समाज




दार्चुलामा चार विद्यार्थीको मृत्यु


दार्जुला,(प्रस):
दार्जुलाको नौगढ गाउँपालिका ४ स्थित गणेश विनायक माध्यमिक विद्यालयको सेफ्टीट्यांकी भासिँदा चार जना बालबालिकाको मृत्यु भएको छ।

दार्जुला प्रहरीका अनुसार विद्यालय ग्राउन्डमा रहेको शौचालयको सेफ्टीट्यांकी भासिँदा चार विद्यार्थी बालबालिकाको मृत्यु भएको हो।

प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहीका अनुसार अपराह्न करिब चार बजे सेफ्टीट्यांकीमाथि खेलिरहँदा ट्यांकी भासिएको थियो र सो घटनामा चार बालबालिकाको मृत्यु भएको हो।

मृत्यु हुनेमा कक्षा २ मा पढ्ने ८ वर्षकी निरुता ठगुन्ना, कक्षा २ मै पढ्ने ८ वर्षकी अनिसा धामी, कक्षा १ मा पढ्ने ६ वर्षका सुधीर धामी र बाल कक्षामा पढ्ने वर्ष ५ की युनिका ठगुन्ना छन्।

अपरान्ह ४ बजेतिर खेल्दै विद्यालय पुगेका उनीहरु पुरानो शौचालयको खाल्डोमा खसेका थिए। अभिभावकले छोराछोरी घर नआएपछि खोज्ने क्रममा खाल्डोमा खसेको अवस्थामा भेटेका थिए।

विद्यालयका शिक्षक जगतसिंह चैसिरले खाल्डोमा खसेका चारै जना विद्यार्थीको शव खाल्डो बाहिर निकालिएको बताए।

‘पुरानो शौचालयको खाल्डोमा बालबालिका परेछन्। खाल्डोमा पानी थिएन तर निस्सासिएर उनीहरुको मृत्यु भयो,’ उनले भने, ‘खाल्डो छोप्ने सिमेन्टको ढक्कन थियो त्यो पनि खाल्डोमा खसेछ।’

सो घटनामा अन्य केही बालबालिका परेको र घाइते भएको जानकारी आएको छ। तर, यसबारे औपचारिक जानकारी नआएको शाहीले बताए। ‘फोन सम्पर्क हुन सकेको छैन, उद्धार कार्य भइरहेको छ, घटनामा के कति मानवीय क्षति भएको भन्ने पूरा विवरण प्राप्त भइसकेको छैन,’ शाहीले भने।

उनका अनुसार स्कुलको कम्पाउन्डमै रहेको शाैचालयको सेफ्टीट्यांकी जीर्ण थियो। 




Related Pictures:













Related News:

भारतीय विदेशमन्त्रीले भेटे प्रधानमन्त्री - 2019-08-21

निर्वाचन आयोगले थाल्यो उपनिर्वाचनको तयारी - 2019-08-21

गेष्ट हाउसमा दुई युवायुवती मृत फेला - 2019-08-21

अध्यक्ष बन्न अस्वीकार - 2019-08-21

श्रोत नखुलेको झन्डै १६ लाख भारतीय रकमसहित ५ व्यक्ति पक्राउ - 2019-08-21





अध्यक्ष बन्न अस्वीकार - 2019-08-21

काठमाडौ,(प्रस)पूर्वमहान्याधीवक्ता रमणकुमार श्रेष्ठले सत्यनिरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष बन्न अस्वीकार गरेका छन्। नेकपाका अध्यक्ष पुष्पकमल दाहालका तर्फबाट आयोगको अध्यक्ष बन्न आएको प्रस्ताव श्रेष्ठले अस्वीकार गरिदिएका हुन्।

रवि लाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति - 2019-08-20

चितवन,(प्रस)जिल्ला अदालत चितवनले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछानेलाई थप पाँच दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको छ।

एनसेलको टावरमा आगजनी - 2019-08-20

दाङ, (प्रस)दाङमा एउटा एनसेलको टावरमा अज्ञात समूहले आगजनी गरेको छ। पश्चिम दाङको शान्तिनगर गाउँपालिका वडा नं. ५ रगैंचास्थित एनसेल टावरमा अज्ञात समूहले गएराति आगजनी गरेको जिल्ला प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिए।

सिंहदरबारमा मृत भेटिए नासु - 2019-08-20

काठमाडौ,(प्रस)राष्ट्रिय योजना आयोगका नायब सुब्बा बच्चुराम केसी मृत भेटिएका छन्। सिंहदरबारस्थित आयोगको कार्यालयमा मंगलबार बिहान उनी मृत भेटिएका हुन्।

प्रधानमन्त्री फेरि सिंगापुर जाने - 2019-08-16

काठमाडौ,(प्रस)बिहीबार साँझ निकै चर्चा भयो। केही मिडियामा उनी साह्रै बिरामी परेको र फेरि सिंगापुर जान लागेको समाचार आए ।

आजबाट गाईजात्रा सुरु - 2019-08-16

काठमाडौ,(प्रस)भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

प्रधानमन्त्री ओली स्वदेश फिर्ता - 2019-08-12

काठमाडौ,(प्रस)प्रधानमन्त्री केपी ओली स्वास्थ्य परीक्षण गरी सोमबार स्वदेश फर्किनुभएको छ । प्रधानमन्त्री सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षणपछि स्वदेश फर्किनुभएको हाे ।

स्वयम्भु गोलीकाण्डः गाउँपालिका अध्यक्ष र वडाध्यक्षबीच बढ्याे तिक्तता - 2019-08-09

काठमाडौ,(प्रस)वीरगञ्ज ‘बम’ विष्फोट हुँदा ३ जना घाइते भएका छन् । वीरगञ्ज-४, विर्ता बजारमा बम विष्फोट हुँदा उनीहरू घाइते भएका हुन् । घाइतेको नाम सार्वजनिक गरिएको छैन । उनीहरूको नारायणी अस्पतालमा उपचार भइरहेको वडाध्यक्ष जगत शाहले अनलाइनखबरसँग बताए ।

प्रदेश सरकारले विषादी परीक्षण प्रयोगशाला स्थापना गर्ने - 2019-08-09

काठमाडौ,(प्रस)प्रदेश सरकारले पनि आ–आफ्नै प्रदेशमा खाद्य वस्तुको विषादी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने योजना बनाएका छन्। खाद्य वस्तुको विषादी परीक्षण गर्न संघीय सरकारले नसकिरहेका बेला प्रदेश सरकार आफैंले एक/एक वटा खाद्य वस्तुको विषादी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने योजना तय गरिएको सार्वजनिक गरेका हुन्।

पत्रकारको कार्यक्रममा प्रहरी हस्तक्षेप - 2019-08-09

दाङ ,(प्रस) जनपत्रकार संगठन नेपालका केन्द्रीय कोषाध्यक्ष तथा दाङ सन्देश अनलाइनका सम्पादक जानकी चौधरी सहभागी कार्यक्रम प्रहरीले हस्तक्षेप गरेको छ ।

सिस्टम र पद्धतिमा चलेन भने त्यो कम्युनिष्ट पार्टी रहँदैन - 2019-08-07

नेपाल कम्युनिष्ट पार्टी (नेकपां) का प्रदेश कमिटी सदस्य एवम् कमलामाई नगरपालिकाका मेयर खड्गवहादुर खत्री बारम्वार चर्चामा आइरहन्छन् । जनताको विकासको चाहनाबाट अलिकति पनि बिचलिन नभई विधी र पद्धति नमान्ने मान्छेले पार्टीको विधी र पद्धतिको कुरा गरिरहँदा लाज लागेर आउने बताउँदै उनले कम्युनिष्ट पार्टीको नेता भएपछि सोही अनुसारको आचरण र व्यवहार देखाउनु पर्ने निश्कर्ष निकाल्छन् । उनले कम्युनिष्ट पार्टीको नेता भएपछि सोही अनुसारको आचरण र व्यवहार देखाउनु पर्ने निश्कर्ष निकाल्छन् । सन्देश जनप्रीय साप्ताहिकका लागि वलवीर भुजेलले गरेको कुराकानी ।

कर्मचारीको सामूहिक राजीनामा स्वीकृत गर्ने कानुनी व्यवस्था - 2019-08-07

काठमाडौ,(प्रस)निजामती कर्मचारीहरुले सामूहिक राजीनामा दिए सरकारले स्वीकृत गर्ने कानुनी व्यवस्था हुने भएको छ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था राख्ने सहमति भएको हो । यसअघि कर्मचारीको कानुनमा यससम्बन्धी स्पष्ट व्यवस्था नहुँदा डाक्टर, कर्मचारीलगायतले सामूहिक राजीनामा दिने धम्की दिँदै सेवा ठप्प पार्दा पनि सरकार निरीह बन्ने गरेको थियो ।

दरवन्दी छ चिकित्सक छैनन् - 2019-08-03

काठमाडौ,(डोटी): जिल्ला अस्पताल डोटीमा दशौं तहको एक मेडिकल सुपरिटेण्डेण्टसहित चार जना चिकित्सकको दरवन्दी छ । तर आठौं तहका एक जना चिकित्सक मात्रै कार्यरत छन् । ‘एक जना मेसुसहित दशौं र नवौं तहका दुईजनाको दरवन्दी त छ तर, पदपुर्ति कहिल्यै भएको छैन’ डा. भुषण मिश्रले भने ।

घुस लिने ५ प्रहरी पक्राउ - 2019-08-02

काठमाडौ,(प्रस)मेलम्चीबाट काठमाडौंतर्फ बालुवा लिई आउने टिपरबाट घुस लिने ५ जना ट्राफिक प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेका विभिन्न तीन ठाउँबाट पक्राउ गरेको छ । काभ्रेको हिगुवापाटी, पाँचखाल र बनेपामा कार्यरत ट्राफिक प्रहरी टिपरसँग घुसबापत २/२ हजार रुपैयाँ लिएको अवस्थामा पक्राउ परेका हुन् ।

मनसुनपछिको बाढी–पहिरोले लियो १११ को ज्यान, ४० बेपत्ता - 2019-07-26

प्रदेस संवाददाता, काठमाडौंमनसुनपछिको विपदका कारण मुलुकभर १११ जनाले ज्यान गुमाएका छन् । गृहमन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार विपदमा परेर ४० जना बेपत्ता भएका छन् भने ६७ घाइते भएका छन् ।

अध्यक्ष सुवेदीले दिए राजीनामा - 2019-07-26

काठमाडौ,(प्रस)राष्ट्रिय समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदीले राजीनामा दिएका छन् । उनले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा बुझाएका हुन् । सुवेदीले १२ गतेदेखि लागू हुजे गरी राजीनामा दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

दशगजाको धोविया टोलामा डुवान हटेन - 2019-07-26

पर्सा,(प्रस)वर्षा रोकिएपछि तराई मधेसका अधिकांश स्थानको डुवान हटेको छ । तर, पर्साको पकाहामैनपुर गाउँपालिका वडा नं ४ धोविया टोलामा पानी हटेको छैन ।

जनताको पिडामा साथ दिन्छु: मेयर खत्री - 2019-07-25

सिन्धुली,(प्रस)कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले मरिणखोलाबाट पिडित जनतालाई नदी कटान रोकथामका लागि तारजाली उपलव्ध गराउने बताउनु भएको छ ।

अपरिचित विदेशी फोन नउठाउ - 2019-07-25

काठमाडौ,(प्रस)नेपाल दुरसञ्चार प्राधिकरणले विदेशी अपरिचित नम्बरहरूबाट आउने फोन नउठाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

गुल्मीको लिम्घामा पहिरोले घर पुर्दा ६ को मृत्यु, ५ बेपत्ता - 2019-07-23

सोमबार साँझदेखि परेको अविरल वर्षाले पहिरो जाँदा गुल्मीमा ६ जनाको मृत्यु भएको छ। जिल्लाको सत्यवती गाउँपालिका ३ र ४ मा पहिरोले घर बगाउँदा ६ को मृत्यु र ५ बेपत्ता भएका हुन्। सत्यवती ४ लिम्घाका स्थानीय छविकला विक, धन बहादुर विक र पम्फा विकको घर पहिरोले पुर्दा ४ जनाको शव देखिएको स्थानीय ठगप्रसाद ज्ञवालीले जानकारी दिए।

माइक्रो खोलामा खस्यो, १३ घाइते - 2019-07-22

धादिङ ,(प्रस) पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका-१ खयरघारीमा बससँग ठोक्किएर माइक्रो बस खोलामा खस्दा १३ जना घाइते भएका छन् ।










Powered by: Exclusively Solution