समाज




बालबालिकालाई शैक्षिक सामग्री वितरण


सिन्धुली,(प्रस):
सिन्धुलीको कमलामाई नगरपालिकाले नगरभित्रका अभिभावकविहीन असहाय बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ। एक कार्यक्रमका बीच नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले नगरको १४ वटै वडाका ७५ जना अभिभावक नभएका साहाराविहीन बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका हुन्।
नगरपालिकाले शैक्षिक सामग्री दिएपछि बालबालिका खुसी भएका छन्। नगरका सम्बन्धित वडा कार्यालयले अभिभावकविहीन असहाय भनी सिफारिस गरेका ७५ जना बालबालिकालाई उनीहरूको शैक्षिक विकासका लागि सहयोग गरिएको प्रमुख खत्रीले बताए। ‘प्रत्येक वडाले सिफारिस गरेका मजदुर, विपन्न, गरिब, असाहयलाई वडाका ५ जनाको दरले शैक्षिक सामग्री वितरण गरेछौं। उनीहरूलाई एक सेट विद्यालय पोसाक दिनका लागि हामीले नापजाँप गरेर सिलाउन पठाएका छौँ’ उनले भने। प्रमुख खत्रीले नगर क्षेत्रभित्र काम गर्ने मजदुरका, विपन्न, दलित र गरिवका बालबालिकाको पढाइको व्यवस्था नगरले नै गर्ने योजना रहेको बताए। ‘नगरभित्र धेरै मजदुर, विपन्न, दलित छन्। उनीहरू दैनिकी गुजाराकै लागि काममा व्यस्त हुन्छन् उनीहरूले छोराछोरीको पढाइमा ध्यान नै दिँदैनन्। त्यस्ता अभिभावकका छोराछोरी र कुनै साहाराविहीन बालबालिकालाई कुनै विद्यालयसँग समन्वय गरेर दिनभरी पढाउने छ। बिहान दिउँसो बालगृहमा बस्छन् र पढ्छन। बेलुका अभिभावकले लैजान्छन्ु उनले भने। साहाराविहीन बालबालिका बस्नका लागि बालगृह निर्माण गर्न आगामी आर्थिक वर्ष २०७६र७७ को बजेटमा केही रकमको व्यवस्था उनले जनाए।



Related Pictures:













Related News:

फौजदारी अभियोग खेपिरहेकालाई मन्त्री बन्न 'छुट' ! - 2019-11-22

थपियो अर्को हास्यश्रृङ्खला ‘जे होला होला’ - 2019-11-22

‘हरे राम’ लेखेको बिकिनी लगाएपछि बाणी विरुद्ध मुद्दा दर्ता - 2019-11-22

अभिनेता अर्जुन रम्पालको २१ वर्ष लामो सम्बन्ध टुंगियो - 2019-11-22

सुहानाको पहिलो फिल्म रिलिज - 2019-11-22





लागुऔषधसहित तीन जना पक्राउ - 2019-11-22

काठमाडौ,(प्रस): प्रहरीले ठूलो मात्रामा लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौंबाट मनोद्विपक पदार्थ ५१९४ एम्पुल र लागुऔषध नाइट्रोजेपाम (नाईट्रोभेट) ५५५० ट्याब्लेटसहित तीन जनालाई पक्राउ गरेको हो।

महरा मुद्दाको विस्तृत विवरण उच्च अदालतले माग्यो - 2019-11-22

काठमाडौ,(प्रस): उच्च अदालत पाटनले संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार गर्न खोजेको र प्रतिकार गर्दा हिंसा गरेको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरामाथिको अनुसन्धान देखि थुनामा राख्ने आदेशसम्मको विवरण माग्ने आदेश गरेको छ।

आदेशविरुद्ध महरा उच्च अदालत - 2019-11-21

काठमाडौ,(प्रस): कर्मचारीमाथि बलात्कारको प्रयास गरेको अभियोगमा कारागारमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले थुनामा पठाउने आदेशविरुद्ध निवेदन दर्ता गराएका छन् । जिल्ला अदालत, काठमाडौंको आदेश बदर गर्न माग गर्दै महराले उच्च अदालत, पाटनमा निवेदन दर्ता गराएका हुन् ।

द्धन्द्धपिडितसँग कमलामाईको अन्र्तक्रिया - 2019-11-21

सिन्धुली,(प्रस): कमलामाई नगरपालिकाले आज नगपालिका क्षेत्रका द्धन्द्धपिडित, सहिद तथा वेपत्ता परिवारजनसँग उनीहरुको विविकोपार्जनको विषयलाई लिएर आज अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

ट्याक्सी चढेर फर्किए मन्त्री बिष्ट - 2019-11-21

काठमाडौ,(प्रस): प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठन गरेपछि मन्त्रालय पुगेर कर्मचारीलाई धन्यवाद दिएका निवर्तमान श्रम मन्त्री गोकर्ण बिष्ट भाडाको ट्याक्सी चढेर निवास फर्किएका छन्।

सिराहा र सप्तरीका सबै पम्पहरु बन्द - 2019-11-20

सिराहा,(प्रस): नेपाल आयल निगमको प्रदेश १ कार्यालय विराटनगरले सिराहा र सप्तरीका सबै पम्पहरुमा तेल वितरण बन्द गरेको छ ।

उच्च अदालतका १५ जनाको नाम न्यायाधीशमा सिफारिस - 2019-11-20

काठमाडौ,(प्रस): न्यायपरिषदले उच्च अदालतका न्यायाधीशमा १५ जनाको नाम सिफारिस गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा बुधबार बसेको बैठकले उक्त नाम सिफारिस गरेको हो ।

पत्रकार भण्डारी पक्राउ - 2019-11-19

कञ्नपुर,(प्रस): कञ्नपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । अदालतको अवहेलनाको मुद्दामा जिल्ला अदालत कञ्चनपुरले सुनाएको फैसला कार्यान्वयनका क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मरेको कुखुराको मासु खाँदा किशोरीको मृत्यु - 2019-11-19

काठमाडौ,(प्रस): मरेको कुखुराको मासु खाँदा आज एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्चौंडी नगरपालिका–२ जरसौँका १५ वर्षीया पुष्पा पार्की रहेका छन् । मासु खाँदा एउटै परिवारका नौ जना बिरामी भएका छन् ।

सत्य निरुपणमा भट्ट, वेपत्तामा मल्लिक ! - 2019-11-18

काठमाडौ,(प्रस): सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका पदाधिकारीहरु सिफारिस गर्न बनेको समितिले ६१ जनाको नाम सार्वजनिक गर्दै उजुरी आह्वान गरेको छ । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा रहेको सिफारिस समितिले सोमबार सार्वजनिक सूचना निकालेर प्रतिक्रिया जनाउन पाँच दिनको समय दिएको छ । सार्वजनिक गरिएको नाममध्ये ५० जनाले आफैं आवेदन दिएका हुन् भने चार जनाको नाम विभिन्न संघ संस्थाबाट सिफारिस भएका हुन् ।

भारतीय मिडियामा प्रधानमन्त्री ओली - 2019-11-18

काठमाडौ,(प्रस): आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी क्षेत्रमा रहेका भारतीय सेना फिर्ता लैजान आग्रह गरे। पछिल्लो समय जम्मु कस्मिरलाई दुई केन्द्र शासित क्षेत्र बनाउन भारतले जारी गरेको राजनीतिक नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा पनि समावेश गरेपछि नेपालमा चर्को विरोध भइरहेको छ।

नगरप्रमुख विष्टद्धारा तीनलाखको चेक हस्तान्तरण - 2019-11-18

महेन्द्रनगर,(प्रस): भीमदत्त नगरपालिका मेयर सुरेन्द्र विष्टले आज विपन्न गरिबलाई निःशुल्क रगत उपलब्ध गराउने उद्देश्यका लागि नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कञ्चनपुर ३ लाख चेक हस्तान्तरण गर्नुभएको छ ।

विप्लव कार्यकर्ताद्धारा आत्मसमर्पण - 2019-11-14

काठमाडौ,(प्रस): नेत्रविक्रम चन्द समूहका एक विद्यार्थी नेताले बुधबार जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आत्मसमर्पण गरेका छन् । पार्टीको नीति राम्रो नभएको भन्दै ईश्वरपुर नगरपालिका–५ नरेशखोरका २२ वर्षीय राजीव महतोले आत्मसमर्पण गरेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।

आफन्तबाटै बेचिइन् १५ वर्षीय बालिका - 2019-11-14

काठमाडौ,(प्रस): काठमाडौँको एक होटलमा काम गर्दै गर्दा आफन्त पर्ने नुवाकोट सूर्यगढी गाउँपालिका–६ घर भई हाल ललितपुरको चापागाउँ बस्ने कान्छी तामाङ (सुनिता तामाङ) भन्ने कृष्णमाया लामाले बालिकालाई पढाई दिने प्रलोभनमा पारेर भारतमा बेचेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ ।

भारतीय च्यानल बन्द गर्न राष्ट्रिय अभियानको अपील - 2019-11-11

काठमाडौ,(प्रस): स्वतन्त्र राष्ट्रिय अभियान, नेपालले हाम्रो सार्वभौमिकता तथा अखण्डतामाथि पटक पटक आँच पुर्याउँदै आएको इण्डियाको सम्पूर्ण चलचित्र, सोसँग सम्बन्धित सम्पूर्ण गीत संगीत र समीक्षाका कार्यक्रमहरु समेत तत्काल रोक्न सबै चलचित्रालयहरुलाई अपील गरेको छ ।

डा. केसीलाई लिन सेनाको हेलिकप्टर डडेल्धुरामा - 2019-11-11

काठमाडौ,(प्रस): चिकित्सा क्षेत्र सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीलाई लिन नेपाली सेनाको हेलिकप्टर डडेल्धुरा पुगेको छ । तर केसीले भने आफू स्वस्थ रहेको भन्दै अनशन तोड्न र काठमाडौं जान इन्कार गरेका छन् ।

राप्रपाको जुलुस प्रदर्शन, नेताहरु पक्राउ - 2019-11-10

काठमाडौ,(प्रस): राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले सीमा रक्षाको माग गर्दै राजधानीमा विरोध प्रदर्शन गरेको छ।

उपप्रधानमन्त्री पोखरेल चीन प्रस्थान - 2019-11-10

काठमाडौ,(रासस): उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल छिमेकी चीनको उहानमा हुने सातौँ विश्व सैन्य खेलकूद प्रतियोगिता र बेइजिङमा हुने ‘बेइजिङ स्याङ्ग्सन फोरम’मा भाग लिन बिहीबार त्यसतर्फ प्रस्थान गरका छन्।

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले सम्वोधन गर्नुहुँदै - 2019-11-10

सिन्धुली(प्रस): सिन्धुलीगढीको २५२ औँ विजयोत्सवको अवसरमा आयोजित भव्य समारोहका बीच उपप्रधान तथा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले इतिहासले भविश्यको मार्ग निर्धारण गर्ने बताउँदै नेपाल एकिकरणको इतिहासमा व्रिटिस फौजलाई नेपाली सेनाले परास्तगर्दै सेनाले बीरता र वहादुरी प्रदर्शन गरेको बताउनु भएको छ ।

सिन्धुलीगढी युद्ध संग्राहालयको शिलान्यास - 2019-11-10

काठमाडौ,(प्रस): सिन्धुलीगढीको २५२ औँ विजयोत्सवको अवसरमा आयोजित भव्य समारोहका बीच उपप्रधान तथा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले सिन्धुलीगढी युद्ध संग्राहालयको शिलान्यास गर्नुभएको छ । सिन्धुली नेपाली सेनाकोे साढे चार करोड बजेटमा निर्माण हुने संग्राहालयको पोखरेलले शिलन्यास गरेका हुन् ।

सन्दर्भः सिन्धुलीगढी विजय उत्सव, नेपाली सेनाले ल्यायो युद्धकालिन तोप ! - 2019-11-09

दिपा भण्डारी, सिन्धुलीनेपाल माथि आक्रमण गर्न आएको इष्ट इण्डिया कम्पनीको अंग्रेज सेनालाई हराएको संझनामा सिन्धुलीमा विषेश कार्यक्रमका साथ २५२ औं सिन्धुलीगढी विजय उत्सव मनाइँदैछ । कमलामाई नगरपालिका कार्यालयको मुख्य आयोजनामा भएको कार्यक्रम २०७६ सा कार्तिक २४ गतेदेखी मनाउन थालिएको हो । राजधानी काठमाडौं कव्जा गर्ने सहज मार्गको रुपमा लिइने सिन्धुलीगढीलाई कव्जा गर्न आएका कप्तान किनलोकको फौजलाई घरेलु हतियारको सहायताले गोरखाली सेनाले परास्त गरेको इतिहास छ ।










Powered by: Exclusively Solution