राजनीति




बढी प्रचारबाजीले पार्टी र नेतृत्व तहमा अझ बढी सदृृढ एकता बनेरै जान्छ : अध्यक्ष प्रचण्ड


राजनैतिक व्यूरो, विराटनगर
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकताको बेला भएका सहमतिलाई आफूले स्मरणमात्र गरेको कुरालाई अतिरञ्जित रुपमा प्रचार गरिएको बताएका छन् । यसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राम्रोसँग बुझेको प्रचण्डले बताए । विराटनगर विमानस्थलमा शनिबार पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘मैले अन्तर्वार्तामा पार्टी एकताको बेला हाम्राबीच भएका कुरालाई स्मरण मात्र गरेको छु । ठूलो प्रचार गर्नुपर्ने, होहल्ला गर्नुपर्ने । बिल्कुल नयाँ विषय मैले बोलेकै छैन ।’

प्रधानमन्त्री ओली भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन दिल्ली गएका बेला त्यहाँ पत्रकाहरुले पनि यसबारे जिज्ञासा राखेका थिए । त्यसको जवाफमा ओलीले व्यंग्यात्मक शैलीले आफ्नो कार्यकाल चार-पाँच दिन मात्र बाँकी रहेको बताएका थिए ।

ओलीले दिल्लीमा दिएको अभिव्यक्तिमा शनिबार विराटनगरका पत्रकारहरुले प्रचण्डको प्रतिक्रिया मागे । जवाफमा प्रचण्डले भने, ‘प्रधानमन्त्री जीले कुरा राम्रोसँग बुझ्नु भएको छ । उहाँले अलिअलि प्रतिकात्मक रुपमा भन्नु भएको होला । बढी प्रचार भएको अर्थमा उहाँले भन्न खोज्नु भएको होला ।’

उनले यस विषयलाई अनावश्यक प्रचारबाजी नगर्न सबैलाई आह्वान गरे । प्रचण्डले भने, ‘मैले जे बोलें त्यो कुरा पहिल्यै बाहिर आइसकेको कुरा हो । नयाँ कुरा बोलेको होइन । कयौं किताबमा छापिएको छ, पत्रिकामा आइसकेको छ । हाम्रो बीचमा के समझदारी भएको छ भनेर मैले नौलो कुरा भनेको पनि होइन र यो पहिलो पटक भनेको पनि होइन । त्यसकारण यसलाई अतिरञ्जित ढंगले लैजान जरुरी छैन ।’

प्रचण्डले पार्टी एकताको बेला जे सैद्धान्तिक र व्यवहारिक प्रतिवद्धता जनाइएको थियो, त्यही लाइनमा अगाडि बढ्दै जाने बताए । प्रचण्डले अब पार्टी कमजोर नहुने बरु झन् सदृढ हुने दावीसमेत गरे । प्रचण्ड र ओलीका पछिल्ला अभिव्यक्तिले पार्टीमा दरार बढ्नसक्ने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले भने, ‘बढी प्रचारबाजी भएको देखेपछि पार्टी र नेतृत्व तहमा अझ बढी सदृृढ एकता बनेरै जान्छ ।’

भारतको विदेशमन्त्री एस जयशंकर बनेपछि दुई देशको सम्बन्धमा पर्न सक्ने प्रभावबारे पनि पत्रकारहरुले जिज्ञासा राखेका थिए । तर, प्रचण्डले विदेशमन्त्री जो बने पनि नेपाल-भारत सम्बन्धमा असर नपर्ने विश्वास व्यक्त गरे ।

‘नाकाबन्दी र संविधान निर्माण प्रक्रियामा जे जस्ता कुराहरु भए त्यसबाट भारतले शिक्षा लिइसकेको छ । नेपालले पनि त्यसखालको परिस्थिति नदोहोरियोस् भने सतर्कता अपनाएको छ,’ प्रचण्डले भने, ‘त्यसकारण विदेशमन्त्री भारतको को हुन्छ भन्ने कुराले तात्विक अन्तर हाम्रो सम्बन्धमा पर्दैन ।’




Related Pictures:













Related News:

सिराहा र सप्तरीका सबै पम्पहरु बन्द - 2019-11-20

उच्च अदालतका १५ जनाको नाम न्यायाधीशमा सिफारिस - 2019-11-20

प्रचण्ड नेकपाको कार्यकारी अध्यक्ष, ओली पाँच वर्ष नै प्रधानमन्त्री - 2019-11-20

मन्त्रीमण्डल पुनर्गठन भएन - 2019-11-20

नेपाल आयाल निगमको ट्यांकर अपहरण - 2019-11-19





प्रचण्ड नेकपाको कार्यकारी अध्यक्ष, ओली पाँच वर्ष नै प्रधानमन्त्री - 2019-11-20

राजनैतिक व्यूरो, काठमाडौसत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने कार्यकारीसहित पार्टी सञ्चालनको जिम्मेवारी दिएको छ । साथै अर्का अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभाको यो कार्यकालभर प्रधानमन्त्री कायमै रहनेछन् । बुधबार बसेको नेकपा सचिवालयको बैठकले दुई अध्यक्षको जिम्मेवारी बाँडफाँट गरेको हो । जसअनुसार यो प्रतिनिधिसभा रहँदासम्म ओली नै प्रधानमन्त्री हुनेछन् ।

मन्त्रीमण्डल पुनर्गठन भएन - 2019-11-20

काठमाडौ,(प्रस): आज हुने भनिएको मन्त्रिमण्डल पुनर्गठन अनिश्चित भएको छ। नेपाल कम्युनिष्ट पार्टीको बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकले नयाँ मन्त्री नटुंग्याएपछि नयाँ मन्त्रीको सपथ आज नहुने सम्भावना बढेको हो।

उत्तराखण्डका मुख्यमन्त्रीले भने : कालापानी भारतकै हो, भारतकै रहन्छ - 2019-11-19

लक्ष्मण भण्डारी, महेन्द्रनगरउत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले कालापानीलाई भारतीय भूमि बताउँदै यो भारतमै रहने जिकिर गरेका छन् । कालापानी अतिक्रमणबारेमा नेपालका प्रधानमन्त्रीको अभिव्यक्तिको जवाफ फर्काउँदै उनले कालापानी क्षेत्र भारतकै भूमि रहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीकै कारण रोकियो मन्त्रीमण्डल विस्तार - 2019-11-19

राजनैतिक व्यूरो, काठमाडौप्रधानमन्त्री ओलीले मंगलबार बेलुकासम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिरहेका बेला नेकपाका अर्का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहालले आफूलाई कार्यकारी अध्यक्ष बनाउनुपर्ने प्रमअ ओलीसमक्ष राखेपछि मन्त्रीमण्डल विस्ताको योजना असफल बनेको छ । अध्यक्ष प्रचण्डको प्रस्तावलाई प्रधानमन्त्री एवं अध्यक्ष ओलीले अस्किार गरेपछि मन्त्रिपरिषद् विस्तार एवम् सभामुखको नियुक्तीसमेत अनिश्चित बनेको छ ।

अध्यक्ष प्रचण्डको सचिवालयले भन्यो- मन्त्रिपरिषद हेरफेर प्रधानमन्त्रीको क्षेत्राधिकार - 2019-11-19

राजनैतिक व्यूरो, काठमाडौसत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्री मण्डल फेरबदल प्रधानमन्त्री केपी शर्मा ओलीको क्षेत्राधिकारको विषय भएको बताएका छन्। मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रचण्डको सचिवालयले मन्त्रीहरूका विषयमा प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रसारित/प्रकाशित अनर्गल र भ्रामक समाचारको खण्डन गरेको छ।

प्रधानमन्त्रीले एकदुई दिनमै मन्त्रिमण्डल पुनर्गठन गर्ने - 2019-11-18

काठमाडौ: सत्तारुढ नेकपाको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको सचिवालयका एक नेताले जानकारी दिए ।

भारतलाई कालापानी, लिपुलेक, लिम्पियाधुराबाट सेना फिर्ता लैजान प्रधानमन्त्री ओलीको आग्रह - 2019-11-17

सरकार राष्ट्रिय हितका पक्षमा अड्न र लड्न सक्छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा क्षेत्रमा अतिक्रमित भूमि फिर्ता ल्याउने बताएका छन्। कालापानी, लिपुलेक, लिम्पियाधुराबाट फौज फिर्ता लैजान प्रधानमन्त्री ओलीले छिमेकी देश भारतलाई आग्रह गरेका हुन् ।

भारत सीमा सुरक्षा बैठक, अतिक्रमित भूमिबारे छलफल नहुने - 2019-11-15

नेपाल र भारतबीच सीमा विवाद चर्किएको बेला दुवै देशका अधिकारी सम्मिलित सीमा सुरक्षा बैठक मंसिर पहिलो साता बस्ने भएको छ । बैठक आउँदो मंसिर ४ गतेदेखि ६ गतेसम्म पोखरामा बस्ने तय भएको छ । यद्यपि सो बैठकमा भारतले हालै जारी गरेको विवादित नक्सा र भारतद्वारा अतिक्रमित नेपाली भूमिबारे छलफल गर्ने एजेण्डा भने छैन ।

व्यापारि रूप ज्योति छुटे - 2019-11-15

काठमाडौ,(प्रस): चर्चित व्यापारिक घराना ज्योति ग्रुपका सदस्य रूप ज्योति हिरासतमुक्त भएका छन्। जाहेरवाला पक्षसँग आपसी मिलापत्र गरी रूप ज्योति हिरासतमुक्त भएका हुन्। ठगी मुद्दामा उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको थियो। जिल्ला सरकारी वकिल कार्यालयमा दुवै पक्षबीच मिलापत्र भएपछि ज्योतिलाई थुनामुक्त गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अशोक सिंहले बताए।

५० जना सैनिक टोली कालापानी गयो - 2019-11-14

काठमाडौ,(प्रस): विविध विवाद वीच नेपाली सेनाले नेपाली सेनाको सीमाको अध्ययन शुरु गरेको छ । नेपाली सेनाले करिब ३ महिना अगाडिदेखि नै सीमाको अध्ययन शुरु गरेको हो । रक्षामन्त्रीस्तरीय निर्णयको आधारमा पुराना दस्तावेज समेतको आधारमा सीमा नाकाको अध्ययन शुरु गरेको छ । नेपाली सेनाले सन्धी सम्झौता तथा नक्सा अध्ययन एवम् अनुसन्धान केन्द्र स्थापना गरी सीमा क्षेत्रको अध्ययन शुरु गरेको हो ।

युवा संघले टुंग्यायो जिल्ला नेतृत्व, मंसिर १ गते राष्ट्रिय भेला - 2019-11-14

काठमाडौ,(प्रस): नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सम्बद्ध राष्ट्रिय युवा संघ नेपालले जिल्ला नेतृत्व टुंगो लगाएको छ । ७७ वटै जिल्लामा संयोजक र सहसंयोजक चयन गरेको युवा संघले यही कात्तिक ३० गते काठमाडौंमा केन्द्रीय समितिको शपथग्रहण र मंसिर १ गते राष्ट्रिय भेलासमेत आयोजना गरेको छ

बंगलादेशी राष्ट्रपति हमिदसँग प्रचण्डको भेटवार्ता - 2019-11-13

काठमाडौ,(प्रस): नेपालको चारदिने भ्रमणमा रहेका बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिद राजनीतिक भेटवार्ता भएको छ । बुधबार बिहान नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्डले राष्ट्रपति हमिदसँग भेटवार्ता गरेका छन् । भेटवार्ताका लागि प्रचण्ड राष्ट्रपति हमिद बसेको होटल म्यारियटमा पुगेका थिए ।

प्रधानमन्त्री र बंगलादेशका राष्ट्रपतिबीच काठमाडौंको मेरियट होटलमा भेटवार्ता - 2019-11-13

काठमाडौ,(प्रस): प्रधानमन्त्री केपी शर्मा ओली र ब‌गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदबीच बुधबार भेटवार्ता भएको छ । काठमाडौंको मेरियट होटलमा भएको भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, उद्योग वाणिज्य तथा आपर्ति मन्त्री मातृका यादव लगायत सहभागी छन् ।

नेकपा हरिहरपुरढीको दुई दिने प्रशिक्षण सकियो - 2019-11-12

हरिहरपुरगढी, सिन्धुली,(प्रस): नेपाल कम्युनिष्ट पार्टी नेकपा हरिहरपुर गढी गाउँपालिका सिन्धुलीले आयोजना गरेको दुई दिने पार्टी प्रशिक्षण कार्यक्रम आज सकिएको छ । कार्तिक २५ र २६ गते दुई दिने प्रशिक्षणमा पार्टी एकताको पृष्ठभूमि , पार्टीको कार्यदिशा र समसामयिक राजनैतिक बिषयमा नेकपाका प्रभावशाली नेता एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश र राजनैतिक अर्थशास्त्रका बिषयमा केन्द्रीय सदस्य डा.बिजय पौडेलले अत्यन्तै शालिन साथै प्रभावकारिताका साथ प्रशिक्षित गर्नुभएको थियो ।

सरकारले सुगौली सन्धिको आधारमा नेपालको नक्शा तयार गर्नुपर्छ, हामी सरकारलाई सघाउँछौं- नेपाली कांग्रेस - 2019-11-12

राजनैतिक व्यूरो, काठमाडौप्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लिम्पियाधुरा, लिपुलेक र कापालानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने सरकारलाई सहयोग गर्ने बताएको छ । ‘यो विषयलाई टुङ्गोमा पुर्याउन लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको हाम्रो भूगोलको नक्साङ्कन गर्ने विषयमा सरकारलाई हाम्रो सम्पूर्ण रुपमा साथ र सर्मथन रहन्छ’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार पार्टी कार्यालय आयोजित पत्रकार सम्मेलनमा भने ।

भारतविरुद्धको प्रदर्शनमा प्रधानमन्त्रीको राजीनामा माग - 2019-11-12

काठमाडौ,(प्रस): प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ । भारतले नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेको विरोधमा मंगलबार प्रदर्शनमा उत्रिएका नेविसंघका विद्यार्थीले प्रधानमन्त्रीको राजीनामा मागेका हुन् । राष्ट्रियता जोगाउन प्रधानमन्त्री असफल भएकाले राजीनामा दिनुपर्ने उनीहरूको भनाइ छ ।

नेकपाको सिन्धुलीमा पहिलो प्रशिक्षण - 2019-11-11

काठमाडौ,(प्रस): नेपाल कम्युनिष्ट पार्टी नेकपा हरिहरपुरगढी गाउँ किमिटीले सिन्धुली जिल्लामा पहिलो पटक नेता कार्यकर्ताका लागि बैचाकिर प्रशिक्षण कार्यक्रमको थालनी गरेको छ । यही कार्तिक २५ र २६ गते दुई दिनसम्म चल्ने प्रशिक्षण दिन पार्टी प्रवक्ता एवम् स्थायी समिति सदस्य नारायणकाजी श्रेष्ठ प्रकाश र अर्का केन्द्रीय सदस्य एवम् अर्थशास्त्री डा. विजय पौलेल आउनु भएको छ ।

भारतद्धारा अतिक्रमित भूमि समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई समितिको निर्देशन - 2019-11-11

सीमा सुरक्षा बल बढाउने सरकारी निर्णयप्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले भारतद्धारा अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ। आज सिंहदरबारमा बसेको समिति बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो। ‘नेपालको शैक्षिक सामग्रीहरूमा प्रयोगमा रहेको नेपालको नक्सामा सुधार गरी पाठ्यक्रम निर्माण गर्नुका साथै हालसम्म प्रचलनमा ल्याइएको नेपालको नक्सामा लिम्पियाधुरासम्मको भू-भाग समावेश गरी नयाँ नक्सा तयार पार्न नेपाल सरकारलाई निर्देशन दिने’ निर्णय समिति बैठकले गरेको हो।

कालापानीबारे भारतीय विदेश सचिवसँग छलफल - 2019-11-11

काठमाडौ,(प्रस): नेपाल-भारतबीच कालापानी सीमा विवादबारे दुई देशका अधिकारीबीच कूटनीतिक पहल सुरू भएको छ। नयाँदिल्लीस्थित नेपाली राजदूतावासले भारतीय नेतृत्वसँग भारतले आफ्नो नक्सामा राखेको नेपाली भूमिबारे छलफल थालेको छ। दूतावासका अनुसार गएको शुक्रबार राजदुत निलाम्बर आचार्यले भारतीय विदेशसचिव विजय गोख्लेसँग भेट गरेर सीमा विवादबारे कुरा गरेका छन्।

अनसनमा बसेका डा. केसीलाई अनशन तोड्न शिक्षामन्त्रीको आग्रह - 2019-11-11

काठमाडौ,(प्रस): शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अनशन तोड्न डा. गोविन्द केसीलाई आग्रह गरेका छन् । मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले डा. केसीले उठाएका मुख्य मागहरु सम्बोधन भइरहेको बताए । डा. केसीले अहिले चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा सहयोग गर्नुपर्ने मन्त्री पोखरेलको धारणा छ ।

नेकपा अनुशासन आयोग अध्यक्षमा अमृत बोहोरा र निर्वाचन आयोगको अध्यक्षमा विष्णु पुकार श्रेष्ठ - 2019-11-11

काठमाडौ,(प्रस): सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अनुशासन आयोग प्रमुखमा अमृतकुमार बोहोरा चयन भएका छन् । नेकपा सचिवालयको सोमबार बसेको बैठकले बोहोरालाई अध्यक्ष र अशोक रोकायलाई सचिव चयन गरेको छ ।










Powered by: Exclusively Solution