बिदेश




अत्यधिक गर्मीका कारण भारतमा चार जनाको मृत्यु


एजेन्सी :
अत्यधिक गर्मीका कारण भारतको दिल्लीबाट झांसी गइरहेको केरला एक्सप्रेसको रेलभित्रै चार जना यात्रुको मृत्यु भएको छ ।

चारैजनाको अत्यधिक गर्मीका कारण मृत्यु भएको जनाइएको छ ।  मृतकको शव झांसीमा रेलबाट उतारिएको छ । आगराबाट ६५ जनाको ग्रुप कोयम्बटूर गइरहेको थियो ।

चार दिन अगाडि उनीहरु घुमघामका लाति निस्केका थिए । रेलभित्रै यात्रुहरु बेहोस भएपछि बोलाइएका डाक्टरले चारैजनालाई मृत घोषित गरेका थिए ।




Related Pictures:













Related News:

समाजवादी पार्टीले संविधान दिवसमा दीपावली नगर्ने - 2019-09-16

कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित - 2019-09-16

उत्तर कोरियालाई आफ्नो लगानी फिर्ता लैजान नेपाल सरकारको निर्देशन - 2019-09-16

वार्तामा वोलाएर सिंहदरवारबाटै पत्रकारहरु पक्राउ - 2019-09-16

चावहिलको शव जलाउने घाटमा नाराबाजी - 2019-09-15





जैश-ए-मोहम्मद प्रमुख र दाउद इब्राहिमसहित चार जना आतंकवादी घोषित - 2019-09-05

एजेन्सी : भारतले दाउद इब्राहिमसहित चार जनालाई आतंकवादी घोषणा गरेको छ । भारतले लश्कर-ए-तोयबाका संस्थापक हाफिज सइद, जैश-ए-मोहम्मद प्रमुख मसुद अजहर, मुम्बई आक्रमणका आरोपी जकी उर्रहमान लखवी र माफिया दाउद इब्राहिमलाई आतंकवादी घोषणा गरेको हो ।

कश्मीर मुद्दा : साउदी र यूएईका विदेशमन्त्री पाकिस्तान भ्रमणमा - 2019-09-05

एजेन्सी : पाकिस्तानले साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई)लाई कश्मीर मुद्दामा आफ्नो धारणा स्पष्ट पार्न आग्रह गरेको छ । कश्मीरका जनतालाई सबै मुस्लिम देशहरुले साथ दिनुपर्ने बताउँदै आएको पाकिस्तानले साउदी अरब र यूएईलाई सो आग्रह गरेको हो ।

चिनियाँ विदेश मन्त्री आइतबार नेपाल आउने - 2019-09-05

एजेन्सी : चीनका विदेश मन्त्री वाङ यी नेपाल आउने भएका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको तयारीका लागि उनी आउँदो आइतबार (भदौ २२) नेपाल भ्रमणमा आउन लागेको स्रोतले जनाएको छ।

रहेनन् भारतका पूर्ववित्तमन्त्री अरुण जेट्ली - 2019-08-24

एजेन्सी : भारतका पूर्ववित्त मन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेट्लीको निधन भएको छ। ६६ वर्षीय जेट्लीको एम्स अस्पतालमा शनिबार निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

भारतीय विदेशमन्त्री नेपाल आउँदै, प्रधानमन्त्रीलाई आजै भेट्ने - 2019-08-21

काठमाडौ,(प्रस) भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउँदैछन् । उनी बुधबार मध्याह्न करिब १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भारतीय दूतावास स्रोतले जनाएको छ । विदेशमन्त्री जयशंकर नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आउन लागेका हुन् । बैठक बुधबार र बिहीबार बस्दै छ ।

यौनदूराचारी क्याथोलिक गुरुको अपिल खारेज - 2019-08-21

एजेन्सी : बाल यौनदूराचारीको दाग पखाल्ने क्याथोलिक चर्चका सर्वोच्च पादरी कार्डिनल जर्ज पेलको प्रयत्न असफल भएको छ । यसअघि अदालतले बाल यौनदूराचारी भन्दै सुनाएको फैसलाविरुद्ध पुनः अदालत गएका उनको अपिल अदालतले खारेज गरिदिएको हो ।

कस्मिरमा गोली हानाहान हुँदा पाँच भारतीय र तीन पाकिस्तानी सैनिकको मृत्यु - 2019-08-15

एजेन्सी : कस्मिरको ‘लाइन अफ कन्ट्रोल’ मा भारतीय सेनासँग गोली हानाहान हुँदा ८ जनाको मृत्यु भएको पाकिस्तानले बताएको छ। पाकिस्तानी सेनाका प्रवक्ता आशिफ गफुरले बिहीबार साँझ ट्वीट गर्दै दोहोरो गोली हानाहानमा तीन जना पाकिस्तानी सेनाले सहादत पाएको उल्लेख गरेका छन्। उनले मृत्यु हुने तीन जना सैनिकको तस्वीर पनि ट्वीटरमा राखेका छन्।

कम्युनिष्ट नेता सीताराम यचुरी विमानस्थलमा पक्राउ - 2019-08-09

एजेन्सी : आजै बिहान श्रीनगर विमानस्थलबाट कम्युनिष्ट नेता सीताराम यचुरीलाई पक्राउ गरिएको छ। श्रीनगरमा आफ्ना कार्यकर्ता भेट्न जान लागेका यचुरीलाई विमानस्थलमा पक्रेर दिल्ली फिर्ता पठाइएको सञ्चारमाध्यमहरूले जनाएका छन्।

टेलिफोन, मोबाइल सेवा तथा इन्टरनेट सेवा बन्द, नेताहरु पक्राउ - 2019-08-08

जम्मू–कश्मीरमा गरिएको कडाइप्रति राष्ट्रसंघको चासो संयुक्त राष्ट्रसंघले भारत–प्रशासित कश्मीरमा गरिएका कडाइहरूबारे गम्भीर चासो व्यक्त गरेको छ । राष्ट्रसंघले मानवाधिकारको स्थिति झन् बिग्रिन सक्ने भन्दै चिन्ता व्यक्त गरेको हो । राष्ट्रसंघका एक प्रवक्ताले कश्मीरमा सञ्चार बन्द गरिएको, नेताहरूलाई पक्राउ गरिएको र राजनीतिक भेला गर्न प्रतिबन्ध लगाइएकोप्रति चासो व्यक्त गरेका छन् ।

कस्मिर घटनाले हामीलाई आणविक युद्धमा पुर्‍याउँछ: इमरान खान - 2019-08-07

एजेन्सी : कस्मिरमा भारतीयहरू आफ्नो विचाराधाराअनुसार काम गरे। उनीहरूले आफ्नो मुलुकको संविधानको विरोधमा गए। आफ्नो सर्वोच्च अदालत र कस्मिरको उच्च अदालतको आदेशविरूद्ध गए। उनीहरू संयुक्त राष्ट्र संघको सुरक्षा परिषदका १७ संकल्प प्रस्तावविरूद्ध गए। राष्ट्रसंघको महासभाको संकल्पको विरोधमा गए। सिमला सम्झौताको विरोधमा गए।

अमेरिकामा फेरि गोली चल्यो, ९ को मृत्यु, १६ घाइते - 2019-08-04

एजेन्सी : अमेरिकामा फेरि गोली चल्दा ९ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । ओहिओस्थित डेटोनमा स्थानीय समयअनुसार आइतबार बिहान १ बजे गोली चलेको प्रहरीले पुष्टि गरेको बीबीसीले जनाएको छ । प्रहरीका अनुसार गोली चलाउने व्यक्तिको पनि घटनास्थलमै मृत्यु भएको छ ।

भारतले एलओसी पार गरेर निहत्था नागरिकमाथि आक्रमण गर्‍यो: इमरान - 2019-08-04

एजेन्सी : पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले कस्मिरमा दुई देशबीचको लाइन अफ कन्ट्रोल (एलओसी) मिचेर निहत्था नागरिकमाथि आक्रमण गरेको बताएका छन्। आइतबार दिउँसो ट्विट गर्दै प्रधानमन्त्री खानले सन् १९८३मा भएको निश्चित परम्परागत हतियारसम्बन्धी सम्झौतामा आफूले गरेका प्रतिवद्धता र अन्तर्राष्ट्रिय मानवीय कानुनको समेत उल्लंघन गरेको आरोप लगाएका छन्।

गुडिरहेको बसमा विस्फोट हुँदा कम्तिमा ३२ जनाको मृत्यु - 2019-07-31

एजेन्सी : अफगानिस्तानको कान्दाहार–हिरत राजमार्गमा गुडिरहेको बसमा बम विस्फोट हुँदा कम्तिमा ३२ जनाको ज्यान गएको छ ।ज्यान जानेमा अधिकांश महिला तथा बालबालिका रहेका छन् । बुधबार तालिवान समूहले कान्दाहर–हिरत सडक खण्डमा राखेको बम विस्फोट ३२ जनाको मृत्यु भएको र १७ जना घाइते भएको फराह प्रान्तका प्रवक्ता मुहीबुल्लाह मुहीबले जानकारी दिएका छन् ।

सिरियामा १० दिनमा १०३ को मृत्यु, ४ लाख विस्थापित - 2019-07-27

एजेन्सी : सिरियाको विद्रोही नियन्त्रित क्षेत्रमा सरकारी पक्षले आक्रमण गर्दा १० दिनको अवधिमा २६ बालबालिकासहित १ सय ३ जनाको मृत्यु भएको छ । सिरियाको उत्तरपश्चिमी क्षेत्रबाट तीन महिनाको अवधिमा चार लाख जना विस्थापित भएका छन् ।

उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र प्रहार - 2019-07-25

एजेन्सी : उत्तर कोरियाले दुई छोटो दुरीका क्षेप्यास्त्र समुन्द्रमा प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरियाका सैन्य प्रमुखका अनुसार बिहीबार बिहान ती क्षेप्यास्त्र उत्तर कोरियाको पूर्वमा रहेको ओन्सानबाट प्रक्षेपण गरिएको बताइएको छ

तालिबान समूहको आक्रमणमा सात जनाको मृत्यु - 2019-07-21

एजेन्सी : पाकिस्तानको उत्तर पश्चिमी प्रान्त डेरा इस्माइल खानमा तालिबान समूहले गरेको दुईवटा आक्रमणमा सात जनाको मृत्यु भएको छ ।

भ्रष्टाचार आरोपमा पाकिस्तानका पूर्वप्रधानमन्त्री अब्बासी पक्राउ - 2019-07-19

अब्बासीले सन् १९१७ को अगस्टदेखि २०१८ मेसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।पाकिस्तानका पूर्वप्रधानमन्त्री शाहिद खक्वान अब्बासीलाई बिहीबार गिरफ्तार गरिएको छ । अर्का पूर्वराष्ट्रपति असिफ अली जर्दारीलाई भ्रष्टाचारको आरोपमा गिरफ्तार गरिएको एक हप्तापछि अब्बासीलाई गिरफ्तार गरिएको हो । वर्तमान् प्रधानमन्त्री इमरान खानका पूर्ववर्ती अब्बासी प्रतिपक्षी दलका नेताहरूमध्ये प्रभावशाली नेता मानिन्छन् ।

क्यालिफोर्नियामा दुई दसकयताकै शक्तिशाली भूकम्प - 2019-07-05

अमेरिकाको स्वतन्त्रता दिवसको दिन नै आएको उक्त भूकम्प सो क्षेत्रमा दुई दसकयताकै शक्तिशाली दक्षिणी क्यालिफोर्नियामा दुई दसकयताकै शक्तिशाली भूकम्पका कारण केही क्षति पुगेको विवरण प्राप्त भएका छन्। मानिसहरूमा भूकम्पका त्रास कायमै छ। उक्त भूकम्पको केन्द्रविन्दु लस एन्जलसबाट करिब अढाइ सय किलोमिटर उत्तरपूर्वमा रहेको रिजक्रेस्ट नगर नजिकै थियो। अग्निनियन्त्रकहरूका अनुसार उनीहरूले नगरको वरपर भएका आगलागीका घटनासँग जुझिरहेका छन्।

झारखण्डमा नक्सलवादीको आक्रमणमा पाँच प्रहरीको मृत्यु - 2019-06-15

एजेन्सी : भारतको झारखण्डमा नक्सलवादीको आक्रमणमा पाँच प्रहरीको ज्यान गएको छ । सरायकेला खरसान्वा जिल्लामा शुक्रबार राती प्रहरीलाई लक्षित गर्दै नक्सलवादीले आक्रमण गरेका हुन् । आक्रमणमा दुई प्रहरी सहायक निरीक्षक र तीन प्रहरी जवानको ज्यान गएको जनाइएको छ ।

अत्यधिक गर्मीका कारण भारतमा चार जनाको मृत्यु - 2019-06-11

एजेन्सी : अत्यधिक गर्मीका कारण भारतको दिल्लीबाट झांसी गइरहेको केरला एक्सप्रेसको रेलभित्रै चार जना यात्रुको मृत्यु भएको छ ।

अमेरिकाको भर्जिनियामा अन्धाधुन्ध गोली चल्यो, १२ जनाको मृत्यु - 2019-06-01

एजेन्सी : संयुक्त राज्य अमेरिकाको भर्जिनियास्थित एउटा सरकारी भवनमा अन्धाधुन्ध गोली चलाइएको छ। गोलीकाण्डमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएको प्रहरीले जनाएको छ।










Powered by: Exclusively Solution