अर्थ / व्यापार




संविधानको मूल्यमान्यतालाई बजेटले सम्बोधन गरेको छ : अर्थमन्त्री


काठमाडौ,(प्रस):
अर्थमन्त्री डा.युवराज खतिवडाले संविधानले प्रदत्त गरेको मूल्यमान्यतालाई बजेटले सम्बोधन गरेको दाबी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले उठाएको प्रश्नको जवाफमा खतिवडाले बजेटमा संविधानले आत्मसात् गरेको समाजवादको लक्ष्यलाई पूरा गर्ने गरी बजेट विनियोजन गरिएको स्पष्ट पारे ।

वित्तीय संघीयता कार्यान्वयनको काम जारी रहेकाले केही विषयमा कमजोरी भएको देखिन सक्ने बताए ।

राष्ट्रिय पुनःनिर्माण, राष्ट्रिय गौरवका आयोजना, विगतमा बहुवर्षीय ठेक्कामा बन्दोबस्त भएका आयोजनामा रु आठ खर्ब बराबरको बजेट सङ्घको अनिवार्य दायित्व हो भन्दै उनले ती दायित्वलाई बजेटमा आत्मसात् गरिएको बताए ।
सबै चालु खर्च ‘चालु खर्च’ होइन भन्दै उनले ती पूँजीगत खर्च नै भएको स्पष्ट पारे ।

अल्पसंख्यक जाति, वर्ग र समुदायलाई सम्बोधन गर्ने बजेट २०५१ सालको बजेटदेखि नै शुरु भएको र त्यसपछि हराएका ती क्षेत्रलाई आगामी आवको बजेटमा सम्बोधन गरिएको स्पष्ट पारे ।

मन्त्री खतिवडाले सामाजिक सुरक्षा भत्ताका विषयमा अनावश्यक बहस गरिएको भन्दै नेपालीको औसत आयुलाई ध्यानमा राखेर ज्येष्ठ नागरिक भत्ताको व्यवस्था गरिएको बताए ।

राज्यको प्रमुख चुनौती भनेकै शहरी व्यवस्थापन होे भन्दै अर्थमन्त्रीले गाउँ पनि हाम्रो आधुनिक जीवनको आधार भएकाले ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ भन्ने कार्यक्रमलाई सम्बोधन गरिएको स्पष्ट पारे ।
पूँजीगत खर्च बढाउनेतर्फ विशेष ध्यान दिनैपर्ने उनको जोड छ ।




Related Pictures:













Related News:

नेकपामा जबजको बहसले प्रवेश पाउने, सचिवालय बैठक शनिवार डाकियो - 2019-06-19

ओली र प्रचण्डवीच बालुवाटारमा २ घण्टा छलफल - 2019-06-19

प्रधानमन्त्री ओलीले विपक्षी दलको नेतालाइ हेपे : देउवा - 2019-06-19

गुठी विधेयक खारेजी माग गर्दै काठमाडौंमा विशाल प्रदर्शन - 2019-06-19

लोकसेवाको विज्ञापन गैरकानुनी - 2019-06-19





संविधानको मूल्यमान्यतालाई बजेटले सम्बोधन गरेको छ : अर्थमन्त्री - 2019-06-06

काठमाडौ,(प्रस): अर्थमन्त्री डा.युवराज खतिवडाले संविधानले प्रदत्त गरेको मूल्यमान्यतालाई बजेटले सम्बोधन गरेको दाबी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले उठाएको प्रश्नको जवाफमा खतिवडाले बजेटमा संविधानले आत्मसात् गरेको समाजवादको लक्ष्यलाई पूरा गर्ने गरी बजेट विनियोजन गरिएको स्पष्ट पारे ।

सुनकोशी-मरिन डाइभर्सनको सुरूङ खन्न पनि टीबीएम मेसिन - 2019-06-01

काठमाडौ,(प्रस): भेरी बबई डाइभर्सन आयोजनाको सफलतासँगै सरकारले नदी स्थानान्तरण परियोजनालाई एकपछि अर्को गर्दै अगाडि बढाउने सोचका साथ काम शुरु गरेको छ । नेपालमा नै पहिलो पटक टनेल बोरिङ मेशिन(टिबिएम)को प्रयोग गरी भेरी बबई डाइभर्सन आयोजनाको काम अगाडि बढाउँदा एक वर्ष पहिल्यै सुरुङ निर्माणको काम सम्पन्न भएको हो । सो आयोजनाको सफलतापछि सरकारले अर्को नदी स्थानान्तरण परियोजनाको रुपमा सुनकोशी मरिन डाइभर्सन आयोजना अगाडि बढाउने सोच राखेको हो । आगामी आर्थिक वर्षको बजेटमा सो आयोजनालाई विशेष रुपमा सम्बोधन गर्दै राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको छ ।

गृहमन्त्रीले गरे तातोपानी नाका अवलोकन - 2019-05-26

काठमाडौ,(प्रस): चिनियाँ पक्षले आगामी सातासम्ममा तातोपानी नाका सञ्चालनमा ल्याउने बताएपछि गृहमन्त्री रामबहादुर थापा र व्यवसायीहरुको छुट्टाछुट्टै टोलीले नाकाको अवलोकन गरेको छ । आगामी साता नाका खुलाउने भएपछि त्यहाँको तयारीका विषयमा अवलोकन गर्न दुवै टोली शनिबार तातोपानी नाका पुगेको हो । अवलोकनपछि गृहमन्त्री थापाले नाका छिटो खुलाउन नेपाल सरकार तयार रहेको बताए ।

देउवाले दिए मोदीलाई बधाई - 2019-05-23

काठमाडौ,(प्रस): नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावी जितका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । देउवाले मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई पत्र पठाएर बधाई दिएका हुन् ।

चिनियाँ रेल आज कुरा गरेर भोलि आउँदैन : चिनियाँ राजदूत - 2019-05-23

काठमाडौ,(प्रस): चीनले केरूङबाट काठमाडौं रेल ल्याउन निकै कठिन भएकाले निकै सोचविचार गरेर अघि बढ्नु पर्ने बताएको छ। काठमाडौंस्थित दूतावासमा बिहीबार बिहान भएको मिडिया ब्रिफिङमा राजदूत होउ यानछीले चिनियाँ रेल आज कुरा गरेर भोलि आउने विषय नभएको बताइन्। ‘साँच्चै भन्नुपर्दा यो संसारकै अप्ठेरो ठाउँमा बनाउनु पर्ने रेलमार्ग हो। जसका लागि धेरै वैज्ञानिक अध्ययनहरू गर्नुपर्छ,’ राजदूत यानछीले भनिन्,‘आज कुरा गर्‍यो भोलि रेल आइहाल्ने होइन।

गुगलद्वारा हुवावेलाई दिँदै आएको प्राविधिक सहायता कटौती - 2019-05-20

एजेन्सी : सर्च इन्जिन गुगलले स्मार्ट फोन तथा टेलिकम उत्पादक कम्पनी हुवावेका फोनलाई उपलब्ध गराउँदै आएको प्राविधिक सहायता तथा सुरक्षामा कटौती गरेको छ । चिनियाँ कम्पनी हुवावे र अमेरिकाबीच विवाद बढिरहेका बेला गुगलले प्रावधिक सहायता सीमित गर्ने निर्णय गरेको हो । एक विज्ञप्ति जारी गर्दै गुगलले अमेरिकी सरकारको निर्णय पालना गर्ने क्रममा रहेको जनाएको छ ।

सरकारले तीन मुलुकसँग विप्पा सम्झौंता गर्ने - 2019-05-10

काठमाडौ,(प्रस): सरकारले तीन मुलुकसँग द्धिपक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौंता(विप्पा) गर्ने भएको छ।बंगलादेश,कतार संयुक्त अरब इमिरेट्स(युएई)सँग विप्पा सम्झौंताको प्रकृया अघि बढाएको हो। उद्योग मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले तीन देशसँग विप्पा सम्झौंता अघि बढेको जानकारी दिए।पछिल्लो समयमा तीन मुलुकका लगानीकर्ताले नेपालका ठूला परियोजनामा लगानी गर्ने इच्छा देखाएपछि सरकारले प्रकृया अघि बढाएको हो।

इन्टरनेट र केवल टिभीको तार विद्युत प्राधिकरणले काट्ने - 2019-05-10

काठमाडौ,(प्रस): नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणसँग सम्झौंता नगर्ने सबै इन्टरनेट र केबल टिभी कम्पनीको तार काट्न निर्देशन दिएका छन्। सम्झौंता गर्न बारम्बार ताकेता गर्दा पनि इन्टरनेट तथा केबल टिभी सेवा प्रदायक कम्पनीहरु नआएपछि प्राधिकरणको पोलबाट तार हटाउन घिसिङले निर्देशन दिएका हुन्।

प्रदेश १ का आन्तरिक मामिला मन्त्री क्षेत्राधिकार मिचेर करोडौँ खर्च गर्दै - 2019-05-10

विराटनगर,(प्रस): प्रदेश नम्बर १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आफ्नो क्षेत्राधिकार बाहिर गएर करोडौँ खर्च गरिरहेको छ। मन्त्रालयले क्षेत्राधिकार बाहिर गएर ७० वटा एम्बुलेन्स खरिद, दुर्व्यसनविरूद्धको 'म अघि बढ्छु' भन्ने कार्यक्रम र सीमा क्षेत्रका १३ स्थानमा सशस्त्र प्रहरीलाई चौकी बनाउन दिने लगायतका योजनामा खर्च गर्न लागेको हो।

बैंकमा फेरि तरलता समस्या देखिने - 2019-05-10

काठमाडौ,(प्रस): बैंकिङ क्षेत्रमा फेरि तरलता समस्या देखिने संकेत देखा परेको छ । नेपाल राष्ट्र बैंकले ८६ अर्ब रुपैयाँ प्रणालीबाट उठाउने भएसँगै तरलता समस्या (पुँजीको अभाव) हुने संकेत देखिएको हो । राष्ट्र बैंकले बिहीबार वार्षिक ऋणपत्र निष्काशन तालिका सार्वजनिक गर्दै ५० अर्ब रुपैयाँको ट्रेजरी विल र २६ अर्ब रुपैयाँको विकास ऋणपत्र उठाउने बताएको छ । यो रकम अब प्रणालीबाट निस्केर सरकारको ढुकुटीमा जम्मा हुन्छ ।

सञ्चालनमा आयो काबेली करिडोर प्रसारण लाइन - 2019-05-08

काठमाडौ,(रासस): पूर्वाञ्चलको रणनीतिक महत्वको काबेली करिडोर प्रसारण लाइन पूर्ण रुपमा सञ्चालनमा आएको छ । गत शनिबारदेखि परीक्षण गरिएको सो प्रसारण लाइन मङ्गलबार साँझदेखि व्यावसायिक रुपमा नै सञ्चालनमा आएको छ । कूल १३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइन आयोजनाको दोस्रो खण्ड सञ्चालनमा आएपछि सो करिडोरमा निर्माणाधिन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा ल्याउन सहज हुने भएको छ ।

नेपाल एयरलाइन्सलाई तत्काल ३ अर्ब दिने तयारी - 2019-05-08

ब्याजको भारमात्र अरबौं रुपैयाँ बोकेको नेपाल एयरलाइन्समा दैनिक तलबभत्ता वितरण गर्न पैसा अभाव भएपछि सरकारले तत्काल ३ अर्ब रुपैयाँ दिने तयारी गरेको छ।

बर्डफ्लु प्रकरण:पोल्ट्री व्यवसायलाई संकटमा पार्ने रणनीति, स्वदेशी प्रयोगशालाको वेवास्ता - 2019-05-05

चितवन,(प्रस): राजधानी काठमाडौंमा बर्डफ्लु (एच फाइब एन वान)को कारण युवकको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएपछि पोल्ट्री व्यवसायमा लागेका किसान र व्यवसायी त्रसित छन्। पोल्ट्री क्षेत्रमा करिब ८० अर्ब लगानी छ। दाना उद्योगमा मात्रै ४० अर्ब लगानी छ। मुलुककै आत्मनिर्भर पोल्ट्री व्यवसाय बर्डफ्लुका कारण धरासायी हुने चिन्ता थपिएको छ। स्वास्थ्य मन्त्रालयले बर्डफ्लु लागेर मृत्यु भएका व्यक्तिको नाम, उमेर र ठेगाना खुलाएको छैन।

तरकारी बजारलाई लिएर नेकपाभित्र लफडा - 2019-04-30

काठमाडौ,(प्रस): भृकुटीमण्डप बागबजार टुकुचा खोलको किनाराको ७ रोपनी जग्गामा खोलिएको ईच्छुमति सामुदायिक कृषि बजारको विषयलाई लिएर सत्तारुढ नेकपाभित्र झगडा सुरु भएको छ ।

रेल डिब्बा खरीदका लागि भारतीय टोली नेपाल आउँदै - 2019-04-29

काठमाडौ,(प्रस): भारतीय टोली रेलको डिब्बा खरीद अर्डर लिन काठमाडौं आउने भएको छ। भारतीय सरकारी स्वामित्वको कोंकण रेल्वे कर्पोरेशन लिमिटेडका प्रतिनिधी सहितको टोली रेलको डिब्बा अर्डर लिन अर्को साता काठमाडौं आउन लागेका हुन् ।

चिनियाँ समुद्रबाट तेस्रो मुलुकसँग व्यापार गर्न बाटो खुल्यो - 2019-04-29

एजेन्सी : राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण क्रममा सोमबार दुई देशबीच पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर भएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका चिनियाँ समकक्षी ली छियाङपेङले प्रोटोकलमा हस्ताक्षर गरेका हुन्। यसले नेपालका लागि भारतबाहेकको भूमिबाट समुद्रसम्म पुग्ने बाटो खुलेको छ। यसअघि गत भदौमा काठमाडौंमा सम्पन्न नेपाल-चीन तेस्रो परामर्श बैठकमा सम्झौताको प्रोटोकलबारे सहमति भएको थियो।

एनसेलले गुहार्‍यो अन्तर्राष्ट्रिय निकाय - 2019-04-29

काठमाडौ,(प्रस): एनसेलले कर विवादको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने भएको छ । एनसेलले नेपाल सरकारले निर्धारण गरको करका विरुद्धको मुद्दा लिएर अन्तर्राष्ट्रिय आर्बिट्रेसन निकायमा जाने भएको हो । एजिआटा यूके र एनसेलले आर्बिट्रेसनमा जानका लागि अन्तर्राष्ट्रिय लगानी सम्बन्धी विवाद समाधान केन्द्र (आईसीएसआईडी)मा निवेदन दिने तयारी गरेको छ ।

चिनी उद्योगीसँग फेरि झुक्यो सरकार - 2019-04-29

काठमाडाैंप्रधानमन्त्री केपी शर्मा ओलीले चैत २५ गते चिनी उद्योगीहरुले आफूलाई भुलभुलैयामा पारेर चिनी आयात नियन्त्रण गर्न प्रेरित गरेको बताएका थिए । तर, त्यसको एक सातापछि नै सरकारले तिनै उद्योगीहरुको हितमा निर्णय लिएको भेटिएको छ । सरकारले चिनीको आयातमाथि लगाएको परिमाणात्मक बन्देजको अवधि ४ महिना थपेको छ । गत भदौबाट वैशाखसम्म लगाइएको बन्देजलाई असार मसान्तसम्म विस्तार गरिएको हो ।

जेट एयरवेजको उडान बन्द भएपछि काठमाडौं-दिल्ली उडानको बजार हिस्सा खोस्न प्रतिस्पर्धा - 2019-04-27

काठमाडौ,(प्रस): भारतीय वायुसेवा कम्पनी जेट एयरवेज बन्द भएपछि काठमाडौं-दिल्लीको बजार हिस्सा लिन एयरलाइन्स कम्पनीबीच प्रतिस्पर्धा सुरु भएको छ। यो रुटको बजार लिन सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम र भारतीय वायुसेवा कम्पनी इन्डिगोले उडान थप्दैछ। जेटले दिल्ली-काठमाडौं दैनिक चारवटा उडान गर्दै आएको थियो।

नक्कली कर चुक्ताको प्रमाणपत्र बनाएर बैंकबाट ऋण लिने दुई जना पक्राउ - 2019-04-27

काठमाडौ,(प्रस): बैंकिङ कसूर गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) दुई जनालाई पक्राउ गरेको छ। फिडियस ट्राभल्स एण्ड टुर्स प्रालिको नाममा आन्तरिक राजश्व कार्यालय लाजिम्पाटबाट जारी गरिएको कर चुक्ता प्रमाण पत्रलाई किर्ते गरी झरना ह्युम्यान रिसोर्स प्रालिको नाममा जारी भएको बनाई कसुर गरेको भेटिएको छ।

काम गर्न सक्ने मध्ये ११ प्रतिशत नेपाली अझै बेरोजगार, ९ लाख ८ हजारसँग काम छैन - 2019-04-27

काठमाडौ,(प्रस): काम गर्न सक्ने मध्ये नेपालमा ९ लाख ८ हजार जना बेरोजगार रहेका केन्द्रीय तथ्यांक विभागले जनाएको छ। यो संख्यामध्ये ५ लाख ११ हजार पुरुष र ३ लाख ९७ हजार महिला रहेको विभागले सार्वजनिक गरेको श्रमशक्ति सर्भेक्षणमा उल्लेख गरिएको छ। विभागका अनुसार १५ वर्ष वा त्योभन्दा धेरै उमेरका काम गर्ने उमेर समूहका २ करोड ७ लाख ४४ हजार जनसंख्यामध्ये श्रमशक्तिमा ७९ लाख ९४ हजार मात्रै रहेका छन्। विभागले एक वर्ष लगाएर तेस्रो श्रमशक्ति सर्भेक्षण गरेको थियो।










Powered by: Exclusively Solution