राजनीति




अमेरिकी नागरिकलाई नेपाल सरकारले फिर्ता पठाइएको घटनाले दूतावास मर्माहत


प्रदेस संवाददाता, काठमाडौं
अमेरिकी राजदूतावासले नेपाल सरकारले आफ्ना नागरिक पेम्पा छिरिङ माथि गरेको व्यवहारबाट आफूहरू मर्माहत भएको बताएको छ। शनिबार नेपाल आएका अमेरिकी नागरिक पेम्पा छिरिङलाई त्रिभुवन विमानस्थलमा अध्यागमन कार्यालयले नियन्त्रणमा लिएको थियो। नेपालस्थित चिनियाँ दूतावासले गरेको आग्रहअनुसार अध्यागमन कार्यालयले पेम्पालाई पक्रेको हो।


काठमाडौंस्थित चिनियाँ दूतावासले भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बती धर्मगुरु दलाई लामाले बनाएको सरकारमा सभामुख भइसकेका पेम्पा छिरिङ नामका व्यक्तिलाई नेपाल प्रवेश रोक्न आग्रह गरेको थियो।

नेपाल एक चीन नीतिमा प्रतिवद्ध भएकाले अध्यागमन कार्यालयले छिरिङलाई कालो सूचीमा राखेको छ।

तर शनिबार नेपाल आउन लागेका छिरिङ दलाई लामाको सरकारका सभामुख नभएर अमेरिकी नागरिक थिए।

उनको नाम उस्तै थियो, उमेर पनि लगभग मिल्थ्यो। त्यही आधारमा  अध्यागमन अधिकारीले पेम्पा छिरिङलाई नियन्त्रणमा लिए र केही घन्टा पुछताछ गरेपछि फिर्ता पठाइदिए।

सोही घटनाप्रति काठमाडौंस्थित अमेरिकी दूतावासले गम्भीर चासो देखाउँदै घटनाबाट मर्माहत भएको जनाएको हो।

दूतावासकी प्रवक्ता एन्डी डी आर्मेन्टले भनिन्- विदेशी सरकारको अनुरोधअनुसार नेपाल आउन चाहने अमेरिकी नागरिकलाई नेपाल सरकारले फिर्ता पठाइदिएको घटनाले दूतावास मर्माहत भएको छ।

उनले घटनाबारे नेपाल सरकारसँग  थप तथ्यहरू संकलन गरिरहेको पनि जानकारी दिइन्।

‘यो विशेष घटनाको तथ्यबारे हामीले नेपाल सरकारसँग प्रष्ट पार्न भनेका छौं,’ उनले भनिन्,‘ के नेपाल आउन चाहने अमेरिकी नागरिकले कुनै विदेशी सरकारहरूबाट स्वीकृति लिनुपर्ने हो?’





Related Pictures:













Related News:

Krishna H Pushkar - 2019-07-21

- 2019-07-21

कम्मरमा २ किलो सुन ! - 2019-07-21

हत्या आरोप लागेपछि एक महिनादेखि ३ वडाअध्यक्ष फरार - 2019-07-21

नोबल मेडिकल कलेजमा नाराबाजी - 2019-07-21





- 2019-07-21

सरकारले एकातिर विप्लव समूहसँग भित्रभित्रै वार्ता गरिरहेको छ, अर्कातिर यही बेला उपत्यका ब्युरो इञ्चार्ज माइला लामालाई पक्राउ गरिएको छ । वार्ताका लागि प्रयोग गरिएका सूत्र मध्येकै एक रहेका लामा पक्राउ परेपछि विप्लव समूहभित्र तरंग उत्पन्न भएको छ ।

साझा पार्टीको केन्द्रीय समिति विस्तार - 2019-07-21

काठमाडौ,(प्रस)साझा पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ । पार्टीले आफ्नो २६ सदस्यीय केन्द्रीय समितिमा सात जना नयाँ सदस्य थप गरेको हो । आइतबार पार्टीको केन्द्रीय कार्यालय, बखुण्डोलमा बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो ।

कांग्रेसले ७ वटै प्रदेशमा प्रशिक्षण सञ्चालन गर्ने - 2019-07-21

काठमाडौ,(प्रस) नेपाली कांग्रेसले सात वटै प्रदेशमा प्रशिक्षण सञ्चालन गर्ने भएको छ । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले महाधिवेशन प्रतिनिधिका लागि साउन १६ गतेदेखि दुई दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

नेकपा सचिवालय बैठकले लगायो इन्चार्ज र सहइन्चार्जको टुंगो - 2019-07-21

प्रदेस संवाददाता, काठमाडौं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले निकै लामा रस्साकस्सीपछि ७७ जिल्ला र ६ महानगरपालिकाको इन्चार्ज र सहइन्चार्ज टुंगो लगाएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले इन्चार्ज र सहइन्चार्ज टुंगो लगाएको हो । नेताबीच सहमति नजुट्दा लामो समयदेखि इन्चार्ज र सहइन्चार्ज टुंगो लाग्न सकेको थिएन् ।

आत्मसुरक्षाका लागि विस्फोटक पदार्थ बोक्दा सिंहको मृत्यु भयो : विप्लव समूह - 2019-07-19

काठमाडौ,(प्रस): नेत्रविक्रम चन्द (नेकपा) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कैलालीको धनगढीस्थित निलम होटल परिसरमा बिहीबार साँझ भएको बम विस्फोटको जिम्मेवारी लिएको छ। विप्लव समूहका सेती-महाकाली ब्यूरोका ईञ्चार्ज निर्माणले शुक्रबार विज्ञप्ति निकालेर बम बिस्फोटमा पार्टीका सदस्य रामबहादुर सिंह (राजेश) को मृत्यु भएको उल्लेख गरेका छन्।

पूर्वएमालेतर्फका शक्तिशाली सचिवालय सदस्यले पाए नेकपामा रोजेको विभाग - 2019-07-19

पूर्वमाओवादीले आर्थिक र प्रचार विभागमा एउटामा पनि नेतृत्व छान्न सकेननेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रका महत्वपूर्ण छ विभागमध्ये चार विभागले प्रमुख पाएको छ। पूर्वएमालेको भागमा परेको संगठन विभाग, स्कुल विभाग, विदेश विभाग र नीति तथा प्रतिष्ठान विभागको प्रमुख तोकिएको हो। बिहीबार राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पूर्वएमालेका तर्फका सचिवालय सदस्यको बैठकले सचिवालय सदस्य बामदेव गौतमलाई संगठन विभागको जिम्मेवारी दिने सहमति गरेको हो।

राष्ट्रपति निकोलस मडुरोका छोरा नेपालमा - 2019-07-15

काठमाडौ,(प्रस): दक्षिण अमेरिकी मुलुक भेनेजुयलाका राष्ट्रपति निलोकस मडुरोका छोरा निकोलस मडुरो गुयरा नेपाल आएका छन्। उनी १५ सदस्यीय टोलीको नेतृत्व गर्दै शनिबार नेपाल आइपुगेका हुन्। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको युवा भातृ संगठनको कार्यक्रममा सहभागी हुन गुयरा नेपाल आएका हुन्।

संसद बैठक स्थगित, प्रतिपक्ष आक्रोशित, सत्तापक्ष बेखबर - 2019-07-15

सभामुखलाई 'कसैले तर्साए: देउवा-संसदमा छलफल आवश्यक: योगेश भट्टराई, प्रतिनिधिसभाको बैठक सोमबार एक साताका लागि स्थगित भयो। संघीय संसदका महासचिव मनोहर प्रसाद भट्टराईले 'बाढी, पहिरो र डुबान पीडितलाई सहयोग, समन्वय र अनुगमन गर्नुपर्ने भएकाले सांसदहरू जिल्ला जानुपर्ने भन्दै बैठक स्थगित भएको' सूचना टाँसिदिए। तर सूचना आउनुअघि नै सांसदहरू १ बजेको बैठकका लागि बानेश्वरस्थित प्रतिनिधिसभा पुगिसकेका थिए।

बाढी र डुवान प्रभावित क्षेत्रमा हेलिकोप्टरबाट खाद्यान्न र औषधी पठाइयो - 2019-07-14

प्रदेस संवाददाता, काठमाडौंबाढी र डुवान प्रभावित क्षेत्रमा सरकारले हेलिकोप्टरबाट खाद्यान्न र औषधी पठाउन थालेको छ । धनुषाको जनकनन्दिनी गाउँपालिकाको ९ वटा बस्तीका लागि हेलिकोप्टरबाट खाद्यान्न र औषधी ढुवानी भएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रीले पत्रकारलाई भने - क्यामरा बन्द गर्नुस् - 2019-07-14

काठमाडौ,(प्रस)भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आइतबार मन्त्रालयमै आयोजित एक कार्यक्रमको भिडिओ खिच्न सञ्चार माध्यमहरूलाई रोक लगाएका छन्। कानुन मार्फत् मिडियामाथि अकुंश लगाउने प्रयास गरिएको भन्दै सरकारको चर्को आलोचना भइरहेको छ।

बाढी र पहिरोमा परी देशभर मृत्यु हुनेको संख्या ३४ पुग्यो - 2019-07-13

प्रदेस संवाददाता, काठमाडौंअविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ । शनिबार साँझसम्म ललितपुरमा ५ जना, भोजपुरमा ४ जना, काठमाडौं, मकवानपुर, खोटाङ र काभ्रेमा ३/३ जना, धादिङ र सिन्धुलीमा २/२ जना तथा पाल्पा, ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा एकएक गरी ३४ जनाको मृत्यु भएको छ ।

कोशी ब्यारेजका ढोका बन्द गर्न भारतको दबाव - 2019-07-13

नवराज दाहाल, विराटनगरअविरल वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । शनिबार दिउँसोसम्म कोशी ब्यारेजमा दुई लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए । अहिले ५६ मध्ये ४१ ढोका खोलिएको छ ।

प्रदेश २ सरकारले मृतक परिवारलाई ३ लाख दिने - 2019-07-13

काठमाडौ,(प्रस): प्रदेश नं. २ को सरकारले बाढी पहिरोले मृत्यु भएका मृतकका परिवारलाई ३/३ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ। शनिबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले राहत र उद्धारलाई निरन्तरता दिँदै मृतक परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो।

नेपाली कांग्रेसमा संगठन संरचनात्मक बहसः पार्टी ‘नियन्त्रणमुखी’ बनाउने कि खुला ? - 2019-07-12

काठमाडौ,(प्रस): नेपाली कांग्रेसमा संगठन संरचनात्मक स्वरुपलाई लिएर नयाँ बहस सुरु भएको छ, कम्युनिस्टसँग प्रतिस्पर्धा बनाउने कस्तो पार्टी बनाउने ? चुनावपछि पार्टीमा अराजकता देखिएको निष्कर्षसहित संस्थापन पक्षले अनुशासनमा कडाइ गर्न चाहेको छ, भ्राृत तथा शुभेक्षुक संगठनलाई पार्टीमुख बनाउन चाहेको छ । केन्द्रीय कार्यसमितिमा प्रस्तुत नियमावलीमा पनि त्यस्तै प्रस्ताव आएको छ ।

कांग्रेस महामन्त्रीको गाडी फस्यो - 2019-07-12

काठमाडौ,(प्रस): नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला चढेको गाडी टेकुको बागमती सडक कोरिडोरमा फसेको छ। अविरल वर्षासँगै टेकु पुलमूनि संकलन भएको पानीमा शुक्रबार कोइराला चढेको गाडी फसेको हो। त्रिपुरेश्वरतर्फबाट पार्टी केन्द्रीय कार्यालय सानेपा जाँदै गरेका कोइराला पानीमा गाडी रोकिएपछि नजिकैको चिया पसलमा केहीबेर बिताएका थिए।

कुमारको हत्या नियोजित : परिवार - 2019-07-12

काठमाडौ,(प्रस): दोहोरो भीडन्तमा मारिएका भनिएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको परिवारले पौडेललाई नियोजित रुपमा नियन्त्रणमा लिएर हत्या गरिएकोे बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै परिवारले पौडेलको षड्यन्त्रपुर्वक हत्या गरिएको दाबी गरेको हो ।

माधव नेपाल र श्रीलंकाली नेताहरुबीच भेटघाट - 2019-07-12

काठमाडौ,(प्रस): श्रीलंका भ्रमणमा रहेका नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले त्यहाँका शीर्ष नेताहरुसँग भेटघाट गरेका छन् । उनी श्रीलंका कम्युनिस्ट पार्टीद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा भाग लिन कोलम्बो पुगेका थिए। विहीबार वरिष्ठ नेता नेपाल र श्रीलंकाका प्रधानमन्त्री रनिलविक्रम सिंगे, सभामुख करु जयासूर्या, पूर्वराष्ट्रपति महिन्द्रा राजापाक्ष, श्रीलंका कम्युनिस्ट पार्टीका अध्यक्ष राजाको लुरलगायतसँग भेटघाट भएको थियो ।

कांग्रेसलाई सञ्चारमन्त्रीको प्रश्न : दिनभरि वीपी, रातभरि विप्लव हो ? - 2019-07-11

कुमार पौडेलको मृत्युको छानवीन गर्न संसदीय समिति बनाउन नसकिनेसरकारले नेकपा विप्लव समूहको हिंसाबारे प्रमुख प्रतिपक्षको धारणा माग गरेको छ । हिंसा गर्ने विप्लव समूह र हिंसा नगर भन्ने सरकारलाई एउटै नजरले हेर्ने हो भने कांग्रेस बेलैमा स्पस्ट हुनुपर्ने सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोलुक बास्कोटाले बताए ।

विषादीबारे मन्त्रिपरिषदको पछिल्लो निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश - 2019-07-10

राजनैतिक व्यूरो, काठमाडौनेपालमा आयात हुने तरकारी तथा फलफूलमा विषाादी परीक्षण नगर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले मन्त्रिपरिषदको १८ असारको निर्णय कार्यान्वयन नगर्न भनेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २ असारमा नेपाल आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने गरी ‘निकासी पैठारीसम्बन्धी आदेश’ राजपत्रमा प्रकाशित गरेको थियो ।

आफ्नै विद्यार्थी संगठन द्धारा सरकारको आलोचना - 2019-07-06

प्रदेस संवाददाता, काठमाडौंसत्तारुढ नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले भारतबाट आउन हुने फलफूल तथा तरकारीमा विषादी परक्षिण गर्ने निर्णयबाट पछाडि हटेकोमा सरकारको आलोचना गरेको छ । कार्यबाहक अध्यक्ष रञ्जित तामाङले शनिबार विज्ञप्ति जारी गर्दै सरकारको निर्णय संविधान विपरित भएको बताएका छन् ।

कांग्रेस मिशन र भिजनका साथ अघि बढ्छ: पौडेल - 2019-07-06

चितवन,(रासस): नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मिशन र भिजनका साथ पार्टी अघि बढ्नुपर्ने बताएका छन्। नेपाल विद्यार्थी संघ वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरले शनिबार गरेको एक दिने प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै उनले अहिले राजनीतिप्रति जनतामा वितृष्णा बढ्दै गएको विचार व्यक्त गरे।










Powered by: Exclusively Solution