विचार




गणतन्त्रको एक दशक: व्यवस्था बदलियो, संस्कार बदलिएन


जनकराज सापकोटा
दशक लामो माओवादी सशस्त्र द्वन्द्व, पटक–पटकका सडक संघर्ष र जनआन्दोलनका बलमा स्थापना भएको गणतन्त्रले समाजका विधि र व्यवस्था परिवर्तन गर्‍यो । गणतान्त्रिक व्यवस्थाअनुसार नागरिकको हैसियत, स्वभाव र चेतनास्तरचाहिँ कति बदलियो त ? भारतको नयाँदिल्लीस्थित साउथ एसियन युनिभर्सिटीमा समाजशास्त्र विभागमा अध्यापनरत चूडामणि बस्नेतको ठम्याइ छ, ‘व्यवस्था बदलिए पनि नेपाली राजनीति उस्तै छ । त्यसैले जनताको स्वभाव परिवर्तन भएको छैन ।’ संस्थागत संरचनाहरूमा बदलाव आएको तर तिनीहरू सानो समूहले मनपरी गर्न पाउने हिसाबले निर्माण भएको उनी बताउँछन् । ‘नियम र विधि उल्लंघन प्रवृत्तिका रूपमा स्थापित भएको छ’ उनी भन्छन्, ‘यस्तो प्रवृत्ति २०६२ र ६३ को जनआन्दोलनपछि झनै बढेको छ ।

’ उनका अनुसार अमेरिकादेखि दक्षिण एसियासम्मै यस्तो प्रवृत्ति हाबी छ ।


यस्तो हुँदा नागरिक किन बोल्दैनन् वा प्रश्न गर्दैनन् त ? ‘व्यवस्था परिवर्तनले जनताको चेतना बदल्यो तर नेताहरूको संस्कार र स्वभाव बदलिएन,’ उनी भन्छन्, ‘जनताले त्यसैको सिको गर्न थाले ।’ यसैकारण पछिल्ला वर्ष सार्वजनिक भएका भ्रष्टाचारका ठूल्ठूला घटनामा पनि जनताले सामूहिक विरोध गर्न नसकेको उनको बुझाइ छ ।


सबै सत्ताधारी उस्तै र प्रतिपक्ष पनि भूमिकाहीन भएको अवस्थाले बोल्न सक्नेहरू पनि चुप लागेको हुन सक्ने उनको आकलन छ ।


नागरिक खबरदारीको अभ्यास निकै कमजोर भएको बताउँदै उनले भने, ‘सायद यो उदार प्रजातन्त्रको खराब पक्ष पनि हुन सक्छ वा सरकार, संविधान र कानुनले नै नागरिकलाई स्थान नदिएकाले आममान्छे स्वतः निष्क्रिय भएको हुन सक्छ ।’


नागरिक आन्दोलनमा होमिएका वामपन्थी अगुवा श्याम श्रेष्ठको बुझाइ पनि बस्नेतको भन्दा फरक छैन । श्रेष्ठको बुझाइमा नागरिक तहमा तीनथरी मान्छे छन्– पहिलो, नियम लागू हुनुपर्छ भन्ने र सधैं नियम र विधिमा बस्ने । दोस्रो, बेथितिविरुद्ध कराउनु बेकार छ भनेर बस्ने । तेस्रो, सरकार र दलहरूलाई गाली गर्ने, नियम मिचे, विधि पालना गरेनन् भन्ने अनि आफ्नो स्वार्थको मौकामा नियम–कानुन बिर्सेर अभीष्ट पूरा गर्ने ।


श्रेष्ठको बुझाइमा दोस्रो र तेस्रो थरी मान्छेहरूको वर्चस्व समुदायमा बढी छ । त्यसैले चरम असन्तुष्टि, सरकारको काम गराइको शैलीमाथि चित्त नबुझाउनेहरू पनि चुप बसेका छन् । उनले भने, ‘तैपनि जनता बोल्दै नबोलेको वा प्रश्नै नगरी बसिरहेका छन् भन्नेचाहिँ होइन । प्रश्न गर्ने र खबरदारी गर्ने काम समाजका विभिन्न भागबाट भइरहेको छ । त्यसले संस्थागत स्वरूप हासिल नगरेको र एकत्रित नभएको मात्रै हो ।’


श्रेष्ठको बुझाइमा गणतान्त्रिक चेतसहितको समाज निर्माणमा केही पनि काम भएको छैन । मन्त्रालय र सरकारी अड्डामा भनसुन वा चाकरी गरेर आफ्नो काम गर्न खोज्ने सेवाग्राहीको भीडलाई उनी त्यसैको परिणति मान्छन् । ‘चाकरीबाज र भनसुन संस्कार नै बनेको छ, यसलाई राजनीतिले मलजल गरेको छ र त्यो तल्लो तहसम्म फैलिएको छ,’ उनले भने ।


गणतन्त्र स्थापनापछिका वर्षमा भएका चुनावी प्रणालीको पनि लेखाजोखा हुनुपर्ने उनी बताउँछन् । तल्लोदेखि उपल्लो तहको चुनावसम्म पैसाका आधारमा मत प्रभावित पार्ने अभ्यास छ । त्यसले नेताहरूलाई भ्रष्ट बनाएकै छ, जनताको तहमा समेत संस्थागत गरेको छ । उनले भने, ‘जस्तोसुकै भ्रष्ट भए पनि हामी भोट हालेर जिताइछाड्छौं, अनि त्यस्तो नेताले भनेजस्तो गरेन पनि भन्छौं ।’


राजनीतिशास्त्री इन्द्र अधिकारी गणतान्त्रिक नागरिक दलीयकरणको सिकार भएको बताउँछिन् । नागरिकहरू आफ्नै समस्याको बन्धक भएका कारण नागरिक चेतना कमजोर बन्दै गएको उनको बुझाइ छ ।उनले भनिन्, ‘नेताहरू गलत गरिरहेका छन् भन्ने थाहा पाउँदापाउँदै पनि जनता बोल्न सकिरहेका छैनन् । किनकि धेरैजसो मान्छेआफ्नो निष्पक्ष बुझाइ व्यक्त गर्ने अवस्थामा छैनन् । उनीहरूलाई समाज र दलको डर छ ।’


त्यस्तो किन भयो रु उनको बुझाइमा राजनीतिक संस्कार र पद्धतिको जग बस्नै नपाएकाले यस्तो अवस्था आयो । ‘आफ्नै कैयन साथीभाइ दलका निर्णयमाथि विमति राख्छन् तर त्यसलाई सार्वजनिक गर्न हिचकिचाउँछन्,’ उनले भनिन्, ‘पहुँच र प्रभावबिना कुनै काम नहुने परिपाटीले पनि मान्छेलाई असहमति व्यक्त गर्न अप्ठेरो बनाइदिएको छ ।’

जनआन्दोलनपछि विधि बदलिए पनि संस्कार उस्तै रहेको उनले बताइन् । ‘नागरिक चेतनाको संस्थागत विकास गर्ने काममा दलहरू चुक्दै गए र फेरिएको पद्धतिमापरम्परागत राजनीति हाबी भयो ।’ उनका अनुसार वैचारिक रूपमा प्रजातान्त्रिक भनिए पनि हामीले हुर्काइरहेको पद्धति आफूलाई सजिलो बनाउनेतर्फ केन्द्रित छ ।- आजको कान्तिपुर दैनिकमा छापिएको छ ।




Related Pictures:













Related News:

उम्मेदवारी दर्ता शुल्क दश लाखसम्म - 2019-10-16

काठमाडौमा जारी एनआरएन सम्मेलनमा नाराबाजी - 2019-10-16

नुवाकोटको बट्टार तनावग्रस्त - 2019-10-16

क्राइम स्टोरी: मिर्गौला तस्करीको आरोपमा निदान अस्पतालका सीईओ र चिकित्सक पक्राउ - 2019-10-16

नेकपाका सांसद विरुद्ध पक्राउ पूर्जी - 2019-10-16





कृष्ण वहादुर महरा प्रकरणमा डा. बाबुराम भट्टराईको बयान: गल्ती गर्नु अपराध हैन; गल्ती नसच्याउनु अपराध हो ! - 2019-10-05

प्रिय महराजी, हालैको तपाईं सम्बन्धित घटनाले सम्पूर्ण देश र केही हदसम्म अन्तर्राष्ट्रीय जगत पनि तरंगित त छँदैछ म ब्यक्तिगत रूपमा समेत अत्यन्त मर्माहत भएको छु! यो तपाईंको मात्र प्रश्न नभएर ऐतिहासिक माओवादी आन्दोलन,हामीले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र र हामीले परिकल्पना गरेको महिलामुक्ति तथा उन्नत संस्कृतिको प्रश्नसंग जोडिएको विषय पनि हुनाले यहाँ केही बोल्ने धृष्टता गरेको छु !

‘महरा पतनको कारण रोशनी मात्र होइन’ - 2019-10-05

सूर्य थापा:उहाँलाई प्रधानमन्त्री, उपराष्ट्रपति र राष्ट्रपति तीन पदले पर्खिरहेको मानिन्थ्यो । रोल्पाली हुनुको विरासतले उहाँ छिटोछिटो उकालो चढेर पूर्ववर्ती माओवादी केन्द्रमा सबैभन्दा धेरै अवसर पाउन सफल हुनुभयो । उपराष्ट्रपति पुन, अध्यक्ष प्रचण्ड र डा. बाबुराम भट्टराईबाहेक उहाँले वरिष्ठ हैसियतवाला राजकीय जिम्मेवारी सम्हाल्ने र पार्टीको महासचिवसमेत बन्ने अवसरहरु पाउनु भयो । कहिलेकाहीँ मान्छेहरूले टिप्पणी गरेको सुनिन्थ्यो- उहाँ क्षमता र भूमिकाभन्दा धेरै माथि पुग्नुभयो ! कतिबेला दुध उम्लिएर अगेनामा

नेपाली सत्ता राजनीतिमा बढ्दै शकुनी प्रवृति - 2019-09-26

शान्तिमान कार्की:नेपाली राजनीतिमा हरेक १० बर्ष पछि नयाँ अध्याय प्रारम्भ हुने गरेको छ, यस्तो ऐतिहासिक विषेशताको आरम्भ २००७ साल देखि भएको हो । विगतमा भएका जन आन्दोलन र जन संघर्षमा भाग लिएका जनसमुदायले खोजेको सामाजिक जीवनमा आमुल परिवर्तनको आकांक्षालाई बेवास्ता गरिरहेकाछन् ।

नेकपामा थला पर्न थालेको आन्तरिक जनवाद ! - 2019-09-26

टोमप्रसाद काफ्ले: अथक प्रयत्न र ठूलो मेहनतका साथ प्राप्त राजनीतिक परिवर्तनपछिको सरकारले जनतालाई परिवर्तनको अनुभुति हुने गरि कार्य सम्पादन गर्न नसकेको व्यापक जनगुनासो छ । आम नेपाली जनताको अपार विश्वास आर्जन गर्न‘पर्ने बेलामा तिनै नेतृत्व गर्ने नेताहरूको भड्किलो जीवनशैली, हरेक क्षेत्रमा अनावश्यक राजनीतिक हस्तक्षेप , विकास निर्माण कार्यमा सँगठित भ्रष्टाचार, चरम अपारदर्शीता र यथास्थितिवादी प्रवृत्ति, आसेपासे तथा दलालहरूको राजनीतिक नेतृत्वमा सिधा पहुँच

अझै किन खेदोखनिदै छ पुष्पलालको क्रान्तिकारी धारलाई ? - 2019-09-14

लोकनारायण सुवेदी: पञ्चायत कालमा जस्तै अहिलेको गणतन्त्रमा पनि नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्दै सर्बप्रथम राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तथा त्यसलाई अझ बिकास गरेर उच्च जन गणतन्त्रको चरणमा देशलाई पु¥याउने उ्दघोष गर्ने कामरेड पुष्पलालको नीति र कार्यक्रमलाई फैलिन नदिने र भ्रमपछि भ्रम सिर्जना गर्ने षडयन्त्रको क्रम जारी रहेको छ । देश र जनताको सार्थक समुन्नति र अपूर्व सम्बृद्धिका निमित्त समर्पित उनको त्यो नीति र कार्यक्रम अरु कुनै कुरा नभएर नेपाली जनता सबै किसिमले अर्थात राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक किसिमले एकपछि अर्को उन्नत दिशामा अग्रसर हुन - बाह्य र आन्तरिक सबै किसिमका प्रतिकृयावादबाट सर्बथा मुक्त र उपयुक्त सामाजिक बातावरणको सिर्जना गर्नु थियो र हो ।

पुष्पलालको प्रण र हाम्रो बर्तमान - 2019-07-23

लोककृष्ण भटराइ:नेपाली जनताका महान नेता चर्चित लोकतान्त्रिक विचारक, प्रगतिशीलता र कम्युनिष्ट आन्दोलन र विचारका संस्थापक नेता पुष्पलालको जन्म रामेछाप जिल्लाको भँगेरी गाउँमा वि.संं.१९८१ आषाढ १५ गते भएको थियो । यिनी त्यसबेलाका राणाशासन गौँडा हाकिम भक्तलाल श्रेष्ठका छोरा थिए । यिनको बाल्यकाल रामेछाप, ओखलढुङ्गा र सिन्धुपलाञ्चोकमा यिनका बुवाको जागिरको सिलसिलामा सरूवा हुँदा बितेको थियो ।

नेपाल द्वन्द्वतिर फस्ने खतरा - 2019-07-14

वीरेन्द्र शाह;जनयुद्धका उपलब्धिहरू संस्थागत नहुँदै र शान्तिप्रक्रियाका सबै कार्यभार नटुङ्गिँदै मुलुक फेरि किन अर्को द्वन्द्वतिर अगाडि बढ्यो ? वर्तमान नेपालको समग्र चित्र हेर्दा आम सर्वसाधारणहरूमा असन्तुष्टिहरू बढ्दै गैरहेका छन् । नेपाली जनताले संविधानको निर्माणपछि जुन अपेक्षा गरेका थिए त्यसको ठीक विपरीत देशको राजनीति अगाडि बढिरहेको छ

सर्लाही हत्याकाण्डको नालीबेली - 2019-07-14

अनिल शर्मा ‘विरही’:सर्लाही, लालबन्दी नगरपालिका १, लखन्तीमा असार ५ गते नेपाल कम्युनिस्ट पार्टी सर्लाहीका जिल्ला इन्चार्ज कमरेड कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर, अङ्गभङ्ग बनाएर हत्या गरेपछि छेउमा कटुवा पेस्तोल राखी फोटो खिचेर त्यो फोटो केही आफूनिकट सञ्चारमा सुटुक्क सम्प्रेषण अथवा सार्वजनिक गरेको छ ।

संघीयता खारेज हुने बाटोमा लाग्यो - 2019-06-30

कृष्णप्रसाद सिटौलामैले नेपालको राजनीतिक परिस्थिति राम्रो देखेको छैन। के कारणले ठ्याक्कै भन्न सक्दिनँ। परिवर्तनपछिको यो संवैधानिक व्यवस्थामाथि नै प्रहार हुन खोजेको, त्यसलाई नै उल्टाउन खोजेको, पछाडितिर फर्काउन खोजेकोजस्तो भान हुन थालेको छ।

लोकसेवाको विज्ञापन गैरकानुनी - 2019-06-19

प्रचण्ड: स्थानीय तहमा कर्मचारीहरुको माग गर्दै लोक सेवाले निकालेको विज्ञापन पार्टीभित्र पनि, संसदको समितिहरुभित्र पनि छलफल चलिराखेकै विषय हो । म आफैं पनि राज्यव्यवस्था समितिको सदस्य छु । त्यसो भएको हुनाले स्वाभाविकरुपले राज्य व्यवस्था समितिका पदाधिकारीहरु मसँग आएर के गर्ने, कसो गर्ने भन्ने सल्लाह भइराखेको छ ।

विभागहरुको प्रमुख, जिल्ला इञ्चार्ज र सहइञ्चार्ज तोक्ने विषयमा नेकपा भित्र किचलो - 2019-06-01

प्रचण्डको दोहोरो भूमिकाबाट भने नेपाल, खनाल र श्रेष्ठ आजित दुई पार्टी नेकपा एमाले र माओवादी केन्द्रका बीच एकता भएको एक वर्ष वितिसक्दा पनि पार्टीको सबै तहमा एकता हुन सकेन । जिल्ला अध्यक्ष तथा सचिव टुंगो लागेपनि पार्टीको विभिन्न विभागहरुको गठन, पोलिव्यूरो, तथा जिल्ला इन्चार्ज तथा सह इन्जार्ज जस्ता पदहरुमा कस्लाई मनोनयन गर्ने भन्ने विषयले अहिलेसम्म टुंगो पाएन ।

उठेको पैसा खाने, विकास गर्न ऋण लिने ? - 2019-05-30

डा. विश्व पौडेल: जति राजस्वको लक्ष्य छ, लगभग त्यति नै चालु खर्चका लागि छुट्याइएको छ । यो कर उठाएर खाएर सक्ने प्रवृत्ति हो । उठेको राजस्व चालु खर्चमा लगाउनु भनेको एकदमै खराब अभ्यास हो । पुँजीगतभन्दा चालु खर्चलाई जोड दिने बजेटलाई आदर्श बजेट मानिँदैन ।

गणतन्त्रको एक दशक: व्यवस्था बदलियो, संस्कार बदलिएन - 2019-05-29

जनकराज सापकोटादशक लामो माओवादी सशस्त्र द्वन्द्व, पटक–पटकका सडक संघर्ष र जनआन्दोलनका बलमा स्थापना भएको गणतन्त्रले समाजका विधि र व्यवस्था परिवर्तन गर्‍यो । गणतान्त्रिक व्यवस्थाअनुसार नागरिकको हैसियत, स्वभाव र चेतनास्तरचाहिँ कति बदलियो त ? भारतको नयाँदिल्लीस्थित साउथ एसियन युनिभर्सिटीमा समाजशास्त्र विभागमा अध्यापनरत चूडामणि बस्नेतको ठम्याइ छ, ‘व्यवस्था बदलिए पनि नेपाली राजनीति उस्तै छ । त्यसैले जनताको स्वभाव परिवर्तन भएको छैन ।’ संस्थागत संरचनाहरूमा बदलाव आएको तर तिनीहरू सानो समूहले मनपरी गर्न पाउने हिसाबले निर्माण भएको उनी बताउँछन् । ‘नियम र विधि उल्लंघन प्रवृत्तिका रूपमा स्थापित भएको छ’ उनी भन्छन्, ‘यस्तो प्रवृत्ति २०६२ र ६३ को जनआन्दोलनपछि झनै बढेको छ ।

गणतन्त्रको एक दशक :ओझेलमा सामन्तवाद, साम्राज्यवाद विरूद्वको लडाई - 2019-05-28

एकलाल श्रेष्ठसाना साना सामान्ती गणराज्यवाट एकात्मक सामान्ती राज्यको स्थापना संगै निरंकुश र शक्तिशाली बन्दै गएको नेपालको सामान्ती निरंकुश राजतन्त्र पूर्ण रूपले पतन भएको ११ वर्ष पुरा भएको छ । यसको संगै राजतन्त्र सँग जोडिएका एकात्मक राज्य, संघात्मक राज्यमा हिन्दु धर्म सापेक्ष राज्य धर्म निरपेक्षमा र दरवार वरिपरीका ठूला जात तथा वर्गले मात्र पहुँच राख्ने राज्यको निती निर्माण तहमा समाजका सवै जातजातीवाट समावेश गरिने समावेशी राज्य व्यवस्थामा मुलुक परिर्वतन भएको छ । उपलब्धीको दृष्टीले यो नेपालको अहिलेसम्मकै सवैभन्दा महत्वपूर्ण परिर्वतन हो । झण्डै ६ दशक लामो नेपाली प्रजातान्त्रिक आन्दोलनको विभिन्न उत्तारचढावसंगै पटक पटक भएका वामपन्थी तथा प्रजातान्त्रिक शक्तिहरूको संयूक्त जनआन्दोलन नै यो महत्वपूर्ण उपलब्धीको मुख्य श्रोत हो ।

नयाँ नेपालको लागि वैकल्पिक अभियान - 2019-05-15

नवराज दाहाल: विश्व राजनितिक मञ्चमा पछिल्लो समय नया तरंगहरु देखा पर्न थालेका छन् । परम्परा देखी शासन सत्तामा रहि आएका राजनितिक दलहरु भन्दा फरक सैली सोच राख्ने राजनैतिक शक्तिहरु अर्थात पूँजीबाद र साम्यवादी भन्दा फरक दर्शन र मान्यता बोकेका राजनैतिक पार्टीहरु स्थापित हुने क्रम चलिरहेको छ । भन्ने गरिन्छ पृथ्वीमा डाइनोसर र जिराफ भन्ने जिव संग संगै अस्तित्वमा आएका थिए ।

अन्तर्राष्ट्रिय मजदुर दिवस - 2019-05-01

मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस । सवा सय वर्ष अगाडि आफ्नो अधिकारका लागि मजदुरहरुले बिद्रोह गरेको दिनको सम्झनामा विश्वभरि यो दिवस मनाउने गरिन्छ । आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै अमेरिकाको सिकागो शहरका मजदुरहरुले मे १ सन् १८८६ मा आमहड्ताल आह्वान गरेको दिनको सम्झनामा हिजो आइतबार यो दिवस मनाइयो । अमेरिकी मजदुरहरुले आह्वान गरेको यो निर्णायक आमहड्तालमा कैयौंलाई फाँसी दिइयो, हजारौं घाइते भए ।

लोकतन्त्रको १४ वर्ष: ओझेलमा उपलब्धि - 2019-04-24

डेढ दशक लामो प्रजातान्त्रिक कालखण्डको भ्रष्टाचार र बेथितिप्रति प्रायश्चित्त गर्दै प्रमुख दलहरूले त्यस्तो गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाएका थिए । सशस्त्र संघर्षको माध्यमबाट राजनीतिको मूलधारमा आएको तत्कालीन माओवादीले आफ्नो प्रमुख नारामा भ्रष्टाचारविरोधी विषयवस्तु समावेश गरेको थियो । तर केही वर्षमै यी भाषण र प्रतिबद्धता झूटा सावित भए ।

दोषीलाई उन्मुक्ति कहिलेसम्म ? - 2019-02-27

कञ्चनपुरको निर्मला हत्या काण्डमा नराम्ररी चुकेको सरकार त्यसका दोषीलाई कानूनी कठाघरमा उभ्याउनुभन्दा पनि अझ किस्ताबन्दीमा एकपछि अर्को गल्ती दोहोर्याउदै आउँनुमा सरकारबाट निर्मलाका परिवारले न्याय पाउनेमा शङ्का उब्जिएको छ ।

भारत-पाकिस्तान विभाजन र घटनाक्रम - 2019-02-27

सन् १९४७ मा ब्रिटिश शासनबाट मुक्त भएसँगै भारत र पाकिस्तान छुट्टिएर नयाँ स्वतन्त्र राष्ट्र बने । स्थापना कालदेखि नै यी दुई छिमेकी देशबीच कहिल्यैपनि सम्बन्ध सुमधुर हुन सकेन। सम्बन्धमा तिक्तताको केन्द्रमा सधैँ कश्मीर रह्यो । यस अवधिमा दुई देशबीच कैयौँ यस्ता घटना भए जसले कहिले युद्ध नै निम्त्यायो त कहिले चर्को तनाव ।

‘पर्ख र हेरको नीति’मा राजपा - 2019-02-09

‘सत्ताका लागि जस्तोसुकै निर्णय र सम्झौता गर्न पछि नपर्ने’ जस्ता आरोप खेपिरहेका मधेश केन्द्रित दल अहिले सत्ता वा सङ्घर्षको अलमलमा रहेको देखिन्छ। सम्झौतालाई भर्‍याङ बनाएर सरकारमा पुग्ने तर काम नगर्ने परिपार्टी विगतकै रोग हो। मधेशका मुद्दामा बेइमेल मात्र हैन सरकारमा जाने होडबाजी र दाउपेचका साथै अन्तरपार्टी र पार्टीभित्रकै तादम्यता नहुँदा मधेश केन्द्रित दल कमजोर बन्न पुगेको हो कि! भन्ने अनुमान लगाउन थालिएको छ।

एकीकृत पार्टीमा ओलीले एकलौटी गरे - 2019-02-09

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘अर्को माओवादी जमिन्छ’ भन्ने अभिव्यक्ति दिएपछि नेपाली राजनीतिमा नयाँ तरंग आएको छ । भेनेजुएला प्रकरणमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग जुहारी चलिरहेका बेला अर्का अध्यक्ष प्रचण्डले सार्वजनिक मञ्चमै ‘माओवादीलाई सिध्याइयो, जे गरेपछि हुन्छ भन्ने ठाने अर्को माओवादी जन्मन्छ’ भनेका हुन् ।










Powered by: Exclusively Solution