राजनीति




आइफा अवार्ड गर्ने निर्णयबाट पछि हट्यो सरकार


काठमाडौ,(प्रस)
इन्टरनेशनल इन्डिया फिल्म अवार्ड (आइफा) कार्यक्रम काठमाडौंमा आयोजना गर्ने निर्णयबाट सरकार पछि हटेको छ। सरकारले नै निर्णय गरेर आयोजनाको संयोजन गर्ने जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी दिपकराज जोशीले तत्काल सबै तयारी रोक्ने निष्कर्षमा पुगेको जानकारी दिए।


संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले मंगलबार उक्त कार्यक्रम आयोजना नगर्न सरकारका नाममा निर्देशन दिएको थियो।

समितिको त्यही निर्देशन र जनभावनाको कदर गर्दै अवार्ड समारोहका लागि सुरू भएका सबै तयारी रोकिने जोशीले बताए।

'हामीले उक्त समारोहलाई पर्यटन प्रवर्द्धन तथा ब्रान्डिङको रूपमा लिएका थियौ तर संसदीय समिति तथा अन्य राजनीतिक तथा सामाजिक कारणले आयोजना अघि बढाउन उपयुक्त समय नठानेर रोक्ने निष्कर्षमा हामी पुगेका छौ,’ जोशीले  भने।

गत बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले काठमाडौं महानगरपालिका सहआयोजक हुनेगरी उक्त अवार्ड कार्यक्रम गरिने बताएका थिए।

अवार्ड अगष्ट अन्तिम साता आयोजना हुने भनिएको थियो।

अवार्ड समारोह आयोजना गर्नका लागि सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्डयनका राज्यमन्त्री धनबहादुर बुढाको संयोजकत्वमा उच्चस्तरीय समिति बनाएको थियो।

अवार्डमा आउने कलाकार, निर्देशक र, अन्य निम्तालुका लागि बस्ने व्यवस्था पर्यटन बोर्ड र महानगरले गर्ने बताइएको थियो। सबैगरी यो कार्यक्रममा नेपाल सरकाको १ अर्ब खर्च हुने अनुमान गरिएको थियो।

४० लाख अमेरिकी डलर नगद, सहभागीका लागि हवाइ टिकट,  होटल  तथा स्थानीय यातायातका नाममा २५ करोडसम्म खर्च हुने अनुमान थियो। त्यस्तै सुरक्षा तथा अन्य व्यवस्थापनमा पनि करोडौं खर्च हुने पर्यटन बोर्डको प्रक्षेपण थियो।

सरकारले नै खर्च गरेर अवार्ड गर्न लागिएको भन्दै जनस्तरबाट विरोध भएको थियो।




Related Pictures:













Related News:

परीक्षा बहिस्कार गरेर एमबिबिएस विद्यार्थी आन्दोलनमा - 2019-12-05

बलात्कृत बालिकाको उपचारमा लापरवाही - 2019-12-05

सिन्धुलीकी अनुपमाले जितिन् स्वर्ण - 2019-12-04

तीन वर्षसम्म किसानको भुक्तानी नदिनु बेइमानी: आपूर्तिमन्त्री - 2019-12-03

भ्रष्टाचार सामाजिक रुपमै संस्थागत हुन थाल्यो: प्रमुख आयुक्त - 2019-12-03





परीक्षा बहिस्कार गरेर एमबिबिएस विद्यार्थी आन्दोलनमा - 2019-12-05

काठमाडौ,(प्रस)विभिन्न पाँच वटा मेडिकल कलेजका विद्यार्थीले एमबिबिएस पहिलो वर्षको परीक्षा बहिस्कार गरे पनि त्यसबाट उत्पन्न परिस्थितबारे सरकार निष्कृय देखिएको छ। मेडिकल कलेजले गैरकानुनी रूपमा उठाएको शुल्कको विषयलाई लिएर बिहीबार राजधानीबाहिर चितवन, युनिभर्सल, गण्डकी, जानकी र नेसनल मेडिकल कलेजका विद्यार्थीले परीक्षा बहिस्कार गरेका थिए।

भ्रष्टाचार सामाजिक रुपमै संस्थागत हुन थाल्यो: प्रमुख आयुक्त - 2019-12-03

प्रदेस संवाददाता, बुटवलअख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले भ्रष्टाचार सामाजिक रुपमै संस्थागत हुँदै गएको बताएका छन्। भ्रष्टाचार नियन्त्रण एवं सुशासन प्रवद्र्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रदेश सरकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख आयुक्त घिमिरेले भ्रष्टाचार राज्यको प्रणाली र उपप्रणालीको रुपमा विकास हुँदै गएको बताएका हुन्।

बिस्फोटक पदार्थ खरिद गर्दा सेनालाई विवरण दिन निर्देशन ! - 2019-12-02

विभिन्न व्यवसायी र ठेकेदाहरुसँग चन्दा असुली गर्ने क्रम जारी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाएको सरकारले उसका हिंसात्मक भनिएका गतिविधीलाई नियन्त्रण गर्नका लागि सुरक्षा व्यवस्थालाई थप कडाई गर्दै लगेको देखिएको छ । संयुक्त राज्य अमेरिकाले यसका गतिवधीलाई घरेलु आतंकवादको संज्ञा दिंदै नेपाल कम्युनिष्ट पार्टीलाई घरेलु आतंकवाद किटानगर्दै समयमैं नियन्त्रण गर्न नसके यसले नेपालमा मात्रै नभएर दक्षिण एशियामैं संकट उत्पन्न गर्ने बताएपछि नेपाल सरकारले विप्लवको हिंसात्मक गतिविधीलाई मसिनो ढंगले नियन्त्रणमा लिने अभियाननैं थालेको हो ।

नेकपाको प्रदेशले तोक्यो सिन्धुली जिल्ला कमिटी बैठक - 2019-12-02

सिन्धुली: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ३ नम्वर प्रदेश कमिटिले दुई पार्टीको एकतापछि हालसम्म पनि पूर्ण वैठक बस्न नसकिरहेका बेला प्रदेश अन्र्तगतका जिल्ला कमिटीहरुको बैठक राख्न निर्देशन जारी गरेको छ । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रको एकतापछि गठित जिल्ला कमिटीहरुको पूर्ण बैठक एक पटक पनि नबसेका बेला प्रदेश कार्यालयले मितिनैं तोकेर बैठक राख्न निर्देशन दिएको हो । प्रदेश इन्चार्ज नारायण दाहालले हस्ताक्षर गरेको पत्रमा जिल्ला पार्टी कमिटीको कार्ययोजना बनाई पूर्ण बैठकमा पेश गर्न भनिएको छ ।

प्रधानमन्त्री ओलीको भिडियो सन्देश - 2019-12-02

काठमाडौ,(प्रस): मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सम्बोधनमार्फत आफ्नो स्वास्थ्यबारे जानकारी दिएका छन् । उनले आफू उठेर बोल्न, साथीहरु सँग कुरा गर्न सक्ने अवस्थामा रहेको बताएका छन् । उनको मगलबार एपेण्डिसाइटिसको अप्रेसन गरिएको थियो ।

३७ जिल्लाका ५३७ मतदान केन्द्रमा शान्तिपूर्वक मतदान हुँदै - 2019-11-30

काठमाडौ,(प्रस): प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र पालिकाका रिक्त ५२ पदका लागि मतदान सुरु भएको छ । निर्वाचन आयोगका अनुसार ३७ जिल्लाका २४७ मतदान स्थल र ५३७ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदान बेलुकी ५ बजेसम्म चल्नेछ । मतदानका लागि सुरक्षाको भरपर्दो व्यवस्था मिलाइएको हुँदा कुनै शंका, डर र त्रासमा नपरी निर्धक्क भएर मतदानमा सरिक हुन निर्वाचन आयोगले सबैसँग आग्रह गरेको छ ।

समितिले नयाँ नक्सा सार्वजनिक गर्न दिएको निर्देशन अलपत्र ! - 2019-11-29

काठमाडौ,(प्रस): राज्य व्यवस्था समितिले भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई २५ कात्तिकमै निर्देशन दिएको तियो । तर नयाँ नक्सा सार्वजनिक गर्न दिइएको निर्देशन अलपत्र भएको छ ।

कालापानी स्थलगत अध्ययनमा जाने निर्णय अलपत्र - 2019-11-29

काठमाडौ,(प्रस): भारतले सीमा अतिक्रमण गरेको कालापानी क्षेत्रको अनुगमनमा जाने संसदको राज्य व्यवस्था तथा सुशासन समितिको निर्णय अलपत्र परेको छ । भारतले नेपाली भूभाग कालापनी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नक्सामा समोवश नेपालमा विरोध भइरहेको छ ।

प्रधानमन्त्रीले स्वास्थ्य लाभ गर्नेहरूलाई दिए ट्वीटरबाट धन्यवाद - 2019-11-28

काठमाडौ,(प्रस): अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निजी ट्वीटर ह्यान्डलबाट स्वास्थ्य लाभ गर्नेहरूलाई धन्यवाद दिएका छन्। ‘बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु। यतिबेला मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ। स्वास्थ्य स्थितिबारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ प्रधानमन्त्रीले लेखेका छन्।

प्रधानमन्त्री ओलीकै अनुपस्थितिमा त्रिवि सिनेट बैठक बस्दै - 2019-11-28

प्रदेस संवाददाता, काठमाडौंत्रिभुवन विश्वविद्यालयले सिनेट बैठक बोलाएको छ। कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारत छन्। तर उनको अनुपस्थितिमा सिनेट बैठक बस्न लागेको हो। त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले प्रधानमन्त्रीकै सहमतिमा सिनेट बैठक डाकिएको जानकारी दिए।

सभामुख कृष्णबहादुर महरालाई बाबुरामले सम्झे - 2019-11-27

दाङ पुगेका समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सम्झेका छन्। तत्कालीन नेकपा माओवादीका तर्फबाट २०६० साल साउन ३२ देखि भदौ २ गतेसम्म वार्ता गरेको हापुरेस्थित घरमा बुधबार पुगेका भट्टराईले त्यहाँ राखिएका फोटो हेरेपछि महराको सम्झना आएको उल्लेख गरेका छन्।

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार - 2019-11-27

काठमाडौ,(प्रस): प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ। प्रधानमन्त्री ओलीलाई भर्खरै मात्र भेन्टिलेटरबाट हटाइएको अस्पताल श्रोतले बताएको छ। 'भर्खरै मात्र भेन्टिलेटर हटाइएको छ',अस्पताल श्रोतले भन्यो,'प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ।' त्रिवि शिक्षण अस्पताल स्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो।

कांग्रेस सभापति देउवाले भने- भारतले नेपालमाथि पाकिस्तानलाई जस्तै व्यवहार गर्‍यो - 2019-11-26

नवराज दाहाल, विराटनगरनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले नेपालमाथि पाकिस्तानलाई जस्तै व्यवहार गरेको टिप्पणी गरेका छन् । कालापानी र सुस्ता क्षेत्रलाई विवादित भूमि भनेर मानेको तर अचानक नेपाली भूभागलाई आफ्नो नक्सामा पारेको उनले बताए । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै देउवाले भने, कालापानी र सुस्ता विवादास्पद ठाउँ हो भनेर उनीहरुले मानेका हुन् ।

कानुन मन्त्रालयको जिम्मेवारीले आफूलाई थप अनुभवी बनाउने: उपेन्द्र यादव - 2019-11-25

प्रदेस संवाददाता, काठमाडौंउपप्रधान, कानुन तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले मन्त्रालय पुगेर कार्यभार सम्हालेका छन्। यादव सोमबार दिउँसो सिंहदरबारस्थित मन्त्रालय पुगेका हुन्। उनलाई कर्मचारीले स्वागत गरेका थिए। यादवले मन्त्रिमण्डल पुनर्गठन गर्ने अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भएको प्रतिक्रिया दिएका छन्। कानुन मन्त्रालयको जिम्मेवारीले आफूलाई थप अनुभवी बनाउने उनले बताए।

मन्त्री पदलाई युद्धकै मोर्चा : उद्योगमन्त्री लेखराज भट्ट - 2019-11-25

काठमाडौ,(प्रस): उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मन्त्रालयको कामलाई युद्धकै मोर्चाको रुपमा लिएको बताएका छन् । पाँचौं उद्योग दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले भने ‘युद्धको मोर्चाको रुपमा मन्त्रालय पाएका छौं, । हामीलाई युद्ध हार्ने छुट छैन । उद्योगीका समस्या गम्भीरतापूर्वक लिने र अध्ययन गर्ने बेला हो । अहिले बोल्ने बेला भएको छैन, चार दिनमात्रै भयो ।’

सरकारसँग असन्तुष्ट हुनुपर्ने कुनै कारण छैन: मन्त्री जम्कट्टेल - 2019-11-25

काठमाडौ,(प्रस): प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले संघीय सरकारसँग ‘टसल’ गरेर जाने पक्षमा आफु नरहेको बताएका छन् । राष्ट्रिय दलित पत्रकार संघ, नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारका लागि आवश्यक कानुनहरुको निर्माणको कामलाई अघि बढाएकाले संघीय सरकारसँग असन्तुष्ट हुनुपर्ने कुनै कारण नरहेको बताए ।

श्रमिक जनता र देशका लागि जुनसुकै सङ्घर्ष र बलिदान गर्न तयार छौँ : विप्लव, महासचिव- नेपाल कम्युनिष्ट पार्टी - 2019-11-24

पार्टीले सङ्गठनका क्षेत्रमा केही ठूलाखालका क्षतिहरू बेहोरेको छहामीले जनयुद्ध लडेको, क्रान्ति छेडेको त उत्पीडित वर्ग, समुदाय र देशको पूर्ण स्वाधीनताका लागि हो । एउटा लुटेराको सट्टा अर्को लुटेरालाई, एउटा ठगको ठाउँमा अर्को ठगलाई, एउटा हत्याराको सट्टा अर्को हत्यारालाई, एउटा दलालको सट्टा अर्को दलाललाई, एउटा चोरका ठाउँमा अर्को डाँकालाई सत्तामा विराजमान गराउन होइन नि । सामन्तवाद गएर जनगणतन्त्र स्थापना गर्ने भनेकोमा दलाल पुँजीवादी गणतन्त्र खडा भएपछि यो गणतन्त्र श्रमिक जनताको रक्षा र समृद्धि गर्ने गणतन्त्र भएन, दलाल पुँजीपति वर्गको रक्षा र समृद्धि गर्ने गणतन्त्र भयो । यो सङ्घीयता उत्पीडित समुदायको सङ्घीयता नभएर दलाल पुँजीपतिहरूको सङ्घीयता भयो । सयौँ वर्षदेखि दबिएका र शोषित भएका श्रमिक जनता त अहिले पनि शोषित, उत्पीडित नै छन् । विषेश अन्र्तवार्ता....

कांग्रेसका सभापति देउवाले भने-भारतले ओलीसँग सल्लाह गरेर नक्सा छापेको हो - 2019-11-23

‘ओलीको राष्ट्रवाद कालापानीमा लम्पसारवाद भएको छ। ओली राष्ट्रवादी पनि होइन’मुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेर भारतले नक्सा छापेको आरोप लगाएका छन्। भारतले नेपालका भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक नयाँ राजनीतिक नक्सामा समावेश गरेपछि नेपालमा विरोध भइराखेको छ। सरकारले सीमा मिचिएकोबारे अध्ययन गर्न पनि समिति बनाउने निर्णय गरिसकेको छ।

फौजदारी अभियोग खेपिरहेकालाई मन्त्री बन्न 'छुट' ! - 2019-11-22

काठमाडौ,(प्रस): बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुर्नगठन गरे । जसमा ६ मन्त्री र ३ राज्यमन्त्री गरी ९ जना नयाँ अनुहार आए । त्यतिनै सङ्ख्यामा मन्त्री र राज्यमन्त्री बिदाइ भए । कार्यसम्पादनमा कमजोरसँगै आशा लाग्दा अनुहारलाई समेत बिदाइ गरेको भन्दै प्रधानमन्त्री ओलीको आलोचना हुन छाडेको छैन । यस्तो आलोचना स्वयम् नेकपाकै नेता कार्यकर्ताले बढि गरिरहेका छन् । बुधबार मन्त्रीमण्डल पुनर्गठनमा परेका ९ मन्त्रीमध्ये एक नयाँ अनुहार हुन् महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङ ।

नेपाललाई आधुनिक, विकसित र सम्पन्न राष्ट्र बनाइने छः प्रधानमन्त्री ओली - 2019-11-22

राजनैतिक व्यूरो, काठमाडौप्रधानमन्त्री केपी शर्मा ओलीले अब छोटो समयभित्र नेपाललाई आधुनिक, विकसित र सम्पन्न राष्ट्र बनाइने दावी गरेका छन्। काठमाडौँ विश्वविद्यालय (केयू)का कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले आज धुलिखेलमा केयूको २५औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै अरुले बनाइदिने नभई नेपालीले नै नेपाल बनाउने बताए।

वर्तमान सरकार असफल भएको पुष्टि: विश्वप्रकाश शर्मा - 2019-11-21

सुनसरी,(प्रस): नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकार असफल भएको बताएका छन् । नेपाल प्रेस युनियन धरान सुनसरीले धरान उपमहानगरपालिकामा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिलेको वर्तमान सरकारका मन्त्रीहरुले राम्रोसँग काम गर्न नसकेका कारण मन्त्रिमण्डल पुनर्गठन भएकाले वर्तमान सरकार असफल भएको पुष्टि बताए ।










Powered by: Exclusively Solution