राजनीति




साढे दुई वर्षपछि ओलीले प्रधानमन्त्री छाड्नु हुन्न भन्ने कल्पना गर्न चाहन्नँ : प्रचण्ड


केपीजीले एकता महाधिवेशनमा मलाई अध्यक्ष बनाउँदैमा उहाँ पाँच वर्ष प्रधानमन्त्री हुने भन्ने हुँदैन।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साढे दुई वर्षपछि केपी शर्मा ओलीले प्रधानमन्त्री पद नछाड्ने कल्पनै नगर्ने रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलालाई दिएको अन्तर्वार्तामा बताएका छन्। उनले विगतमा भएको सहमतिअनुसार अगाडि बढ्ने स्पष्ट पारेका छन्। प्रचण्डले ‘सहमतिविपरित कुरा गर्न थालियो भने चिज अर्को ढंगले जान्छ’ प्रचण्डले भने।

प्रस्तुत छ प्रचण्डसँग धमलाले गरेको कुराकानी :

ऋषि धमला - कुरो चुरोमा आइपुग्यो। तपाईं र ओलीको बीचमा साढे दुई वर्ष ओलीले नेतृत्व गर्ने। उहाँ प्रधानमन्त्री भैसक्नुभएको छ। साढे दुई वर्ष । त्यसपछि साढे दुई वर्ष तपाईं प्रधानमन्त्री। १५ महिना भैसक्यो। त्यसपछिको साढे दुई वर्ष तपाईं प्रधानमन्त्री बन्ने सहमति भएर पार्टी एकता भयो। यदि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यतिखेर प्रधानमन्त्री पद छाड्नु भएन भने तपाईंले के गर्नुहुन्छ?

प्रचण्ड - जे हुन्छ सहमतिबाट हुनुपर्छ भन्ने हाम्रो छ। पार्टीले डिसिजन गर्ने कुरा हो। त्यस्तो कुराको अहिले म कल्पना गर्न चाहदिनँ। मैले प्रधानमन्त्रीजीलाई दु:ख, सुख अप्ठ्यारोमा रक्षा गर्न मेरो ठाउँबाट बल गरिराखेकै छु। तपाईंहरूले देखिराख्नुभएकै छ। मैले सरकारको पक्षमा प्रधानमन्त्रीको पक्षमा जनताको बीचमा पब्लिक कार्यक्रममा पनि, सरकारले गरेका राम्रा कार्यक्रममा पनि के-के हुन् भनेर भनिराखेको छु। त्यसैले म अहिले तपाईंको यो प्रश्नमा जान चाहन्नँ। त्यसो गर्नु अहिले वास्तवमा उचित हुन्न। हामी सहज ढंगले कुराकानी गरिराखेका छौं। एकतादेखि अहिलेसम्म कहीँ हाम्रा कमीकमजोरी छन् भने समीक्षा गर्ने र सच्याउने तर्फ बल गर्नुपर्छ भन्नेतर्फ गैराखेका छौं। त्यसकारण भोलि (साढे दुई वर्षमा) छाड्नुहुन्न (प्रधानमन्त्री) भन्ने म कल्पना गर्न चाहन्नँ। यो विषय जे हामीले समझदारी गरेका छौं। त्यो समझदारी अनुसार जान्छ भन्ने विश्वासका साथ काम गर्ने भन्ने छ मेरो। यसरी नै बुझ्नुहोला। योभन्दा बढी यसमा नसोध्दा ठीक हुन्छ।

दोश्रो सवाल जनताको सुशासन र विकास तथा समृद्धिको आकांक्षालाई सम्बोधन गर्ने कुरा हो। जनताले कम्युनिष्ट पार्टीको नेतृत्वको सरकार भएको बेला सुशासनको अनुभूति गर्‍यो कि गरेन? यो एउटा सवाल हो भने अब जनताले देशमा विकास हुने भयो। भ्रष्टाचारमुक्त समाजतिर पनि यो अगाडि बढ्यो। विकास र समृद्धितिर पनि गयो। सरकार र पार्टी नेताको अर्को कुनै स्वार्थ्य छैन भन्ने जनताले बुझ्यो भने चिज एक ढंगले जान्छ।

जनताले होइन भ्रष्टाचार त बढेको छ। चिज झन् उस्तै छ। विकास पनि भनेको जस्तो अगाडि आइराखेको छैन भन्ने ठान्यो भने परिस्थिति अर्को ढंगले जान्छ। कुरा बुझ्नुभयो त। पार्टीभित्र छलफलले गर्दा हिजो जे सहमति भएको छ त्यो स्पिरिटमा अगाडि बढ्यौं भने चिज एक ढंगले जान्छ। त्यो सहमतिभन्दा विपरित कुरा गर्न थालियो भने चिज अर्को ढंगले जान्छ।

म पार्टीको अध्यक्षको नाताले पार्टी एकता गर्न मुख्य भूमिका खेल्ने प्रस्तावकको नाताले यसलाई बचाउने, सुदृढ गर्ने, एकताको आधारमा टेक्ने, जे सहमति गरिएको हो त्यो इमान्दारिता साथ कार्यान्वयन गर्ने। के का लागि भन्दा देश र जनताका लागि । जनताको विकासको आंकाक्षाका लागि। तर त्योबाट दायाँबायाँ गर्‍यो भने त्यो टिक्नेवाला छैन भन्नेछ मेरो। मैले गर्न खोजें भने म पनि टिक्दिनँ। अर्कोले गर्न खोज्यो भने अर्को पनि टिक्दैन।

हामी कसैले धेरै घमण्ड गरियो भने त्यो घमण्डको अन्तिम परिणति राम्रो हुँदैन। यो कुरा मलाई लाग्छ, हामी सबैले महसुस गरेका छौं।

ऋषि धमला - ओली र तपाईंबीचमा असझदारी बढ्यो। दूरी बढ्यो भन्नेहरू पनि छन् नि बाहिर।

प्रचण्ड - त्यस्तो होइन। हामीले सहमति कार्यान्वयनमा आवश्यक गम्भीरता र निर्णय लिँदा सम्पूर्ण रूपमा इमान्दार र पारदर्शी रूपमा छलफल र छलफलबाट निर्णय लिने प्रक्रियामा हामी गम्भीर हुनैपर्छ। त्यहाँ गम्भीर भएन भने स्थिति अप्ठ्यारोतिर जाने खतरा हुन्छ। तर हामी अहिले जसरी छलफल गरिराखेका छौं। त्यहाँ केपीजीसँग मेरो खुलेर छलफल हुन्छ।

तीन चार दिन अगाडि बस्यौं। खुलेर मनमा लागेको कुरा भनियो। दुई जना मात्र बसेर। यसले के देखाउँछ भने एकता गर्दाको स्पिरिट, जनताले दिएको भरोसा विश्वास। हामीले एकले अर्कालाई दिएको भरोसा विश्वास तोड्ने होइन बलियो बनाउनेतर्फ जाने लाइनमा छलफल भएको छ।

ऋषि धमला - एकता महाधिवेशनपछि तपाईंलाई अध्यक्ष बनाउनुभयो भने उहाँ पाँच वर्षको प्रधानमन्त्री हो?

प्रचण्ड - अब त्यो सही होइन। त्यो पूरा होइन। सही त हो, सत्यको अंश हो, पूरै होइन। केपीजीले एकता महाधिवेशनमा मलाई अध्यक्ष बनाउँदैमा उहाँ पाँच वर्ष प्रधानमन्त्री हुने भन्ने हुँदैन। मुख्य कुरा जनताले चाहेजस्तो सुशासन र विकासलाइ पनि गति दिइयो र एकता अधिवेशनमा सबैकुरा सहमतिमा गयो भने केपीजी पाँचै वर्ष प्रधानमन्त्री हुन सक्नुहुन्छ। त्यही हो।

ऋषि धमला - जनताको चाहनाअनुसार काम भएन भने नेतृत्व परिवर्तन हुन सक्छ?

प्रचण्ड - भएन भने त त्यो हुनसक्छ। त्यो त सहमतिअनुसार परिवर्तन गर्नु पर्ने स्थिति आउन सक्छ।

ऋषि धमला - माधवकुमार नेपाल बामदेव गौतम झलनाथ खनाल, नारायणकाजी श्रेष्ठको बीचमा एउटा सहमति भैसकेको छ रे। संसदीय दलको नेता परिवर्तन गर्ने केपी शर्मा ओलीलाई हटाएर तपाईं प्रधानमन्त्री बन्ने? त्यो निर्णय भएको हो?

प्रचण्ड - त्यो बिल्कुल गलत कुरा हो। सरकारलाई कसरी सफल पार्ने। पार्टी एकता कसरी सफल पार्ने भन्ने विषमा विभिन्न नेतासँग छलफल भएकै छ। यो कुरा माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, वामदेव गौतम मेरोबीचमा मात्र होइन। मेरो र प्रधानमन्त्रीको बीचमा पनि छलफल सबैभन्दा धेरै हुन्छ। अहिले पनि उत्तिकै छलफल भैराखेको छ। मेरो र ईश्वर पोरखेलको बीचमा छलफल भैराखेको छ। मेरो र महासचिव विष्णु पौडेलको बीचमा त झन् डे टु डे कुराकानी भैराख्न पर्छ। भैराखेको छ। अहिले कुनै पनि छलफल सरकार हटाउने र अर्को सरकार बनाउने विषयमा केन्द्रीत भएर भएको छैन। सरकारलाई के गरी प्रभावकारी बनाउने पार्टी एकतालाई के गरी छिटोभन्दा छिटो राम्रो तरिकाले टुङ्ग्याउने। आजसम्म भएको छलफल यहाँसम्म सीमित छ। बाँकी सबै हल्ला हुन्।




Related Pictures:













Related News:

समाजवादी पार्टीले संविधान दिवसमा दीपावली नगर्ने - 2019-09-16

कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित - 2019-09-16

उत्तर कोरियालाई आफ्नो लगानी फिर्ता लैजान नेपाल सरकारको निर्देशन - 2019-09-16

वार्तामा वोलाएर सिंहदरवारबाटै पत्रकारहरु पक्राउ - 2019-09-16

चावहिलको शव जलाउने घाटमा नाराबाजी - 2019-09-15





समाजवादी पार्टीले संविधान दिवसमा दीपावली नगर्ने - 2019-09-16

काठमाडौ,(प्रस)समाजवादी पार्टी नेपालले संविधान दिवसका दिन दीपावली पनि नगर्ने र ‘कालो’ दिन पनि नमनाउने निर्णय गरेको छ । सत्तारूढ दल समाजवादी पार्टीले संविधान दिवस (३ असोज)का दिन संविधान संशोधनको अपरिहार्यता र आवश्यकता विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्न मातहतका पार्टी कमिटीलाई निर्देशन समेत दिएको छ ।

कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित - 2019-09-16

काठमाडौ,(प्रस)प्रतिपक्षी दल नेपाली नेपाली कांग्रेसको अवरोधपछि सोमबार पनि प्रतिनिधि सभा बैठक प्रभावित भएको छ । सोमबारको बैठकमा सत्तापक्षका सांसदले बाँके घटनालाई लिएर वडा अध्यक्षलाई मुद्दा चलाउन नपाइने भन्दै विरोध गरेका थिए ।

उत्तर कोरियालाई आफ्नो लगानी फिर्ता लैजान नेपाल सरकारको निर्देशन - 2019-09-16

प्रदेस संवाददाता, काठमाडौंनेपाल सरकारले उत्तर कोरियालाई लगानी फिर्ता लैजान निर्देशन दिएको छ। संयुक्त राष्ट्र सङ्घ (युएन) ले आफ्ना सदस्य राष्ट्रलाई उत्तर कोरियाको लगानी फिर्ता गर्न निर्देशन दिएपछि नेपाल सरकारले उत्तर कोरियालाई नेपालमा गरेको लगानी फिर्ता लैजान उद्योग विभागका निर्देशक प्रेम प्रसाद लुइँटेलले पत्र लेखेकाछन् । सो पत्र उद्योगमन्त्री मात्रिका यादवको निर्देशनमा उनले लेखेको बताइएको छ ।

वार्तामा वोलाएर सिंहदरवारबाटै पत्रकारहरु पक्राउ - 2019-09-16

प्रहरी परिचालन र पक्राउ श्रम अधिकार तथा प्रेस स्वतन्त्रताप्रति गम्भीर आक्रमण हो: पत्रकार महासंघसिंहदरबारस्थित रेडियो नेपालको कार्यालयबाट निस्कदै गर्दा प्रहरीले हस्तक्षेप गरी रेडियो रेडियो नेपालको व्यवस्थापन पक्षसँग बार्ता गरेर फर्कने क्रममा परिसरबाटै महासंघ सचिव रामप्रसाद दाहाल, केन्द्रीय सदस्यहरु यम विरही, जन्मदेव जैसी, मीन बमसहित पत्रकारहरु अजयबाबु सिवाकोटी, दिलीप पौडेल, महासंघ डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायर र निष्कासित पत्रकारहरु प्रकाशबहादुर बम र चक्र कुँवरलाई पक्राउ गरेको छ ।

राजतन्त्र कुनै पनि हालतमा फर्किँदैन : देउवा - 2019-09-14

काठमाडौ,(प्रस)नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि हालतमा राजतन्त्र नफर्किने बताएका छन् । दाङको तुलसीपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै देउवाले ठूलो संघर्षबाट फालिएको राजन्त्र फेरि फर्कन्छ भन्नु गलत भएको बताए । ‘कुनै पनि हालतमा राजतन्त्र फर्किदैन’, उनले भने, ‘यो हल्ला मात्रै हो ।’

वैवाहिक अंगीकृत नागरिकताबारे समितिमा विवाद - 2019-09-14

काठमाडौ,(प्रस)नागरिकतासम्बन्धी विधेयकमा राज्य व्यवस्था समितिले आज पनि कुनै टुंगो लगाउन सकेन। वैवाहिक अंगीकृत नागरिकतामा प्रमुख प्रतिपक्षी दलले नै दलगत अडान राखेपछि आज टुंगो लगाउने भनिएको नागरिकता विधेयक अगाडि नबढेको हो। नागरिकता विधेयकमा सर्वदलीय सहमति जुटाउन समितिमा आवाज उठेपछि आजको बैठक स्थगित भएको छ। सत्तारूढ दलका सांसदहरू जनार्दन शर्मा, पम्फा भुसाललगायतले यस विधेयकमा सबैको पार्टीगत सहमति हुनुपर्ने मत राखेका थिए।

कांग्रेसको कार्यक्रममा आक्रमण गर्नेलाई कारबाही नभए सदन चल्न दिदैनौं-देउवा - 2019-09-13

प्रदेस संवाददाता, घोराहीनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाँकेमा कांग्रेसको कार्यक्रममा आक्रमण गर्नेलाई कारबाही नभएसम्म सदन चल्न नदिने बताएका छन्। शुक्रबार दाङको घोराहीमा बिपी कोइरालाको शालिक अनावरण कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले हिजो बाँकेमा आयोजना गरिएको जागरणसभामा आक्रमण गर्ने दोषीलाई कारवाही गर्न सरकारलाई आग्रह गरे।

जनस्तरमा सही सूचना पुर्‍याउन नसक्दा असन्तुष्टि बढेको अध्यक्ष प्रचण्डको भनाई - 2019-09-13

जनताको भवनाअनुसार काम गर्न नसक्दा अर्को चुनावमा पराजित हुनु परेको स्वीकारनेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले हारको पीडा र जीतको उन्मादको परिणाम नै पार्टी एकता भएको बताउँदै जनस्तरमा सही सूचना पुर्‍याउन नसक्दा असन्तुष्टि बढेको खुलासा गरेका छन् ।

नेपाल–भारत सीमानाका बन्द गर्नुपर्ने सांसद भुसालको प्रस्ताव - 2019-09-11

काठमाडौ,(प्रस)सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद पम्फा भुसालले नेपाल–भारत सीमानाका बन्द गर्नुपर्ने प्रस्ताव अघि सारेकी छिन् । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बैठकमा बोल्दै उनले भारतले नेपालको सीमा मिच्ने कामलाई बढाउँदै लगेको बताएँदै सबै सीमा नाका बन्द गर्नुपर्ने तर्क गरिन् ।

इन्डो-प्यासेफिक रणनीतिबारे बेइजिङबाट थाहा पाउनु अचम्म: अमेरिका - 2019-09-11

प्रदेस संवाददाता, काठमाडौंचिनियाँ विदेश मन्त्री वाङ यी मंगलबार काठमाडौंबाट बेइजिङ उडेपछि चिनियाँ विदेश मन्त्रालय विज्ञप्ति निकाल्यो। धेरै विज्ञप्तिमध्ये एउटामा यी र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटबारे उल्लेख विज्ञप्तिमा नेपालले अमेरिकाको इन्डो प्यासेफिक रणनीतिलाई अस्वीकार गर्ने बताएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।

सेनाभित्रको अनियमितता र भ्रष्टाचार छानबिन हुन्छ: प्रधानसेनापति - 2019-09-10

प्रदेस संवाददाता, काठमाडौंनेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा आफ्नो १ वर्षे कार्यकालमा सम्बोधन गर्दै प्रधानसेनापति थापाले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्। सेना राष्ट्रिय सुरक्षा हेर्ने संवेदनशील संगठन भएता पनि आफूले पारदर्शीताको लागि सम्पत्ति विवरण सार्वजनिक गरेको उनले बताए।

सरकारले प्रजातन्त्रको मान्यता मास्न खोज्दैछः देउवा - 2019-09-10

विराटनगर,(प्रस): नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रका मान्यता मासेर नेकपाको दुई तिहाईको सरकारले मुलुकलाई कम्युनिष्ट राज्य बनाउन खोजेको आरोप लगाएका छन् । नेकपाले चाहे जस्तो कम्युनिष्ट सरकार नहुने भन्दै सभापति देउवाले उसले ल्याउन खोजेको कम्युनिष्ट शासन व्यवस्थाविरुद्ध कांग्रेस आन्दोलमा जाने चेतावनी दिए ।

‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानमाथि सत्तासिन सांसदले उठाए प्रश्न - 2019-09-07

प्रदेस संवाददाता, जनकपुरधाम प्रदेश २ का सांसदहरुले छात्रामाथि एसिड प्रहार गर्नेलाई कडा कारबाही गर्न माग गरेका छन् । उनीहरुले प्रदेशका छात्राहरुमाथि पटक-पटक एसिड प्रहार भइरहनुले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान सार्थक बन्न सक्छ ? भनी प्रश्न समेत गरेका छन् । शनिबार बसेको प्रदेशसभाको बैठकमा सांसदहरुले वीरगञ्ज-१५ छपकैयामा १५ बर्षीया छात्रा मुस्कान खातुनमाथि एसिड प्रहार हुनुले प्रदेशको शान्ति सुरक्षा कमजोर भएको प्रष्ट भएको बताए ।

‘पार्टी चलाउने एकल जिम्मा प्रचण्डलाई दिनुपर्छ’ - 2019-09-07

काठमाडौ,(प्रस)सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य युवराज ज्ञवालीले पार्टीमा अब ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ को व्यवस्था लागू गर्नुपर्ने बताएका छन्। शनिबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै नेता ज्ञवालीले नेकपाभित्र अहिले ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ को बहस सुरू भैसकेको स्पष्ट पारे।

संविधान दिवसमा लगाउने राष्ट्रिय झण्डा अंकित टि-सर्ट सार्वजनिक - 2019-09-07

काठमाडौ,(प्रस)संविधान दिवस भब्य रूपमा मनाउने बताएको सरकारले राष्ट्रिय झण्डा अंकित टि-सर्टका नमूना सार्वजनिक गरेको छ। संविधान जारी भएको दिन असोज ३ गते संविधान दिवस सरकारी, गैरसरकारी तथा संघसंस्थाको सहयोगमा विभिन्न कार्यक्रम गरी मनाउने सरकारको तयारी छ।

बन्दुक पड्काएर समाजवाद अउँदैन: जनार्दन शर्मा - 2019-09-06

दाङ,(प्रस)नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्मा ‘प्रभाकर’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई वार्तामा आउन आग्रह गरेका छन् । प्रेस सङ्गठन दाङले शुक्रबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले अब बन्दुक पड्काएर समाजवाद नआउने भन्दै मूलधारको राजनीतिमा फर्कन विप्लवलाई आग्रह गरे ।

विशाल-कुमार स्मृति दिवस मनाइयो - 2019-09-06

सिन्धुली,(प्रस)महेश्वता शुक्रबार आयोजित १५ औं विशाल-कुमार स्मृति दिवसमा नेता गजुरेलले भने, “सहिदको बलीदानीको जगमा बनेको संविधानमा स्पष्ट रुपमा समाजवाद यात्रालाई उल्लेख गरिएको पार्टी त्यसबाटोबाट विचलित हुनेछैन ।” कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज विषमलाल अधिकारीले पार्टी कार्यकर्ता र निर्वाचित जनप्रतिनिधिले कार्यशैलीमा सुधार गर्दै जनताको हितमा काम गर्नुपर्ने बताए ।

ओली सिंगापुरबाट फर्किनेबित्तिकै बालुवाटारमा प्रचण्डसँग भेट - 2019-09-06

राजनैतिक व्यूरो, काठमाडौनेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार दिउँसो भेट भएको छ। प्रचण्ड उनलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

मानव बेचबिखन रोक्न सरकार गम्भीर : गृहमन्त्री थापा - 2019-09-06

काठमाडौ,(प्रस): गृहमन्त्री रामबहादुर थापाले मानव बेचविखन तथा ओसारपसार रोक्न सरकार गम्भीरताका साथ लागेको बताएका छन् । १३ औं मानव बेचविखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले मानव बेचविखन बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै यसको नियन्त्रणका लागि गम्भीर भएर लागेको दावी गरेका हुन् ।

सिंगापुरमा उपचार गरेर फर्किए प्रधानमन्त्री, दिएनन् प्रतिक्रिया - 2019-09-06

राजनैतिक व्यूरो, काठमाडौसिंगापुरमा उपचार गरेर प्रधानमन्त्री केपी शर्मा ओली स्वेदश फर्किएका छन्। थाई एअरवेजको जहाजबाट शुक्रबार दिउँसो १२ बजेपछि ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका हुन्। ने कपा केन्द्रीय कार्यालयले प्रधानमन्त्री फर्कँदाको रिपोर्टिङ गर्न पत्रकारहरूलाई विमानस्थल बोलाएको थियो। विमानस्थलमा समसामयिक राजनीति र आफ्नो स्वास्थ्यबारे कुनै प्रतिक्रिया दिएनन्।

एनसेल प्रकरणः सर्वोच्चको फैसला संसदीय समितिले अध्ययन गर्ने - 2019-09-06

प्रदेस संवाददाता, काठमाडौंप्रतिनिधि सभाको कानुन न्याय तथा मानवअधिकार समितिले एनसेलको कर प्रकरणबारे सर्वोच्च अदालतले गरेका फैसलाहरुको अध्ययन र छलफल गर्नुपर्ने प्रस्ताव गरेका छन्।










Powered by: Exclusively Solution