क्राइम स्टोरी




इञ्जिनियर १ लाख घुससहित पक्राउ


इटहरी,(प्रस):
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीले घुससहित गाउँपालिकाका इञ्जिनियरलाई रंगेहात पक्राउ गरेको छ । सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनीयर विकास श्रेष्ठलाई अख्तियारको टोलीले घुससहित बिहीबार बिहान पक्रेको हो ।

arrestको लागि तस्बिर परिणाम

आयोग इटहरीबाट प्रहरी नायब उपरीक्षक श्याम सारुख मगरको नेतृत्वमा खटिएको टोलीले झोलुङ्गेपुल निर्माण सम्पन्न भइसकेको पुलको बिल भुक्तानी गर्ने विषयमा रु एक लाख घुस लिएको आरोपमा उनलाई पक्राउ गरेको आयोगको इटहरी कार्यालयका प्रमुख महेश आचार्यले जानकारी दिए ।

कुन ठाउँको झोलुङ्गेपुल रहेको भने खुलाइएको छैन । उक्त टोलीले झोलुङ्गेपुल निर्माण गरेको र बिल भुक्तानी गर्ने विषयमा रु एक लाख घुससहित गाउँपालिकाका इञ्जिनीयर श्रेष्ठलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।




Related Pictures:













Related News:

समाजवादी पार्टीले संविधान दिवसमा दीपावली नगर्ने - 2019-09-16

कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित - 2019-09-16

उत्तर कोरियालाई आफ्नो लगानी फिर्ता लैजान नेपाल सरकारको निर्देशन - 2019-09-16

वार्तामा वोलाएर सिंहदरवारबाटै पत्रकारहरु पक्राउ - 2019-09-16

चावहिलको शव जलाउने घाटमा नाराबाजी - 2019-09-15





गोलढुंगामा गोली चल्यो, गुण्डागर्दीमा संलग्न गुरुङ पक्राउ - 2019-09-13

काठमाडौ,(प्रस): काठमाडौंको गोलढुंगा, फुलबारीमा गोली चलेको छ । खोजी सूचीमा रहेका साजन गुरुङ उर्फ नजोकलाई पक्राउ गर्ने क्रममा गोली चलेको हो । महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले घटनाबारे पुष्टि गरेका छन् । उनले भने, ‘हामीले उनलाई उपचारका लागि ट्रमा सेन्टरमा ल्याइरहेका छौं ।’

क्राइम स्टोरी: बर्दिबासमा सेनाको गणभित्रै महिलाको शव ! - 2019-09-07

क्राइम व्यूरो, महोत्तरी बर्दिवास नगरपालिका ८ बिजय बस्ती नजिकै रहेको नेपाली सेनाको मध्य पुर्वी पृतनाको काली सिद्घि गणभित्र एक महिलाको शब फेला परेको छ । मृतक महिलाको पहिचान खुल्न सकेका छैन् । अन्दाजी ३५ बर्षिकी ति महिलाको शरीरका बिभिन्न भागमा चोट लागेको देखिन्छ ।

राजधानीको माछापोखरीबाट पेस्तोलसहित सात जना पक्राउ - 2019-09-07

क्राइम व्यूरो,काठमाडौंप्रहरीले पेस्तोल र गोलीसहित काठमाडौंको माछापोखरीबाट सात जनालाई पक्राउ गरेको छ। शनिबार अपरान्ह ४ बजे प्रहरीले गुण्डागर्दीमा संलग्न रहेका सात जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए।

१७ वर्षीया किशोरीलाई सामुहिक बलात्कार - 2019-08-29

काठमाडौ,(प्रस)प्रहरीले सामुहिक बलात्कारमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गजुरी-१ का २३ वर्षीय रविन श्रेष्ठ छन् । प्रहरीका अनुसार दैलेख घर भएकी १७ वर्षीया किशोरीलाई श्रेष्ठसहित धादिङकै ३० वर्षीय मदन थापा मगरले बलात्कार गरेका थिए । मगर भने पक्राउ परेका छैनन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

१० हजार घुस रकमसहित बर्दियाका सहायक वन अधिकृत पक्राउ - 2019-08-23

बर्दिया,(प्रस)बर्दियास्थित बाँसगढी सव डिभिजन कार्यालयका सहायक वन अधिकृत अनिलकुमार गुप्ता १० हजार घुस रकमसहित पक्राउ परेका छन्।

गेष्ट हाउसमा दुई युवायुवती मृत फेला - 2019-08-21

काठमाडौ,(प्रस)नयाँ बसपार्कस्थित मोरङ पर्वत गेस्ट हाउसमा बसेका एक जोडी युवायुवती मृत अवस्थामा फेला परेका छन्। कोठा नम्बर १११ मा बसेका चितवनका यमबहादुर मगर र मकवानपुरकी सबिना बजगाईं बुधबार मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

बैंकबाट निकालेकोे ३ लाख पेस्तोल देखाएर लुटियो - 2019-08-20

कपिलवस्तु,(प्रस)तौलिहवामा बैंकबाट निकालेकाे ३ लाख रुपैयाँ पेस्तोल देखाएर लुटिएको छ । बुद्धभूमि नगरपालिका वडा नम्बर १० विजगौरीका कुबेर धोवीकाे रकम लुटिएको हो ।

सालिकराम मृत्यु प्रकरण : २ जनाको बयान सकियो, रविको भोलि - 2019-08-19

चितवन ,(प्रस)पत्रकार सालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका २ जनाको बयान सकिएको छ। राति साढे ७ बजे युवराज कँडेल र अस्मिता कार्कीको बयान सकिएको जनाइएको छ। स्रोतका अनुसार सरकारी वकिलको कार्यालयमा उनीहरूको बयान लिइएको थियो। दिउँसो अस्मिताकोे बयान लिइएको थियो। रवि लामिछानेको भने भोलि मात्रै बयान लिइने स्रोतले जनाएको छ।

चितवनमा प्रहरी कार्यालयमा ढुंगामुढा, ५ प्रहरी घाइते - 2019-08-16

चितवन,(प्रस)जिल्ला प्रहरी कार्यालय चितवनमा शुक्रबार साँझ ढुंगामुढा भएको छ । प्रहरी चौकी बाहिरबाट ठूलो समूहले चौकीभित्र ढुंगा, मुढा र रड प्रहार हुँदा ५ जना प्रहरी घाइते भएका चितवनमा प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए ।

पत्रकार पुडासैनीको आत्महत्या प्रकरणमा रवि लामिछाने पक्राउ - 2019-08-15

काठमाडौ,(प्रस)न्यूज २४ टेलिभिजनको कार्यालयबाट संचारकर्मी रवि लामिछाने पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर, महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले लामिछानेलाई न्युज २४ को कार्यालयबाटै पक्राउ गरिएको परिसरका प्रहरी उपरीक्षक अशोक सिंहले बताए। उनका अनुसार पक्राउपछि चितवनबाट आएको प्रहरी टोलीलाई जिम्मा लगाइएको छ।

क्राइम स्टोरी: कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्रीलाई पक्राउ गर्न उच्च अदालतको आदेश - 2019-08-13

काठमाडौ,(प्रस)फर्जी बैंक ग्यारेन्टी गर्दा जमानी बसेका कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री खड्गबहादुर खत्रीलाई तीन दिनभित्र पक्राउ गरी उपस्थित गराउन उच्च अदालत पाटनले आदेश दिएको छ। कृषि विकास बैंक रत्नपार्क जाहेरवाला रहेको बैंकिङ कसुर मुद्दामा मन्त्रीकै नाम प्रतिवादी कायम भई आएपछि उनलाई पक्राउ गरी अदालत ल्याउन आदेश जारी भएको उच्च अदालतले जनाएको छ।

क्राइम स्टोरी: विर्तामोडको वडा कार्यालयमा बम विस्फोट - 2019-08-12

झापा,(प्रस) सोमबार बिहान झापा जिल्लाको विर्तामोड नगरपालिकाको वडा कार्यालयमा बम विस्फोट भएको छ। नगरपालिकाको गरामनीमा रहेको ७,८ र ९ नम्बर वडाको संयूक्त वडा कार्यालयमा बम विस्फोट भएको हो।

बालिका बलात्कारको आरोपमा महानगरका कर्मचारी पक्राउ - 2019-08-12

काठमाडौ,(प्रस)११ वर्षीया बालिका बलात्कारको आरोपमा काठमाडौं महानगरपालिकाका एकजना स्थायी कर्मचारी पक्राउ परेका छन् । पीडितको उजुरीको आधारमा काठमाडौं महानगरपालिका–१७ बस्ने ५२ वर्षीय बाबुराजा पुजारी पक्राउ परेका हुन् । उनी महानगरपालिकाको कुचीकार प्रमुख हुन् ।

घाइते भण्डारीलाई सरकारले मासिक २५ हजार रुपैयाँ दिने - 2019-08-04

काठमाडौ,(प्रस)कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको न्यायको आन्दोलनका क्रममा प्रहरीको गोली लागि घाइते भएका अर्जुन भण्डारीलाई सरकारले मासिक २५ हजार रुपैयाँ दिने भएको छ ।

पैसाका लागि अपहरणको नाटक गर्ने पक्राउ - 2019-08-03

बुटवल,वीरगंज): पर्सा प्रहरीले पैसाका लागि आफ्नै अपहरणको नाटक गर्ने एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले वीरगंज महानगरपालिका १६ ईनर्वाका ३१ वर्षीय अरमान भन्ने महम्मद तवरेज आलम (ठकुराई)लाई पक्राउ गरेको हो ।

ठगी गरेर फरार महिला पक्राउ - 2019-07-31

काठमाडौ,(प्रस)ईजाजत पत्र विना नै साइप्रसको आकर्षण देखाई १० लाख ५० हजार रुपैयाँ ठगी गरेर फरार महिला पक्राउ परेकी छन् । क्राउ पर्नेमा काठमाडौंको सितापाइलाकी ४३ वर्षीया पुनम नेपाली रहेकी छन् । ६ महिना भित्र वैदेशिक रोजगारीका लागि साइप्रस पठाई दिने भन्दै शान्त कुमार तामाङसँग २०६६ असार २१ गते १० लाख ५० हजार रुपैयाँ लिएर ठगी गरेकी प्रहरीले जनाएको छ ।

टेम्पोको ठक्करले बालकको मृत्यु - 2019-07-31

सर्लाही,(प्रस)भारतीय नम्बरको टेम्पोले ठक्कर दिँदा सर्लाही कविलासी नगरपालिका–८ अगर्वा निवासी रञ्जीत चौधरीको तीन वर्षीय छोरा राकी चौधरीको बुधबार मृत्यु भएको छ।

दाङमा दुई वटा शव फेला - 2019-07-31

दाङ,(प्रस)दाङका छुट्टाछुट्टै स्थानमा बुधबार दुई जना व्यक्तिको शव फेला परेको छ। घोराही उपमहानगरपालिका वडा नं. १० को नारायणपुरदेखि वडा नं. ८ को सेती गाउँ जाने पूर्व मकै बारीमा एक जनाको शव फेला परेको छ।

क्राइम स्टोरी: छोराले बुवा मारे, आमा गम्भीर घाइते - 2019-07-22

कैलाली,(प्रस)सुन्दा पनि अचम्म लाग्छ । त्यस्तो पनि घटन्ना हुन्छर ?, त्यस्तै अपत्यारिलो घटना घटेको छ । धारिलो हतियार प्रयोग गरी कैलालीमा छोराले आफ्नै बुवाको हत्या गरेका छन् । आक्रमणबाटै आमा गम्भीर घाइते भएकी छन् । घोडाघोडी नगरपालिका–११, सिसैयामा ५५ वर्षीय छोरा उदे रावतले आइतबार राति करिब ११:३० बजे धारिलो हतियार हसिया प्रहार गरी ७५ वर्षीय बावु काल्चे रावतको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए ।

कालोसूचीमा ‘राख्नुपर्ने’ विवादित रमण कन्स्ट्रक्सनलाई भेरी-बबईको ठेक्का - 2019-07-20

काठमाडौ,(प्रस): भेरी बबई डाइभर्सन आयोजनाको हेडवक्र्स, पावरहाउस लगायतका संरचना निर्माणको ठेक्का रमण कन्स्ट्रक्सनले पाउने भएको छ । यो त्यही कम्पनी हो, जसलाई सडक विभागले कालो सूचीमा राख्नुपर्ने ठहर गरेको छ । ८ अर्ब लागत अनुमान गरिएको भेरी बबईमा रमण कन्स्ट्रक्सन जेभीले झण्डै १ अर्ब ८४ करोड -भ्याटसहित) रकम घटेर ६ अर्ब १६ करोड ५२ लाख १५ हजार ७७५ रुपैयाँको टेन्डर हालेको थियो । रमणले चीनको ग्वाङ्डोन-युनाटियनसँग मिलेर जेभीमा यो परियोजनाका लागि टेन्डर हालेको थियो ।

१५ लाख घुस लिने तीन इन्जिनियर पक्राउ - 2019-07-20

काठमाडौ,(प्रस): कर्णाली नदी व्यवस्थापन कार्यलय बर्दियाका तीन इन्जिनियर १५ लाख घुससहित पक्राउ परेका छन् । इन्जिनियरत्रय कमल सिटौला, विश्वेश्वर प्रसाद शाह, हरी प्रसाद चौधरी र सवारी चालक टंक प्रसाद ओझालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।










Powered by: Exclusively Solution