समाज




सुनसरी मोरङ र झापामा फैलियो डेंगुको संक्रमण: सुनसरीमा ५ सय विरामी


संक्रमण घोषणा गर्दा त्रास फैलने डर: बीपीमा मात्र ४७४ संक्रमित: निजी अस्पतालहरुलाई पनि आवश्यक प्रबन्ध मिलाउन निर्देशन
धरानबाट सुरु भएको डेंगु संक्रमण तीन जिल्लामा पुगेको छ र सुनसरीमा मात्र संक्रमितको संख्या ५ सय नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईका अनुसार सुनसरीमा संक्रमितको संख्या ५४८ पुगेको छ ।
उनका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ४७४, बिजयपुर अस्पतालमा ७९, एपेक्स अस्पताल इटहरीमा १ र इटहरी अस्पतालमा ३ जना विरामीको उपचार भइरहेको छ ।

३१ वैशाखमा धरानमा डेंगुका बिरामी भेटिएको थियो । सुनसरीपछि मोरङ र झापामा विरामी भेटिएका छन् ।

मोरङमा ९ जना र झापामा २ जनामा डेंगुको संक्रमण देखिएको छ ।

मोरङको उर्लाबारी नगरपालिका, केरावारी गाउँपालिका, बेलवारी नगरपालिकामा १-१ जनामा डेंगुको संक्रमण देखिएको छ भने सुन्दरहरैचा नगरपालिकामा ४ र विराटनगर महानगरपालिकामा २ जनामा देखिएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए । सबै स्थानीय तहले स्फ्रेको काम सुरु गरेका छन् ।

डेंगुको संक्रमण फैलिएपछि प्रदेश सरकारले नियन्त्रणका लागि एक हप्ते कार्ययोजना बनाएर अघि बढ्ने निर्णय गरेको छ । बुधवार मुख्ययमन्त्री कार्यालयमा भएको सर्बपक्षीय छलफलपछि प्रदेश सरकारले एक साताको कार्ययोजना बनाएर काम अघि बढाउने निर्णय गरेको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए । ‘आजसम्म हामी उपचारमा बढी केन्द्रित भएका थियौं’ बैठकमा सहभागि घिमिरेले भने, ‘अब एक हप्ता तीनवटै जिल्लामा नियन्त्रणको काम तिब्र बनाउँछौं ।’

बुधवार बसेको बैठकले मेची अस्पताल झापा कोशी अस्पताल विराटनगर र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेंगुको उपचारका लागि व्यवस्था गरिने निर्णय गरेको छ ।

बैठकले निजी अस्पतालहरुलाई पनि आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिएको छ । प्रदेश सरकारले डेंगुको संक्रमण देखिएका जिल्लाहरुका प्रमुख जिल्ला अधिकारीलाई नियन्त्रणमा भएका कामबारे दैनिक रिपोर्टिङ गर्न निर्देशन दिएको छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दैनिक ३० जना हाराहारी विरामी उपचार गर्न अस्पतालमा बस्ने गरेका छन् ।

अस्पतालका सहायक निर्देशक डाक्टर विकास साहका अनुसार बुधबारसम्म डेंगुको शंका लागेर १५७४ विरामी अस्पतालमा आएका थिए ।

उनीहरु मध्ये ४७४ जनामा डेंगुको संक्रमण पाइएको छ । डेंगुको शंका लागेर उपचारका लागि आउने विरामीको संख्या दैनिक रुपमा बढिरहेको उनको भनाइ छ ।

सुनसरीको धरानमा डेंगुको संक्रमण देखिएको एक महिना पुरा भएको छ । यो अवधीमा स्थानीय सरकार र प्रदेश सरकरले नियन्त्रणका लागि निरन्तर प्रयास गरिरहेका छन् । तर संक्रमण घट्नुको साटो बढिरहेको अवस्था छ ।

डेंगु संक्रमणले प्रकोपको रुप लिएपनि प्रकोप घोषणा गरिएको छैन । ‘प्रकोप घोषणा गरे त्रास फैलन सक्छ’ सामाजिक विकास मन्त्री घिमिरे भन्छन्, ‘त्रास फैल्याउने काम गर्न भएन् ।’

उनी डेंगु नियन्त्रणको अभियान सञ्चालन गर्दा व्यक्तिका घरमा पानी फाल्न पनि असहयोग भएको बताउँछन् ।




Related Pictures:













Related News:

नेकपामा जबजको बहसले प्रवेश पाउने, सचिवालय बैठक शनिवार डाकियो - 2019-06-19

ओली र प्रचण्डवीच बालुवाटारमा २ घण्टा छलफल - 2019-06-19

प्रधानमन्त्री ओलीले विपक्षी दलको नेतालाइ हेपे : देउवा - 2019-06-19

गुठी विधेयक खारेजी माग गर्दै काठमाडौंमा विशाल प्रदर्शन - 2019-06-19

लोकसेवाको विज्ञापन गैरकानुनी - 2019-06-19





सुनकोशीमा मुद्दाको चाप,फैसलामा ढिलाइ - 2019-06-19

सिन्धुली,(प्रस): उपाध्यक्षको संयोजकत्वमा गठित सुनकोशी गाउपालिकाको न्यायिक समितिमा मुद्दाको चाप बढेको छ । मुद्दाको चापअनुसार उजुरी छानबिन, अनुसन्धान, न्यायसम्पादन, फैसला र कार्यान्वयनमा ढिलाइ भएको छ ।

बझाङको डौठ्या खोलामा जीप दुर्घटना, ९ जनाको मृत्यु, ४ गम्भीर घाइते - 2019-06-17

प्रदेस संवाददाता, नेपालगञ्जबझाङको मष्टा गाउँपालिका १ मा जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जयपृथ्वी नगरपालिकाको डुग्रीबाट मष्टा गाउँपालिकातर्फ जाँदै गरेको से १ झ १०७२ नम्बरको जिप डौठ्या खोलाको घुम्तीबाट खसेको थियो ।

बस दुर्घटनामा १ को मृत्यु २२ यात्रु - 2019-06-17

हेटौंडा,(प्रस): मकवानपुरको हेटौंडाबाट पथलैया हिँडेको बस सोमबार बिहान दुर्घटनामा परेको छ । दुर्घटनामा १ जनाको ज्यान गएको छ भने २१ यात्रु घाइते भएका छन् । ना ५ ख ४०१५ नम्बरको यात्रुवाहक बस सोमबार बिहान मकवानपुर र बाराकाे सीमाक्षेत्र चुरीयामाई मन्दिर नजिकै दुर्घटना हुँदा १ जनाकाे ज्यान गएकाे हाे ।

गर्मीले उडिरहेको चरा भुइँमा खस्यो - 2019-06-15

बुटवल,(प्रस): प्रदेशसभा सचिवालयको सुरक्षार्थ खटिएका प्रहरी जवान सुजन अधिकारी उक्त घटनाका प्रत्यक्षदर्शीमध्ये एक थिए। अधिकारीले भुइँमा खसेको भंगेरालाई हातमा लिएर पानी पिलाए।

डोजरले घर भत्काएपछि १६ परिवारको बिचल्ली - 2019-06-15

बुटवल,(प्रस): बुटवल उपमहानगरपालिकाले डोजर लगाएर घर भत्काइदिएपछि विस्थापित भएका बुटवलका १६ परिवारले बसोबासको वैकल्पिक व्यवस्था गर्न माग गर्दै अनसन शुरु गरेका छन् ।

डडेल्धुरा अस्पतालमा तनाव - 2019-06-15

डडेल्धुरा,(प्रस): चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै डडेल्धुरा अस्पतालमा तिनका आफन्तले प्रदर्शन गरेका छन् जिल्लाको अमरगढी नगरपालिका–६ का धर्मराज ताम्राकारकी श्रीमती २६ वर्षीया गीता ताम्राकारको मृत्यु अस्पतालको लापरबाहीबाट भएको भन्दै आफन्तले अस्पतालमा प्रदर्शन गरेका हुन् ।

ओम अस्पताल तोडफोड - 2019-06-14

काठमाडौ,(प्रस): उपचारका क्रममा विरामीको मृत्यु भएको विषयलाई लिएर आन्दोलनरत पक्षले ओम अस्पतालमा तोडफोड भएको छ ।

गर्मीका कारण वीरगञ्जका विद्यालय बन्द - 2019-06-14

वीरगञ्ज,(प्रस): गर्मी बढेपछि वीरगञ्जमा एक साताका लागि विद्यालय बन्द गरिएको छ । वीरगञ्ज महानगरपालिकाले शुक्रबार सूचना जारी गर्दै असार १ गतेदेखि ६ गतेसम्म सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरेको हो ।

जङ्गली च्याउ खाँदा ६ को मृत्यु - 2019-06-14

पाल्पा,(प्रस): निस्दी गाउँपालिकामा जङ्गली च्याउको तरकारी पकाएर खाएर बिरामी परेकामध्ये ज्यान जानेको सङ्ख्या ६ पुगेको छ।

गुठियार र सरकारबीच भद्र सहमति ! - 2019-06-13

काठमाडौ,(प्रस): सरकारले ल्याएको गुठीसम्बन्धी विधेयकको विरोधमा प्रदर्शन गरिरहेका काठमाडौंवासी र भूमि सुधार मन्त्रालयबीच बुधबार भद्र सहमति भयो।

जनता उठेपछि थाम्न सकिन्न: सांसद - 2019-06-13

काठमाडौ,(प्रस): नेपाली कांग्रेसका सांसद भीमसेन दास प्रधानले गुठीसम्बन्धी विधेयक तत्काल फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद प्रधानले संविधानले गरेको व्यवस्था विपरित सरकारले गुठी सम्बन्धी विधेयक ल्याएको दाबी गरे । सरकारी विधेयकविरुद्ध काठमाण्डौमा दिनहुँ विरोध प्रर्दशन र आन्दोलनहरु भइरहेको भन्दै उनले समयमै सच्चिन सरकारलाई चेतावनी दिए ।

झ्यालबाट टाउको निकाल्दा बालकको मृत्यु - 2019-06-13

सिन्धुली,(प्रस): सिन्धुलीमा स्कुल बसको झ्यालबाट टाउको निकाल्दा एक बालकको मृत्यु भएको छ। सुनकोसी गाउँपालिका-५ मूलकोट भोटेखोलाको पुलस्थित बीपी राजमार्ग सडकखण्डमा बुधबार रातामाटाबाट मुल्कोटतर्फ जाँदै गरेको स्कुल बसको झ्यालबाट टाउको निकाल्दा बालकको मृत्यु भएको हो ।

सुनसरी मोरङ र झापामा फैलियो डेंगुको संक्रमण: सुनसरीमा ५ सय विरामी - 2019-06-12

संक्रमण घोषणा गर्दा त्रास फैलने डर: बीपीमा मात्र ४७४ संक्रमित: निजी अस्पतालहरुलाई पनि आवश्यक प्रबन्ध मिलाउन निर्देशन धरानबाट सुरु भएको डेंगु संक्रमण तीन जिल्लामा पुगेको छ र सुनसरीमा मात्र संक्रमितको संख्या ५ सय नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईका अनुसार सुनसरीमा संक्रमितको संख्या ५४८ पुगेको छ ।

घुस दिन खोज्ने चालक - 2019-06-12

काठमाडौ,(प्रस): महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरले ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक जनालाई पक्राउ गरेको छ । प्रभाग प्रमुख इन्सपेक्टर सुरेश कुमार ठाकुरलाई पाँच सय रुपैयाँ घुस दिने टाटा सुमो चालक बुधबार बिहान पक्राउ परेका हुन् ।

दार्चुलामा चार विद्यार्थीको मृत्यु - 2019-06-11

दार्जुला,(प्रस): दार्जुलाको नौगढ गाउँपालिका ४ स्थित गणेश विनायक माध्यमिक विद्यालयको सेफ्टीट्यांकी भासिँदा चार जना बालबालिकाको मृत्यु भएको छ।

प्रितम बाल सद्भावनादूत - 2019-06-11

विराटनगर,(प्रस): भारतीय ‘रियालिटी शो सारेगमप लिटिल च्याम्प’मा तेस्रो भएका नेपाली बालगायक प्रितम आचार्य इटहरी उपमहानगरपालिकाको बाल सद्भावनादूत नियुक्त भएका छन् ।

पेस्तोलसहित भारतीय पक्राउ - 2019-06-11

विराटनगर,(प्रस): मोरङको विराटनगर महानगरपालिका–९ बाट पेस्तोलसहित एक भारतीय पक्राउ परेका छन् । भारतको सीतामणि घर बताउने २२ वर्षीय कुनालकुमार सिंहलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

आगलागीबाट दुई घर जले - 2019-06-06

पाँचथर,(प्रस): पाँचथर फिदिमस्थित राजवंशि होटलमा भीषण आगलागी भएको छ । आगलागीबाट दुईवटा घर जलेर पूर्णरूपमा नष्ट भएका छन् ।

बलात्कार गर्ने बाबुलाई १९ वर्ष कैद - 2019-06-06

हेटौंडा,(प्रस): जिल्ला अदालत मकवानपुरले १३ वर्षीया छोरीलाई बलात्कार गरेको ठहर गर्दै बाबुलाई १९ वर्षको कैद फैसला सुनाएको छ ।

घुस लिँने इन्सपेक्टर बस्नेत पक्राउ - 2019-06-06

बुटवल,(प्रस): प्रहरी कार्यालय रन्यौरामा कार्यरत प्रहरी निरिक्षक केशवबहादुर बस्नेत बिहीबार साँझ ६ बजेतिर १५ हजार घुस रकमसहित रंगेहात पक्राउ परेका हुन्।

शिक्षण अस्पतालमा कलेजोको सफल प्रत्यारोपण - 2019-06-01

काठमाडौ,(प्रस): त्रिभुवन विश्विद्यालय शिक्षण अस्पताल महराजगञ्जमा पहिलोपटक कलेजोको सफल प्रत्यारोपण गरिएको छ । डा. रमेश सिंह भण्डारीको टोलीले शुक्रबार कलेजो प्रत्यारोपण गरेको हो ।










Powered by: Exclusively Solution