राजनीति




सगरमाथाबारेको हल्ला गलत : प्रधानमन्त्री ओली


यस वर्ष एक करोडभन्दा बढी विरुवा रोप्ने अभियान चलाइने
प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकता र प्राथमिकताका आधारमा देशले वैदेशिक ऋण लिने बताएका छन् । ओलीले त्यस्तो ऋण व्यवस्थापन गर्न सक्ने क्षमता नेपाल सरकारसँग भएको बताए ।

बीबीसी वर्ल्डका लागि म्याथ्यु आम्रलीवालालाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्रीले  नेपाल बेल्ट एण्ड रोड इनिसियटिभमा नेपालको सहभागिताबारेको प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘हामी लगानीका लागि आमन्त्रण गर्छौँ । हामी आवश्यकता तथा प्राथमिकतानुसार ऋण स्वीकार गर्छौँ, जथाभावी स्वीकार गर्दैनौँ । हामी अरुको अनुभवका विषयमा कुरा गर्न चाहँदैनौँ । हाम्रो अनुभवमा हामी यसलाई व्यवस्थापन गर्न सक्छौँ र यसको हिसाबकिताब पनि गरेका छौँ ।’

विकासका संरचना निर्माण गर्दा वातावरणमा पर्ने प्रभावका विषयको प्रश्नमा प्रधानमन्त्री ओलीले वातावरण सन्तुलनका लागि नेपालले निकै योगदान दिएको बताउँदै यस वर्ष एक करोडभन्दा बढी विरुवा रोप्ने अभियान चलाइने जानकारी दिए । उनले भने, ‘हामीले २५ लाख रुख काट्यौँ भने ५० लाख रुख रोप्न सक्छौँ । हामी नदीका लागि पनि काम गरिरहेका छौँ । हामीसँग ४५ प्रतिशत भूभागमा वन छ । नेपालको १७ प्रतिशत भूमि हिउँले ढाकेको छ, १३ प्रतिशत भूमि सबै मौसममा हिउँले ढाकेको हुन्छ । यसले पानी पुनःभण्डार र सञ्चयमा सहयोग गरिरहेको छ । यसले वायु र भूमिलाई चिसो पनि बनाइरहेको छ । हाम्रो वनले निकै योगदान दिइरहेको छ । वातावरणीय प्रश्नका लागि हामीसँग ६२ प्रतिशत भूमि छ ।’

उनले विकासको कुरा गर्दा वातावरण क्षय र लापरवाहीको प्रश्न सधैँ देखिए पनि नेपाल यसप्रति सचेत भएको बताए ।

कार्यक्रमको आरम्भमा नवीनसिंह खड्काको सगरमाथा चढ्न जाने यात्रुको लामो लाममा आरोहीले घण्टौँ पर्खनुपर्ने अवस्थाको प्रस्तुति थियो । यस वर्ष ११ आरोहीको मृत्यु भएको समाचारमा देखाइएको थियो । प्रस्तुतिमा एक आरोही अलन आर्नेटले सगरमाथामा यस वर्षको घातक अवस्थाका तीन कारण  सीमित उपयुक्त मौसम दिन, बढी अनुमति तथा बजार प्रतिस्पर्धाका कारण कम्पनीले प्रस्ताव गरेको न्यूनमूल्य रहेको बताएका थिए ।

प्रधानमन्त्री ओलीले यस विषयमा अनावश्यक हल्ला चलेको बताउँदै त्यत्ति धेरै अनुमति नदिइएको स्पष्ट पारे । ‘आरोहीले राम्रो मौसमका लागि कुरे । कहिलेकाहीँ उनीहरुले धेरै दिन कुर्नुपर्छ । यसमा पुनःविचार गर्नु आवश्यक छ । हल्ला गरिएझैँ जटिल अवस्था होइन’, उनले भने ।

आगामी दिनमा आरोहीलाई अनुमति दिँदा र सम्बन्धित अधिकृतका विषयमा पनि ध्यान दिइने उनले बताए । यातायात अवरुद्ध भएकैले आरोहीको मृत्यु भएको कुरा साँचो नभएको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘हामीले केही नियममा संशोधन गरेका छौँ । पथप्रदर्शकको सङ्ख्या, अक्सिजन सिलिण्डरको सङ्ख्या, तयारी आवश्यकता, आरोहणको उचित सङ्ख्या आदिका विषयमा हामीले संशोधन गरेका छौँ’’, प्रधानमन्त्री ओलीले भने ।




Related Pictures:













Related News:

भारतीय विदेशमन्त्रीले भेटे प्रधानमन्त्री - 2019-08-21

निर्वाचन आयोगले थाल्यो उपनिर्वाचनको तयारी - 2019-08-21

गेष्ट हाउसमा दुई युवायुवती मृत फेला - 2019-08-21

अध्यक्ष बन्न अस्वीकार - 2019-08-21

श्रोत नखुलेको झन्डै १६ लाख भारतीय रकमसहित ५ व्यक्ति पक्राउ - 2019-08-21





भारतीय विदेशमन्त्रीले भेटे प्रधानमन्त्री - 2019-08-21

काठमाडौ,(प्रस)दुई दिने भ्रमणमा नेपाल आएका भारतीय विदेश मन्त्री एस जयशंकरले राजनीतिक भेटवार्ता थालेका छन्। बुधबार बिहान बंगलादेशको ढाकाबाट काठमाडौं उत्रिएका जयशंकरले दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका हुन्। बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओली र जयशंकरबीच दुई पक्षीय सम्बन्धबारे कुराकानी भएको छ।

निर्वाचन आयोगले थाल्यो उपनिर्वाचनको तयारी - 2019-08-21

काठमाडौ,(प्रस)निर्वाचन आयोगले मंसिर १४ गते हुने उपनिर्वाचनको तयारी सुरू गरेको छ। एउटा संघीय निर्वाचन क्षेत्र, तीन वटा प्रदेश सभा र ४६ वटा स्थानीय तहमा उपनिर्वाचन हुँदैछ। निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार उपनिर्वाचनका लागि सरकारसँग खर्च माग गरिसकिएको छ। ‘उपनिर्वाचनका लागि करिब ४० करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ,’ उनले सेतोपाटीसँग भने, ‘एक साताअघि नै सरकारसँग खर्च मागिसकिएको छ।’

म १५ वर्षसम्म अखडामै हुन्छु : प्रधानमन्त्री - 2019-08-21

प्रदेस संवाददाता, काठमाडौंधानमन्त्री केपी शर्मा ओलीले आफू अझै १५ वर्ष बाँच्ने बताएका छन्। संविधान दिवस/राष्ट्रिय दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने ‘केहीले मरिहालोस् भनेका छन् तर म अझै १५ वर्ष अखडामै हुन्छु। विरोधीहरू अर्को चुनावमा अस्तित्व रक्षाका लागि तयार भएर बसे हुन्छ।’

प्रचण्डकै अगाडि प्रदेशमन्त्रीको जवाफ : काठमाडौंमा बढी भ्रष्टाचार छ - 2019-08-20

जनकपुरधाम,(प्रस)प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले सबैभन्दा बढी भ्रष्टाचार काठमाडौंमा भएको बताएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश २ मा बढी भ्रष्टाचार भएको टिप्पणी गरेपछि मन्त्री यादवले कडा जवाफ दिएका छन् ।

पहिला झलनाथ खनाललाई अपमान गर्न खोजियो र अहिले आफ्नो मानमर्दन गरियो: माधवकुमार नेपाल - 2019-08-20

राजनैतिक व्यूरो, काठमाडौ नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य माधवकुमार नेपालले आफ्नो मानमर्दन गर्न नियोजित रूपमा वरीयता परिवर्तन गरिएको बताएका छन्। मंगलबार सचिवालय बैठकका निर्णयहरूमा लिखित फरक मत दर्ता गर्दै नेपालले पहिला झलनाथ खनाललाई अपमान गर्न खोजिएको र अहिले आफ्नो मानमर्दन गरिएको बताएका छन्।

गृहकार्य नपुगेको भन्दै नेकपाको सचिवालय बैठक रोकियो - 2019-08-20

काठमाडौ,(प्रस)मंगलबार दिउँसो तीन बजे बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक तयारी नपुगेको भन्दै रोकिएको छ। सबै सचिवालय सदस्यहरू प्रधानमन्त्री निवास बालुवाटार पुगिसकेपछि बैठक रोकिएको हो। ‘प्रधानमन्त्री र महासचिवले गृहकार्य नपुगेको भन्नुभएकाले बैठक रोकियो,’ पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,‘बैठक भोलि ११ बजे बस्नेछ।’

माधव नेपालले सचिवालय बैठकमा लिखित फरक मत दर्ता गर्दै - 2019-08-20

काठमाडौ,(प्रस) नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले सचिवालय बैठकमा औपचारिक रूपमा फरक मत दर्ता गर्ने भएका छन्। आइतबार बसेको सचिवालय बैठकले गरेका निर्णयहरूबाट ‘अपमान’ बोध गरेका नेपालले मंगलबारको बैठकमा फरक मत दर्ता गर्ने तयारी गरेका छन्। आइतबार नै मौखिक रूपमा असहमति जनाएर बैठकबाट बाहिरएका नेपालले मंगलबार औपचारिक रूपमै ‘नोट अफ डिसेन्ट’ लेख्ने तयारी गरेका हुन्।

सांसदले उठाए प्रश्न : प्रधानमन्त्रीको उपचार गर्ने क्षमता नेपालसँग छैन ? - 2019-08-20

प्रतिनिधिसभाको बैठकमा सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीको उपचचार गर्ने क्षमता नेपाली अस्पतालमा नभएको हो भनी प्रश्न उठाएका छन् । मंगलबार उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँगको प्रश्नोत्तरका क्रममा सांसद प्रेम सुवालले प्रधानमन्त्रीको उपचार गर्ने क्षमता नेपाली अस्पतालसँग नभएको हो भनी प्रश्न गरेका हुन् ।

प्रभु साहले दिए प्रदेश २ अध्यक्षबाट राजीनामा - 2019-08-20

नेकपा नेता प्रभु साहले प्रदेश २ अध्यक्षबाट राजीनामा दिएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर साहले प्रदेश अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । स्थायी कमिटी सदस्यका प्रवल दाबेदार मानिएका साहको नाम कमिटीमा नपरेपछि उनी असन्तुष्ट थिए । तर पनि पार्टी एकीकरणलाई निष्कर्षमा पुर्याउन उनी मौन बसेका थिए ।

कांग्रेस सभापति भन्छन् : सरकारले प्रजातन्त्र सिध्याउनै लाग्यो - 2019-08-19

बुटवल,(प्रस)नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार प्रजातन्त्र सिध्याउन लागेको बताएका छन्। रुपन्देहीमा सोमबार भएको नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भएको प्रदेश-५ स्तरीय महाधिवेशन प्रतिनिधि प्रशिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै देउवाले प्रजातन्त्रिक मर्मविपरित काम भएको बताउँदै यसका निम्ति लड्न तयार हुनुपर्ने बताए।

सरकारले मुख खोल्यो: कस्मिरका कारण क्षेत्रीय शान्ति र स्थिरतामा असर नपरोस् : परराष्ट्र मन्त्री ज्ञवाली - 2019-08-19

प्रदेस संवाददाता, काठमाडौंपरराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारत अधिनस्त कश्मिरको विशेष दर्जा खारेजीका कारण क्षेत्रीय शान्ति र स्थिरतामा नपर्ने अपेक्षा व्यक्त गरेका छन्। परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जवाफ दिने क्रममा मन्त्री ज्ञवालीले नेपालले समस्याको वार्ता मार्फत् शान्तिपूर्ण समाधान चाहेको बताए।

अध्यक्ष प्रचण्डले भने- प्रदेश २ को सरकार भ्रष्टाचारमा चुर्लुम्मै डुब्यो - 2019-08-19

रमेश अधिकारी, जनकपुरनेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नम्बर २ को सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाएका छन्। सोमबार शहीद रामवृक्ष यादव को २५ औं पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रदेश सरकार भ्रष्टाचारमा लिप्त भएकै कारण यहाँका जनता अहिलेसम्म सुशासनको अनुभूति समेत गर्न नसकेको बताए।

एक साताभित्र संविधान संशोधन प्रक्रिया अघि नबढाए आन्दोलन गर्ने राजपाको चेतावनी - 2019-08-18

प्रदेस संवाददाता, काठमाडौंराष्ट्रिय जनता पार्टी नेपाले एक साताभित्र संविधान संशोधन प्रक्रिया अगाडि नबढाए सरकारविरूद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ। राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले सरकार बनाउने बेला संविधान संशोधन गर्ने प्रतिवद्धता जनाए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले बेवास्ता गरेकाले आन्दोलनमा जानुपर्ने भएको बताए।

निर्वाचनका बेला जनतासँग गरेका कुरा प्रधानमन्त्रीले भुले : मीनेन्द्र रिजाल - 2019-08-18

काठमाडौ,(प्रस)प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले सरकारको कामकारबाहीकै कारण अर्को पटक कांग्रेसको सरकार बन्ने बताएका छन्। निर्वाचनका बेला जनतासँग गरेका कार्यसम्पादन करार सरकार बनाएपछि सत्तारूढ दलका नेता, मन्त्रीहरू र प्रधानमन्त्रीले भुलेको उनको भनाइ छ। सरकारका काम गराइ हेर्दा अर्को चुनावमा कांग्रेस सरकारमा जाने उनले बताए।

नेकपाले जनवर्गीय संगठनको इञ्चार्ज/सहइञ्चार्जको टुंगो लगायो - 2019-08-18

काठमाडौ,(प्रस)नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को सचिवालय बैठकले जनवर्गीय संगठनको इञ्चार्ज र सहइञ्चार्जको टुंगो लगाएको छ। आइतबार साँझ बसेको सचिवालय बैठकले २२ वटा जनवर्गीय संगठनको इञ्चार्ज र सहइञ्चार्जको टुंगो लगाएको हो। २२ मध्ये ६ वटा जनवर्गीय संगठनमा सदस्य सचिव माधव कुमार नेपालले ‘नोट अफ डिसेन्ट’ प्रस्ताव राखेका छन्।

नेता नेपाल नेपालको तेस्रो वरियता खोसियो - 2019-08-18

काठमाडौ,(प्रस)सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी आइतबार प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको सचिवालय बैठकले माधवकुमार नेपाललको तेस्रो वरियता खोसिएको छ । झलनाथ खनाललाई तेस्रो वरियतामा राख्ने निर्णय गरेको हो । नेपाल अब चौथो नम्बरमा पुगेका छन् ।

प्रचण्डलाई कार्यवाहक सुम्पेर प्रधानमन्त्री ओली फेरि सिंगापुर जाने - 2019-08-18

प्रदेस संवाददाता, काठमाडौंसिंगापुरमा ९ दिन उपचार गराएर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली प्रचण्डलाई पार्टीको कार्यवाहक सुम्पेर थप उपचारका लागि यसै साता फेरि सिंगापुर जाने भएका छन् । प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे जनमानसबाट चिन्ता प्रकट भइरहेका बेला उनी स्वदेश फर्केको एक सातापछि नै दोस्रोपटक ‘फलोअप’ का लागि सिंगापुर जान लागेका हुन् ।

उपलब्धिको रक्षा र समृद्धिका लागि जुटनुपर्छ स् माधव नेपाल - 2019-08-17

काठमाडौ,(प्रस) कास्की: नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्राप्त उपलब्धिको रक्षा गर्दै समृद्ध नेपाल निर्माणमा सम्पूर्ण जुटनुपर्ने बताएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशनको पोखरामा आज उद्घाटन गर्दै उनले परिवर्तन विरोधीहरु सक्रिय भइरहँदा परिवर्तनकारी शक्तिहरु सचेत हुनुपर्नेमा जोड दिए ।

संविधान संशोधनको सर्तमा दुई तिहाइ पुर्‍याउन सत्तामा गएका हौं : उपेन्द्र यादव - 2019-08-17

काठमाडौ,(प्रस)समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले आफ्नो पार्टी संविधान संशोधन गर्ने सर्तमा दुई तिहाइ पुर्‍याइदिन सत्तामा गएको बताएका छन्। नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालबीचको जिल्ला एकता घोषणासभामा सहभागी हुन आज गोरखा आइपुगेका अध्यक्ष यादवले सदरमुकाममा पत्रकारसँगको भेटघाटमा सो कुरा बताएका हुन्।

पार्टी एकता नगरेको भए विकल्पहरू रहिराख्थे कि! : प्रचण्ड - 2019-08-17

प्रदेस संवाददाता, काठमाडौंसत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका लागि चित्त नबुझेका कतिपय कुराहरूमा पनि निर्णय लिनुपर्ने बाध्यता रहेको बताएका छन्। लामो समयको छलफलपछि शुक्रबार बसेको सचिवालय बैठकले महत्वपूर्ण निर्णय लिएको उल्लेख गरे ।

कांग्रेस र कम्युनिस्ट पुराना पार्टी : अध्यक्ष भट्टराई - 2019-08-16

पोखरा,(प्रस)पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी अध्यक्ष डाक्टर बाबुराम भट्टराईले आफ्नो पार्टी हात्ती छाप चप्पल नभइ हात्ती भएको बताएका छन् । समाजवादी पार्टी गण्डकी प्रदेशले शुक्रबार पोखरामा गरेको पार्टी समायोजन तथा सपथ ग्रहण कार्यक्रममा उनले समाजवादी पार्टी अरु परम्परागत पार्टीकै स्थितिमा ‘थप’ हुन नआएको दाबी गरेका हुन् ।










Powered by: Exclusively Solution