले सन्धी सम्झौता तथा नक्सा अध्ययन एवम् अनुसन्धान केन्द्र स्थापना गरी सीमा क्षेत्रको अध्ययन शुरु गरेको हो ।

युवा संघले टुंग्यायो जिल्ला नेतृत्व, मंसिर १ गते राष्ट्रिय भेला - 2019-11-14

काठमाडौ,(प्रस): नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सम्बद्ध राष्ट्रिय युवा संघ नेपालले जिल्ला नेतृत्व टुंगो लगाएको छ । ७७ वटै जिल्लामा संयोजक र सहसंयोजक चयन गरेको युवा संघले यही कात्तिक ३० गते काठमाडौंमा केन्द्रीय समितिको शपथग्रहण र मंसिर १ गते राष्ट्रिय भेलासमेत आयोजना गरेको छ

बंगलादेशी राष्ट्रपति हमिदसँग प्रचण्डको भेटवार्ता - 2019-11-13

काठमाडौ,(प्रस): नेपालको चारदिने भ्रमणमा रहेका बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिद राजनीतिक भेटवार्ता भएको छ । बुधबार बिहान नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्डले राष्ट्रपति हमिदसँग भेटवार्ता गरेका छन् । भेटवार्ताका लागि प्रचण्ड राष्ट्रपति हमिद बसेको होटल म्यारियटमा पुगेका थिए ।

प्रधानमन्त्री र बंगलादेशका राष्ट्रपतिबीच काठमाडौंको मेरियट होटलमा भेटवार्ता - 2019-11-13

काठमाडौ,(प्रस): प्रधानमन्त्री केपी शर्मा ओली र ब‌गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदबीच बुधबार भेटवार्ता भएको छ । काठमाडौंको मेरियट होटलमा भएको भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, उद्योग वाणिज्य तथा आपर्ति मन्त्री मातृका यादव लगायत सहभागी छन् ।

नेकपा हरिहरपुरढीको दुई दिने प्रशिक्षण सकियो - 2019-11-12

हरिहरपुरगढी, सिन्धुली,(प्रस): नेपाल कम्युनिष्ट पार्टी नेकपा हरिहरपुर गढी गाउँपालिका सिन्धुलीले आयोजना गरेको दुई दिने पार्टी प्रशिक्षण कार्यक्रम आज सकिएको छ । कार्तिक २५ र २६ गते दुई दिने प्रशिक्षणमा पार्टी एकताको पृष्ठभूमि , पार्टीको कार्यदिशा र समसामयिक राजनैतिक बिषयमा नेकपाका प्रभावशाली नेता एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश र राजनैतिक अर्थशास्त्रका बिषयमा केन्द्रीय सदस्य डा.बिजय पौडेलले अत्यन्तै शालिन साथै प्रभावकारिताका साथ प्रशिक्षित गर्नुभएको थियो ।

सरकारले सुगौली सन्धिको आधारमा नेपालको नक्शा तयार गर्नुपर्छ, हामी सरकारलाई सघाउँछौं- नेपाली कांग्रेस - 2019-11-12

राजनैतिक व्यूरो, काठमाडौप्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लिम्पियाधुरा, लिपुलेक र कापालानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने सरकारलाई सहयोग गर्ने बताएको छ । ‘यो विषयलाई टुङ्गोमा पुर्याउन लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको हाम्रो भूगोलको नक्साङ्कन गर्ने विषयमा सरकारलाई हाम्रो सम्पूर्ण रुपमा साथ र सर्मथन रहन्छ’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार पार्टी कार्यालय आयोजित पत्रकार सम्मेलनमा भने ।

भारतविरुद्धको प्रदर्शनमा प्रधानमन्त्रीको राजीनामा माग - 2019-11-12

काठमाडौ,(प्रस): प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ । भारतले नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेको विरोधमा मंगलबार प्रदर्शनमा उत्रिएका नेविसंघका विद्यार्थीले प्रधानमन्त्रीको राजीनामा मागेका हुन् । राष्ट्रियता जोगाउन प्रधानमन्त्री असफल भएकाले राजीनामा दिनुपर्ने उनीहरूको भनाइ छ ।










Powered by: Exclusively Solution